14.01.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिम्रो
नजर शरीरमा जानु हुँदैन , आफूलाई आत्मा सम्झ , शरीरलाई नहेर।”
प्रश्न:–
हरेक ब्राह्मण
बच्चाहरूले विशेष कुन दुई कुरामा ध्यान दिनु छ?
उत्तर:–
(१) पढाइ र
(२) दैवी गुण। कति बच्चाहरूमा क्रोधको अंश पनि हुँदैन, कोही त क्रोधमा आएर धेरै
लड्छन्। बच्चाहरूले विचार गर्नुपर्छ– म दैवी गुण धारण गरेर देवता बन्नु छ। कहिल्यै
आवेशमा आएर बातचित गर्नु हुँदैन। बाबा भन्नुहुन्छ– कुनै बच्चाहरूमा क्रोध छ भने
उनीहरू भूतनाथ-भूतनाथिनी हुन्। यस्ता भूतहरूसँग त कुरा पनि गर्नु हुँदैन।
गीत:–
तकदिर जगाकर
आई हुँ....।
ओम् शान्ति ।
बच्चाहरूले
गीत सुन्यौ। अरू कुनै सतसङ्गमा कहिल्यै गीतको बारेमा बुझाउँदैनन्। त्यहाँ शास्त्र
सुनाउँछन्। जसरी गुरुद्वारेमा ग्रन्थका दुई वचन निकाल्छन्, फेरि कथा सुनाउनेले बसेर
बिस्तार सुनाउँछन्। गीतको विषयमा सम्झाउने, यस्तो कहीँ हुँदैन। अब बाबा सम्झाउनु
हुन्छ– यी सबै गीत हुन् भक्तिमार्गका। बच्चाहरूलाई सम्झाइएको छ, ज्ञान अलग चीज हो,
जुन एक निराकार शिवबाट मिल्न सक्छ। यसलाई भनिन्छ रुहानी ज्ञान। ज्ञान त धेरै
प्रकारका हुन्छन् नि। कसैसँग सोधियो, यो गलैँचा कसरी बन्छ, तपाईलाई ज्ञान छ? सबै
चीजको ज्ञान हुन्छ। ती हुन् नै जिस्मानी कुरा। बच्चाहरूले जानेका छौ– हामी
आत्माहरूका रुहानी बाबा उहाँ एक हुनुहुन्छ, उहाँको रूप देखिँदैन। उहाँ निराकारको
चित्र पनि छ, शालिग्राम जस्तै। उहाँलाई नै परमात्मा भनिन्छ। उहाँलाई भनिन्छ नै
निराकार। मनुष्यको जस्तो आकार छैन। हरेक वस्तुको आकार अवश्य हुन्छ। ती मध्ये
सबैभन्दा सानो आकार छ आत्माको। यसलाई कुदरत नै भनिन्छ। आत्मा धेरै सानो छ, जुन यी
आँखाद्वारा देखिँदैन। तिमी बच्चाहरूलाई दिव्य दृष्टि मिल्छ, जसद्वारा सबै
साक्षात्कार गर्छौ। जो आइसकेर गएका छन्, उनलाई दिव्य दृष्टिबाट देखिन्छ। पहिलो
नम्बरमा त यी बितेर गएका हुन्। अब फेरि आएका छन्, त्यसैले यिनको पनि साक्षात्कार
हुन्छ। छ धेरै सूक्ष्म। यसबाट बुझ्न सकिन्छ, परमपिता परमात्मा सिवाय आत्माको ज्ञान
अरू कसैले दिन सक्दैन। मनुष्यले आत्मालाई यथार्थ रीतिले चिनेका छैनन्, त्यस्तै
परमात्मालाई पनि यथार्थ रीतिले चिन्न सक्दैनन्। दुनियाँमा मानिसहरूका अनेक मत छन्।
कसैले भन्छन् आत्मा परमात्मामा लीन हुन्छ, कसैले के भन्छन्। अहिले तिमी बच्चाहरूलाई
थाहा छ, त्यो पनि नम्बरवार पुरुषार्थ अनुसार, सबैको बुद्धिमा एकरस त बस्न सक्दैन।
घरी घरी बुद्धिमा पनि बसाउनु पर्ने हुन्छ। हामी आत्मा हौं, आत्माले नै ८४ जन्महरूको
पार्ट खेल्नुपर्छ। अहिले बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर म परमपिता
परमात्मालाई जान, अनि याद गर। बाबा भन्नुहुन्छ– म यिनमा प्रवेश गरेर तिमी
बच्चाहरूलाई ज्ञान दिन्छु। तिमी बच्चाहरूले आफूलाई आत्मा सम्झिदैनौ, त्यसैले तिम्रो
नजर यस शरीरमा जान्छ। वास्तवमा तिम्रो यिनीसँग केही काम छैन। सर्वका सद्गतिदाता त
उहाँ शिवबाबा हुनुहुन्छ, उहाँको मतमा हामीले सबैलाई सुख दिन्छौं। यिनलाई पनि मैले
सबैलाई सुख दिन्छु भन्ने अहङ्कार आउँदैन। जसले बाबालाई राम्रोसँग याद गर्दैनन्, उनको
अवगुण निस्किदैन। तिनले आफूलाई आत्मा निश्चय गर्दैनन्। मानिसहरूले न त आत्मालाई, न
परमात्मालाई चिनेका छन्। सर्वव्यापीको ज्ञान पनि भारतवर्ष निवासीहरूले फैलाएका हुन्।
तिमीहरूमध्ये पनि जो सेवाधारी बच्चाहरू छन्, उनले बुझ्छन्, बाँकी सबैले यति बुझ्न
सक्दैनन्। यदि बच्चाहरूलाई बाबाको पूरा पहिचान भएको भए त याद गर्ने थिए, आफूमा
दैवीगुण धारण गर्ने थिए।
शिवबाबाले तिमी
बच्चाहरूलाई सम्झाउनु हुन्छ। यी नयाँ कुरा हुन्। ब्राह्मण पनि अवश्य चाहिन्छ।
प्रजापिता ब्रह्माका सन्तान कहिले हुन्छन्, यो कुरा दुनियाँमा कसैलाई पनि थाहा छैन।
ब्राह्मण त धेरै नै छन्। तर ती हुन् कोख वंशावली। उनीहरू कुनै मुख वंशावली ब्रह्माका
सन्तान होइनन्। ब्रह्माका सन्तानलाई त ईश्वर पिताबाट वर्सा मिल्छ। तिमीलाई अहिले
वर्सा मिलिरहेको छ नि। तिमी ब्राह्मण अलग्गै हौ, ती अलग्गै हुन्। तिमी ब्राह्मण
हुन्छौ नै सङ्गमयुगमा, उनीहरू हुन्छन् द्वापर-कलियुगमा। यी सङ्गमयुगी ब्राह्मण नै
भिन्नै हुन्। प्रजापिता ब्रह्माका धेरै बच्चाहरू छन्। भन्न त हदका पितालाई पनि
ब्रह्मा भन्न सकिन्छ किनकि बच्चाहरू जन्माउँछन्। तर त्यो हो दैहिक कुरा। यहाँ बाबाले
त भन्नुहुन्छ– सबै आत्माहरू मेरा सन्तान हुन्। तिमी हौ मीठा-प्यारा रुहानी बच्चाहरू।
यो जसलाई पनि बुझाउन सहज छ। शिवबाबाको आफ्नो शरीर छैन। शिवजयन्ती मनाउँछन्, तर
उहाँको शरीर देखिँदैन। बाँकी अरू सबैको शरीर छ। सबै आत्माहरूका आ-आफ्ना शरीर छन्।
शरीरको नाम राखिन्छ, परमात्माको आफ्नो शरीर नै छैन, त्यसैले उहाँलाई परम आत्मा
भनिन्छ। उहाँको आत्माको नाम नै शिव हो। यो नाम कहिल्यै फेरिदैन। शरीर फेरिएपछि नाम
पनि फेरिन्छ। शिवबाबा भन्नुहुन्छ– म त सदैव निराकार परम आत्मा नै हुँ। ड्रामा योजना
अनुसार अहिले यो शरीर लिएको छु। संन्यासीहरूको पनि नाम फेरिन्छ। गुरुको बनेपछि नाम
फेरिन्छ। तिम्रो पनि नाम फेरिएको थियो। तर कहाँसम्म नाम फेरिराखौं। कति भागन्ती भए।
जो त्यस समयमा थिए, उनको नाम राखिदिएँ। अब नाम राखिँदैन। कसैमा पनि विश्वास छैन।
मायाले धेरैलाई हराइदिन्छ, अनि भागन्ती हुन्छन्, त्यसैले बाबाले कसैको पनि नाम
राख्नुहुन्न। कसको राखुँ, कसको नराखुँ, यो पनि ठीक होइन। भन्न त सबैले भन्छन्– बाबा,
म हजुरको भइसकेँ, तर यथार्थ रीति मेरो कहाँ हुन्छन् र। धेरै छन्, जसले वारिस बन्ने
रहस्य पनि जानेका छैनन्। बाबासँग मिल्न आउँछन्, तर वारिस हुँदैनन्। विजय मालामा आउन
सक्दैनन्। कुनै राम्रा राम्रा बच्चाहरूले सम्झन्छन्– हामी त वारिस हौं। तर बाबाले
जान्नुहुन्छ– यो वारिस होइन। वारिस बन्नको लागि भगवानलाई आफ्नो वारिस बनाउनु पर्छ,
यो रहस्य बुझाउन पनि मुस्किल छ। बाबाले सम्झाउनु हुन्छ– वारिस कसलाई भनिन्छ।
भगवानलाई कसैले वारिस बनाए भने सम्पत्ति दिनुपर्ने हुन्छ। अनि मात्र बाबाले वारिस
बनाउनु हुन्छ। सम्पत्ति त गरिब सिवाय कुनै धनवानले दिन सक्दैनन्। माला कति थोरैको
बन्छ। यो पनि कसैले बाबासँग सोधेमा बताउन सक्नुहुन्छ– तिमी वारिस बन्ने हकदार हौ वा
होइनौ? यी बाबाले पनि बताउन सक्छन्। बुझ्नको लागि यो साधारण कुरा हो । वारिस बन्न
पनि धेरै अक्कल चाहिन्छ। देखिन्छ– लक्ष्मी-नारायण विश्वका मालिक थिए, तर त्यो
मालिकपना कसरी प्राप्त गरे– यो कसैले जानेका छैनन्। अहिले तिम्रो लक्ष्य-उद्देश्य त
सामुन्ने छ। तिमी यस्तो बन्नु छ। बच्चाहरूले पनि भन्छन्– हामी त सूर्यवंशी
लक्ष्मी-नारायण बन्छौं, नकि चन्द्रवंशी राम-सीता। राम-सीताको पनि शास्त्रहरूमा
निन्दा गरिएको छ। लक्ष्मी-नारायणको कहिल्यै निन्दा सुनिदैन। शिवबाबाको, श्रीकृष्णको
पनि निन्दा गरिएको छ। बाबा भन्नुहुन्छ– मैले तिमी बच्चाहरूलाई यति उच्च भन्दा उच्च
बनाउँछु। म भन्दा पनि तिमी बच्चाहरू अगाडि जान्छौ। लक्ष्मी-नारायणको पनि कसैले
निन्दा गर्दैनन्। हुन त श्रीकृष्णको आत्मा त उही हो, तर नजान्नाले निन्दा गरिदिएका
छन्। लक्ष्मी-नारायणको मन्दिर पनि धेरै खुसीले बनाउँछन्। वास्तवमा बनाउनु पर्ने हो
राधा-कृष्णको किनकि उनी सतोप्रधान हुन्छन्। यो उनको युवा अवस्था हो, त्यसैले उनलाई
सतो भनिन्छ। उनी साना छन्, त्यसैले सतोप्रधान भनिन्छ। सानो बच्चा महात्मा समान
हुन्छ। जसरी सानो बच्चालाई विकार आदिको विषयमा थाहा हुँदैन, त्यसैगरी त्यहाँ विकार
के चीज हो, यो ठुलालाई पनि थाहा हुँदैन। यी ५ भूत त्यहाँ हुँदै हुँदैनन्। विकारको
बारेमा मानौं थाहै हुँदैन। यो समय हो नै रात। कामको चेष्टा पनि रातमा नै हुन्छ।
देवताहरू हुन्छन् दिनमा, त्यसैले कामको चेष्टा हुँदैन। कुनै विकार हुँदैन। अहिले
रातमा सबै विकारी छन्। तिमीले जानेका छौ– दिन हुने बित्तिकै हाम्रा सबै विकार
समाप्त हुन्छन्। विकार के हो भन्ने थाहा हुँदैन। यो रावणको विकारी गुण हो। यो हो
विकारी दुनियाँ। निर्विकारी दुनियाँमा विकारको कुरा हुँदैन। त्यसलाई भनिन्छ ईश्वरीय
राज्य। अहिले हो आसुरी राज्य। यो कसैले जानेका छैनन्। तिमीले सबैथोक जानेका छौ,
नम्बरवार पुरुषार्थ अनुसार। धेरै बच्चाहरू छन्। यी सबै बी.के. कसका सन्तान हुन्? यो
कसैले बुझ्न सक्दैनन्।
सबैले याद गर्छन्–
शिवबाबालाई, ब्रह्मालाई पनि होइन। यिनले (ब्रह्माले) स्वयं भन्छन्– शिवबाबालाई याद
गर, जसबाट विकर्म विनाश हुन्छ, अरू कसैलाई याद गरेर विकर्म विनाश हुँदैन। गीतामा पनि
भनिएको छ– म एकलाई याद गर। श्रीकृष्णले त भन्न सक्दैनन्। वर्सा मिल्छ नै निराकार
बाबाबाट। आफूलाई आत्मा सम्झिए पछि मात्र निराकार बाबालाई याद गर्न सकिन्छ। म आत्मा
हुँ, पहिला यो पक्का निश्चय गर्नुपर्ने हुन्छ। मेरो बाबा परमात्मा हुनुहुन्छ, उहाँले
भन्नुहुन्छ– मलाई याद गर्यौ भने मैले तिमीलाई वर्सा दिन्छु। म सबैको सुखदाता हुँ।
मैले सबै आत्माहरूलाई शान्तिधाम लिएर जान्छु। जसले कल्प पहिला बाबासँग वर्सा लिएका
थिए, उनै आएर वर्सा लिन्छन्, ब्राह्मण बन्छन्। ब्राह्मणहरूमध्ये पनि कोही बच्चा
पक्का छन्। सहोदर पनि बन्छन्, सौतेनी पनि बन्छन्। हामी निराकार शिवबाबाका वंशावली
हौं। जानेका छौं– वंश कसरी बढ्दै जान्छ। अहिले ब्राह्मण बनेपछि हामी फर्केर जान्छौं।
सबै आत्माहरूले शरीर छोडेर फर्केर जानु छ। पाण्डव र कौरव दुवैले शरीर छोड्नु छ।
तिमीले यो ज्ञानको संस्कार लिएर जान्छौ फेरि त्यसै अनुसार प्रारब्ध मिल्छ। यो पनि
ड्रामामा निश्चित छ, फेरि ज्ञानको पार्ट समाप्त हुन्छ। तिमीलाई ८४ जन्मपछि फेरि
ज्ञान मिलेको छ। फेरि यो ज्ञान प्राय: लोप हुन्छ। तिमीले प्रारब्ध भोग्छौ। त्यहाँ
अरू कुनै धर्मका चित्र आदि हुँदैनन्। भक्ति मार्गमा पनि तिम्रा चित्र हुन्छन्।
सत्ययुगमा कसैका चित्र आदि हुँदैनन्। तिम्रा चित्र अलराउण्ड भक्ति मार्गमा हुन्छन्।
तिम्रो राज्यमा अरू कसैको चित्र हुँदैन, केवल देवी-देवताहरू नै हुन्छन्। यसबाट नै
सम्झन्छन् हामी आदि सनातन देवी-देवता नै हौं। पछि सृष्टि बढ्दै जान्छ। तिमी बच्चाहरू
यो ज्ञान स्मरण गरेर अतीन्द्रिय सुखमा रहनु छ। धेरै प्वाइन्टहरू छन्। तर बाबाले
सम्झनुहुन्छ– मायाले घरी घरी भुलाइदिन्छ। त्यसैले यो याद रहनु पर्छ– शिवबाबाले
हामीलाई पढाइरहनु भएको छ। उहाँ उच्च भन्दा उच्च हुनुहुन्छ। हामी अब फर्केर घर जानु
छ। कति सहज कुरा छन्। सबैकुरा यादमा आधारित छ। हामी देवता बन्नु छ। दैवी गुण पनि
धारणा गर्नु छ। ५ विकार हुन् भूत। कामको भूत, क्रोधको भूत, देह अभिमानको भूत पनि
हुन्छ। हो, कसैमा धेरै भूत हुन्छन्, कसैमा थोरै। तिमी ब्राह्मण बच्चाहरूलाई थाहा छ–
यी ५ वटा ठुला भूत हुन्। नम्बरवन हो कामको भूत, सेकेण्ड नम्बर हो क्रोधको भूत। कोही
रूखो बोल्यो भने बाबा भन्नुहुन्छ– यो क्रोधी हो। यो भूत निस्किनुपर्छ। तर भूत
निस्किन धेरै मुस्किल छ। क्रोधले एक-अर्कालाई दु:ख दिन्छ। मोहको कारण धेरैलाई दु:ख
हुँदैन। जसको मोह छ उनैलाई दु:ख हुन्छ, त्यसैले बाबा सम्झाउनु हुन्छ– यी भूतहरूलाई
भगाऊ।
हरेक बच्चाहरूले
विशेष पढाइ र दैवी गुणहरूमा ध्यान दिनु छ। कति बच्चाहरूमा त क्रोधको अंश पनि हुँदैन।
कोही त क्रोधमा आएर धेरै लडाइँ गर्छन्। बच्चाहरूलाई ख्याल चल्नुपर्छ– हामीले दैवी
गुण धारण गरेर देवता बन्नु छ। कहिल्यै रिसाएर कुरा गर्नु हुँदैन। कोही रिसाउँछ भने
उसमा क्रोधको भूत छ। उनीहरू मानौं भूतनाथ-भूतनाथिनी बन्छन्। यस्ता भूतहरूसँग कहिल्यै
कुरा गर्नु हुँदैन। एक जनाले क्रोधमा आएर कुरा गर्यो, फेरि अर्कोमा पनि भूत आयो भने
भूत आपसमा लड्न थाल्छन्। भूतनाथिनी शब्द धेरै नराम्रो हो। भूतको प्रवेशता नहोस्
भनेर मानिसहरू किनारा हुन्छन्। भूतको सम्मुख उभिनु पनि हुनु हुँदैन, नत्र प्रवेशता
हुन्छ। बाबा आएर आसुरी गुण निकालेर दैवी गुण धारण गराउनु हुन्छ। बाबा भन्नुहुन्छ– म
आएको छु दैवी गुण धारण गराएर देवता बनाउन। बच्चाहरूले जानेका छौ– हामीले दैवी गुण
धारण गरिरहेका छौं। देवताहरूका चित्र पनि सामुन्ने छन्। बाबाले सम्झाउनु भएको छ–
क्रोधीसँग एकदम किनारा होऊ। आफूलाई बचाउने युक्ति चाहिन्छ। ममा क्रोध नआओस्, नत्र
सय गुणा पाप हुन्छ। बाबाले बच्चाहरूलाई कति राम्रो शिक्षा दिनुहुन्छ। बच्चाहरूले पनि
जान्दछन्– बाबाले हुबहु कल्प पहिला जसरी सम्झाउनु हुन्छ, बच्चाहरूले पनि नम्बरवार
पुरुषार्थ अनुसार बुझ्दै जान्छन्। आफैलाई पनि दया गर्नु छ, अरूप्रति पनि दया गर्नु
छ। कसैले स्वयंप्रति दया गर्दैनन्, अरूमाथि गर्छन्, त्यसैले ऊ माथि चढ्छ, स्वयं
चढ्दैन। स्वयं विकारमाथि विजयी बन्दैन, अरूलाई सम्झाउँछ, उसले जित्छ। यस्तो आश्चर्य
पनि हुन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) ज्ञानको स्मरण गरेर अतीन्द्रिय सुखमा रहनु छ। कुनै पनि रुखो कुरा गर्नु छैन।
कसैले रिसाएर कुरा गर्यो भने ऊ सँग किनारा हुनुपर्छ।
२) भगवानको वारिस
बन्नको लागि पहिला उहाँलाई आफ्नो वारिस बनाउनु छ। समझदार बनेर आफ्नो सबै कुरा
बाबालाई सुम्पिएर ममत्व मेटाइदिनु छ। आफूमाथि आफैले दया गर्नु छ।
वरदान:–
साक्षी भएर
उच्च स्टेजद्वारा सर्व आत्माहरूलाई सकाश दिने बाबासमान अव्यक्त फरिस्ता भव
हिँड्दा-डुल्दा सदा
आफूलाई निराकारी आत्मा र कर्म गर्दा अव्यक्त फरिस्ता सम्झिएमा सदा खुसीमा माथि
उडिरहनेछौ। फरिस्ता अर्थात् उच्च स्टेजमा रहनेवाला। यस देहको दुनियाँमा जेसुकै होस्
तर साक्षी भएर सबैको पार्ट हेर्दैजाऊ र सकाश दिँदैजाऊ। सिटबाट ओर्लेर सकाश दिइँदैन।
उच्च स्टेजमा स्थित भएर वृत्ति, दृष्टिले सहयोगको, कल्याणको सकाश देऊ, अरू कुरा
मिक्स भएर होइन। तब कुनै पनि प्रकारको वातावरणबाट सुरक्षित रहेर बाबासमान अव्यक्त
फरिस्ता भवका वरदानी बन्नेछौ।
स्लोगन:–
यादबलद्वारा
दुःखलाई सुखमा र अशान्तिलाई शान्तिमा परिवर्तन गर।