12.09.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– अब यो रावण राज्य , पुरानो दुनियाँ खतम भएर नयाँ दुनियाँ आइरहेको छ , त्यसैले श्रीमतमा चलेर पवित्र बन्यौ भने श्रेष्ठ देवीदेवता बन्छौ।”

प्रश्न:–
बाबाले आफ्ना बच्चाहरूलाई सत्यनारायणको कथा सुनाउनुहुन्छ, त्यस कथाको रहस्य के हो?

उत्तर:–
त्यसको रहस्य हो– बादसाही लिनु र गुमाउनु। अल्फलाई अल्लाह मिल्नुभयो अनि गधाइ छोडिदिए। जो विश्वका मालिक थिए, उनीहरूले नै ८४ जन्म लिएर राज्य भाग्य गुमाउँछन्, फेरि बाबाले तिनीहरूलाई राज्य भाग्य दिनुहुन्छ। पतितबाट पावन बन्नु, गधाइ छोडेर राजाइ लिनु– यही सच्चा सत्यनारायणको कथा बाबाले सुनाउनुहुन्छ।

गीत:–
आखिर वह दिन आया आज...

ओम् शान्ति ।
ओम् शान्तिको अर्थ त रुहानी बाबाले सम्झाउनुभएको छ। ओम् अर्थात् अहम्, म आत्मा हुँ र मेरो शरीर हो। आत्मा त देखिँदैन। यो कुरा समझमा आउँछ– म आत्मा हुँ, यो मेरो शरीर हो। आत्मामा नै मन र बुद्धि हुन्छ। शरीरमा बुद्धि हुँदैन। आत्मामा नै राम्रा वा नराम्रा संस्कार रहन्छन्। मुख्य हो आत्मा। त्यस आत्मालाई कसैले देख्न सक्दैनन्। शरीरलाई आत्माले देख्छ। आत्मालाई शरीरले देख्न सक्दैन। यो कुरा जान्न सकिन्छ, आत्मा निस्कन्छ अनि शरीर जड हुन्छ। आत्मा देखिँदैन, शरीर देखिन्छ। त्यसैगरी जो आत्माको पिता हुनुहुन्छ, जसलाई हे परमपिता परमात्मा (ओ गड फादर) भन्छन्, उहाँ पनि देखिनुहुन्न। उहाँलाई अनुभूति गर्न सकिन्छ, चिन्न सकिन्छ। आत्माहरू सबै भाइ भाइ हुन्। शरीरमा आएपछि भनिन्छ, यी भाइ भाइ हुन् वा भाइबहिनी हुन्। आत्माहरूको पिता हुनुहुन्छ परमपिता परमात्मा। जिस्मानी भाइबहिनीले एकअर्कालाई देख्न सक्छन्। सबै आत्माहरूको पिता एक हुनुहुन्छ, उहाँलाई देख्न सकिँदैन। बाबा आउनुभएको छ पुरानो दुनियाँलाई नयाँ बनाउन। नयाँ दुनियाँ सत्ययुग थियो, यो पुरानो दुनियाँ कलियुग हो। यसलाई अब परिवर्तन गर्नु छ। जसरी पुरानो घर समाप्त भएपछि नयाँ घर बन्छ। त्यसैगरी यो पुरानो दुनियाँ समाप्त हुनु छ। सतयुगपछि त्रेता, द्वापर, कलियुग फेरि सतयुग पक्कै आउने छ। विश्वको इतिहास-भूगोल दोहोरिनुछ। सत्ययुगमा हुन्छ देवीदेवताहरूको राज्य। आधाकल्प चल्छ सूर्यवंशी र चन्द्रवंशी राज्य। तिनीहरूलाई भनिन्छ लक्ष्मीनारायणको राजवंश, रामसीताको राजवंश। त्यसैले यो सहज छ नि! फेरि द्वापर, कलियुगमा अरू धर्म आउँछन्। फेरि देवीदेवताहरू जो पवित्र थिए, उनीहरू अपवित्र बन्छन्। यसलाई भनिन्छ रावण राज्य। रावणलाई वर्ष वर्ष जलाउँछन्, तर जल्दै जल्दैन। यो हो सबैको ठुलो दुस्मन, त्यसैले त्यसलाई जलाउने चलन बसेको छ। भारतवर्षको नम्बरवन दुस्मन हो रावण र नम्बरवन दोस्त सदा सुखदाता हुनुहुन्छ खुदा। खुदालाई दोस्त भन्छन् नि! यसमा एउटा कथा पनि छ, त्यसमा खुदा हुनुहुन्छ दोस्त। रावण हो दुस्मन। खुदा दोस्तलाई कहिल्यै जलाउँदैनन्। रावण दुस्मन हो, त्यसैले १० शिर भएको रावण बनाएर त्यसलाई वर्ष वर्ष जलाउँछन्। गान्धीजीले पनि भन्थे, हामीलाई रामराज्य चाहिन्छ। रामराज्यमा हुन्छ सुख, रावण राज्यमा छ दुःख। अब यो कुरा को बसेर सम्झाउनुहुन्छ? पतितपावन बाबा, शिवबाबा, ब्रह्मादादा। बाबाले सदैव सही गर्दा लेख्नुहुन्छ– बापदादा। प्रजापिता ब्रह्मा पनि त सबैका हुनुहुन्छ, जसलाई एडम भनिन्छ। उहाँलाई ग्रेट-ग्रेट ग्र्यान्ड फादर (आदि पिता) भनिन्छ। उहाँ मनुष्य सृष्टिमा प्रजापिता हुनुभयो। प्रजापिता ब्रह्माद्वारा ब्राह्मण बन्छन्, फेरि ब्राह्मण सो देवीदेवता बन्छन्। देवता, क्षत्रिय, वैश्य, शूद्र बन्छन्। यिनलाई भनिन्छ प्रजापिता ब्रह्मा, मनुष्य सृष्टिको सबैभन्दा ठुलाबडा। प्रजापिता ब्रह्माका कति धेरै बच्चाहरू छन्। बाबा बाबा भनिरहन्छन्। यी हुन् साकार बाबा। शिवबाबा हुनुहुन्छ निराकार बाबा। भनिन्छ पनि, प्रजापिता ब्रह्माद्वारा नयाँ मनुष्य सृष्टि रच्नुहुन्छ। यो हो पतित दुनियाँ रावण राज्य। अब रावणको आसुरी दुनियाँ खतम हुनेछ, त्यसैको लागि यो महाभारत लडाइँ हुन्छ। फेरि सत्ययुगमा यस रावण दुस्मनलाई कसैले जलाउँदै जलाउँदैनन्। रावण हुँदैहुँदैन। रावणले नै यो दुःखको दुनियाँ बनाएको हो। यस्तो होइन, जोसँग धेरै पैसा छ, ठुला ठुला महल आदि छन्, उनीहरू स्वर्गमा छन्। बाबा सम्झाउनुहुन्छ– हुन त कसैसँग करोडौँ हुन्छ, तर उनीहरूमा शान्ति हुँदैन, पैसा आदि त सबै माटोमा मिल्नेछन्। नयाँ दुनियाँमा फेरि नयाँ खानीहरू निस्कन्छन्, जसबाट नयाँ दुनियाँका महल आदि सबै बनाइन्छन्। यो पुरानो दुनियाँ अब खतम हुनु छ। सत्ययुगमा हुन्छन् वाइसलेस, सम्पूर्ण निर्विकारी। त्यहाँ बच्चाहरू योगबलबाट पैदा हुन्छन्। विकार त्यहाँ हुँदैहुँदैन। न देह अभिमान, न क्रोध, न काम हुन्छ। ५ विकार हुँदैहुँदैनन्, त्यसैले त्यहाँ कहिल्यै रावणलाई जलाउँदै जलाउँदैनन्। यहाँ त रावण राज्य छ, त्यसैले सबैले पुकार्छन्, हे पतितपावन आउनुहोस्! उहाँ त मुक्तिदाता पनि हुनुहुन्छ, सबैको दुःखहर्ता हुनुहुन्छ। अहिले सबै रावण राज्यमा छन्। बाबा आएर छुटाउनुपर्छ।

अब बाबा भन्नुहुन्छ– तिमी पवित्र बन। यो पतित दुनियाँ खतम हुनु छ, जो श्रीमतमा चल्छन्, उनीहरू श्रेष्ठ देवीदेवता बन्छन्। विनाश त हुनेछ, सबै खतम हुनेछन्। बाँकी को बच्नेछन्? जो श्रीमतमा पवित्र रहन्छन्, उनीहरूले नै बाबाको मतमा चलेर विश्वको बादसाहीको वर्सा पाउँछन्। यी लक्ष्मीनारायणको राज्य थियो नि! अहिले त रावण राज्य छ जुन खतम हुनेछ। सतयुगी रामराज्य स्थापन हुनेछ। राम ती सीतावाला होइनन्। लङ्का त यो सारा दुनियाँ हो, यसमा रावणको राज्य छ। सत्ययुगमा भारतवर्ष सुनको चिडिया थियो। त्यतिबेला अर्को कुनै राज्य नै थिएन। बाबा भारतभूमिमा आएर यस भूमिलाई फेरि सुनको चिडिया, स्वर्ग बनाउनुहुन्छ। बाँकी यी जति पनि धर्महरू छन्, ती सबै रहने छैनन्। समुद्रले पनि छलाङ मार्नेछ। मुम्बई के थियो, एउटा सानो गाउँ थियो। अब सत्ययुगको स्थापना हुन्छ, फेरि मुम्बई आदि केही रहनेछैन। सतयुगमा धेरै कम मानिस हुन्छन्। दिल्ली राजधानी (क्यापिटल) हुन्छ, जहाँ लक्ष्मीनारायणको राज्य हुन्छ। दिल्ली सत्ययुगमा परिस्तान थियो। दिल्लीमा नै राजगद्दी थियो। रामराज्यमा पनि दिल्ली नै राजधानी हुन्छ। तर रामराज्यमा हिराजुहारतका महल थिए, अथाह सुख थियो। बाबा भन्नुहुन्छ– तिमीले विश्वको राज्य गुमाएका छौ, मैले फेरि तिमीलाई त्यो राज्य दिन्छु। तिमी मेरो मतमा चल। श्रेष्ठ बन्नु छ भने केवल मलाई मात्रै याद गर अरू कुनै देहधारीलाई याद नगर। आफूलाई आत्मा सम्झेर म बाबालाई याद गर्छौ भने तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ, तिमी मेरो समीपमा आउँछौ। तिमी मेरो गलाको माला बनेर फेरि विष्णुको गलाको माला बन्छौ। मालामा माथि हुन्छु म। फेरि युगल हुन्छन् ब्रह्मा-सरस्वती। यिनीहरू नै सतयुगका महाराजा-महारानी बन्छन्। उनीहरूको फेरि सारा माला हुन्छ जसबाट नम्बरवार गद्दीमा बस्छन्। मैले भारतवर्षलाई यी ब्रह्मा-सरस्वती र ब्राह्मणहरूद्वारा स्वर्ग बनाउँछु। जसले मेहनत गर्छन्, उनीहरूको फेरि यादगार बन्छ। आत्माहरूको निवासस्थान हो परमधाम, जसलाई ब्रह्माण्ड पनि भनिन्छ। हामी सबै आत्माहरू त्यहाँ स्विट होममा बाबाको साथमा निवास गर्छौँ। त्यो हो शान्तिधाम। मानिसहरूले चाहन्छन्– हामी मुक्तिधाममा जाऊँ। तर फर्केर कोही जान सक्दैनन्। सबै आफ्नो पार्टमा आउनु नै छ। त्यतिबेलासम्म बाबाले तिमीलाई तयार गरिरहनुहुन्छ। तिमी तयार हुन्छौ अनि त्यहाँ जेजति आत्माहरू छन्, ती सबै आउनेछन्, फेरि पुरानो दुनियाँ समाप्त हुनेछ। तिमी गएर नयाँ दुनियाँमा राज्य गर्छौ, फेरि नम्बरवार चक्र चल्छ।

गीतमा पनि सुनेका छौ नि, आखिर वह दिन आया आज। भक्तिमार्गमा ठक्कर खाइरहन्थ्यौ। बाबा हुनुहुन्छ ज्ञान सूर्य। ज्ञान सूर्य प्रगटा..... अहिले तिम्रो बुद्धिमा सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान छ। तिमीहरूले जान्दछौ, जो यहाँका नर्कवासी मानिसहरू छन्, तिनीहरू फेरि स्वर्गवासी बन्छन्। बाँकी यति सबै आत्माहरू शान्तिधाममा जानेछन्। सम्झाउनु पर्ने कुरा धेरै कम छ, अल्फ बाबा, बे बादसाही। अल्फद्वारा बादसाही मिल्छ। गधाइ खतम हुन्छ। त्यसको कथा बाबा बसेर सम्झाउनुहुन्छ। यो हो सच्चा सत्यनारायणको कथा। बाँकी सबै हुन् दन्त्यकथाहरू। बाबाले नै नरबाट नारायण बन्नको लागि यो ज्ञान सुनाउनुहुन्छ। इतिहास-भूगोल (हिस्ट्री-जोग्राफी) हो नि! लक्ष्मीनारायणको राज्य कहिले सुरु भयो, कहिलेसम्म चल्यो। त्यसैले कथा पनि भयो नि! जसले विश्वमाथि राज्य गर्थे, उनीहरू ८४ जन्म लिएर एकदमै तमोप्रधान बनेका छन्।

अहिले बाबा भन्नुहुन्छ– मैले फेरि त्यही राज्य स्थापन गर्छु। तिमी कसरी पतितबाट पावन, पावनबाट पतित बन्छौ– त्यो सारा इतिहास-भूगोल सम्झाउनुहुन्छ। सुरु सुरुमा सूर्यवंशीहरूको राज्य, फेरि चन्द्रवंशीहरूको... तिनीहरूको बीचमा अरू पनि बौद्ध, इस्लामी, फेरि क्रिस्चियन आए। फेरि जुन त्यो देवीदेवता धर्म थियो, त्यो गुम भयो। फेरि विश्वको इतिहास-भूगोल दोहोरिनेछ। शास्त्रहरूमा ब्रह्माको आयु १०० वर्ष देखाइएको छ। यी जुन ब्रह्मा हुन्, जसमा बाबा बसेर वर्सा दिनुहुन्छ, यिनको शरीर पनि छुट्नेछ। बाबा जो आत्माहरूको पिता हुनुहुन्छ उहाँ बसेर आत्माहरूलाई यो ज्ञान सुनाउनुहुन्छ, उहाँ नै पतितपावन हुनुहुन्छ। मानिसले मानिसलाई पावन बनाउन सक्दैनन्। जो आफै नै मुक्त हुन सक्दैनन्, उनीहरूले फेरि अरूलाई कसरी मुक्त गर्छन्। उनीहरू सबै त भक्ति सिकाउने अनेक गुरुहरू हुन्। कसैले भन्छन् फलानाको भक्ति गर, कसैले भन्छन् शास्त्र सुन। अनेकानेक मतमतान्तर छन्, त्यसैले सबै झन् बेसमझ बनेका छन्। अब बाबा आएर समझदार बनाउनुहुन्छ। यी लक्ष्मीनारायण समझदार, विश्वका मालिक थिए नि! अब कति कङ्गाल बनेका छन्। फेरि शिवबाबा आएर नर्कवासीबाट स्वर्गवासी बनाउनुहुन्छ। यहाँ आत्माहरूको तकदिर जागोस् भनेर बाबाले कति राम्रोसँग सम्झाउनुहुन्छ। बाबा आउनु नै हुन्छ मनुष्य मात्रको तकदिर जगाउन। सबै पतित दुःखी छन् नि! सबै त्राहि त्राहि गरेर विनाश हुनेछन्, त्यसैले बाबा भन्नुहुन्छ– त्राहि त्राहि हुनुभन्दा पहिला बेहदको बाबाबाट केही वर्सा लेऊ। यो दुनियाँमा जेजति देख्छौ, त्यो सबै खतम हुनु छ। फल अफ (पतन) भारतवर्ष, राइज (उत्थान) अफ भारतवर्ष हुन्छ। यो भारतवर्षको नै खेल हो। उत्थान हुन्छ सत्ययुगमा। अब कलियुगमा पतन हुनु छ। यो सबै रावण राज्यको आडम्बर (पम्प) हो। अब विनाश हुनु छ। विश्वको पतन, विश्वको उत्थान। सत्ययुगमा ककसले राज्य गर्छन्, यो कुरा बाबा बसेर सम्झाउनुहुन्छ। भारतवर्षको उत्थानबाट देवताहरूको राज्य हुन्छ। भारतवर्षको पतनबाट रावणको राज्य हुन्छ। अहिले नयाँ दुनियाँ बनिरहेको छ। पुरानो दुनियाँ खतम हुनेछ। यसभन्दा पहिला तिमीले पढिरहेका छौ, बाबाबाट वर्सा लिन। यो कुरा कति सहज छ। यो हो मानिसबाट देवता बन्ने पढाइ। संन्यासीहरूको हो नै निवृत्तिमार्ग। त्यो धर्म नै अलग छ। उनीहरू त गृहस्थ व्यवहार छोडेर जान्छन्, उनीहरूको हो हदको संन्यास। तिमी यस पुरानो दुनियाँको संन्यास गरेर फेरि यहीँ आउनु छैन। यो पनि राम्रोसँग सम्झाउनु छ, कुन कुन धर्म कहिले आउँछन्। द्वापरपछि नै अरू धर्म आउँछन्। पहिला सुख भोग्छन्, फेरि दुःख भोग्छन्। यो सारा चक्र बुद्धिमा बसाउनुपर्छ। जहिलेदेखि तिमी चक्रमा आउँछौ, त्यसैबेलादेखि महाराजा-महारानी बन्छौ। केवल भगवान र बादसाही (अल्फ र बे)को विषयमा सम्झाउनु छ।

बाबाले कसैलाई वेलायत जान मनाही गर्नुहुन्न। हुन त सबैले चाहन्छन्, मृत्यु आफ्नै देशमा नै होस्। अब विनाश त हुनु नै छ, हङ्गामा यति हुनेछ जसले गर्दा वेलायतबाट फेरि आउन पनि सक्नेछैनन्, त्यसैले बाबा सम्झाउनुहुन्छ– भारतभूमि सबैभन्दा उत्तम हो, जहाँ बाबा आएर अवतार लिनुहुन्छ। शिवजयन्ती पनि यहीँ मनाइन्छ। केवल श्रीकृष्णको नाम राखेका हुनाले सारा महिमा नै खतम भएको छ। सर्व मनुष्य मात्रलाई मुक्तिदाता (लिबरेटर) यहाँ आएर अवतार लिनुहुन्छ। परमपिता परमात्मा नै हुनुहुन्छ जसले आएर मुक्त गर्नुहुन्छ। त्यसैले यस्ता बाबालाई नमन गर्नुपर्छ, उहाँको जयन्ती मनाउनुपर्छ। तर श्रीकृष्णको नाम राखेका हुनाले सारा महत्व गुम गरिदिएका छन्। होइन भने भारतभूमि सबैभन्दा उच्च तीर्थ हो। उहाँ बाबा यहाँ नै आएर सबैलाई पावन बनाउनुहुन्छ, त्यसैले यो सबैभन्दा ठुलो तीर्थ ठहरियो। सबैलाई दुर्गतिबाट छुटाएर सद्गति दिनुहुन्छ। ड्रामा यस्तै बनेको छ। अहिले तिमी आत्माहरूलाई थाहा छ, हाम्रो बाबाले यस आफ्नो शरीरद्वारा यो रहस्य सम्झाइरहनुभएको छ। हामी आत्माहरूले यी शरीरद्वारा सुन्छौँ। आत्म अभिमानी बन्नु छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गरेमा खिया (कट) निस्कँदै जानेछ र पवित्र बनेर तिमी बाबासँगै आउनेछौ। जति याद गर्छौ त्यति पवित्र बन्छौ, अरूलाई पनि आफूसमान बनायौ भने धेरैको आशीर्वाद मिल्नेछ। उच्च पद पाउनेछौ, त्यसैले भनिन्छ सेकेन्डमा जीवनमुक्ति। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) बाबाको गलाको माला बनेर विष्णुको गलाको मालामा उनिनको लागि सम्पूर्ण सतोप्रधान बन्नु छ। एक बाबाको मतमा चल्नु छ।

२) यस्तो सेवा गर्नु छ जसबाट अनेक आत्माहरूको आशीर्वाद मिलिरहन्छ। त्राहि त्राहि हुनुभन्दा पहिला बाबाबाट पूरा पूरा वर्सा लिनु छ।

वरदान:–
स्नेही बन्ने गुह्य रहस्यलाई बुझेर सबैलाई राजी बनाउने राजयुक्त , योगयुक्त भव

जुन बच्चाहरू एक सर्वशक्तिमान् बाबाको स्नेही बन्छन्, उनीहरू स्वतः सर्व आत्माहरूका स्नेही बन्छन्। यस गुह्य रहस्यलाई जसले बुझ्छन्, उनीहरू राजयुक्त, योगयुक्त वा दिव्यगुणहरूले युक्तियुक्त बन्छन्। यस्तो राजयुक्त आत्माले सर्व आत्माहरूलाई सहजै राजी बनाउँछ। जसले यो रहस्यलाई जान्दैनन्, उनीहरूले कहिले अरूलाई नाराज बनाउँछन् र कहिले स्वयं नाराज हुन्छन्, त्यसैले सदा स्नेहीको रहस्यलाई जानेर राजयुक्त बन।

स्लोगन:–
जो निमित्त छन्, उनीहरू जिम्मेवारी सम्हाल्दा पनि सदा हल्का रहन्छन्।

अव्यक्त इसारा:– अब आफ्नो दाता स्वरूपलाई प्रत्यक्ष गर

जसरी बापदादा सदा विशाल दिल भएका बेहदको दिलवाला हुनुहुन्छ, त्यसैले सबैको दिल लिने दिलाराम हुनुहुन्छ, त्यसैगरी तिमी बच्चाहरू पनि बेहदको दिल, विशालदिल (फ्राखदिल), दातापनको दिल राख्ने, सदा प्रसन्न (दिलखुस) भएर जहान (दुनियाँ) लाई खुसी पार्ने खुसनसिब (सौभाग्यशाली) आत्माहरू हौ। तिमी श्रेष्ठ आत्माहरू नै जहानको आधार हौ। तिमी सबै जाग्छौ, बलेको ज्योति बन्छौ, अनि जहानवालाहरू पनि जाग्छन्। तिमीहरू सबैको चढ्तीकला हुन्छ, अनि सर्व आत्माहरूको कल्याण हुन्छ।