12.11.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमीले
ड्रामाको खेललाई जानेका छौ त्यसैले कृतज्ञता प्रकट गर्ने कुरा पनि छैन।”
प्रश्न:–
सेवाधारी
बच्चाहरूमा कुनचाहिँ बानी बिल्कुलै हुनुहुँदैन?
उत्तर:–
माग्ने।
तिमीलाई बाबासँग आशीर्वाद वा कृपा आदि माग्ने आवश्यकता छैन। तिमीले कसैसँग पैसा पनि
माग्न सक्दैनौ। मांगने से मरना भला। तिमीलाई थाहा छ– ड्रामा अनुसार कल्प पहिला जसले
बीज रोपेको हुन्छ उसले रोप्छ, जसलाई आफ्नो भविष्यको पद उच्च बनाउनुछ ऊ अवश्य मदतगार
बन्छ। तिम्रो काम हो सेवा गर्नु। तिमीले कसैसँग केही माग्न सक्दैनौ। भक्तिमा
माग्नुपर्छ, ज्ञानमा होइन।
गीत:–
मुझको सहारा
देने वाले...
ओम् शान्ति ।
बच्चाहरूको मन
भित्रबाट बाबा-टिचर-गुरुको लागि यो कृतज्ञता वा धन्यवाद शब्द निस्किन सक्दैन किनकि
बच्चाहरूलाई थाहा छ– यो खेल बनेको छ। धन्यवाद आदिको कुरा छैन। यो पनि बच्चाहरूलाई
थाहा छ– ड्रामा अनुसार। ड्रामा शब्द पनि तिमी बच्चाहरूको बुद्धिमा आउँछ। खेल शब्द
भन्नाले नै सारा खेल तिम्रो बुद्धिमा आउँछ। अर्थात् स्वदर्शन चक्रधारी तिमी आफै
बन्छौ। तीनै लोक पनि तिम्रो बुद्धिमा आउँछन्। मूलवतन, सूक्ष्मवतन, स्थूलवतन। यो पनि
थाहा छ– अब खेल पूरा हुन्छ। बाबा आएर तिमीलाई त्रिकालदर्शी बनाउनुहुन्छ। तीनै काल,
तीनै लोक, आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनुहुन्छ। काल समयलाई भनिन्छ। यी सबै कुरा
नोट नगरी याद रहन सक्दैनन्। तिमी बच्चाहरूले त धेरै प्वइन्टहरू बिर्सन्छौ। ड्रामाको
अवधिलाई पनि तिमीले जानेका छौ। तिमी त्रिनेत्री, त्रिकालदर्शी बन्छौ, ज्ञानको तेस्रो
नेत्र मिल्छ। सबैभन्दा ठुलो कुरा हो– तिमी आस्तिक बन्छौ, नत्र अनाथ थियौ। यो ज्ञान
तिमी बच्चाहरूलाई मिलिरहेको छ। विद्यार्थीको बुद्धिमा सदैव ज्ञान मन्थन हुन्छ। यो
पनि ज्ञान हो नि। उच्चभन्दा उच्च बाबाले नै ज्ञान दिनुहुन्छ, ड्रामा अनुसार। ड्रामा
शब्द पनि तिम्रो मुखबाट निस्कन सक्छ। त्यो पनि जुन बच्चाहरू सेवामा तत्पर रहन्छन्।
अहिले तिमीलाई थाहा छ– हामी अनाथ थियौँ। अब बेहदका बाबा मालिक मिल्नुभएको छ त्यसैले
मालिकको बनेका छौँ। पहिला तिमी बेहदका अनाथ थियौ, बेहदका बाबा बेहदको सुखदाता
हुनुहुन्छ, अरू कुनै बाबा छैनन् जसले यस्तो सुख दिन्छन्। नयाँ दुनियाँ र पुरानो
दुनियाँ यी सबै तिमी बच्चाहरूको बुद्धिमा छ। तर अरूलाई पनि यथार्थ रीतिले सम्झाउनुछ,
यस ईश्वरीय धन्दामा लागिपर्नुछ। हरेकको परिस्थिति आआफ्नो हुन्छ। सम्झाउन पनि उसले
सक्छ जो यादको यात्रामा हुन्छ। यादबाट बल मिल्छ नि। बाबा हुनुहुन्छ नै धारिलो तरबार।
तिमी बच्चाहरूले धार भर्नुछ। योगबलबाट विश्वको बादसाही पाउँछौ। योगबाट बल मिल्छ,
ज्ञानबाट होइन। बच्चाहरूलाई सम्झाइएको छ– ज्ञान आम्दानीको स्रोत हो। योगलाई बल
भनिन्छ। रातदिनको फरक छ। अब योग राम्रो कि ज्ञान राम्रो? योग नै प्रसिद्ध छ। योग
अर्थात् बाबाको याद। बाबा भन्नुहुन्छ– यस यादबाट नै तिम्रो पाप काटिन्छ। यसमा नै
बाबाले जोड दिनुहुन्छ। ज्ञान त सहज छ। भगवानुवाच– मैले तिमीलाई सहज ज्ञान सुनाउँछु।
८४ को चक्रको ज्ञान सुनाउँछु। त्यसमा सबै आउँछ। इतिहास-भूगोल हो नि। ज्ञान र योग
दुवै सेकेन्डको काम हो। बस् हामी आत्मा हौँ, हामीले बाबालाई याद गर्नुछ। यसैमा
मेहनत छ। यादको यात्रामा रहँदा मानौँ शरीरको विस्मृति हुँदैजान्छ। घण्टाभर पनि यसरी
अशरीरी भएर बस्यौ भने कति पावन हुन्छौ। मानिसहरू रातमा कोही ६ घण्टा, कोही ८ घण्टा
निदाउँदा अशरीरी हुन्छन् नि। त्यस समयमा कुनै विकर्म हुँदैन। आत्मा थाकेर सुत्छ।
यस्तो पनि होइन– कुनै पाप विनाश हुन्छन्। होइन, त्यो हो निद्रा। कुनै विकर्म हुँदैन।
निदाएनन् भने पाप नै गरिरहन्छन्। त्यसैले निद्रा पनि एक बचाउ हो। सारा दिन सेवा
गरेर आत्माले भन्छ– म अब सुत्छु, अशरीरी बन्छु। तिमी शरीरमा छँदै अशरीरी बन्नुछ।
हामी आत्मा यस शरीरबाट न्यारा, शान्तस्वरूप हौँ। आत्माको महिमा कहिल्यै सुनिएको
थिएन होला। आत्मा सत्, चित्, आनन्द स्वरूप हो। परमात्माको महिमा गाउँछन्– सत्
हुनुहुन्छ, चैतन्य हुनुहुन्छ। सुखशान्तिको सागर हुनुहुन्छ। अब तिमीलाई फेरि भनिन्छ
मास्टर, बच्चालाई मास्टर (मालिक) पनि भनिन्छ। त्यसैले बाबाले युक्तिहरू पनि
बताइरहनुहुन्छ। यस्तो पनि होइन– सारा दिन निदाउनुछ। होइन, तिमीले त यादमा रहेर
पापहरूको विनाश गर्नुछ। जति हुन सक्छ बाबालाई याद गर्नुछ। यस्तो पनि होइन– बाबाले
हामीमाथि रहम वा कृपा गर्नुहुन्छ। होइन, यो उहाँको गायन हो– रहमदिल बादसाह। यो पनि
उहाँको पार्ट हो, तमोप्रधानबाट सतोप्रधान बनाउनु। भक्तहरूले महिमा गाउँछन्, तिमीले
केवल महिमा गाउनुछैन। यी गीत आदि पनि दिनप्रतिदिन बन्द हुँदै जान्छन्। स्कुलमा
कहिल्यै गीत गाउँछन् र? बच्चाहरू शान्तिसँग बसिरहेका हुन्छन्। टिचर आउँदा उठ्छन्,
फेरि बस्छन्। उहाँ बाबा भन्नुहुन्छ– मलाई त पार्ट मिलेको छ पढाउने, त्यो त पढाउनु
नै छ। तिमी बच्चाहरूलाई उठ्ने आवश्यकता छैन। आत्माले बसेर सुन्नुछ। तिम्रो कुरा नै
सारा दुनियाँको भन्दा न्यारा छ। बच्चाहरूलाई भनिन्छ र– तिमी उठ। होइन, त्यस्तो त
भक्तिमार्गमा गर्छन्, यहाँ होइन। बाबाले त स्वयं उठेर नमस्ते गर्नुहुन्छ। स्कुलमा
यदि बच्चाहरू ढिलो आए भने टिचरले कि त नियम लगाउँछन् कि बाहिर उभ्याइदिन्छन् त्यसैले
टाइममा पुग्नुपर्ने डर हुन्छ। यहाँ त डरको कुरा छैन। बाबाले सम्झाइरहनुहुन्छ–
मुरलीहरू मिलिरहन्छन्। त्यो रेगुलर पढ्नुछ। मुरली पढ्यौ भने तिम्रो हाजिरी हुन्छ।
नत्र गयल हुन्छ किनकि बाबा भन्नुहुन्छ– मैले तिमीलाई गुह्य गुह्य कुरा सुनाउँछु।
तिमीले मुरली मिस गर्यौ भने ती प्वइन्टहरू छुट्छन्। यी हुन् नयाँ कुरा, जुन
दुनियाँमा कसैले जान्दैनन्। तिम्रो चित्र देखेर नै चकित हुन्छन्। कुनै शास्त्रहरूमा
पनि छैन। भगवानले चित्र बनाउनुभएको थियो। तिम्रो यो चित्रशाला हो नयाँ। जो ब्राह्मण
कुलका देवता बन्नेवाला हुन्छन् उनीहरूको बुद्धिमा नै बस्छ। भन्छन्– यो त ठीक छ।
कल्प पहिला पनि हामीले पढेका थियौँ, अवश्य भगवानले पढाउनुहुन्छ।
भक्तिमार्गका
शास्त्रहरूमा पहिलो नम्बरमा गीता नै छ किनकि पहिलो धर्म नै यो हो। फेरि आधाकल्पपछि
त्यसको पनि धेरै पछि मात्र अरू शास्त्र बन्छन्। पहिला इब्राहिम आउँदा एक्लै थिए।
फेरि एकबाट दुई, दुईबाट चार भए। धर्मको वृद्धि हुँदाहुँदै लाख, डेढ लाख पुगेपछि
शास्त्र आदि बन्छन्। उनीहरूको पनि आधा समयपछि नै बन्छन् होला, हिसाब गरिन्छ नि।
बच्चाहरूलाई त धेरै खुसी हुनुपर्छ। बाबाबाट हामीलाई वर्सा मिल्छ। तिमीलाई थाहा छ–
बाबाले हामीलाई सृष्टिचक्रको सारा ज्ञान सम्झाउनुहुन्छ। यो हो बेहदको इतिहास-भूगोल।
सबैलाई भन– यहाँ विश्वको इतिहास-भूगोल सिकाइन्छ जुन अरू कसैले सिकाउन सक्दैनन्।
बनाउन त विश्वको नक्सा बनाउँछन्। तर त्यसमा यो कहाँ देखाउँछन्– लक्ष्मी-नारायणको
राज्य कहिले थियो, कति समय चल्यो। संसार त एउटै हो। लक्ष्मी नारायणले भारतवर्षमा नै
राज्य गरेर गएका हुन्, अहिले छैनन्। यी कुरा कसैको बुद्धिमा पनि छैन। उनीहरूले त
कल्पको अवधि नै लाखौँ वर्ष लामो भनिदिन्छन्। तिमी मीठा-प्यारा बच्चाहरूलाई कुनै धेरै
तकलिफ दिइँदैन। बाबा भन्नुहुन्छ– पावन बन्नुछ। पावन बन्नको लागि तिमीले भक्तिमार्गमा
कति धक्का खान्छौ। अब बुझ्यौ– धक्का खाँदाखाँदै २५०० वर्ष बिते। अब फेरि बाबा
आउनुभएको छ फेरि राज्य भाग्य दिन। तिमीलाई यही याद छ। पुरानोबाट नयाँ र नयाँबाट
पुरानो दुनियाँ अवश्य हुन्छ। अहिले तिमी पुरानो भारतवर्षका मालिक हौ नि। फेरि नयाँ
दुनियाँका मालिक बन्छौ। एकातिर भारतवर्षको धेरै महिमा गाइरहन्छन्, अर्कोतिर फेरि
धेरै ग्लानि पनि गरिरहन्छन्। तिमीसँग पनि त्यो गीत छ। तिमीले सम्झाउँछौ– अब के के
भइरहेको छ। यी दुवै गीत पनि सुनाउनुपर्छ। तिमीले बताउन सक्छौ– कहाँ रामराज्य, कहाँ
यो!
बाबा गरिब निवाज
हुनुहुन्छ। गरिबका बच्चीहरू नै ज्ञानमा आउँछन्। धनवानहरूलाई त आफ्नो नसा हुन्छ।
कल्प पहिला जो आएका थिए होलान् उनै आउँछन्। चिन्ताको कुनै कुरा छैन। शिवबाबालाई
कहिल्यै कुनै चिन्ता हुँदैन, दादालाई हुन्छ। यिनलाई आफ्नो पनि फिक्री छ, मलाई
नम्बरवन पावन बन्नुछ। यसमा छ गुप्त पुरुषार्थ। चार्ट राखेमा समझमा आउँछ, यिनको
पुरुषार्थ धेरै छ। बाबाले सदैव सम्झाइरहनुहुन्छ– डायरी राख। धेरै बच्चाहरूले लेख्छन्
पनि, चार्ट लेख्नाले धेरै सुधार भएको छ। यो युक्ति धेरै राम्रो छ, त्यसैले सबैले
डायरी राख्नुपर्छ। डायरी राख्नाले तिमीलाई धेरै फाइदा हुन्छ। डायरी राख्नु अर्थात्
बाबालाई याद गर्नु। त्यसमा बाबाको याद लेख्नुछ। डायरी पनि सहयोगी बन्छ, पुरुषार्थ
हुन्छ। डायरीहरू कति लाखौँ, करोडौँ बन्छन्, नोट आदि गर्नको लागि। सबैभन्दा मुख्य
कुरा त यो नोट गर्ने कुरा हो। यो कहिल्यै भुल्नुहुँदैन। तत्कालै डायरीमा लेख्नुपर्छ।
रातमा हिसाबकिताब लेख्नुपर्छ। फेरि थाहा हुन्छ– यसबाट त मलाई घाटा परिरहेको छ किनकि
जन्मजन्मान्तरका विकर्म भस्म गर्नुछ।
बाबाले मार्ग
बताउनुहुन्छ– आफैमाथि रहम वा कृपा गर्नुछ। टिचरले त पढाउँछन्, आशीर्वाद त दिँदैनन्।
आशीर्वाद, कृपा, रहम आदि मांगने से मरना भला। कसैसँग पनि पैसा माग्नुहुँदैन।
बच्चाहरूलाई सख्त मनाही छ। बाबा भन्नुहुन्छ– ड्रामा अनुसार जसले कल्प पहिला बीज
रोपेका छन्, वर्सा पाएका छन् उनीहरूले आफै गर्छन्। तिमीले कुनै कामको लागि नमाग।
गरिएन भने पाइँदैन। मानिसहरूले दानपुण्य गरे भने प्रतिफल वा रिटर्नमा मिल्छ नि।
राजाको घर वा धनवानको पासमा जन्म हुन्छ। जसलाई गर्नुछ उनीहरूले आफै गर्छन्, तिमीले
माग्नुछैन। कल्प पहिला जसले जति गरेका छन्, ड्रामाले उनीहरूबाट गराउँछ। माग्ने के
आवश्यकता छ। बाबा त भनिरहनुहुन्छ– हुण्डी भरिइरहन्छ, सेवाको लागि। हामीले
बच्चाहरूलाई कहाँ भन्छौँ र– पैसा देऊ। भक्तिमार्गको कुरा ज्ञानमार्गमा हुँदैन। जसले
कल्प पहिला सहयोग गरेका छन्, उनीहरूले गरिरहन्छन्, आफै, कहिल्यै माग्नुछैन। बाबा
भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीले चन्दा सङ्कलन गर्न सक्दैनौ। त्यो त
संन्यासीहरूले गर्छन्। भक्तिमार्गमा अलिकति दिए पनि त्यसको रिटर्नमा एक जन्मको लागि
मिल्छ। यो फेरि हो जन्मजन्मान्तरको लागि। त्यसैले जन्मजन्मान्तरको लागि सबै कुरा
दिनु राम्रो हो नि। उहाँको नाम त भोला भण्डारी हो। तिमीले पुरुषार्थ गरेमा विजय
मालामा उनिन सक्छौ, भण्डारा भरपूर काल कंटक दूर है। त्यहाँ कहिल्यै अकालमा मृत्यु
हुँदैन। यहाँ मानिसहरू कालसँग कति डराउँछन्। अलिकति केही भयो भने मरिने डर हुन्छ।
त्यहाँ यो ख्याल नै हुँदैन, तिमी अमरपुरीमा जान्छौ। यो फोहोरी मृत्युलोक हो।
भारतवर्ष नै अमरलोक थियो, अहिले मृत्युलोक छ।
तिम्रो आधाकल्प धेरै
फोहोरी बनेर बितेको छ। तल गिर्दै आएका छौ। जगन्नाथ पुरीमा धेरै विकारी गन्दा-गन्दा
चित्र छन्। बाबा त अनुभवी छन् नि। चारैतिर घुमेका छन्। गोरोबाट कालो बनेका छन्।
गाउँमा बस्थे। वास्तवमा यो सारा भारतवर्ष गाउँ हो। तिमी गाउँका अनाथ हौ। अब तिमीले
बुझेका छौ– हामी विश्वका मालिक बन्छौँ। यस्तो नसोच– हामी त मुम्बईमा बस्नेहरू हौँ।
मुम्बई पनि स्वर्गका अगाडि के हो र! केही पनि होइन। एक पत्थर पनि होइन। हामी गाउँले
केटा अनाथ बनेका छौँ अब फेरि हामी स्वर्गका मालिक बनिरहेका छौँ भने खुसी हुनुपर्छ।
नाम नै छ स्वर्ग। कति हीरा-जुहारत महलहरूमा लागाइएका हुन्छन्। सोमनाथको मन्दिर नै
कति हीरा-जुहारतले भरिएको थियो। सबैभन्दा पहिला शिवको मन्दिर नै बनाउँछन्। भारतवर्ष
कति धनवान थियो। अहिले त गाउँ भएको छ। सत्ययुगमा धेरै मालामाल थियो। यी कुरा
दुनियाँमा तिमीहरू सिवाय अरू कसैले पनि जान्दैनन्। तिमीले भन्छौ– हिजो हामी बादसाह
थियौँ, आज फकिर छौँ। फेरि विश्वका मालिक बन्छौँ। तिमी बच्चाहरूले आफ्नो भाग्यको लागि
आभार व्यक्त गर्नुपर्छ। हामी पदमापदम सौभाग्यशाली छौँ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) विकर्महरूबाट बच्नको लागि यस शरीरमा छँदै अशरीरी बन्ने पुरुषार्थ गर्नुछ। यादको
यात्रा यस्तो होस् जसले शरीरको विस्मृति हुँदै जाओस्।
२) ज्ञानको मन्थन
गरेर आस्तिक बन्नुछ। मुरली कहिल्यै पनि मिस गर्नुछैन। आफ्नो उन्नतिका लागि डायरीमा
यादको चार्ट नोट गर्नुछ।
वरदान:–
रुहानी
शक्तिलाई हरेक कर्ममा य ुज गर्ने युक्तियुक्त जीवनमुक्त भव
यस ब्राह्मण जीवनको
विशेषता हो नै रुहानियत। रुहानियतको शक्तिबाट नै स्वयंलाई वा सबैलाई परिवर्तन गर्न
सक्छौ। यस शक्तिबाट अनेक प्रकारका जिस्मानी बन्धनहरूबाट मुक्ति मिल्छ। तर
युक्तियुक्त बनेर हरेक कर्ममा लुज हुनुको सट्टा, रुहानी शक्तिलाई युज (प्रयोग) गर।
मनसा-वाचा र कर्मणा तीनैमा साथसाथै रुहानियतको शक्तिको अनुभव होस्। जो तीनैमा
युक्तियुक्त छन् उनीहरू नै जीवनमुक्त हुन्।
स्लोगन:–
सत्यताको
विशेषताद्वारा खुसी र शक्तिको अनुभूति गर्दै जाऊ।
अव्यक्त इसारा:–
अशरीरी वा विदेही स्थितिको अभ्यास बढाऊ
जति पनि परिस्थितिहरू
आइरहेका छन् र आउनेवाला छन्, त्यसमा विदेही स्थितिको अभ्यास धेरै चाहिन्छ त्यसैले
अरू सबै कुरालाई छोडेर यो त हुँदैन, यो त हुँदैन... के हुन्छ.., यस प्रश्नलाई
छोडिदेऊ, अब विदेही स्थितिको अभ्यास बढाऊ। विदेही बच्चाहरूलाई कुनै पनि परिस्थिति
वा कुनै पनि हलचलले प्रभाव पार्न सक्दैन।