14.04.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– सुख र दु:खको खेललाई तिमीले नै जानेका छौ आधाकल्प हुन्छ सुख अनि आधाकल्प हुन्छ दु:ख , बाबा दु:ख हर्न सुख दिन आउनुहुन्छ ।”

प्रश्न:–
कति बच्चाहरू कुन एक कुरामा आफ्नो मनलाई खुसी पार्न मिया मिट्ठू बन्छन्?

उत्तर:–
कतिले सम्झन्छन्– म सम्पूर्ण बनिसकेँ, म सम्पूर्ण तयार भइसकेँ। यस्तो सम्झेर आफ्नो मनलाई खुसी पार्छन्। यो पनि मिया मिट्ठू बन्नु हो। बाबा भन्नुहुन्छ– मीठे बच्चे! अझै धेरै पुरुषार्थ गर्नुछ। तिमी पावन बनेपछि फेरि दुनियाँ पनि पावन चाहिन्छ। राजधानी स्थापना हुनुछ, एक्लै त जान सकिँदैन।

गीत:–
तुम्हीं हो माता, तुम्हीं पिता हो.....

ओम् शान्ति ।
बच्चाहरूलाई यो आफ्नो पहिचान मिलेको छ। बाबाले पनि यसो भन्नुहुन्छ– हामी सबै आत्माहरू हौं, सबै मनुष्य नै हुन्। ठुला हुन् कि साना हुन्, राष्ट्रपति, राजा-रानी सबै मनुष्य हुन्। अहिले बाबा भन्नुहुन्छ– सबै आत्माहरू हुन्, म सबै आत्माहरूको पिता हुँ त्यसैले मलाई परमपिता परम आत्मा अर्थात् सुप्रीम भन्छन्। प्यारा बच्चाहरूले जानेका छौ– हामी आत्माहरूका पिता उहाँ हुनुहुन्छ, हामी सबै भाइ भाइ हौं। फेरि ब्रह्माद्वारा भाइ-बहिनीको उच्च नीच कुल हुन्छ। आत्माहरू त सबै आत्मा हुन्। यो पनि तिमीले बुझ्छौ। मनुष्यले त केही पनि जानेका छैनन्। तिमीलाई बाबा बसेर सम्झाउनुहुन्छ– बाबालाई त कसैले पनि चिनेका छैनन्। मनुष्यले गायन गर्छन्– हे भगवान, हे माता-पिता किनकि उच्चभन्दा उच्च त एक हुनुपर्छ नि। उहाँ हुनुहुन्छ सबैका पिता, सबैलाई सुख दिनेवाला। सुख र दु:खको खेललाई पनि तिमीले जानेका छौ। मनुष्यले त सम्झन्छन्– भर्खरै सुख हुन्छ, भर्खरै दु:ख हुन्छ। यो बुझ्दैनन् आधाकल्पसुख, आधाकल्प दु:ख हुन्छ। सतोप्रधान, सतो, रजो, तमो हुन्छ नि। शान्तिधाममा हामी सबै आत्माहरू हुन्छौं, त्यसैले त्यहाँसच्चा सुन हुन्छ। त्यसमा मिसावट हुनसक्दैन। हुन त आआफ्नो पार्ट भरिएको हुन्छ तर आत्माहरू शान्तिधाममा पवित्र रहन्छन्। अपवित्र आत्मा त्यहाँ रहनसक्दैन। यतिबेला फेरि यहाँ कुनै पनि पवित्र आत्मा हुनसक्दैन। तिमी ब्राह्मण कुल भूषणहरू नै पवित्र बनिरहेका छौ। तिमीले अहिले आफूलाई देवता भन्न सक्दैनौ। उनीहरू हुन् सम्पूर्ण निर्विकारी। तिमीलाई कहाँ सम्पूर्ण निर्विकारी भनिन्छ! जोसुकै भए पनि देवताहरू सिवाय अरू कसैलाई पनि निर्विकारी भन्न सकिँदैन। यी कुरा पनि तिमीले मात्रै ज्ञान सागरका मुख कमलबाट सुन्छौ। यो पनि जानेका छौ– ज्ञान सागर एकपटक मात्रै आउनुहुन्छ। मनुष्यले त पुनर्जन्म लिएर फेरि आउँछन्। कसै कसैले ज्ञान सुनेर गएका रहेछन्, संस्कार लिएर गएका रहेछन् भने फेरि आउँछन्, आएर सुन्छन्। मानौं ६-८ वर्ष ज्ञान सुनेको भए त कोही कोहीमा राम्रो समझ पनि आउँछ। आत्मा त उही हो नि। सुन्दा उसलाई राम्रो लाग्छ। आत्माले बुझ्छ मलाई फेरि बाबाको त्यही ज्ञान प्राप्त भइरहेको छ। मनमा खुसी हुन्छ, अरूलाई पनि सिकाउन थाल्छन्। फुर्तिला हुन्छन्। जसरी लडाइँ गरेकाले त्यही संस्कार लिएर गए भने बाल्यावस्थामा नै खुसीसँग त्यसै काममा लाग्छन्। अब तिमी त पुरुषार्थ गरेर नयाँ दुनियाँको मालिक बन्नुछ। तिमीले सबैलाई बुझाउन सक्छौ– या त नयाँ दुनियाँको मालिक बन्नसक्छौं या त शान्तिधामको मालिक बन्नसक्छौं। शान्तिधाम तिम्रो घर हो– जहाँबाट तिमी आएका हौ पार्ट खेल्न। यो पनि कसैले जान्दैन किनकि आत्माको विषयमा नै थाहा हुँदैन। तिमीलाई पहिला कहाँ यो कुरा थाहा थियो र– हामी निराकारी दुनियाँबाट यहाँ आएका हौं। हामी बिन्दी हौं। संन्यासीहरूले भन्न त भन्छन्– भृकुटीको बीचमा आत्मा तारा रहन्छ तैपनि बुद्धिमा ठुलै रूप आउँछ। शालिग्राम भन्नाले ठुलो रूप सम्झन्छन्। आत्मा शालिग्राम हो। यज्ञ रच्दा त्यसमा पनि ठुला ठुला शालिग्राम बनाउँछन्। पूजाको समयमा शालिग्रामको ठुलो रूपमा याद आउँछ। बाबा भन्नुहुन्छ– यो सारा अज्ञान हो। ज्ञान मैले नै सुनाउँछु, दुनियाँभरमा अरू कसैले सुनाउन सक्दैन। यो कसैले बुझाउँदैनन्– आत्मा पनि बिन्दु हो, परमात्मा पनि बिन्दु हुनुहुन्छ। उनीहरूले त अखण्ड ज्योतिस्वरूप ब्रह्म भनिदिन्छन्। ब्रह्मलाई भगवान सम्झन्छन्– अनि फेरि आफूलाई पनि भगवान भनिदिन्छन्। भन्छन्– हामीले नाटक खेल्नको लागि सानो आत्माको रूप धारण गर्छौं। फेरि ठुलो ज्योतिमा लीन हुन्छौं। लीन भएपछि फेरि के हुन्छ! पार्ट नै लीन हुन्छ। कति गलत हुन जान्छ।

अहिले बाबा आएर सेकेण्डमा जीवनमुक्ति दिनुहुन्छ फेरि आधाकल्पपछि सिँढी झर्दै जीवनबन्धमा आउँछन्। फेरि बाबा आएर जीवनमुक्त बनाउनुहुन्छ, अनि उहाँलाई सर्वका सद्गतिदाता भनिन्छ। त्यसैले जो पतित-पावन बाबा हुनुहुन्छ उहाँलाई नै याद गर्नुपर्छ, उहाँको यादबाटै तिमी पावन बन्छौ। नत्र बन्नसक्दैनौ। सबैभन्दा उच्च एक बाबा मात्रै हुनहुन्छ। कति बच्चाहरूले सम्झन्छन्– म सम्पूर्ण बनिसकेँ। म पूरा तयार भइसकेँ। यस्तो सम्झेर आफ्नो मनलाई खुसी पार्छन्। यो पनि मिया मिटठू बन्नु हो। बाबा भन्नुहुन्छ– मीठे बच्चे, अब धेरै पुरुषार्थ गर्नुछ। पावन बनेपछि फेरि दुनियाँ पनि पावन हुनुपर्छ। एकजना मात्रै त जानसक्दैन। कसैले म छिट्टै कर्मातीत बनुँ भनेर जतिसुकै कोसिस गरोस्, तर हुँदैन। राजधानी स्थापन हुनुछ। हुन त कुनै विद्यार्थी पढाइमा धेरै होसियार हुन्छन् तर परीक्षा त समयमा हुन्छ नि। परीक्षा त चाँडो हुनसक्दैन। यो पनि त्यस्तै हो। समय भएपछि मात्रै तिम्रो पढाइको रिजल्ट निस्कन्छ। कसैको जतिसुकै राम्रो पुरुषार्थ होस्, यस्तो भन्न सक्दैन, म पूरा तयार भएँ। होइन, कुनै आत्मा अहिल्यै १६ कला सम्पूर्ण बन्न सक्दैन। धेरै पुरुषार्थ गर्नुछ। म सम्पूर्ण बनेँ भनेर आफ्नो मनलाई केवल खुसी पार्नुछैन। होइन, सम्पूर्ण बन्ने नै अन्त्यमा हो। मिया मिट्ठू बन्नुछैन। यहाँ त सारा राजधानी स्थापना हुनुछ। हो यत्ति सम्झिइन्छ बाँकी थोरै समय छ। मिसाइल पनि निस्केका छन्। यिनलाई बनाउन पनि पहिला समय लाग्छ फेरि अभ्यास हुन्छ अनि फेरि छिट्टै बनाउँछन्। यो पनि सबै ड्रामामा निश्चित छ। विनाशको लागि बमहरू बनाइरहन्छन्। गीतामा पनि मुसल शब्द छ। शास्त्रहरूमा फेरि लेखिदिएका छन् पेटबाट फलाम निस्कियो, अनि यसो भयो। यी सबै झुटा कुराहुन् नि। बाबा आएर सम्झाउनुहुन्छ– तिनैलाई मिसाइल भनिन्छ। अब यो विनाशभन्दा पहिला हामी तमोप्रधानबाट सतोप्रधान बन्नुछ। बच्चाहरूले जानेका छौ हामी आदि सनातन देवी-देवता धर्माका थियौं। सच्चा सुन थियौं। भारतवर्षलाई सच्चा खण्ड भन्छन्– अहिले झुट खण्ड बनेको छ। सुन पनि सक्कली र नक्कली हुन्छ नि। अहिले तिमी बच्चाहरूलाई थाहा छ– बाबाको महिमा के हो! उहाँ मनुष्य सृष्टिका बीजरूप हुनुहुन्छ, सत्य हुनुहुन्छ, चैतन्य हुनुहुन्छ। पहिला त केवल गायन गर्थ्यौ। अहिले तिमीले जान्दछौ– बाबाले सारा गुण हामीभित्र भरिरहनुभएको छ। बाबा भन्नुहुन्छ– सबैभन्दा पहिला यादको यात्रा गर, मलाई याद गर्यौ भने तिम्रो विकर्म विनाश हुन्छ। मेरो नामै हो पतित-पावन। गायन पनि गर्छन् हे पतित-पावन आउनुहोस्! तर उहाँले के गर्नुहुन्छ, यो जानेका छैनन्। एक सीता मात्रै त होइनन्। तिमी सबै सीताहरू हौ।

बाबाले तिमी बच्चाहरूलाई बेहदमा लैजानको लागि बेहदका कुरा सुनाउनुहुन्छ। तिमीले बेहदको बुद्धिबाट जानेका छौ– पुरुष एवं महिला सबै सीताहरू हुन्। सबै रावणको कैदमा छन्। बाबा राम आएर सबैलाई रावणको कैदबाट निकाल्नुहुन्छ। रावण कुनै मनुष्य होइन। यो सम्झाइएको छ– हरेकमा ५ विकार छन्, त्यसैले रावण राज्य भनिन्छ। यसको नामै हो विकारी दुनियाँ, त्यो हो निर्विकारी दुनियाँ, दुवै नाम भिन्नाभिन्नै छन्। यो वेश्यालय हो र त्यो हो शिवालय। यी लक्ष्मी-नारायण निर्विकारी दुनियाँका मलिक थिए। यिनीहरूका अगाडि गएर विकारी मनुष्यले शिर निहुराउँछन्। विकारी राजाहरूले ती निर्विकारी राजाहरूका अगाडि शिर निहुराउँछन्। यो पनि तिमीले जानेका छौ। मनुष्यहरूलाई कल्पको अवधिको बारेमा थाहा छैन, त्यसैले कसरी सम्झिन्छन्– रावण राज्य कहिले सुरु हुन्छ। आधा आधा हुनुपर्छ नि। रामराज्य, रावण राज्य कहिले सुरु भए, यसमा अलमल पारिदिएका छन्।

अहिले बाबा सम्झाउनुहुन्छ– यो ५ हजार वर्षको चक्र घुमिरहन्छ। अब तिमीलाई थाहा भएको छ– हामीले ८४ जन्मको पार्ट खेल्छौं। फेरि हामी घर जान्छौं। सत्ययुग त्रेतामा पनि पुनर्जन्म लिन्छौं। त्यो हो रामराज्य फेरि रावण राज्यमा आउनुपर्छ। हारजितको खेल हो। तिमीले विजय प्राप्त गर्यौ भने स्वर्गको मालिक बन्छौ। हार खायौ भने नर्कको मालिक बन्छौ। स्वर्ग अलग्गै हो। कोही मर्यो भने भन्छन्– स्वर्गवासी हुनुभयो। अहिले तिमीले कहाँ भन्छौ र! किनकि तिमीलाई थाहा छ– स्वर्ग कहिले हुन्छ। उनीहरूले त भनिदिन्छन् ज्योति ज्योतिमा समाहित भयो वा निर्वाण भयो। तिमीले भन्छौ– ज्योति ज्योतिमा त कोही पनि समाहित हुनसक्दैन। सर्वका सद्गतिदाता एउटै भनेर गायन गरिएको छ। स्वर्ग सत्ययुगलाई भनिन्छ। अहिले हो नर्क। भारतवर्षको नै कुरा हो। माथि अरू केही छैन। देलवाडा मन्दिरमा माथि स्वर्ग देखाएका छन् त्यसैले मानिसले सम्झन्छन्– अवश्य पनि स्वर्ग माथि नै छ। अरे,माथि छतमा मानिस कसरी होलान्, बुद्धु ठहरिए नि। अहिले तिमीले स्पष्ट पारेर सम्झाउँछौ। तिमीले जानेका छौ– यहाँ नै स्वर्गवासी थिए, यहीँ फेरि नर्कवासी बन्छन्। अब फेरि स्वर्गवासी बन्नुछ। यो ज्ञान हो नै नरबाट नारायण बन्नको लागि। कथा पनि सत्य-नारायणको नै सुनाउँछन्। राम-सीताको कथा भन्दैनन्, यो हो नरबाट नारायण बन्ने कथा। सबैभन्दा उच्च पद लक्ष्मी-नारायणको हो। ती दुई कला फेरि कम हुन्छन्। पुरुषार्थ उच्च पद पाउनको लागि गरिन्छ फेरि यदि गर्दैनन् भने गएर चन्द्रवंशी बन्छन्। पतित बनेपछि भारतवर्षवासीले आफ्नो धर्मलाई नै बिर्सिन्छन्। बन्न त क्रिस्चियनहरू सतोबाट तमोप्रधान बनेका हुन् फेरि पनि क्रिस्चियन सम्प्रदायका त हुन् नि। आदि सनातन देवी-देवता धर्मकाले त आफूलाई हिन्दु भनिदिन्छन्। यो पनि जानेका छैनन्– वास्तवमा हामी देवी-देवता धर्मका हौं। आश्चर्य छ नि। तिमीले सोध्छौ हिन्दु धर्म कसले स्थापना गरेको हो? अनि अल्मलिन्छन्। देवताहरूको पूजा गर्छन् त्यसैले देवता धर्मका ठहरिए नि। तर बुझ्दैनन्। यो पनि ड्रामामा निश्चित छ। तिम्रो बुद्धिमा सारा ज्ञान छ। तिमीले जानेका छौ– हामी पहिला सूर्यवंशी थियौं। फेरि अरू धर्ममा आउँछौं। हामीले पुनर्जन्म लिँदै आउँछौं। तिमीहरूमध्ये पनि केहीले यथार्थ रीतिले जानेका छौ। विद्यालयमा पनि कुनै विद्यार्थीको बुद्धिमा राम्ररी रहन्छ, कसैको बुद्धिमा थोरै बस्छ। यहाँ पनि जो फेल हुन्छन् उनीहरूलाई क्षत्रिय भनिन्छ। चन्द्रवंशीमा जान्छन्। दुई कला कम भयो नि। सम्पूर्ण बन्न सकेनन्। तिम्रो बुद्धिमा अहिले बेहदको इतिहास-भूगोल छ। ती विद्यालयमा त हदको इतिहास-भूगोल पढ्छन्। उनीहरूले कुनै मूलवतन, सूक्ष्मवतनलाई कहाँ जानेका छन्! साधुसन्त आदि कसैको बुद्धिमा पनि छैन। तिम्रो बुद्धिमा छ– मूलवतनमा आत्माहरू रहन्छन्। यो हो स्थूलवतन। तिम्रो बुद्धिमा सारा ज्ञान छ। यहाँ स्वदर्शन चक्रधारी सेना बसेको छ। यो सेनाले बाबालाई र चक्रलाई याद गर्छ। तिम्रो बुद्धिमा ज्ञान छ। बाँकी कुनै हतियार आदि छैनन्। ज्ञानबाट स्व अर्थात् आत्माको दर्शन भएको छ। बाबाले, रचयिताको र रचनाको आदि-मध्य-अन्त्यको ज्ञान दिनुहुन्छ। अहिले बाबाको आदेश छ– रचयितालाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। जति स्वदर्शन चक्रधारी बन्छ, अरूलाई बनाउँछ, जसले धेरै सेवा गर्छ उसलाई त्यति उच्च पद मिल्छ। यो त साधारण कुरा हो। बाबालाई बिर्सिएको नै गीतामा श्रीकृष्णको नाम राख्नाले हो। श्रीकृष्णलाई सबैका पिता भन्न सकिँदैन। वर्सा पिताबाट मिल्छ। पतित-पावन बाबालाई भनिन्छ, जब उहाँ आउनुहुन्छ तब हामी फर्केर शान्तिधाममा जान्छौं। मनुष्यहरूले मुक्तिको लागि कति मेहनत गर्छन्। तिमीले कति सहजै बुझाउँछौ। भन– पतित-पावन त परमात्मा हुनुहुन्छ फेरि गङ्गामा स्नान गर्न किन जानुहुन्छ! गङ्गा किनारामा गएर बस्छन् ता कि त्यहीँ मर्न सकौं। पहिला बङ्गालमा कसैको मर्ने बेला भयो भने गङ्गामा लगेर हरि बोल भन्दथे। मुक्त भयो भन्ने सम्झन्थे। तर आत्मा त निस्कियो। त्यो त पवित्र बनेको हुँदैन। आत्मालाई पवित्र बनाउने बाबा मात्रै हुनुहुन्छ, उहाँलाई नै पुकार्छन्। अहिले बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। बाबा आएर पुरानो दुनियाँलाई नयाँ बनाउनुहुन्छ। बाँकी नयाँ रचना गर्नुहुन्न। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) बाबामा जुन गुण छन्, ती गुण स्वयंमा भर्नुछ। परीक्षाभन्दा पहिला पुरुषार्थ गरेर स्वयंलाई सम्पूर्ण पावन बनाउनुछ, यसमा मिया मिट्ठू बन्नुछैन।

२) स्वदर्शन चक्रधारी बन्नु र बनाउनुछ। बाबा र चक्रलाई याद गर्नुछ। बेहदका बाबाद्वारा बेहदका कुरा सुनेर आफ्नो बुद्धि बेहदमा राख्नुछ। हदमा आउनुछैन।

वरदान:–
स्व-स्थितिद्वारा परिस्थितिहरूमाथि विजय प्राप्त गर्ने सङ्गमयुगी विजयी रत्न भव

परिस्थितिहरूमाथि विजय प्राप्त गर्ने साधन हो स्व-स्थिति। यो देह पनि पर हो, स्व होइन। स्व-स्थिति र स्वधर्मले सदा सुखको अनुभव गराउँछ र प्रकृति धर्म अर्थात् पर धर्म वा देहको स्मृतिले कुनै न कुनै प्रकारको दुःखको अनुभव गराउँछ। त्यसैले जो सदा स्व-स्थितिमा रहन्छ, उसले सदा सुखको अनुभव गर्छ, उसको नजिक दुःखको लहर आउन सक्दैन। ऊ सङ्गमयुगी विजयी रत्न बन्छ।

स्लोगन:–
परिवर्तन शक्तिद्वारा व्यर्थ सङ्कल्पहरूको बहावको फोर्स समाप्त गर।