13.07.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– रक्षाबन्धन पर्व प्रतिज्ञाको पर्व हो , जुन सङ्गमयुगबाट नै सुरु हुन्छ। अहिले तिमीले पवित्र बन्ने र बनाउने प्रतिज्ञा गर्छौ।”

प्रश्न:–
तिम्रा सबै कार्य केको आधारमा सफल हुन सक्छ? नाम प्रसिद्ध कसरी हुन्छ?

उत्तर:–
ज्ञान बलको साथै योगको बल पनि भयो भने सबै कार्य स्वयंले नै गर्नको लागि तयार हुन्छौ। योग धेरै गुप्त छ, यसबाट तिमी विश्वको मालिक बन्छौ। योगमा रहेर सम्झायौ भने पत्रकारहरूले आफै तिम्रो सन्देश छपाउने छन्। पत्रिकाद्वारा नै नाम प्रसिद्ध हुनु छ, यसबाट धेरैलाई सन्देश मिल्छ।

ओम् शान्ति ।
आज बच्चाहरूलाई रक्षाबन्धनको बारेमा सम्झाउँछु किनकि अब नजिकै आएको छ। बच्चाहरू रक्षाबन्धनको लागि जान्छन्। अब जुन चीज पहिला भएको थियो, त्यसको पर्व मनाउँछन्। यो त बच्चाहरूलाई थाहा छ– आज भन्दा ५ हजार वर्ष पहिला पनि यो प्रतिज्ञा पत्र लेखाइएको थियो, जसको धेरै नाम दिएका छन्। यो हो पवित्रताको निसानी। ‘राखी’ बाँध्नको लागि सबैलाई भन्नु पर्ने हुन्छ। यो पनि जानेका छौ– पवित्र दुनियाँ सत्ययुगको आदिमा नै हुन्छ। यस पुरुषोत्तम सङ्गमयुगमा नै राखी पर्व सुरु हुन्छ, जुन फेरि मनाइन्छ जब भक्ति सुरु हुन्छ, यसलाई भनिन्छ अनादि पर्व। त्यो पनि कहिलेदेखि सुरु हुन्छ? भक्तिमार्गबाट। किनकि सत्ययुगमा त यी पर्व आदि हुँदैनन्। यी हुन्छन् यहाँ। सबै चाडपर्व आदि सङ्गममा हुन्छन्, त्यही फेरि भक्ति मार्गबाट सुरु हुन्छ। सत्ययुगमा कुनै चाडपर्व हुँदैनन्। तिमीले भन्छौ होला, दीपावली त हुनुपर्छ? हुँदैन। त्यो पनि यहाँ मनाइन्छ, त्यहाँ आवश्यक छैन। जे यहाँ मनाउँछन् त्यो त्यहाँ मनाउन सक्दैनन्। यी सबै कलियुगका पर्वहरू हुन्। रक्षाबन्धन मनाउँछन्, अब यो कसरी थाहा हुन सक्छ– यो रक्षाबन्धन किन मनाइन्छ? तिमीले सबैलाई राखी बाँध्छौ, भन्छौ– पावन बन्नुहोस् किनकि अब पावन दुनियाँ स्थापना भइरहेको छ। त्रिमूर्तिको चित्रमा पनि लेखिएको छ– ब्रह्माद्वारा पावन दुनियाँको स्थापना हुन्छ, त्यसैले पवित्र बनाउनको लागि रक्षाबन्धन मनाइन्छ। अहिले हो ज्ञानमार्गको समय। तिमी बच्चाहरूलाई सम्झाइएको छ– भक्तिको कुनै पनि कुरा सुनाए भने उनलाई सम्झाउनु पर्छ– हामी अहिले ज्ञानमार्गमा छौं। ज्ञानसागर एउटै भगवान हुनुहुन्छ, जसले सारा दुनियाँलाई निर्विकारी बनाउनु हुन्छ। भारतवर्ष निर्विकारी हुँदा सारा दुनियाँ पावन थियो। भारतवर्षलाई निर्विकारी बनाएपछि सारा दुनियाँ निर्विकारी हुन्छ। भारतलाई विश्व भनिदैन। भारत त एक खण्ड हो विश्वमा। बच्चाहरूलाई थाहा छ– नयाँ दुनियाँमा केवल एक भारत खण्ड हुन्छ। भारत खण्डमा अवश्य मानिसहरू पनि रहन्छन् होला। भारत खण्ड सचखण्ड थियो, सृष्टिको आदिमा देवता धर्म नै थियो, त्यसलाई नै भनिन्छ निर्विकारी पवित्र धर्म, जुन ५ हजार वर्ष भयो। अब यो पुरानो दुनियाँ केही दिन मात्रै बाँकी छ। निर्विकारी बन्नमा कति दिन लाग्छ? समय त लाग्छ। यहाँ पनि पवित्र बन्ने पुरुषार्थ गर्छन्। सबै भन्दा ठुलो उत्सव त यही हो। प्रतिज्ञा गर्नुपर्छ– बाबा, म पवित्र त अवश्य बन्छु। यो उत्सव सबै भन्दा महान् मान्नुपर्छ। सबैले पुकार्छन् पनि, हे परमपिता परमात्मा, यो भन्दा पनि परमपिता बुद्धिमा आउँदैन। तिमीलाई थाहा छ– परमपिता परमात्मा आउनु हुन्छ जीव आत्माहरूलाई ज्ञान दिन। आत्मा-परमात्मा अलग रहे... यो मेला यस सङ्गमयुगमा नै हुन्छ। यसलाई कुम्भको मेला पनि भनिन्छ, जुन हर ५ हजार वर्षपछि एकै पटक हुन्छ। त्यो पानीमा स्नान गर्ने मेला त धेरै पटक मनाउँदै आयौ, त्यो हो भक्तिमार्ग। यो हो ज्ञानमार्ग। सङ्गमलाई नै कुम्भ भनिन्छ। तीन नदीहरू वास्तवमा छँदै छैनन्, पानीको गुप्त नदी कसरी हुन सक्छ! बाबा भन्नुहुन्छ– तिम्रो यो गीता गुप्त छ। त्यसैले यो सम्झाइन्छ– तिमीले योगबलबाट विश्वको बादसाही लिन्छौ, यसमा नाँच-तमासा आदि केही पनि छैन। त्यो भक्तिमार्ग पूरा आधाकल्प चल्छ र यो ज्ञान चल्छ एक जीवन। फेरि दुई युग हुन्छन् ज्ञानको प्रारब्ध, त्यहाँ ज्ञान चल्दैन। भक्ति त द्वापर कलियुगदेखि चल्दै आएको हो। ज्ञान केवल एकैपटक मिल्छ फेरि त्यसको प्रारब्ध २१ जन्म चल्छ। अहिले तिम्रो आँखा खुलेको छ। पहिला तिमी अज्ञान निद्रामा थियौ। रक्षाबन्धनमा ब्राह्मणहरूले राखी बाँध्छन्। तिमी पनि ब्राह्मण हौ। ती हुन् कोख वंशावली, तिमी हौ मुख वंशावली। भक्तिमार्गमा कति अन्धश्रद्धा छ। दलदलमा फसेका छन्। दलदलमा पाउ फस्छ नि। मानिसहरू भक्तिको दलदलमा फस्छन्, एकदम घाँटीसम्म आइपुग्छ। बाबा फेरि आउनु हुन्छ बचाउन। जब चोटी मात्रै बाँकी रहन्छ, पक्रनको लागि चाहियो नि! बच्चाहरूले मेहनत गर्छन् सम्झाउनको लागि। करोडौं मानिसहरू छन्, एक एकको पासमा जान त मेहनत लाग्छ। अखबारहरूद्वारा तिम्रो बदनाम भएको हो– यिनले भगाउँछन्, घरबार छुटाउँछन्, भाइ-बहिनी बनाउँछन्। सुरुको कुरा कति फैलियो। अखबारहरूमा हल्ला मच्चियो। अब एक एकलाई त सम्झाउन सकिँदैन। फेरि तिमीहरूलाई अखबार नै काममा आउने छन्। अखबारहरूद्वारा नै तिम्रो नाम प्रख्यात हुन्छ। अब विचार गर्नु छ– के गरौं जसले गर्दा बुझ्न सकिन्छ। रक्षाबन्धनको अर्थ के हो? जबकि बाबा आउनु भएको छ पावन बनाउन, बाबाले बच्चाहरूसँग पवित्रताको प्रतिज्ञा लिनु भएको छ। पतित-पावनले राखी बाँध्नुभएको छ।

श्रीकृष्णको जन्म मनाउँछन्, फेरि अवश्य गद्दीमा बसेको हुनुपर्छ। राज्याभिषेक भएको कहिल्यै देखाउँदैनन्। सत्ययुगको आदिमा लक्ष्मी-नारायण थिए। उनको राज्याभिषेक भएको हुनुपर्छ। राजकुमारको जन्म मनाउँछन् फेरि राज्याभिषेक खोई त? दीपावलीमा राज्याभिषेक हुन्छ, धेरै भव्यता हुन्छ, त्यो हो सत्ययुगको। सङ्गमको जुन कुरा छ, त्यो त्यहाँ हुँदैन। यहाँ नै घर घरमा उज्यालो हुन्छ। त्यहाँ दीपावली आदि मनाउँदैनन्। त्यहाँ त आत्माहरूको ज्योति प्रज्वलित हुन्छ। त्यहाँ फेरि राज्याभिषेक मनाइन्छ, नकि दीपावली। जबसम्म आत्माको ज्योति प्रज्वलित हुँदैन, तबसम्म फर्केर जान सक्दैन। अहिले त यी सबै पतित छन्। उनलाई पावन बनाउनको लागि सोच बनाउनु पर्ने हुन्छ। बच्चाहरूले सोचेर जान्छन् ठुला बडा व्यक्तिहरूको पासमा। बच्चाहरूको बदनाम भयो अखबारहरूद्वारा, फेरि नाम पनि यसैद्वारा हुन्छ। अलिकति पैसा दियो भने राम्रोसँग छपाउने छन्। तर तिमीले पैसा पनि कहिलेसम्म दिन्छौ? पैसा दिनु पनि घुस हो। नियम विरुद्ध हुन जान्छ। आजकाल घुस विना त काम नै हुँदैन। तिमीले पनि घुस दियौ, उनले पनि घुस दिए भने दुवै बराबर हुने भयौ। तिम्रो कुरा छ योगबलको। योगबल यति हुनुपर्छ जसले गर्दा कसैसँग पनि काम गराउन सकिन्छ। भुँ भुँ गरिरहनु पर्छ। ज्ञानको बल त तिमीहरूमा पनि छ। यी चित्र आदिमा ज्ञान छ, योग गुप्त छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु छ, बेहदको वर्सा लिनको लागि। त्यो छ नै गुप्त, जसबाट तिमी विश्वको मालिक बन्छौ, जहाँ बसेर पनि तिमीले याद गर्न सक्छौ। केवल यहाँ बसेर योग साधना गर्नु छैन। ज्ञान र याद दुवै सहज छन्। केवल ७ दिनको कोर्स लिए पुग्छ। धेरै आवश्यक छैन। फेरि तिमी गएर अरूलाई पनि आफू समान बनाऊ। बाबा ज्ञानका सागर, शान्तिका सागर हुनुहुन्छ। यी दुई कुरा मुख्य छन्। यिनीद्वारा तिमीले शान्तिको वर्सा लिइरहेका छौ। याद पनि अति सूक्ष्म छ।

ठीक छ, तिमी बच्चाहरूले चक्कर लगाऊ, तर बाबालाई याद गर। पवित्र बन्नु छ, दैवी गुण धारण गर्नु छ। कुनै पनि अवगुण हुनु हुँदैन। काम विकार धेरै ठुलो अवगुण हो। बाबा भन्नुहुन्छ– अब तिमी पतित नबन। स्त्री सम्मुख हुँदा पनि तिमीले आफूलाई आत्मा सम्झेर म बाबालाई याद गर। देखेर पनि नदेख। मैले त आफ्नो बाबालाई याद गर्छु, उहाँ ज्ञानका सागर हुनुहुन्छ। तिमीलाई आफू समान बनाउनु हुन्छ, तिमी पनि ज्ञानसागर बन्छौ। यसमा अलमलिनु हुँदैन। उहाँ हुनुहुन्छ परम आत्मा। परमधाममा रहनु हुन्छ, त्यसैले ‘परम’ भनिन्छ। त्यसो त तिमी पनि रहन्छौ। अब नम्बरवार पुरुषार्थ अनुसार तिमीले ज्ञान लिइरहेका छौ। स-सम्मान पास उनलाई भनिन्छ, जो पूरा ज्ञानसागर बनिसकेका छन्। बाबा पनि ज्ञानसागर, तिमी पनि ज्ञानको सागर। आत्मा कुनै सानो-ठुलो हुँदैन। परमपिता पनि आकारमा कुनै ठुलो हुनुहुन्न। यो जुन भनिन्छ हजारौं सूर्य भन्दा तेजोमय– यी सबै गफ हुन्। बुद्धिमा जुन रूपबाट याद गर्छन् त्यही साक्षात्कार हुन्छ। यसमा समझ चाहिन्छ। आत्माको साक्षात्कार वा परमात्माको साक्षात्कार, कुरा एउटै हो। बाबाले महसुस गराउनु भएको छ– म नै पतित-पावन, ज्ञानको सागर हुँ। समयमा आएर सबैको सद्गति गर्छु। सबै भन्दा धेरै भक्ति तिमीले गर्यौ, फेरि बाबाले तिमीलाई नै पढाउनु हुन्छ। रक्षाबन्धन पछि कृष्ण जन्माष्टमी आउँछ। फेरि आउँछ विजया दशमी। वास्तवमा विजया दशमी भन्दा पहिला त कृष्ण आउन सक्दैनन्। विजया दशमी पहिला हुनुपर्छ, फेरि कृष्ण आउने छन्। यो हिसाब पनि तिमीले निकाल्छौ। पहिला त तिमीले केही पनि बुझेका थिएनौ। अहिले बाबाले कति समझदार बनाउनु हुन्छ। टिचरले समझदार बनाउँछन् नि। अहिले तिमीलाई थाहा छ– भगवान बिन्दु स्वरूप हुनुहुन्छ। वृक्ष कति विशाल छ। आत्माहरू बिन्दी रूपमा माथि रहन्छन्। मीठा प्यारा बच्चाहरूलाई सम्झाइन्छ, वास्तवमा एक सेकेण्डमा समझदार बन्नुपर्छ। तर यस्ता पत्थरबुद्धि छन्, जसकारण बुझ्दै बुझ्दैनन्। नत्र एक सेकेण्डको कुरा हो। हदका पिता जन्म जन्म नयाँ मिल्छन्। यहाँ बेहदका पिता त एकैपटक आएर २१ जन्मको वर्सा दिनु हुन्छ। अहिले तिमीले बेहदका पितासँग बेहदको वर्सा लिइरहेका छौ। आयु पनि लामो हुन्छ। यस्तो पनि होइन, २१ जन्मसम्म कुनै एउटै पिता मात्र हुन्छन्। होइन, तिम्रो आयु लामो हुन्छ। तिमीले कहिल्यै दु:ख देख्ने छैनौ। अन्त्यमा तिम्रो बुद्धिमा यो ज्ञान रहन्छ। बाबालाई याद गर्नु छ र वर्सा लिनु छ। बच्चा जन्मियो अनि अधिकारी बन्यो। बाबालाई चिनेपछि बाबा र वर्सालाई याद गर, पवित्र बन। दैवी गुण धारण गर। बाबा र वर्सा कति सहज छ। लक्ष्य-उद्देश्य पनि सामुन्ने छ।

हामीले कसरी पत्रिकाद्वारा कसैलाई सम्झाउन सक्छौँ? अब बच्चाहरूले यो विचार गर्नु छ। त्रिमूर्तिको चित्र पनि दिनुपर्छ किनकि सम्झाइन्छ ब्रह्माद्वारा स्थापना। ब्राह्मणहरूलाई पावन बनाउन बाबा आउनु भएको छ, त्यसैले राखी बाँध्न लगाइन्छ। पतित-पावन बाबाले, दुनियाँलाई पावन बनाइरहनु भएको छ। हरेक पावन बन्नु छ किनकि अब पावन दुनियाँ स्थापना हुन्छ। अब तिम्रा ८४ जन्म पूरा भएका छन्। जसले धेरै जन्म लिएका छन् उनले राम्रोसँग बुझ्दै जान्छन्। पछि आउनेलाई त्यति खुसी हुँदैन किनकि भक्ति कम गरेका हुन्छन्। भक्तिको फल दिन बाबा आउनु हुन्छ। भक्ति कसले ज्यादा गरेको छ, यो पनि अब तिमीलाई थाहा छ। पहिलो नम्बरमा तिमी नै आएका हौ, तिमीले नै अव्यभिचारी भक्ति गरेका हौ। तिमीले पनि आफूसँग सोध– मैले धेरै भक्ति गरेको छु कि यिनले? सबै भन्दा राम्रो जसले सेवा गर्छ, अवश्य उसले धेरै भक्ति पनि गरेको छ। बाबाले नाम त लेख्नुहुन्छ– कुमारका छिन्, जनक छिन्, मनोहर छिन्, गुल्जार छिन्। नम्बरवार त हुन्छन्। यहाँ क्रमैसँग बसाउन सकिँदैन। विचार गर्नुपर्छ– रक्षाबन्धनको विषयमा अखबारमा कसरी छापौँ। त्यो त ठीक छ, मन्त्री आदिकहाँ जान्छन्, राखी बाँध्छन् तर पवित्र त बन्दैनन्। तिमीले भन्छौ– पवित्र बनेपछि पवित्र दुनियाँ स्थापना हुन्छ। ६३ जन्म विकारी बन्यौ, अब बाबा भन्नुहुन्छ– यो अन्तिम जन्म पवित्र बन। खुदालाई याद गर्यौ भने तिम्रो शिरमाथि जुन पाप छ त्यो उत्रिन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) स-सम्मान पास हुनको लागि बाबा समान ज्ञानसागर बन्नु छ। भित्र कुनै पनि अवगुण छ भने त्यसलाई जाँच गरेर निकालिदिनु छ। शरीरलाई देखेर पनि नदेखि आत्मा निश्चय गरेर आत्मासँग कुरा गर्नु छ।

२) योगबल यति जम्मा गर्नु छ, जसले गर्दा आफ्नो हरेक काम सहज हुन्छ। अखबारद्वारा हरेकलाई पावन बन्ने सन्देश दिनु छ। आफू समान बनाउने सेवा गर्नु छ।

वरदान:–
देह भानलाई देहीअभिमानी स्थितिमा परिवर्तन गर्ने बेहदको वैरागी भव

चल्दा चल्दै यदि वैराग्य खण्डित हुन्छ भने त्यसको मुख्य कारण हो– देह अभिमान। जबसम्म देह भानबाट वैराग्य हुँदैन तबसम्म कुनै कुराको पनि सदाकाल वैराग्य रहन सक्दैन। सम्बन्धदेखि वैराग्य यो कुनै ठुलो कुरा होइन, त्यो त दुनियाँमा पनि धेरैलाई वैराग्य आउँछ तर यहाँ देह भानका जुन भिन्न-भिन्न रूप छन्, तिनीहरूलाई जानेर, देह भानलाई देहीअभिमानी स्थितिमा परिवर्तन गर्नु– यो बेहदको वैरागी बन्ने विधि हो।

स्लोगन:–
सङ्कल्प रूपी पाउ मजबुत भयो भने कालो बादल जस्ता कुराहरू पनि परिवर्तन हुन्छन्।