14.07.24    Avyakt Bapdada     Nepali Murli    25.11.20     Om Shanti     Madhuban


बाबा समान बन्नको लागि दुई कुरामा दृढता राख– स्वमानमा रहनु छ र सबैलाई सम्मान दिनु छ


आज बापदादाले आफ्नो अति प्रिय, अति मीठो सानो ब्राह्मण परिवार भन, ब्राह्मण संसार भन, त्यसलाई नै देखिरहनु भएको छ। यो सानो संसार कति न्यारा पनि छ भने प्यारा पनि छ। किन प्यारो छ? किनकि यस ब्राह्मण संसारका हर आत्मा विशेष आत्मा हौ। हेर्दा त अति साधारण आत्मा देखिन्छ तर हरेक ब्राह्मण आत्माको सबैभन्दा ठुलो विशेषता यही छ– जसले परम आत्मालाई आफ्नो दिव्य बुद्धिद्वारा चिनेका छौ। चाहे ९० वर्षका बुज्रुग हौ, रोगी हौ तर परमात्मालाई पहिचान गर्ने दिव्य बुद्धि, दिव्य नेत्र ब्राह्मण आत्माहरू सिवाय अरू प्रसिद्ध भी. भी. आई. पी.मा पनि छैन। यी सबै माताहरू यहाँ किन आइपुगेका छौ? पाउ चले पनि, नचलेपनि आइ त पुगेका छौ। पहिचान गरेका छौ, त्यसैले त पुगेका हौ नि! यो चिन्ने नेत्र, पहिचान गर्ने बुद्धि तिमीहरू सिवाए अरू कसैलाई पनि प्राप्त हुन सक्दैन। सबै माताहरूले यो गीत गाउँछौ नि– हामीले देख्यौँ, हामीले चिन्यौँ...। माताहरूलाई यो नसा छ? हात हल्लाइरहेका छन्, धेरै राम्रो। पाण्डवहरूलाई नसा छ? एक अर्को भन्दा अगाडि छौ। न शक्तिहरूमा कमी छ, न पाण्डवहरूमा कमी छ। बापदादालाई यही खुसी छ– यो सानो संसार कति प्यारो छ। जब आपसमा मिल्छौ, तब कति प्रिय आत्मा लाग्छौ!

बापदादाले देश-विदेशका सर्व आत्माहरूद्वारा आज यही दिलको गीत सुनिरहनु भएको थियो– बाबा, मीठा बाबा हामीले चिन्यौँ, हामीले देख्यौँ। यो गीत गाउँदा गाउँदै चारैतिरका बच्चाहरू एककातिर खुसीमा, अर्कोतिर स्नेहको सागरमा डुबिरहेका थिए। जति पनि चारैतिरका यहाँ साकारमा छैनन् तर दिलबाट, दृष्टिबाट बापदादाको सामुन्ने छन् र बापदादा पनि साकारमा टाढा बसेका बच्चाहरूलाई सम्मुख नै देखिरहनु भएको छ। चाहे देश होस्, चाहे विदेश होस्, बापदादा कति समयमा पुग्न सक्नुहुन्छ? चक्कर लगाउन सक्नुहुन्छ? बापदादाले चारैतिरका बच्चाहरूलाई रिटर्नमा अरब-खरब भन्दा पनि धेरै याद-प्यार दिइरहनु भएको छ। चारैतिरका बच्चाहरूलाई देखेर सबैको दिलमा एउटै सङ्कल्प देखिरहनु भएको छ, सबैले नयनद्वारा यही भनिरहेका छन्– हामीलाई परमात्माले दिनुभएको ६ महिनाको होमवर्क याद छ। तिमीहरू सबैलाई पनि याद छ हैन? बिर्सेका त छैनौ? पाण्डवहरूलाई याद छ? राम्रोसँग याद छ? बापदादाले पटक पटक किन याद दिलाउनु हुन्छ? कारण? समयलाई देखिरहेका छौ, ब्राह्मण आत्माहरू स्वयंले पनि देखिरहेका छौ। मन जवान हुँदै जान्छ, तन बुज्रुग हुँदै जान्छ। समय र आत्माहरूको पुकार राम्रोसँग सुनिरहेका छौ! बापदादाले देखिरहनु भएको थियो– आत्माहरूको पुकार दिलमा बढ्दै गइरहेको छ, हे सुखदेवा, हे शान्तिदेवा, हे सच्चा खुसीदेवा! थोरै अञ्चली हामीलाई पनि दिनुहोस्। सोच, पुकार गर्नेहरूको लाइन कति लामो छ! तिमीहरू सबैले सोच्छौ– बाबाको प्रत्यक्षता चाँडो भन्दा चाँडो होस् तर प्रत्यक्षता के कारणले रोकिएको छ? जबकि तिमीहरू सबैले पनि यही सङ्कल्प गर्छौ र दिलको चाहना पनि राख्छौ, मुखबाट भन्छौ पनि, मलाई बाबा समान बन्नु छ। बन्नु छ हैन? छ नि बन्न? अच्छा, फेरि बन्दैनौ किन? बापदादाले बाबा समान बन्नको लागि भन्नुभएको छ, के बन्नु छ, कसरी बन्नु छ, समान शब्दमा यी दुवै प्रश्न उठ्न सक्दैनन्। के बन्नु छ? जवाफ छ नि– बाबा समान बन्नु छ। कसरी बन्नु छ?

फलो फादर, फुटस्टेप फादर मदर (पदचिन्हमा चल)। निराकार बाबा, साकार ब्रह्मा मदरलाई फलो गर्न पनि आउँदैन? फलो त आजकालको जमानामा अन्धाहरूले पनि गर्छन्। देखिएको छ, आजकाल तिनीहरू लट्ठीको आवाजमा, लट्ठीलाई फलो गर्दागर्दै कहाँबाट कहाँ पुग्छन्। तिमीहरू त मास्टर सर्वशक्तिमान् हौ, त्रिनेत्री हौ, त्रिकालदर्शी हौ। फलो गर्न तिम्रो लागि कुन ठुलो कुरा हो! ठुलो कुरा छ र? भन ठुलो कुरा छ? छँदै छैन तर हुन्छ। बापदादाले सबै स्थानको चक्कर लगाउनुहुन्छ, सेन्टरमा पनि, प्रवृत्तिमा पनि। बापदादाले देख्नुभयो, हरेक ब्राह्मण आत्माको साथमा, हरेक सेन्टरमा, हरेकको प्रवृत्तिको स्थानमा जहाँतहीँ ब्रह्मा बाबाका धेरै चित्र राखिएको छ। चाहे अव्यक्त बाबाको, चाहे ब्रह्मा बाबाको, जहाँतहीँ चित्र नै चित्र देखिन्छन्। यो राम्रो कुरा हो। तर बापदादाले यो सोच्नुहुन्छ– चित्रलाई देख्दा चरित्र त याद आउँछ नि! कि केवल चित्र मात्र देख्छौ? चित्रलाई हेर्दा प्रेरणा त मिल्छ नि! त्यसोभए बापदादाले अरू त केही भन्नुहुन्न, केवल एउटै शब्द भन्नुहुन्छ– फलो गर, बस्। नसोच, ज्यादा प्लान नबनाऊ, यो होइन, त्यो गरुँ, यस्तो होइन त्यस्तो, त्यस्तो होइन यस्तो। होइन। जे बाबाले गर्नुभयो, कपी गर्नु छ, बस्। कपि गर्न आउँदैन? आजकाल त साइन्सले फोटोकपिको पनि मेसिन निकालेको छ। निकालेको छ नि! यहाँ फोटोकपि छ हैन? यी ब्रह्मा बाबाको चित्र राख्छन्। ठिकै छ राख, राम्रोसँग राख, ठुला ठुला राख। तर फोटोकपि त गर न!

बापदादाले आज चारैतिरको चक्कर लगाउँदा यो देखिरहनु भएको थियो, चित्रसँग प्यार छ कि चरित्रसँग प्यार छ? सङ्कल्प पनि छ, उमङ्ग पनि छ, लक्ष्य पनि छ, बाँकी के चाहियो? बापदादाले देख्नुभयो, कुनै पनि चीजलाई राम्रोसँग मजबुत बनाउनको लागि चारवटा कुनाहरूलाई बलियो बनाइन्छ। त्यस्तै बापदादाले देख्नुभयो– तीन कुना त पक्का छन्, एउटा कुना अझै पक्का हुनु छ। सङ्कल्प पनि छ, उमङ्ग पनि छ, लक्ष्य पनि छ, कसैसँग सोध के बन्नु छ? हरेकले भन्छौ, बाबा समान बन्नु छ। कसैले पनि यो भन्दैनौ– बाबाभन्दा कम बन्नु छ, होइन। समान बन्नु छ। राम्रो कुरा हो। एउटा कुना मजबुत बनाउँछौ तर चल्दा-चल्दै लुज हुन्छ, त्यो हो दृढता। सङ्कल्प छ, लक्ष्य छ तर कुनै परस्थिति आउँदा, साधारण शब्दमा त्यसलाई तिमीहरूले भन्छौ कुरा आउँछ, त्यसले दृढतालाई लुज बनाइदिन्छ। दृढता त्यसलाई भनिन्छ– मर्न परोस्, मेटिन परोस् तर सङ्कल्प छोड्नु छैन। झुक्न परोस्, जीवन छँदै मर्न परोस्, आफूलाई मोड्न परोस्, सहन गर्न परोस्, सुन्न परोस् तर सङ्कल्प छोड्नु छैन। यसलाई भनिन्छ– दृढता। जब स-साना बच्चाहरू ओम् निवासमा आउँथे, त्यतिबेला ब्रह्मा बाबाले उनीहरूलाई हाँसो हाँसोमा याद दिलाउनु हुन्थ्यो, पक्का बनाउनु हुन्थ्यो– यति यति पानी पिउँछौ, यति खुर्सानी खान्छौ, डराउन त डराउँदैनौ? फेरि हातले यस्तो आँखाको सामुन्ने ताली बजाउनु हुन्थ्यो... यस प्रकार ब्रह्माबाबाले साना-साना बच्चाहरूलाई पक्का बनाउनुहुन्थ्यो, चाहे जतिसुकै समस्या आओस्, सङ्कल्पको आँखा नहल्लियोस्। त्यो त रातो खुर्सानी र पानीको घैँटो थियो, साना बच्चाहरू थिए नि। तिमीहरू त सबै अहिले ठुला छौ, त्यसैले बापदादा आज पनि बच्चाहरूसँग सोध्नुहुन्छ– तिम्रो दृढ सङ्कल्प छ? सङ्कल्पमा दृढता छ– बाबा समान बन्नु नै छ? बन्नु छैन, बन्नु नै छ। अच्छा, यसमा हात हल्लाऊ। टी.भी.वालाले निकाल। टी.भी. काममा आउनुपर्छ नि! पुरै हात उठाऊ। अच्छा, माताहरूले पनि उठाइरहेका छन्। पछाडि बस्नेहरूले हात अझै माथि उठाऊ। धेरै राम्रो। क्याबिनमा बस्नेहरूले उठाइरहेका छैनन्। क्याबिनका त निमित्त हौ। अच्छा! थोरै घडीको लागि त हात उठाएर बापदादालाई खुसी पारिदियौ।

अहिले बापदादाले केवल एउटै कुरा बच्चाहरूसँग गराउन चाहनुहुन्छ, भन्न चाहनुहुन्न, गराउन चाहनुहुन्छ। केवल आफ्नो मनमा दृढता ल्याऊ, सानो कुरामा सङ्कल्पलाई लुज नबनाऊ। कसैले इनसल्ट गर्यो, कसैले घृणा गर्यो, कसैले अपमान गर्यो, निन्दा गर्यो, कहिलेकाहीँ कसैले कुनै दुःख दियो तर तिम्रो शुभभावना नमेटियोस्। तिमीले च्यालेन्ज गर्छौ हामी मायालाई, प्रकृतिलाई परिवर्तन गर्ने विश्व परिवर्तक हौँ, आफ्नो कर्तव्य त याद छ हैन? विश्व परिवर्तक त हौ नि! यदि कसैले आफ्नो संस्कारको वश भएर तिमीलाई दुःख नै दियो, चोट लगायो, हलचलमा ल्याउन खोज्यो, तैपनि तिमीले दुःखको कुरालाई सुखमा परिवर्तन गर्न सक्दैनौ? इनसल्टलाई सहन गर्न सक्दैनौ? गालीलाई गुलाब बनाउन सक्दैनौ? समस्यालाई बाबा समान बन्ने सङ्कल्पमा परिवर्तन गर्न सक्दैनौ? तिमीहरू सबैलाई याद छ– जब तिमी ब्राह्मण जन्ममा आयौ अनि निश्चय गर्यौ, चाहे तिमीलाई एक सेकेन्ड लाग्यो कि एक महिना लाग्यो तर जबदेखि तिमीले निश्चय गर्यौ, दिलदेखि भन्यौ “म बाबाको, बाबा मेरो।” सङ्कल्प गर्यौ नि, अनुभव गर्यौ नि! तबदेखि तिमीले मायालाई च्यालेन्ज गर्यौ– म मायाजित बन्नेछु। यो च्यालेन्ज मायालाई गरेका थियौ? मायाजित बन्नु छ कि छैन? मायाजित तिमी नै हौ नि कि अरू आउनु छ? मायालाई च्यालेन्ज गरेका छौ त्यसैले यी समस्या, यी कुरा, यी हलचल मायाका नै त रोयल रूप हुन्। माया अरू त कुनै रूपमा आउँदैन। यी रूपहरूमा नै मायाजित बन्नु छ। कुरा परिवर्तन हुँदैन, सेन्टर परिवर्तन हुँदैन, स्थान परिवर्तन हुँदैन, आत्माहरू परिवर्तन हुँदैनन्, म नै परिवर्तन हुनु छ। तिम्रो स्लोगन त सबैलाई धेरै राम्रो लाग्छ– परिवर्तन भएर देखाउनु छ, बदला लिनु छैन, परिवर्तन हुनु छ। यो त पुरानो स्लोगन हो। नयाँ नयाँ रूप, रोयल रूप बनेर माया अझै पनि आउनेवाला छ, नआत्तिनु। बापदादाले अण्डरलाइन गराइरहनु भएको छ– माया यस्तो यस्तो रूपमा आउने छ, आइरहेको छ, जसलाई महसुस नै गर्दैनन्– यो माया हो भनेर, भन्छन् दादी हजुरले बुझ्नुहुन्न, यो माया होइन। यो त सत्य कुरा हो। अरू पनि रोयल रूपमा आउने छ, नडराऊ। किन? हेर, कुनै पनि दुस्मनले चाहे हार खान्छ, चाहे जित्छ, जति पनि उसँग साना ठुला शस्त्र अस्त्र होलान्, प्रयोग गर्छ कि गर्दैन? गर्छ हैन? मायाको पनि अन्त्य त हुनु छ तर जति अन्त्य समीप आइरहेको छ, त्यति उसले नयाँ नयाँ रूपमा आफ्नो अस्त्र शस्त्र प्रयोग गरिरहेको छ, गर्ने छ पनि। फेरि तिम्रो पाउमा झुक्नेछ। पहिला तिमीलाई झुकाउने कोसिस गर्छ, फेरि स्वयं झुक्छ। केवल यसमा आज बापदादा एउटै शब्द पटक-पटक अण्डरलाइन गराइरहनु भएको छ। “बाबा समान बन्नु छ”– आफ्नो यस लक्ष्यको स्वमानमा रहेर सम्मान दिनु अर्थात् सम्मान लिनु छ, लिनाले मिल्दैन, दिनु अर्थात् लिनु हो। सम्मान दिनु– यो यथार्थ होइन, सम्मान दिनु नै लिनु हो। स्वमान बडी कन्सियसको होइन, ब्राह्मण जीवनको स्वमान, श्रेष्ठ आत्माको स्वमान, सम्पन्नताको स्वमान। यसरी स्वमान र सम्मान लिनु छैन बरु दिनु नै लिनु हो– यी दुई कुरामा दृढता राख। तिम्रो दृढतालाई कसैले जतिसुकै हल्लाओस्, दृढतालाई लुज नगर। मजबुत बनाऊ, अचल बन। तब यो जुन बापदादासँग प्रतिज्ञा गरेका छौ, ६ महिनाको। प्रतिज्ञा त याद छ नि। यो नहेरिरहनु– अहिले त १५ दिन पूरा भएका छन्, साढे पाँच महिना त बाँकी छ। जब रूहरिहान गर्छौ नि– अमृतबेला रूहरिहान गर्दा बापदादालाई धेरै राम्रा राम्रा कुरा सुनाउँछौ। आफ्ना कुरा जानेका त छौ हैन? अब दृढतालाई अपनाऊ। उल्टो कुरामा दृढता नराख्नु। क्रोध गर्नु नै छ, मलाई दृढ निश्चय छ, यस्तो नगर्नु। किन? आजकाल बापदादाको पासमा रिकर्डमा धेरैजसो क्रोधका भिन्न भिन्न प्रकारका रिपोर्ट आउँछन्। महारूपमा कम छ तर अंश रूपमा भिन्न-भिन्न प्रकारका क्रोधका रूप धेरै छन्। यसमा क्लास गराउनु– क्रोधका कति रूप छन्? फेरि कसैले भन्छन्, हाम्रो न भाव थियो, न भावना थियो, त्यत्तिकै भनिदिएको। यसमा क्लास गराउनु।

टिचरहरू धेरै आएका छौ हैन? (१२०० टिचरहरू छन्) १२०० ले नै दृढ सङ्कल्प गर्यौ भने भोलि नै परिवर्तन हुन सक्छ। फेरि यति एक्सिडेन्ट हुँदैन, बच्नेछौ सबै। टिचरहरूले हात उठाऊ। धेरै छन्। टिचर अर्थात् निमित्त फाउण्डेसन। यदि फाउण्डेसन पक्का अर्थात् दृढ रह्यो भने वृक्ष त आफै ठीक हुनेछ। आजकाल चाहे संसारमा, चाहे ब्राह्मण संसारमा हर एकलाई हिम्मत र सच्चा प्यार चाहिन्छ। मतलबको प्यार होइन, स्वार्थको प्यार होइन। एक सच्चा प्यार र अर्को हिम्मत, मानौं ९५ प्रतिशत उसले संस्कारको वशमा भएर परवश भएर तल माथि गर्यौ भने पनि ५ प्रतिशत राम्रो गर्यौ, फेरि पनि यदि तिमीले उसको ५ प्रतिशत विशेषता लिएर पहिला उसमा हिम्मत भर, यो धेरै राम्रो गर्नुभयो फेरि उसलाई भन बाँकी यो ठीक गर्नुहुनेछ, उसलाई फिल हुँदैन। यदि तिमीले भन्छौ– यो किन गरेको, यस्तो कहाँ गरिन्छ, यो गर्नु हुँदैन, ऊ पहिला नै बिचरा संस्कारको वशमा छ, कमजोर छ, त्यसैले ऊ नर्वश हुन्छ। प्रगति गर्न सक्दैन। ५ प्रतिशतलाई पहिला हिम्मत दिलाऊ, यो कुरा धेरै राम्रो छ तपाईँमा। यो तपाईँले धेरै राम्रो गर्न सक्नुहुन्छ, फेरि उसको समय र उसको स्वरूपलाई बुझेर कुरा गर्यौ भने ऊ परिवर्तन हुनेछ। हिम्मत देऊ, परवश आत्मामा हिम्मत हुँदैन। बाबाले तिमीलाई कसरी परिवर्तन गर्नुभयो? तिम्रो कमी सुनाउनुभयो? तिमी विकारी हौ, तिमी गन्दा हौ, भन्नुभयो? तिमीलाई स्मृति दिलाउनुभयो– तिमी आत्मा हौ र यस श्रेष्ठ स्मृतिद्वारा तिमीमा सामर्थ्य आयो, परिवर्तन गर्यौ। यसरी हिम्मत दिएर स्मृति दिलाऊ। स्मृतिले सामर्थ्य स्वत: नै दिलाउँछ। बुझ्यौ? त्यसोभए अब त समान बन्नेछौ हैन? केवल एक शब्द याद गर– फलो फादर मदर। जे बाबाले गर्नुभयो, त्यो गर्नु छ। बस्। कदममा कदम राख्नु छ अनि समान बन्न सहज अनुभव हुन्छ।

ड्रामाले सानो-सानो खेल देखारहन्छ। आश्चर्यको मात्रा त लगाउँदैनौ? अच्छा!

अनेक बच्चाहरूका कार्ड, पत्र, दिलका गीत बापदादाको पासमा पुगिसकेका छन्। सबैले भन्छन् मेरो पनि याद दिनु, मेरो पनि याद दिनु। बाबाले पनि भन्नुहुन्छ मेरो पनि याद-प्यार दिनु। याद त बाबाले पनि गर्नुहुन्छ, बच्चाहरूले पनि गर्छन्, किनकि यस सानो संसारमा छन् नै बापदादा र बच्चाहरू, बाँकि विस्तार छँदै छैन भने को याद आउँछ? बच्चाहरूलाई बाबा, बाबालाई बच्चाहरू। देश विदेशका बच्चाहरूलाई बापदादाले पनि धेरै धेरै धेरै धेरै याद-प्यार दिनुहुन्छ। अच्छा!

चारैतिरका ब्राह्मण संसारका विशेष आत्माहरूलाई, सदा दृढताद्वारा सफलता प्राप्त गर्ने सफलताका सिताराहरूलाई, सदा स्वयंलाई सम्पन्न बनाएर आत्माहरूको पुकारलाई पूर्ण गर्ने सम्पन्न आत्माहरूलाई, सदा निर्बललाई, परवशलाई आफ्नो हिम्मतको वरदानद्वारा हिम्मत दिलाउने, बाबाको मदतका पात्र आत्माहरूलाई, सदा विश्व परिवर्तक बनेर स्व परिवर्तनद्वारा माया, प्रकृति र कमजोर आत्माहरूलाई परिवर्तन गर्ने परिवर्तक आत्माहरूलाई, बापदादाको चारैतिरका सानो संसारका सर्व आत्माहरूलाई, सम्मुख आएका श्रेष्ठ आत्माहरूलाई अरब खरब गुणा याद-प्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

वरदान:–
साइलेन्सको साधनद्वारा मायालाई टाढैबाट पहिचान गरेर भगाउने मायाजित भव

माया त लास्ट घडीसम्म आउँछ तर मायाको काम हो आउनु र तिम्रो काम हो टाढैबाट भगाउनु। माया आओस् अनि तिमीलाई हल्लाओस् अनि फेरि तिमीले उसलाई भगाउने, यो पनि समय व्यर्थ भयो। त्यसैले साइलेन्सको साधनद्वारा तिमीले टाढैबाट पहिचान गर, यो माया हो। उसलाई नजिक आउन नदेऊ। यदि सोच्छौ– के गरुँ, कसरी गरुँ, अहिले त पुरुषार्थी हुँ....। यो पनि मायाको सत्कार गर्छौ, फेरि हैरान हुन्छौं, त्यसैले टाढैबाट चिनेर भगाइदियौ भने मायाजित बन्छौ।

स्लोगन:–
श्रेष्ठ भाग्यका रेखाहरूलाई इमर्ज गर्यौ भने पुराना संस्कारका रेखाहरू मर्ज भएर जान्छन्।