14.06.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– निरन्तर याद गर हाम्रो बाबा , पिता पनि हुनुहुन्छ , टीचर पनि हुनुहुन्छ अनि सतगुरु पनि हुनुहुन्छ , यो याद नै मनमनाभव हो।”

प्रश्न:–
मायाको धुलो आँखामा परेपछि पहिलो गल्ती कुनचाहिँ हुन्छ?

उत्तर:–
मायाले पहिलो गल्ती गराउँछ, जसले गर्दा पढाइ नै छोडिदिन्छन्। भगवानले पढाउनु हुन्छ, यो भुल्न पुग्छन्। बाबाका बच्चाहरूले नै बाबाको पढाइ छोडिदिन्छन्, यो पनि आश्चर्य छ। नत्र भने यो ज्ञान यस्तो छ जसले गर्दा भित्रभित्रै खुसीमा नाचिरहनु पर्ने हो तर मायाको प्रभाव कुनै कम छैन। त्यसले पढाइलाई नै छुटाइदिन्छ। पढाइ छोड्नु अर्थात् गयल हुनु।

ओम् शान्ति ।
रुहानी बाबा बसेर रुहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ। बुझाउनु उनीहरूलाई पर्छ जसले केही कम बुझेका छन्। कोही धेरै समझदार बन्छन्। बच्चाहरूलाई थाहा छ– उहाँ बाबा त धेरै अद्भुत हुनुहुन्छ। हुन त तिमी यहाँ बसेका छौ तर मनले सम्झन्छौ, उहाँ हाम्रो बेहदको बाबा पनि हुनुहुन्छ, बेहदको शिक्षक पनि हुनुहुन्छ। बेहदको शिक्षा दिनुहुन्छ। सृष्टिको आदि-मध्य-अन्तको रहस्य सम्झाउनु हुन्छ। विद्यार्थीको बुद्धिमा त यो हुनुपर्छ नि। फेरि साथमा अवश्य लैजानुहुन्छ। बाबा जान्नुहुन्छ, यो पुरानो फोहोरी दुनियाँ हो, यसबाट बच्चाहरूलाई लैजानु छ। कहाँ? घर। जसरी कन्याको विवाह भयो भने आएर कन्यालाई आफ्नो घर लैजान्छन्। अहिले तिमी यहाँ बसेका छौ। बाबा सम्झाउनु हुन्छ– बच्चाहरूलाई मनमा अवश्य आउँछ होला– उहाँ हाम्रो बेहदको बाबा पनि हुनुहुन्छ, बेहदको शिक्षा पनि दिनुहुन्छ। जति ठुलो बाबा त्यति शिक्षा पनि धेरै बेहदको दिनुहुन्छ। रचनाको आदि-मध्य-अन्तको रहस्य पनि बच्चाहरूको बुद्धिमा छ। जान्दछन्– बाबाले यस फोहोरी दुनियाँबाट हामीलाई फर्काएर लैजानुहुन्छ। यो मनमा याद गर्नु पनि मनमनाभव नै हो। हिँड्दा-डुल्दा उठ्दा-बस्दा बुद्धिमा यही याद गर। अनौठो चीजलाई याद गरिन्छ नि। तिमीलाई थाहा छ– राम्रोसँग पढ्नाले, याद गर्नाले हामी विश्वको मालिक बन्छौँ। यो त अवश्य बुद्धिमा चल्नुपर्छ। पहिला बाबालाई याद गर्नुपर्छ। टिचर पछि मिल्नुहुन्छ। बच्चाहरूलाई थाहा छ– हाम्रो बेहदको रुहानी बाबा हुनुहुन्छ। सहज याद दिलाउनको लागि बाबाले युक्तिहरू बताउनु हुन्छ– म एकलाई याद गर। जुन यादबाट नै आधा कल्पको विकर्म विनाश हुन्छ। पावन बन्नको लागि तिमीले जन्मजन्मान्तर भक्ति, जप, तप आदि धेरै गरेका छौ। मन्दिरहरूमा जान्छन्, भक्ति गर्छन्, सम्झन्छन्– हामीले परम्परादेखि गर्दै आएका हौँ। शास्त्र कहिलेदेखि सुनेका हौ? भन्नेछन्, परम्परादेखि। मनुष्यहरूलाई केही पनि थाहा छैन। सत्ययुगमा त शास्त्रहरू हुँदैनन्। तिमी बच्चाहरूले त आश्चर्य मान्नुपर्छ। बाबा बाहेक अरू कसैले पनि यो कुरा बुझाउन सक्दैन। उहाँ बाबा पनि हुनुहुन्छ, टीचर पनि हुनुहुन्छ, सतगुरु पनि हुनुहुन्छ। उहाँ त हाम्रो बाबा हुनुहुन्छ। उहाँका कुनै माता पिता हुनुहुन्न। कसैले भन्न सक्दैन– शिवबाबा कसैको बच्चा हुनुहुन्छ। यो कुरा घरी घरी याद रहोस्– यो नै मनमनाभव हो। टीचरले पढाउनु हुन्छ तर स्वयं कहीँबाट पढेको हुनुहुन्न। उहाँलाई कसैले पढाएको छैन। उहाँ नलेजफुल हुनुहुन्छ, मनुष्य सृष्टिको बीजरूप हुनुहुन्छ, ज्ञानको सागर हुनुहुन्छ। चैतन्य हुनाको कारण सबैथोक सुनाउनु हुन्छ। भन्नुहुन्छ– प्यारा बच्चाहरू! म जसमा प्रवेश भएको छु यिनीद्वारा म तिमीलाई आदिदेखि लिएर यस समयसम्मको सबै रहस्य सम्झाउँछु। अन्त्यको लागि त फेरि पछि भन्नुहुन्छ। त्यस समयमा तिमीले पनि जान्नेछौ– अब अन्तिम घडी आउँदै छ। कर्मातीत अवस्थामा पनि नम्बरवार पुग्नेछौ। तिमीले निसानी पनि देख्नेछौ। पुरानो सृष्टिको विनाश त हुनु नै छ। यो अनेक पटक देखेका छौ र देख्दै जानेछौ। पढ्छन् यस्तो, जस्तो कल्प पहिला पढेका थिए। राज्य लियौ फेरि गुमायौ फेरि अब लिइरहेका छौ। बाबाले फेरि पढाइरहनु भएको छ। कति सहज छ। तिमी बच्चाहरूले जान्दछौ– हामी साँच्चिकै विश्वको मालिक थियौँ। फेरि बाबा आएर हामीलाई त्यो ज्ञान दिइरहनु भएको छ। बाबा राय दिनुहुन्छ मनमा यस्तो यस्तो विचार चल्नुपर्छ।

बाबा हाम्रो बाबा पनि हुनुहुन्छ, टीचर पनि हुनुहुन्छ। टीचरलाई कहिल्यै भुल्छौँ र! टीचरद्वारा त पढाइ पढिरहन्छौँ। कुनै कुनै बच्चाहरूबाट मायाले धेरै गल्ती गराउँछ। एकदम मानौँ आँखामा धुलो हालिदिन्छ। पढाइ नै छोडिदिन्छन्। भगवानले पढाउनु हुन्छ, यस्तो पढाइलाई छोडिदिन्छन्! पढाइ नै मुख्य हो। त्यो पनि कसले छोड्छन्? बाबाका बच्चाहरूले। त्यसैले बच्चाहरूलाई कति खुसी हुनुपर्छ। बाबाले नलेज पनि हरेक कुराको दिनुहुन्छ। जुन कल्प कल्प दिनुहुन्छ। बाबा भन्नुहुन्छ– कम्तीमा यस प्रकार मलाई याद गर। कल्प कल्प तिमीले नै बुझ्छौ र धारण गर्छौ। उहाँको पिता त कोही हुनुहुन्न, उहाँ नै बेहदको पिता हुनुहुन्छ। अनौठो पिता हुनुभयो नि। मेरो कोही पिता हुनुहुन्छ भने बताऊ? शिवबाबा कसको बच्चा हुनुहुन्छ? यो पढाइ पनि अद्भुत छ जुन यस समयमा बाहेक कहिल्यै पढ्न सक्दैनौ अनि केवल तिमी ब्राह्मणहरूले नै पढ्छौ। बेहदको बाबालाई याद गर्दा गर्दा हामी पावन बन्नेछौँ, यो पनि तिमीलाई थाहा छ। नत्र फेरि सजाय खानुपर्छ। गर्भ जेलमा धेरै सजाय खानुपर्छ। त्यहाँ फेरि धर्मसभा (ट्रिब्युनल) बस्छ। सबै साक्षात्कार हुन्छ। साक्षात्कार विना कसैलाई सजाय दिन सकिँदैन। अलमलमा पर्ने छन् हामीलाई यो सजाय किन मिलेछ! बाबालाई थाहा हुन्छ– यसले यो पाप गरेको छ, यो गल्ती गरेको छ। सबै साक्षात्कार गराउनु हुन्छ। त्यस समयमा यस्तो महसुस हुन्छ मानौँ सबै जन्मको सजाय मिलिरहेको छ। लाग्छ, सबै जन्मको इज्जत गयो। त्यसैले बाबा भन्नुहुन्छ– मीठा प्यारा बच्चाहरू! पुरुषार्थ राम्रोसँग गर्नुपर्छ। १६ कला सम्पूर्ण बन्नको लागि यादको मेहनत गर्नु छ। हेर्नु छ– मैले कसैलाई दु:ख दिएको त छैन? सुखदाता बाबाका हामी बच्चा हौँ नि। एकदम फूल जस्तो बन्नु छ। यो पढाइ नै तिम्रो साथमा जान्छ। पढाइबाट नै मनुष्य वकिल आदि बन्छन्। बाबाको यो ज्ञान भिन्नै र सत्य छ। यो हो गुप्त पाण्डव गवर्मेन्ट। तिमीहरू बाहेक अरू कसैले बुझ्न सक्दैन। यो पढाइ अद्भुत छ। आत्माले नै सुन्छ। बाबा घरी घरी सम्झाउनु हुन्छ– पढाइलाई कहिल्यै छोड्नुहुँदैन। मायाले छुटाइदिन्छ। बाबा भन्नुहुन्छ– यस्तो नगर, पढाइ नछोड। बाबाको पासमा रिपोर्ट त आउँछ नि। रजिष्टरबाट सबै थाहा हुन्छ। यो कति दिन गयल रह्यो। पढाइ छोडेपछि बाबालाई पनि भुलिहाल्छन्। वास्तवमा उहाँलाई भुल्ने चीज त होइन। उहाँ त वन्डरफुल बाबा हुनुहुन्छ। सम्झाउनु पनि हुन्छ, मानौँ एक खेल हो। खेलको कुरा कसैलाई पनि सुनायो भने तुरुन्त याद हुन्छ नि। त्यो कहिल्यै भुलिँदैन। यिनले आफ्नो अनुभव पनि सुनाउँछन्। सानो छँदा नै वैरागी विचार चल्थ्यो। भन्थे– दुनियाँमा त धेरै दु:ख छ। अब मसँग केवल १० हजार मात्र भयो भने पनि ५० रुपियाँ ब्याज मिल्छ, यति भए पुग्छ। स्वतन्त्र रहने छु। घरबार सम्हाल्नु त कठिनाइ छ। अनि फेरि एउटा चलचित्र हेरे ‘सौभाग्य सुन्दरी’.... त्यसपछि वैराग्यको सबै कुरा टुट्यो। विचार गरे विवाह गर्छु, यो गर्छु। एकै थप्पड मार्यो मायाले, कला काया चट पारिदियो। त्यसैले अब बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यो दुनियाँ त नर्क नै हो र यसमा फेरि जुन सिनेमा छ, त्यो पनि नर्क हो। यो देख्नाले नै सबैको वृत्ति खराब हुन्छ। अखबार पढ्छन्, त्यसमा राम्रा राम्रा महिलाका चित्र देखे भने वृत्ति त्यसतर्फ गइहाल्छ। यो धेरै राम्रो सुन्दर छ, बुद्धिमा त आयो नि। वास्तवमा यो ख्याल पनि चल्नु हुँदैन। बाबा भन्नुहुन्छ– यो दुनियाँ नै खतम हुनु छ। त्यसैले तिमीले अरू सबै भुलेर म एकलाई याद गर, यस्ता यस्ता चित्र आदि किन हेर्छौ? यी सबै कुराले वृत्तिलाई तल ल्याउँछ। यो जे पनि देख्छौ यो त श्मशानघाट हुनु छ। जे पनि यस आँखाले देख्छौ त्यसलाई याद नगर, यसबाट ममत्व मेटाइदेऊ। यी सबै शरीरहरू त पुराना फोहोरी हुन्। बन्न त आत्मा शुद्ध बन्छ तर शरीर त फोहोरी छ नि। यस तर्फ के ध्यान दिनु छ। एक बाबालाई नै देख्नु छ।

बाबा भन्नुहुन्छ– मीठा प्यारा बच्चाहरू! लक्ष्य धेरै उच्च छ। विश्वको मालिक बन्नको लागि अरू कसैले त कोसिस पनि गर्न सक्दैन। कसैको पनि बुद्धिमा आउन सक्दैन। मायाको प्रभाव कुनै कम छैन। वैज्ञानिकहरूको कति बुद्धि चल्छ। तिम्रो फेरि हो साइलेन्स (मौनता), सबैले चाहन्छन् पनि– हामीले मुक्ति पाऔँ। फेरि तिम्रो लक्ष्य छ जीवनमुक्तिको। यो पनि बाबाले सम्झाउनु भएको छ। गुरु आदि कसैले यस्तो ज्ञान दिन सक्दैनन्। तिमी गृहस्थमा रहेर पवित्र बन्नु छ, रजाइँ लिनु छ। भक्तिमा धेरै समय खेर फाल्यौ। अहिले जान्दछौ हामीले कति भुलहरू गर्यौँ। भूल गर्दा गर्दा बेसमझ, एकदमै पत्थर बुद्धि बनिसकेका छौ। मन भित्र आउँछ यो त धेरै अनौठो ज्ञान छ जसबाट हामी केबाट के बन्छौँ, पत्थरबुद्धिबाट पारसबुद्धि। त्यसैले खुसीको पारा पनि चढ्छ– हाम्रो बाबा बेहदको बाबा हुनुहुन्छ। उहाँको कोही पिता हुनुहुन्न। उहाँ टीचर हुनुहुन्छ, उहाँको कोही टीचर हुनुहुन्न। भन्नेछन् कहाँबाट सिक्नुभयो! आश्चर्य मान्छन् नि। धेरै मानिसहरूले सम्झन्छन्– यो त कुनै गुरुबाट सिकेको हुनुपर्छ। त्यसो भए गुरुका अरू पनि शिष्य हुन्छन् नि। केवल एक शिष्य थिए त? गुरुहरूका शिष्य त धेरै हुन्छन्। आगा खाँका हेर कति शिष्य छन्। गुरुहरूको लागि मनभित्र कति आदर हुन्छ, उनीहरूलाई हीरासँग जोख्छन्। तिमीले यस्तो सतगुरुलाई केमा जोख्छौ। उहाँ त बेहदको सतगुरु हुनुहुन्छ। उहाँको वजन कति छ! एउटा हीरा पनि राख्न सक्दैनौ।

यस्ता यस्ता कुरा तिमी बच्चाहरूले विचार गर्नुपर्छ। यो त महीन कुरा भयो। भन्न त सबैले हे ईश्वर! भनिरहन्छन्। तर उहाँ पिता, टीचर, गुरु पनि हुनुहुन्छ, यो कहाँ जान्दछन्। उहाँ त साधारण रूपमा बसिरहनुहुन्छ। उहाँ सन्दलीमा पनि त्यसैले बस्नुहुन्छ ताकि बच्चाहरूको मुख देख्न सकियोस्। बच्चाहरूसँग त प्रेम हुन्छ नि। यी मदतगार बच्चाहरू विना स्थापना कहाँ गर्नुहुन्छ र। धेरै मदत गर्ने बच्चाहरूलाई अवश्य धेरै प्यार गर्नुहुन्छ। धेरै कमाउने बच्चा राम्रो छ भने अवश्य सर्वोच्च पद लिनेछ। त्यसमाथि स्नेह पनि हुन्छ। बच्चाहरूलाई हेरी हेरी हर्षित हुनुहुन्छ। आत्मा धेरै खुसी हुन्छ। कल्प कल्प बच्चाहरू नै मदतगार बन्छन्। धेरै प्रिय लाग्छन्। कल्पकल्पान्तरको प्यार जुट्छ। चाहे जहाँसुकै बस, बुद्धिले बाबाको याद गर। यहाँ बेहदको बाबा हुनुहुन्छ, उहाँको कुनै पिता हुनुहुन्न, उहाँको कुनै टीचर हुनुहुन्न। स्वयं नै सबै हुनुहुन्छ जसलाई नै सबैले याद गर्छन्। सत्ययुगमा त कसैले याद गर्दैनन्, २१ जन्मको लागि बेडा पार भएपछि तिमीलाई कति खुसी हुनुपर्छ। सारा दिन बाबाको सेवा गर। यस्तो बाबाको परिचय देऊ। बाबासँग यो वर्सा मिल्छ। बाबाले हामीलाई राजयोग सिकाउनु हुन्छ र फेरि सबैलाई साथमा पनि लैजानुहुन्छ। सारा चक्र बुद्धिमा छ। यस्तो चक्र त कसैले बनाउन सक्दैन। अर्थ नै कसैलाई थाहा छैन। तिमी अहिले बुझ्छौ– बाबा हाम्रो बेहदको बाबा पनि हुनुहुन्छ, बेहदको राज्य पनि दिनुहुन्छ फेरि साथमा पनि लैजानुहुन्छ। यसरी यसरी तिमीले सम्झायौ भने फेरि कसैले सर्वव्यापी भन्न सक्दैन। उहाँ पिता हुनुहुन्छ, टीचर हुनुहुन्छ भने सर्वव्यापी कसरी हुन सक्नुहुन्छ।

बेहदको बाबा नै नलेजफुल हुनुहुन्छ। सारा सृष्टिको आदि-मध्य-अन्तलाई जान्नुहुन्छ। बाबाले बच्चाहरूलाई सम्झाउनु हुन्छ– पढाइलाई नभुल। यो धेरै ठुलो पढाइ हो। बाबा परमपिता हुनुहुन्छ, परम शिक्षक हुनुहुन्छ, परम गुरु पनि हुनुहुन्छ। यी सबै गुरुहरूलाई पनि लैजानुहुन्छ। यस्ता यस्ता अनौठा कुरा सुनाउनु पर्छ। भन यो बेहदको खेल हो। हरेक कलाकारलाई आफ्नो पार्ट मिलेको छ। बेहदको बाबासँग हामीले नै बेहदको बादसाही लिन्छौँ। हामी नै मालिक थियौँ। वैकुण्ठ थियो फेरि अवश्य हुन्छ। श्रीकृष्णनयाँ दुनियाँको मालिक थिए। अब पुरानो दुनियाँ छ फेरि अवश्य नयाँ दुनियाँको मालिक बन्छन्। चित्रमा पनि क्लियर छ। तिमीलाई थाहा छ– अब हाम्रो खुट्टा नर्कतर्फ, मुख स्वर्गतर्फ छ, त्यही याद हुन्छ। यसरी याद गर्दागर्दै अन्त मति सो गति हुन्छ। कति राम्रा राम्रा कुरा छन् जसको स्मरण गर्नुपर्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) यी आँखाले जे जति देखिन्छ, त्यसबाट ममत्व मेटाउनु छ, एक बाबालाई नै देख्नु छ। वृत्तिलाई शुद्ध बनाउनको लागि यो फोहोरी शरीरतर्फ अलिकति पनि ध्यान नजाओस्।

२) बाबाले जुन भिन्न र सत्य ज्ञान सुनाउनु हुन्छ, त्यो राम्रोसँग पढ्नु र पढाउनु छ। पढाइ कहिल्यै पनि छुटाउनु छैन।

वरदान:–
शान्तिको शक्तिको प्रयोगद्वारा हर कार्यमा सहज सफलता प्राप्त गर्ने प्रयोगी आत्मा भव

अब समयको परिवर्तन अनुसार शान्तिको शक्तिको साधन प्रयोगमा ल्याएर प्रयोगी आत्मा बन। जसरी वाणीद्वारा आत्माहरूमा स्नेहको सहयोगको भावना उत्पन्न गर्छौ, त्यसैगरी शुभभावना, स्नेहको भावनाको स्थितिमा स्थित भएर उनीहरूमा श्रेष्ठ भावनाहरू उत्पन्न गर। जसरी दीपकले, दीपकलाई जलाउँछ त्यसैगरी तिम्रो शक्तिशाली शुभभावनाले अरूमा सर्वश्रेष्ठ भावना उत्पन्न गराइदिनेछ। यस शक्तिद्वारा स्थूल कार्यमा पनि धेरै सहज सफलता प्राप्त गर्न सक्छौ, केवल प्रयोग गरेर हेर।

स्लोगन:–
सबैको प्रिय बन्नु छ भने फक्रिएको रुहानी गुलाब बन, नओइलाऊ।