13.02.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– बाबा जो
हुनुहुन्छ , जस्तो हुनुहुन्छ , उहाँलाई यथार्थ रीतिले चिनेर याद गर्नु – यही मुख्य
कुरा हो । मनुष्यलाई यो कुरा धेरै युक्तिले सम्झाउनुपर्छ।”
प्रश्न:–
सारा
युनिभर्सको लागि कुनचाहिँ पढाइ हो, जुन यहाँ नै तिमीले पढ्छौ?
उत्तर:–
सारा
युनिभर्सको लागि यही पढाइ हो– तिमीहरू सबै आत्मा हौ। आत्मा सम्झेर बाबालाई याद गर्यौ
भने पावन बन्छौ। जो सारा युनिभर्सका बाबा हुनुहुन्छ उहाँ एकैपटक आउनुहुन्छ सबैलाई
पावन बनाउन। उहाँले नै रचयिता र रचनाको ज्ञान दिनुहुन्छ। त्यसैले वास्तवमा यो एउटै
युनिभर्सिटी (विश्व विद्यालय) हो, यो कुरा बच्चाहरूले स्पष्ट पारेर सम्झाउनु पर्छ।
ओम् शान्ति ।
भगवानुवाच– अब
यो त रूहानी बच्चाहरूले जान्दछौ, भगवान को हुनुहुन्छ? यहाँ कसैले पनि यथार्थ रूपले
चिनेका छैनन्। भनिन्छ पनि– म जो हुँ, जस्तो हुँ मलाई यथार्थ रूपले कसैले चिनेका
छैनन्। तिमीहरूमा पनि नम्बरवार छौ। नम्बरवार पुरुषार्थ अनुसार चिनेका छौ। बस्न त यहाँ
बसेका छौ तर यथार्थ रूपले चिनेका छैनौ। यथार्थ रूपले चिनेर बाबालाई याद गर्नु, यो
धेरै मुस्किल कुरा हो। भन्न त बच्चाहरूले भन्छन्, धेरै सहज छ तर मैले निरन्तर
बाबालाई याद गर्नुछ, बुद्धिमा यो युक्ति रहन्छ? म धेरै सूक्ष्म छु। हाम्रो बाबा पनि
बिन्दु सूक्ष्म हुनुहुन्छ। आधाकल्प त भगवानको कसैले नाम पनि लिँदैनन्। दु:खमा नै
याद गर्छन्– हे भगवान भनेर। तर भगवान को हुनुहुन्छ, यो त कुनै पनि मनुष्यले चिनेका
छैनन्। अब मनुष्यहरूलाई कसरी सम्झाउने? यसमा विचार सागर मन्थन चल्नुपर्छ। नाम पनि
लेखिएको छ– प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय। यसबाट पनि बुझ्दैनन्
यो रूहानी बेहदका बाबाको ईश्वरीय विश्व विद्यालय हो। अब के नाम राखौं जसबाट
मनुष्यहरूले छिट्टै बुझ्न सक्छन्? यो युनिभर्सिटी हो, कसरी मनुष्यलाई सम्झाउने?
युनिभर्सबाट युनिभर्सिटी शब्द निस्केको हो। युनिभर्स अर्थात् सारा विश्व। यसको नाम
राखिएको छ– युनिभर्सिटी, जसमा सबै मनुष्यहरूले पढ्न सक्छन्। युनिभर्सिटी युनिभर्सको
बारेमा पढ्नको लागि हो। तर वास्तवमा युनिभर्सको लागि त एउटै बाबा आउनु हुन्छ, उहाँको
यो एउटै युनिभर्सिटी हो। लक्ष्य-उद्देश्य पनि एउटै छ। बाबा नै आएर सारा युनिभर्सलाई
पावन बनाउनु हुन्छ, योग सिकाउनु हुन्छ। यो त सबै धर्मावलम्बीको लागि हो। भन्नुहुन्छ–
आफूलाई आत्मा सम्झ, सारा युनिभर्सका बाबा हुनुहुन्छ– निराकार परमपिता, त्यसैले किन
यसको नाम रूहानी निराकार परमपिताको आध्यात्मिक विश्व विद्यालय नराखौं। ख्याल गरिन्छ
नि। मनुष्य यस्ता पनि छन् जसले सारा विश्वमा कसैले पनि बाबालाई चिनेका छैनन्।
रचयितालाई चिने पो रचनालाई पनि चिन्दछन्। रचयिताद्वारा नै रचनालाई चिन्न सकिन्छ।
बाबाले बच्चाहरूलाई सबै कुरा सम्झाउनुहुन्छ। अरू कसैले पनि जानेका छैनन्। ऋषिमुनिले
पनि नेति नेति भन्दै आए। त्यसैले बाबा भन्नुहुन्छ– तिमीलाई पहिला यो रचयिता र रचनाको
ज्ञान थिएन। अहिले रचयिताले सम्झाउनु भएको छ। बाबा भन्नुहुन्छ– मलाई सबैले पुकार्छन्
पनि, आएर हामीलाई सुख-शान्ति दिनुहोस् किनकि अहिले दु:ख-अशान्ति छ। उहाँको नाम नै
हो दु:खहर्ता, सुखकर्ता। उहाँ को हुनुहुन्छ? भगवान। उहाँले कसरी दु:ख हरेर सुख
दिनुहुन्छ, यो कसैले पनि जानेका छैनन्। त्यसैले यस्तो स्पष्ट पारेर लेख, जुन
मनुष्यले बुझ्न सक्छन्, निराकार गड फादरले नै यो ज्ञान दिनुहुन्छ। यस्ता यस्ता
विचार सागर मन्थन गर्नुपर्छ। बाबा सम्झाउनु हुन्छ मनुष्य सबै छन् पत्थरबुद्धि। अहिले
तिमीलाई पारसबुद्धि बनाइरहनु भएको छ। वास्तवमा पारसबुद्धि उनलाई भनिन्छ जसले कम्तीमा
पनि ५० भन्दा अधिक अङ्क ल्याउँछन्। फेल हुने पारसबुद्धि होइनन्। रामले पनि थोरै
अङ्क लिए त्यसैले त क्षत्रिय देखाइन्छ। रामको बाण किन देखाइएको हो? यो पनि कसैले
जानेका छैनन्। श्रीकृष्णलाई स्वदर्शन चक्र देखाइन्छ, उनले सबैलाई मारे भनेर। रामलाई
भने वाण देखाइन्छ। एक विशेष पत्रिका निस्किन्छ, जसमा देखाइएको छ– श्रीकृष्णले कसरी
स्वदर्शन चक्रद्वारा अकासुर बकासुरलाई मार्छन्। दुवैलाई हिंसक बनाइदिएका छन् र फेरि
डबल हिंसक बनाइदिएका छन्। भनिन्छ उनीहरूका पनि बच्चा पैदा भएका थिए नि। अरे, ती त
हुन् नै निर्विकारी देवी-देवता। त्यहाँ रावण राज्य हुँदैहुँदैन। यस समयमा रावण
सम्प्रदाय भनिन्छ।
अहिले तिमीले
सम्झाउँछौ– हामीले योगबलबाट विश्वको बादसाही लिन्छौं भने के योगबलबाट बच्चा पैदा
हुनसक्दैन। त्यो हो नै निर्विकारी दुनियाँ। अहिले तिमी शूद्रबाट ब्राह्मण बनेका छौ।
यसरी राम्रोसँग सम्झाउनुपर्छ, जसबाट मनुष्यहरूले बुझ्छन् यिनीसँग पूरा ज्ञान छ। यस
कुरालाई अलिकति पनि बुझ्यो भने सम्झनुपर्छ यो ब्राह्मण कुलको हो। कसैको लागि त
तुरुन्तै बुझिन्छ– यो ब्राह्मण कुलको होइन। आउन त अनेक प्रकारका आउँछन् नि। अब
तिमीले निराकार परमपिता परमात्माको आध्यात्मिक विश्व विद्यालय लेखेर हेर, के हुन्छ?
विचार सागर मन्थन गरेर शब्द मिलाउनुपर्ने हुन्छ, यसमा लेख्ने धेरै युक्ति चाहिन्छ ।
जसबाट मनुष्यले बुझ्छन्– यहाँ यो ज्ञान परमपिता परमात्माले पढाउनु हुन्छ अथवा
राजयोग सिकाउनु हुन्छ। यी पनि साधारण शब्द हुन्। जीवनमुक्ति दैवी स्वराज्य सेकेण्डमा।
यस्ता यस्ता शब्द लेख जुन मनुष्यको बुद्धिमा बस्न सक्छ। ब्रह्माद्वारा विष्णुपुरीको
स्थापना हुन्छ। मनमनाभवको अर्थ हो– बाबा र वर्सालाई याद गर। तिमी हौ ब्रह्मा
मुखवंशावली ब्राह्मण कुलभुषण, स्वदर्शन चक्रधारी। अब यो स्वदर्शन चक्र त विष्णुको
देखाउँछन्। श्रीकृष्णका पनि ४ भुजा देखाउँछन्। अब उनका ४ भुजा कसरी हुनसक्छन्?
बाबाले कति राम्ररी सम्झाउनुहुन्छ। बच्चाहरू धेरै विशाल बुद्धि, पारसबुद्धि बन्नु
छ। सत्ययुगमा यथा राजा रानी तथा प्रजा पारसबुद्धि भनिन्छ नि। त्यो हो पारस दुनियाँ,
यो हो पत्थरको दुनियाँ। तिमीलाई यो ज्ञान मिल्छ– मनुष्यबाट देवता बन्नको लागि।
तिमीले आफ्नो राज्य श्रीमतको आधारमा फेरि स्थापना गरिरहेका छौ। बाबाले हामीलाई
युक्ति बताउनुहुन्छ– राजा, महाराजा कसरी बन्नसक्छौ? तिम्रो बुद्धिमा यो ज्ञान
भरिन्छ अरूलाई सम्झाउनको लागि। सृष्टि चक्रमा सम्झाउन धेरै सरल छ। यस समयमा हेर
जनसङ्ख्या कति छ! सत्ययुगमा कति थोरै हुन्छन्। सङ्गम त हुन्छ नि। ब्राह्मण त थोरै
हुन्छन्। ब्राह्मणहरूको युग नै छोटो छ। ब्राह्मणहरू पछि हुन्छन् देवताहरू फेरि
वृद्धि भइरहन्छ। बाजोली चलिरहन्छ। सिँढीको चित्रको साथै विराटरूप पनि भयो भने
स्पष्टसँग सम्झाउन सकिन्छ। जो तिम्रो कुलका हुन् उनको बुद्धिमा रचयिता र रचनाको
ज्ञान सजिलैसँग बस्छ। उनको चेहराबाट नै थाहा हुन्छ– यो हाम्रो कुलको हो वा होइन? यदि
रहेनछ भने चञ्चल भएर सुन्छ। जो बुद्धिमान हुन्छ उसले ध्यानले सुन्छ। एकपटक कसैलाई
पूरा तीर लाग्यो भने फेरि आइरहन्छ। कसैले प्रश्न सोध्छन् र कोही राम्रो फूल छ भने
दिनहुँ आफै आएर पूरा बुझेर जान्छ। चित्रबाट त जोसुकैले पनि बुझ्नसक्छ। यो अवश्य
देवी-देवता धर्मको स्थापना त बाबाले गरिरहनु भएको छ। कसैले नसोधे पनि आफै
बुझ्दैजान्छन्। कोहीले त धेरै सोधिरहन्छन्, तर केही पनि बुझ्दैनन्। फेरि पनि
सम्झाउन त पर्छ, हङ्गामा त गर्नुछैन। फेरि भन्छन् ईश्वरले पनि तपाईँको रक्षा
गर्दैनन्! अब उहाँले के रक्षा गर्नुहुन्छ, त्यो त तिमीलाई थाहा छ। कर्मको
हिसाबकिताब त हरेकले आफै चुक्ता गर्नुपर्छ। यस्ता धेरै छन्, स्वास्थ्य खराब भयो भने
भन्छन् रक्षा गर्नुहोस्। बाबा भन्नुहुन्छ– म त आउँछु नै पतितहरूलाई पावन बनाउन। त्यो
धन्दा तिमीले पनि सिक। बाबाले ५ विकारमाथि विजय प्राप्त गराउनु हुन्छ। त्यसैले अझ
धेरै जोडले सामना गर्छन्। विकारको तुफान धेरै जोडले आउँछ। बाबाले त भन्नुहुन्छ–
बाबाको बनेपछि यी सबै बिमारीहरू उल्टिएर आउँछन्, तुफान पनि जोडले आउँछ। पूरा बक्सिङ
हो। राम्रा राम्रा पहलमानहरूलाई पनि हराइदिन्छन्। भन्छन्– नचाहेर पनि कुदृष्टि
जान्छ, रजिस्टर खराब हुनपुग्छ। कुदृष्टिवालासँग कुरा गर्नुहुँदैन। बाबाले सबै
सेन्टरका बच्चाहरूलाई सम्झाइरहनु हुन्छ– कुदृष्टि भएका धेरै छन्, नाम लियो भने अझै
विश्वासघाती बन्छन्। आफ्नो सत्यानाश गर्नेहरूले उल्टो काम गर्न थाल्छन्। काम विकारले
नाकबाट समात्छ। मायाले छोड्दैन, कुकर्म, कुदृष्टि, कुवचन निस्किन थाल्छ, कुचलन
हुन्छ त्यसैले धेरै धेरै सावधानी राख्नुपर्छ।
तिमी बच्चाहरूले
प्रदर्शनी आदि गर्दा यस्तो युक्ति रच, जसबाट कसैले पनि बुझ्न सक्छन्। यो गीता ज्ञान
स्वयं बाबाले पढाइरहनु भएको छ, यसमा कुनै शास्त्र आदिको कुरा छैन। यो त पढाइ हो।
किताब, गीता त यहाँ छैनन्। बाबाले पढाउनु हुन्छ। किताब हातमा कहाँ लिनुहुन्छ र! फेरि
यो गीता नाम कहाँबाट आयो? यी सबै धर्मशास्त्र बन्छन् नै पछि। कति मठपन्थ छन्। सबैका
आआफ्ना शास्त्र छन्। हाँगाबिँगा जे छन्, साना साना मठपन्थ, उनका पनि शास्त्र आदि
आआफ्ना छन्। त्यसैले ती भए सबै बालबच्चाहरू। त्यसबाट त मुक्ति मिल्न सक्दैन।
सर्वशास्त्रमयी शिरोमणी गीताको गायन छ। गीता ज्ञान सुनाउने पनि त कोही हुनुपर्छ नि।
यो ज्ञान बाबाले नै आएर दिनुहुन्छ। कुनै पनि शास्त्र आदि हातमा कहाँ छ र। मैले पनि
शास्त्र पढेको छैन, तिमीलाई पनि पढाउँदिन। उनले त सिक्छन्, सिकाउँछन्। यहाँ त
शास्त्रको कुरा छैन। बाबा हुनुहुन्छ नै ज्ञानका सागर। मैले तिमीलाई सबै
वेद-शास्त्रहरूको सार बताउँछु। मुख्य छन् नै ४ धर्मका ४ धर्मशास्त्र। ब्राह्मण
धर्मका कुनै किताब छन् र? कति बुझ्नुपर्ने कुरा छ। यी सबै कुरा बाबा बसेर विस्तारमा
सम्झाउनुहुन्छ। मनुष्य सबै पत्थरबुद्धि छन् त्यसैले त यति कङ्गाल बनेका छन्।
देवताहरू थिए सत्ययुगमा, त्यहाँ सुनका महल बन्थे, सुनका खानी थिए । अहिले सक्कली
सुन छैन। सारा कहानी यहाँको नै हो। तिमी देवी-देवता पारसबुद्धि थियौ, विश्वमाथि
राज्य गर्थ्यौ। अहिले स्मृति आएको छ, हामी स्वर्गका मालिक थियौं फेरि नर्कका मालिक
बनेका छौं। अब फेरि पारसबुद्धि बन्छौं। यो ज्ञान तिमी बच्चाहरूको बुद्धिमा छ जुन
फेरि अरूलाई सम्झाउनुपर्छ। ड्रामा अनुसार पार्ट चल्दैजान्छ, जुन समय बित्यो त्यो
एक्युरेट, फेरि पनि पुरुषार्थ गराउनुहुन्छ। जुन बच्चाहरूलाई नशा छ– स्वयं भगवानले
हामीलाई स्वर्गको मालिक बनाउनको लागि पुरुषार्थ गराउनुहुन्छ, उनको चेहरा धेरै
फस्टक्लास हर्षितमुख हुन्छ। बाबा आउनुहुन्छ नै प्रारब्धको लागि बच्चाहरूलाई
पुरुषार्थ गराउन । यो पनि तिमीलाई थाहा छ– दुनियाँमा कसैले कहाँ जान्दछ र! स्वर्गको
मालिक बनाउन भगवानले पुरुषार्थ गराउनुहुन्छ। त्यसैले खुसी हुनुपर्छ। चेहरा धेरै
फस्टक्लास, हँसिलो हुनुपर्छ। बाबाको यादबाट तिमी सदा हर्षित रहन्छौ। बाबालाई
भुल्नाले नै निराशा आउँछ। बाबा र वर्सालाई याद गर्नाले हँसिलो हुन्छौ। हरेकलाई
सेवाबाट जान्न सकिन्छ। बाबालाई बच्चाहरूको सुगन्ध त आउँछ नै। सपुत बच्चाहरूबाट
सुगन्ध आउँछ, कपुतबाट दुर्गन्ध आउँछ। बगैँचामा सुगन्धित फूललाई नै लिने दिल हुन्छ।
आँकलाई कसले लिन्छ र। बाबालाई यथार्थ रूपले याद गर्नाले नै विकर्म विनाश हुन्छ।
अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) मायाको बक्सिङमा हार्नुछैन। ध्यान रहोस्– कहिल्यै मुखबाट कुवचन ननिस्कियोस्,
कुदृष्टि, कुचलन, कुकर्म नहोस्।
२) फस्टक्लास
सुगन्धित फूल बन्नु छ। नशा रहोस्– स्वयं भगवानले हामीलाई पढाउनु हुन्छ। बाबाको यादमा
रहेर सदैव हर्षित रहनु छ, कहिल्यै निराश हुनु छैन।
वरदान:–
च्यालेन्ज र
प्रैक्टिकलको समानताद्वारा स्वयंलाई पापहरूबाट सुरक्षित राख्ने विश्व सेवाधारी भव
तिमी बच्चाहरूले जुन
च्यालेन्ज गर्छौ, त्यो च्यालेन्ज र प्रैक्टिकल जीवनमा समानता होस्, नत्र
पुण्यात्माको सट्टा बोझवाला आत्मा बन्नेछौ। यो पाप र पुण्यको गतिलाई जानेर स्वयंलाई
सुरक्षित राख किनकि सङ्कल्पमा पनि कुनै विकारको कमजोरी, व्यर्थ बोल, व्यर्थ भावना,
घृणा वा ईर्ष्याको भावनाले पापको खाता बढाउँछ। त्यसैले पुण्यात्मा भवको वरदानद्वारा
स्वयंलाई सुरक्षित राख र विश्व सेवाधारी बन। सङ्गठित रूपमा एकमत, एकरस स्थितिको
अनुभव गराऊ।
स्लोगन:–
पवित्रताको
ज्योति चारैतिर जलाऊ तब बाबालाई सहजै देख्न सक्नेछन्।