12.05.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– अ ब विनाशको समय धेरै नजिक छ त्यसैले एक बाबासँग सच्चा प्रीत राख , कुनै देहधारीसँग होइन।”

प्रश्न:–
जुन बच्चाहरूको सच्चा प्रीत एक बाबासँग हुन्छ उनीहरूका निसानी के हुन्छन्?

उत्तर:–
१) उनीहरूको बुद्धियोग कुनै पनि देहधारीतर्फ जान सक्दैन। उनीहरू आपसमा एकअर्काको आसिक-मासुक बन्दैनन्। २) जसको सच्चा प्रीत छ उनीहरू सदा विजयी बन्छन्। विजयी बन्नु अर्थात् सत्ययुगका महाराजा महारानी बन्नु। ३) प्रीत बुद्धि सदा बाबासँग सच्चा रहन्छन्। केही पनि लुकाउन सक्दैनन्। ४) दिनहुँ अमृतवेला उठेर प्यारले बाबालाई याद गर्छन्। ५) दधीचि ऋषिले जस्तै सेवामा हड्डी दिन्छन्। ६) उनीहरूको बुद्धि सांसारिक कुरामा भट्किन सक्दैन।

गीत:–
न वह हमसे जुदा होंगे...

ओम् शान्ति ।
यसरी ब्रह्मामुख वंशावली, ब्राह्मण कुलभूषणले प्रतिज्ञा गर्छौ किनकि तिमीहरूको प्रीत एक बाबासँग जोडिएको छ। तिमीलाई थाहा छ– यो विनाशको समय हो। बाबा बच्चाहरूलाई सम्झाउनुहुन्छ– विनाश त हुनु नै छ। विनाशकालमा जसको प्रीत बाबासँग हुन्छ, उनीहरूले नै विजय पाउँछन् अर्थात् सत्ययुगका मालिक बन्छन्। शिवबाबाले सम्झाउनुभएको छ– विश्वको मालिक त राजा पनि बन्छन् अनि प्रजा पनि बन्छन्, तर पोजिसनमा धेरै फरक हुन्छ। जति बाबासँग प्रीत राख्छौ, यादमा रहन्छौ त्यति उच्च पद पाउँछौ। बाबा सम्झाउनुहुन्छ– बाबाको यादले नै तिम्रा विकर्महरूको बोझ भस्म हुन्छ। तिमीले लेख्न सक्छौ, विनाशकाले विपरीत बुद्धि... यो लेख्नमा कुनै डरको कुरै छैन। बाबा भन्नुहुन्छ– मैले स्वयम् भन्छु, उनीहरूको विनाश हुन्छ र प्रीत बुद्धि हुनेहरूको विजय हुन्छ। बाबाले बिल्कुल स्पष्ट भनिदिनुहुन्छ। यस दुनियाँमा त बाबासँग अरू कसैको प्रीत छैन। बाबासँग तिम्रो मात्रै प्रीत छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! परमात्मा र श्रीकृष्णको महिमा भिन्नाभिन्नै लेख्यौ भने गीताको भगवान् को हुनुहुन्छ भनेर सिद्ध हुन्छ। यो त आवश्यक छ नि। अर्को कुरा बाबा सम्झाउनुहुन्छ– ज्ञानको सागर, पतित-पावन परमपिता हुनुहुन्छ वा पानीका नदीहरू हुन्? ज्ञान गङ्गा वा पानीको गङ्गा? यो त धेरै सहज छ। अनि फेरी अर्को कुरा– प्रदर्शनी गर्दा सबैभन्दा पहिला निमन्त्रणा दिनुपर्छ, ती लौकिक गीता पाठशालाकालाई। तिनीहरू त धेरै छन्। तिनीहरूलाई विशेष निमन्त्रणा दिनुपर्छ। जसले श्रीमद्भगवद्गीताको अभ्यास गर्छन्, तिनीहरूलाई पहिला निमन्त्रणा दिनुपर्छ किनकि तिनीहरूले नै बाबालाई बिर्सेका छन् र सबैलाई बिर्साउन सहयोग गरिरहेका छन्। तिनीहरूलाई बोलाउनुपर्छ, अब आएर निर्णय गर फेरि जे समझमा आउँछ त्यही गर। जसबाट मानिसहरूले पनि बुझ्छन्– यिनीहरूले गीता पढ्नेहरूलाई बोलाउँछन्। सायद यिनीहरूले गीताकै प्रचार गर्छन्। गीताबाट नै स्वर्गको स्थापना भएको हो। गीताको धेरै महिमा छ तर भक्तिमार्गको गीता होइन।

बाबा भन्नुहुन्छ– मैले तिमीलाई सत्य नै सत्य बताउँछु। मानिसहरूले जुन अर्थ लगाउँछन् त्यो बिल्कुल गतल छ। कसैले पनि सत्य भन्दैनन्, मैले मात्रै सत्य बताउँछु। परमात्मालाई सर्वव्यापी भन्नु पनि सत्य होइन, यी सबै विनाश हुन्छन् र कल्प कल्प पनि हुन्छन् । तिमीले सबैभन्दा पहिला मुख्य कुरा यो सम्झाउनुछ। बाबा भन्नुहुन्छ– युरोपवासी यादवहरूको हुन्छ विनाशकाले विपरीत बुद्धि। विनाशको लागि राम्रोसँग तयारी गरिरहेका छन् तर पत्थरबुद्धिले बुझ्न सक्दैनन्। तिमी पनि पत्थरबुद्धि थियौ, अब पारसबुद्धि बन्नुछ। पारसबुद्धि थियौ फेरि पत्थरबुद्धि कसरी बनेका छौ! यो पनि आश्चर्य छ। बाबालाई भनिन्छ नै ज्ञानको सागर, करूणाको सागर। बाँकी जसले आफ्नै कल्याण गर्न जान्दैनन्, उनीहरूले अरूको कल्याण कसरी गर्लान्! कसैले ज्ञान नै धारण गर्दैनन् भने उनीहरूले पद पनि त्यस्तै पाउँछन्, जुन सेवाधारी बच्चाहरू छन् उनीहरूले नै उच्च पद पाउँछन्। उनीहरूलाई नै बाबाले प्यार पनि गर्नुहुन्छ। नम्बरवार पुरुषार्थ अनुसार हुन्छन् नै। कतिले त यो पनि बुझ्दैनन्– हाम्रो बाबासँग प्रीत छैन भने पद पनि मिल्दैन। चाहे सहोदर बन वा सौतेनी बन, विनाशकालमा प्रीत बुद्धि भएन, बाबालाई फलो गरेनौ भने गएर सानो पद पाउनेछौ। दैवीगुण पनि हुनुपर्छ। कहिल्यै झुटो बोल्नुहुँदैन। बाबा भन्नुहुन्छ– मैले सत्य भन्छु, जसले मसँग प्रीत गर्दैनन् उनीहरूलाई पद पनि मिल्दैन। कोसिस गरेर २१ जन्मको पूरा वर्सा लिनुछ। त्यसैले प्रदर्शनी, मेलामा पहिला सुरुमा गीता पाठशालाका मानिसहरूलाई निमन्त्रणा दिनुछ किनकि तिनीहरू भक्त ठहरिए नि। गीतापाठीले पक्कै श्रीकृष्णलाई याद गर्दा हुन् तर केही पनि बुझ्दैनन्। श्रीकृष्णले मुरली बजाए, राधा फेरि कहाँ गइन्। सरस्वतीलाई ब्यान्जो दिइएको छ, मुरली फेरि श्रीकृष्णलाई दिइएको छ। मानिसहरूले भन्छन्– हामीलाई अल्लाहले पैदा गरे, तर अल्लाहलाई नै चिन्दैनन्। भारतवर्षकै कुरा हो। भारतवर्षमा नै देवताहरूको राज्य थियो, उनीहरूका चित्र मन्दिरहरूमा पुजिन्छन्। बाँकी राजा आदिका सालिक त बाहिर राखिदिन्छन्, जसमाथि पन्छी आदिले फोहोर गरिरहन्छन्। लक्ष्मीनारायण, राधाकृष्ण आदिलाई कति फर्स्टक्लास ठाउँमा राख्छन्। उनीहरूलाई महाराजा-महारानी भन्छन्, किङ अंग्रेजी शब्द हो। कति लाखौँ रुपैयाँ खर्च गरेर मन्दिर बनाउँछन् किनकि ती महाराजा पवित्र थिए। यथा राजारानी तथा प्रजा सबै पूज्य हुन्छन्। तिमी पूज्य नै फेरि पुजारी बन्छौ। त्यसैले पहिलो कुरा हो, बाबालाई याद गर्नु। बाबालाई याद गर्ने अभ्यास गरेमा धारणा हुन्छ। एक बाबासँग प्रीत छैन भने फेरि अरू अरूसँग प्रीत बस्छ। यस्ता यस्ता बच्चीहरू छन्, जसले एकअर्कालाई यति प्यार गर्छन् कि शिवबाबालाई पनि त्यति गर्दैनन्। शिवबाबा भन्नुहुन्छ– तिमीले बुद्धियोग मसँग लगाउनुछ वा एकअर्का आसिक-मासुक बन्नुछ! फेरि मलाई बिल्कुलै बिर्सिदिन्छन्। तिमीले त बुद्धियोग मसँग जोड्नुछ, यसमा मेहनत लाग्छ। दुनियाँदेखि बुद्धि टुट्दै टुट्दैन। शिवबाबाको सट्टा, दिनरात एकअर्कालाई नै याद गरिरहन्छन्। बाबाले नाम सुनाउनुभयो भने धोकेबाज बन्छन्, फेरि गाली गर्न पनि बेर लगाउँदैनन्। यी बाबालाई गाली गर्छौ भने शिवबाबाले पनि तुरून्तै सुन्नुहुन्छ। ब्रह्माद्वारा पढेका छैनौ भने शिवबाबाबाट पढ्न सक्दैनौ। ब्रह्मा बिना त शिवबाबाले पनि सुन्न सक्नुहुन्न, त्यसैले भन्नुहुन्छ– साकारसँग गएर सोध। कति राम्रा राम्रा बच्चाहरू छन् जसले साकारलाई मान्दै मान्दैनन्। सम्झन्छन्– यिनी त पुरुषार्थी हुन्। पुरुषार्थी त सबै हुन् तर तिमीले फलो त मम्मा बाबालाई नै गर्नु छ। कसैले त सम्झाएपछि बुझ्छन्, कसैको तकदिरमा छैन भने बुझ्दैनन्। सेवाधारी बन्दैनन्। तर बुद्धि एक बाबासँग जोड्नुपर्छ। आजकाल धेरै निस्केका छन् जसले भन्छन्– ममा शिवबाबा आउनुहुन्छ, यसमा धेरै सावधान हुनुपर्छ। माया धेरैमा प्रवेश हुन्छ, जसमा पहिला श्रीनारायण आदि आउँथे, उनीहरू पनि आज छैनन्। केवल प्रवेश भएर केही हुँदैन। बाबा भन्नुहुन्छ– म एकलाई याद गर। बाँकी ममा यो आउँछ, त्यो आउँछ... यो सबै माया हो। मेरै याद हुँदैन भने के प्राप्ति हुन्छ, बाबासँग सिधा योग नराख्दासम्म पद कसरी पाउँछौ, धारणा कसरी हुन्छ।

बाबा भन्नुहुन्छ– तिमीले म एकलाई याद गर। ब्रह्माद्वारा नै मैले सम्झाउँछु, ब्रह्माद्वारा नै स्थापना भएको हो। त्रिमूर्ति पनि पक्कै हुनुपर्छ। कोही त ब्रह्माको चित्र देखेर रिसाउँछन्। कति फेरि श्रीकृष्णको ८४ जन्म देखेर रिसाउँछन्। चित्र च्याति पनि दिन्छन्। अरे यो चित्र त बाबाले बनाउनुभएको हो। त्यसैले बाबा बच्चाहरूलाई सम्झाउनुहुन्छ– यो कुरा नबिर्स, केवल बाबालाई याद गरिराख। बाँधेलीहरूले पनि रुवाबासी गर्नुहुँदैन। घरमा बसेर बाबालाई याद गरिराख। बाँधेलीहरूलाई त झन् उच्च पद मिल्न सक्छ। तिमी बच्चाहरूलाई एक ज्ञान सागरले नै ज्ञान दिनुहुन्छ। रुहानी ज्ञान एक बाबाबाहेक अरू कसैमा छैन। ज्ञानको सागर एक परमपिता परमात्मा नै हुनुहुन्छ, उहाँलाई नै मुक्तिदाता भनिन्छ, यसमा डराउनुपर्ने के कुरा छ र! बाबा बच्चाहरूलाई सम्झाउनुहुन्छ– बच्चाहरूले फेरि अरूलाई सम्झाउनुछ। बाबा भन्नुहुन्छ– मलाई याद गरेमा सद्गति पाउँछौ। सत्ययुगमा रामराज्य हुन्छ, कलियुगमा हुँदैन। सत्ययुगमा त एउटै राज्य हुन्छ। यी सबै कुरा तिमीहरूमा पनि नम्बरवारमा छन्, कसैको बुद्धिमा धारण हुन्छ, कसैलाई धारणा हुँदैन, विनाशकाले विपरीत बुद्धि भनिन्छ, धारणा नहुनेले पद पाउन सक्दैनन्। विनाश त सबैको हुनुछ। यो भनाइ कम छ र! शिवबाबा भन्नुहुन्छ– विनाशकाले प्रीत बुद्धि बन। यो तिम्रो अन्तिम जन्म हो, तिमीले बाबासँग प्रीत राख्दैनौ भने पद पनि मिल्दैन। सच्चा दिलमा साहेब राजी हुनुहुन्छ। दधीचि ऋषिले जस्तै सेवामा हड्डी दिनुछ। कहिल्यै कसैमाथि ग्रहचारी बस्यो भने नसा नै उड्छ फेरि अनेक प्रकारका तुफान आइरहन्छन्। मुखले भन्छन्– यसभन्दा त लौकिकमै जाऊँ, यहाँ त कुनै मजा छैन। त्यहाँ त नाटक, सिनेमा आदि धेरै हुन्छन्, जो यी कुरामा फसेका छन् उनीहरू यहाँ टिक्न सक्दैनन्, धेरै मुस्किल हुन्छ। हो, पुरुषार्थले उच्च पद पनि पाउन सक्छन्, खुसीमा रहनुपर्छ। यी बाबा स्वयम् भन्छन्– अमृतबेला उठेर यादमा बसिनँ भने मजा नै आउँदैन। पल्टिरहेमा कहिलेकाहीँ उङ् पनि आउँछ। उठेर बसेमा राम्रा प्वइन्टहरू निस्कन्छन्, धेरै मजा आउँछ।

अब थोरै दिन बाँकी छन्, हामीले विश्वको बादसशाही लिइरहेका छौँ, बाबाबाट। बसेर यो कुरा याद गरेमा पनि खुसीको पारा चढ्छ। अमृतबेला चिन्तन चल्यो भने दिनमा पनि खुसी हुन्छ। खुसी हुँदैन भने पक्कै बाबासँग प्रीत बुद्धि छैन। अमृतवेलाको एकान्त राम्रो हुन्छ, जति बाबालाई याद गर्छौ त्यति खुसीको पारा चढ्छ। यस पढाइमा ग्रहचारी बस्छ किनकि बाबालाई भुल्छन्। बाबाबाट वर्सा लिनुछ भने मनसा-वाचा-कर्मणा सेवा गर्नुछ। यस सेवामा नै यो अन्तिम जन्म व्यतीत गर्नुछ। अरू दुनियाँका कुरामा लाग्यौ भने फेरि यो सेवा कहिले गर्छौ! भोलि भोलि भन्दाभन्दै मर्नेछन्। बाबा आउनुभएको नै छ स्वर्गमा लैजानको लागि। यहाँ त लडाइँमा कति मर्छन्, कतिलाई दुःख हुँदो होला। त्यहाँ त लडाइँ आदि हुँदैन। यी सबै पछाडिका हुन्, सबै खतम हुनुछ। अनाथहरू यत्तिकै मर्छन्, सनाथहरूले राज्य भाग्य पाउँछन्।

प्रदर्शनीमा पनि सम्झाउनुछ– हामीले आफ्नो कमाइले, आफ्नै तन-मन-धनले आफ्नो राज्य स्थापन गरिरहेका छौँ। हामीले भिख माग्दैनौँ, त्यसको आवश्यकता नै छैन। धेरै भाइबहिनी जम्मा भएर राजधानी स्थापन गर्छन्। तपाईंले करोड जम्मा गरेर आफ्नो विनाश गर्नुहुन्छ, पाई पाई जम्मा गरेर हामी विश्वको मालिक बन्छौँ। कति अचम्मको कुरा छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) अमृतवेला एकान्तमा बसेर बाबालाई प्यारले याद गर्नुछ। दुनियाँका कुरालाई छोडेर ईश्वरीय सेवामा लाग्नुछ।

२) बाबासँग सच्चा दिल राख्नुछ। आपसमा एकअर्काको आसिक-मासुक बन्नुछैन। प्रीत एक बाबासँग जोड्नुछ। देहधारीहरूसँग जोड्नुछैन।

वरदान:–
सर्व शक्तिहरूको सम्पत्तिले सम्पन्न बनेर दाता बन्ने विधाता , वरदाता भव

जुन बच्चाहरू सर्व शक्तिहरूका सम्पत्तिवान् छन्, उनीहरूले नै सम्पन्न र सम्पूर्ण स्थितिको समीपताको अनुभव गर्छन्। उनीहरूमा कुनै पनि भक्तपनको वा भिखारीपनको संस्कार इमर्ज हुँदैन, बाबाको मदत चाहिन्छ, आशीर्वाद चाहिन्छ, सहयोग चाहिन्छ, शक्ति चाहिन्छ– यो चाहिन्छ शब्द दाता, विधाता, वरदाता बच्चाहरूको अगाडि सुहाउँदैन। उनीहरूले त विश्वका हरेक आत्मालाई केही न केही दान वा वरदान दिन्छन्।

स्लोगन:–
हरेक आत्मालाई कुनै न कुनै प्राप्ति गराउने वचन नै सत्य वचन हुन्।

अव्यक्त इसारा:– सदा अचल , अडोल , एकरस स्थितिको अनुभव गर

कसैले जतिसुकै विचलित बनाए पनि तिमी अचल होऊ। परिस्थिति श्रेष्ठ हो कि स्वस्थिति श्रेष्ठ हो? कहिल्यै परिस्थितिले त आक्रमण गर्दैन? सोच– यो परिस्थिति पावरफुल छ कि स्वस्थिति पावरफुल छ? यस स्मृतिले तिमी कमजोरबाट शक्तिशाली बन्नेछौ। जसरी तिमी तपस्वी एकरस स्थितिमा एकाग्र हुन्छौ त्यसैगरी हठयोगीहरू फेरि एउटा गोडामा उभिन्छन्। त्यसैले कहाँ एकरस स्थिति र कहाँ एउटा गोडामा उभिइरहनु, फरक भयो नि!