13.09.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– सबैभन्दा पहिला सुरुमा यही ख्याल गर , म आत्मामाथि जुन खिया लागेको छ , त्यो कसरी उत्रि न्छ , सियोमा खिया भएसम्म चुम्बकले तान्न सक्दैन।”

प्रश्न:–
पुरुषोत्तम सङ्गमयुगमा तिमी पुरुषोत्तम बन्नको लागि कुन पुरुषार्थ गर्नुछ?

उत्तर:–
कर्मातित बन्ने। कुनै पनि कर्म सम्बन्धतिर बुद्धि नजाओस् अर्थात् कर्मबन्धनले आफूतिर नतानोस्। सारा सम्बन्ध एक बाबासँग रहोस्। कसैसँग पनि दिल लागेको नहोस्। यस्तो पुरुषार्थ गर, परचिन्तनमा आफ्नो समय खेर नफाल। यादमा रहने अभ्यास गर।

गीत:–
जाग सजनियाँ जाग...

ओम् शान्ति ।
रुहानी बच्चाहरू (आत्माहरू) ले शरीरद्वारा गीत सुन्यौ? किनकि बाबाले अहिले बच्चाहरूलाई आत्म अभिमानी बनाइरहनुभएको छ। तिमीलाई आत्माको पनि ज्ञान मिल्छ। दुनियाँमा एक जना पनि मानिस छैन, जसलाई आत्माको सही ज्ञान छ। तब परमात्माको ज्ञान कसरी हुन सक्छ? यो कुरा बाबा नै बसेर सम्झाउनुहुन्छ। सम्झाउन शरीरसँगै सम्झाउनुछ। शरीरबिना त आत्माले केही गर्न सक्दैन। आत्माले जान्दछ– हामी कहाँका निवासी हौँ, कसका बच्चा हौँ। अहिले तिमीले यथार्थ रीतिले जान्दछौ। सबै कलाकार पार्टधारी हुन्। भिन्न भिन्न धर्मका आत्माहरू कहिले आउँछन्, यो पनि तिम्रो बुद्धिमा छ। बाबाले विस्तारमा सम्झाउनुहुन्न, होलसेलमा सम्झाउनुहुन्छ। होलसेल अर्थात् एक सेकेन्डमा यस्तो समझ दिनुहुन्छ, जसबाट सत्ययुग आदिदेखि लिएर अन्त्यसम्म थाहा हुन्छ, कसरी हाम्रो पार्ट निश्चित हुन्छ। अहिले तिमीलाई थाहा छ– बाबा को हुनुहुन्छ, यस ड्रामाभित्र उहाँको के पार्ट छ? यो पनि जान्दछौ– उच्चभन्दा उच्च बाबा हुनुहुन्छ, सबैका सद्गतिदाता, दु:खहर्ता सुखकर्ता हुनुहुन्छ। शिवजयन्ती गाइएको छ। अवश्य भनिन्छ– शिवजयन्ती सबैभन्दा उच्च पर्व हो। खासगरी भारतवर्षमा नै शिवजयन्ती मनाउँछन्। राज्यमा जुन जुन उच्च पुरुषको विगतको राम्रो इतिहास हुन्छ, उनको हुलाक टिकट पनि बनाउँछन्। अहिले शिवको जयन्ती पनि मनाउँछन्। सम्झाउनुपर्छ– सबैभन्दा उच्च जयन्ती कसको भयो? कसको हुलाक टिकट बनाउनुपर्छ? कुनै साधुसन्त अथवा सिखको, मुसलमानको वा अंग्रेजको, कुनै राम्रो दार्शनिक रहेछ भने तिनको हुलाक टिकट बनाइरहन्छन्। जस्तै राणा प्रताप आदिको पनि हुलाक टिकट बनाउँछन्। तर वास्तवमा हुलाक टिकट त हुनुपर्छ बाबाको, जो सबैका सदगतिदाता हुनुहुन्छ। यस समयमा बाबा आउनुभएन भने कसरी सदगति हुन्छ किनकि सबैले रौरव नर्कमा गोता खाइरहेका छन्। सबैभन्दा उच्चभन्दा उच्च हुनुहुन्छ शिवबाबा, पतित-पावन। शिवको मन्दिर पनि धेरै उच्च स्थानमा बनाउँछन् किनकि उच्चभन्दा उच्च हुनुहुन्छ नि।

बाबाले नै आएर भारतवर्षलाई स्वर्गको मालिक बनाउनुहुन्छ। उहाँ आउनुहुन्छ त्यसपछि मात्र सदगति गर्नुहुन्छ, त्यसैले उहाँ बाबाको नै याद हुनुपर्छ। शिवबाबाको हुलाक टिकट पनि कसरी बनाउने? भक्तिमार्गमा त शिवलिङ्ग बनाउँछन्। उहाँ नै उच्चभन्दा उच्च आत्मा हुनुभयो। उच्चभन्दा उच्च मन्दिर पनि शिवकै मानिन्छ। सोमनाथ शिवको मन्दिर छ नि। भारतवर्षका मानिसहरू तमोप्रधान भएकाले यो पनि जान्दैनन्- शिव को हुनुहुन्छ, जसको पूजा गर्छन्, उहाँको कर्तव्यलाई नै जान्दैनन्। राणा प्रतापले पनि लडाइँ गरे, त्यो त हिंसा भयो। यस समयमा त सबै डबल हिंसक छन्। विकारमा जानु, काम कटारी चलाउनु यो पनि हिंसा हो नि। डबल अहिंसक त लक्ष्मी-नारायण हुनुहुन्छ। मानिसहरूलाई पूरा ज्ञान भएपछि मात्र अर्थसहित हुलाक टिकट निस्कन्छ। सत्ययुगमा हुलाक टिकट निस्कन्छ नै लक्ष्मी-नारायणको। शिवबाबाको ज्ञान त त्यहाँ हुँदैन, त्यसोभए अवश्य उच्चभन्दा उच्च लक्ष्मी-नारायणको नै हुलाक हुँदो हो। अहिले पनि यहाँ त्यो हुलाक टिकट हुनुपर्छ। उच्चभन्दा उच्च हुनुहुन्छ त्रिमूर्ति शिव। त्यो त अविनाशी हुनुपर्छ किनकि भारतवर्षलाई अविनाशी राजगद्दी दिनुहुन्छ। परमपिता परमात्माले नै भारतवर्षलाई स्वर्ग बनाउनुहुन्छ। तिमीमध्ये पनि धेरै छन् जसले यो बिर्सन्छन्, बाबाले हामीलाई स्वर्गको मालिक बनाउनुहुन्छ। यो कुरा मायाले बिर्साइदिन्छ। बाबालाई नजानेका हुनाले भारतवर्षका मानिसहरूले कति गल्ती गर्दै आएका छन्। शिवबाबाले के गर्नुहुन्छ, यो कसैलाई पनि थाहा छैन। शिवजयन्तीको पनि अर्थ बुझ्दैनन्। यो नलेज बाबा सिवाय अरू कसैसँग छैन।

अहिले तिमी बच्चाहरूलाई बाबाले सम्झाउनुहुन्छ– तिमीले अरूमाथि पनि रहम गर, आफूमाथि पनि आफैले रहम गर। टिचरले पढाउँछन्, यो पनि रहम गरेका हुन् नि। उहाँ बाबाले पनि भन्नुहुन्छ– म टिचर हुँ। तिमीलाई पढाउँछु। वास्तवमा यसको नाम पाठशाला पनि भनिँदैन। यो त धेरै ठुलो विश्व विद्यालय हो। बाँकी त सबै हुन् झुटा नाम। ती कुनै सारा विश्वका लागि कलेज त होइनन्। त्यसैले विश्व विद्यालय हो नै एक बाबाको, जसले सारा विश्वको सदगति गर्नुहुन्छ। वास्तवमा विश्व विद्यालय यो एउटै हो। यस विश्व विद्यालयद्वारा नै सबै मुक्ति-जीवनमुक्तिमा जान्छन् अर्थात् शान्ति र सुख प्राप्त गर्छन्। विश्व त यो भयो नि, त्यसैले बाबा भन्नुहुन्छ– नडराऊ। यो त सम्झाउने कुरा हो। यस्तो पनि हुन्छ– इमर्जेन्सीको समयमा कसैले कसैको कुरा सुन्दैनन् पनि। प्रजाको प्रजामाथि राज्य चल्छ, अरू कुनै धर्ममा सुरुदेखि राजधानी चल्दैन। उनीहरू त धर्म स्थापना गर्न आउँछन्। फेरि लाखौँको अन्दाजमा पुगेपछि मात्र राज्य गर्न सक्छन्। यहाँ त बाबाले राज्य भाग्य स्थापना गरिरहनुभएको छ– सारा विश्वको लागि। यो पनि सम्झाउने कुरा हो। बाबाले यस पुरुषोत्तम सङ्गमयुगमा दैवी राजधानी स्थापना गरिरहनुभएको छ। बाबाले सम्झाउनुभएको छ– श्रीकृष्ण, श्रीनारायण, श्रीराम आदिका काला चित्र पनि तिमीले हातमा लेऊ, फेरि सम्झाऊ– श्रीकृष्णलाई श्याम-सुन्दर किन भनिन्छ? सुन्दर हुनुहुन्थ्यो, फेरि श्याम कसरी बन्नुहुन्छ? भारतवर्ष नै स्वर्ग थियो, अहिले नर्क छ। नर्क अर्थात् कालो, स्वर्ग अर्थात् गोरो। रामराज्यलाई दिन, रावण राज्यलाई रात भनिन्छ। त्यसैले तिमीले सम्झाउन सक्छौ– देवताहरूलाई काला किन बनाइएको हो। बाबा बसेर सम्झाउनुहुन्छ– अहिले तिमी छौ पुरुषोत्तम सङ्गमयुगमा। त्यसो होइन, तिमी त यहाँ बसेका छौ नि। यहाँ तिमी छौ नै सङ्गमयुगमा, पुरुषोत्तम बन्ने पुरुषार्थ गरिरहेका छौ। विकारी पतित मानिसहरूसँग तिम्रो कुनै सम्बन्ध नै छैन, हो, अहिले कर्मातित अवस्था भएको छैन, त्यसैले कर्म सम्बन्धमा पनि मन जान्छ। कर्मातित बन्न, त्यसको लागि चाहिन्छ यादको यात्रा। बाबा सम्झाउनुहुन्छ– तिमी आत्मा हौ, तिम्रो परमात्मा बाबासँग कति लभ हुनुपर्छ। ओहो! बाबाले हामीलाई पढाउनुहुन्छ। त्यो उमङ्ग कसैमा हुँदैन। मायाले घरी घरी देह अभिमानमा ल्याइदिन्छ। शिवबाबाले हामी आत्माहरूसँग कुरा गरिरहनुभएको छ भन्ने बुझेका छौ भने त्यो आकर्षण, त्यो खुसी हुनुपर्छ नि। जुन सियोमा अलिकति पनि खिया छैन, तिमीले त्यसलाई चुम्बकको अगाडि राख्यौ भने तुरुन्तै टाँसिन्छ। अलिकति पनि खिया छ भने टाँसिँदैन। आकर्षण हुँदैन। जतापट्टी खिया हुँदैन, फेरि त्यतातिरबाट चुम्बकले तान्छ। यादको यात्रामा रहेपछि मात्र बच्चाहरूमा आकर्षण हुन्छ। खिया छ भने तान्न सक्दैन। हरेकले बुझ्न सक्छन्– हाम्रो सियो बिल्कुल पवित्र भयो भने आकर्षण पनि हुन्छ। आकर्षण हुँदैन किनकि खिया लागेको हुन्छ। तिमी धेरै यादमा रह्यौ भने विकर्म भस्म हुन्छन्। अच्छा, फेरि यदि कुनै पाप गरेमा त्यसमा सय गुणा दण्ड हुन्छ। खिया लाग्छ, याद गर्न सक्दैनौ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर, याद बिर्सनाले खिया लाग्छ। त्यसैले त्यो आकर्षण लभ हुँदैन। खिया उत्रिएको छ भने लभ हुन्छ, खुसी पनि हुन्छ। अनुहार हँसिलो हुन्छ। तिमी भविष्यमा यस्तो बन्नुछ। सेवा गर्दैनौ भने पुरानो सडेको कुरा गरिरहन्छौ। बाबासँग बुद्धियोग नै तोडाइदिन्छन्। जुन केही चमक थियो, त्यो पनि गुम हुन्छ। बाबासँग अलिकति पनि लभ हुँदैन। लभ उसको हुन्छ, जसले राम्रोसँग बाबालाई याद गर्छ। बाबालाई पनि उसँग आकर्षण हुन्छ। यो बच्चाले सेवा पनि राम्रो गर्छ र योगमा पनि रहन्छ। त्यसैले बाबाको प्यार उसमाथि हुन्छ। आफैमाथि ध्यान राख्छन्, हामीबाट कुनै पाप त भएन। यदि याद गर्दैनौ भने खिया कसरी उत्रिन्छ। बाबा भन्नुहुन्छ– चार्ट राख, त्यसपछि खिया उत्रिन्छ। तमोप्रधानबाट सतोप्रधान बन्नुछ भने खिया उत्रिनुपर्छ। उत्रिन्छ पनि, फेरि चढ्छ पनि। सय गुणा दण्ड हुन्छ। बाबालाई याद गर्दैनौ भने केही न केही पाप गरिहाल्छौ। बाबा भन्नुहुन्छ– खिया नउत्रिकन तिमी मेरो पासमा आउन सक्दैनौ। नत्र फेरि सजाय खानुपर्छ। सजाय पनि मिल्छ, पद पनि भ्रष्ट हुन्छ। बाँकी बाबाबाट के वर्सा मिल्यो? यस्तो कर्म गर्नुहुँदैन, जसले गर्दा झन् खिया लाग्छ। पहिला त आफ्नो खिया उतार्ने ख्याल राख। ख्याल गर्दैनौ भने फेरि बाबाले सम्झनुहुन्छ– यिनको तकदिरमा छैन। योग्यता हुनुपर्छ। राम्रो आचरण हुनुपर्छ। लक्ष्मी-नारायणको आचरणको त गायन गरिएको छ। यस समयका मानिसहरूले उनीहरूको अगाडि आफ्नो आचरण वर्णन गर्छन्। शिवबाबालाई चिन्दै चिन्दैनन्, सदगति गर्नेवाला त उहाँ नै हुनुहुन्छ, मानिसहरू संन्यासीहरूकहाँ जान्छन्। तर सबैका सदगतिदाता हुनुहुन्छ नै एक। एउटै बाबाले नै स्वर्गको स्थापना गर्नुहुन्छ, फेरि त तल नै ओर्लनुछ। बाबा सिवाय अरू कसैले पावन बनाउन सक्दैन। मानिसहरू खाल्डोभित्र गएर बस्छन्, यसभन्दा त गङ्गामा गएर बसे सफा हुन्छन् किनकि पतित-पावनी गङ्गा भनिन्छ नि। मानिसहरूले शान्ति चाहन्छन्, त्यो पार्ट त घर गएपछि मात्र पूरा हुन्छ। हामी आत्माहरूको घर हो नै निर्वाणधाम। यहाँ शान्ति कहाँबाट आउँछ? तपस्या गर्छन्, त्यो पनि कर्म गर्छन् नि, तपस्या गरेर शान्त बस्छन्। शिवबाबालाई त चिन्दै चिन्दैनन्। त्यो सबै हो भक्तिमार्ग, पुरुषोत्तम सङ्गमयुग एउटै हुन्छ, जुनबेला बाबा आउनुहुन्छ। आत्मा स्वच्छ बनेर मुक्ति-जीवनमुक्तिमा जान्छ। जसले मेहनत गर्छन्, उनीहरूले राज्य गर्छन्, बाँकी जसले मेहनत गर्दैनन्, उनीहरूले सजाय खान्छन्। सुरुमा साक्षात्कार गराइएको थियो, सजायको। फेरि अन्त्यमा पनि साक्षात्कार हुन्छ। देख्छन्– हामी श्रीमतमा नचलेकाले यो हाल भयो। बच्चाहरू कल्याणकारी बन्नुछ। बाबा र रचनाको परिचय दिनुछ। जसरी सियोलाई मट्टीतेलमा राखेपछि खिया उत्रिन्छ, त्यसैगरी बाबाको यादमा रहनाले पनि खिया उत्रिन्छ। नत्र बाबामा त्यो आकर्षण, त्यो लभ हुँदैन। लभ सबै हुन्छ मित्र-सम्बन्धी आदिमा, मित्र-सम्बन्धीको पासमा गएर बस्छन्। कहाँ त्यो खिया लागेको सङ्ग र कहाँ यो सङ्ग। खिया लागेको चीजको सङ्गमा उसलाई पनि खिया लाग्छ। खिया उतार्नको लागि नै बाबा आउनुहुन्छ। यादले नै पावन बन्छौ। आधाकल्पदेखि ठुलो जोडले खिया लागेको छ। अब बाबा चुम्बक भन्नुहुन्छ– मलाई याद गर। बुद्धिको योग जति मसँग हुन्छ, त्यति खिया उत्रिन्छ। नयाँ दुनियाँ त बन्नु नै छ, सत्ययुगमा पहिला देवी-देवताहरूको धेरै सानो वृक्ष हुन्छ, फेरि वृद्धि हुँदै जान्छ। यहाँबाटै तिम्रो पासमा आएर पुरुषार्थ गरिरहन्छन्। माथिबाट कोही आउँदैनन्, जसरी अरू धर्मवालाहरूका मानिसहरू माथिबाट आउँछन्। यहाँ तिम्रो राजधानी तयार भइरहेको छ। सारा कुरा पढाइमा आधारित छ, बाबाको श्रीमतमा चल्नुमा छ। बुद्धियोग बाहिर गइरहन्छ, अनि खिया पनि लाग्छ। यहाँ आए भने सबै हिसाबकिताब चुक्ता गरेर, जीवन छँदै सबै कुरा खतम गरेर आउँछन्। संन्यासीले पनि संन्यास गरे भने पनि कति समयसम्म सबै याद आइरहन्छ।

तिमी बच्चाहरूलाई थाहा छ– अहिले हामीलाई सत्यको सङ्ग मिल्छ। हामी आफ्नो बाबाको नै यादमा रहन्छौँ। मित्र-सम्बन्धी आदिलाई चिन्न त चिन्दछौ नि। गृहस्थ व्यवहारमा रहेर पनि कर्म गर्दा गर्दै बाबालाई याद गर्छौ, पवित्र बन्नुछ, अरूलाई पनि सिकाउनुछ। फेरि तकदिरमा छ भने उनीहरू पनि ज्ञानमा चल्न थाल्छन्। ब्राह्मण कुलको नै छैन भने देवता कुलमा कसरी आउँछ? धेरै सहज प्वाइन्टहरू दिइन्छ, जुन तुरुन्तै कसैको बुद्धिमा बस्छ। विनाश काले विपरीत बुद्धिवाला चित्र पनि स्पष्ट छ। अब त्यो साम्राज्य त छैन। दैवी साम्राज्य थियो, जसलाई स्वर्ग भनिन्थ्यो। अहिले त पञ्चायती राज्य छ, सम्झाउनमा कुनै हर्जा छैन। तर खिया निस्किएको छ भने कसैलाई पनि तीर लाग्छ। पहिला खिया निकाल्ने कोसिस गर्नुपर्छ। आफ्नो आचरण हेर्नुछ। दिन रात हामीले के गर्छौँ? भान्सामा भोजन बनाउँदा पनि, रोटी पकाउँदा पनि जति हुन सक्छ यादमा रहने गर, घुम्न गयौ भने पनि यादमा घुम। बाबाले सबैको अवस्थालाई त जान्नुहुन्छ नि। परचिन्तन गरे भने फेरि झन् खिया लाग्छ। परचिन्तनको कुनै कुरा नसुन। अच्छा।

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) जसरी बाबाले टिचर रूपमा पढाएर सबैमाथि रहम गर्नुहुन्छ, त्यसैगरी आफूमाथि र अरूमाथि पनि रहम गर्नुछ। पढाइ र श्रीमतमा पूरा ध्यान दिनुछ, आफ्नो आचरण सुधार्नुछ।

२) आपसमा कुनै पुरानो सडेको परचिन्तनको कुरा गरेर बाबासँग बुद्धियोग तोडाउनुहुँदैन। कुनै पनि पाप कर्म गर्नुछैन, यादमा रहेर खिया उतार्नुछ।

वरदान:–
दृढताद्वारा बाँझो जमिनमा पनि फल पैदा गर्ने सफलतास्वरूप भव

कुनै पनि कुरामा सफलतास्वरूप बन्नको लागि दृढता र स्नेहको सङ्गठन चाहिन्छ। यो दृढताले बाँझो जमिनमा पनि फल पैदा गरिदिन्छ। जस्तै आजकाल वैज्ञानिकहरूले बालुवामा पनि फल पैदा गर्ने प्रयत्न गरिरहेका छन्, त्यस्तै तिमीले साइलेन्सको शक्तिद्वारा स्नेहको जल छर्कँदै फलीभूत बन। दृढताद्वारा उत्साह नभएका मानिसहरूमा पनि उत्साहको दियो जगाउन सक्छौ किनकि हिम्मतद्वारा बाबाको मद्दत मिल्छ।

स्लोगन:–
आफूलाई सदा प्रभुको अमानत सम्झेर चल्यौ भने कर्ममा रुहानियत आउँछ।

अव्यक्त इसारा:– अब लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वाला रूप बनाऊ

सारथी अर्थात् आत्म अभिमानी किनकि आत्मा नै सारथी हो। ब्रह्माबाबाले यस विधिबाट नम्बर एकको सिद्धि प्राप्त गर्नुभयो, त्यसैले फलो फादर गर। जसरी बाबाले देहलाई अधीन गरेर प्रवेश हुनुहुन्छ अर्थात् सारथी बन्नुहुन्छ, देहको अधीन हुनुहुन्न, त्यसैले न्यारा र प्यारा हुनुहुन्छ। त्यसैगरी तिमी सबै ब्राह्मण आत्माहरू पनि बाबासमान सारथीको स्थितिमा स्थित होऊ। सारथीले स्वतः नै साक्षी भएर जेसुकै पनि गर्छन्, देख्छन्, सुन्छन् र सबै कुरा गर्दा पनि मायाको लेपछेपबाट निर्लेप रहन्छन्।