13.11.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमीले
दु:ख सहन गर्नमा धेरै टाइम व्यर्थ ग ुमायौ , अब दुनियाँ परिवर्तन हुँ दैछ , तिमीले
बाबालाई याद गर , सतोप्रधान बन ेमा समय सफल हुन्छ।”
प्रश्न:–
२१ जन्मको लागि
चिट्ठा प्राप्त गर्ने पुरुषार्थ के हो?
उत्तर:–
२१ जन्मको
चिट्ठा लिनुछ भने मोहजित बन। एक बाबामाथि पूरा पूरा कुर्बान होऊ। सदा यो स्मृतिमा
रहोस्– अब यो पुरानो दुनियाँ परिवर्तन हुँदैछ, हामी नयाँ दुनियाँमा गइरहेका छौँ। यस
पुरानो दुनियाँलाई देख्दा पनि नदेख। सुदामाको मुठी चामलजस्तै सफल गरेर सत्ययुगी
बादसाही लेऊ।
ओम् शान्ति ।
रुहानी
बच्चाहरूप्रति रुहानी बाबा बसेर सम्झाउनुहुन्छ, यो त बच्चाहरूले बुझेका छौ, रुहानी
बच्चाहरू अर्थात् आत्माहरू। रुहानी बाबा अर्थात् आत्माहरूका पिता। यसलाई भनिन्छ
आत्माहरू र परमात्माको मिलन। यो मिलन हुन्छ नै एकैपटक। यी सबै कुरा तिमी
बच्चाहरूलाई थाहा छ। यो हो विचित्र कुरा। विचित्र बाबाले विचित्र आत्माहरूलाई
सम्झाउनुहुन्छ। वास्तवमा आत्मा विचित्र छ, यहाँ आएर चित्रधारी बन्छ। चित्रद्वारा
पार्ट खेल्छ। आत्मा त सबैमा छ नि। जनावरमा पनि आत्मा छ। ८४ लाख भन्छन्, त्यसमा त सबै
जनावर आउँछन् नि। जनावर आदि धेरै छन्, बाबा सम्झाउनुहुन्छ– यी कुराहरूमा समय
व्यर्थमा नगुमाऊ। यो ज्ञान सिवाय अरू काममा लागेमा मानिसहरूको समय व्यर्थमा
गुमिरहन्छ। यस समयमा बाबाले तिमी बच्चाहरूलाई बसाएर पढाउनुहुन्छ फेरि आधाकल्प तिमीले
प्रारब्ध भोग्छौ। त्यहाँ तिमीलाई कुनै तकलिफ हुँदैन। तिम्रो समय व्यर्थमा नै गुम्छ
दु:ख सहन गर्नमा। यहाँ त दु:खैदु:ख छ त्यसैले सबैले बाबालाई याद गर्छन्– दु:खमा
हाम्रो समय व्यर्थमा गुम्छ, यसबाट निकालिदिनुहोस्। सुखमा कहिल्यै समय व्यर्थमा
गुम्यो भनिँदैन। यो पनि तिमीले बुझेका छौ– यस समयमा मानिसको कुनै मूल्य छैन। हेर
मानिसहरू अचानक नै मरिहाल्छन्। एउटै तुफानमा कति मर्छन्। रावण राज्यमा मानिसको कुनै
मूल्य छैन। अहिले बाबाले तिम्रो कति मूल्य बढाउनुहुन्छ। एक पैसा बराबर पनि मूल्य
नभएकोबाट हीरातुल्य बनाउनुहुन्छ। गायन पनि गरिन्छ– हीरे जैसा जन्म अमोलक। यस समयमा
मानिसहरू कौडीका पछाडि लागेका छन्। लखपति, करोडपति, पदमपति बन्छन्, उनीहरूको सारा
बुद्धि त्यसैमा हुन्छ। उनीहरूलाई भनिन्छ– यो सबै कुरा भुलेर एक बाबालाई याद गर तर
मान्दै मान्दैनन्। उनीहरूको बुद्धिमा बस्छ, जसको बुद्धिमा कल्प पहिला पनि बसेको थियो।
नत्र जति सम्झाए पनि, कहिल्यै बुद्धिमा बस्दैन। तिमीहरू मध्ये पनि नम्बरवारले
जान्दछौ– यो दुनियाँ परिवर्तन भइरहेको छ। बाहिर तिमीले लेखिदेऊ– दुनियाँ परिवर्तन
हुँदैछ तिमीले कसैलाई पनि नसम्झाउँदासम्म फेरि पनि बुझ्दैनन्। अच्छा, कसैले बुझिहाले
भने उनीहरूलाई सम्झाउनुपर्छ– बाबालाई याद गर, सतोप्रधान बन। ज्ञान त धेरै सहज छ। यो
सूर्यवंशी-चन्द्रवंशी...। अहिले यो दुनियाँ परिवर्तन हुँदैछ, परिवर्तन गर्नेवाला एक
बाबा हुनुहुन्छ। यो पनि तिमीले यथार्थ रीतिले जान्दछौ, त्यो पनि नम्बरवार पुरुषार्थ
अनुसार। मायाले पुरुषार्थ गर्न दिँदैन फेरि सम्झन्छन्– यसमा पनि ड्रामा अनुसार यति
पुरुषार्थ हुँदैन। अहिले तिमी बच्चाहरूलाई थाहा छ– श्रीमतबाट हामीले आफ्नो लागि यस
दुनियाँलाई परिवर्तन गर्दैछौँ। श्रीमत हो नै एक शिवबाबाको। शिवबाबा, शिवबाबा भन्न त
धेरै सहज छ र अरू कसैले न शिवबाबालाई, न वर्सालाई जान्दछन्। बाबा अर्थात् वर्सा।
शिवबाबा पनि सच्चा हुनुपर्छ नि। आजकाल त मेयरलाई पनि पिता भनिदिन्छन्। गान्धीलाई पनि
पिता भन्छन्, कसैलाई फेरि जगतगुरु भनिदिन्छन्। तर जगत अर्थात् सारा सृष्टिको गुरु।
त्यो कुनै मानिस कसरी हुन सक्छ! पतितपावन सबैका सदगतिदाता एक बाबा मात्रै हुनुहुन्छ।
बाबा त हुनुहुन्छ निराकार फेरि उहाँले कसरी मुक्त गर्नुहुन्छ? दुनियाँ परिवर्तन
हुन्छ भने अवश्य कर्ममा आउनुहुन्छ त्यसपछि मात्रै थाहा हुन्छ। यस्तो होइन– प्रलय
हुन्छ, फेरि बाबाले नयाँ सृष्टि रच्नुहुन्छ। शास्त्रहरूमा देखाइएको छ– धेरै ठुलो
प्रलय हुन्छ, फेरि पिपलको पातमा श्रीकृष्ण आउनुहुन्छ। तर बाबा सम्झाउनुहुन्छ– यस्तो
त होइन। गायन गरिन्छ– विश्वको इतिहास-भूगोल दोहोरिन्छ। यसरी त प्रलय हुन सक्दैन।
तिम्रो दिलमा छ– अब यो पुरानो दुनियाँ परिवर्तन हुँदैछ। यी सबै कुरा बाबाले नै आएर
सम्झाउनुहुन्छ। यी लक्ष्मी-नारायण हुन् नयाँ दुनियाँका मालिक। तिमीले चित्रहरूमा पनि
देखाउँछौ– पुरानो दुनियाँको मालिक हो रावण। रामराज्य र रावण राज्य गायन गरिन्छ नि।
यी कुरा तिम्रो बुद्धिमा छन्– बाबाले पुरानो आसुरी दुनियाँलाई खतम गरेर नयाँ दैवी
दुनियाँ स्थापना गराइरहनुभएको छ। बाबा भन्नुहुन्छ– म जो हुँ, जस्तो छु, कोही विरलैले
बुझ्छन्। त्यो कुरा तिमीहरूले पनि नम्बरवार पुरुषार्थ अनुसार जान्दछौ। जो राम्रा
पुरुषार्थी छन् उनीहरूलाई धेरै राम्रो नसा हुन्छ। यादका पुरुषार्थीलाई रियल नसा
चढ्छ। ८४ को चक्रको ज्ञान सम्झाउनमा त्यति नसा चढ्दैन जति यादको यात्रामा चढ्छ। मूल
कुरा हो नै पावन बन्ने। पुकार्छन् पनि– आएर पावन बनाउनुहोस्। यसरी पुकार्दैनन्– आएर
विश्वको बादसाही दिनुहोस्। भक्तिमार्गमा कति कथाहरू पनि सुन्छन्। सच्चा सच्चा सत्य
नारायणको कथा त यो हो। ती कथाहरू त जन्मजन्मान्तर सुन्दै सुन्दै तल नै ओर्लंदै आएका
छौ। भारतवर्षमा नै यी कथाहरू सुन्ने प्रचलन छ, अरू कुनै खण्डमा कथाहरू आदि हुँदैनन्।
भारतवर्षलाई नै धार्मिक स्थान मान्छन्। भारतवर्षमा धेरैभन्दा धेरै मन्दिर छन्।
क्रिश्चियनको त एउटै चर्च हुन्छ। यहाँ त किसिम किसिमका धेरै मन्दिर छन्। वास्तवमा
एउटै शिवबाबाको मन्दिर हुनुपर्छ। नाम पनि एकको हुनुपर्छ। यहाँ त धेरै नाम छन्।
बेलायतका मानिसहरू पनि यहाँ मन्दिर हेर्न आउँछन्। बिचराहरूलाई यो थाहा छैन– प्राचीन
भारतवर्ष कस्तो थियो? ५ हजार वर्षभन्दा पुरानो कुनै चीज हुँदैन। उनीहरूले त
सम्झन्छन्– लाखौँ वर्षको पुरानो चीज मिल्यो। बाबा सम्झाउनुहुन्छ– यी मन्दिरमा जति
पनि चित्र आदि बनेका छन् तिनी बनेको २५०० वर्ष जति मात्रै भएको छ, सबैभन्दा पहिला
शिवको नै पूजा हुन्छ। त्यो हो अव्यभिचारी पूजा। त्यसैगरी अव्यभिचारी ज्ञान पनि
भनिन्छ। पहिला अव्यभिचारी पूजा, फेरि हो व्यभिचारी पूजा। अब त हेर पानी, माटोको पनि
पूजा गरिरहन्छन्।
अहिले बेहदका बाबा
भन्नुहुन्छ– भक्तिमार्गमा तिमीले कति धन गुमायौ। कति अथाह शास्त्र, अथाह चित्र छन्।
गीताहरू कति धेरैभन्दा धेरै होलान्। यी सबैमा खर्च गर्दा गर्दै हेर तिमी के भएका
छौ। हिजो तिमीलाई डबल सिरताज बनाएको थिएँ फेरि तिमी कति कङ्गाल भएका छौ। हिजोको नै
त कुरा हो नि। तिमीले पनि बुझ्छौ– अवश्य हामीले ८४ को चक्कर लगाएका छौँ। अहिले हामी
फेरि यो बनिरहेका छौँ। बाबाबाट वर्सा लिइरहेका छौँ। बाबाले घरी घरी उमङ्ग
दिलाउनुहुन्छ (पुरुषार्थ गराउनुहुन्छ), गीतामा पनि शब्द छ– मनमनाभव। कुनै कुनै शब्द
ठीक छन्। ‘प्रायः’ भनिन्छ नि, अर्थात् देवीदेवता धर्म छैन, बाँकी चित्र छन्। तिम्रो
यादगार हेर कस्तो राम्रो बनाइएको छ। तिमीले बुझेका छौ– अहिले हामीले फेरि स्थापना
गरिरहेका छौँ। फेरि भक्तिमार्गमा हाम्रै एक्युरेट यादगार बन्छन्। भूकम्प आदि हुन्छ,
त्यसमा सबै खतम हुन्छ। फेरि त्यहाँ सबै तिमीले नयाँ बनाउँछौ। सीप त त्यहाँ हुन्छ
नि। हीरा काट्ने पनि सीप (कला) हुन्छ। यहाँ पनि हीरालाई काट्छन् र फेरि बनाउँछन्।
हीरा काट्नेहरू पनि धेरै एक्सपर्ट हुन्छन्। उनीहरू फेरि त्यहाँ जान्छन्। त्यहाँ यो
सबै सीप जान्छ। तिमीलाई थाहा छ– त्यहाँ कति सुख हुन्छ। यी लक्ष्मी-नारायणको राज्य
थियो नि। नाम नै हो स्वर्ग। १०० प्रतिशत सम्पन्न। अहिले त छ विपन्न। यहाँ जुहारतको
धेरै फेसन छ, जुन परम्परा चल्दै आएको छ। त्यसैले तिमी बच्चाहरूलाई कति खुसी
हुनुपर्छ। तिमीलाई थाहा छ– यो दुनियाँ परिवर्तन हुँदैछ। अहिले स्वर्ग बनिरहेको छ,
त्यसको लागि हामी पवित्र अवश्य बन्नुछ। दैवीगुण पनि धारण गर्नुछ, त्यसैले बाबा
भन्नुहुन्छ– चार्ट अवश्य लेख। म आत्माले कुनै आसुरी विकर्म त गरिन? आफूलाई पक्कासँग
आत्मा सम्झ। यस शरीरबाट कुनै विकर्म त गरिन? यदि गरेका रहेछौ भने रजिस्टर बिग्रन्छ।
यो हो २१ जन्मको चिट्ठा। यो पनि दौड हो। घोडाको दौड हुन्छ नि। यसलाई भनिन्छ– राजस्व
अश्वमेध... स्वराज्यको लागि अश्व अर्थात् तिमी आत्माहरूले दौड लगाउनुछ। अब फर्केर
घर जानुछ। त्यसलाई स्वीट साइलेन्स होम भनिन्छ। यी शब्द तिमीले अहिले सुन्छौ। अब बाबा
भन्नुहुन्छ– प्यारा बच्चाहरू! खुब मेहनत गर। राज्य भाग्य मिल्छ, कहाँ कम कुरा हो र।
म आत्मा हुँ, हामीले यति जन्म लियौँ। अब बाबा भन्नुहुन्छ– तिम्रा ८४ जन्म पूरा भए।
अब फेरि पहिलो नम्बरबाट सुरु गर्नुछ। नयाँ महलहरूमा अवश्य बच्चाहरू नै बस्छन्।
पुरानोमा त बस्दैनन्। यस्तो त होइन, आफू पुरानोमा बसेर नयाँमा भाडामा बस्नेलाई
बसाउँछन्। तिमीले जति मेहनत गर्छौ, त्यति नयाँ दुनियाँको मालिक बन्छौ। नयाँ भवन
बन्यो भने मन हुन्छ– पुरानोलाई छोडेर नयाँमा बसौँ। बाबाले बच्चाहरूको लागि नयाँ भवन
बनाउनुहुन्छ नै पहिलो भवन पुरानो भएपछि मात्र। त्यहाँ भाडामा दिने त कुरा नै हुँदैन।
जसरी ती मानिसहरूले चन्द्रमामा प्लट लिने कोसिस गर्छन्, तिमीले फेरि स्वर्गमा प्लट
लिइरहेका छौ। जति जति ज्ञान र योगमा रहन्छौ त्यति पवित्र बन्छौ। यो हो राजयोग, कति
ठुलो राज्य भाग्य मिल्छ। बाँकी यो जुन चन्द्रमा आदिमा प्लट खोजिरहन्छन् ती सबै
व्यर्थ हुन्। यिनै चीजहरू जो सुखदायक छन् यिनै फेरि विनाश गर्ने, दु:खदायक बन्छन्।
पछि गएर सेना आदि सबै कम हुन्छन्। बमहरूबाट नै फटाफट काम हुँदैजान्छ। ड्रामा यस्तो
बनेको छ, समयमा अचानक विनाश हुन्छ। फेरि सिपाही आदि पनि मर्छन्। अहिले तिमी फरिस्ता
बनिरहेका छौ। तिमीलाई थाहा छ– हाम्रो खातिर विनाश हुन्छ। ड्रामामा पार्ट छ, पुरानो
दुनियाँ समाप्त हुन्छ। जसले जस्तो कर्म गर्छन् त्यस्तै त भोग्नुछ नि। तर सम्झ
संन्यासी राम्रा छन्, जन्म त फेरि पनि गृहस्थीहरूको पासमा लिन्छन् नि। श्रेष्ठ जन्म
त तिमीलाई नयाँ दुनियाँमा मिल्नेछ, फेरि पनि संस्कार अनुसार गएर उनीहरू त्यही
संन्यासी बन्छन्। तिमी अहिले संस्कार लिएर जान्छौ नयाँ दुनियाँको लागि। जन्म पनि
अवश्य भारतवर्षमा लिन्छौ। जो धेरै राम्रा धार्मिक मनका (रिलिजियस माइन्डेड) हुन्छन्
उनीहरूको पासमा जन्म लिन्छौ किनकि तिमीले कर्म नै यस्तो गर्छौ। जस्तो जस्तो संस्कार,
त्यसै अनुसार जन्म हुन्छ। तिमी गएर धेरै उच्च कुलमा जन्म लिन्छौ। तिम्रोजस्तो कर्म
गर्ने त कोही हुँदैन। जस्तो पढाइ, जस्तो सेवा, त्यस्तै जन्म। मर्नु त धेरैलाई छ।
पहिला रिसिभ (स्वागत) गर्नेहरू पनि जानुछ। बाबा सम्झाउनुहुन्छ– अब यो दुनियाँ
परिवर्तन हुँदैछ। बाबाले त साक्षात्कार गराउनुभएको छ। बाबाले आफ्नो पनि उदाहरण
बताउँछन्। देखेँ– २१ जन्मको लागि राज्य भाग्य मिल्छ, त्यसको अगाडि यो १०-२० लाख के
हो। अल्फलाई मिल्यो बादसाही, बेलाई मिल्यो गधाइ। साझेदारलाई भनिदिएँ– जे चाहिन्छ
त्यो लेऊ। कुनै पनि तकलिफ भएन। बच्चाहरूलाई पनि सम्झाइन्छ– बाबाबाट तिमीले के लिन्छौ?
स्वर्गको बादसाही। जति हुन सक्छ सेन्टरहरू खोल्दै जाऊ। धेरैको कल्याण गर। तिम्रो २१
जन्मको कमाइ भइरहेको छ। यहाँ त लखपति, करोडपति धेरै छन्। ती सबै भिखारी हुन्। तिम्रो
पासमा आउँछन् पनि धेरै। प्रदर्शनीमा कति आउँछन्, यस्तो नसोच– प्रजा बन्दैनन्। प्रजा
धेरै बन्छन्। राम्रो राम्रो त धेरैले भन्छन् तर भन्छन्– हामीलाई फुर्सद छैन। अलिकति
सुने भने पनि प्रजामा आउँछन्। अविनाशी ज्ञानको विनाश हुँदैन। बाबाको परिचय दिनु कुनै
कम कुरा कहाँ हो र! कसै कसैको रोमाञ्च खडा हुन्छ। उच्च पद पाउनुछ भने पुरुषार्थ
गर्न लाग्छन्। बाबाले कसैसँग धन आदि त लिनुहुन्न। बच्चाहरूको थोपा थोपाबाट तलाउ
बन्छ। कसै कसैले एक रुपैयाँ पनि पठाइदिन्छन्। बाबा एउटा इँट लगाइदिनुहोस्। सुदामाको
मुठी चामलको गायन छ नि। बाबा भन्नुहुन्छ– तिम्रा त यी हीरा-जुवाहरत हुन्। हीराजस्तो
जन्म सबैको बन्छ। तिमीले भविष्यको लागि बनाइरहेका छौ। तिमीलाई थाहा छ– यहाँ यी
आँखाले जे जति देख्छौ, यो पुरानो दुनियाँ हो। यो दुनियाँ परिवर्तन हुँदैछ। अहिले
तिमी अमरपुरीका मालिक बनिरहेका छौ। मोहजित अवश्य बन्नुपर्छ। तिमीले भन्दै आएका हौ–
बाबा हजुर आउनुभयो भने हामी कुर्बान जान्छौँ, सौदा त राम्रो छ नि। मानिसहरूले कहाँ
जान्दछन् र, सौदागर, रत्नागर, जादुगर नाम किन राखियो। रत्नागर हुनुहुन्छ नि, अविनाशी
ज्ञान रत्न एक एक अमूल्य वाणी हुन्। यसमा रूप-बसन्तको कथा छ नि। तिमी रूप पनि हौ,
बसन्त पनि हौ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) अब यस शरीरबाट कुनै पनि विकर्म गर्नुछैन। यस्तो कुनै आसुरी कर्म नहोस् जसले गर्दा
रजिस्टर बिग्रिन्छ।
२) एक बाबाको यादको
नसामा रहनुछ। पावन बन्ने मूल पुरुषार्थ अवश्य गर्नुछ। कौडी पछाडि आफ्नो अमूल्य समय
बर्बाद नगरी श्रीमतबाट जीवन श्रेष्ठ बनाउनुछ।
वरदान:–
स्वयंलाई
विश्व सेवाप्रति अर्पित गर ेर मायालाई दासी बनाउने सहज ै सम्पन्न भव
अब आफ्नो समय, सबै
प्राप्तिहरू, ज्ञान, गुण र शक्तिहरू विश्वको सेवा अर्थ समर्पित गर। जुन सङ्कल्प
उठ्छ त्यसको चेक गर– विश्व सेवाप्रति छ कि छैन। यसरी सेवाप्रति अर्पण हुनाले स्वयं
सहजै सम्पन्न हुन्छौ। सेवाको लगनमा साना ठुला पेपर वा परीक्षाहरू स्वतः समर्पण
हुन्छन्। फेरि मायासँग डराउँदैनौ, सदा विजयी बन्ने खुसीमा नाचिरहन्छौ। मायालाई आफ्नो
दासी अनुभव गर्छौ। स्वयं सेवामा समर्पित भयौ भने माया स्वतः समर्पित हुन्छ।
स्लोगन:–
अन्तर्मुखताबाट मुखलाई बन्द गरिदेऊ त्यसपछि क्रोध समाप्त हुन्छ।
अव्यक्त इसारा:–
अशरीरी वा विदेही स्थितिको अभ्यास बढाऊ
जसरी एक सेकेन्डमा
स्विच अन र अफ गरिन्छ, त्यसैगरी एक सेकेन्डमा शरीरको आधार लियौ र एक सेकेन्डमा
शरीरबाट पर अशरीरी स्थितिमा स्थित भयौ। अहिले भर्खरै शरीरमा आयौ, उतिखेरै अशरीरी
बन्यौ, आवश्यकता भयो भने शरीररूपी वस्त्र धारण गर्छौ, आवश्यकता भएन भने शरीरबाट अलग
हुन्छौ। यो प्राक्टिस गर्नुछ, यसलाई नै कर्मातित अवस्था भनिन्छ।