13.03.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– पदको आधार हो पढाइ , जो पुराना भक्त हुन् उनीहरूले राम्ररी पढ्छन् र पद पनि राम्रो पाउँछन्।”

प्रश्न:–
जो बाबाको यादमा रहन्छन्, उनीहरूको निसानी के हुन्छन्?

उत्तर:–
यादमा रहनेहरूमा राम्रो गुण हुन्छ। उनीहरू पवित्र हुँदै जान्छन्। रोयल्टी आउँदै जान्छ। आपसमा मिलेर (क्षीरखण्ड भएर) रहन्छन्, अरूलाई नहेरेर स्वयंलाई हेर्छन्। उनीहरूको बुद्धिमा रहन्छ– जसले गर्छ उसले पाउँछ।

ओम् शान्ति ।
बच्चाहरूलाई सम्झाइएको छ– यो जुन आदि सनातन देवी-देवता धर्म छ, त्यसको शास्त्र हो गीता। यो गीता कसले गायन गर्नुभयो, यो कसैले जानेका छैनन्। यो ज्ञानको कुरा हो। बाँकी यो फागु (होली) आदि कुनै हाम्रो पर्व होइन, यी सबै हुन् भक्तिमार्गका चाडपर्व। चाडपर्व हो भने केवल एक त्रिमूर्ति शिवजयन्ती। पुग्यो। केवल शिवजयन्ती मात्र कहिल्यै पनि भन्नुछैन। त्रिमूर्ति शब्द नराखेका हुनाले मनुष्यहरूले बुझ्दैनन्। जसरी त्रिमूर्तिको चित्र छ, तल लेखिएको होस्– दैवी स्वराज्य तपाईँको जन्मसिद्ध अधिकार हो। शिव भगवान पिता पनि हुनुहुन्छ नि। उहाँ अवश्य आउनुहुन्छ, आएर स्वर्गको मालिक बनाउनुहुन्छ। स्वर्गको मालिक बनेका हुन् नै राजयोग सिक्नाले। चित्रहरूमा त धेरै ज्ञान छ। चित्रहरू यस्तो बनाउनुछ जसलाई देखेर मनुष्यहरूले आश्चर्य मान्छन्। त्यो पनि जसले धेरै भक्ति गरेका होलान्, उनीहरूले नै धेरै राम्रोसँग ज्ञान लिन्छन्। थोरै भक्ति गर्नेहरूले ज्ञान पनि थोरै लिन्छन् भने पद पनि सानो पाउँछन्। दास-दासीहरूमा पनि नम्बरवार हुन्छन् नि। सारा कुरा पढाइमा आधारित छ। तिमीहरूमा धेरै कम छन् जसले राम्रोसँग युक्तिले कुरा गर्न सक्छन्। राम्रा बच्चाहरूको क्रियाकलाप पनि राम्रो हुन्छ। गुण पनि सुन्दर हुनुपर्छ। जति बाबाको यादमा रहन्छन् पवित्र हुँदै जान्छन् र त्यति रोयल्टी पनि आउँदै जान्छ। कहीँ-कहीँ त शूद्रहरूको चालचलन धेरै राम्रो हुन्छ र यहाँ ब्राह्मण बच्चाहरूको चालचलन यस्तो छ, कुरै नसोध। त्यसैले तिनीहरूले पनि भन्छन् के यिनीहरूलाई ईश्वरले पढाउनुहुन्छ! त्यसैले बच्चाहरूको यस्तो चालचलन हुनुहुँदैन। धेरै मीठो क्षीरखण्ड हुनुपर्छ, जसले गर्छन् उनीहरूले पाउँछन्। गरेनन् भने पाउनेछैनन्। बाबाले त राम्रोसँग सम्झाइरहनुहुन्छ। पहिला सुरुमा त बेहदका बाबाको परिचय दिँदै जाऊ। त्रिमूर्तिको चित्र त धेरै राम्रो छ– स्वर्ग र नर्क पनि दुवैतर्फ छ। गोला (सृष्टि चक्र) मा स्पष्ट छ। कुनै पनि धर्मकालाई यस गोला वा वृक्षमा सम्झाउन सक्छौ– यस हिसाबले तिमी स्वर्ग नयाँ दुनियाँमा त आउन सक्दैनौ। जुन सबैभन्दा उच्च धर्म थियो, सबैभन्दा धनवान थियो, त्यही सबैभन्दा गरिब बनेको छ, जो सुरु सुरुमा थिए, सङ्ख्या पनि उनीहरूको धेरै हुनुपर्ने हो तर यिनीहरू अरू धेरै धर्ममा परिवर्तन भएका छन्। आफ्नो धर्मलाई नजानेका हुनाले अरू धर्ममा गएका छन् अथवा हिन्दु धर्म भनिदिन्छन्। आफ्नो धर्मलाई पनि जानेका छैनन्। ईश्वरलाई धेरै पुकार्छन् शान्ति देवा, तर शान्तिको अर्थ बुझ्दैनन्। एक अर्कालाई शान्ति पुरस्कार दिइरहन्छन्। यहाँ तिमी विश्वमा शान्ति स्थापन गर्न निमित्त बनेका बच्चाहरूलाई बाबाले विश्वको राज्यभाग्य पुरस्कारमा (प्राइज) दिनुहुन्छ। यो इनाम पनि नम्बरवार पुरुषार्थ अनुसार मिल्छ। दिनेवाला हुनुहुन्छ भगवान पिता। इनाम कति ठुलो छ– सूर्यवंशी विश्वको राज्यभाग्य! अहिले तिमी बच्चाहरूको बुद्धिमा सारा विश्वको इतिहास-भूगोल, वर्ण आदि सबै छ। विश्वको राज्यभाग्य लिनु छ भने केही मेहनत पनि गर्नुपर्छ। प्वाइन्ट त धेरै सहज छन्। टिचरले जुन काम दिनुहुन्छ त्यो गरेर देखाउनुपर्छ अनि बाबाले हेर्नुहुन्छ– कोसँग पूरा ज्ञान छ। कति बच्चाहरूले त मुरलीमा पनि ध्यान दिँदैनन्। दैनिक मुरली पढ्दैनन्। जसले मुरली पढ्दैनन् उनीहरूले कसको के कल्याण गर्छन् होला! धेरै बच्चाहरू छन् जसले केही पनि कल्याण गर्दैनन्। न आफ्नो, न अरूको गर्छन् त्यसैले घोडसवार, प्यादा भनिन्छ। केही थोरै महारथी छन्, स्वयं पनि थाहा पाउनसक्छन्– को को महारथी छन्। भन्छन्– बाबा गुल्जारलाई, कुमारकालाई, मनोहरलाई पठाइदिनुहोस्... किनकि स्वयं घोडसवार हुन्। उनीहरू महारथी हुन्। बाबाले त सबै बच्चाहरूलाई राम्रोसँग जान्नुहुन्छ। कसैमाथि ग्रहचारी (ग्रहदशा) पनि बस्छ। कहिले फेरि राम्रा राम्रा बच्चाहरूलाई पनि मायाको तुफान आउनाले बेतालका बन्न जान्छन्। ज्ञानतर्फ ध्यान नै जाँदैन। बाबालाई हरेकको सेवाबाट थाहा त हुन्छ नि। सेवा गर्नेहरूले आफ्नो पूरा समाचार बाबालाई दिइरहन्छन्।

तिमी बच्चाहरूलाई थाहा छ– गीताका भगवानले हामीलाई विश्वको मालिक बनाइरहनुभएको छ। धेरै छन् जसले त्यो गीता पनि कण्ठ गर्छन्, हजारौं रूपैयाँ कमाउँछन्। तिमी हौ ब्राह्मण सम्प्रदाय जो फेरि दैवी सम्प्रदाय बन्छौ। ईश्वरको सन्तान पनि सबैले आफूलाई भन्छन्, फेरि भन्छन्– हामी सबै ईश्वर हौं, जसलाई जे आउँछ त्यो बोलिरहन्छन्। भक्तिमार्गमा मनुष्यहरूको हालत कस्तो भएको छ। यो दुनियाँ नै आइरन एजेड (तमोप्रधान) पतित छ। यस चित्रबाट धेरै राम्रोसँग सम्झाउन सक्छौ। साथमा दैवीगुण पनि चाहिन्छ। भित्र-बाहिर सच्चाई हुनुपर्छ। आत्मा नै झुटो बनेको छ त्यसलाई फेरि सत्य बाबाले सत्य बनाउनुहुन्छ। बाबा नै आएर स्वर्गको मालिक बनाउनुहुन्छ। दैवीगुण पनि धारण गराउनुहुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– हामी यस्ता (लक्ष्मी-नारायण) गुणवान बनिरहेका छौं। आफ्नो जाँच गरिराख– हामीमा कुनै आसुरी अवगुण त छैन? चल्दा-चल्दै मायाको थप्पड यस्तो लाग्छ बेहोस भएर ढल्छन्।

तिम्रो लागि यो ज्ञान र विज्ञानको होली-धुरिया (ज्ञान होलीबाट रङ्गिनु) हो। ती मानिसहरूले पनि होली र धुरिया मनाउँछन् तर त्यसको अर्थ के हो, यो पनि कसैले जानेका छैनन्। वास्तवमा यो ज्ञान र विज्ञान हो, जसबाट तिमीले आफूलाई धेरै उच्च बनाउँछौ। उनीहरूले त केके गर्छन्, धुलो हाल्छन् किनकि यो हो रौरव नर्क। नयाँ दुनियाँको स्थापना र पुरानो दुनियाँको विनाशको कर्तव्य चलिरहेको छ। तिमी ईश्वरीय सन्तानहरूलाई पनि मायाले एकदम यस्तो मुक्का हान्छ जसले गर्दा जोडले दलदलमा गिर्न पुग्छन्। फेरि त्यसबाट निस्कन धेरै मुस्किल हुन्छ, यसमा फेरि आशीर्वाद आदिको कुनै कुरा हुँदैन। फेरि यसतर्फ मुस्किलले चढ्न सक्छन् त्यसैले धेरै खबरदारी चाहिन्छ। मायाको आक्रमणबाट बच्ननको लागि कहिल्यै देह अभिमानमा नफस। सदा खबरदार, सबै भाइ-बहिनी हुन्। बाबाले जे सिकाउनुभएको छ त्यही बहिनीहरूले सिकाउँछन्। बलिहारी बाबाको हो न कि बहिनीहरूको। ब्रह्माको पनि बलिहारी होइन। यिनले पनि पुरुषार्थबाट सिकेका हुन्। पुरुषार्थ राम्रो गरेका छन् अर्थात् आफ्नो कल्याण गरेका छन्। बाबाले हामीलाई पनि सिकाउनुहुन्छ त्यसैले हामीले पनि आफ्नो कल्याण गरौं।

आज होली हो, अब होलीको ज्ञान पनि सुनाइरहनुहुन्छ। ज्ञान र विज्ञान। पढाइलाई ज्ञान भनिन्छ। विज्ञान के चीज हो, यो कसैलाई पनि थाहा छैन। विज्ञान हो ज्ञानभन्दा पनि पर। यहाँ तिमीलाई ज्ञान मिल्छ, जसबाट तिमीले प्रारब्ध पाउँछौ। बाँकी त्यो हो शान्तिधाम। यहाँ पार्ट खेलेर थाक्छौ अनि फेरि शान्तिमा जान चाहन्छौ। अहिले तिम्रो बुद्धिमा यो चक्रको ज्ञान छ। अब हामी स्वर्गमा जान्छौं फेरि ८४ जन्म लिँदै नर्कमा आउँछौं। फेरि त्यही हालत हुन्छ, यस्तै चल्दै जान्छ। यसबाट कोही छुट्नसक्दैन। कसैले भन्छन्– यो ड्रामा बन्यो नै किन? अरे, यो त नयाँ दुनियाँ र पुरानो दुनियाँको खेल हो। ड्रामा अनादि बनेको छ। वृक्षमा सम्झाउनु धेरै राम्रो हो। सबैभन्दा पहिलो मुख्य कुरा हो– बाबालाई याद गर्यौ भने पावन बन्छौ। पछि गएर थाहा हुँदैजान्छ– को को यस कुलका हुन् जो अरू धर्ममा परिवर्तन (कनभर्ट) भएका छन्, तिनीहरू पनि आउँदै जान्छन्। जब सबै आउने छन् अनि मनुष्यहरूले आश्चर्य मान्छन्। सबैलाई यही भन्नु छ– देह अभिमान छोडेर देहीअभिमानी बनौं। तिम्रो लागि पढाइ नै ठुलो चाड हो, जसबाट तिम्रो कति कमाइ हुन्छ। उनीहरूले त यी चाडपर्वहरू मनाउनमा कति पैसा आदि बर्बाद गर्छन्, कति झगडा आदि हुन्छ। पञ्चायती राज्यमा कति झगडा नै झगडा छ, कसैलाई घुस दिएर पनि मार्ने कोसिस गर्छन्। यस्ता धेरै घटना भइरहन्छन्। प्यारा बच्चाहरूले जानेका छौ– सत्ययुगमा कुनै उपद्रव हुँदैन। रावण राज्यमा धेरै उपद्रव छ। अहिले त तमोप्रधान छ नि। एक अर्कामा मत नमिल्ने हुनाले कति झगडा छ। त्यसैले बाबा सम्झाइरहनुहुन्छ यस पुरानो दुनियाँलाई भुलेर एक्लो बन, घरलाई याद गर। आफ्नो सुखधामलाई याद गर, कसैसँग पनि धेरै कुरा नगर, नत्र नोक्सान हुन्छ। धेरै मीठो, शान्ती, प्रेमले बोल्नु राम्रो हो। धेरै नबोल्नु राम्रो हो। शान्तिमा रहनु सबैभन्दा राम्रो हो। तिमी बच्चाहरूले त शान्तिबाट विजय पाउँछौ। एक बाबा सिवाय अरू कसैसँग प्रीत लगाउनुछैन। जति बाबासँग सम्पत्ति लिन चाहन्छौ त्यति लेऊ। लौकिक पिताको सम्पत्तिमा कति झगडा हुन्छ। यसमा कुनै द्वन्द्व छैन। जति चाहन्छौ त्यति आफ्नो पढाइबाट लिनसक्छौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) सच्चा बाबा सच्चा बनाउन आउनुभएको छ, त्यसैले सच्चाइले चल्नुछ। आफ्नो जाँच गर्नुछ– ममा कुनै आसुरी अवगुण त छैन? मैले धेरै कुरा त गर्दिनँ? धेरै मीठो बनेर शान्ति र प्रेमले कुरा गर्नुछ।

२) मुरलीमा पूरा ध्यान दिनुछ। दैनिक मुरली पढ्नुछ। आफ्नो र अरूको कल्याण गर्नुछ। टिचरले जुन काम दिनुहुन्छ त्यो गरेर देखाउनुछ।

वरदान:–
होली शब्दको अर्थलाई जीवनमा ल्याएर पुरुषार्थको स्पीडलाई तीव्र पार्ने तीव्र पुरुषार्थी भव

होली अर्थात् जुन कुरा भयो, बित्यो त्यसलाई बिल्कुलै समाप्त गरिदिनु। बितेको कुरालाई बितेको सम्झेर अगाडि बढ्नु नै होली मनाउनु हो। बितेको कुरा यस्तो महसुस होस् कि, मानौँ धेरै पुरानो कुनै जन्मको कुरा हो। जब यस्तो स्थिति हुन्छ तब पुरुषार्थको स्पीड तीव्र हुन्छ। त्यसैले आफ्नो वा अरूका बितेका कुराहरूलाई कहिल्यै चिन्तनमा नल्याऊ, चित्तमा नराख र वर्णन त कहिल्यै नगर, अनि मात्रै तीव्र पुरुषार्थी बन्न सकिन्छ।

स्लोगन:–
स्नेह नै सहज यादको साधन हो, त्यसैले सदा स्नेही बन र स्नेही बनाऊ।

मातेश्वरीजीका अनमोल महावाक्य:–

“ गुप्त बाँधेली गोपिकाहरूको गायन”

गीत:– बिन देखे प्यार करूँ, घर बैठे याद करूँ...।

अब यो गीत कुनै बाँधेली मस्त गोपिकाले गाएको हो, यो हो कल्प-कल्पवाला विचित्र खेल। नदेखिकनै प्यार गर्छन्, दुनियाँ बिचराले के जान्दछन्! कल्प पहिलाको पार्ट हुबहु दोहोरिइरहेको छ। हुन त ती गोपीले घरबार छोडेकी होइनन् तर यादमा कर्मबन्धन चुक्ता गरिरहेकी छन्, त्यसैले यी कति खुसीमा झुम्दै झुम्दै मस्तीमा गाइरहेकी छन्। वास्तवमा घर छोड्ने कुरा होइन। घर बसेर नदेखिकनै त्यस सुखमा रहेर सेवा गर्नुछ। कुनचाहिँ सेवा गर्नुछ? पवित्र बनेर पवित्र बनाउने तिमीलाई तेस्रो नेत्र अहिले मिलेको छ। आदि देखि लिएर अन्त्यसम्म बीज र वृक्षको रहस्य तिम्रो नजरमा छ। त्यसैले बलिहारी यस जीवनको हो, यस ज्ञानद्वारा २१ जन्मको लागि सौभाग्य बनाइरहेका छौ, यसमा यदि कुनै पनि लोकलाज विकारी कुलको मर्यादा छ भने त्यसले सेवा गर्न सक्दैन, यो हो आफ्नो कमी। धेरैलाई विचार आउँछ– यी ब्रह्माकुमारी घर भाँड्न आएका हुन् तर यसमा घर भाँड्ने कुरा छैन, घर बसेर पवित्र रहनुछ र सेवा गर्नुछ, यसमा कुनै कठिनाइ छैन। पवित्र बन्यौ भने मात्र पवित्र दुनियाँमा जाने अधिकारी बन्छौ। बाँकी जो चल्न सक्दैनन्, तिनीहरूले त कल्प पहिलाको शत्रुताको पार्ट खेल्छन्, यसमा कसैको दोष छैन। जसरी हामीले परमात्माको कार्यलाई जान्दछौं, त्यसैगरी ड्रामामा हरेकको पार्टलाई पनि जानेका छौं। त्यसैले यसमा घृणा आउनसक्दैन। यस्ता तीव्र पुरुषार्थी गोपीनीहरू रेस गरेर विजयमालामा पनि आउन सक्छन्। अच्छा! ओम् शान्ति।