14.02.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban



“मीठे बच्चे– तिमीलाई श्रीमत मिलेको छ– आत्म अभिमानी बनेर बाबालाई याद गर , कुनै पनि कुरामा तिमीले विवाद गर्नुहुँदैन।”

प्रश्न:–
स्वच्छ बनेर बुद्धियोग बाबासँग लाग्न सकोस्, त्यसको लागि कुनचाहिँ युक्ति रचिएको छ?

उत्तर:–
७ दिनको भट्ठी। कोही पनि नयाँ आउँदा उसलाई ७ दिनको भट्ठीमा बसाऊ जसले गर्दा बुद्धिको किचडा निस्कियोस् र गुप्त बाबा, गुप्त पढाइ र गुप्त वर्सालाई पहिचान गर्न सकोस्। यदि यत्तिकै बस्यो भने अलमलिन्छ, केही पनि बुझ्नेछैन।

गीत:–
जाग सजनियां जाग...।

ओम् शान्ति ।
बच्चाहरूले अरूलाई ज्ञानी बनाउनको लागि जुन यस्ता यस्ता गीतहरू छन् ती सुनाएर फेरि त्यसको अर्थ निकाल्नुपर्छ अनि वाणी खुल्छ। थाहा हुन्छ कहाँसम्म सृष्टिको आदि, मध्य, अन्त्यको ज्ञान बुद्धिमा छ। तिमी बच्चाहरूको बुद्धिमा त मानौं माथिदेखि लिएर मूलवतन, सूक्ष्मवतन, स्थूलवतनको आदि, मध्य, अन्त्यको सारा रहस्य चम्किन्छ। बाबाको पासमा पनि यो ज्ञान छ जुन तिमीलाई सुनाउनु हुन्छ। यो हो एकदमै नयाँ ज्ञान। शास्त्र आदिमा नाम छन् तर ती नाम लियो भने अल्मलिन्छन्, विवाद गर्न थाल्छन्। यहाँ त बिल्कुल सहज तरिकाले सम्झाउनुहुन्छ– भगवानुवाच, मलाई याद गर, म नै पतित-पावन हुँ। कहिल्यै पनि श्रीकृष्णलाई वा ब्रह्मा, विष्णु, शङ्कर आदिलाई पतित-पावन भन्न मिल्दैन। सूक्ष्मवतनवासीलाई पनि तिमीले पतित-पावन भन्दैनौ भने स्थूलवतनका मनुष्यहरू पतित-पावन कसरी हुन सक्छन्? यो ज्ञान पनि तिम्रै बुद्धिमा छ। शास्त्रहरूको बारेमा बढी विवाद गर्नु राम्रो होइन। धेरै वादविवाद हुनथाल्छ। एक अर्कालाई लट्ठीले पनि हिर्काउन थाल्छन्। तिमीलाई त धेरै सजिलोसँग सम्झाइन्छ। शास्त्रहरूको बारेमा अतिमा जानुछैन। मूल कुरा हो नै आत्म अभिमानी बन्ने। आफूलाई आत्मा सम्झनु छ र बाबालाई याद गर्नुछ। यो श्रीमत हो मुख्य। बाँकी त हो बिस्तार। बीज कति सानो छ, बाँकी वृक्षको बिस्तार हो। जसरी बीजमा सारा ज्ञान समाहित हुन्छ, त्यसैगरी यो सारा ज्ञान पनि बीजमा समाहित छ। तिम्रो बुद्धिमा बीज र वृक्ष आएको छ। जसरी तिमीले जानेका छौ, त्यसैगरी अरू कसैले जानेका छैनन्। वृक्षको अवधि नै लामो लेखिदिएका छन्। बाबा बसेर बीज र वृक्ष वा ड्रामा चक्रको रहस्य सम्झाउनुहुन्छ। तिमी हौ स्वदर्शन चक्रधारी। कोही नयाँ आयो र बाबाले स्वदर्शन चक्रधारी बच्चा भनेर उसको महिमा गर्नुभयो भने यो कुरा कसैले बुझ्नसक्दैन। उसले त आफूलाई बच्चा नै सम्झदैन। यी बाबा पनि गुप्त छन् भने ज्ञान पनि गुप्त छ, वर्सा पनि गुप्त छ। नयाँ कसैले सुनेमा अलमलिन्छन्, त्यसैले ७ दिनको भट्ठीमा बसाइन्छ। यो जुन ७ दिनसम्म भागवत वा रामायण आदि चलाउँछन्, वास्तवमा यो यस समयमा ७ दिनको लागि भट्ठीमा राखिन्छ जसले गर्दा बुद्धिमा भएको मैला निस्किन सक्छ र बाबासँग बुद्धियोग लाग्छ। यहाँ त सबै रोगी छन्। सत्ययुगमा यी रोग हुँदैनन्। यो आधा कल्पको रोग हो, ५ विकारको रोग धेरै ठुलो छ। त्यहाँ त देहीअभिमानी रहन्छन्, थाहा हुन्छ– म आत्माले एक शरीर छोडेर अर्को लिन्छु। पहिला नै साक्षात्कार हुन्छ। कहिल्यै अकालमा मृत्यु हुँदैन। तिमीले कालमाथि विजय पाउँछौ। कालको पनि काल महाकाल भन्छन्। महाकालको पनि मन्दिर हुन्छ। सिखहरूको फेरि अकालतख्त छ। वास्तवमा अकालतख्त यो भृकुटी हो, जहाँ आत्मा विराजमान हुन्छ। सबै आत्माहरू यस अकालतख्तमा बसेका छन्। बाबा बसेर यो कुरा सम्झाउनु हुन्छ। बाबाको त आफ्नो तख्त छैन। उहाँले आएर यिनको यो तख्त लिनुहुन्छ। यस तख्तमा बसेर तिमी बच्चाहरूलाई ताउसी तख्तनसीन (मयुर आसनधारी) बनाउनुहुन्छ। तिमीलाई थाहा छ– त्यो ताउसी तख्त कस्तो हुन्छ जसमा लक्ष्मी-नारायण विराजमान हुन्छन्। ताउसी तख्तको गायन छ नि।

विचार गर्नुछ, उहाँलाई भोलानाथ भगवान किन भनिन्छ? भोलानाथ भगवान भन्नाले बुद्धि माथितिर जान्छ। साधुसन्त आदिले उहाँलाई याद गर भनी आउँलाले इसारा पनि यसरी दिन्छन् नि। यथार्थ रीतिले त कसैले पनि चिनेका छैनन्। अहिले पतित-पावन बाबा सम्मुख आएर भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिम्रा विकर्म विनाश हुन्छन्। ग्यारेन्टी छ। गीतामा पनि लेखिएको छ तर तिमीले गीताको एउटा उपमा दियौ भने उनीहरूले १० वटा दिन्छन्, त्यसैले त्यसको आवश्यकता छैन। जसले शास्त्र आदि पढेका छन् उनीहरूले सम्झन्छन् हामी लड्न सक्छौं। तिमी बच्चाहरू जसले यी शास्त्र आदिलाई जान्दै जान्दैनौ, तिमीले तिनको कहिल्यै नाम पनि लिनुहुँदैन। केवल भन, भगवानले भन्नुहुन्छ– म आफ्नो पितालाई याद गर, उहाँलाई नै पतित-पावन भनिन्छ। गाउँछन् पनि, पतित-पावन सीताराम... संन्यासीहरूले पनि जहाँतहीँ यो धुन लगाइरहन्छन्। यस्ता मतमतान्तर त धेरै छन् नि। यो गीत कति सुन्दर छ, ड्रामा प्लान अनुसार कल्प कल्प यस्ता गीत बन्छन्, मानौं तिमी बच्चाहरूको लागि नै बनाइएका हुन्। यस्ता यस्ता राम्रा राम्रा गीत छन्। जस्तै– नयनहीन को राह दिखाओ प्रभु। प्रभु कुनै श्रीकृष्णलाई कहाँ भनिएको हो र। प्रभु वा ईश्वर निराकारलाई नै भनिन्छ। यहाँ तिमीले भन्छौ– बाबा, परमपिता परमात्मा हुनुहुन्छ। हुन त उहाँ पनि आत्मा नै हुनुहुन्छ नि। भक्तिमार्गमा धेरै अतिमा गएका छन्। यहाँ त बिल्कुल सरल कुरा छ। अल्फ र बे। अल्फ अल्लाह, बे बादसाही– यति सरल कुरा छ। बाबालाई याद गर्यौ भने तिमी स्वर्गको मालिक बन्छौ। वास्तवमा यी लक्ष्मी-नारायण स्वर्गका मालिक, सम्पूर्ण निर्विकारी थिए। त्यसैले बाबालाई याद गर्नाले नै तिमी यस्तो सम्पूर्ण बन्छौ। जति जसले याद गर्छ र सेवा गर्छ त्यति नै उसले उच्च पद पाउँछ। यो कुरा पनि बुद्धिमा आउँछ, स्कुलका विद्यार्थीले मैले थोरै पढेको भन्ने किन बुझ्दैनन् र! जसले पूरा अटेन्सन दिँदैनन् तिनीहरू पछाडि बसिरहन्छन्, त्यसैले अवश्य फेल हुन्छन्।

आफूले आफूलाई रिफ्रेस बनाउनको लागि ज्ञानका जुन राम्रा राम्रा गीत बनेका छन्, तिनलाई सुनाउनु पर्छ। यस्ता यस्ता गीतहरू आफ्नो घरमा राख्नुपर्छ। अरूलाई पनि यसबाट सम्झाउन सक्छौ। फेरि कसरी मायाको छाया पर्छ। कल्पको अवधि ५ हजार वर्ष हो, शास्त्रहरूमा त यी कुरा छैनन्। ब्रह्माको दिन र ब्रह्माको रात आधा आधा हुन्छ। यो गीत पनि कसैले त बनाउन लगाएको हुनुपर्छ। बाबा बुद्धिमानहरूका पनि बुद्धि हुनुहुन्छ, त्यसैले कसैको बुद्धिमा आयो जुन बसेर बनायो। यी गीत आदिमा पनि तिम्रो पासमा कति ध्यानमा जान्थे। एक दिन आउने छ, यी गीत गाउनेहरू पनि तिम्रो पासमा आउने छन्। बाबाको महिमामा यस्ता गीत गाउने छन् जसले घायल पार्ने छ। यस्ता यस्ता आउने छन्। लयमा पनि भर पर्छ। गायन विद्याको पनि धेरै नाम छ। अहिले त यस्तो कोही छैन। केवल एउटा गीत बनाइएको थियो– कितना मीठा कितना प्यारा... बाबा धेरै मीठा धेरै प्यारा हुनुहुन्छ, त्यसैले त सबैले उहाँलाई याद गर्छन्। यस्तो होइन, देवताहरूले उहाँलाई याद गर्छन्। चित्रहरूमा रामको अगाडि पनि शिवलाई देखाएका छन्, रामले पूजा गरिरहेका छन्। यो गलत हो। देवताहरूले कसैलाई कहाँ याद गर्छन् र। याद त मनुष्यले गर्छन्। तिमी पनि अहिले मनुष्य हौ फेरि देवता बन्छौ। मनुष्य र देवतामा रातदिनको फरक छ। तिनै देवताहरू फेरि मनुष्य बन्छन्। कसरी चक्र घुमिरहन्छ, कसैलाई पनि थाहा छैन। तिमीलाई अहिले थाहा भएको छ– हामी वास्तवमा देवता बन्छौं। अहिले हामी ब्राह्मण हौं, नयाँ दुनियाँमा देवता कहलाउने छौं। अहिले तिमीलाई आश्चर्य लाग्छ। यी ब्रह्मा स्वयं नै जो यस जन्ममा पहिला पुजारी थिए, श्री नारायणको महिमा गाउँथे, नारायणसँग धेरै प्रेम थियो। अहिले अचम्म मान्छन्, फेरि म उही नारायण बनिरहेको छु। त्यसैले कति खुसीको पारा चढ्नुपर्छ। तिमी हौ अज्ञात योद्धा, अहिंसक। साच्चि नै तिमी डबल अहिंसक हौ। न काम कटारी न त्यो लडाइँ। काम अलग हो, क्रोध अलग चीज हो। तिमी हौ डबल अहिंसक। अहिंसक सेना। सेना शब्दबाट उनीहरूले फेरि सेना नै देखाएका छन्। महाभारत लडाइँमा पुरुषको नाम देखाएका छन्। नारी छैनन्। वास्तवमा तिमी हौ शिव शक्तिहरू। धेरै सङ्ख्या तिम्रो भएको कारणले शिवशक्ति सेना भनिन्छ। यी कुरा बाबा नै बसेर सम्झाउनु हुन्छ।

अहिले तिमी बच्चाहरूले नवयुगलाई याद गर्छौ। दुनियाँमा कसैलाई पनि नवयुगको बारेमा थाहा छैन। उनीहरूले त सम्झन्छन् नवयुग ४० हजार वर्षपछि आउने छ। सत्ययुग नवयुग हो, यो त धेरै स्पष्ट छ। त्यसैले बाबाले राय दिनुहुन्छ– यस्ता यस्ता राम्रा गीतहरू सुनेर पनि रिफ्रेस हुन्छौ र अरूलाई पनि सम्झाउन सक्छौ। यी सबै युक्तिहरू हुन्। यिनको अर्थ पनि केवल तिमीले नै बुझ्नसक्छौ। आफूलाई रिफ्रेस बनाउनको लागि धेरै राम्रा राम्रा गीतहरू छन्। यी गीतहरूले धेरै मदत गर्छन्। अर्थ लगायौ भने मुख पनि खुल्छ र खुसी पनि हुन्छ। बाँकी जसले धेरै धारणा गर्न सक्दैनन् उनीहरूको लागि बाबा भन्नुहुन्छ– घरमा बसेर बाबालाई याद गरिराख। गृहस्थ व्यवहारमा रहँदा केवल यो मन्त्र याद राख– बाबालाई याद गर र पवित्र बन। पहिला पुरुषहरूले पत्नीलाई भन्दथे– भगवानलाई त घरमा पनि याद गर्न सक्छौ, फेरि मन्दिर आदिमा भट्किने के आवश्यकता छ? मैले तिमीलाई मूर्ति दिन्छु, यहाँ बसेर याद गर, धक्का खान किन जान्छौ? यसरी धेरै मानिसहरूले स्त्रीहरूलाई जान दिँदैनथे। कुरा त एउटै हो, पूजा गर्नु र याद गर्नु। एकपल्ट देखेपछि त त्यसै पनि याद गर्न सक्छौ। श्रीकृष्णको चित्र त सामान्य छ– मयुर मुकुटधारी। तिमी बच्चाहरूले साक्षात्कार गरेका छौ– कसरी त्यहाँ जन्म हुन्छ, त्यो पनि साक्षात्कार गरेका छौ, तर के तिमीले त्यसको फोटो निकाल्न सक्छौ? हुबहु कसैले पनि निकाल्न सक्दैन। दिव्यदृष्टिले केवल देख्न मात्र सक्छौ, बनाउन सक्दैनौ। हो, देखेर वर्णन गर्न सक्छौ, बाँकी त्यो पेन्ट आदि गर्न सक्दैनौ। जतिसुकै होसियार पेन्टर भए पनि, साक्षात्कार भए पनि एक्युरेट चित्र निकाल्न सक्दैन। त्यसैले बाबाले सम्झाउनु भएको छ– कसैसँग बढी विवाद गर्नु छैन। भन, तपाईँलाई केवल पावन बन्नुसँग काम छ। शान्ति चाहनुहुन्छ भने बाबालाई याद गर्नुहोस् र पवित्र बन्नुहोस्। पवित्र आत्मा यहाँ रहन सक्दैन। ऊ फर्केर गइहाल्छ। आत्माहरूलाई पावन बनाउने शक्ति एक बाबामा मात्रै छ, अरू कसैले पावन बनाउन सक्दैन। तिमी बच्चाहरूलाई थाहा छ– यो सारा स्टेज हो, यसमा नाटक हुन्छ। यस समयमा सारा स्टेजमा रावणको राज्य छ। सारा समुद्रमा सृष्टि खडा छ। यो बेहदको टापु हो। तिनीहरू हुन् हदका। यो हो बेहदको कुरा। जसमा आधा कल्प दैवी राज्य, आधा कल्प आसुरी राज्य हुन्छ। हुन त खण्डहरू अलग अलग छन्, तर यो सारा हो बेहदको कुरा। तिमीलाई थाहा छ– हामी गङ्गा जमुना नदीको मीठो पानीको किनारमा नै हुने छौं। समुद्र आदिमा जाने आवश्यकता हुँदैन। यो जुन द्वारिका भन्छन्, त्यो कुनै समुद्रको बिचमा हुँदैन। द्वारिका कुनै अर्कै चीज होइन। तिमी बच्चाहरूले सबै साक्षात्कार गरेका छौ। सुरुमा यी सन्देशी र गुल्जारले धेरै साक्षात्कार गर्थे। यिनीहरूले सन्देशीको धेरै पार्ट खेलेका छन् किनकि भट्ठीमा बच्चाहरूलाई बहलाउनु थियो। त्यसैले साक्षात्कारबाट धेरै नै बहलाइन्थ्यो। बाबा भन्नुहुन्छ– फेरि पछि गएर धेरै बहलाइन्छ। त्यो पार्ट फेरि छुट्टै हुन्छ। गीत पनि छ नि– हमने जो देखा सो तुमने नहीं देखा। तिमीले छिटो छिटो साक्षात्कार गरिरहने छौ। जसरी परीक्षाको दिन नजिक आउँदा थाहा हुन्छ म कति नम्बरले पास हुन्छु? तिम्रो पनि यो पढाइ हो। अहिले मानौं तिमी ज्ञानस्वरूप भएर बसेका छौ। सबै सम्पूर्ण त हुँदैनन्। स्कुलमा सदैव नम्बरवार हुन्छन्। यो पनि ज्ञान हो– मूलवतन, सूक्ष्मवतन, तिमीलाई तीनै लोकको ज्ञान छ। यस सृष्टिको चक्रलाई तिमीले जानेका छौ, यो घुमिरहन्छ। बाबा भन्नुहुन्छ–तिमीलाई जुन यस्तो ज्ञान दिइएको छ, यो अरू कसैले सम्झाउन सक्दैन। तिमीमाथि छ बेहदको दशा। कसैमाथि बृहस्पतिको दशा, कसैमाथि त राहुको दशा छ त्यसैले गएर चण्डाल बन्छन्। यो हो बेहदको दशा, त्यो हो हदको दशा। बेहदका बाबाले बेहदको कुरा सुनाउनु हुन्छ, बेहदको वर्सा दिनुहुन्छ। तिमी बच्चाहरूलाई कति खुसी हुनुपर्छ। तिमीले अनेक पटक बादसाही लिएका छौ र गुमाएका छौ, यो त बिल्कुलै पक्का कुरा हो। नथिङ्ग न्यु, तब तिमी सदा हर्षित रहन सक्छौ। नत्र मायाले अत्याउँछ।

तिमीहरू सबै प्रियतमा हौ एक प्रियतमका। सबै प्रियतमाहरूले उहाँ एक प्रियतमलाई नै याद गर्छन्। उहाँ आएर सबैलाई सुख दिनुहुन्छ। आधाकल्प उहाँलाई याद गरेका छौं अब उहाँ मिल्नुभएको छ त्यसैले कति खुसी हुनुपर्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) सदैव हर्षित रहनको लागि नथिङ्ग न्यु को पाठ पक्का गर्नु छ। बेहदका बाबाले हामीलाई बेहदको बादसाही दिइरहनु भएको छ– यस खुसीमा रहनु छ।

२) ज्ञानका राम्रा राम्रा गीत सुनेर स्वयंलाई रिफ्रेश बनाउनु छ। तिनीहरूको अर्थ निकालेर अरूलाई सुनाउनु छ।

वरदान:–
मायाको सम्बन्धहरूलाई डिभोर्स दिएर बाबाको सम्बन्धसँग सौदा गर्ने मायाजित , मोहजित भव

अब स्मृतिबाट पुरानो सौदा क्यान्सिल गरेर सिंगल बन। आपसमा एक-अर्काको सहयोगी भएर बस तर कम्पेनियन होइन। कम्पेनियन एकलाई बनाऊ तब मायाको सम्बन्धबाट डिभोर्स हुनेछ। मायाजित, मोहजित विजयी रहनेछौ। यदि अलिकति पनि कसैमा मोह भयो भने तीव्र पुरुषार्थीको सट्टा पुरुषार्थी बन्नेछौ। त्यसैले जेसुकै होस्, जस्तोसुकै होस् खुशीमा नाच्दै गर, ‘मिरूआ मौत मलूका शिकार’– यसलाई नष्टोमोहा भनिन्छ। यस्तो नष्टोमोहा रहनेवाला नै विजय मालाको दाना बन्छन्।

स्लोगन:–
सत्यताको विशेषताबाट डाइमण्डको चमकलाई बढाऊ।