12.06.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बाबा त्यस रथमा आउनु हुन्छ जसले सुरुमा भक्ति सुरु गरे , जो नम्बरवन पूज्य थिए फेरि पुजारी बनेका छन्। यो रहस्य सबैलाई स्पष्ट गरेर सुनाऊ।”

प्रश्न:–
बाबा आफ्ना वारिस बच्चाहरूलाई कुनचाहिँ वर्सा दिन आउनु भएको छ?

उत्तर:–
बाबा सुख, शान्ति, प्रेमका सागर हुनुहुन्छ। यो सारा खजाना उहाँले तिमीलाई सुम्पिनुहुन्छ। यसरी सुम्पिनुहुन्छ जसलाई २१ जन्मसम्म तिमीले खाइरहन्छौ, त्यो घट्न सक्दैन। तिमीलाई कौडीबाट हीरा समान बनाउनु हुन्छ। तिमीले बाबाको सारा खजाना योगबलबाट लिन्छौ। योग विना खजाना मिल्न सक्दैन।

ओम् शान्ति ।
शिव भगवानुवाच। शिव भगवान निराकारलाई त सबैले मान्छन्। निराकार शिव एउटै हुनुहुन्छ जसको सबैले पूजा गर्छन्। बाँकी जति पनि देहधारी छन् उनीहरूको साकार रूप छ। सुरुमा निराकार आत्मा थियो फेरि साकार बनेको छ। साकार बन्छ, शरीरमा प्रवेश गर्छ अनि त्यसको पार्ट चल्छ। मूलवतनमा त कुनै पार्ट हुँदैन। जसरी घरमा छँदा कलाकारहरूको नाटकको पार्ट हुँदैन। स्टेजमा आएपछि नै पार्ट खेल्छन्। आत्माले पनि यहाँ आएर शरीरद्वारा पार्ट खेल्छ। पार्टमा नै सारा भर पर्छ। आत्मामा त केही फरक छैन। जसरी तिमी बच्चाहरू आत्मा हौ, त्यसरी नै यिनी पनि आत्मा हुन्। बाबा परम आत्माले के गर्नुहुन्छ? उहाँको कर्तव्य के हो, त्यो जान्नु छ। कोही राष्ट्रपति हुन्छ, कोही राजा हुन्छ यो आत्माको कर्तव्य हो नि। यी पवित्र देवताहरू हुन्, त्यसैले यिनको पूजा गरिन्छ। अहिले तिमीले जान्दछौ– यो पढाइ पढेर लक्ष्मी-नारायण विश्वको मालिक बनेका हुन्। कसले बनाउनुभयो? परम आत्माले। तिमी आत्माहरूले पनि पढाउँछौ। बाबाले आएर तिमी बच्चाहरूलाई पढाउनु हुन्छ र राजयोग पनि सिकाउनु हुन्छ– यो हो ठुलो कुरा। कति सहज छ। यसलाई भनिन्छ राजयोग। बाबालाई याद गरेमा हामी सतोप्रधान बन्छौँ। बाबा त हुनुहुन्छ नै सतोप्रधान। उहाँको कति महिमा गाउँछन्। भक्तिमार्गमा कति फल, दुध आदि चढाउँछन्। समझ केही पनि छैन। देवताहरूलाई पुज्छन्, शिवमाथि दुध, फूल आदि चढाउँछन्, केही थाहा छैन। देवताहरूले राज्य गरे। ठीकै छ, शिवमाथि किन चढाउँछन्? उहाँले के कर्तव्य गर्नुभयो र यति पुज्छौ? देवताहरूको बारेमा त फेरि पनि थाहा छ, उनीहरू स्वर्गका मालिक थिए। उनीहरूलाई कसले बनाउनुभयो, यो पनि थाहा छैन। शिवको पूजा पनि गर्छन् तर उहाँ भगवान हुनुहुन्छ भन्ने कुराको ख्याल छैन। भगवानले यिनलाई यस्तो बनाउनु भएको हो। कति भक्ति गर्छन्। सबै अन्जान छन्। तिमीले पनि शिवको पूजा गरेका हौ, अहिले तिमीले जान्दछौ, पहिला केही पनि जान्दैनथ्यौ। उहाँको कर्तव्य के हो, के सुख दिनुहुन्छ, केही पनि थाहा थिएन। के यी देवताहरूले सुख दिन्छन्? राजा-रानीले प्रजालाई सुख दिन्छन् तर उनीहरूलाई शिवबाबाले यस्तो बनाउनु भएको हो नि। बलिहारी उहाँको छ। यिनले त केवल रजाइँ गर्छन्, प्रजा पनि बनि हाल्छन्। बाँकी यिनले कसैको कल्याण गर्दैनन्। यदि गरे भने पनि त अल्पकालको लागि। अहिले तिमी बच्चाहरूलाई बाबाले बसेर पढाउनु हुन्छ। उहाँलाई कल्याणकारी भनिन्छ। बाबाले आफ्नो परिचय दिनुहुन्छ, मेरो लिङ्गको तिमीले पूजा गर्थ्यौ, उहाँलाई परम आत्मा भन्थ्यौ। परम आत्मा अर्थात् परमात्मा हुन्छ। तर उहाँले के गर्नुहुन्छ भन्ने कुरा जान्दैनन्। केवल भनिदिन्छन् उहाँ सर्वव्यापी हुनुहुन्छ। नाम-रूपबाट भिन्न हुनुहुन्छ। फेरि उहाँमाथि दुध आदि चढाउनु, यसले शोभा दिँदैन। आकार छ तब त उहाँमाथि चढाउँछन् नि। उहाँलाई निराकार त भन्न सक्दैनौ। तिमीसँग मनुष्यहरूले वादविवाद धेरै गर्छन्, बाबाको अगाडि आएर पनि वादविवाद नै गर्नेछन्। व्यर्थमा टाउको दुखाउँछन्। फाइदा केही पनि छैन। यो कुरा सम्झाउने त तिमी बच्चाहरूको काम हो। तिमी बच्चाहरूलाई थाहा छ– बाबाले हामीलाई कति उच्च बनाउनु भएको छ। यो पढाइ, बाबा टीचर बनेर पढाउनु हुन्छ। तिमीले मनुष्यबाट देवता बन्नको लागि पढिरहेका छौ। देवी-देवताहरू सत्ययुगमा हुन्छन्। कलियुगमा हुँदैनन्। रामराज्य नै छैन जहाँ पवित्र रहन सक्छन्। देवी-देवता थिए फेरि वाम मार्गमा जान्छन्। बाँकी जस्तो चित्रमा देखाउँछन् यस्तो होइन। जगन्नाथको मन्दिरमा तिमीले देख्नेछौ काला चित्रहरू छन्। बाबा भन्नुहुन्छ– मायाजिते जगतजित बन। त्यसैले उनीहरूले फेरि जगत्नाथ नाम राखिदिएका छन्। माथि सबै गन्दा चित्रहरू देखाएका छन्, देवताहरू वाममार्गमा जानाले काला बनेका छन्। उनीहरूको पनि पूजा गरिरहन्छन्। मनुष्यहरूलाई त केही थाहा छैन हामी कहिले पूज्य थियौँ? ८४ जन्मको हिसाब कसैको बुद्धिमा छैन। पहिला पूज्य सतोप्रधान हुन्छन् फेरि ८४ जन्म लिँदा लिँदा तमोप्रधान पुजारी बन्छन्। रघुनाथ मन्दिरमा काला चित्र देखाउँछन्, त्यसको अर्थ त केही पनि जान्दैनन्। अहिले तिमी बच्चाहरूलाई बाबा बसेर सम्झाउनु हुन्छ। ज्ञान चितामा बसेर गोरा बन्छौ, काम चितामा बसेर काला बन्छौ। देवताहरू वाममार्गमा गएर विकारी बन्छन्, त्यसपछि उनीहरूको नाम देवता राख्न त सकिँदैन। वाममार्गमा जानाले काला बनेका हौ, यो निसानी देखाइएको छ। कृष्णलाई कालो, रामलाई पनि कालो, शिवलाई पनि कालै बनाइदिन्छन्। तिमीलाई थाहा छ– शिवबाबा त कालो बन्दै बन्नुहुन्न। उहाँ त हीरा हुनुहुन्छ, जसले तिमीलाई पनि हीरा जस्तो बनाउनु हुन्छ। उहाँ त कहिल्यै पनि कालो बन्नुहुन्न फेरि उहाँलाई कालो किन बनाएका छन्! कोही कालो थियो होला उसले बसेर कालो बनायो होला। शिवबाबा भन्नुहुन्छ– मैले के दोष गरेँ जसकारण मलाई कालो बनाइयो। म त आउँछु नै सबैलाई गोरा बनाउन, म त सदैव गोरो छु। मनुष्यहरूको यस्तो बुद्धि बनेको छ जसले गर्दा केही पनि बुझ्दैनन्। शिवबाबा त हुनुहुन्छ नै सबैलाई हीरा बनाउनेवाला। म त सदा गोरो यात्री हुँ। मैले के गरेँ जसकारण मलाई कालो बनाएका छौ। अब तिमी पनि उच्च पद पाउनको लागि गोरो बन्नु छ। उच्च पद कसरी पाउनु छ? त्यो त बाबाले सम्झाउनु भएको छ बाबालाई फलो गर, जसरी यिनले सबैकुरा बाबालाई सुम्पिए। ब्रह्मा बाबालाई हेर कसरी सबै कुरा दिए। साधारण थिए, न धेरै गरिब, न धेरै धनी थिए। बाबाले अहिले पनि भन्नुहुन्छ– तिम्रो खानपान बीचको साधारण हुनुपर्छ। न धेरै उच्च, न धेरै साधारण। बाबाले नै सबै शिक्षा दिनुहुन्छ। यी पनि देखिनमा त साधारण नै देखिन्छन्। तिमीलाई भन्छन् भगवान कहाँ हुनुहुन्छ देखाऊ। अरे, आत्मा पनि बिन्दु हो, त्यसलाई देख्न सक्छौ र! आत्माको साक्षात्कार यी आँखाबाट हुँदैन, यो त जान्दछौ। तिमीले भन्छौ भगवानले पढाउन अवश्य कुनै शरीरधारी हुनुपर्छ। निराकारले कसरी पढाउने? मनुष्यहरूलाई त केही पनि थाहा छैन। जसरी तिमी आत्मा हौ, शरीरद्वारा पार्ट खेल्छौ। आत्माले नै पार्ट खेल्छ। आत्माले नै शरीरद्वारा बोल्छ। त्यसैले आत्मा उवाच। तर आत्मा उवाच भन्न सुहाउँदैन। आत्मा त वानप्रस्थ, वाणी भन्दा पर छ, उवाच त शरीरबाट नै हुन सक्छ। वाणी भन्दा पर केवल आत्मा नै हुन्छ। वाणीमा आउनु छ भने शरीर अवश्य चाहिन्छ। बाबा पनि ज्ञानका सागर हुनुहुन्छ, त्यसैले अवश्य कसैको शरीरको आधार लिनुहुन्छ होला नि। त्यसलाई रथ भनिन्छ। नत्र उहाँले कसरी सुनाउने? बाबाले पतितबाट पावन बन्ने शिक्षा दिनुहुन्छ। प्रेरणाको कुरा छैन। यो त ज्ञानको कुरा हो। उहाँ कसरी आउनु हुन्छ? कसको शरीरमा आउनु हुन्छ ? अवश्य मनुष्यमा नै आउनु हुन्छ। कुन मनुष्यमा आउनु हुन्छ? तिमी बाहेक कसैलाई थाहा छैन। रचयिताले स्वयं नै बसेर आफ्नो परिचय दिनुहुन्छ। म कसरी र कुन रथमा आउँछु। बाबाको रथ कुन हो भन्ने कुरा बच्चाहरूले त जान्दछौ। धेरै मनुष्यहरू अलमलिएका छन्। के केको रथ बनाइदिन्छन्। जनावर आदिमा त आउन सक्दैनन्। बाबा भन्नुहुन्छ– म कुन मनुष्यमा आऊँ? यो त बुझ्न सक्दैनन्। आउन पनि भारतखण्डमा नै आउनु हुन्छ। यहाँ कसको तनमा आऊँ, के राष्ट्रपति वा साधु महात्माको रथमा आउँछु होला? यस्तो पनि होइन पवित्र रथमा आउनु हुन्छ। यो त हो नै रावण राज्य। गायन पनि छ– दूर देशका रहनेवाला।

यो पनि बच्चाहरूलाई थाहा छ– भारतवर्ष अविनाशी खण्ड हो। यो कहिल्यै विनाश हुँदैन। अविनाशी बाबा अविनाशी भारतखण्डमा नै आउनु हुन्छ। कुन तनमा आउनु हुन्छ? उहाँले स्वयं नै बताउनु हुन्छ। अरू कसैले त जान्न सक्दैन। तिमीलाई थाहा छ– कुनै साधु महात्मामा पनि आउन सक्दैनन् । उनीहरू हुन् हठयोगी, निवृत्ति मार्गका। बाँकी रहे भक्तहरू। अब भक्तमा पनि कुन भक्तमा आउने? भक्त पुरानो हुनुपर्छ, जसले धेरै भक्ति गरेको हुन्छ। भक्तिको फल दिन भगवानलाई आउनु पर्छ। यहाँ भक्त त धेरै छन्। भन्नेछन् यो ठुलो भक्त हो, यिनमा आउनु पर्छ। यसरी त धेरै भक्त बन्छन्। भोलि नै पनि कसैलाई वैराग्य आयो भने भक्त बन्न सक्छ। ऊ त यस जन्मको भक्त भयो नि। उसमा आउनुहुन्न। म उसैमा आउँछु, जसले सुरु सुरुमा भक्ति सुरु गर्यो। द्वापरदेखि भक्ति सुरु भएको हो। यो हिसाबकिताब कसैले बुझ्न सक्दैन। कति गुप्त कुरा छन्। म उसमा आउँछु जसले सुरुमा भक्ति सुरुगर्छ। नम्बरवन जो पूज्य थिए ऊ नै फेरि नम्बरवन पुजारी पनि बन्छ। स्वयं नै भन्नुहुन्छ– यी रथ नै पहिलो नम्बरमा जान्छन्। फेरि ८४ जन्म पनि यिनले नै लिन्छन्। म यिनको नै धेरै जन्मको अन्त्यको पनि अन्तिम जन्ममा प्रवेश गर्छु। यिनलाई नै फेरि नम्बरवन राजा बन्नु छ। यिनले नै धेरै भक्ति गर्थे। भक्तिको फल पनि यिनलाई मिल्नु पर्छ। बाबा बच्चाहरूलाई देखाउनु हुन्छ– हेर, यिनी ममाथि कसरी समर्पण भए? सबै कुरा दिए। यति धेरै बच्चाहरूलाई सिकाउनको लागि धन पनि चाहिन्छ। ईश्वरको यज्ञ रचिएको छ। खुदाले यिनमा बसेर रुद्र ज्ञान यज्ञ रच्नुहुन्छ, यसलाई पढाइ पनि भनिन्छ। रुद्र शिवबाबा जो ज्ञानको सागर हुनुहुन्छ, उहाँले यज्ञ रच्नु भएको छ ज्ञान दिनको लागि। शब्द बिल्कुलै ठीक छन्। राजस्व, स्वराज्य पाउनको लागि यज्ञ। यसलाई यज्ञ किन भनिन्छ? यज्ञमा त उनीहरूले आहुति आदि धेरै हाल्छन्। तिमीले त पढ्छौ, आहुति के हाल्छौ र? तिमीलाई थाहा छ– हामी पढेर होसियार बन्नेछौँ। फेरि सारा दुनियाँ यसमा स्वाहा हुन्छ। यज्ञमा पछि अन्त्यमा जे जति सामग्री बाँकी रहन्छ, त्यो सबै हाल्छन्।

तिमी बच्चाहरूले अहिले बुझेका छौ– हामीलाई बाबाले पढाइरहनु भएको छ। बाबा हुन त धेरै साधारण हुनुहुन्छ। मनुष्यले के जान्ने? ती ठुलाबडा मनुष्यहरूको त धेरै ठुलो महिमा हुन्छ। बाबा त धेरै साधारण, सिम्पल रूपमा बस्नु भएको छ। मनुष्यहरूलाई कसरी थाहा हुन सक्छ। यी दादा त जौहरी थिए। शक्ति त कुनै देखिँदैन। केवल यति भनिदिन्छन् यिनमा केही शक्ति छ। यिनमा सर्वशक्तिमान बाबा हुनुहुन्छ भन्ने कुरा जान्दैनन्। यिनमा शक्ति छ, त्यो शक्ति पनि कहाँबाट आयो? बाबाले प्रवेश गर्नुभयो नि। जुन उहाँको खजाना छ त्यो त्यसै कहाँ दिनुहुन्छ र। तिमीले योगबलले लिन्छौ। उहाँ त सर्वशक्तिमान हुनुहुन्छ नै। उहाँको शक्ति अन्यत्र कतै जाँदैन। परमात्मालाई सर्वशक्तिमान भनेर किन गायन गरिन्छ, यो पनि कसैले जान्दैन। बाबा आएर सबै कुरा बताउनु हुन्छ। बाबा भन्नुहुन्छ– म जसमा प्रवेश गर्छु, उनमा त पूरा खिया लागेको थियो– पुरानो देश, पुरानो शरीर, उनको धेरै जन्मको अन्त्यमा म आउँछु, जुन खिया लागेको छ त्यसलाई कसैले निकाल्न सक्दैन। खिया निकाल्ने एक सतगुरु नै हुनुहुन्छ। उहाँ सदा पवित्र हुनुहुन्छ। यो तिमीले जान्दछौ। यो सबै बुद्धिमा बसाउनको लागि पनि समय चाहिन्छ। तिमी बच्चाहरूलाई बाबाले सबै सुम्पनुहुन्छ। बाबा ज्ञानको सागर, शान्तिको सागर हुनुहुन्छ, बच्चाहरूलाई सारा सुम्पनुहुन्छ। आउन पनि पुरानो दुनियाँमा आउनु हुन्छ। प्रवेश पनि उनमा गर्नुहुन्छ, जो हीरा समान थिए, फेरि कौडी समान बने। उनीहरू चाहे यस समयमा करोडपति छन्, तर अल्पकालको लागि। सबैको खलास हुन्छ। हीरा समान (वर्थ पाउण्ड) तिमी बन्छौ। अहिले तिमी पनि विद्यार्थी हौ। यी पनि विद्यार्थी हुन्, यी पनि धेरै जन्मको अन्त्यमा छन्। खिया लागेको छ। जसले धेरै राम्रो पढ्छ, उसमा नै खिया चढेको छ। उनी नै सबै भन्दा पतित बन्छन्, उनै फेरि पावन बन्नु छ। ड्रामा यस्तै बनेको छ। बाबाले त सत्य कुरा बताउनु हुन्छ। बाबा हुनुहुन्छ सत्य। उहाँले कहिले उल्टो बताउनुहुन्न। यी सबै कुरालाई मनुष्यले बुझ्न सक्दैनन्। तिमी बच्चाहरू बाहेक अरू मनुष्यलाई कसरी थाहा हुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) उच्च पद पाउनको लागि पूरा बाबाको अनुसरण गर्नु छ। सबै कुरा बाबालाई जिम्मा लगाएर ट्रस्टी भएर सम्हाल्नु छ, पूरा समर्पण हुनु छ। खानपान रहन सहन न धेरै उच्च, न धेरै निम्न हुनु छ।

२) बाबाले जुन सुख, शान्ति, ज्ञानको खजाना दिनु भएको छ, त्यो अरूलाई पनि दिनु छ, कल्याणकारी बन्नु छ।

वरदान:–
पवित्रताको गुह्यतालाई जानेर सुख शान्ति सम्पन्न बन्ने महान् आत्मा भव

पवित्रताको शक्तिको महानतालाई जानेर पवित्र अर्थात् पूज्य देव आत्मा अहिल्यै देखि बन। यस्तो होइन, अन्त्यमा बन्नेछौँ। यो धेरै समयदेखि जम्मा गरिएको शक्ति नै अन्तिममा काम आउँछ। पवित्र बन्नु कुनै साधारण कुरा होइन। ब्रह्मचारी रहन्छन्, पवित्र बनेका छन्... पवित्रता जननी हो, चाहे सङ्कल्पबाट, चाहे वृत्तिबाट, वायुमण्डलबाट, वाणीबाट, सम्पर्कबाट सुख शान्तिको जननी बन्नु– यसैलाई भनिन्छ महान् आत्मा।

स्लोगन:–
उच्च स्थितिमा स्थित भएर सर्व आत्माहरूलाई दयाको दृष्टि देऊ, भाइब्रेशन फैलाऊ।