13.03.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमीले
श्रीमतमा तत्त्व सहित सारा दुनियाँलाई पावन बनाउने सेवा ग र्नुछ , सबैलाई सुख र
शान्तिको बाटो बताउ नुछ ।”
प्रश्न:–
तिमी
बच्चाहरूले आफ्नो देहलाई पनि बिर्सने पुरुषार्थ गर्छौ, त्यसैले तिमीलाई कुन चीजको
दरकार छैन?
उत्तर:–
चित्रहरूको।
जब यो पिक्चर (देह) नै बिर्सनुछ भने ती चित्रहरूको के दरकार छ। स्वयंलाई आत्मा
सम्झेर विदेही बाबालाई र स्विट होमलाई याद गर। यी पिक्चर त हुन् साना बच्चाहरूका
लागि अर्थात् नयाँहरूका लागि। तिमी त यादमा रहनुछ र सबैलाई याद गराउनुछ। कामधन्दा
आदि गर्दा सतोप्रधान बन्नको लागि यादमा नै रहने अभ्यास गर।
गीत:–
तकदीर जगाकर
आई हूँ...
ओम् शान्ति ।
मीठा प्यारा
बच्चाहरूले यी शब्द सुनेर तुरुन्त खुसीमा रोमाञ्च खडा भयो होला। तिमी बच्चाहरूलाई
थाहा छ– यहाँ आएका छौँ आफ्नो सौभाग्य, स्वर्गको तकदिर लिन। यस्तो अरू कहीँ पनि
भन्दैनन्। तिमीलाई थाहा छ– हामीले बाबाबाट स्वर्गको वर्सा लिइरहेका छौँ अर्थात्
स्वर्ग बनाउने पुरुषार्थ गरिरहेका छौँ। केवल स्वर्गवासी बन्नको लागि होइन तर
स्वर्गमा उच्चभन्दा उच्च पद पाउने पुरुषार्थ गरिरहेका छौँ। स्वर्गको साक्षात्कार
गराउने बाबाले हामीलाई पढाइरहनुभएको छ। यो पनि बच्चाहरूलाई नसा चढ्नुपर्छ। भक्ति अब
खतम हुनुछ। भनिन्छ– भगवान भक्तहरूको उद्धार गर्न आउनुहुन्छ किनकि भक्तहरू रावणको
जन्जिरमा फसेका छन्। अनेक मानिसका अनेक मत छन्। तिमीले त बुझिसकेका छौ। सृष्टिको
चक्र यो खेल अनादि बनेको छ। यो पनि तिमीहरूले जान्दछौ, अवश्य हामी प्राचीन नयाँ
दुनियाँका निवासी थियौँ, अहिले पुरानो दुनियाँका निवासी बनेका छौँ। बाबाले स्वर्ग
नयाँ दुनियाँ बनाउनुभयो, रावणले फेरि नर्क बनाएको छ। बापदादाको मतमा तिमीले अब आफ्नो
लागि नयाँ दुनियाँ बनाइरहेका छौ। नयाँ दुनियाँको लागि पढिरहेका छौ। कसले
पढाउनुहुन्छ? ज्ञानको सागर, पतितपावन जसको महिमा छ। एक बाहेक अरू कसैको महिमा गायन
गरिँदैन। उहाँ नै पतितपावन हुनुहुन्छ। हामी सबै पतित छौँ। पावन दुनियाँको याद
कसैलाई छैन। अहिले तिमीलाई थाहा छ– अवश्य ५ हजार वर्ष पहिला दुनियाँ पावन थियो। यो
भारतवर्ष नै थियो। बाँकी सबै धर्म शान्तिमा थिए। हामीहरू सुखधाममा थियौँ। मानिसले
शान्ति चाहन्छन् तर यहाँ त कोही शान्त रहन सक्दैन। यो कुनै शान्तिधाम होइन।
शान्तिधाम हो निराकारी दुनियाँ, जहाँबाट हामी आउँछौँ। बाँकी सत्ययुग हो सुखधाम,
त्यसलाई शान्तिधाम भनिँदैन। त्यहाँ तिमी पवित्रता-सुख-शान्तिमा रहन्छौ। कुनै होहल्ला
हुँदैन। घरमा बच्चाहरूले झगडा आदि गरे भने उनीहरूलाई भनिन्छ– शान्त होऊ। त्यसैले
बाबा भन्नुहुन्छ– तिमी आत्माहरू त्यो शान्ति देशका थियौ। अब झगडालु देशमा आएर बसेका
छौ। यो कुरा तिम्रो बुद्धिमा छ। तिमीले बाबाबाट फेरि उच्चभन्दा उच्च पद पाउने
पुरुषार्थ गरिरहेका छौ। यो स्कुल कुनै कम कहाँ छ र। परमपिता परमात्माको विश्व
विद्यालय हो। सारा दुनियाँमा यो ठुलोभन्दा ठुलो विश्व विद्यालय हो। यसमा सबैले
बाबाबाट शान्ति र सुखको वर्सा पाउँछन्। एक बाबा बाहेक अरू कसैको महिमा छैन।
ब्रह्माको महिमा कहाँ छ र। बाबाले नै यस समयमा आएर वर्सा दिनुहुन्छ। त्यसपछि त सुखै
सुख हुन्छ। सुखशान्ति दिने एक बाबा हुनुहुन्छ। उहाँको नै महिमा छ। सत्ययुग, त्रेतामा
कसैको महिमा हुँदैन। त्यहाँ त राजधानी चलिरहन्छ। तिमीले वर्सा पाउँछौ, बाँकी सबै
शान्तिधाममा रहन्छन्। महिमा कसैको छैन। क्राइस्टले धर्म स्थापना गर्छन्, त्यो त
गर्नु नै छ। धर्म स्थापना गर्छन् फेरि पनि तल ओर्लिँदै जान्छन्। महिमा के भयो? महिमा
केवल एकको नै छ, जसलाई पतितपावन मुक्तिदाता भनेर बोलाउँछन्। यस्तो त होइन–
उनीहरूलाई क्राइस्ट, बुद्ध आदि याद आउँछ होला। याद फेरि पनि एकलाई गर्छन्– हे
परमपिता परमात्मा! सत्ययुगमा त कसैको महिमा हुँदैन। पछि यो धर्म सुरुहुन्छ त्यसपछि
बाबाको महिमा गाउँछन् अनि भक्ति सुरुहुन्छ। ड्रामा कसरी बनेको छ। कसरी चक्र घुम्छ,
त्यसैले जो बाबाका बच्चा बनेका छन्, उनीहरूले नै जान्दछन्। बाबा रचयिता हुनुहुन्छ।
नयाँ सृष्टि रच्नुहुन्छ– स्वर्ग। तर सबै त स्वर्गमा आउन सक्दैनन्। ड्रामाको
रहस्यलाई पनि बुझ्नुछ। बाबाबाट सुखको वर्सा मिल्छ। यस समयमा सबै दुःखी छन्। सबै
फर्केर जानुछ, फेरि आउँछन् सुखमा। तिमी बच्चाहरूलाई धेरै राम्रो पार्ट मिलेको छ।
जुन बाबाको यति महिमा छ, उहाँ अब आएर सम्मुख बस्नुभएको छ र बच्चाहरूलाई
सम्झाउनुहुन्छ। सबै बच्चाहरू हुन् नि। बाबा त सदा सुखी हुनुहुन्छ। वास्तवमा बाबाको
लागि यो भन्न सकिँदैन। यदि उहाँ सुखी बन्नुभयो भने दुःखी पनि बन्नुपर्छ। बाबा त यी
सबैबाट न्यारा हुनुहुन्छ। जुन बाबाको महिमा छ, त्यही महिमा यस समयमा तिम्रो पनि
हुन्छ, फेरि भविष्यमा तिम्रो महिमा भिन्नै हुन्छ। जसरी बाबा ज्ञानको सागर हुनुहुन्छ,
त्यसैगरी तिमी पनि ज्ञानस्वरूप हौ। तिम्रो बुद्धिमा सृष्टि चक्रको ज्ञान छ। तिमीलाई
थाहा छ– बाबा सुखको सागर हुनुहुन्छ, उहाँबाट अथाह सुख मिल्छ। यस समयमा तिमीले
बाबाबाट वर्सा लिइरहेका छौ। बाबाले बच्चाहरूलाई अहिले श्रेष्ठ कर्म सिकाइरहनुभएको
छ। जसरी यी लक्ष्मीनारायण छन्, यिनीहरूले अवश्य अघिल्लो जन्ममा राम्रो कर्म गरेका
छन्, जसलेगर्दा यो पद पाएका हुन्। दुनियाँमा यो कुरा कसैले जान्दैनन्– यिनीहरूले
राज्य कसरी पाए? बाबा भन्नुहुन्छ– तिमी बच्चाहरू अब यस्तै बनिरहेका छौ। तिम्रो
बुद्धिमा यो आउँछ– हामी यस्ता थियौँ, फेरि त्यस्तै बन्नेछौँ। बाबा बसेर
कर्म-अकर्म-विकर्मको गति सम्झाउनुहुन्छ, जसबाट हामी यस्ता बन्छौँ। श्रीमत दिनुहुन्छ,
त्यसैले श्रीमत जान्नुपर्छ नि। श्रीमतले सारा दुनियाँ, तत्त्वहरू आदि सबैलाई
श्रेष्ठ बनाउँछौ। सत्ययुगमा सबै श्रेष्ठ थिए। त्यहाँ केही होहल्ला वा तुफान आदि
हुँदैन। न धेरै जाडो, न गर्मी। सधैँ सदाबहार मौसम हुन्छ। त्यहाँ तिमी कति सुखी
हुन्छौ। उनीहरूले गाउँछन् पनि– खुदाले बहिश्त अथवा स्वर्ग स्थापना गर्नुहुन्छ।
त्यसैले त्यसमा उच्च पद पाउने पुरुषार्थ गर्नुपर्छ। सदैव गायन गरिन्छ– माता पिताको
अनुसरण गर। बाबालाई याद गरेमा विकर्म विनाश हुन्छ। फेरि बाबाको साथमा हामी आत्माहरू
सँगसँगै जान्छौँ। श्रीमतमा चलेर हरेकलाई बाटो बताउनुछ।
बेहदका बाबा स्वर्गका
रचयिता हुनुहुन्छ। अहिले त नर्क छ। अवश्य नर्कमा स्वर्गको वर्सा दिनुभएको होला। अब
८४ जन्म पूरा हुन्छन्, फेरि हामीले पहिलो जन्म स्वर्गमा लिनुछ। तिम्रो लक्ष्य
उद्देश्य सामुन्ने उभिएको छ। यस्तै बन्नुछ। हामी नै लक्ष्मीनारायण बन्छौँ, वास्तवमा
यी चित्रहरूको दरकार छैन। जो कच्चा छन्, उनीहरूले बारम्बार बिर्सन्छन्, त्यसैले
चित्र राखिन्छ। कसैले श्रीकृष्णको चित्र राख्छन्। श्रीकृष्णलाई नहेरी याद गर्न
सक्दैनन्। सबैको बुद्धिमा चित्र त हुन्छ। तिमीले कुनै चित्र लगाउने दरकार छैन।
तिमीले आफूलाई आत्मा सम्झन्छौ, तिमीले आफ्नो चित्र पनि बिर्सनुछ। देहसहित सबै
सम्बन्ध बिर्सनुछ। बाबा भन्नुहुन्छ– तिमीहरू हौ आसिक, एक मासुकका। मासुक बाबा
भन्नुहुन्छ– मलाई याद गरिरह्यौ भने विकर्म विनाश हुन्छन्। यस्तो अवस्था होस्, जुन
समयमा शरीर छुट्छ, त्यतिखेर सम्झ– हामी यो पुरानो दुनियाँलाई छोडेर अब बाबाको पासमा
जान्छौँ। ८४ जन्म पूरा भए, अब जानुछ। बाबाले आदेश गर्नुभएको छ– मलाई याद गर। बस,
बाबा र स्विट होमलाई याद गर। बुद्धिमा छ– म आत्मा बिना शरीरको थिएँ, फेरि यहाँ
पार्ट खेल्नको लागि शरीर धारण गरेको छु। पार्ट खेल्दाखेल्दा पतित बनेँ। यो शरीर त
हो पुरानो जुत्ता। आत्मा पवित्र भइरहेको छ। पवित्र शरीर त यहाँ मिल्न सक्दैन। अब
हामी आत्मा जानेछौँ फर्केर घर। पहिला राजकुमार राजकुमारी बन्नेछौँ, फेरि स्वयंवर पछि
लक्ष्मीनारायण बन्नेछौँ। मानिसहरूलाई यो थाहा छैन– राधाकृष्ण को हुन्? दुवै
छुट्टाछुट्टै राजधानीका थिए, फेरि उनीहरूको स्वयंवर हुन्छ। तिमी बच्चाहरूले ध्यानमा
स्वयंवर देखेका छौ। सुरुमा धेरै साक्षात्कार हुन्थ्यो किनकि पाकिस्तानमा तिमीलाई
खुसी पार्नको लागि यो सबै पार्ट चल्थ्यो। अन्त्यमा त हुन्छ नै मारामार। भूकम्प आदि
धेरै हुन्छ। तिमीलाई साक्षात्कार भइरहनेछ। हरेकलाई थाहा हुन्छ– हामीले कुन पद
पाउनेछौँ। फेरि जसले कम पढेका हुन्छन्, उनीहरूले धेरै पछुताउनेछन्। बाबाले
भन्नुहुन्छ– तिमीले पढेनौ, न अरूलाई पढायौ, न यादमा रहन्थ्यौ। यादले नै सतोप्रधान
बन्न सक्छौ। पतितपावन त बाबा नै हुनुहुन्छ। उहाँ भन्नुहुन्छ– मामेकम् याद गरेमा तिमी
भित्रको खाद निस्कन्छ। पुरुषार्थ गर्नुछ– यादको यात्राको। ठिकै छ कामधन्दा आदि गर।
कर्म त गर्नु नै छ नि। तर बुद्धिको योग त्यहाँ रहोस्। तमोप्रधानबाट सतोप्रधान यहाँ
बन्नुछ। गृहस्थ व्यवहारमा रहेरै तिमीले मलाई याद गरेमा नै तिमी नयाँ दुनियाँका
मालिक बन्नेछौ। बाबाले अरू कुनै तकलिफ दिनुहुन्न। तिमीलाई धेरै सहज उपाय
बताउनुहुन्छ। सुखधामको मालिक बन्न मामेकम् याद गर। अहिले तिमीले याद गर– बाबा पनि
स्टार हुनुहुन्छ। मानिसहरूले त सम्झन्छन्– उहाँ सर्वशक्तिमान् हुनुहुन्छ, धेरै
तेजस्वी हुनुहुन्छ। बाबा भन्नुहुन्छ– म मनुष्य सृष्टिको चैतन्य बीजरूप हुँ। बीज भएको
हुनाले सृष्टिको आदि-मध्य-अन्त्यलाई जान्दछु। तिमी त बीज होइनौ, म बीज हुँ, त्यसैले
मलाई ज्ञान सागर भन्छन्। बाबा मनुष्य सृष्टिको चैतन्य बीज हुनुहुन्छ, उहाँलाई अवश्य
थाहा हुन्छ– यो सृष्टि चक्र कसरी घुम्छ। ऋषिमुनि कसैले रचयिता र रचनाको
आदि-मध्य-अन्त्यलाई जान्दैनन्। बच्चाहरूले जानेका भए उनीहरूको पासमा जान ढिलो
गर्दैनथे। तर बाबाको पासमा जाने बाटो कसैले पनि जान्दैनन्। पावन दुनियाँमा पतित जान
नै कसरी सक्छन्, त्यसैले बाबा भन्नुहुन्छ– काम महाशत्रुमाथि विजय प्राप्त गर। यसले
नै तिमीलाई आदि-मध्य-अन्त्य दुःख दिन्छ। तिमी बच्चाहरूलाई कति राम्रोसँग
सम्झाउनुहुन्छ। कुनै तकलिफ छैन। केवल बाबा र वर्सालाई याद गर्नुछ। बाबाको याद
अर्थात् योगले पाप भस्म हुनेछन्। बाबाबाट नै सेकेन्डमा बादसाही मिल्छ। हुन त
बच्चाहरू स्वर्गमा त आउँछन् तर स्वर्गमा पनि उच्च पद पाउनको लागि पुरुषार्थ गर्नुछ।
स्वर्गमा त जानु नै छ। अलिकति मात्रै सुने भने पनि बुझ्छन्– बाबा आउनुभएको छ। अहिले
पनि भन्छन्– यो उही महाभारत लडाइँ हो। अवश्य बाबा पनि हुनुहुन्छ, जसले बच्चाहरूलाई
राजयोग सिकाउनुहुन्छ। तिमीले सबैलाई जगाइरहन्छौ। जसले धेरैलाई जगाउँछन्, उनीहरूले
उच्च पद पाउनेछन्। पुरुषार्थ गर्नुछ। सबै उस्तै पुरुषार्थी हुन सक्दैनन्। यो स्कुल
धेरै ठुलो छ। यो हो विश्वको विश्व विद्यालय। सारा विश्वलाई सुखधाम र शान्तिधाम
बनाउनुछ। यस्तो टिचर कोही कहिल्यै हुनसक्छ र? युनिभर्स सारा दुनियाँलाई भनिन्छ।
बाबाले नै सारा युनिभर्सका मनुष्य मात्रलाई सतोप्रधान बनाउनुहुन्छ अर्थात् स्वर्ग
बनाउनुहुन्छ।
भक्तिमार्गमा जे जति
चाडपर्व मनाउँछन्, ती सबै अब सङ्गमयुगका हुन्। सत्ययुग, त्रेतामा कुनै चाडपर्व
हुँदैन। त्यहाँ त प्रारब्ध भोग्छन्। चाडपर्व सबै यहाँ मनाउँछन्। होली र धुरिया यी
ज्ञानका कुराहरू हुन्। जे बितेर गयो, त्यसका सबै चाडपर्व मनाउँदै आएका छन्। हुन् सबै
यस समयका। होली पनि यस समयको हो। यो १०० वर्ष भित्र सबै काम हुन्छ। सृष्टि पनि नयाँ
बन्छ। तिमीलाई थाहा छ– हामीले अनेकपटक सुखको वर्सा लिएका छौँ, फेरि गुमाएका छौँ।
खुसी लाग्छ– हामीले फेरि बाबाबाट वर्सा लिइरहेका छौँ। अरूलाई पनि बाटो बताउनुछ।
ड्रामा अनुसार स्वर्गको स्थापना अवश्य हुनु नै छ। जसरी दिनपछि रात, रातपछि दिन
हुन्छ, त्यसरी नै कलियुगपछि अवश्य सत्ययुग हुनुछ। मीठा प्यारा बच्चाहरूको बुद्धिमा
खुसीको नगारा बज्नुपर्छ। अब समय पूरा हुन्छ, हामी जान्छौँ शान्तिधाम। यो अन्तिम
जन्म हो। कर्मभोगको भोगनाले पनि खुसीले हल्का हुन्छ। केही भोगनाले, केही योगबलले
हिसाबकिताब चुक्ता हुनुछ। बाबाले बच्चाहरूलाई धैर्य दिनुहुन्छ, तिम्रो सदा सुखका
दिन आइरहेका छन्। कामधन्दा आदि पनि गर्नुछ। शरीर निर्वाहको लागि पैसा त चाहिन्छ नि।
बाबाले सम्झाउनुभएको छ– कामधन्दा गर्ने मानिसहरूले धर्माऊ निकाल्छन्। सम्झन्छन्–
धेरै धन जम्मा भयो भने धेरै दान गर्नेछौँ। यहाँ पनि बाबा सम्झाउनुहुन्छ– कसैले दुई
पैसा दिए भने पनि उनीहरूलाई त्यसको प्रतिफल २१ जन्मको लागि धेरै मिल्छ। पहिला जति
तिमीले दानपुण्य गर्थ्यौ, त्यसको प्रतिफल अर्को जन्ममा मिल्थ्यो। अब त २१ जन्मको
लागि प्रतिफल मिल्छ। पहिला साधुसन्त आदिलाई दिन्थ्यौ। अब त तिमीलाई थाहा छ– यो सबै
खतम हुनुछ। अब म सम्मुख आएको छु, त्यसैले यो कार्यमा लगाऊ। त्यसपछि तिमीलाई २१
जन्मको लागि वर्सा मिल्छ। पहिला तिमीले इन्डाइरेक्ट दिन्थ्यौ, यो हो डाइरेक्ट। बाँकी
तिम्रो त सबै खतम हुनेछ। बाबा भनिरहनुहुन्छ– पैसा छ भने सेन्टर खोल्दै जाऊ। सन्देश
लेखिदेऊ– सच्चा गीता पाठशाला। भगवानुवाच– मामेकम् याद गर र वर्सालाई याद गर। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) बाबासमान महिमायोग्य बन्नको लागि फलो फादर गर्नुछ।
२) यो अन्तिम जन्म
हो, अब घर जानुछ, त्यसैले खुसीमा भित्रभित्रै नगारा बजिरहोस्। कर्मभोगलाई कर्मयोगले
अर्थात् बाबाको यादले खुसीखुसीसँग चुक्ता गर्नुछ।
वरदान:–
बालक सो
मालिकपनको स्मृतिले सर्व खजानाका अधिकारी , प्राप्ति सम्पन्न भव
हामी बाबाका सर्व
खजानाका बालक सो मालिक हौँ, नेचुरल योगी, नेचुरल स्वराज्य अधिकारी हौँ। यो स्मृतिले
सर्व प्राप्ति सम्पन्न बन। यही गीत सदा गाइराख “जे पाउनु थियो त्यो पाएँ।”
हरायो-पायो, हरायो-पायो यो खेल नगर। पाइरहेको छु, पाइरहेको छु– यो अधिकारीको बोली
होइन। जो सम्पन्न बाबाका बालक, सागरका बच्चाहरू छन्, उनीहरूले नोकरले जस्तै मेहनत
गर्न सक्दैनन्।
स्लोगन:–
योगबलद्वारा
कर्मभोगमाथि विजय प्राप्त गर्नु– यही श्रेष्ठ पुरुषार्थ हो।
अव्यक्त इसारा:– “
निश्चयको फाउण्डेसन लाई मजबुत बनाएर सदा निर्भय र निश्चिन्त बन ”
सबैभन्दा पहिला
स्वयंमा पूरा फेथ (विश्वास) चाहिन्छ, फेरि बापदादा र सर्व परिवारका आत्माहरूमा
फेथफुल (विश्वासिलो) हुनुपर्छ। जति फेथफुल बनेर, निश्चयबुद्धि भएर कुनै कर्तव्य
गर्छौ, त्यसरी फेथफुल भएपछि सक्सेसफुल हुनेछौ। फेथफुल भएपछि हर कर्तव्य, हर सङ्कल्प,
हर बोली पावरफुल हुनेछ।