12.12.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– सत् य बाबाद्वारा सङ्गममा तिमीलाई सत्यको वरदान मिल्छ , त्यसैले तिमी ले कहिल्यै पनि झुटो बोल्न सक्दैनौ।”

प्रश्न:–
निर्विकारी बन्नको लागि तिमी बच्चाहरूले कुन मेहनत अवश्य गर्नुपर्छ?

उत्तर:–
आत्म अभिमानी बन्ने मेहनत अवश्य गर्नुपर्छ। भृकुटीको बीचमा आत्मालाई नै देख्ने अभ्यास गर। आत्मा भएर आत्मासँग कुरा गर, आत्मा भएर सुन। देहमा दृष्टि नजाओस्– यही मुख्य मेहनत हो, यही मेहनतमा विघ्न पर्छन्। जति हुन सक्छ यो अभ्यास गर– “म आत्मा हुँ, म आत्मा हुँ।”

गीत:–
ओम् नमः शिवाय...

ओम् शान्ति । मीठा-प्यारा बच्चाहरूलाई सृष्टिको चक्र कसरी घुम्छ बाबाले यो स्मृति दिलाउनुभएको छ। अहिले तिमी बच्चाहरूलाई थाहा छ– हामीले बाबाबाट जे जति जानेका छौँ, बाबाले जुन मार्ग बताउनुभएको छ, त्यो दुनियाँमा अरू कसैलाई थाहा छैन। आफै पूज्य, आफै पुजारीको अर्थ पनि तिमीलाई सम्झाउनुभएको छ, जो पूज्य विश्वको मालिक बन्छन्, उनीहरू नै फेरि पुजारी बन्छन्। परमात्माको लागि यसरी भनिँदैन। अहिले तिमीलाई स्मृतिमा आएको छ– यो त बिल्कुलै सही कुरा हो। सृष्टिको आदि-मध्य-अन्त्यको समाचार बाबाले नै सुनाउनुहुन्छ, अरू कसैलाई पनि ज्ञानको सागर भनिँदैन। यो महिमा श्रीकृष्णको होइन। अहिले तिमीले बुझेका छौ, उहाँको आत्माले अहिले ज्ञान लिइरहेको छ। यो आश्चर्यजनक कुरा हो। बाबा बाहेक अरू कसैले यो ज्ञान सम्झाउन सक्दैन। त्यसो त धेरै साधुसन्तहरूले भिन्न भिन्न प्रकारका हठयोग आदि सिकाइरहन्छन्। ती सबै भक्तिमार्ग हुन्। सत्ययुगमा तिमीले कसैको पनि पूजा गर्दैनौ। त्यहाँ तिमी पुजारी बन्दैनौ। तिनीहरूलाई नै भनिन्छ– देवीदेवता पूज्य थिए, अब छैनन्। उनै पूज्य थिए फेरि अहिले पुजारी बनेका छन्। बाबा भन्नुहुन्छ– यिनले पनि पूजा गर्थे नि। सारा दुनियाँ यस समयमा पुजारी हो। नयाँ दुनियाँमा एउटै पूज्य देवीदेवता धर्म हुन्छ। बच्चाहरूलाई स्मृतिमा आएको छ– अवश्य ड्रामाको योजना अनुसार यो बिल्कुलै सही छ। यो गीता अध्याय अवश्य हो। केवल गीतामा नाम परिवर्तन भएको छ। जसलाई सम्झाउनको लागि नै तिमीले मेहनत गर्छौ। २५०० वर्षदेखि गीता श्रीकृष्णको नै हो भन्ने बुझ्दै आएका छन्। अब एक जन्ममा बुझ्नुछ– गीता निराकार भगवानले सुनाउनुभयो, यसमा टाइम त लाग्छ नि। भक्तिको कुरा पनि सम्झाउनुभएको छ, वृक्ष कति लम्बाचौडा छ। तिमीले लेख्न सक्छौ– बाबाले हामीलाई राजयोग सिकाइरहनुभएको छ। जुन बच्चाहरूलाई निश्चय हुन्छ, उनीहरूले निश्चयले सम्झाउँछन् पनि। निश्चय छैन भने आफै पनि अलमलिइरहन्छन्– कसरी सम्झाऊँ, कुनै हङ्गामा त हुँदैन। अहिलेसम्म त निडर भएका छैनौ नि। पूरा देहीअभिमानी बनिसकेपछि मात्र निडर हुन्छौ भक्तिमार्गमा त डराउनुपर्ने हुन्छ। तिमी सबै हौ महावीर। दुनियाँमा त कसैलाई थाहा छैन– मायामाथि विजय कसरी पाइन्छ। अहिले तिमी बच्चाहरूको स्मृतिमा आएको छ। पहिला पनि बाबाले भन्नुभएको थियो– मनमनाभव। पतितपावन बाबाले नै आएर यो कुरा सम्झाउनुहुन्छ, गीतामा मनमनाभव शब्द भए पनि यसरी कसैले सम्झाउँदैनन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! देहीअभिमानी भव। गीतामा शब्द त छन् नि– पिठोमा नुनजस्तै। हरेक कुरामा बाबाले निश्चय गराउनुहुन्छ। निश्चयबुद्धि विजयन्ती।

तिमीले अहिले बाबाबाट वर्सा लिइरहेका छौ। बाबा भन्नुहुन्छ– गृहस्थ व्यवहारमा पनि अवश्य रहनुछ। सबै यहाँ आएर बस्नुपर्ने आवश्यकता छैन। सेवा गर्नुछ, सेन्टरहरू खोल्नुछ। तिमी हौ मुक्ति सेना। ईश्वरीय मिसनका हौ नि। पहिला शूद्र मायावी मिसनका थियौ, अहिले तिमी ईश्वरीय मिसनका बनेका छौ। तिम्रो महत्त्व धेरै छ। लक्ष्मी-नारायणको के महिमा छ। जसरी राजाहरू हुन्छन्, त्यसैगरी उहाँहरूले राज्य गर्नुहुन्छ। बाँकी उहाँहरूलाई भनिन्छ सर्वगुण सम्पन्न, विश्वका मालिक किनकि त्यस समयमा अरू कुनै राज्य हुँदैन। अहिले बच्चाहरूले बुझेका छौ– विश्वको मालिक कसरी बन्यौँ? अहिले हामी देवता बन्छौँ, त्यसपछि फेरि उनीहरूका अगाडि कसरी शिर झुकाउन सक्छौँ। तिमी ज्ञानवान् बनेका छौ, जसलाई ज्ञान छैन, उनीहरूले ढोगीरहन्छन्। तिमीले अहिले सबैको कर्तव्य जानेका छौ। गलत चित्र कुन हुन्, सही कुन हुन्, त्यो पनि तिमीले सम्झाउन सक्छौ। रावण राज्यको विषयमा पनि तिमीले सम्झाउँछौ। यो रावण राज्य हो, यसमा आगो लागिरहेको छ। भंभोरमा आगो लाग्नुछ, भंभोर विश्वलाई भनिन्छ। जुन शब्द गायन गरिन्छ, त्यसमाथि सम्झाइन्छ। भक्तिमार्गमा त अनेक चित्र बनाएका छन्। वास्तवमा खासगरी हुन्छ– शिवबाबाको पूजा, फेरि ब्रह्मा-विष्णु-शङ्करको। त्रिमूर्ति जुन बनाउँछन्, त्यो सही छ। फेरि यी लक्ष्मी-नारायण, बस्। त्रिमूर्तिमा ब्रह्मा सरस्वती पनि आउँछन्। भक्तिमार्गमा कति चित्र बनाउँछन्। हनुमानको पनि पूजा गर्छन्। तिमी महावीर बनिरहेका छौ नि। मन्दिरमा पनि कसैको हात्तीमा सवारी, कसैको घोडामा सवारी देखाइएको छ। अब यस्तो सवारी कहाँ हुन्छ र। बाबा भन्नुहुन्छ– महारथी। महारथी अर्थात् हात्तीमा सवारी हुनेहरू। त्यसैले उनीहरूले फेरि हात्तीको सवारी देखाइदिए। यो पनि सम्झाउनुभएको छ– कसरी हात्तीलाई गोहीले खान्छ। बाबा सम्झाउनुहुन्छ– जो महारथी छन्, कहिलेकाहीँ उनीहरूलाई पनि माया गोहीले निलिदिन्छ। तिमीलाई अहिले ज्ञानको समझ आएको छ। राम्रा राम्रा महारथीहरूलाई मायाले खाइदिन्छ। यी हुन् ज्ञानका कुरा, यिनको वर्णन कसैले गर्न सक्दैन। बाबा भन्नुहुन्छ– निर्विकारी बन्नुछ, दैवीगुण धारण गर्नुछ। कल्प कल्प बाबा भन्नुहुन्छ– काम महाशत्रु हो। यसमा छ मेहनत । यसमाथि तिमीले विजय पाउँछौ। प्रजापिताका बन्यौ, त्यसपछि भाइबहिनी भयौ। वास्तवमा खासगरी तिमी आत्माहरू हौ। आत्माले आत्मासँग कुरा गर्छ। आत्माले नै यी कानहरूबाट सुन्छ, यो याद राख्नुपर्छ। हामीले आत्मालाई सुनाउँछौँ, देहलाई होइन। खासगरी हामी आत्माहरू भाइ भाइ हौँ, फेरि आपसमा भाइबहिनी पनि हौँ। सुनाउन त भाइलाई सुनाउनुहुन्छ। दृष्टि आत्मातिर जानुपर्छ। हामीले भाइलाई सुनाउँछौँ। भाइहरूले, सुन्छौ? हो, म आत्माले सुन्छु। बीकानेरमा एक बच्चा छ, जसले सदा आत्मा आत्मा भनेर लेख्छ। मेरो आत्माले यस शरीरद्वारा लेखिरहेको छ। म आत्माको यो विचार हो। मेरो आत्माले यो गर्छ। त्यसैले यो आत्म अभिमानी बन्नु मेहनतको कुरा हो नि। मेरो आत्माले नमस्ते गर्छ। जसरी बाबा भन्नुहुन्छ– रुहानी बच्चाहरू। त्यसपछि भृकुटीतिर हेर्नुपर्छ। आत्माले नै सुन्दछ, मैले आत्मालाई सुनाउँछु। तिम्रो नजर आत्मामा पर्नुपर्छ। आत्मा भृकुटीको बीचमा छ। शरीरमा नजर परेमा विघ्न आउँछन्। आत्मासँग कुरा गर्नुछ। आत्मालाई नै देख्नुछ। देह अभिमानलाई छोड। आत्मालाई थाहा छ– बाबा पनि यहाँ भृकुटीको बीचमा बस्नुभएको छ। उहाँलाई हामीले नमस्ते गर्छौँ। बुद्धिमा यो ज्ञान छ– हामी आत्मा हौँ, आत्माले नै सुन्छ। यो ज्ञान पहिला थिएन। यो देह मिलेको छ पार्ट खेल्नको लागि, त्यसैले देहको नै नाम राखिन्छ। यस समयमा तिमी देहीअभिमानी बनेर फर्केर जानुछ। यो नाम राखिएको छ पार्ट खेल्न। नामबिना त कारोबार चल्न सक्दैन। त्यहाँ पनि कारोबार त चल्छ नि। तर तिमी सतोप्रधान बन्छौ, त्यसैले त्यहाँ कुनै विकर्म बन्दैन। यस्तो काम नै तिमीले गर्दैनौ, जुन विकर्म बन्छ। मायाको राज्य नै हुँदैन। अब बाबा भन्नुहुन्छ– तिमी आत्माहरू फर्केर जानुछ। यी त पुराना शरीर हुन्, फेरि जान्छौ सत्ययुग-त्रेतामा। त्यहाँ ज्ञानको आवश्यकता नै हुँदैन। यहाँ तिमीलाई ज्ञान किन दिनुहुन्छ? किनकि दुर्गति पाएका छौ। कर्म त त्यहाँ पनि गर्नुछ तर त्यो अकर्म हुन्छ। अब बाबा भन्नुहुन्छ– हातले काम गर... आत्माले याद बाबालाई गर्छ। सत्ययुगमा तिमी पावन छौ, त्यसैले सारा कारोबार पावन हुन्छ। तमोप्रधान रावण राज्यमा तिम्रो कारोबार खोटो हुन्छ, त्यसैले मानिसहरू तीर्थ यात्रा आदिमा जान्छन्। सत्ययुगमा कसैले पाप गर्दैनन्, जसले गर्दा तीर्थ आदिमा जानुपर्छ। त्यहाँ तिमीले जति पनि काम गर्छौ, त्यो सत्य नै गर्छौ। सत्यको वरदान मिलेको हुन्छ। विकारको कुरा नै हुँदैन। कारोबारमा पनि झुटोको आवश्यकता हुँदैन। यहाँ त लोभ हुने भएकाले मानिसहरूले चोरी, ठगी गर्छन्, त्यहाँ यी कुरा हुँदैनन्। ड्रामा अनुसार तिमी यस्ता फूल बन्छौ। त्यो हो नै निर्विकारी दुनियाँ, यो हो विकारी दुनियाँ। सारा खेल बुद्धिमा छ। यस समयमा नै पवित्र बन्नको लागि मेहनत गर्नुपर्छ। योगबलबाट तिमी विश्वको मालिक बन्छौ, योगबल मुख्य हो। बाबा भन्नुहुन्छ– भक्तिमार्गका यज्ञ, तप आदिबाट कसैले पनि मलाई प्राप्त गर्दैनन्। सतो-रजो-तमोमा जानु नै छ। ज्ञान बडो सहज र रमणीय छ, यसमा मेहनत पनि छ। यस योगको नै महिमा छ, जसबाट तिमी सतोप्रधान बन्नुछ। तमोप्रधानबाट सतोप्रधान बनाउने मार्ग बाबाले नै बताउनुहुन्छ। अरू कसैले यो ज्ञान दिन सक्दैन। कसैले चन्द्रमासम्म गए पनि, कोही पानीमाथिबाट गए पनि। तर त्यो कुनै राजयोग होइन। नरबाट नारायण त बन्न सक्दैनन्। यहाँ तिमीले बुझेका छौ– हामी आदि सनातन देवी-देवता धर्मका थियौँ, जुन फेरि अब बनिरहेका छौँ। स्मृति आएको छ। बाबाले कल्प पहिला पनि यो सम्झाउनुभएको थियो। बाबा भन्नुहुन्छ– निश्चयबुद्धि विजयन्ती। निश्चय छैन भने उनीहरू सुन्न आउँदैनन्। निश्चयबुद्धिबाट फेरि संशयबुद्धि पनि बन्छन्। धेरै राम्रा राम्रा महारथी पनि संशयमा आउँछन्। मायाको थोरै तुफान आएपछि देहअभिमान आउँछ।

यहाँ बापदादा दुवै कम्बाइन्ड हुनुहुन्छ नि। शिवबाबाले ज्ञान दिनुहुन्छ, फेरि जानुहुन्छ वा के हुन्छ, कसले बताउने। बाबालाई सोधौँ– के हजुर सदैव यहीँ रहनुहुन्छ वा जानुहुन्छ? बाबासँग त यो सोध्न सकिँदैन नि। बाबा भन्नुहुन्छ– मैले तिमीलाई पतितबाट पावन हुने मार्ग बताउँछु। आउने जाने... मैले त धेरै काम गर्नुपर्छ। बच्चाहरूको पासमा पनि जान्छु र उनीहरूबाटै कार्य गराउँछु। यसमा संशयको कुनै कुरा नल्याऊ। तिम्रो काम हो– बाबालाई याद गर्नु। संशयमा आउनाले गिरिन्छ। मायाले जोडले थप्पड मार्छ। बाबाले भन्नुभएको छ– धेरै जन्महरूको अन्त्यको पनि अन्त्यमा म यिनमा आउँछु। बच्चाहरूलाई निश्चय छ– अवश्य बाबाले नै हामीलाई यो ज्ञान दिइरहनुभएको छ, अरू कसैले दिन सक्दैन। तैपनि यस निश्चयबाट कति गिर्छन्, यो कुरा बाबालाई थाहा छ। तिमी पावन बन्नुछ, त्यसैले त बाबा भन्नुहुन्छ– म एकलाई याद गर, अरू कुनै कुरामा नजाऊ। तिमीले यस्ता कुरा गर्छौ भने बुझिन्छ– तिमीलाई पक्का निश्चय छैन। पहिला एउटा कुरा बुझ, जसबाट तिम्रो पाप नाश हुन्छ, बाँकी फालतु कुरा गर्ने आवश्यकता छैन। बाबाको यादबाट विकर्म विनाश हुन्छन्, फेरि अरू कुरामा किन आउँछौ! हेर, कोही प्रश्नोत्तरमा अलमलिन्छ भने उसलाई भन– तिमीले यी कुराहरूलाई छोडेर एक बाबाको यादमा रहने पुरुषार्थ गर। संशयमा आए भने पढाइ नै छोडिदिन्छन्, फेरि कल्याण नै हुँदैन। नाडी छामेर सम्झाउनुछ। संशयमा छ भने एक प्वइन्टमा उभ्याइदिनुछ। धेरै युक्तिले सम्झाउनुपर्छ। बच्चाहरूलाई पहिला यो निश्चय हुनुपर्छ– बाबा आउनुभएको छ, हामीलाई पावन बनाइरहनुभएको छ। यसमा त खुसी हुन्छ नि। पढेनौ भने फेल हुन्छौ, उनीहरूलाई खुसी पनि किन आउँछ र। स्कुलमा पढाइ त एउटै हुन्छ। फेरि कसैले पढेर लाखौँको कमाइ गर्छन्, कसैले ५-१० रुपैयाँ कमाउँछन्। तिम्रो लक्ष्य उद्देश्य नै हो नरबाट नारायण बन्ने। राजधानी स्थापना हुन्छ। तिमी मनुष्यबाट देवता बन्छौ। देवताहरूको राजधानी त श्रेष्ठ हुन्छ, त्यसमा उच्च पद पाउनु, त्यो फेरि पढाइ र गतिविधिमा निर्भर हुन्छ। तिम्रो गतिविधि बडो राम्रो हुनुपर्छ। बाबाले आफ्नो लागि पनि भन्नुहुन्छ– अहिले कर्मातीत अवस्था बनेको छैन। म पनि सम्पूर्ण बन्नुछ, अहिलेसम्म बनेको छैन। ज्ञान त बडो सहज छ। बाबालाई याद गर्न पनि सहज छ तर गरियो भने मात्रै त हो नि। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) कुनै पनि कुरामा संशय बुद्धि बनेर पढाइ छोड्नुछैन। पहिला त पावन बन्नको लागि एक बाबालाई याद गर्नुछ, अरू कुरामा जानुछैन।

२) शरीरमा नजर गएमा विघ्न आउँछन्, त्यसैले भृकुटीमा हेर्नुछ। आत्मा सम्झेर, आत्मासँग कुरा गर्नुछ। आत्म अभिमानी बन्नुछ। निडर बनेर सेवा गर्नुछ।

वरदान:–
सदा बाबाको अविनाशी र निःस्वार्थ प्रेममा लवलीन रहने मायाप्रुफ भव

जुन बच्चाहरू सदा बाबाको प्यारमा लवलीन रहन्छन्, उनीहरूलाई मायाले आकर्षित गर्न सक्दैन। जसरी वाटरप्रुफ कपडा हुन्छ, त्यसमा पानीको एक थोपा पनि टिक्दैन। त्यसैगरी जो लगनमा लवलीन रहन्छन्, तिनीहरू मायाप्रुफ बन्छन्। मायाको कुनै पनि वारले, वार गर्न सक्दैन किनकि बाबाको प्यार अविनाशी र निःस्वार्थ छ, यसमा जो अनुभवी बनेका छन्, उनीहरू अल्पकालको प्यारमा फस्न सक्दैनन्। एक बाबा, दोस्रो म, त्यसको बीचमा तेस्रो कोही आउनै सक्दैन।

स्लोगन:–
न्यारा-प्यारा भएर कर्म गर्नेले नै सेकेन्डमा फुलस्टप लगाउन सक्छ।

अव्यक्त इसारा:– अब सम्पन्न वा कर्मातीत बन्ने धुन लगाऊ

कर्मातीत अर्थात् कर्मको वश हुने होइन तर मालिक बनेर, अथोरिटी बनेर कर्मेन्द्रियहरूको सम्बन्धमा आऊ, विनाशी कामनाबाट न्यारा भएर कर्मेन्द्रियहरूद्वारा कर्म गराऊ। आत्मा मालिकलाई कर्मले आफ्नो अधीन नपारोस् तर अधिकारी बनेर कर्म गराइरहोस्। गराउनेवाला बनेर कर्म गराउनु– यसलाई भनिन्छ कर्मको सम्बन्धमा आउनु। कर्मातीत आत्मा सम्बन्धमा आउँछ, बन्धनमा होइन।