14.02.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी सर्वोत्तम सौभाग्यशाली ब्राह्मण कुलभूषण हौ , तिमीलाई स्वयं भगवानले बधाई दिनुहुन्छ।”

प्रश्न:–
बाबाले बच्चाहरूलाई सङ्गममा नै सृष्टिको समाचार सुनाउनुहुन्छ, सत्ययुगमा सुनाउनुहुन्न, किन?

उत्तर:–
किनकि सत्ययुग त हो नै आदिको समय, त्यस समयमा सारा सृष्टिको समाचार अर्थात् सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान कसरी सुनाउने, चक्र रिपिट नै नभएसम्म समाचार सुनाउन कसरी सकिन्छ। सङ्गममा नै तिमी बच्चाहरूले बाबाद्वारा पूरा समाचार सुन्छौ। तिमीलाई नै ज्ञानको तेस्रो नेत्र मिल्छ।

ओम् शान्ति ।
आज हो त्रिमूर्ति शिवजयन्ती सो ब्राह्मण जयन्ती सो सङ्गमयुग जयन्तीको शुभदिवस। धेरै छन् जसलाई बाबाले ईश्वरीय जन्मसिद्ध अधिकारको शुभकामना (ग्रिटिङ्स) पनि दिन सक्नुहुन्न। धेरै छन् जसलाई थाहै छैन– शिवबाबा को हुनुहुन्छ, उहाँबाट के मिल्छ। उनीहरूले शुभकामना दिएको कुरा के बुझ्न सक्छन्। नयाँ बच्चाहरूले बिल्कुलै बुझ्न सक्दैनन्। यो हो ज्ञानको डान्स। भनिन्छ नि– श्रीकृष्णले डान्स गर्थे। यहाँ बच्चाहरू राधाकृष्ण बनेर डान्स गर्छन्। तर डान्सको त कुरा नै छैन। उनीहरूले त त्यहाँ सत्ययुगमा बाल्यकालमा राजकुमार-राजकुमारीसँग डान्स गर्नेछन्। बच्चाहरूलाई थाहा छ– यहाँ बापदादा हुनुहुन्छ। दादालाई ग्रेन्ड फादर भनिन्छ। यी दादा त भए जिस्मानी फादर। यहाँ त वन्डरफुल कुरा छन्! उहाँ दादा रुहानी हुनुहुन्छ र यिनी जिस्मानी, दुवैलाई बापदादा भनिन्छ। बाबाबाट दादाद्वारा वर्सा मिल्छ। वर्सा हो दादा (हजुरबुबा) को। सबै आत्माहरू भाइ भाइ हुन् त्यसैले वर्सा बाबाबाट मिल्छ। बाबा भन्नुहुन्छ– तिमी आत्माहरूका आफ्ना शरीर, आफ्ना कर्मेन्द्रियहरू छन्। मलाई निराकार भनिन्छ– अवश्य मलाई शरीर चाहिन्छ। त्यसपछि नै बच्चाहरूलाई राजयोग सिकाउँछु अथवा मनुष्यबाट देवता, पतितबाट पावन बन्ने मार्ग बताउँछु वा मूत पलीती कपड धोए (अपवित्र मन बुद्धिलाई पवित्र बनाउनु भयो)... अवश्य ठुलो धोबी हुनुपर्छ। सारा विश्वका आत्माहरू र शरीरलाई धुनुहुन्छ। ज्ञान र योगले तिम्रो आत्मालाई धोइन्छ।

आज तिमी बच्चाहरू आएका छौ, थाहा छ हामी शिवबाबालाई बधाई दिन आएका छौँ। बाबाले फेरि भन्नुहुन्छ– तिमीले जुन बाबालाई शुभकामना दिन्छौ उहाँ बाबाले पनि तिमी बच्चाहरूलाई शुभकामना दिनुहुन्छ किनकि तिमी धेरै सर्वोत्तम सौभाग्यशाली ब्राह्मण कुलभूषण हौ। देवताहरू त्यति उत्तम छैनन् जति तिमी छौ। ब्राह्मण देवताहरूभन्दा उच्च हुन्। उच्चभन्दा उच्च बाबा हुनुहुन्छ। फेरि उहाँ आउनुहुन्छ ब्रह्मा तनमा। तिमी उहाँका बच्चाहरू धेरै उच्चभन्दा उच्च ब्राह्मण बन्छौ। ब्राह्मणहरूको हुन्छ टुपी। त्यसको तल हुन्छन् देवताहरू। सबैभन्दा माथि हुनुहुन्छ बाबा। बाबाले तिमी बच्चाहरूलाई ब्राह्मण-ब्राह्मणी बनाउनुभएको छ– स्वर्गको वर्सा दिन। यिनी लक्ष्मीनारायणका हेर कति मन्दिर बनाएका छन्। ती मन्दिरमा गएर ढोग्छन्। यहाँका मानिसहरूलाई यो त थाहा हुनुपर्छ– यिनीहरू पनि मानिस हुन्। लक्ष्मीनारायण दुवै भिन्ना भिन्नै हुन्। यहाँ त एक मानिसको दुइटै नाम राखेका छन्। एउटैको नाम लक्ष्मीनारायण अर्थात् आफूलाई विष्णु चतुर्भुज भन्छन्। लक्ष्मीनारायण अथवा राधाकृष्ण नाम राखेका छन्, त्यसैले चतुर्भुज भए नि। उनी विष्णु त हुन् सूक्ष्मवतनका लक्ष्य उद्देश्य। तिमी यो विष्णुपुरीको मालिक बन्छौ। यिनी लक्ष्मीनारायण विष्णुपुरीका मालिक हुन्। विष्णुका ४ भुजा हुन्छन्। दुई लक्ष्मीका, दुई नारायणका। तिमीले भन्छौ– हामी विष्णुपुरीका मालिक बनिरहेका छौँ। अच्छा बाबाको महिमाको गीत सुनाऊ। (कितना मीठा कितना प्यारा शिव भोला भगवान...)

सारा दुनियाँमा सुरुदेखि लिएर अहिलेसम्म कसैको पनि यति महिमा छैन सिवाय एकको। नम्बरवार त छन् नै। सबैभन्दा ज्यादा सर्वोत्तम महिमा हो उच्चभन्दा उच्च परमपिता परमात्माको, जसका तिमी सबै बच्चाहरू हौ। भन्छौ– हामी ईश्वरीय सन्तान हौँ। ईश्वरले त स्वर्ग रच्नुहुन्छ फेरि तिमी नर्कमा किन पुगेका छौ। ईश्वरको जन्म यहाँ हुन्छ। क्रिस्चियनले भन्छन्– हामी क्राइस्टका अनुयायी हौँ। यहाँका मानिसहरूले यही भुलेका छन्– हामी परमपिता परमात्मा शिवका डाइरेक्ट बच्चा हौँ। बाबा यहाँ आउनुहुन्छ बच्चाहरूलाई आफ्नो बनाएर फेरि राज्य भाग्य दिन। आज बाबाले राम्रोसँग सम्झाउनुहुन्छ किनकि नयाँ पनि धेरै छन्। यिनीहरूको लागि बुझ्न मुस्किल हुन्छ। हो, फेरि पनि स्वर्गवासी बन्छन्। स्वर्गमा सूर्यवंशी राजारानी पनि हुन्छन्, दासदासी पनि हुन्छन्। प्रजा पनि हुन्छन्। उनीहरूमा कोही गरिब, कोही धनवान हुन्छन्। उनीहरूका पनि दासदासी हुन्छन्। सारा राजधानी यहाँ स्थापना भइरहेको छ। यो त अरू कसैलाई थाहा छैन। सबैको आत्मा तमोप्रधान छ, ज्ञानको तेस्रो नेत्र कसैको छैन। (गीत) अहिले बाबाको महिमा सुन्यौ। उहाँ सबैका बाबा हुनुहुन्छ। भगवानलाई बाबा भनिन्छ, बेहदको सुख दिने पिता। यही यो भारतवर्ष हो जसमा बेहदको सुख थियो, लक्ष्मीनारायणको राज्य थियो। यिनी लक्ष्मीनारायण सानैमा राधकृष्ण हुन् फेरि स्वयम्बरपछि लक्ष्मीनारायण नाम राखिन्छ। यस भूमिमा ५ हजार वर्ष पहिला देवताहरूको राज्य थियो। सिवाय लक्ष्मीनारायणको अरू कसैको राज्य थिएन। कुनै खण्ड थिएन। त्यसैले अब यहाँका मानिसहरूलाई पनि अवश्य थाहा हुनुपर्छ– लक्ष्मीनारायणले अघिल्लो जन्ममा कुन कर्म गरेका थिए। जसरी भन्छन्– बिडलाले कुन कर्म गरे र यति धनवान बने। अवश्य भन्छन्– अघिल्लो जन्ममा दानपुण्य गरेका थिए होलान्। कसैसँग धेरै धन छ, कसैलाई खानको लागि मिल्दैन किनकि कर्म त्यस्तै गरेका हुन्छन्। कर्मलाई त मान्छौ। कर्म-अकर्म-विकर्मको गति गीताका भगवानले सुनाउनुभएको थियो। जसको महिमा सुन्यौ। शिव भगवान एक हुनुहुन्छ। मानिसलाई भगवान भनिँदैन। अहिले बाबा कहाँ आउनुभएको छ! उहाँ बाबाले सम्झाउनुहुन्छ– सामुन्ने महाभारत लडाइँ उभिएको छ त्यसैले मीठोभन्दा मीठो बाबाले सम्झाउनुहुन्छ, उहाँलाई दुःखमा सबैले याद गर्छन्। दुःखमा सिमरण सब करें... शिवबाबालाई दुःखमा सबैले याद गर्छन्। सुखमा कसैले याद गर्दैनन्। स्वर्गमा त दुःख थिएन। त्यहाँ बाबाबाट पाएको वर्सा थियो। ५ हजार वर्ष पहिला शिवबाबा आउनुभयो र विश्वलाई स्वर्ग बनाउनुभयो, अहिले नर्क भएको छ। बाबा आउनुभएको छ स्वर्ग बनाउन। दुनियाँलाई त थाहा पनि छैन। भन्छन्– हामी सबै अन्धा छौँ। अन्धाहरूको लट्ठी हजुर प्रभु आउनुहोस्, आएर दृष्टी प्रदान गर्नुहोस्! तिमी बच्चाहरूलाई ज्ञानको तेस्रो नेत्र मिलेको छ। जहाँ हामी आत्माहरू रहन्छौँ त्यो हो शान्तिधाम। बाबा पनि त्यहाँ रहनुहुन्छ। तिमी आत्माहरू र म रहन्छौ। यिनको आत्मालाई भन्नुहुन्छ– म तिमी सबै आत्माहरूको बाबा त्यहाँ रहन्छु। तिमीले पुनर्जन्मको पार्ट खेल्छौ, मैले खेल्दिनँ। तिमी विश्वको मालिक बन्छौ, म बन्दिनँ। तिमीले ८४ जन्म लिनुपर्छ। तिमीलाई सम्झाइएको थियो– हे प्यारा बच्चाहरू! तिमीलाई आफ्नो जन्मको विषयमा थाहै छैन। ८४ लाख जन्म भन्छन्– यो झुटो कुरा हो। म ज्ञानको सागर पतित-पावन हुँ, म आउँछु त्यतिबेला, जुनबेला सबै पतित हुन्छन्। त्यसपछि मात्रै आएर सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य सम्झाएर त्रिकालदर्शी बनाउँछु। धेरैले सोध्छन्– पहिला सुरुमा मानिस कसरी रचिए? भगवानले सृष्टि कसरी रच्नुभयो? एउटा शास्त्रमा पनि देखाउँछन्– प्रलय भयो फेरि सागरमा पिपलको पातमाथि बच्चा श्रीकृष्ण आए। बाबा भन्नुहुन्छ– यस्तो कुनै कुरा होइन, यो बेहदको ड्रामा हो। दिन हो सत्ययुग-त्रेता, रात हो द्वापर-कलियुग।

बच्चाहरूले बाबालाई बधाई दिन्छन्। बाबा भन्नुहुन्छ– तत् त्वम्। तिमी पनि १०० पर्सेन्ट दुर्भाग्यशालीबाट १०० पर्सेन्ट सौभाग्यशाली बन्छौ। तिमीहरू त्यस्ता थियौ तर तिमीलाई थाहा छैन। बाबा आएर बताउनुहुन्छ। तिमीलाई आफ्नो जन्मको विषयमा थाहा छैन। म आएर बताउँछु– तिमीले ८४ जन्म लिएका छौ। बाबाले तिमीलाई सङ्गममा सारा सृष्टिको समाचार सुनाउनुहुन्छ। सत्ययुगमा त सुनाउनुहुन्न। जुन समयमा सृष्टिको आदि-मध्य-अन्त्य भएके हुँदैन भने त्यसको समाचार कसरी सम्झाउने? म आउँछु अन्त्यमा, कल्पको सङ्गमयुगमा। शास्त्रमा लेखिएको छ– युगे युगे, श्रीकृष्ण भगवानुवाच– गीतामा लेखिदिएका छन्। सबै धर्मकाले श्रीकृष्णलाई भगवान कहाँ मान्छन्। भगवान त निराकार हुनुहुन्छ नि। उहाँ सबै आत्माहरूका बाबा हुनुहुन्छ। बाबाबाट वर्सा मिल्छ। तिमी सबै आत्माहरू भाइ भाइ हौ। परमात्मालाई सर्वव्यापी भनेमा त पिता नै पिता (फादरहुड) हुन्छ। पितालाई कहिल्यै वर्सा मिल्छ र? वर्सा बच्चाहरूलाई मिल्छ। तिमी आत्माहरू सबै बच्चा हौ। बाबाको वर्सा अवश्य हुनुपर्छ। हदको वर्साले तिमी राजी हुँदैनौ त्यसैले पुकार्छौ– हजुरको कृपाले धेरै सुख मिलेको थियो। अब फेरि रावणद्वारा दुःख मिलेपछि पुकार्न थालेका छौ। सबैका आत्माहरूले पुकार्छन् किनकि यिनलाई दुःख छ त्यसैले याद गर्छन्, बाबा आएर सुख दिनुहोस्! अब यो ज्ञानले स्वर्गको मालिक बन्छौ। तिम्रो सदगति हुन्छ त्यसैले गायन गरिन्छ, सर्वका सदगतिदाता एक बाबा। अहिले सबै दुर्गतिमा छन् फेरि सबैको सदगति हुन्छ। लक्ष्मीनारायणको राज्य हुँदा तिमी स्वर्गमा थियौ। बाँकी सबै मुक्तिधाममा थिए। अहिले हामीले बाबाद्वारा राजयोग सिक्छौँ। बाबा भन्नुहुन्छ– कल्पको सङ्गममा मैले तिमीलाई पढाउँछु। मनुष्यबाट देवता बनाउँछु।

अहिले मैले तिमी बच्चाहरूलाई सारा रहस्य सम्झाउँछु– शिवरात्रि कहिले भएको थियो, यो त थाहा हुनुपर्छ। के भयो, शिवबाबा कहिले आउनुभयो? केही जान्दैनौ। त्यसैले पत्थरबुद्धि भयौ नि। अहिले तिमी पारसबुद्धि बन्छौ। यो भारतवर्ष पारसपुरी सत्ययुग थियो। लक्ष्मीनारायणलाई पनि भगवान-भगवती भनिन्छ। उनीहरूलाई वर्सा भगवानले दिनुभयो, फेरि दिइरहनुभएको छ। तिमीलाई फेरि भगवान भगवती बनाइरहनुभएको छ। अहिले यो तिम्रो धेरै जन्मको अन्त्यको जन्म हो। बाबा भन्नुहुन्छ– विनाश सामुन्ने उभिएको छ। यसलाई रुद्र ज्ञान यज्ञ भनिन्छ। ती सबै स्थूल (मेटेरियल) यज्ञ हुन्। यो हो ज्ञानको कुरा। यसमा बाबा आएर मनुष्यलाई देवता बनाउनुहुन्छ। तिमीले बधाई दिन्छौ शिवबाबाको आगमनको। बाबाले फेरि भन्नुहुन्छ– म एक्लै कहाँ आउँछु र! मलाई पनि शरीर चाहिन्छ। ब्रह्मा तनमा आउनुपर्छ। पहिला सुरुमा सूक्ष्मवतन रचना गर्नुपर्छ त्यसैले यिनमा प्रवेश गरेको छु, यिनी त पतित थिए। ८४ जन्म लिएर पतित बनेका हुन्। सबैले पुकार्थे। अब बाबा भन्नुहुन्छ– म फेरि तिमी बच्चाहरूलाई वर्सा दिन आएको छु। बाबाले नै यस भारतवर्षलाई स्वर्गको वर्सा दिनुहुन्छ। स्वर्गका रचयिता बाबा हुनुहुन्छ, अवश्य स्वर्गको सौगात नै दिनुहुन्छ। अहिले तिमी स्वर्गको मालिक बनिरहेका छौ। यो पाठशाला हो– भविष्यमा मनुष्यबाट २१ जन्मका लागि देवता बन्ने। तिमी स्वर्गको मालिक बनिरहेका छौ। २१ पिँढीसम्म तिमीले सुख पाउँछौ। त्यहाँ अकालमा मृत्यु हुँदैन। शरीरको आयु पूरा भएपछि मात्र साक्षात्कार हुन्छ। एक शरीर छोडेर अर्को लिन्छौ। सर्पको पनि उदाहरण छ नि!

तिमी बच्चाहरूले अहिले बाबालाई बधाई दिन्छौ। बाबाले फेरि तिमीलाई बधाई दिनुहुन्छ। तिमी अहिले दुर्भाग्यशालीबाट सौभाग्यशाली बनिरहेका छौ। पतित मानिसबाट पावन देवता बन्छौ। चक्र त घुम्छ। यो कुरा त तिमी बच्चाहरूले सम्झाउनुछ। फेरि यो प्रायः लोप हुन्छ। सत्ययुगमा ज्ञानको आवश्यकता हुँदैन। अहिले तिमी दुर्गतिमा छौ त्यसैले यो ज्ञानले सदगति मिल्छ। बाबा नै आएर स्वर्गको स्थापना गर्नुहुन्छ। सर्वका सदगुरु एउटै हुनुहुन्छ। बाँकी भक्तिमार्गको कर्मकाण्डले कसैको सदगति हुँदैन। सबै सिँढी तल ओर्लनु नै छ। यो भूमि सतोप्रधान थियो फेरि ८४ जन्म लिएपछि फेरि अब तिमी चढ्नुछ। मुक्तिधाम आफ्नो घर जानुछ। अब नाटक पूरा हुन्छ। यो पुरानो दुनियाँ खतम हुनेछ। यस भूमिलाई अविनाशी खण्ड भनिन्छ। बाबाको जन्मस्थान कहिल्यै खतम हुँदैन। तिमी शान्तिधाममा गएर फेरि आउनेछौ, आएर राज्य गर्नेछौ। पावन र पतित यस भूमिमा नै हुन्छन्। ८४ जन्म लिँदा लिँदा पतित बनेका छौ। योगीबाट भोगी बनेका छौ। यो हो रौरव नर्क। यो महान दुःखको समय हो। अब त अझै धेरै दुःख आउनेछन्। अनाहकमा रगत बग्ने खेल हुनेछ। बस्दाबस्दै बमहरू खस्नेछन्। तिमीले के अपराध गरेछौ? अनाहकमा सबैको विनाश हुन्छ। विनाशको साक्षात्कार त तिमी बच्चाहरूले गरेका छौ। अहिले तिमीले सृष्टि चक्रको ज्ञान बुझेका छौ। तिमीसँग ज्ञानको तरबार, ज्ञान खड्ग छ। तिमी हौ ब्रह्माको मुखवंशावली ब्राह्मण। प्रजापिता पनि बाबा हुनुहुन्छ। कल्प पहिला पनि यिनले मुख वंशावली पैदा गरेका थिए। बाबा भन्नुहुन्छ– म कल्प कल्प आउँछु। यिनमा प्रवेश गरेर तिमीलाई मुख वंशावली बनाउँछु। ब्रह्माद्वारा स्वर्गको स्थापना गराउँछु। स्वर्गमा त भविष्यमा नै जानेछौ। फोहोरी दुनियाँ त खतम हुनुपर्छ। बेहदका बाबा आउनुहुन्छ नै नयाँ दुनियाँ रचना गर्न। बाबा भन्नुहुन्छ– मैले तिमी बच्चाहरूका लागि हत्केलामा बहिश्त (स्वर्ग) लिएर आएको छु। तिमीलाई कुनै पनि मेहनत दिन्न। तिमी सबै द्रौपदी हौ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) देवताहरूभन्दा पनि उच्च हामी सर्वोत्तम ब्राह्मण हौँ– यो रुहानी नसामा रहनुछ। ज्ञान र योगले आत्मालाई स्वच्छ बनाउनुछ।

२) सबैलाई शिवबाबाको अवतरणको बधाई दिनुछ। बाबाको परिचय दिएर पतितबाट पावन बनाउनुछ। रावण दुस्मनबाट मुक्त गर्नुछ।

वरदान:–
विस्तारक ा रङ्गी बिरङ्गी कुराहरूबाट किनारा गरेर मुस्किललाई सहज बनाउने सहजयोगी भव

बाबालाई देख्नुको सट्टा कुराहरूलाई देख्न थाल्यौ भने कैयौँ क्वेश्चन उत्पन्न हुन्छन् र सहज कुरा पनि मुस्किल अनुभव हुन थाल्छ किनकि कुराहरू (विस्तार) हुन् वृक्ष र बाबा हुनुहुन्छ बीज। जसले विस्तारयुक्त वृक्षलाई हातमा लिन्छन् उनीहरूले बाबालाई किनारा गरिदिन्छन्, फेरि विस्तार एक जाल बन्छ जसमा फस्दै जान्छन्। कुराहरूको विस्तारमा रङ्गीबिरङ्गी कुराहरू हुन्छन् जसले आफुतिर आकर्षित गरिदिन्छन्, त्यसैले बीजरूप बाबाको यादले बिन्दु लगाएर त्यसबाट किनारा गर त्यसपछि सहज योगी बन्छौ।

स्लोगन:–
म र मेरोपनको अलायलाई समाप्त गर्नु नै सक्कली सुन बन्नु हो।

अव्यक्त इसारा:– एकता र विश्वासको विशेषताद्वारा सफलता सम्पन्न बन।

अहिले सबै मिलेर एकमत भएर सेवाको कुनै पनि कार्यलाई धुमधामले अगाडि बढाऊ। हरेक ब्राह्मण आत्माको सहयोगले, शुभकामनाहरू, शुभ-भावनाहरूले सेवाको चहलपहल बढाऊ। कसैले मुखले बोल्न सक्दैन भने मनसा वायुमण्डलबाट सुखको वृत्ति, सुखमय स्थितिले सुखमय संसार बनाऊ। कतै जान सक्दैनौ, स्वास्थ्य ठीक छैन भने घरै बसेर यो सेवा गर, सेवामा सहयोगी अवश्य बन त्यसपछि सर्वको सहयोगले सुखमय संसार बन्नेछ।