13.06.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– पहिला हरेकलाई यो मन्त्र पक्का गराऊ कि हामी आत्मा हौं , हामीले बाबालाई याद गर्नु पर्छ , यादबाट नै पाप काटिन्छ।”

प्रश्न:–
सच्चा सेवा के हो, जुन तिमीले अहिले गरिरहेका छौ?

उत्तर:–
दुनियाँ जुन पतित बनेको छ, यसलाई पावन बनाउनु– यही सच्चा सेवा हो। मानिसहरूले सोध्ने गर्छन्– तपाईंहरूले विश्वको के सेवा गर्नुहुन्छ? तिमीले उनलाई बताऊ– हामीले श्रीमत अनुसार विश्वको त्यो रुहानी सेवा गर्छौँ जसबाट विश्व डबल सिरताज बन्छ। विश्वमा जुन शान्ति, सम्पन्नता थियो त्यसको हामीले स्थापना गरिरहेका छौँ।

ओम् शान्ति ।
पहिला सुरुको मुख्य पाठ हो– प्यारा बच्चाहरू! आफूलाई आत्मा सम्झ अथवा मनमनाभव, यो हो संस्कृत शब्द। तिमी बच्चाहरूले सेवा गर्ने बेलामा सुरु सुरुमा त उनलाई बाबाको बारेमा पढाउनु पर्छ। कोही आए भने शिवबाबाको चित्रको अगाडि लैजानु पर्छ, अरू कुनै चित्रको अगाडि होइन। पहिला सुरुमा बाबाको चित्रको नजिक राखेर उनलाई भन्नु पर्छ– बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर म पितालाई याद गर। म तिम्रो परमपिता पनि हुँ, परम शिक्षक पनि हुँ, परम गुरु पनि हुँ। सबैलाई यो पाठ सिकाउनु पर्छ। सुरु नै यहाँबाट गर्नु छ। आफूलाई आत्मा सम्झनुहोस् र बाबालाई याद गर्नुहोस् किनकि तिमी जो पतित बनेका छौ फेरि पावन सतोप्रधान बन्नु छ। यस पाठमा सबै कुरा आइहाल्छ। सबैले यस्तो गर्दैनन्। सबै भन्दा पहिला शिवबाबाको चित्रमा नै लिएर जानुपर्छ। यहाँ बेहदको बाबा हुनुहुन्छ। बाबा भन्नुहुन्छ– म एकलाई याद गर। आफूलाई आत्मा सम्झेमा बेडा पार हुन्छ। याद गर्दा गर्दा पवित्र दुनियाँमा पुग्नेछौ। यो पाठ कम्तीमा ३ मिनेट त घरी घरी पक्का गर्नुपर्छ। बाबालाई याद गरेँ? बाबा, बाबा पनि हुनुहुन्छ, रचनाको रचयिता पनि हुनुहुन्छ। रचनाको आदि-मध्य-अन्त्यलाई जान्नुहुन्छ किनकि मनुष्य सृष्टिको बीजरूप हुनुहुन्छ। सबै भन्दा पहिला निश्चय गराउनु पर्छ। बाबालाई याद गर्नुहुन्छ? यो ज्ञान बाबाले नै दिनुहुन्छ। हामीले पनि बाबाबाट नै ज्ञान लिएका हौँ, जुन तपाईहरूलाई दिन्छौँ। सबै भन्दा पहिला यो मन्त्र पक्का गराउनु छ– आफूलाई आत्मा सम्झेर बाबालाई याद गरेमा सनाथ बन्नेछौँ। यसको बारेमा नै सम्झाउनु छ। जबसम्म यो कुरा बुझ्दैनन् तबसम्म कदम अगाडि बढाउनु नै छैन। यसरी बाबाको परिचयको बारेमा दुई चार चित्र हुनुपर्छ। यसको बारेमा राम्ररी सम्झाएपछि बुद्धिमा आउँछ– हामीले बाबाको याद गर्नु छ, उहाँ नै सर्वशक्तिमान हुनुहुन्छ, उहाँलाई याद गरियो भने पाप काटिनेछ। बाबाको महिमा त स्पष्ट छ। सबै भन्दा पहिला यो अवश्य सम्झाउनु पर्छ– आफूलाई आत्मा सम्झेर म एकलाई याद गर। देहका सबै सम्बन्धलाई बिर्स। म सिक्ख हुँ, फलाना हुँ.... यो सबै छोडेर एक बाबालाई याद गर्नु छ। सबै भन्दा पहिला यो मुख्य कुरा बसाऊ। उहाँ बाबा नै पवित्रता, सुख, शान्तिको वर्सादिनेवाला हुनुहुन्छ। बाबाले नै चरित्र सुधार्नु हुन्छ। त्यसैले बाबालाई विचार आयो– पहिलो पाठ यस प्रकार पक्का गर्दैनन्, जुन छ एकदम जरुरी। जति यो राम्रोसँग घोट्नेछौ, त्यति बुद्धिमा याद रहन्छ। बाबाको परिचयमा ठीक छ ५ मिनेट लागोस्, हट्नु छैन। धेरै रूचिले बाबाको महिमा सुन्नेछन्। यो बाबाको चित्र हो मुख्य। क्यु (लाइन) सारा यसै चित्रको अगाडि हुनुपर्छ। बाबाको सन्देश सबैलाई दिनु छ। फेरि हो रचनाको ज्ञान, यो चक्र कसरी घुम्छ। जसरी मसाला घोटेर एकदम महीन बनाइन्छ नि। तिमी ईश्वरीय मिसनका हौ, त्यसैले राम्रोसँग एक एक कुरा बुद्धिमा बसाउनु पर्छ किनकि बाबालाई नजानेका हुनाले सबै अनाथ बनेका छन्। परिचय दिनु छ– बाबा परमपिता, परम शिक्षक, परम गुरु हुनुहुन्छ। तीनवटै भनेपछि फेरि सर्वव्यापीको कुरा बुद्धिबाट निस्केर जान्छ। यो त पहिला बुद्धिमा बसाऊ। बाबालाई याद गर्नुपर्छ अनि मात्रै हामी पतितबाट पावन बन्न सक्नेछौँ। दैवीगुण धारण गर्नु छ। सतोप्रधान बन्नु छ। तिमीले उनलाई बाबाको याद दिलाउनेछौ। यसमा तिमी बच्चाहरूको पनि कल्याण छ। तिमी पनि मनमनाभव रहनेछौ।

तिमीले सन्देशवाहक बनेर बाबाको परिचय दिनुपर्छ। बाबा हाम्रो पिता पनि हुनुहुन्छ, शिक्षक र गुरु पनि हुनुहुन्छ भन्ने कुरा एक जनालाई पनि थाहा छैन। बाबाको परिचय सुनेपछि ती धेरै खुसी हुन्छन्। भगवानुवाच– म एकलाई याद गर्यौ भने तिम्रा पाप काटिन्छन्, यो पनि तिमीलाई थाहा छ। गीतासँग फेरि महाभारतको लडाइँको पनि सम्बन्ध देखाइएको छ। अब अरू कुनै लडाइँको त कुरा छैन। तिम्रो लडाइँ छ नै बाबालाई याद गर्नमा। पढाइ त अलग हो, बाँकी लडाइँ छ यादमा किनकि सबै छन् देह अभिमानी। अब बाबालाई याद गर्ने तिमी देहीअभिमानी बन्छौ। सबै भन्दा पहिला उहाँ पिता, शिक्षक, गुरु हुनुहुन्छ– यो कुरा पक्का निश्चय गराऊ। अब हामीले उहाँको कुरा सुनौँ कि तपाईहरूको सुनौँ? बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू, श्रेष्ठ बन्नको लागि अब तिमी पूरा पूरा श्रीमतमा चल्नुपर्छ। हामीले यही सेवा गर्छौँ। ईश्वरीय मतमा चलेमा तिम्रो विकर्म विनाश हुन्छ। बाबाको श्रीमत छ– म एकलाई याद गर। जुन सृष्टिको चक्र सम्झाइन्छ, यो पनि उहाँको मत हो। तिमी पनि पवित्र बन्छौ, बाबालाई याद गर्यौ भने बाबा भन्नुहुन्छ– मैले साथमा लिएर जाने छु। बाबा बेहदका रुहानी पण्डा पनि हुनुहुन्छ। उहाँलाई बोलाउँछन्– हे पतित-पावन, हामीलाई पावन बनाएर यस पतित दुनियाँबाट लिएर जानुहोस्! तिनीहरू हुन् जिस्मानी पण्डा, बाबा हुनुहुन्छ रुहानी पण्डा। शिवबाबाले हामीलाई पढाउनु हुन्छ। बाबाले तिमी बच्चाहरूलाई पनि भन्नुहुन्छ– हिँड्दा, डुल्दा, उठ्दा बाबालाई याद गरिराख। यसमा आफूलाई थकाउनु पर्ने आवश्यकता नै छैन। बाबाले देख्नुहुन्छ– कहिलेकाहीँ बच्चाहरू बिहान सबेरै आएर बस्दा थाकिहाल्छन्। यो त सहज मार्ग हो। हठ गरेर बस्नु हुँदैन। ठीक छ चक्कर लगाऊ, घुमफिर गर, धेरै रूचिले बाबालाई याद गर। भित्रैदेखि बाबा बाबाको उच्छल आउनु पर्छ। उच्छल उनलाई आउँछ जसले हरदम बाबालाई याद गरिरहन्छन्। बुद्धिमा केही न केही जुन अरू कुरा याद हुन्छ, त्यसलाई निकाल्नु पर्छ। बाबासँग अति प्यार रहोस्, त्यो अतीन्द्रिय सुख महसुस होस्। जब तिमी बाबाको यादमा रहन थाल्नेछौ अनि मात्रै तमोप्रधानबाट सतोप्रधान बन्छौ। फेरि तिम्रो खुसीको सीमा रहनेछैन। यी सबै कुराको वर्णन यहाँ नै हुन्छ। त्यसैले गायन पनि छ– अतीन्द्रिय सुख गोप-गोपीहरूसँग सोध, जसलाई भगवान बाबाले पढाउनु हुन्छ।

भगवानुवाच– मलाई याद गर। बाबाको नै महिमा बताउनु छ। सद्गतिको वर्सा त एक बाबाबाट नै मिल्छ। सद्गति सबैलाई अवश्य मिल्छ। पहिला सबै जान्छन् शान्तिधाम। बाबाले हामीलाई सद्गति दिइरहनु भएको छ, यो बुद्धिमा हुनुपर्छ। शान्तिधाम, सुखधाम केलाई भनिन्छ– यो त सम्झाउनु छ। शान्तिधाममा सबै आत्माहरू रहन्छन्। त्यो हो प्यारो घर (स्वीट होम), शान्तिधाम। शान्तिको टावर। त्यसलाई यी आँखाद्वारा कसैले देख्न सक्दैन। ती वैज्ञानिकहरूको बुद्धि त यहाँ यी आँखाबाट जे चीज देख्छन्, त्यसैको बारेमा नै चल्छ। आत्मालाई त यी आँखाद्वारा कसैले देख्न सक्दैन। बुझ्न सक्छन्। जब आत्मालाई नै देख्न सकिँदैन भने बाबालाई फेरि कसरी देख्न सक्छन्? यो बुझ्ने कुरा हो नि। यी आँखाले देखिदैन। भगवानुवाच– मलाई याद गर्यौ भने पाप भस्म हुन्छ। यो कसले भन्नुभयो? पूरा बुझ्न सक्दैनन्, त्यसैले श्रीकृष्णलाई भनिदिएका छन्। श्रीकृष्णलाई त धेरै याद गर्छन्। दिनप्रतिदिन व्यभिचारी हुँदै जान्छन्। भक्तिमा पनि पहिला एक शिवको भक्ति गर्छन्। त्यो हो अव्यभिचारी भक्ति फेरि लक्ष्मी-नारायणको भक्ति...। उच्च भन्दा उच्च त हुनुहुन्छ भगवान। यस्तो विष्णु बन्नको लागि उहाँले नै वर्सा दिनुहुन्छ। तिमी शिववंशी बनेर फेरि विष्णुपुरीको मालिक बन्छौ। माला तब नै बन्छ, जब पहिलो पाठ राम्रोसँग पढ्छन्। बाबाको याद गर्नु भनेको कुनै साधारण कुरा (सानी माँको घर) होइन। मन बुद्धिलाई सबैतिरबाट हटाएर एकातिर लगाउनु छ। जे जति यी आँखाले देख्छौ, त्यसबाट बुद्धियोग हटाइदेऊ।

बाबा भन्नुहुन्छ– म एकलाई याद गर, यसमा अलमलिनु हुँदैन। बाबा यस रथमा बस्नु भएको छ, उहाँको महिमा गर्छन्– उहाँ निराकार हुनुहुन्छ। यिनीद्वारा तिमीलाई घरी घरी मनमनाभव रहनको लागि याद दिलाउनु हुन्छ। वास्तवमा तिमीले सबैमाथि उपकार गर्छौ। तिमीले खाना पकाउनेहरूलाई पनि भन्छौ– शिवबाबालाई याद गरेर भोजन बनाएमा खानेवालाको बुद्धि शुद्ध हुन्छ। एक आपसमा याद दिलाउनु पर्छ। हरेकले कुनै न कुनै समय याद गर्छन्। कोही आधा घण्टा बस्छन्, कोही १० मिनेट बस्छन्। ठीक छ, ५ मिनेट पनि प्रेमले बाबालाई याद गरे भने राजधानीमा आउँछन्। राजा-रानीले जहिले पनि सबैलाई प्रेम गर्छन्। तिमी पनि प्रेमको सागर बन्छौ, त्यसैले सबैप्रति प्रेम हुन्छ। प्रेम नै प्रेम। बाबा प्रेमको सागर हुनुहुन्छ भने बच्चाहरूको पनि अवश्य यस्तै प्रेम हुनुपर्छ तब त्यहाँ पनि त्यस्तै प्रेम हुनेछ। राजा-रानीको पनि धेरै प्रेम हुन्छ। बच्चाहरूको पनि धेरै प्रेम हुन्छ। प्रेम पनि बेहदको। यहाँ त प्यारको नाम होइन, मार छ। त्यहाँ यो काम कटारीको हिँसा पनि हुँदैन, त्यसैले स्वर्गको महिमा अपरम्पार गायन गरिएको छ। भारतवर्ष जस्तो पवित्र स्थान कुनै छैन। यो सबै भन्दा ठुलो तीर्थ हो। बाबा यहाँ आएर सबैको सेवा गर्नुहुन्छ, सबैलाई पढाउनु हुन्छ। मुख्य हो पढाइ। तिमीसँग कसै कसैले सोध्छन्– विश्वको के सेवा गर्नुहुन्छ? भन, तपाईंहरूले चाहनुहुन्छ हाम्रो विश्व पावन होस्, अहिले पतित छ नि, त्यसैले हामीले श्रीमत अनुसार पावन बनाउँछौं। सबैलाई भन्छौ– बाबालाई याद गर्नुहोस् त्यसपछि पतितबाट पावन बन्नेछौ। यो हामीले रुहानी सेवा गरिरहेका छौँ। जुन स्थान सिरताज थियो, शान्ति, सम्पन्नता थियो त्यो फेरि बनाइरहेका छौँ, श्रीमत अनुसार, कल्प पहिला जसरी, ड्रामा प्लान अनुसार। यो शब्द पूरा याद गर। मानिसहरूले चाहन्छन् पनि विश्वमा शान्ति होस्। त्यो हामीले गरिरहेका छौँ। भगवानुवाच– बाबाले हामी बच्चाहरूलाई सम्झाइरहनुहुन्छ, म बाबालाई याद गर। तिमीहरू कसैले पनि यति कहाँ याद गर्छौ र, यो पनि बाबाले जान्नुहुन्छ। यसमा नै मेहनत छ। यादबाटै तिम्रो कर्मातीत अवस्था आउँछ। तिमी स्वदर्शन चक्रधारी बन्नु छ। यसको अर्थ पनि कसैको बुद्धिमा छैन। शास्त्रहरूमा त कति कुरा लेखिदिएका छन्। अब बाबा भन्नुहुन्छ– जे जति पढेका छौ, त्यो सबै भुलेर जानु छ, आफूलाई आत्मा सम्झनु छ। त्यही साथ जानेछ, अरू केही पनि साथ जानेछैन। यो बाबाको पढाइ हो, जुन साथमा जान्छ। त्यसको लागि कोसिस गरिरहेका छौँ।

साना साना बच्चाहरूलाई पनि कम नसम्झ। जति सानो त्यति धेरै नाम प्रख्यात गर्न सक्छन्। साना साना बच्चीहरूले बसेर ठुलाबडा बुज्रुगहरूलाई सम्झाएमा कमाल गरेर देखाउनेछन्। उनलाई पनि आफूसमान बनाउनु छ। कसैले प्रश्न सोधेमा तुरुन्तै जवाफ दिन सकुन्, यस्ता तयार गर। फेरि जहाँ जहाँ सेन्टर छ वा म्युजियम छ त्यहाँ उनलाई पठाइदेऊ। यस्तो ग्रुप तयार गर। समय त यही हो। यस प्रकारको सेवा गर। ठुलाबडालाई पनि साना कुमारीहरूले बसेर सम्झाउन सके त कमाल हुन्छ। कसैले तिमी कसका बच्चा हौ भनेर सोधेमा, भन– हामी शिवबाबाका बच्चा हौँ। उहाँ निराकार हुनुहुन्छ। ब्रह्मा तनमा आएर हामीलाई पढाउनु हुन्छ। यस पढाइबाट नै हामीलाई यी लक्ष्मी-नारायण बन्नु छ। सत्ययुगको सुरुमा यी लक्ष्मी-नारायणको राज्य थियो नि। यिनीहरूलाई यस्तो कसले बनाउनुभयो? अवश्य यस्तो कर्म गरेको हुनुपर्छ नि। बाबा बसेर कर्म, अकर्म, विकर्मको गति सुनाउनु हुन्छ। शिवबाबाले हामीलाई पढाउनु हुन्छ। उहाँ एउटै पिता, शिक्षक, गुरु हुनुहुन्छ। त्यसैले बाबा सम्झाउनु हुन्छ– उभ्याएर मूल एक कुरामा नै सम्झाउनु छ। सुरु सुरुमा बाबा (अल्फ), बाबालाई चिने भने फेरि त्यति प्रश्न आदि कसैले सोध्ने छैनन्। बाबालाई नचिनी तिमीले बाँकी अरू चित्रहरूमा सम्झायौ भने टाउको भारी बनाइदिन्छन्। पहिलो कुरा हो अल्फको। हामी श्रीमतमा चल्छौँ। यस्ता पनि निस्कछन् जसले भन्नेछन्– बाबालाई चिनेँ, बाँकी अरू चित्र आदि के देख्नुपर्यो। मैले अल्फ लाई चिनेपछि सबै कुरा बुझिहालेँ। भिक्षा मिल्यो, बाटो लाग्यो। तिमी फस्टक्लास भिक्षा दिन्छौ। बाबाको परिचय दिएपछि नै बाबालाई जति याद गर्नेछौ, त्यति तमोप्रधानबाट सतोप्रधान बन्छौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) अतीन्द्रिय सुखको अनुभव गर्नको लागि भित्र मनमा बाबा बाबाको उच्छल आइरहोस्। हठले होइन, रुचिले बाबालाई हिँड्दा डुल्दा याद गर्नु छ। बुद्धि सबै तिरबाट हटाएर एकमा लगाउनु छ।

२) जसरी बाबा प्यारका सागर हुनुहुन्छ, त्यसैगरी बाबा समान प्यारको सागर बन्नु छ। सबैमाथि उपकार गर्नु छ। बाबाको यादमा रहनु र सबैलाई बाबाको याद दिलाउनु छ।

वरदान:–
शान्तिको शक्तिका साधनहरूद्वारा विश्वलाई शान्त बनाउने रुहानी शस्त्रधारी भव

शान्तिको शक्तिका साधन हुन् शुभसङ्कल्प, शुभभावना र नयनको भाषा। जसरी मुखको भाषाद्वारा बाबाको वा रचनाको परिचय दिन्छौ, त्यसैगरी शान्तिको शक्तिको आधारमा नयनको भाषाले नयनद्वारा बाबाको अनुभव गराउन सक्छौ। सेवाको लागि स्थूल साधनहरू भन्दा साइलेन्सको शक्ति अति श्रेष्ठ हुन्छ। रुहानी सेनाको यही विशेष शस्त्र हो– यस शस्त्रद्वारा अशान्त विश्वलाई शान्त बनाउन सक्छौ।

स्लोगन:–
निर्विघ्न रहनु र निर्विघ्न बनाउनु– यही सच्चा सेवाको प्रमाण हो।