12.06.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे समझदार बच्चे–
सदा याद राख हामी अविनाशी आत्मा हौँ , हामी अब बाबाको साथमा पहिलो तलामा जा नुछ ।”
प्रश्न:–
तिमी हरेक
बच्चाले अवश्य कुन मेहनत गर्नुपर्छ?
उत्तर:–
बाबाले
तिमीलाई जुन यति ज्ञान दिनुहुन्छ त्यसलाई आफ्नो दिलमा लिइराख। भित्रभित्रै त्यस
ज्ञानलाई मनन गरेर हजम गर, जसबाट शक्ति मिल्छ। यो मेहनत अवश्य हरेकले गर्नुपर्छ।
जसले यस्तो गुप्त मेहनत गर्छन् उनीहरू सदा हर्षित हुन्छन्। उनीहरूलाई नसा हुन्छ
हामीलाई पढाउने को हुनुहुन्छ! हामी कसको अगाडि बसेका छौँ!
ओम् शान्ति ।
यो कसले भन्यो?
दुई पटक भनियो ओम् शान्ति! ओम् शान्ति! एक शिवबाबाले भन्नुभयो, अर्को ब्रह्माबाबाले।
उहाँ बापदादा सँगसँगै हुनुहुन्छ। त्यसैले दुवैले भन्नुपर्छ ओम् शान्ति! ओम् शान्ति!
अब पहिला कसले भन्नुभयो? पछि कसले भन्नुभयो? पहिला शिवबाबाले भन्नुभयो ओम् शान्ति!
म शान्तिको सागर हुँ, पछि कसले भन्नुभयो? दादाको आत्माले भन्यो। बाबाले बच्चाहरूलाई
याद दिलाउनुहुन्छ ओम् शान्ति! म त सदैव देहीअभिमानी छु, कहिल्यै देह अभिमानमा
आउँदिनँ। एक मात्र बाबा हुनुहुन्छ जो सदैव देहीअभिमानी रहनुहुन्छ। ब्रह्मा, विष्णु,
शङ्करलाई यस्तो भनिँदैन। तिमीलाई थाहा छ ब्रह्मा, विष्णु, शङ्करको पनि सूक्ष्म रूप
छ। त्यसैले ओम् शान्ति भन्ने एक शिवबाबा मात्रै हुनुहुन्छ, जसको कुनै शरीर छैन।
बाबाले तिमीलाई राम्रोसँग सम्झाउनुहुन्छ र भन्नुहुन्छ म एकैपटक आउँछु, म सदैव
देहीअभिमानी छु। म पुनर्जन्ममा आउँदिनँ त्यसैले मेरो महिमा नै न्यारा छ। मलाई भन्छन्
निराकार परमपिता परमात्मा। भक्तिमार्गमा पनि शिवको लागि भन्छन् उहाँ बाबा निराकार
परमपिता परमात्मा हुनुहुन्छ। निराकारको पूजा हुन्छ। उहाँ कहिल्यै देहमा आउनुहुन्न
अर्थात् देह अभिमानी बन्नुहुन्न। अच्छा, फेरि त्यसको तल आऊ सूक्ष्मवतनमा, जहाँ
ब्रह्मा-विष्णु-शङ्कर रहन्छन्। शिवको नाम-रूप त देखिँदैन। चित्र बनाउँछन् तर उहाँ
हुनुहुन्छ निराकार, उहाँ कहिल्यै साकार बन्नु नै हुन्न। पूजा पनि निराकारको नै
हुन्छ। बच्चाहरूको बुद्धिमा सारा ज्ञान हुन्छ। भक्ति त गरेका छौ। चित्र तिमी
बच्चाहरूले देखेका छौ, तिमीहरूलाई थाहा छ सत्ययुग-त्रेतामा न चित्रको भक्ति हुन्छ,
न विचित्रको। बुद्धिमा आउँछ परमपिता परमात्मा विचित्र हुनुहुन्छ। उहाँको न सूक्ष्म,
न स्थूल चित्र छ। उहाँको महिमा गायन गरिन्छ, दुःखहर्ता, सुखकर्ता, पतितपावन। तिमीले
अरू कसैको चित्रलाई पतितपावन भन्दैनौ। कुनै पनि मानिस छैनन् जसको बुद्धिमा यो कुरा
हुन्छ। ब्रह्मा-विष्णु-शङ्कर हुन् सूक्ष्मवतनवासी। पहिलो तला फेरि दोस्रो तला।
उच्चभन्दा उच्च मूलवतन, त्यो तलामा निवास गर्ने परमपिता परमात्मा हुनुहुन्छ। दोस्रो
नम्बर तलामा सूक्ष्म शरीरधारी हुन्छन्। तेस्रो तलामा स्थूल शरीरधारी हुन्छन्, यसमा
अलमलिनुहुँदैन। यी कुराहरू परमपिता परमात्मा बाहेक अरू कसैले सम्झाउन सक्दैन। माथि
सृष्टि छ आत्माहरूको। त्यसलाई भनिन्छ निराकारी दुनियाँ, हामी सबै आत्माहरूको दुनियाँ।
फेरि हामी आत्माहरू साकारी दुनियाँमा आउँछौँ। त्यहाँ हुन्छन् आत्माहरू, यहाँ छन्
जीव आत्माहरू। यो बुद्धिमा रहनुपर्छ। अवश्य हामी निराकारी बाबाका बच्चाहरू हौँ। हामी
पनि पहिला निराकार बाबाको साथमै रहन्थ्यौँ। निराकारी दुनियाँमा नै आत्माहरू रहन्छन्।
जो अहिलेसम्म पार्ट खेल्नको लागि साकारमा आइरहन्छन्। त्यो भयो निराकार बाबाको वतन।
हामी आत्मा हौँ, यो नसा हुनुपर्छ। अविनाशी कुराको नसा हुनुपर्छ। विनाशी कुराको कहाँ
नसा राख्नुहुन्छ र! देहको नसा हुनेहरूलाई देह अभिमानी भनिन्छ। देह अभिमानी राम्रो
वा आत्म अभिमानी राम्रो? समझदार को हुन्छ? आत्म अभिमानी। आत्मा नै अविनाशी हो, देह
त विनाशी हो। आत्माले भन्छ मैले ८४ देह लिन्छु। म आत्मा परमधाममा बाबाको साथमा
रहन्छु। त्यहाँबाट आउँछु यहाँ पार्ट खेल्न। आत्माले भन्छ हे बाबा! साकारी सृष्टिमा
हुनुहुन्छ साकारी बाबा। निराकारी सृष्टिमा निराकार बाबा। यो त बिल्कुल सहज कुरा हो।
अब ब्रह्मालाई भन्छन् प्रजापिता ब्रह्मा। उनी त यहाँ छन् नि। त्यहाँ हामी आत्माहरू
सबै एक बाबाका बच्चाहरू भाइ भाइ हौँ। बाबा शिवको साथमा बस्छौँ। परमात्माको नाम हो
शिव। आत्माको नाम हो सालिग्राम। आत्माको पनि रचयिता हुनुपर्छ नि! दिलमा सदैव यिनै
कुरा गरिराख। जुन ज्ञान मिलेको छ त्यो आफ्नो दिलमा लिइराख्नको लागि मेहनत गर्नुछ।
आत्माले नै विचार गर्छ। पहिला सुरुमा त यो निश्चय गर हामी आत्मा बाबाको साथमा बस्छौँ।
हामी उहाँका बच्चाहरू हौँ त्यसैले अवश्य उहाँ बाबाबाट वर्सा मिल्नुपर्छ। यो पनि
तिमीलाई थाहा छ यो जुन आत्माहरूको वृक्ष छ त्यसको पहिला अवश्य बीज हुन्छ। जसरी
वंशावली बनाउँछन्। आदि पिता हुन्छन् फेरि उनीबाट २-४ बच्चाहरू निस्किन्छन्, फेरि
उनीहरूबाट अरू निस्कन्छन्। एकअर्का वृद्धि हुँदा हुँदा वृक्ष ठुलो हुन्छ। वंशवृक्षको
नक्सा हुन्छ। फलानोबाट फलानो निस्कियो...।
तिमी बच्चाहरूलाई थाहा
छ मूलवतनमा सबै आत्माहरू रहन्छन्। तिमीहरूका पनि चित्र छन्। उच्चभन्दा उच्च
हुनुहुन्छ बाबा। तिमी बच्चाहरूको बुद्धिमा छ– बाबा यस शरीरमा आउनुभएको छ। रुहानी
बाबा यिनमा आएर रुहहरूलाई पढाउनुहुन्छ। सूक्ष्मवतनमा त पढाउनुहुन्न। सत्ययुगमा त यो
ज्ञान कसैमा पनि हुँदैन। बाबा नै आएर यस सङ्गमयुगमा यो ज्ञान दिनुहुन्छ। यस मनुष्य
सृष्टिरूपी वृक्षको ज्ञान कसैलाई छैन। कल्पको अवधि नै धेरै लामो लेखिदिएका छन्।
अहिले बाबाले तिमीलाई सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! अब तिमी फेरि घर जानुछ। त्यो
हो आत्माहरूको घर। त्यहाँ बाबा र बच्चाहरू रहन्छन्, आत्माहरू सबै भाइ भाइ हुन्। यहाँ
शरीर धारण गरेपछि मात्र भाइ र बहिनी भनिन्छ। हामी आत्माहरू सबै भाइ भाइ हौँ। भाइको
अवश्य पिता पनि हुनुहुन्छ नि। उहाँ हुनुहुन्छ परमपिता परमात्मा। सबै आत्माहरूले
शरीरमा रहेर उहाँलाई याद गर्छन्। सत्ययुग-त्रेतामा कसैले याद गर्दैनन्। पतित
दुनियाँमा सबैले उहाँलाई याद गर्छन् किनकि सबै रावणको जेलमा छन्। सीताले पुकार्थिन्
हे राम! बाबा सम्झाउनुहुन्छ राम कुनै त्रेताका याद आउँदैनन्। राम परमपिता
परमात्मालाई सम्झेर याद गरिरहन्छन्। आत्माले पुकार्छ। अहिले तिमीलाई थाहा छ आधाकल्प
फेरि हामीले कसैलाई पुकार्दैनौँ किनकि त्यतिबेला हामी सुखधाममा रहन्छौँ। यस समयमा
बाबाले नै यो कुरा सम्झाउनुहुन्छ, अरू कसैले जान्दैनन्। उनीहरूले त भनिदिन्छन् आत्मा
सो परमात्मा, आत्मा परमात्मामा लीन हुन्छ। बाबा सम्झाउनुहुन्छ, आत्मा त अविनाशी हो।
एउटा आत्माको पनि विनाश हुन सक्दैन। जसरी बाबा अविनाशी हुनुहुन्छ त्यसैगरी आत्मा पनि
अविनाशी हो। यहाँ आत्मा पतित तमोप्रधान बन्छ, फेरि बाबाले सतोप्रधान पवित्र
बनाउनुहुन्छ। सारा दुनियाँ तमोप्रधान बन्नु नै छ। फेरि सतोप्रधान बन्नुछ। पतित
दुनियाँलाई पावन बनाउन बाबा आउनुपर्छ। उहाँलाई भन्छन् नै परमपिता परमात्मा। बाबा पनि
अविनाशी हुनुहुन्छ, हामी आत्माहरू पनि अविनाशी हौँ, यो ड्रामा पनि अविनाशी हो। तिमी
बच्चाहरूलाई थाहा छ यो विश्वको इतिहास-भूगोल कसरी दोहोरिन्छ। यी चारै युगमा हाम्रो
पार्ट चल्छ। हामी सूर्यवंशी फेरि चन्द्रवंशी बन्छौँ। चन्द्रवंशी मानौँ दोस्रो
दर्जामा आउँछन्। १४ कला भएकालाई सूर्यवंशी भन्न सकिँदैन। वास्तवमा देवीदेवता पनि
तिनीहरूलाई भन्न सकिँदैन। देवीदेवता सम्पूर्ण निर्विकारी, १६ कला सम्पूर्णलाई
भनिन्छ। रामलाई १४ कला सम्पन्न भनिन्छ। तिम्रै ८४ जन्मको हिसाब सम्झाइन्छ। नयाँ कुरा
फेरि पुरानो भएपछि त्यसमा मजा हुँदैन। पहिला सम्पूर्ण पवित्र हुन्छन् फेरि केही
वर्ष बितेपछि भने अलिकति पुरानो भनिन्छ। भवनको पनि उदाहरण दिइन्छ। यसरी हरेक कुरा
हुन्छ। यो दुनियाँ पनि एउटा ठुलो नाटक हो। यो आकाश तत्त्व धेरै विशाल छ, यसको कुनै
अन्त्य छैन। यसको अन्त्य कहाँ हुन्छ, त्यो निकाल्न सक्दैनन्। जति गए पनि अन्त्य हुन
सक्दैन।ब्रह्म महतत्त्वको पनि कुनै अन्त्य हुन सक्दैन। हुन त वैज्ञानिकहरूले अन्त्य
देख्न कति कोसिस गर्छन् तर त्यहाँ जान सक्दैनन्, अन्त्य पाउन सक्दैनन्। ब्रह्म
तत्त्व धेरै ठुलो, बेअन्त्य छ। हामी आत्माहरू धेरै सानो ठाउँमा रहन्छौँ। यहाँ कति
ठुला ठुला भवन आदि बनाउँछन्। धरतीमा धेरै ठुलो ठाउँ छ। खेती आदि पनि त चाहिन्छ नि।
त्यहाँ त केवल आत्माहरू हुन्छन्। आत्माले शरीरबिना कसरी खान्छ? त्यहाँ त आत्मा
अभोक्ता हुन्छ। त्यहाँ खाने वा भोग्ने आदिको कुनै कुरा हुँदैन। बाबा सम्झाउनुहुन्छ
यो ज्ञान तिमी बच्चाहरूलाई एकैपटक मिल्छ। फेरि कल्प पछि तिमी बच्चाहरूलाई नै यो
ज्ञान दिइन्छ। त्यसैले यो नसा हुनुपर्छ। हामी देवता धर्मका थियौँ। तिमीले भन्छौ बाबा
आजभन्दा ५ हजार वर्ष पहिला हामी शूद्रबाट ब्राह्मण बन्न हजुरकहाँ आएका थियौँ। अब
फेरि हामी हजुरकहाँ आएका छौँ। उहाँ निराकार भएको कारण तिमीले भन्छौ दादाकहाँ आएका
छौँ। बाबा यिनमा प्रवेश गर्नुभएको छ। बाबा भन्नुहुन्छ– जसरी तिमी इन्द्रियहरू लिएर
पार्ट खेल्छौ त्यसरी नै मैले पनि इन्द्रियहरूको आधार लिन्छु। नत्र मैले पार्ट कसरी
खेलुँ? शिवजयन्ती पनि मनाउँछन्। शिव त निराकार हुनुहुन्छ। उहाँको जयन्ती कसरी भयो?
मानिसले त एक शरीर छोडेर अर्को लिन्छन्। बाबा भन्नुहुन्छ– म कसरी आएर तिमी
बच्चाहरूलाई राजयोग सिकाऊँ। मानिसबाट देवता बनाउनको लागि राजयोग बाबा नै आएर
सिकाउनुहुन्छ। मलाई नै पतितपावन, ज्ञानको सागर भन्छन्। मलाई वृक्षको
आदि-मध्य-अन्त्यको ज्ञान थाहा छ।
तिमी बच्चाहरूले
बुझेका छौ बाबा यिनमा प्रवेश गरेर हामीलाई सबै ज्ञान सम्झाउनुहुन्छ।
ब्रह्मा-विष्णु-शङ्करको पार्टलाई पनि बुझ्नुपर्छ। बाबालाई त चिनेका छौ उहाँ
पतितपावन हुनुहुन्छ। हरेकको महिमा भिन्नाभिन्नै, कर्तव्य पनि भिन्नाभिन्नै हुन्छ।
राष्ट्रपति, प्रधानमन्त्री आदि बन्छन्। आत्माले भन्छ यो मेरो शरीर हो। म
प्रधानमनत्री हुँ। आत्मा शरीरसँगै नभए बोल्न सक्दैन। शिवबाबा पनि हुनुहुन्छ निराकार।
उहाँलाई पनि बोल्नको लागि कर्मेन्द्रियहरूको आधार लिनुपर्छ, त्यसैले देखाउँछन्–
मुखबाट गङ्गा निस्किन्। अब शिव त हुनुहुन्छ बिन्दु। उहाँको मुख कहाँबाट आयो? त्यसैले
यिनमा आएर बस्नुहुन्छ, यिनीद्वारा ज्ञान गङ्गा बगाउनुहुन्छ। बाबालाई नै सबैले याद
गर्छन्– हे पतितपावन आउनुहोस्! हामीलाई यस दुःखबाट छुटाउनुहोस्! उहाँ नै सबैभन्दा
ठुलो सर्जन हुनुहुन्छ। उहाँमा नै पतितहरूलाई पावन बनाउने ज्ञान छ। सर्व पतितहरूलाई
पावन बनाउने एक सर्जन हुनुहुन्छ। सत्ययुगमा सबै निरोगी हुन्छन्। यी लक्ष्मीनारायण
सत्ययुगका मालिक हुन्। यिनलाई यस्तो कर्म कसले सिकाउनुभयो जसले गर्दा यस्ता निरोगी
बने। बाबा नै आएर श्रेष्ठ कर्म सिकाउनुहुन्छ। यहाँ त आफैले गरेको कर्मबाट
पछुताइरहन्छन्। सत्ययुगमा त यस्तो भन्दैनन् कर्म यस्तो छ। त्यहाँ कुनै दुःख, रोग
हुँदैन। यहाँ त एकअर्कालाई दुःख नै दिइरहन्छन्। सत्ययुग-त्रेतामा दुःखको कुरा
हुँदैन, जो भनियो त्यो यो कर्महरूको भोग हो। कर्म-अकर्म-विकर्मको अर्थ कसैले बुझ्नै
सक्दैनन्। तिमीलाई थाहा छ हरेक कुरा पहिला सतोप्रधान फेरि सतो, रजो, तमो बन्छ।
सत्ययुगमा ५ तत्त्व पनि सतोप्रधान हुन्छन्। हाम्रो शरीर पनि सतोप्रधान प्रकृतिको
हुन्छ फेरि आत्माका दुई कला कम भएपछी शरीर पनि त्यस्तै बन्छ। सृष्टिको पनि दुई कला
कम हुन्छ। यो सबै कुरा बाबा नै बसेर सम्झाउनुहुन्छ, अरू कसैले सम्झाउन सक्दैन। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) अहिलेदेखि नै बाबाको श्रीमतमा यस्तो श्रेष्ठ कर्म गर्नुछ, जसबाट आफैले कर्मबाट
फेरि कहिल्यै पछुताउनु पर्दैन अर्थात् कर्मको सजाय खान पर्दैन।
२) कुनै पनि विनाशी
कुराको नसा राख्नुछैन। यो देह पनि विनाशी हो, यसको पनि नसा राख्नुहुँदैन, समझदार
बन्नुछ।
वरदान:–
यस पुरानो
दुनियाँलाई विदेश सम्झेर यसबाट उपराम रहने स्वदेशी भव
जसरी कति मानिसहरूले
विदेशका कुराहरूलाई टच पनि गर्दैनन्, सम्झन्छन् आफ्नै देशको सामग्रीको प्रयोग गरौँ।
त्यसरी नै तिमीहरूको लागि यो पुरानो दुनियाँ नै विदेश हो, यसबाट उपराम होऊ अर्थात्
पुरानो दुनियाँका जुन कुराहरू छन्, स्वभाव-संस्कार छन् त्यतातिर अलिकति पनि आकर्षित
नहोऊ। स्वदेशी बन अर्थात् आत्मिक रूपमा आफ्नो उच्च देश परमधाम र यस ईश्वरीय परिवारको
हिसाबले मधुबन देशको निवासी सम्झेर, यसको नसामा रहनुछ।
स्लोगन:–
झमेलाहरूमा
फस्नुको सट्टा सदा मिलन मेलामा रहनुछ।
अव्यक्त इसारा:– सदा
हर्षित रहनको लागि आफ्नो स्वभावलाई सरल बनाऊ , सहनशील बन।
होलीहंसको विशेषता
हुन्– सरलचित्त, सरल वाणी, सरल वृत्ति, सरल दृष्टि। बापदादालाई सबैभन्दा प्रिय,
सबैभन्दा समीप सफा दिलका बच्चाहरू प्यारा छन्। सफा दिल सदा बापदादाको दिलतख्तनसिन,
सर्व श्रेष्ठ सङ्कल्प पूर्ण भएको कारण वृत्तिमा, दृष्टिमा, वचनमा, सम्बन्ध-सम्पर्कमा
सरल, स्पष्ट र समान देखिन्छन्।