13.12.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिम्रो यो ईश्वरीय मिसन हो , तिमीले सबैलाई ईश्वरक ा बनाएर उनीहरूलाई बेहदको वर्सा दिलाउँछौ।”

प्रश्न:–
कर्मेन्द्रियहरूको चञ्चलता कहिले समाप्त हुन्छ?

उत्तर:–
तिम्रो स्थिति सिल्भर एजसम्म पुग्छ अर्थात् आत्मा त्रेताको सतो स्टेजसम्म पुग्छ, त्यसपछि कर्मेन्द्रियहरूको चञ्चलता बन्द हुन्छ। अहिले तिम्रो रिटर्न जर्नी (फिर्ती यात्रा) हो, त्यसैले कर्मेन्द्रियहरूलाई वशमा राख्नुछ। कुनै पनि लुकाएर यस्तो कर्म गर्नुहुँदैन, जसले गर्दा आत्मा पतित बन्छ। अविनाशी सर्जनले तिमीलाई जुन परहेज बताइरहनुभएको छ, त्यसैमा चलिराख।

गीत:–
मुखड़ा देख ले प्राणी...

ओम् शान्ति । रुहानी बच्चाहरूप्रति रुहानी बाबाले सम्झाइरहनुभएको छ। केवल तिमी बच्चाहरूलाई मात्र होइन, जति पनि रुहानी बच्चाहरू प्रजापिता ब्रह्मा मुखवंशावली छन्, तिनीहरूलाई थाहा छ। हामी ब्राह्मणहरूलाई नै बाबाले सम्झाउनुहुन्छ। पहिला तिमी शूद्र थियौ, फेरि आएर ब्राह्मण बनेका छौ। बाबाले वर्णहरूको पनि हिसाब सम्झाउनुभएको छ। दुनियाँमा वर्णहरूको विषयमा पनि जान्दैनन्। केवल गायन छ। अहिले तिमी ब्राह्मण वर्णका हौ, फेरि देवता वर्णका बन्छौ। विचार गर, यो कुरा सही छ? आफैले निधो गर (जज योरसेल्फ)। मेरो कुरा सुन र तुलना गर। शास्त्र जुन जन्मजन्मान्तर सुनेका छौ र जुन ज्ञान सागर बाबाले सम्झाउनुहुन्छ, त्यसको तुलना गर– सही के हो? ब्राह्मण धर्म अथवा ब्राह्मण कुल बिल्कुलै बिर्सिएका छौ। तिमीसँग विराटरूपको चित्र ठिक बनेको छ, यसैमा सम्झाइन्छ। बाँकी जुन यति धेरै भुजाहरू भएका चित्र बनाएका छन् र देवीहरूलाई हतियार आदि देखाइदिएका छन्, ती सबै गलत हुन्। यी भक्तिमार्गका चित्र हुन्। यी आँखाले सबै देख्नछन् तर बुझ्दैनन्। कसैको कर्तव्यको विषयामा थाहै छैन। अहिले तिमी बच्चाहरूलाई आफु आत्माको विषयमा थाह भएको छ। ८४ जन्महरूको विषयमा पनि थाहा भएको छ। जसरी बाबाले तिमी बच्चाहरूलाई सम्झाउनुहुन्छ, त्यसैगरी तिमीले फेरि अरूलाई सम्झाउनुछ। शिवबाबा त सबैको पासमा जानुहुन्न। अवश्य बाबालाई मदतगार चाहिन्छ नि, त्यसैले तिम्रो हो ईश्वरीय मिसन। तिमीले सबैलाई ईश्वरका बनाउँछौ। सम्झाउँछौ– उहाँ हामी आत्माहरूका बेहदका बाबा हुनुहुन्छ। उहाँबाट बेहदको वर्सा मिल्छ। जसरी लौकिक पितालाई याद गरिन्छ, उनीभन्दा धेरै पारलौकिक बाबालाई याद गर्नुपर्छ। लौकिक पिताले त अल्पकालको लागि सुख दिन्छन्। बेहदका बाबाले बेहदको सुख दिनुहुन्छ। यो ज्ञान अहिले आत्माहरूलाई मिल्छ। अहिले तिमीलाई थाहा छ– ३ पिता हुनुहुन्छ। लौकिक, पारलौकिक र अलौकिक। बेहदका बाबाले अलौकिक पिताद्वारा तिमीलाई सम्झाइरहनुभएको छ। यी पितालाई कसैले पनि चिन्दैनन्। ब्रह्माको जीवनी कसैलाई थाहा छैन। उहाँको कर्तव्य पनि जान्नुपर्छ नि। शिवको, श्रीकृष्णको महिमा गाउँछन्, बाँकी ब्रह्माको महिमा कहाँ गाउँछन् र? निराकार बाबालाई अवश्य मुख त चाहिन्छ नि, जसबाट अमृत दिनुहुन्छ। भक्तिमार्गमा बाबालाई कहिल्यै यथार्थ रीतिले याद गर्न सक्दैनन्। अहिले तिमीलाई थाहा छ र तिमीले बुझेका छौ– यो शिवबाबाको रथ हो। रथलाई पनि श्रृङ्गार गर्छन् नि। जसरी मुहम्मदको घोडालाई पनि सजाउँछन्। तिमी बच्चाहरूले कति राम्रोसँग मानिसहरूलाई सम्झाउँछौ। तिमीले सबैको बडाइँ गर्छौ। भन्छौ– तिमी यी देवता थियौ, फेरि ८४ जन्म भोगेर तमोप्रधान बनेका छौ। अब फेरि सतोप्रधान बन्नुछ, त्यसको लागि योग चाहिन्छ। तर धेरै मुस्किलले कसैले बुझ्छन्। बुझे भने खुसीको पारा चढ्छ। सम्झाउनेको त झन् पारा चढ्छ। बेहदका बाबाको परिचय दिनु कुनै कम कुरा हो र। बुझ्न सक्दैनन्। भन्छन्– यो कसरी हुन सक्छ। बेहदका बाबाको जीवन कहानी सुनाउँछन्।

अब बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! पावन बन। तिमीले बोलाउँथ्यौ नि– हे पतितपावन आउनुहोस्! गीतामा पनि मनमनाभव शब्द छ तर त्यसको अर्थ कसैले बुझेको छैन। बाबाले आत्माको ज्ञान पनि कति स्पष्ट पारेर सम्झाउनुहुन्छ। कुनै शास्त्रमा यी कुरा छैनन्। भन्न त भन्छन्– आत्मा बिन्दु हो, भृकुटीको बीचमा सितारा छ। तर यथार्थ रीतिले कसैको बुद्धिमा छैन। त्यो पनि जान्नुपर्छ। कलियुगमा छन् नै दुराचारी (अनराइटियस)। सत्ययुगमा छन् सबै सदाचारी (राइटियस)। भक्तिमार्गमा मानिसहरूले सम्झन्छन्– यी सबै ईश्वरसँग मिल्ने मार्ग हुन्, त्यसैले तिमीले पहिला फर्म भराउँछौ– यहाँ किन आउनु भएको हो? यसबाट पनि तिमीले बेहदका बाबाको परिचय दिनुछ। सोध्छौ– आत्माको पिता को हुनुहुन्छ? सर्वव्यापी भन्नाले त कुनै अर्थ नै निस्किँदैन। सबैका पिता को हुनुहुन्छ? यो हो मुख्य कुरा। आआफ्नो घरमा पनि तिमीले सम्झाउन सक्छौ। एक-दुई मुख्य चित्र– सिँढी, त्रिमूर्ति, वृक्ष, यी धेरै आवश्यक छन्। कल्पवृक्षबाट सबै धर्मकाले बुझ्न सक्छन्– हाम्रो धर्म कहिले सुरु भयो! हामी यस हिसाबले स्वर्गमा जान सक्छौँ? जो आउँछन् नै पछि, उनीहरू त स्वर्गमा जान सक्दैनन्। बाँकी शान्तिधाममा जान सक्छन्। वृक्षबाट पनि धेरै स्पष्ट हुन्छ। जुन जुन धर्म पछि आएका छन्, तिनका आत्माहरू अवश्य माथि गएर विराजमान हुन्छन्। तिम्रो बुद्धिमा सारा ज्ञानको फाउन्डेसन लगाइन्छ। बाबा भन्नुहुन्छ– आदि सनातन देवीदेवता धर्मको कलमी त लाग्यो, फेरि वृक्षका पातहरू पनि तिमीले बनाउनुछ, पातबिना त वृक्ष हुँदैन, त्यसैले बाबाले पुरुषार्थ गराइरहनुहुन्छ– आफूसमान बनाउनको लागि। अरू धर्मका मानिसहरूले पातहरू बनाउनु पर्दैन। उनीहरू त माथिबाट आउँछन्, फाउन्डेसन लगाउँछन्। फेरि पातहरू पछि माथिबाट आउँदै-जाँदै गर्छन्। तिमीले फेरि वृक्षको वृद्धिको लागि यो प्रदर्शनी आदि गर्छौ। यसबाट पातहरू लाग्छन्, फेरि तुफान आएपछि गिर्छन्, ओइलाउँछन्। यहाँ आदि सनातन देवी-देवता धर्मको स्थापना भइरहेको छ। यसमा लडाइँ आदिको कुनै कुरा छैन। केवल बाबालाई याद गर्नु र गराउनुछ। तिमीले सबैलाई भन्छौ– अरू जुन पनि रचना छ, त्यसलाई छोड। रचनाबाट कहिल्यै वर्सा मिल्न सक्दैन। रचयिता बाबालाई नै याद गर्नुछ। अरू कसैको याद नआओस्। बाबाको बनेर, ज्ञानमा आएर फेरि यदि कुनै यस्तो काम गरे भने शिरमा त्यसको धेरै बोझ चढ्छ। बाबा पावन बनाउन आउनुहुन्छ र फेरि यस्तो केही काम गरे भने झन् पतित बन्छन्, त्यसैले बाबा भन्नुहुन्छ– यस्तो कुनै काम नगर, जसले घाटा पर्छ। बाबाको ग्लानि हुन्छ नि। यस्तो कर्म नगर, जसले विकर्म धेरै हुन्छ। परहेज पनि राख्नुछ। औषधिमा पनि परहेज राखिन्छ। डक्टरले यो अमिलो आदि नखानु भनेमा मान्नुपर्छ। कर्मेन्द्रियहरूलाई वश गर्नुपर्छ। यदि लुकाएर खाइरह्यौ भने फेरि औषधिको असर हुँदैन। यसलाई भनिन्छ आसक्ति। बाबाले पनि शिक्षा दिनुहुन्छ– यस्तो नगर। सर्जन हुनुहुन्छ नि। लेख्छन्– बाबा, मनमा सङ्कल्प धेरै आउँछन्। सावधान रहनुछ। विकारी सपना, मनसामा सङ्कल्प आदि धेरै आउँछन्, यससँग डराउनुहुँदैन, सत्ययुग-त्रेतामा यी कुरा हुँदैनन्। पछी गएर तिमी जति नजिक हुँदै जान्छौ, सिल्भर एजसम्म पुग्छौ, त्यति कर्मेन्द्रियहरूको चञ्चलता बन्द हुन्छ। कर्मेन्द्रियहरू वश हुन्छन्। सत्ययुग-त्रेतामा वश थिए नि। त्यस त्रेताको अवस्थासम्म आउँछौ, त्यसपछि वश हुन्छन्। फेरि सत्ययुगको अवस्थामा आउँछौ र सतोप्रधान बन्छौ, फेरि सबै कर्मेन्द्रियहरू पूरा वश हुन्छन्। कर्मेन्द्रियहरू वश थिए नि। नयाँ कुरा कहाँ हो र। आज कर्मेन्द्रियहरूको वशमा छन्, भोलि फेरि पुरुषार्थ गरेर कर्मेन्द्रियहरूलाई वश पार्छन्। उनीहरू त ८४ जन्महरूमा गिर्दै आएका छन्। अहिले रिटर्न जर्नी (फिर्ती यात्रा) हो, सबै सतोप्रधान अवस्थामा जानुछ। आफ्नो चार्ट हेर्नुछ– हामीले कति पाप, कति पुण्य गरेकाछौँ। बाबालाई याद गर्दागर्दै कलियुगबाट त्रेतायुगसम्म पुग्छौ, त्यसपछि कर्मेन्द्रियहरू वश हुन्छन्। फेरि तिमीलाई महसुस हुन्छ– अहिले कुनै तुफान आउँदैन। त्यो अवस्था पनि आउँछ। फेरि सत्युगमा जान्छौ। मेहनत गरेर पावन बनेमा खुसीको पारा पनि चढ्छ। जति पनि आउँछन्, उनीहरूलाई सम्झाउनुछ– कसरी तिमीले ८४ जन्म लियौ? जसले ८४ जन्म लिएको छ, उसैले बुझ्छ। भन्छन्– अब बाबालाई याद गरेर मालिक बन्नुछ। ८४ जन्मको कुरा बुझ्दैनौ भने सायद राजधानीको मालिक बनेकाछैनौ होला। मैले त हिम्मत दिलाउँछु, राम्रो कुरा सुनाउँछु। तिमी तल गिर्छौ। जसले ८४ जन्म लिएको हुन्छ, उसलाई तुरुन्तै स्मृति आउँछ। बाबा भन्नुहुन्छ– तिमी शान्तिधाममा पवित्र त थियौ नि। अब फेरि तिमीलाई शान्तिधाम, सुखधाममा जाने मार्ग बताउँछु। अरू कसैले पनि मार्ग बताउन सक्दैन। शान्तिधाममा पनि पावन आत्माहरू नै जान सक्छन्। जति अलाय निस्किँदै जान्छ, त्यति उच्च पद मिल्छ, जसले जति पुरुषार्थ गर्छ। हरेकको पुरुषार्थलाई त तिमीले देखिहेरिरहेका छौ, बाबाले पनि धेरै राम्रो मदत गर्नुहुन्छ। यो त मानौँ पुरानो बच्चा हो। हरेकको नाडीलाई हेर्छौ नि। जो बुद्धिमान हुन्छन्, उनीहरूले तुरुन्तै बुझ्छन्। बेहदका बाबा हुनुहुन्छ, उहाँबाट अवश्य स्वर्गको वर्सा मिल्नुपर्छ। त्यो वर्सा मिलेको थियो, अहिले छैन, फेरि मिलिरहेको छ। लक्ष्य उद्देश्य सामुन्ने खडा छ। बाबाले स्वर्गको स्थापना गर्नुभएको बेलामा तिमी स्वर्गका मालिक थियौ। फेरि ८४ जन्म लिएर तल गिर्दै आयौ। अहिले हो यो तिम्रो अन्तिम जन्म। इतिहास त अवश्य दोहोरिन्छ नि। तिमीले सारा ८४ को हिसाब बताउँछौ। जति बुझ्छन्, त्यति पातहरू बन्दै जान्छन्। तिमीले पनि धेरैलाई आफूसमान बनाउँछौ नि। तिमीले भन्छौ– हामी आएका छौँ– सारा विश्वलाई मायाको जन्जिरबाट छुटाउन। बाबा भन्नुहुन्छ– म सबैलाई रावणबाट छुटाउन आउँछु। तिमी बच्चाहरूले पनि बुझेका छौ– बाबा ज्ञानको सागर हुनुहुन्छ। तिमी पनि ज्ञान प्राप्त गरेर मास्टर ज्ञान सागर बन्छौ नि। ज्ञान अलग हो, भक्ति अलग हो। तिमीलाई थाहा छ– भारतवर्षको प्राचीन राजयोग बाबाले नै सिकाउनुहुन्छ। कुनै मनुष्यले सिकाउन सक्दैनन्। तर यो कुरा सबैलाई कसरी बताउने? यहाँ त असुरहरूका विघ्न पनि धेरै पर्छन्। पहिला त सम्झन्थ्यौ– सायद कसैले फोहोर फाल्छन्। अहिले बुझेका छौ– यिनीहरूले कसरी विघ्न पार्छन्। नथिङ न्यु। कल्प पहिला पनि यो भएको थियो। तिम्रो बुद्धिमा यो सारा चक्र घुमिरहन्छ। बाबाले हामीलाई सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य सम्झाइरहनुभएको छ, बाबाले हामीलाई लाइट हाउसको पनि टाइटल दिनुहुन्छ। एउटा आँखामा मुक्तिधाम, अर्को आँखामा जीवनमुक्तिधाम। तिमी शान्तिधाममा गएर फेरि सुखधाममा आउनुछ। यो हो नै दुःखधाम। बाबा भन्नुहुन्छ– तिमीले यी आँखाले जे जति देख्छौ, त्यसलाई भुल। आफ्नो शान्तिधामलाई याद गर। आत्माले आफ्नो बाबालाई याद गर्नुछ, यसलाई नै अव्यभिचारी योग भनिन्छ। ज्ञान पनि एकबाट नै सुन्नुछ। त्यो हो अव्यभिचारी ज्ञान। याद पनि एकलाई गर। मेरो त एक, दोस्रो न कोही। आफूलाई आत्मा निश्चय नगर्दासम्म एकको याद आउँदैन। आत्माले भन्छ– म त एक बाबाको नै बन्छु। म त जानुछ बाबाको पासमा। यो शरीर त पुरानो जर्जर छ, यसमा पनि ममत्व राख्नुहुँदैन। यो ज्ञानको कुरा हो। यस्तो होइन– शरीरको सम्हाल गर्नुहुँदैन। भित्रैबाट बुझ्नुछ– यो पुरानो छाला हो, यसलाई त अब छोड्नुछ। तिम्रो हो बेहदको संन्यास। उनीहरू त जङ्गलमा जान्छन्। तिमी घरमा रहेरै यादमा रहनुछ। यादमा रहँदारहँदै तिमीले पनि शरीर छोड्न सक्छौ। जहाँ भए पनि तिमीले बाबालाई याद गर। यादमा रह्यौ, स्वदर्शन चक्रधारी बन्यौ भने जहाँ रहे पनि तिमीले उच्च पद पाउँछौ। स्वयंले जति मेहनत गर्छौ, त्यति पद पाउँछौ। घरमा रहेर पनि यादको यात्रामा रहनुछ। अहिले फाइनल रिजल्ट हुनमा केही टाइम बाँकी छ। फेरि नयाँ दुनियाँ पनि तयार हुनुपर्छ नि। अब कर्मातीत अवस्था भयो भने सूक्ष्मवतनमा रहनुपर्छ। सूक्ष्मवतनमा रहेर पनि फेरि जन्म लिनुपर्छ। पछि गएर तिमीलाई सबै साक्षात्कार हुन्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) एक बाबाको कुरा मात्रै सुन्नुछ। एकको नै अव्यभिचारी यादमा रहनुछ। यस शरीरको सम्हाल गर्नुछ, तर ममत्व राख्नुछैन।

२) बाबाले जुन परहेज बताउनुभएको छ, त्यसलाई पूरा पालन गर्नुछ। कुनै पनि यस्तो कर्म गर्नुछैन, जसले बाबाको ग्लानि हुन्छ, पापको खाता बन्छ। आफूलाई घाटामा पार्नुछैन।

वरदान:–
तीन सेवाहरूको ब्यालेन्सद्वारा सर्व गुणहरूको अनुभूति गर्ने गुणमूर्त भव

जुन बच्चाहरू सङ्कल्प, बोली र हरेक कर्मद्वारा सेवामा तत्पर रहन्छन्, उनीहरू नै सफलतामूर्त बन्छन्। तीनवटैमा मार्क्स समान हुन्छ, सारा दिनमा तीनवटै सेवाहरूको ब्यालेन्स छ भने पास विद अनर वा गुणमूर्त बन्छन्। उनीहरूद्वारा सबै दिव्य गुणहरूको श्रृङ्गार स्पष्ट देखिन्छ। एकअर्कालाई बाबाको गुणहरूको वा स्वयंको धारणाको गुणहरूको सहयोग दिनु नै गुणमूर्त बन्नु हो किनकि गुणदान सबैभन्दा ठुलो दान हो।

स्लोगन:–
निश्चयरूपी फाउन्डेसन पक्का छ भने श्रेष्ठ जीवनको अनुभव स्वतः हुन्छ।

अव्यक्त इसारा:– अब सम्पन्न वा कर्मातीत बन्ने धुन लगाऊ

पछिल्ला कर्महरूको हिसाबकिताबको फलस्वरूप तनको रोग होस्, मनका संस्कार अन्य आत्माहरूको संस्कारसँग टक्कर पनि खाउन् तर कर्मातीत बनेर कर्मभोगको वश नभएर मालिक बनेर हिसाब चुक्ता गराऊ। कर्मयोगी बनेर कर्मभोग चुक्ता गर्नु– यो हो कर्मातीत स्थितिको निसानी। प्राक्टिस गर– अहिले भर्खरै कर्मयोगी, अहिले भर्खरै कर्मातीत स्टेज।