13.04.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– अहिले तिमी यस्तो दुनियाँ को मालिक बन्छौ जहाँ कुनै हद हुँदैन , योगबलद्वारा सारा विश्वको राज ्य भाग्य लिनु – यो पनि आश्चर्य हो।”

प्रश्न:–
बाबा पनि ड्रामाको कुन बन्धनमा बाँधिनुभएको छ?

उत्तर:–
बाबा भन्नुहुन्छ– म तिमी बच्चाहरूको सम्मुख आउनैपर्छ, म यो बन्धनमा बाँधिएको छु। म नआउँदासम्म अल्झिएको धागो सुल्झाउन सकिँदैन। बाँकी मैले तिमीहरूमाथि कुनै कृपा गर्न वा आशीर्वाद दिन आउँदिन। मैले कुनै मरेकोलाई बिउँताउन्न। म त आउँछु, तिमीलाई पतितबाट पावन बनाउन।

गीत:–
तुम्हें पाके हमने...

ओम् शान्ति ।
गीतका शब्द सुनेर तिमी बच्चाहरू रोमान्चित हुनुपर्छ किनकि बाबाका सम्मुख बसेका छौ। हुन त सारा दुनियाँमा जति पनि विद्वान, पण्डित, आचार्य छन्, कुनै पनि मनुष्य मात्रलाई यो थाहा छैन– बेहदका बाबा हर ५००० वर्षपछि आउनुहुन्छ। तिमी बच्चाहरूले मात्र जान्दछौ। बच्चाहरूले पनि भन्छन्, म जस्तो छु, त्यस्तै छु, हजुरको हुँ। बाबाले पनि त्यस्तै भन्नुहुन्छ– जस्ता छौ त्यस्तै छौ– मेरा बच्चाहरू हौ। तिमीलाई पनि थाहा छ उहाँ सबै आत्माहरूका पिता हुनुहुन्छ। सबैले पुकार्छन्। बाबा सम्झाउनुहुन्छ– हेर रावणको कति छाया छ। एक जनाले पनि बुझ्न सक्दैनन्, जसलाई हामीले परमपिता परमात्मा भन्छौँ, फेरि पिता भन्दा खुसी किन हुँदैनन्, यो बिर्सेका छन्। उहाँ बाबाले नै हामीलाई वर्सा दिनुहुन्छ। बाबा स्वयंले नै सम्झाउनुहुन्छ, यो यति सहज कुरा पनि कसैले बुझ्न सक्दैनन्। बाबा सम्झाउनुहुन्छ– यो त उहाँ नै हुनुहुन्छ, जसलाई सारा दुनियाँले पुकार्छ– ओ खुदा, हे राम... यसरी पुकार्दा पुकार्दै प्राण छोडिदिन्छन्। यहाँ उहाँ बाबाले तिमीलाई पढाउनुहुन्छ। तिम्रो बुद्धि अब त्यहाँ गएको छ। बाबा आउनुभएको छ– कल्प पहिलाजस्तै। कल्प कल्प बाबा आएर पतितबाट पावन बनाएर दुर्गतिबाट सद्गतिमा लैजानुहुन्छ। गाउँछन् पनि सर्वका पतितपावन बाबा। अहिले तिमी बच्चाहरू उहाँको सम्मुख बसेका छौ। तिमी अति प्रिय बच्चाहरू हौ। यहाँकै कुरा हो। बाबाले पनि यहाँ नै जन्म लिनुहुन्छ। बाबा भन्नुहुन्छ– मैले यहीँ भारतवर्षमा जन्म लिन्छु त्यसैले अवश्य तिमी यहीँका बच्चाहरू प्रिय लाग्छ। याद पनि सबैले उहाँलाई गर्छन्, जो जुन धर्मका छन् उनीहरूले आफ्नो धर्म स्थापकलाई याद गर्छन्। यहाँका कसैलाई पनि थाहा छैन, हामी आदि सनातन धर्मका थियौँ। बाबा सम्झाउनुहुन्छ– भारतवर्ष नै प्राचीन स्थान हो, अनि भनिदिन्छन्– कसले भन्छ, भारतवर्ष मात्र थियो। अनेकौँ कुरा सुन्छन्। कसैले के भन्छन्, कसैले के भन्छन्। कोहीले भन्छन्– कसले भन्छ, गीता शिव परमात्माले नै उच्चारण गर्नुभएको हो। श्रीकृष्ण पनि त परमात्मा थिए, उनले उच्चारण गरेका हुन्। परमात्मा सर्वव्यापी हुनुहुन्छ। सारा खेल उहाँकै हो। यी सबै भगवानका रूप हुन्। भगवान स्वयंले नै अनेक रूप धारण गरेर लीला गर्नुहुन्छ। भगवानले जे चाहनुहुन्छ त्यो गर्न सक्नुहुन्छ। अहिले तिमी बच्चाहरूलाई थाहा छ, माया पनि कति बलवान छ। आज भन्छन्– बाबा हामी वर्सा अवश्य लिन्छौँ, नरबाट नारायण बन्छौँ। भोलि हुँदैनन्। तिमीलाई पनि थाहा छ, कति गए, छोडेर गए। मम्मालाई मोटरमा घुमाउँने गर्थे। ती आज छैनन्। यस्ता राम्रा राम्रा पनि मायाको सङ्गमा आएर यसरी गिर्छन् जो एकदम तल गिर्छन्। जसले कल्प पहिला बुझेका छन् उनीहरूले नै बुझ्नेछन्। आजकाल दुनियाँमा के भइरहेको छ र तिमी बच्चाहरूले आफैलाई हेर तिमीहरू के बनेका छौ! गीत सुन्यौ नि। भन्छन्, हामी यस्तो वर्सा लिनेछौँ जसबाट हामी सारा विश्वको मालिक बन्छौँ। त्यहाँ कुनै हदको कुरा नै हुँदैन। यहाँ हद तोकिएको छ। भन्छन्, हाम्रो आकाशमा तिम्रो हवाइजहाज आयो भने गोली ठोकिदिन्छौँ। त्यहाँ त कुनै हदको कुरा नै हुँदैन। यस्ता गीत पनि गाउँछन् तर अर्थ कहाँ बुझ्छन् र! तिमीलाई त थाहा छ– अवश्य बाबाबाट फेरि हामी विश्वको मालिक बनिरहेका छौँ। अनेकपटक यो ८४ को चक्कर लगाएका छौँ। केही समय दुःख पायौँ, सुख त धेरै हुन्छ त्यसैले बाबा भन्नुहुन्छ– मैले तिमी बच्चाहरूलाई अपार सुख दिन्छु। अब मायाबाट हार नखाऊ। बाबाका बच्चाहरू धेरै छन्। सबै एकैनासका सपुत हुन सक्दैनन्। कसैका ५-७ बच्चाहरू हुन्छन्– उनीहरूमा एक दुई कपुत रहेछन् भने दिमाग नै खलबल्याइदिन्छन्। लाखौँ करोडौं रुपैयाँ उडाइदिन्छन्। पिता एकदम धर्मात्मा, बच्चा बिल्कुलै शून्य खातामा। बाबाले यस्ता धेरै उदाहरण देख्नुभएको छ।

तिमी बच्चाहरूलाई थाहा छ, सारा दुनियाँ उहाँ बेहदका बाबाका बच्चाहरू हुन्। बाबा भन्नुहुन्छ– मेरो जन्मस्थान यो भातवर्ष नै हो। हरेकले आफ्नो धरतीको सम्मान गर्छ। अरू कुनै ठाउँमा शरीर छोडे भने फेरि उनीहरूलाई आफ्नो गाउँमा ल्याउँछन्। बाबा पनि यहाँ नै आउनुहुन्छ। तिमी बच्चाहरूलाई फेरि बेहदको वर्सा दिनुहुन्छ। तिमी बच्चाहरूले भन्नेछौ– हामी फेरि देवता विश्वको मालिक बनिरहेका छौँ। हामी मालिक थियौँ, अहिले त के हालत भएको छ। कहाँबाट कहाँ आइपुगेका छौँ। ८४ जन्म भोग्दा भोग्दा यो हालत भएको छ। ड्रामालाई त बुझ्नुछ नि। यसलाई भनिन्छ हार र जितको खेल। यो खेल यहाँकै हो, यसमा तिम्रो पार्ट छ। यो ड्रामामा तिमी ब्राह्मणहरूको सबैभन्दा उच्चभन्दा उच्च पार्ट छ। तिमी सारा विश्वका मालिक बन्छौ, धेरै सुख भोग्छौ। तिमीले जति सुख अरू कसैले भोग्न सक्दैनन्। नाम नै हो स्वर्ग। यो हो नर्क। यहाँको सुख काग विष्टासमान छ। आज लखपति छ, अर्को जन्ममा के बन्नेछ? कहाँ केही थाहा छ र! यो हो नै पाप आत्माहरूको दुनियाँ। सत्ययुग हो पुण्य आत्माहरूको दुनियाँ। तिमी पुण्य आत्मा बनिरहेका छौ, त्यसैले कहिल्यै पनि पाप गर्नुहुँदैन। सदा बाबाले देखाएको सिधा बाटोमा हिँड्नुपर्छ। बाबा भन्नुहुन्छ– द्वापरदेखि लिएर धर्मराज सदैव मेरै साथमा रहन्छन्। सत्ययुग त्रेतामा मेरो साथमा धर्मराज रहँदैनन्। द्वापरदेखि तिमीले मेरो लागि दानपुण्य गर्दै आएका छौ। ईश्वर अर्पण भन्छौ नि। गीतामा श्रीकृष्णको नाम राखिदिनाले लेखिदिएका छन्– श्रीकृष्ण अर्पणम्। प्रतिफल दिने त एक बाबा मात्रै हुनुहुन्छ त्यसैले श्रीकृष्ण अर्पणम् भन्नु गलत हो। ईश्वर अर्पण भन्नु ठीक हो। श्रीगणेश अर्पण भनेर केही पनि मिल्दैन। फेरि पनि सबैलाई केही न केही भावनाको फल दिँदै आएको छु। मलाई त कसैले चिन्दैनन्। अहिले तिमी बच्चाहरूले मात्र जान्दछौ– हामीले सबै थोक शिवबाबालाई समर्पण गरिरहेका छौँ। बाबा पनि भन्नुहुन्छ– म आएको छु तिमीलाई २१ जन्मको वर्सा दिन। अहिले छ नै गिरतीकला। रावण राज्यमा जति पनि दान पुण्य आदि गर्छन्, त्यो पाप आत्माहरूलाई नै दिन्छन्। कला गिर्दै जान्छन्। केही मिले पनि त्यो पनि अल्पकालको लागि। अहिले त तिमीलाई २१ जन्मको लागि मिल्छ। त्यसलाई भनिन्छ रामराज्य। यस्तो भनिँदैन– त्यहाँ ईश्वरको राज्य छ। राज्य त देवीदेवताहरूको हुन्छ। बाबा भन्नुहुन्छ– मैले राज्य गर्दिनँ। जुन तिम्रो आदि सनातन देवीदेवता धर्म थियो, त्यो अहिले प्रायः लोप भएको छ। त्यो अहिले फेरि स्थापना भइरहेको छ। बाबा त कल्याणकारी हुनुहुन्छ नै, उहाँलाई भनिन्छ सच्चा बाबा। तिमीलाई आफ्नो र रचनाको आदि-मध्य-अन्त्यको सत्य ज्ञान दिइरहनुभएको छ। बाबाले तिमीलाई बेहदको इतिहास भूगोल सुनाउनुहुन्छ। यो कमाइ कति जबरजस्त छ। तिमी चक्रवर्ती राजा बन्छौ। उनीहरूले फेरि त्यो हिंसाको चक्र देखाइदिएका छन्। वास्तवमा यो हो ज्ञानको चक्र। तर यो ज्ञान त प्रायः लोप हुन्छ। तिम्रा यी मुख्य चित्र हुन्। एकातिर त्रिमूर्ति, अर्कातिर वृक्ष र चक्र। बाबा सम्झाउनुहुन्छ– शास्त्रहरूमा त कल्पको अवधि लाखौँ वर्ष लेखिदिएका छन्। सारा धागो नै अल्झिएको छ। बाबाबाहेक अरू कसैबाट धागो सुल्झाउन सकिँदैन। बाबा स्वयं सम्मुख आउनुभएको छ। भन्नुहुन्छ– मलाई ड्रामा अनुसार आउनैपर्छ। म यस ड्रामामा बाँधिएको छु। म आउँदै नआऊँ भन्ने हुन सक्दैन। आएर मरेकोलाई जीवित बिउँताइदिन्छु वा कसैलाई बिमारीबाट छुटाउँछु भन्ने पनि होइन। धेरै बच्चाहरूले भन्छन्– बाबा हामीमाथि कृपा गर्नुहोस्! तर यहाँ कृपा आदिको कुरा बिल्कुलै छैन। हजुरले आशीर्वाद दिनुहोस्, हामीलाई कुनै घाटा नहोस् भनेर तिमीले मलाई कहाँ बोलाएका हौ र! तिमीले बोलाउँछौ नै– हे पतितपावन आउनुहोस्! दुःखहर्ता सुखकर्ता आउनुहोस्! शरीरको दुःखहर्ता त डाक्टरहरू पनि हुन्छन्। म कुनै यसकारण आउँछु र! तिमीले भन्छौ– नयाँ दुनियाँ स्वर्गको मालिक बनाउनुहोस् वा शान्ति दिनुहोस्! आएर हामीलाई बिमारीबाट निको पार्नुहोस् भनेर भन्दैनौ। सदाको लागि शान्ति वा मुक्ति त मिल्न सक्दैन, पार्ट त खेल्नैपर्छ। जति पछि आउँछन्, उनीहरूलाई कति शान्ति मिल्छ। अहिलेसम्म आइरहन्छन्। यति समय त शान्तिधाममा रहे नि। ड्रामा अनुसार जसको पार्ट छ, उनै आउनेछन्। पार्ट परिवर्तन गर्न सकिँदैन। बाबा सम्झाउनुहुन्छ– शान्तिधाममा त धेरै धेरै आत्माहरू रहन्छन्, जो अन्त्यसम्म आउँछन्। ड्रामा यस्तै बनेको छ। पछाडिकालाई अन्त्यमा नै आउनुछ। यो वृक्ष बनेको छ। यी चित्र आदि जुन बनाइएका छन्, ती सबै तिमीले बुझाउनुछ। अरू चित्र पनि निस्किरहनेछन्, कल्प पहिलाजस्तै नै निस्कनेछन्। ८४ को विस्तार वृक्षमा पनि छ। ड्रामा चक्रमा पनि छ। अहिले फेरि सिँढी निकालिएको छ। मानिसहरूले त केही पनि जान्दैनन्। बिल्कुलै बुद्धुजस्तै छन्। अब तिमी बच्चाहरूको बुद्धिमा छ– परमपिता परमात्मा जो ज्ञानको सागर, शान्तिको सागर हुनुहुन्छ, उहाँले हामीलाई यस तनद्वारा पढाइरहनुभएको छ। बाबा भन्नुहुन्छ– म आउँछु नै त्यसमा जो पहिला सुरुमा विश्वको मालिक थिए। तिमीलाई पनि थाहा छ– अवश्य हामी पनि ब्रह्माद्वारा ब्राह्मण बन्छौँ। गीतामा त यी कुराहरू छैनन्। बाबा भन्नुहुन्छ– यिनले स्वयं नै नारायणको पूजा गर्थे, ट्रेनमा पनि यात्रा गर्दा गीता पढ्थे। मानिसहरूले सम्झन्थे, यिनी त बडो धर्मात्मा हुन्। अहिले ती सबै कुरा बिर्सिंदै गएका छन्। फेरि पनि यिनले गीता आदि पढेका छन् नि। बाबा भन्नुहुन्छ– मैले यो सबै जान्दछु। अब तिमीले यो विचार गर– हामी कसको सामुन्ने बसेका छौँ, जसबाट विश्वको मालिक बन्छौँ, फेरि उहाँलाई घरी घरी किन बिर्सन्छौँ? बाबा भन्नुहुन्छ– मैले तिमीलाई १६ घण्टा स्वतन्त्रता दिन्छु, बाँकी आफ्नो सेवा गर। आफ्नो सेवा गर्छौ अर्थात् विश्वको सेवा गर्छौ। यति पुरुषार्थ गर जसबाट कर्म गर्दा कम्तीमा ८ घण्टा बाबालाई याद गर। अहिले सारा दिनमा ८ घण्टा याद गर्न सक्दैनौ। त्यो अवस्था भइसकेपछि सम्झन्छु– यिनले धेरै सेवा गर्छन्। यस्तो नसम्झ– हामीले धेरै सेवा गर्छौं। भाषण धेरै फस्टक्लास गर्छन् तर योग बिल्कुल हुँदैन। योगको यात्रा नै मुख्य हो।

बाबा भन्नुहुन्छ– शिरमा विकर्महरूको धेरै बोझ छ त्यसैले सबेरै उठेर बाबालाई याद गर। सबेरै २ देखि ५ बजेसम्म वायुमण्डल फस्टक्लास हुन्छ। आत्मा रातमा आत्म अभिमानी बन्छ, जसलाई निद्रा भनिन्छ त्यसैले बाबा भन्नुहुन्छ– जति हुनसक्छ बाबालाई याद गर। अब बाबा भन्नुहुन्छ– मनमनाभव। यो हो चढ्तीकलाको मन्त्र। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको यादप्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) एक बाबासँग सिधा र सच्चा भएर चल्नुछ। कल्याणकारी बाबाका बच्चा हौँ त्यसैले सर्वको कल्याण गर्नुछ। सपुत बन्नुछ।

२) कर्म गर्दा पनि कम्तीमा ८ घण्टा यादमा अवश्य रहनुछ। याद नै मुख्य हो– यसबाट नै विकर्महरूको बोझ उतार्नुछ।

वरदान:–
दाता बनेर ह र पल , हर सङ्कल्प मा दान दिने उदारचि त्त , महादानी भव

तिमी दाताका बच्चा लिने मात्र होइनौ तर दिने दाता पनि हौ। हर पल हर सङ्कल्पमा दिनुछ, यस्तो दाता बनेर दिन थालेपछि भनिन्छ उदारचित्त, महादानी। यस्तो महादानी बनेपछि महान् शक्तिको प्राप्ति स्वतः हुनेछ। तर दिनको लागि स्वयंको भण्डारा भरपुर हुनुपर्छ। जे लिनु थियो त्यो सबै थोक लियौ, बाँकी रह्यो दिन। त्यसैले दिँदै जाऊ, दिएमा अझै भण्डारा भरिँदै जानेछ।

स्लोगन:–
हरेक विषयमा पूर्णाङ्क प्राप्त गर्नुछ भने गम्भीरताको गुण धारण गर।

अव्यक्त इसारा:– महान् बन्नको लागि मधुरता र नम्रताको गुण धारण गर

नम्रचित्त आत्मा सहजै सुखदाता बन्न सक्छ तर अभिमानले नम्रचित्त बन्न दिँदैन। नम्रचित्त छैन भने सेवा हुन सक्दैन। सेवाधारीको विशेषता सदा नम्रचित्त, स्वयं झुकेको हुन्छ, उसले अरूलाई झुकाउन सक्छ। जति नम्रचित्त हुन्छौ त्यति निर्माण वा सिर्जना गर्छौ। जहाँ निर्मानता हुन्छ त्यहाँ रोव हुँदैन, रुहानियत हुन्छ। जसरी बाबा कति नम्रचित्त बनेर आउनुहुन्छ, त्यसैगरी फलो फादर।

सूचना : – भोलि नयाँ साल २०८३ शुभारम्भ