14.05.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– जसरी
बाबा प्यारको सागर हुनुहुन्छ , उहाँ ले जस्तो प्यार दुनियाँमा अरू कसैले गर्न
सक्दैन , त्यसरी नै तिमी बच्चाहरू पनि बाबासमान बन , कसैलाई नाराज न बनाऊ ।”
प्रश्न:–
कस्तो प्रकारको
विचार चलिरहे भने खुसीको पारा चढिरहन्छ?
उत्तर:–
१) अहिले
हामीले ज्ञान रत्नहरूले आफ्नो झोली भरिरहेका छौँ फेरि यी खानी आदि सबै भरपुर हुनेछन्।
त्यहाँ (सत्ययुगमा) हामीले सुनका महल बनाउनेछौँ। २) हाम्रो यो ब्राह्मण कुल उत्तम
कुल हो, हामीले सच्चा सच्चा सत्यनारायणको कथा, अमरकथा सुन्छौँ र सुनाउँछौँ... यस्ता
यस्ता विचार चलिरहे भने खुसीको पारा चढिरहन्छ।
ओम् शान्ति ।
तिमी बच्चाहरू
बाबाको यादमा बसेका छौ, यहाँ श्रीमत अर्थात् श्रेष्ठभन्दा श्रेष्ठ मत मिल्छ। यादको
यात्रा धेरै मीठो हुन्छ। बच्चाहरूले नम्बरवार पुरुषार्थ अनुसार जान्दछौ– जति
बाबालाई याद गर्छौ त्यति बाबा मीठो लाग्नुहुन्छ। स्याक्रिन हुनुहुन्छ नि। एक बाबाले
नै प्यार गर्नुहुन्छ बाँकी सबैले त दु:ख दिन्छन्। सारा दुनियाँले एकअर्कालाई
तिरस्कार गर्छन्। बाबाले प्यार गर्नुहुन्छ, उहाँलाई केवल तिमी बच्चाहरूले चिनेका
छौ। बाबा भन्नुहुन्छ– म जो हुँ, जस्तो हुँ, कति ठुलो छु! बताऊ– हाम्रो बाबा कति ठुलो
हुनुहुन्छ? भन्छन्– बिन्दी हुनुहुन्छ अरू त कसैले चिन्दैनन्। बच्चाहरूले पनि घरी घरी
भुल्छन्। भन्छन्– भक्तिमार्गमा त ठुला ठुला चित्रहरूको पूजा गर्थ्यौं। अब बिन्दीलाई
कसरी याद गरौँ? बिन्दीले, बिन्दीलाई नै याद गर्छ नि। आत्मालाई थाहा छ– हामी बिन्दी
हौँ। हाम्रो बाबा पनि त्यस्तै हुनुहुन्छ। आत्मा नै राष्ट्रपति हो, आत्मा नै नोकर
हो। पार्ट आत्माले नै खेल्छ। बाबा सबैभन्दा मीठो हुनुहुन्छ। सबैले याद गर्छन्– हे
पतित-पावन, दुःखहर्ता सुखकर्ता आउनुहोस्! अब तिमी बच्चाहरूलाई यो निश्चय छ– हामीले
जसलाई बिन्दी भन्छौँ, उहाँ धेरै सूक्ष्म हुनुहुन्छ तर उहाँको महिमा कति महान् छ।
गर्न त महिमा गर्छन् पनि– बाबा ज्ञानको सागर, शान्तिको सागर हुनुहुन्छ, तर बुझ्दैनन्
उहाँ आएर कसरी सुख दिनुहुन्छ। मीठा प्यारा बच्चाहरू हरेकले बुझ्न सक्छौ– को को कति
श्रीमतमा चल्छन्। श्रीमत मिल्छ सेवा गर्न। धेरै मानिसहरू बिरामी रोगी छन्, धेरै छन्
जो स्वस्थ पनि छन्। यहाँका मानिसहरूलाई थाहा छ– सत्ययुगमा आयु धेरै लामो औसत
१२५-१५० वर्षको थियो। हरेकले आफ्नो पूर्ण आयु पूरा गर्छन्। यो त बिल्कुलै फोहोरी
दुनियाँ हो जुन केही समय मात्रै बाँकी छ।
अहिलेसम्म पनि
मानिसहरूले ठुला ठुला धर्मशाला आदि बनाइरहन्छन्। थाहा छैन– यो समय कति बाँकी रहनेछ।
मन्दिर आदि बनाउँछन्, लाखौँ रुपैयाँ खर्च गर्छन्। त्यसको अवधि कति समय बाँकी होला?
तिमीलाई थाहा छ– यसको अवधि अब जसरी पनि सकिन्छ। तिमीलाई बाबाले भवन आदि बनाउनको लागि
कहिल्यै मनाही गर्नुहुन्न। तिमीले आफ्नै घरमा एउटा कोठामा हस्पिटल कम युनिभर्सिटी
बनाऊ। कुनै खर्च नगरी, यस ज्ञानद्वारा २१ जन्मको लागि स्वास्थ्य, सम्पत्ति, सुख
लिनुछ। यो पनि सम्झाइएको छ– तिमीलाई धेरै सुख मिल्छ। तमोप्रधान बनेपछि धेरै दुःख
हुन्छ। जति जति तमोप्रधान बन्दै जान्छौ त्यति दुनियाँमा दुःख अशान्ति बढ्दै जान्छ।
मानिसहरू धेरै दुःखी हुन्छन्। फेरि जयजयकार हुन्छ। तिमी बच्चाहरूले दिव्यदृष्टिले
जुन विनाश देखेका छौ त्यो फेरि यथार्थमा देख्नेछौ। स्थापनाको साक्षात्कार पनि धेरैले
गरेका छन्। साना बच्चीहरूले धेरै साक्षात्कार गर्थे। ज्ञान केही पनि थिएन। पुरानो
दुनियाँको विनाश पनि अवश्य हुनुछ। तिमी बच्चाहरूलाई थाहा छ– बाबाले नै आएर स्वर्गको
वर्सा दिनुहुन्छ। तर बच्चाहरूले फेरि पुरुषार्थ गर्नुछ, उच्च पद पाउनको लागि। तिमी
बच्चाहरूलाई बाबाले बसेर यी सबै कुरा सम्झाउनुहुन्छ, थोरै समय बाँकी छ, यो कुरा
उनीहरूलाई कहाँ थाहा छ र! बाबा भन्नुहुन्छ– म दाता हुँ, म तिमीहरूलाई दिन आएको छु।
मानिसहरूले भन्छन्– पतित-पावन आउनुहोस्, आएर हामीलाई पावन बनाउनुहोस्!
बाबा भन्नुहुन्छ–
पहिला तिमी कति समझदार थियौ, सतोप्रधान थियौ। अहिले त तमोप्रधान बन्न पुगेका छौ।
अहिले तिम्रो बुद्धिमा पनि आएको छ, पहिला यो कहाँ बुझ्थ्यौ र– हामीले विश्वमा राज्य
गर्थ्यौं । तिमी विश्वका मालिक थियौ फेरि पक्कै बन्नेछौ। इतिहास भूगोल दोहोरिन्छ।
बाबाले सम्झाउनुभएको छ– ५००० वर्ष पहिला म आएको थिएँ, तिमीलाई स्वर्गको मालिक बनाएको
थिएँ। फेरि तिमी ८४ जन्मको सिँढी ओर्लन्छौ। यो विस्तार कुनै पनि शास्त्रमा छैन।
शिवबाबाले कुनै शास्त्र आदि पढ्नुभएको छ र? उहाँलाई त ज्ञानको अथोरिटी भनिन्छ। ती
मानिसहरू पनि शास्त्र आदि पढेर शास्त्रहरूका अथोरिटी बन्छन्। उनीहरूले पनि त गाउँछन्–
पतित-पावन आउनुहोस्! गङ्गास्नान गर्न जान्छन्। वास्तवमा यो भक्ति हो नै गृहस्थीहरूको
लागि। बाबा बसेर सम्झाउनुहुन्छ– सद्गतिदाता को हुनुहुन्छ, यो कुरा उनीहरूलाई पनि
थाहा छैन। बाबा सम्झाउनुहुन्छ– तिमीले मलाई बोलाउँछौ पनि– हे पतित-पावन आउनुहोस्!
मैले तिमीलाई पावन बनाउँछु। म तिमीलाई पढाउनको लागि आउँछु, यस्तो होइन– हामीलाई कृपा
गर्नुहोस्! म त टिचर हुँ, तिमीले कृपा आदि किन माग्छौ? आशीर्वाद त अनेक जन्म लिँदै
आएका छौ। अब आएर माता-पिताको सम्पत्तिको मालिक बन, आशीर्वादले मात्र के गर्छ र!
बच्चा पैदा भयो अनि पिताको सम्पत्तिको मालिक बन्यो। लौकिक पितालाई भन्छौ– कृपा गर।
यहाँ त कृपाको कुरा छैन। केवल बाबालाई याद गर्नुछ। यो पनि कसैलाई थाहा छैन– बाबा
बिन्दु हुनुहुन्छ। अहिले तिमीलाई बाबाले बताउनुभएको छ, सबैले भन्छन् पनि– परमपिता
परमात्मा, गड फादर, सुप्रिम सोल। त्यसैले परम आत्मा हुनुभयो नि। उहाँ सुप्रिम
हुनुहुन्छ। बाँकी सबै आत्माहरू हुन् नि। सुप्रिम बाबा आएर आफूसमान बनाउनुहुन्छ अरू
केही छैन। कसैको बुद्धिमा हुन्छ र– बेहदका बाबा जो स्वर्गका रचयिता हुनुहुन्छ, उहाँ
आएर स्वर्गको मालिक बनाउनुहुन्छ! तिमीले अहिले जान्दछौ– श्रीकृष्णको हातमा स्वर्गको
गोला छ। गर्भबाट बच्चा बाहिर निस्कएपछि आयु सुरुहुन्छ। श्रीकृष्णले त पूरा ८४ जन्म
लिन्छन्। गर्भबाट बाहिर आएको दिनदेखि ८४ जन्म गनिन्छ। लक्ष्मीनारायणलाई हुर्कन त
३०-३५ वर्ष लाग्यो नि। त्यसैले त्यो ३०-३५ वर्ष ५ हजारबाट घटाउनुपर्छ। शिवबाबाको
अवधि त गन्ती गर्न सकिँदैन। शिवबाबा कहिले आउनुभयो, टाइम दिन सकिँदैन। सुरुदेखि
साक्षात्कार हुन्थ्यो। मुसलमानहरूले पनि बगैँचा आदि देख्थे। त्यो नवधा भक्ति त कसैले
गरेनन्। घरमा बस्दाबस्दै आफै ध्यानमा गइरहन्थे। उनीहरूले त कति नवधा भक्ति गर्छन्।
अहिले बाबा बसेर
सम्मुख सम्झाउनुहुन्छ। बाबा दूरदेशबाट आउनुभएको छ, यो कुरा बच्चाहरूलाई थाहा छ।
यिनमा प्रवेश गरेर हामीलाई पढाउनुहुन्छ। तर फेरि बाहिर जाँदा नसा कम हुन्छ। याद
रह्यो भने खुसीको पारा पनि चढिरहन्छ र कर्मातीत अवस्था हुन्छ, तर त्यसमा टाइम
चाहिन्छ। अब हेर– श्रीकृष्णको आत्मालाई अन्तिम जन्ममा पूरा ज्ञान छ फेरि गर्भबाट
बाहिर निस्कएपछि पाईको पनि ज्ञान हुँदैन। बाबा आएर सम्झाउनुहुन्छ– श्रीकृष्णले कुनै
मुरली बजाएका होइनन्। उनले त ज्ञान जान्दै जान्दैनन्। लक्ष्मीनारायणले नै जान्दैनन्
भने फेरि ऋषिमुनि, संन्यासी आदिले कसरी जान्दछन्! विश्वका मालिक लक्ष्मीनारायणले नै
जानेनन् भने फेरि यी संन्यासीहरूले कसरी जान्दछन्। भन्छन्– श्रीकृष्ण सागरमा पिपलको
पातमा आए, यो गरे... यी सबै कथाहरू हुन्, जुन बसेर लेखेका छन्। भन्छन्– नदीमा गोडा
राखे त्यसपछि त्यो भासियो, विचार गर– मानिसहरूले के के कुरा बनाउन सक्छन्। अब बाबा
सम्झाउनुहुन्छ– कुनै पनि उल्टासुल्टा कुरामा कहिल्यै विश्वास गर्नुछैन। कति
मानिसहरूले शास्त्र आदि पढ्छन्। बाबा भन्नुहुन्छ– पढेको सबै भुलिदेऊ। यस देहलाई पनि
भुलिदेऊ। भिन्न भिन्न नाम, रूप, देश चोला लिएर आत्माले नै एक शरीर छोडेर अर्को लिएर
पार्ट खेल्छ। अब बाबा भन्नुहुन्छ– यी फोहोरी वस्त्र हुन्। आत्मा र शरीर दुवै पतित
छन्। आत्मालाई नै श्याम र सुन्दर भनिन्छ। आत्मा पवित्र थियो, सुन्दर थियो फेरि काम
चितामा बसेपछि कालो बनेको छ। अब फेरि बाबाले ज्ञान चितामा राख्नुहुन्छ। पतित-पावन
बाबा भन्नुहुन्छ– मलाई याद गरेमा यो खाद नै निस्कन्छ। आत्मामा नै खाद पर्छ। कलियुगको
अन्त्यमा तिमी गरिब छौ। त्यहाँ सत्ययुगमा फेरि तिमीले सुनका महल बनाउनेछौ। आश्चर्य
छ नि– हेर यहाँ हीराको कति मान छ। त्यहाँ त पत्थरसमान हुन्छन्। अहिले तिमीले
बाबाबाट ज्ञान रत्नहरूको झोली भरिरहेका छौ। लेखिएको छ– सागरबाट रत्नहरूको थाली भरेर
ल्याउँछन्। सागरबाट जति पनि चाहिन्छ त्यति लेऊ। खानीहरू नै भरिन्छन्। तिमीले
साक्षात्कार गरेका छौ। माया-मच्छन्दरको खेल पनि देखाउँछन्। उसले देख्यो– सुनका
इँटाहरू छन्, लैजान्छु। तल आयो तर केही थिएन। त्यहाँ त सुनका इँटाहरूका महल
बनाउनेछन्। यस्ता यस्ता ख्यालात आउनुपर्छ अनि खुसीको पारा चढ्नेछ। बाबाको परिचय
दिनुछ। शिवबाबा ५ हजार वर्ष पहिला पनि आउनुभएको थियो, यो कुरा कसैलाई थाहा छैन।
तिमीलाई थाहा छ– ५ हजार वर्ष पहिला आएर तिमीलाई राजयोग सिकाउनुभएको थियो, कल्प कल्प
तिमीलाई नै सिकाउनुहुन्छ। जो जो आएर ब्राह्मण बन्छन् उनीहरू फेरि देवता बन्छन्।
विराटरूप पनि बनाउँछन्। त्यसमा ब्राह्मणहरूको टुपी गुम गरिदिएका छन्। ब्राह्मणहरूको
कुल धेरै उत्तम हो भनिन्छ, त्यो हो जिस्मानी कुरा। तिमी हौ रुहानी। तिमीले सच्चा
सच्चा कथा सुनाउँछौ। यही सत्यनारायणको कथा, अमरकथा हो। तिमीलाई अमरकथा सुनाएर अमर
बनाइरहनुभएको छ। यो मृत्युलोक खतम हुनुछ।
शिवबाबा भन्नुहुन्छ–
म तिमीलाई लिन आएको छु। कति धेरै आत्माहरू होलान् । आत्मा फर्केर घरमा जाँदा त्यहाँ
कुनै आवाज कहाँ हुन्छ र! मौरीहरूको हुल जाँदा कति आवाज हुन्छ। रानीको पछाडि मौरीहरू
सबै उडेर जान्छन्। उनीहरूको आपसमा कति एकता छ। कुमालकोटीको उदाहरण पनि यहाँको हो।
तिमीले मानिसबाट देवता बनाइदिन्छौ। पतितहरूलाई तिमीले ज्ञानको भुँ भुँ गर्छौ अनि
तिनीहरू पावन विश्वको मालिक बन्छन्। तिम्रो हो प्रवृत्तिमार्ग, त्यसमा पनि धेरै
सङ्ख्या माताहरूको छ त्यसैले वन्दे मातरम् भनिन्छ। ब्रह्माकुमारी उनी हुन् जसले
बाबाद्वारा २१ जन्मको वर्सा दिलाउँछन्। बाबाले सदा सुखको वर्सा दिनुहुन्छ। जसले सेवा
गर्छन्, लेख्छन् पढ्छन् उनीहरू नवाफ हुन्छन्...। राजा बन्नु राम्रो वा नोकर बन्नु
राम्रो। अन्तिम समयमा तिमीलाई सबै थाहा हुनेछ। हामी के बन्नेछौँ? फेरि पछुताउनेछौ।
हामी श्रीमतमा किन चलेनौँ! बाबा भन्नुहुन्छ– फलो गर। यस्तो पनि होइन– कसैले एउटा
कोठा दिन्छन्, सेन्टरको लागि, स्वयम् मासु आदि खाइरहन्छन्। उनी पुण्य आत्मा, यिनी
पाप आत्मा, त्यसपछि त्यहाँ आश्रम रहँदैन। घरलाई स्वर्ग बनाउने हो भने स्वयम् पनि
स्वर्गमा हुनुपर्छ नि। केवल आशीर्वादमा टिक्नुछैन। बाबालाई याद गर्नुछ। पवित्र
बनाएर नै साथै लैजानुहुन्छ। तिमीलाई त धेरै खुसी हुनुपर्छ, तिमीलाई कति महान चिट्ठा
मिल्छ। जति बाबालाई याद गर्छौ, त्यति विकर्म विनाश हुन्छ। बाबाले जति प्यार,
दुनियाँमा अरू कसैले गर्न सक्दैन। उहाँलाई भनिन्छ नै– प्यारको सागर। तिमी पनि
त्यस्तै बन। कसैलाई दुःख दियौ, नाराज बनाएमा नाराज भएर मर्छन्। यो कुनै बाबाले
श्राप दिनुहुन्न, सम्झाउनुहुन्छ। सुख दियौ भने सुखी हुन्छौ, सबैलाई प्यार गर। बाबा
पनि प्यारको सागर हुनुहुन्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) कुनै पनि उल्टोसुल्टो कुरामा विश्वास गर्नुछैन। जति पनि उल्टो पढेका छौ त्यसलाई
बिर्सेर अशरीरी बन्ने अभ्यास गर्नुछ।
२) केवल आशीर्वादमा
चल्नुछैन। स्वयंलाई पवित्र बनाउनुछ। बाबालाई हरेक कदममा फलो गर्नुछ, कसैलाई पनि
दुःख दिनुछैन। नाराज बनाउनुछैन।
वरदान:–
सच्चा लगनको
आधारमा अरू को सङ्ग तोडेर एक सँग सङ्ग जोड्ने सम्पूर्ण वफादार भव
सम्पूर्ण वफादार
उनीहरूलाई भनिन्छ जसको सङ्कल्प वा स्वप्नमा पनि बाबा बाहेक र बाबाको कर्तव्य वा
बाबाको महिमा, बाबाको ज्ञान बाहेक अरू केही पनि देखिँदैन। एक बाबा दोस्रो न कोही...
बुद्धिको लगन सदा एकको सङ्गमा रह्यो भने अनेक सङ्गको रङ्ग लाग्न सक्दैन त्यसैले
पहिलो प्रतिज्ञा हो अरू सङ्ग तोडेर एक सङ्ग जोड– यो प्रतिज्ञा पूरा गर्नु अर्थात्
सम्पूर्ण वफादार बन्नु।
स्लोगन:–
सत्यताको
स्वस्थितिले परिस्थितिहरूमा पनि सम्पूर्ण बनाइदिन्छ।
अव्यक्त इसारा:– सदा
अचल , अडोल , एकरस स्थितिको अनुभव गर
हामी उच्चभन्दा उच्च
बाबाका बच्चा हौँ, यो याद रहेमा एकरस अवस्था हुन्छ। एकसँग सम्बन्ध रह्यो भने अवस्था
पनि एकरस हुन्छ। अरू कहीँ सम्बन्धको रग जान्छ भने एकरस अवस्था हुँदैन। त्यसैले एकरस
अवस्था बनाउनको लागि एक बाबा बाहेक अरू केही पनि देख्दादेख्दै पनि नहेर।