13.05.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बाबा
बाट तिमीलाई ज ुन सृष्टिको आदि-मध्य- अन्त्य को ज्ञान मिलेको छ , यसलाई तिमीले
बुद्धिमा राख् यौ भने तिमी स्वदर्शन चक्रधारी ह ौ ।”
प्रश्न:–
रुहलाई पावन
बनाउनको लागि रुहानी बाबाले कुन इन्जेक्सन लगाउनुहुन्छ?
उत्तर:–
मनमनाभव। यो
इन्जेक्सन रुहानी बाबाबाहेक अरू कसैले लगाउन सक्दैन। बाबा भन्नुहुन्छ– प्यारा
बच्चाहरू! तिमीले मलाई याद गर। बस्। यादबाट नै आत्मा पावन बन्छ। यसमा संस्कृत आदि
पढ्न पनि आवश्यकता छैन। बाबाले त हिन्दीमा सिधा शब्दमा सुनाउनुहुन्छ। रुहानी बाबाले
हामीलाई पावन बन्ने युक्ति बताइरहनुभएको छ भन्ने रुह वा आत्मालाई निश्चय भइसकेपछि
रुहले विकारलाई छोड्दै जान्छ।
ओम् शान्ति ।
ओम् शान्तिको
अर्थ त बच्चाहरूलाई सम्झाइएको छ। आत्माले आफ्नो परिचय दिन्छ। मेरो स्वरूप शान्त छ र
मेरो वासस्थान शान्तिधाम हो, जसलाई परमधाम, निर्वाणधाम पनि भनिन्छ। बाबाले पनि
भन्नुहुन्छ– देह अभिमान छोडेर देहीअभिमानी बन, बाबालाई याद गर। उहाँ पतित-पावन
हुनुहुन्छ। यो कसैलाई पनि थाहा छैन– हामी आत्मा हौँ। यहाँ पार्ट खेल्न आएका छौँ। अब
ड्रामा पूरा हुन्छ, फर्केर जानुछ, त्यसैले बाबा भन्नुहुन्छ– मलाई याद गरेमा तिम्रा
विकर्म विनाश हुन्छन्। यसलाई नै संस्कृतमा भन्छन्– मनमनाभव। बाबाले कुनै संस्कृतमा
भन्नुभएको छैन। बाबाले त यही हिन्दी भाषामा सम्झाउनुहुन्छ। जसरी भारत सरकारले भन्छ–
भाषा एउटै हिन्दी हुनुपर्छ। बाबाले पनि वास्तवमा हिन्दीमा नै सम्झाउनुभएको छ। तर यस
समयमा अनेक धर्म, मठ, पन्थ भएका कारण भाषाहरू पनि अनेक प्रकारका बनाइदिएका छन्।
सत्ययुगमा यति भाषाहरू हुँदैनन्, जति यहाँ छन्। गुजरातमा बस्नेहरूको भाषा अलग्गै छ।
जो जुन गाउँमा बस्छन्, उनीहरूले त्यहाँको भाषा जान्दछन्। अनेक मानिसहरू छन्, अनेक
भाषाहरू छन्। सत्ययुगमा त एउटै धर्म, एउटै भाषा थियो। अहिले तिमी बच्चाहरूको
बुद्धिमा सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान छ, यो ज्ञान कुनै शास्त्रमा छैन। यस्तो
कुनै शास्त्र छैन जसमा यो ज्ञान छ। यसरी न कल्पको अवधि नै लेखिएको छ, न कसैलाई थाहा
छ। सृष्टि त एउटै हो। सृष्टिको चक्र घुमिरहन्छ। नयाँबाट पुरानो, पुरानोबाट फेरि नयाँ
हुन्छ, यसलाई नै भनिन्छ– स्वदर्शन चक्र। जसलाई यस चक्रको ज्ञान छ, उसलाई स्वदर्शन
चक्रधारी भनिन्छ। आत्मामा ज्ञान हुन्छ– यो सृष्टि चक्र कसरी घुम्छ, उनीहरूले फेरि
श्रीकृष्णलाई, विष्णुलाई स्वदर्शन चक्र दिन्छन्। अब बाबा सम्झाउनुहुन्छ– उनीहरूलाई
त ज्ञान थिएन। सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान बाबाले नै दिनुहुन्छ। यो हो
स्वदर्शन चक्र। बाँकी कुनै हिंसाको कुरा छैन, जसलेगर्दा घाँटी काटिन्छ। यो कुरा सबै
झुटो लेखिदिएका छन्। यो ज्ञान बाबाबाहेक अरू कुनै मनुष्य मात्रले दिन सक्दैनन्।
ब्रह्मा-विष्णु-शङ्करलाई पनि देवता भनिन्छ भने मनुष्यलाई कहिल्यै भगवान् भन्न
सकिँदैन। जुन बाबाको महिमा छ, त्यो महिमा देवताहरूको पनि हुँदैन। बाबाले त राजयोग
सिकाइरहनुभएको छ। यस्तो भनिँदैन– बच्चाहरूको पनि त्यही महिमा हो, जुन बाबाको हुन्छ।
बच्चाहरूले फेरि पनि पुनर्जन्म लिन्छन्, बाबा त पुनर्जन्ममा आउनुहुन्न। बच्चाहरूले
बाबालाई याद गर्छन्। उच्चभन्दा उच्च भगवान् हुनुहुन्छ, उहाँ सदा पावन हुनुहुन्छ।
बच्चाहरू पावन बनेर फेरि पतित बन्छन्। बाबा त पावन नै हुनुहुन्छ। बच्चाहरूलाई बाबाको
वर्सा पनि अवश्य चाहिन्छ। एक त मुक्ति अर्को जीवनमुक्ति हुनुपर्छ। शान्तिधामलाई
मुक्ति, सुखधामलाई जीवनमुक्ति भनिन्छ। मुक्ति त सबैलाई मिल्छ। जसले पढ्छन्
उनीहरूलाई जीवनमुक्ति मिल्छ। भारतवर्षमा अवश्य जीवनमुक्ति थियो, बाँकी यतिका सबै
मुक्तिधाममा थिए। सत्ययुगमा केवल एउटै भारतखण्ड थियो। लक्ष्मीनारायणको राज्य थियो।
बाबाले सम्झाउनुभएको छ– लक्ष्मीनारायणको मन्दिर सबैभन्दा धेरै बनाउँछन्। बिडला आदिले
जुन मन्दिर बनाउँछन्, उनीहरूलाई यो थाहा छैन– लक्ष्मीनारायणलाई यो बादसाही कहाँबाट
मिल्यो, उनीहरूले कति समय राज्य गरे। फेरि उनीहरू कहाँ गए, केही पनि जान्दैनन्।
त्यसैले यो त पुतलीको पूजाजस्तै भयो नि, यसलाई भनिन्छ– भक्ति। आफै पूज्य फेरि आफै
पुजारी। पूज्य र पुजारीमा धेरै फरक छ, त्यसको पनि अर्थ हुन्छ नि। पतित उनीहरूलाई
भनिन्छ– जो विकारी छन्। क्रोधीलाई पतित भनिँदैन, जो विकारमा जान्छन् उनीहरूलाई पतित
भनिन्छ। यस समयमा तिमीलाई ज्ञान अमृत मिल्छ। ज्ञानको सागर एक बाबा मात्रै हुनुहुन्छ।
बाबाले सम्झाउनुभएको छ– यो भारतवर्ष नै सतोप्रधान उच्चभन्दा उच्च थियो, अहिले
तमोप्रधान छ, यो कुरा तिम्रो बुद्धिमा छ। यहाँ त कुनै राजधानी छैन। यो हो नै प्रजाको
प्रजामाथि राज्य। सत्ययुगमा धेरै कम देवताहरू हुन्छन्, अहिले त कति धेरै मानिसहरू
छन्। विनाशको तयारी पनि भएको छ। दिल्ली परिस्तान त बन्नु नै छ। तर यो कुरा कसैलाई
थाहा छैन। मानिसहरूले त सम्झन्छन्– यो न्यु दिल्ली हो। यस पुरानो दुनियाँलाई
परिवर्तन गर्ने को हुनुहुन्छ! यो कुरा कसैलाई थाहा छैन। कुनै शास्त्रमा पनि छैन।
सम्झाउने एउटै बाबा हुनुहुन्छ।
अहिले तिमी बच्चाहरूले
नयाँ दुनियाँको लागि तयारी गरिरहेका छौ। कौडीबाट हीरासमान बनिरहेका छौ। भारतवर्ष कति
सम्पन्न थियो, त्यतिबेला अर्को कुनै धर्म थिएन। अहिले त अनेक धर्म छन्। अब रहमदिल
बाबालाई याद गर्छन्। भारतवर्ष सुखधाम थियो, यो कुरा भुलेका छन्। अहिले त भारतवर्षको
के हाल छ। नत्र भारतवर्ष स्वर्ग थियो। बाबाको जन्म स्थान हो नि। त्यसैले ड्रामा
अनुसार उहाँलाई दया आउँछ। भारतखण्ड त प्राचीन खण्ड हो। भन्छन् पनि अवश्य
क्राइस्टभन्दा ३ हजार वर्ष पहिला भारतवर्ष स्वर्ग थियो त्यहाँ अरू कुनै धर्म थिएन।
अहिले यो भारतवर्ष बिल्कुल खतम भएको छ। भन्न त भन्छन्– भारतखण्ड हाम्रो स्थान
सबैभन्दा उच्च थियो। नाम नै थियो हेभिन, स्वर्ग। भारतवर्षको महिमाको पनि कसैलाई थाहा
छैन। बाबाले नै आएर भारतवर्षको कहानी सम्झाउनुहुन्छ। भारतवर्षको कहानी अर्थात्
दुनियाँको कहानी, यसलाई सत्यनारायणको कथा भनिन्छ। बाबा नै बसेर सम्झाउनुहुन्छ– पूरा
५ हजार वर्ष पहिला भारतवर्षमा लक्ष्मीनारायणको राज्य थियो, जसका चित्र पनि छन्। तर
तिनीहरूलाई यो राज्य कसरी मिल्यो? यहाँ सत्ययुग पहिला के थियो? सङ्गमयुगभन्दा पहिला
के थियो? कलियुग। यो हो सङ्गमयुग, जसमा बाबालाई आउनुपर्छ किनकि बाबा भन्नुहुन्छ,
पुरानो दुनियाँलाई नयाँ बनाउन पर्ने भएपछि नै पतित दुनियाँलाई पावन बनाउन मलाई
आउनुपर्छ। मेरो लागि फेरि सर्वव्यापी र युग युगमा आउनुहुन्छ भनिदिएका छन् त्यसैले
मानिसहरू नै अलमलिएका छन्। सङ्गमयुगलाई केवल तिमीले जान्दछौ। तिमी को हौ– बोर्डमा
लेखिएको छ– प्रजापिता ब्रह्माकुमार कुमारी। ब्रह्माको पिता को हुनुहुन्छ? उच्चभन्दा
उच्च शिव। त्यसपछी हुन्छन् ब्रह्मा फेरि ब्रह्माद्वारा रचना हुन्छ। प्रजापिता त
अवश्य ब्रह्मालाई नै भनिन्छ। शिवलाई प्रजापिता भनिँदैन। शिव सबै आत्माहरूका निराकार
पिता हुनुहुन्छ। फेरि यहाँ आएर प्रजापिता ब्रह्माद्वारा एडप्ट गर्नुहुन्छ। बाबा
सम्झाउनुहुन्छ– मैले यिनमा प्रवेश गरेको छु। यिनैद्वारा तिमी मुखवंशावली ब्राह्मण
बनेका छौ। ब्रह्माद्वारा नै तिमीलाई ब्राह्मण बनाएर फेरि देवता बनाउँछु। अहिले तिमी
ब्रह्माका बच्चा बनेका छौ। ब्रह्मा कसका बच्चा हुन्? ब्रह्माको पिताको कुनै नाम छ?
उहाँ निराकार शिवबाबा हुनुहुन्छ। उहाँ आएर यिनमा प्रवेश गरेर एडप्ट गर्नुहुन्छ,
मुखवंशावली बनाउनुहुन्छ। बाबा भन्नुहुन्छ– म यिनको धेरै जन्महरूको अन्त्यमा प्रवेश
गर्छु। यिनी मेरा बन्छन्, संन्यास धारण गर्छन्। केको संन्यास गर्छन्? ५ विकारहरूको।
यहाँ घरबार छोड्ने आवश्यकता छैन। गृहस्थ व्यवहारमा रहेर पवित्र रहनुछ। म एकलाई याद
गरेमा तिम्रा विकर्म विनाश हुन्छन् यही योग हो, जसबाट खाद निस्कन्छ र तिमी
सतोप्रधान बन्छौ। भक्तिमा त जतिसुकै गङ्गा स्नान गरे पनि, जपतप आदि गरे पनि तल
अवश्य ओर्लनु नै छ। सतोप्रधान थियौ, अब तमोप्रधान छौ फेरि सतोप्रधान कसरी बन्छौ?
त्यो बाटो बाबाबाहेक अरू कसैले देखाउन सक्दैन। बाबाले त बिल्कुलै सहज रीतिले
बताउनुहुन्छ– म एकलाई याद गर। उहाँले आत्माहरूसँग कुरा गर्नुहुन्छ। कुनै गुजराती वा
सिन्धीहरूसँग कुरा गर्नुहुन्न, यो हो नै रुहानी ज्ञान। शास्त्रहरूमा छ जिस्मानी
ज्ञान। रुहलाई नै ज्ञान चाहिन्छ, रुह नै पतित बनेको छ, उसलाई नै रुहानी इन्जेक्सन
दिनुपर्छ। बाबालाई भनिन्छ– रुहानी अविनाशी सर्जन। उहाँ आएर आफ्नो परिचय दिनुहुन्छ–
म तिम्रो रुहानी सर्जन हुँ। तिम्रो आत्मा पतित भएका हुनाले शरीर पनि रोगी भएको छ।
यस समयमा यहाँका मानिसहरू तथा सारा दुनियाँ नर्कवासी छन्, फेरि स्वर्गवासी कसरी
बन्न सक्छन्, त्यो कुरा बाबाले सम्झाउनुहुन्छ। बाबा भन्नुहुन्छ– म नै आएर सबै
बच्चाहरूलाई स्वर्गवासी बनाउँछु। तिमीले पनि बुझेका छौ– अवश्य हामी नर्कवासी थियौँ।
कलियुगलाई नर्क भनिन्छ। अब नर्कको पनि अन्त्य हुन्छ। यहाँका मानिसहरू यस समयमा रौरव
नर्कमा परेका छन्, यसलाई स्वराज्य पनि भनिँदैन। लडाईँ झगडा गरिरहन्छन्। अब बाबाले
स्वर्गमा लैजान लायक बनाउनुहुन्छ, त्यसैले उहाँको कुरा मान्नुपर्छ। आफ्नै
धर्मशास्त्रलाई पनि जान्दैनन्, बाबालाई नै जान्दैनन्।
बाबा भन्नुहुन्छ– मैले
तिमीलाई पतितबाट पावन बनाएको थिएँ न कि श्रीकृष्णले। श्रीकृष्ण त नम्बरवन पावन थिए।
उनलाई भन्छन् पनि श्यामसुन्दर। श्रीकृष्णको आत्माले पुनर्जन्म लिँदालिँदा अब श्याम
बनेको छ। कामचितामा बसेर काला बनेका छन्। जगदम्बालाई काली किन देखाउँछन्? यो कसैलाई
थाहा छैन। जसरी श्रीकृष्णलाई कालो देखाइएको छ त्यसरी नै जगदम्बालाई पनि कालै
देखाउँछन्। अब तिमीहरू काला छौ फेरि सुन्दर बन्छौ। तिमीले सम्झाउन सक्छौ– भारतवर्ष
धेरै सुन्दर थियो। सुन्दरता हेर्नुछ भने अजमेर (सोनी द्वारिका) मा हेर। स्वर्गमा
सुन हीराका महल थिए। अहिले त ढुङ्गामाटोका छन्, सबै तमोप्रधान छन्। त्यसैले
बच्चाहरूलाई थाहा छ– शिवबाबा, ब्रह्मादादा दुवै सँगसँगै हुनुहुन्छ, त्यसैले भनिन्छ
बापदादा। वर्सा शिवबाबाबाट मिल्छ। दादाबाट भन्यौँ भने बाँकी शिवसँग के हुन्छ? वर्सा
शिवबाबाबाट मिल्छ, ब्रह्माद्वारा। ब्रह्माद्वारा विष्णुपुरीको स्थापना। अहिले त
रावण राज्य छ, तिमीबाहेक अरू सबै नर्कवासी छन्। तिमी अहिले सङ्गममा छौ। अहिले
पतितबाट पावन बनिरहेका छौ फेरि विश्वको मालिक बन्नेछौ। यो कुरा कुनै मानिसले
पढाउँदैनन्। तिमीलाई मुरली कसले सुनाउनुहुन्छ? शिवबाबाले। परमधामबाट आउनुहुन्छ,
पुरानो दुनियाँ, पुरानो शरीरमा। कसैलाई निश्चय भयो भने फेरि बाबासँग नभेटीकन रहन
सक्दैनन्। भन्छन्– पहिला बेहदका बाबालाई त मिलौँ, नभेटी रहन सक्दैनन्। भन्छन्–
बेहदका बाबा जसले स्वर्गको मालिक बनाउनुहुन्छ, हामीलाई तुरुन्त उहाँकहाँ लैजाऊ। देखौँ
त सही, शिवबाबाको रथ कुन रहेछ! ती मानिसहरूले पनि घोडालाई सिँगार्छन्। पगरी निसानी
बनाउँछन्। त्यो रथ थियो मुहम्मदको, जसले धर्म स्थापन गरे। यहाँका मानिसहरू फेरि
बयललाई तिलक लगाएर, मन्दिरमा राख्छन्। सम्झन्छन्– यसमा शिवको सवारी भयो। अब बयलमा त
न शिवको, न शङ्करको सवारी हुन्छ। केही पनि बुझ्दैनन्। शिव निराकार हुनुहुन्छ उहाँले
कसरी सवारी गर्नुहुन्छ। खुट्टा चाहिन्छ जसबाट बयलमा चढ्न सकिन्छ। यो हो अन्धश्रद्धा।
अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) बाबाबाट जुन ज्ञान अमृत मिल्छ, त्यो अमृत पिउनु र पिलाउनुछ। पुजारीबाट पूज्य
बन्नको लागि विकारहरूको त्याग गर्नुछ।
२) बाबा जसले स्वर्गमा
जान लायक बनाइरहनुभएको छ, उहाँको हरेक कुरा मान्नुछ, पूरा निश्चयबुद्धि बन्नुछ।
वरदान:–
अनुभवको विल
पावरद्वारा मायाको पावरको सामना गर्ने अनुभवीमूर्त भव
सबैभन्दा पावरफुल
स्टेज हो आफ्नो अनुभव। अनुभवी आत्माले आफ्नो अनुभवको विल पावर (इच्छाशक्ति) ले
मायाको कुनै पनि शक्तिको, सबै कुराको, सर्व समस्याहरूको सहजै सामना गर्न सक्छन् र
सबै आत्माहरूलाई सन्तुष्ट पनि पार्न सक्छन्। सामना गर्ने शक्तिले सर्वलाई सन्तुष्ट
पार्ने शक्ति अनुभवको इच्छा शक्तिले सहजै प्राप्त हुन्छ, त्यसैले हरेक खजानालाई
अनुभवमा ल्याएर अनुभवीमूर्त बन।
स्लोगन:–
एकअर्कालाई
हेर्नुको सट्टा स्वयंलाई हेर र परिवर्तन गर।
अव्यक्त इसारा:– सदा
अचल , अडोल , एकरस स्थितिको अनुभव गर
आफूलाई चेक गर–
तिमीलाई हर शक्तिको, हर प्राप्तिको, हर गुणको अनुभव छ? यदि अनुभवको अथोरिटी छौ भने
कुनै पनि परिस्थितिले अनुभवको अथोरिटीको अगाडि केही पनि प्रभाव पार्न सक्दैन।
अनुभवीमूर्त कहिल्यै पनि जुनसुकै पनि परिस्थितिमा अचल अडोल रहन्छन्। हलचलमा आउँदैनन्
किनकि सबैभन्दा ठुलोभन्दा ठुलो अथोरिटी अनुभव हो। जुन समयमा जुन शक्तिको आह्वान
गर्छौ, त्यो सेकेन्डमा सहयोगी बन्नेछ।