13.06.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बाबा
सारा दुनियाँबाट विकारहरूको तप न मेटाएर सबैलाई शीतल बनाउन आउनुभएको छ , ज्ञानको
वर्षाले शीतल बनाइदिन्छ।”
प्रश्न:–
कुन तपनले सारा
दुनियाँलाई जलाइरहेको छ?
उत्तर:–
काम विकारको
तपनले सारा दुनियाँलाई जलाइरहेको छ। सबै काम अग्निमा जलेर काला भएका छन्। बाबाले
ज्ञान वर्षाबाट उनीहरूलाई शीतल बनाउनुहुन्छ। जसरी वर्षा भएपछि धरती शीतल हुन्छ
त्यसरी नै यस ज्ञान वर्षाबाट २१ जन्मको लागि तिमी शीतल बन्छौ। कुनै पनि प्रकारको
तपन हुँदैन। तत्त्व पनि सतोप्रधान बन्छन्। काम विकारको तपनबाट कोही पनि तात्दैनन्।
ओम् शान्ति ।
रुहानी
बच्चाहरू कसको यादमा बसेका छौ? अवश्य आफ्ना रुहानी बाबाको यादमा बसेका छौ। हामीलाई
रुहानी बाबा आएर रिफ्रेस बनाएर शीतल बनाउनुहोस् किनकि संसार काम चितामा बसेर जलेर
मरेको छ भन्दै तिमी रुहहरू आफ्नो परमपिता परमात्माको यादमा बसेका छौ। गाउँछन् पनि
तपन मेटाउनुहोस्। केको तपन? काम चिताको। धेरै तपन भयो भने मानिस मर्छन्। यस काम
चिताको तपनमा संसार एकदम जलेर मरेको छ त्यसैले आएर शीतल बनाउनुहोस् भनेर बाबालाई
याद गर्छन्। वर्षात भएपछि शीतलता हुन्छ। धरती शीतल हुन्छ। यो त ज्ञानको वर्षा हो।
बाबा एकैपटक आएर यति शीतल बनाउनुहुन्छ। यति सबैथोक दिनुहुन्छ जसले गर्दा सत्ययुगमा
कुनै पनि कुरा पाउने उत्कण्ठा हुँदैन। आधाकल्पदेखि उत्कण्ठामा रहँदै आएका छौ– बाबा
आएर शीतल बनाउनुहोस्! पतितपावन बाबा आएर हामीलाई शीतल बनाउनुहोस्! यस ज्ञान
वर्षाबाट विश्व अथवा सारा दुनियाँ शीतल हुन्छ। तिमीहरू स्वर्गका मालिक बन्छौ। मानिस
मरे भने भन्छन् स्वर्गवासी भयो। त्यो त केवल राम्रो बोल्छन्। तिमीलाई थाहा छ अहिले
स्वर्गको स्थापना भइरहेको छ। बाबा आउनुभएको छ, यो ज्ञान वर्षा गरिरहनुभएको छ।
शीतलताको असर २१ जन्मसम्म रहन्छ। त्यहाँ न वर्षा, न कुनै पनि कुराको इच्छा हुन्छ।
सदैव बहारै बहार हुन्छ। त्यहाँ कुनै पनि प्रकारको दुःख हुँदैन। सूर्य पनि सतोप्रधान
बन्छ। कहिल्यै तपन गराउँदैन। तिमी सारा विश्वको मालिक बन्छौ। अहिले त गुलाम छौ नि।
गाउँछन् म गुलाम, म गुलाम तेरो..., बाबालाई याद गर्छन्। अब बाबा भन्नुहुन्छ– तिम्रो
सेवामा म आएर तिम्रो गुलाम बनेको छु। तिमी बच्चाहरूको सेवा गर्छु। पराई, पतित देश,
पतित शरीरमा म आउँछु। यस पतित दुनियाँमा एक जना पनि पावन हुन सक्दैनन्। सत्ययुगलाई
पावन, कलियुगलाई पतित भनिन्छ किनकि सबै विकारी छन्। भारतवासीले नै यस ज्ञानलाई
जान्दछन्। जसले ८४ जन्म लिएका छन् उनीहरूले नै यो ज्ञान सुन्छन् वा जो
सत्ययुग-त्रेतामा आउँछन् उनीहरू नै आएर ब्राह्मण बन्छन्, नम्बरवार पुरुषार्थ अनुसार।
बाबाले सम्झाउनुभएको छ अहिले तिमी ब्राह्मण वर्णमा छौ फेरि तिमीहरू नै देवता वर्णमा
आउँछौ। ब्राह्मण वर्ण अर्थात् ब्राह्मण धर्म स्थापन गर्न बाबा आउनुहुन्छ। ब्रह्माले
ब्राह्मण धर्म स्थापना गर्छन्। यस्तो भनिँदैन परमपिता परमात्माले आएर शूद्रहरूलाई
ब्राह्मण बनाउनुहुन्छ। यो तिम्रो बाजोली चल्छ। यो त धेरै सहज छ। तिमीलाई थाहा छ यो
चक्र कसरी घुम्छ? विराट रूपमा ब्राह्मणहरूको चोटी र शिवबाबालाई भुलेका छन्। भन्छन्
देवता, क्षत्रिय, वैश्य, शूद्र... फेरि शूद्रबाट देवता। अब ब्राह्मण कहाँ गए?
ब्राह्मणहरूले गायन गर्छन् पनि ब्राह्मण देवताय नमः। त्यसोभए प्रजापिता ब्रह्माको
वंशावली कहाँ गयो? प्रजापिता ब्रह्माको नाम कति प्रसिद्ध छ। चित्रहरूमा पनि कति भुल
गरिदिएका छन्। प्रजापिता ब्रह्माका सन्तानको कुनै नामनिसान छैन। स्कुलमा टिचरले
पढाउँछन्। त्यो पनि आम्दानीको स्रोत हो। लक्ष्य-उद्देश्य त अवश्य हुनुपर्छ। तिमी
बच्चाहरूलाई थाहा छ त्यस पढाइबाट नै पद मिल्छ। पतित दुनियाँमा भगवान आएर पतितहरूलाई
पढाउनुहुन्छ। बाबा भन्नुहुन्छ– मैले तिमी बच्चाहरूलाई पढाएर पावन बनाउँछु। हेर, यस
पढाइबाट कति धेरै आम्दानी हुन्छ। आधाकल्पको लागि तिमीले भाग्य बनाउँछौ। यहाँ भनिएको
छ २१ पिँढी, अब तिमीले बेहदको बाबासँग २१ पिँढी बेहदको वर्सा पाउँछौ। लौकिक पिताको
हुन्छ अल्पकाल क्षणभङ्गुरको वर्सा। उहाँ बाबासँग तिमीले यस्तो वर्सा पाउँछौ जुन
पिँढीका पिँढी तिमीलाई दुःख हुँदैन। भारतवर्षमा नै बेहदको सुख थियो। यो ज्ञान अरू
कसैको बुद्धिमा छैन। यो ज्ञान दिने दाता बाबाले जान्नुहुन्छ र जसलाई दिनुहुन्छ
उनीहरूले जान्दछन्, अरू कसैले जान्दैनन्। ग्रन्थमा पनि उहाँको महिमा गायन गरिएको छ।
एक ॐकार... निराकार, निरहङ्कार। यसको अर्थ पनि अहिले तिमीले बुझेका छौ। तिनीहरूले त
केवल निरहङ्कारीको गायन गर्छन्। यति ठुलो सत्ता भएर पनि उहाँमा कुनै अहङ्कार छैन।
यहाँ सानै पदका रहेछन् भने पनि उनीहरूलाई कति नसा हुन्छ। त्यो हो अल्पकालको पदको नसा–
म फलानो हुँ... अहिले तिमीलाई यस रुहानी पढाइको नसा छ। तिम्रो आत्मालाई अहिले थाहा
भएको छ– आत्म अभिमानी बन्नुछ अनि मात्रै बाबालाई याद गर्न सक्छौँ। बाबासँग योग
टुटेपछि मायाको बम गोला लाग्छ अनि ओइलाउँछन्। याद गरिरह्यौ भने खुसीको पारा
चढिरहन्छ। कुनै ठुलो परीक्षा पास गरे भने खुसी हुन्छन्। सम्झन्छन् बस् यसभन्दा माथि
अरू कुनै पढाइ छैन। तिमीलाई पनि थाहा छ हाम्रो यस पढाइभन्दा उच्च अरू कुनै पढाइ छैन।
यी लक्ष्मीनारायणले विगतमा अवश्य यस्तो पढाइ पढेका रहेछन्। राजयोग सिकेका रहेछन्
त्यसैले त महाराजा-महारानी बनेका हुन्। राजयोग त प्रसिद्ध छ। परमपिता परमात्मा आएर
स्वर्गको लागि राजयोग सिकाउनुहुन्छ। भन्छन् पनि विगतमा यस्ता कर्म गरेका हुनाले
यस्ता बनेका हुन्। तिमीलाई थाहा छ– यस जन्ममा हामीले यस्ता कर्म सिक्छौँ जसले गर्दा
भविष्य २१ जन्मको लागि राज्य गर्छौँ वा स्वर्गमा विराजमान हुन्छौँ। यथा राजा, रानी
तथा प्रजा पनि हुन्छन् नि। राजधानी हो नि। बाबा आउनुभएको छ– राजधानी स्थापन गर्न।
फेरि तिमी गएर २१ जन्म पालना गर्छौ। ६३ जन्म त दुःख भोगेका छौ। त्यो सबै समाप्त
हुन्छ। भारतवर्षलाई स्वर्ग भनिन्छ, अहिले त नर्क छ। सृष्टि कति परिवर्तन भएको छ।
त्यो राज्य भाग्य कहाँ गयो? रावण राज्य सुरु भएपछि फेरि तिमी पतित बन्छौ। बाबा
भन्नुहुन्छ तिमीले आफ्नो ८४ को चक्रलाई जान्दैनौ। अहिले तिमी बच्चाहरूलाई बारम्बार
सम्झाइन्छ। तिमीले ८४ जन्मको चक्र पूरा गरेका छौ। अहिले तिम्रो यो अन्तिम जन्म हो।
अब फेरि आफ्नो वर्सा लिनुछ। तिमी मुक्तिधाममा गएर बस्नुछैन। तिम्रो पार्ट अलराउन्ड
छ। यस्ता धेरै छन् जो सत्ययुगदेखि लिएर द्वापर कलियुगसम्म पनि मुक्तिधाममा रहन्छन्।
यस्तो भनिँदैन यहाँ आउनुभन्दा मुक्तिधाम राम्रो हो। त्यो त लामखुट्टे सदृश भयो। आयो
अनि गयो। मानिसहरूको महिमा गायन गरिन्छ। यी मन्दिर कसका हुन्? जो सुरुदेखि लिएर
पार्ट खेल्दै आएका छन्, उनीहरूका नै यादगार बन्दै आएका छन्। अन्त्यमा जो आउँछन्
उनीहरूका यादगार छन् र? केही पनि छैन। तिम्रा कति श्रेष्ठ यादगार छन्। सबैभन्दा बढी
तिमीले पार्ट खेल्छौ। तिमी आफ्नो प्रारब्धको टाइम पूरा गरेर भक्तिमार्गमा आएपछि फेरि
तिम्रा यादगार तथा शिवबाबाका मन्दिर बन्न सुरु हुन्छ, फेरि अरू धर्म आउँछन्।
उनीहरूको धर्म स्थापन हुन्छ। तिमीले आफ्नो इतिहास-भूगोल पनि जान्दछौ र सबै धर्मका
मानिसहरूको पनि जान्दछौ। ८४ जन्मको सिँढी हुन्छ। पहिला हामी स्वर्गमा आउँछौँ फेरि
ओर्लन्छौँ कसरी– यो तिम्रो बुद्धिमा छ। तिमीलाई हरेक जन्ममा भिन्न नाम-रूप भएका
मित्र-सम्बन्धी आदि मिलेका छन्। यो सबै तिम्रो पार्ट ड्रामामा पहिलादेखि नै निश्चित
छ। यो बेहदको ड्रामा हो, जुन हुबहु दोहोरिन्छ। तिमीलाई थाहा छ हामी नै देवीदेवता
थियौँ जो ८४ जन्म लिएर शूद्र बन्यौँ। फेरि हामी नै देवीदेवता बन्छौँ। मानिसहरूले त
भनिदिन्छन् आत्मा सो परमात्मा। वास्तवमा हम सो को अर्थ यो हो। उनीहरूले फेरि
भनिदिन्छन् आत्मा सो परमात्मा, परमात्मा सो आत्मा। रातदिनको फरक छ नि। तिमीले अहिले
यी सबै कुराहरू जान्दछौ। तिमी अहिले पाण्डव बनेका छौ। कौरव-पाण्डव भाइ भाइ थिए नि।
अहिले बाबा मिल्नुभएको छ त्यसैले तिमी कौरवबाट पाण्डव बनेका छौ। तिमीलाई बाबाले
दुःखबाट मुक्त गरेर गाइड बनेर लैजानुहुन्छ। घरको विषयमा त कसैलाई थाहा छैन। उनीहरूले
भन्छन् आत्मा ब्रह्ममा लीन हुन्छ। त्यो घर कहाँ ठहरियो र! घरमा त बसिन्छ। त्यसलाई
निराकारी दुनियाँ भनिन्छ। अहिले तिमी बच्चाहरूलाई थाहा छ– हामी निराकारी आत्माहरू
निराकारी दुनियाँमा बिन्दुजस्तै रहन्छौँ। त्यहाँ पनि निराकारी वृक्ष छ। ड्रामा यस्तै
बनेको छ। बीज र वृक्षलाई जान्नुछ। यसको नाम नै हो विभिन्न धर्महरूको वृक्ष, यो
मनुष्य सृष्टि हो। यसको बीजरूप बाबा हुनुहुन्छ, कति विविधता छ। हरेक धर्मका
मानिसहरूको रूप-रङ्ग भिन्नै हुन्छ फेरि यहाँ पनि एकको अनुहार अर्कासँग मिल्दैन।
ड्रामा यस्तो पनि बनेको छ। कल्प वृक्षको अवधि ५ हजार वर्ष हो– यो कुरा बाबाले नै
सम्झाउनुहुन्छ। मानिस कलाकारहरू हुन्, यहाँ पार्ट खेल्न आउँछन्। यो नाटक हो,
उज्यालोको लागि सूर्यचन्द्रमा आदि छन्। यी कुनै देवता कहाँ हुन् र, यी त बत्तीहरू
हुन्। तर सेवा गर्छन्, त्यसैले देवता भनिदिन्छन्। वास्तवमा देवताहरूले कुनै सेवा
गर्दैनन्, सेवा त तिमी बच्चाहरूले गर्छौ। बाबा आज्ञाकारी सेवक हुनुहुन्छ। बच्चाहरू
दुःखी भए भने बाबालाई दया लाग्छ। बाबा आउनुभएको छ सम्झाउन। तिमी बच्चाहरूलाई फेरि
देवीदेवता पद प्राप्त गराउन आउँछु। हरेक कुराको चढ्तीकला, ओर्लनेकला हुन्छ। पुरानो
दुनियाँलाई तमोप्रधान, नयाँ दुनियाँलाई सतोप्रधान भनिन्छ। हरेक कुरा नयाँ बाट पुरानो
हुन्छ। आत्माले भन्छ– यो शरीर पनि तमोप्रधान पतित हो। यो सत्ययुगमा आत्मा र शरीर
सतोप्रधान थिए। दिमाग खियाउँदैनथे। आत्मालाई अहिले ज्ञान मिलेको छ। स्मृति आएको छ,
हामीले ८४ जन्म लिन्छौँ। यो रहस्य बेहदको बाबाले सम्झाउनुहुन्छ। दुःखमा बाबालाई नै
पुकारिरहन्छन्। रहम गर्नुहोस्! हे दुःख हर्ता सुख कर्ता!... भारतवर्ष नै सबैभन्दा
सुखी थियो नि! भारतवर्ष जस्तो पवित्र खण्ड अरू कुनै हुन सक्दैन। अहिले बाबाले तिमी
बच्चाहरूको झोली अविनाशी ज्ञान रत्नहरूले भरिदिनुहुन्छ। यस्ता बाबालाई कहिल्यै
देखेका छौ? भन्नुहुन्छ– प्यारा बच्चाहरू! मैले तिम्रो लागि वैकुण्ठ सौगातमा ल्याएको
छु। तिमी स्वर्गवासी थियौ, अहिले पतित नर्कवासी बनेका छौ। पावन उनीहरूलाई भनिन्छ जो
विकारमा जाँदैनन्। सत्ययुगमा हुन्छन् सम्पूर्ण निर्विकारी। यस समयमा छन्– सम्पूर्ण
विकारी। बाबा भन्नुहुन्छ तिमी पनि सम्पूर्ण निर्विकारी थियौ। अब सम्पूर्ण विकारी
बनेका छौ, फेरि बाबालाई याद गरेर सम्पूर्ण निर्विकारी देवता पद पाउनुछ। शब्द हेर कति
राम्रो छ– मनमनाभव। म बाबालाई याद गरेमा तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। म
सर्वशक्तिमान् हुँ नि! मलाई याद गर। यादलाई नै योग अग्नि भनिन्छ, जसबाट तिम्रो पाप
दग्ध हुन्छ। तिमी पवित्र बन्छौ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) रुहानी पढाइको नसामा रहनुछ। बाबासमान निरहङ्कारी बन्नुछ। पद आदिको अहङ्कार
राख्नुछैन।
२) आफ्नो झोली ज्ञान
रत्नहरूले भर्नुछ। सम्पूर्ण निर्विकारी बनेर देवता पद पाउनुछ। कहिल्यै पनि निराश
हुनुछैन।
वरदान:–
स्थूल र
सूक्ष्म दुवै रीतिले स्वयमलाई व्यस्त राख्ने मायाजित , विजयी भव
स्वयमलाई सेवाधारी
सम्झेर आफ्नो रुचि र उमङ्गले सेवामा व्यस्त रह्यौ भने मायाले चान्स पाउँदैन।
सङ्कल्पबाट, बुद्धिबाट, चाहे स्थूल कर्मणाबाट फुर्सदिलो बन्यौ भने मायाले चान्स
लिन्छ। तर स्थूल र सूक्ष्म दुवै रीतिले खुसी खुसीले सेवामा व्यस्त रह्यौ भने खुसीको
कारण मायाले सामना गर्ने साहस राख्न सक्दैन त्यसैले स्वयम् नै टिचर बनेर बुद्धिलाई
व्यस्त राख्ने दैनिक कार्यक्रम बनायौ भने मायाजित, विजयी बन्छौ।
स्लोगन:–
निश्चय र नसाले
बाबा मेरो साथमा हुनुहुन्छ भन्यौ भने माया समीप आउन सक्दैन।
अव्यक्त इसारा:– सदा
हर्षित रहनको लागि आफ्नो स्वभावलाई सरल बनाऊ , सहनशील बन।
बापदादा सबै
बच्चाहरूको आचरण र अनुहारमा, बोली र कर्ममा सरलता र मधुरता देख्न चाहनुहुन्छ। आवेश
वा थकावटको कारण अलिकति पनि बोलीमा मधुरता छैन, अनुहारमा मधुरता छैन, गम्भीर छ भने
गुण सम्पन्न भनिँदैन। जस्तोसुकै परिस्थिति होस् तर जुन तिम्रो गुण छ, त्यो तिम्रो
गुण प्रत्यक्ष हुनुपर्छ। जस्तो बापदादा त्यस्तै हुबहु तिम्रो पनि त्यही गुण, त्यही
कर्तव्य, त्यही बोली, त्यही सङ्कल्प अनुभव होस्, सबैको मुखबाट निस्कियोस् यी त उहाँ
बाबाजस्तै देखिन्छ।