14.06.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे–तिमीलाई अ हिले ज्ञानको तेस्रो नेत्र मिलेको छ , त्यसैले अब तिम्रो आँखा कसैमा पनि डुब्नु हुँदैन । ”

प्रश्न:–
जसलाई पुरानो दुनियाँसँग बेहदको वैराग्य हुन्छ, उनीहरूको निसानी के हुन्छ?

उत्तर:–
उनीहरूले आफ्नो सबै कुरा बाबालाई अर्पण गरिदिन्छन्, मेरो केही पनि छैन। बाबा मेरो यो देह पनि होइन, यो त पुरानो देह हो, यसलाई पनि छोड्नुछ। उनीहरूको मोह सबैसँग टुट्दै जान्छ, नष्टोमोहा हुन्छन्। उनीहरूको बुद्धिमा हुन्छ– यहाँको केही पनि काम लाग्नेछैन, किनकि यो सबै हदको हो।

ओम् शान्ति ।
बाबाले बच्चाहरूलाई ब्रह्माण्ड र सृष्टिको चक्रको आदि-मध्य-अन्त्यको ज्ञान सुनाइरहनुभएको छ। जुन अरू कसैले पनि सुनाउन सक्दैन। एउटा गीता नै हो, जसमा राजयोगको वर्णन छ, भगवान आएर नरबाट नारायण बनाउनुहुन्छ। यो कुरा गीताबाहेक अरू कुनै शास्त्रमा छैन। यो पनि बाबाले बताउनुभएको छ, भन्नुहुन्छ– मैले तिमीलाई राजयोग सिकाएको थिएँ। यो सम्झाउनुभएको थियो– यो ज्ञान कुनै परम्पराबाट चल्दैन। बाबा आएर एक धर्मको स्थापना गर्नुहुन्छ। बाँकी अरू सबै धर्म विनाश हुन्छन्। कुनै पनि शास्त्र आदि परम्पराबाट चल्दैनन्। अनि जो धर्म स्थापना गर्न आउँछन्, त्यस समयमा कुनै विनाश हुँदैन, जसबाट सबै खतम हुन्छन्। भक्तिमार्गका शास्त्र पढ्दै आएका छन्, यिनीहरूको (ब्राह्मण धर्मको) हुन त शास्त्र गीता हो, तर त्यो पनि भक्तिमार्गमा नै बनाउँछन् किनकि सत्ययुगमा त कुनै शास्त्र नै हुँदैन र अरू धर्मको समयमा विनाश त हुँदैहुँदैन। पुरानो दुनियाँ खतम हुँदैन जुन फेरि नयाँ हुन्छ। त्यही चल्दै आउँछ। अहिले तिमी बच्चाहरूले बुझेका छौ– यो पुरानो दुनियाँ खतम हुनुछ। हामीलाई बाबाले पढाइरहनुभएको छ। गायन पनि एउटा गीताको नै छ। गीता जयन्ती पनि मनाउँछन्। वेद जयन्ती त हुँदैन। भगवान एक हुनुहुन्छ, त्यसैले एकको नै जयन्ती मनाउनुपर्छ। बाँकी रचना हुन्, उनीहरूबाट केही मिल्न सक्दैन। वर्सा बाबाबाट नै मिल्छ। चाचा, काका आदिबाट कुनै वर्सा मिल्दैन। अहिले यहाँ हुनुहुन्छ बेहदको ज्ञान दिनुहुने तिम्रो बेहदका बाबा। उहाँले कुनै शास्त्र सुनाउनुहुन्न। भन्नुहुन्छ– यी सबै भक्तिमार्गका हुन्। यिनीहरू सबैको सार मैले तिमीलाई सम्झाउँछु। शास्त्र कुनै पढाइ होइन। पढाइबाट त पद प्राप्त हुन्छ, यो पढाइ बाबाले बच्चाहरूलाई पढाइरहनुभएको छ। भगवानुवाच बच्चाहरूप्रति– फेरि ५ हजार वर्षपछि पनि यस्तै हुन्छ। बच्चाहरूलाई थाहा छ– हामीले बाबाबाट रचयिता र रचनाको आदि-मध्य-अन्त्यलाई जानेका छौँ। यो ज्ञान बाबाबाहेक अरू कसैले पनि सम्झाउन सक्दैन। यसै मुख कमलबाट सुनाउनुहुन्छ। यो भगवानले लोन (ऋण) लिनुभएको मुख हो नि, जसलाई गोमुख पनि भनिन्छ। बडी माँ हुन् नि। यिनको मुखबाट ज्ञानका भर्सन (वाणी) निस्कन्छन्, न कि जल आदि। भक्तिमार्गमा फेरि गोमुखबाट जल निस्किएको देखाइदिएका छन्। भक्तिमार्गमा के के गर्छन्, त्यो कुरा अहिले तिमी बच्चाहरूले बुझेका छौ। कति टाढा गोमुख आदिमा जान्छन् पानी पिउन। अहिले तिमी मनुष्यबाट देवता बनिरहेका छौ। यो त थाहा छ– बाबा कल्प कल्पमा आएर मनुष्यबाट देवता बनाउनको लागि पढाउनुहुन्छ। देखिरहेका छौ– कसरी पढाइरहनुभएको छ। तिमीले सबैलाई यो बताउँछौ– भगवानले हामीलाई पढाइरहनुभएको छ। भन्नुहुन्छ– म एकलाई याद गर्यौ भने तिम्रा विकर्म विनाश हुन्छन्। तिमीलाई थाहा छ– सत्ययुगमा थोरै मनुष्य हुन्छन्। कलियुगमा कति धेरै मनुष्य छन्। बाबा आएर आदि सनातन देवी-देवता धर्मको स्थापना गरिरहनुभएको छ। हामी मनुष्यबाट देवता बनिरहेका छौँ। मनुष्यबाट देवता बन्ने बच्चाहरूमा दैवीगुण देखिन्छन्। उनीहरूमा क्रोधको अंश पनि हुँदैन। यदि कहिल्यै क्रोध आयो भने तुरुन्त बाबालाई लेख्छन्– बाबा आज मबाट यो भुल भयो। मैले क्रोध गरेँ, विकर्म गरेँ। बाबासँग तिम्रो कति कनेक्सन (सम्बन्ध) छ। बाबा क्षमा गर्नुहोला। बाबाले भन्नुहुन्छ– क्षमा आदि हुँदैन। बाँकी पछिका लागि यस्तो भुल नगर्नु। टिचरले कुनै क्षमा गर्दैनन्। रजिस्टर देखाउँछन्– तिम्रो म्यानर (आचरण) राम्रो छैन। बेहदका बाबाले पनि भन्नुहुन्छ– तिमीले आफ्नो म्यानर देखिरहेका छौ। दिनहुँ आफ्नो पोतामेल हेर, कसैलाई दुःख त दिइनँ, कसैलाई हैरान त पारिनँ? दैवीगुण धारण गर्नमा टाइम त लाग्छ नि। देह अभिमान धेरै मुस्किलले टुट्छ। जब आफूलाई देही सम्झन्छन् तब बाबामा पनि लभ (प्रेम) बढ्छ। नत्र देहको कर्मबन्धनमा नै बुद्धि अल्झिरहन्छ। बाबाले भन्नुहुन्छ– तिमीलाई शरीर निर्वाह अर्थ कर्म पनि गर्नुछ, त्यसबाट टाइम निकाल्न सक्छौ। भक्तिको लागि पनि टाइम निकाल्छन् नि। मीरा श्रीकृष्णको नै यादमा रहन्थिन् नि। पुनर्जन्म त यहीँ लिँदै गइन्। अहिले तिमी बच्चाहरूलाई यो पुरानो दुनियाँसँग वैराग्य आउँछ। थाहा छ– यो पुरानो दुनियाँमा फेरि पुनर्जन्म लिनु नै छैन। दुनियाँ नै खतम हुन्छ। यी सबै कुरा तिम्रो बुद्धिमा छन्। जसरी बाबामा ज्ञान छ, त्यसरी नै बच्चाहरूमा पनि छ। यो सृष्टिको चक्र अरू कसैको बुद्धिमा छैन। तिमीहरूमा पनि नम्बरवार छन्, जसको बुद्धिमा यो हुन्छ– उच्च भन्दा उच्च पतित-पावन बाबा हुनुहुन्छ, उहाँले हामीलाई पढाउनुहुन्छ। यो पनि तिमीलाई नै थाहा छ। तिम्रो बुद्धिमा सारा ८४ को चक्र छ। स्मृति हुन्छ– अहिले यो नर्कमा यो अन्तिम जन्म हो, यसलाई भनिन्छ रौरव नर्क। धेरै गन्दा छ, त्यसैले संन्यासीहरू घरबार छोडेर जान्छन्। त्यो हो शारीरिक कुरा। तिमीले संन्यास गर्छौ बुद्धिद्वारा किनकि तिमीलाई थाहा छ– हामीलाई अब फर्केर जानुछ। सबैलाई भुल्नुपर्छ। यो पुरानो फोहोरी दुनियाँ खतम भइसकेको छ। घर पुरानो भयो, नयाँ बनेर तयार भयो भने दिलमा आउँछ नि– यो पुरानो घर भत्कि नै हाल्छ। अहिले तिमी बच्चाहरूले पढिरहेका छौ नि। थाहा छ– नयाँ दुनियाँको स्थापना भइरहेको छ। अब थोरै समय लाग्छ। धेरै बच्चाहरू आएर पढ्नेछन्। अहिले नयाँ घर बनिरहेको छ, पुरानो भत्कँदै गइरहेको छ। बाँकी थोरै दिन छन्। तिम्रो बुद्धिमा यी बेहदका कुरा छन्। अब हाम्रो यो पुरानो दुनियाँसँग दिल लाग्दैन। यो केही पनि आखिर काममा आउने छैन, हामी यहाँबाट जान चाहन्छौँ। बाबाले पनि भन्नुहुन्छ– पुरानो दुनियाँसँग दिल लगाउनुहुँदैन। म बाबालाई र घरलाई याद गर्यौ भने विकर्म विनाश हुन्छन्। नत्र धेरै सजायँ भोग्नेछौ। पद पनि भ्रष्ट हुन्छ। आत्मालाई चिन्ता लागेको छ– हामीले ८४ जन्म भोग्यौँ। अब बाबालाई याद गर्नुछ, तब विकर्म विनाश हुन्छन्। बाबाको मतमा चल्नुछ अनि मात्रै श्रेष्ठ जीवन बन्छ। बाबा हुनुहुन्छ उच्च भन्दा उच्च। यो पनि तिमीलाई नै थाहा छ। बाबाले राम्रोसँग स्मृति दिलाउनुहुन्छ, उहाँ बेहदका बाबा नै ज्ञानको सागर हुनुहुन्छ, उहाँले नै आएर पढाउनुहुन्छ। बाबाले भन्नुहुन्छ– यो पढाइ पनि पढ, शरीर निर्वाह अर्थ पनि सबै कुरा गर। तर ट्रस्टी भएर रहने गर।

जुन बच्चाहरूलाई पुरानो दुनियाँसँग बेहदको वैराग्य हुन्छ, उनीहरूले आफ्नो सबै कुरा बाबालाई अर्पण गरिदिन्छन्। मेरो केही पनि छैन। बाबा यो देह पनि मेरो होइन। यो त पुरानो देह हो, यसलाई पनि छोड्नुछ, सबैसँग मोह टुट्दै जान्छ। नष्टोमोहा हुनुछ। यो हो बेहदको वैराग्य। त्यो हदको वैराग्य हुन्छ। बुद्धिमा छ– हामी स्वर्गमा गएर आफ्नो महल बनाउँछौँ। यहाँको केही पनि काम आउँदैन किनकि यो सबै हदको हो। तिमी अहिले हदबाट निस्केर बेहदमा जान्छौ। तिम्रो बुद्धिमा यो बेहदको ज्ञान मात्रै रहनुपर्छ। अहिले अरू कसैमा पनि आँखा डुब्दैन। अब त आफ्नो घर जानुछ। कल्प कल्प बाबा आएर हामीलाई पढाउनुहुन्छ फेरि साथमा लिएर जानुहुन्छ। तिम्रो लागि यो कुनै नयाँ पढाइ होइन। तिमीलाई थाहा छ– हामीले कल्प कल्प पढ्छौँ। तिमीहरूमा पनि नम्बरवार छन्। सारा दुनियाँमा कति धेरै मनुष्य छन्, तर तिमीलाई कहाँ थाहा छ, बिस्तारै बिस्तारै यो ब्राह्मणहरूको वृक्ष वृद्धि हुँदै जान्छ। ड्रामा प्लान (योजना) अनुसार स्थापना हुनै नै छ। बच्चाहरूलाई थाहा छ– यो हाम्रो रुहानी गभर्मेन्ट (सरकार) हो। हामीले दिव्य दृष्टिले नयाँ दुनियाँलाई देख्छौँ। त्यहाँ नै जानुछ। भगवान पनि एक हुनुहुन्छ, उहाँले नै पढाउनु हुन्छ, राजयोग बाबाले नै सिकाउनुभएको थियो। त्यस समयमा लडाइँ पनि अवश्य भएको थियो, अनेक धर्मको विनाश, एक धर्मको स्थापना भएको थियो। तिमी पनि त्यही हौ, कल्प कल्प तिमीले नै पढ्दै आएका छौ, वर्सा लिँदै आएका छौ। पुरुषार्थ हरेकले आफैले गर्नुछ। यो हो बेहदको पढाइ। यो शिक्षा कुनै मनुष्य मात्रले दिन सक्दैन।

बाबाले श्याम र सुन्दरको पनि रहस्य सम्झाउनुभएको छ। तिमीहरूले पनि बुझेका छौ– अहिले हामी सुन्दर बनिरहेका छौँ। पहिला श्याम थियौँ। श्रीकृष्ण कुनै एक्लै कहाँ थिए र! सारा राजधानी थियो नि। अहिले तिमीले बुझेका छौ– हामी नर्कवासीबाट स्वर्गवासी बनिरहेका छौँ। अहिले तिमीलाई यो नर्कसँग घृणा लाग्छ। तिमी अहिले पुरुषोत्तम सङ्गमयुगमा आएका छौ। यति धेरै आउँछन्, यिनीहरूबाट निस्कन्छन् फेरि पनि त्यही जो कल्प पहिला निस्केका थिए। सङ्गमयुगलाई पनि राम्रोसँग याद गर्नुछ। हामी पुरुषोत्तम अर्थात् मनुष्यबाट देवता बनिरहेका छौँ। मनुष्यले त यो पनि बुझ्दैनन्– नर्क के हो र स्वर्ग के हो? भन्छन्– सबै कुरा यहीँ छ, जो सुखी छन् उनीहरू स्वर्गमा छन्, जो दुःखी छन् उनीहरू नर्कमा छन्। अनेक मत छन् नि। एउटै घरमा पनि अनेक मत हुन्छन्। बच्चा आदिमा मोहको धागो छ, त्यो टुट्दैन। हामी कसरी बस्छौँ, मोहवश कहाँ यो केही बुझ्छन् र। सोध्छन्– बच्चाको विवाह गराइदिऊँ? तर बच्चाहरूलाई यो ल (नियम) पनि सम्झाइन्छ– तिमीले स्वर्गवासी हुनको लागि एकातिर नलेज (ज्ञान) लिइरहेका छौ, अर्कोतिर सोध्छौ– उनीहरूलाई नर्कमा हालौँ? सोध्छौ भने बाबाले भन्नुहुन्छ– गएर गर। बाबासँग सोधे भने बाबाले बुझ्नुहुन्छ– यिनीहरूमा मोह छ। अब नाइँ भन्यो भने पनि अवज्ञा गरिदिन्छन्। छोरीको त गराउनैपर्छ, नत्र सङ्गदोषमा बिग्रिन्छिन्। छोराहरूको गराउन सक्दैनौ। तर हिम्मत चाहिन्छ नि! बाबाले यिनीहरूद्वारा एक्ट (कार्य) गराउनुभयो नि। यिनीहरूलाई देखेर फेरि अरूले पनि गर्न थाले। घरमा पनि धेरै झगडा हुन थाल्छ। यो हो नै झगडाको दुनियाँ, काँडाको जङ्गल हो नि। एकअर्कालाई घोचिरहन्छन्। स्वर्गलाई गार्डेन (बगैँचा) भनिन्छ। यो जङ्गल हो। बाबा आएर काँडाबाट फूल बनाउनुहुन्छ। कोही विरलै निस्कन्छन्, प्रदर्शनीमा हुन त हो हो भन्छन् तर केही पनि बुझ्दैनन्। एक कानले सुन्छन् र अर्को कानले निकालिदिन्छन्। राजधानी स्थापना गर्नमा टाइम त लाग्छ नि। मनुष्यले आफूलाई काँडा कहाँ सम्झन्छन् र! हुन त यस समयमा मनुष्यको चेहरा राम्रो छ तर स्वभाव बाँदरकोभन्दा पनि नराम्रो छ। तर आफूलाई यस्तो सम्झँदैनन्, त्यसैले बाबाले भन्नुहुन्छ– आफ्नो रचनालाई सम्झाउनुछ। यदि बुझ्दैनन् भने फेरि निकालिदिनु पर्छ। तर त्यो तागत चाहिन्छ नि। मोहको कीरा यस्तो लागेको हुन्छ जुन निस्कन सक्दैन। यहाँ त नष्टोमोहा बन्नुछ। मेरो त एक बाबा, दोस्रो कोही छैन। अब बाबा आउनुभएको छ, लिनको लागि। पावन बन्नुछ। नत्र धेरै सजाय भोग्नेछौ, पद पनि भ्रष्ट हुन्छ। अब आफूलाई सतोप्रधान बनाउने नै चिन्ता लागेको छ। शिवको मन्दिरमा गएर तिमीले सम्झाउन सक्छौ– भगवानले विश्वलाई स्वर्गको मालिक बनाउनुभएको थियो, अब उहाँले फेरि बनाइरहनुभएको छ, भन्नुहुन्छ– केवल म एकलाई याद गर। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) यो पुरानो दुनियाँसँग बेहदको वैरागी बनेर आफ्नो सबै कुरा अर्पण गरिदिनुछ। हाम्रो केही पनि छैन, यो देह पनि हाम्रो होइन। यससँग मोह तोडेर नष्टोमोहा बन्नुछ।

२) कहिल्यै पनि यस्तो कुनै भुल गर्नुछैन जसले रजिस्टरमा दाग लाग्छ। सबै दैवीगुण धारण गर्नुछ, भित्र क्रोधको अलिकति पनि अंश राख्नुछैन।

वरदान:–
भनाइ , सोचाइ र गराइ– यी तीनैलाई समान बनाउने ज्ञानी आत्मा भव

अहिले वानप्रस्थ अवस्थामा जाने समय नजिक आइरहेको छ। त्यसैले कमजोरीहरूको मेरोपनलाई वा व्यर्थको खेललाई समाप्त गरेर भनाइ, सोचाइ र गराइ समान बनाऊ, तब ज्ञान स्वरूप भनिन्छ। जो यस्ता ज्ञान स्वरूप ज्ञानी आत्माहरू छन्, उनीहरूको हरेक कर्म, संस्कार, गुण र कर्तव्य समर्थ बाबासमान हुन्छ। उनीहरूले कहिल्यै व्यर्थका विचित्र खेल खेल्न सक्दैनन्। सदैव परमात्मा मिलनको खेलमा व्यस्त रहन्छन्। एक बाबासँग मिलन मनाउँछन् र अरूलाई बाबा समान बनाउँछन्।

स्लोगन:–
सेवाको उमङ्गले साना साना बिमारीहरूलाई मर्ज (समाप्त) गरिदिन्छ।