14.09.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बाबाको
श्रीमतमा चलेर आफ्नो शृङ्गार गर , परचिन्तनद्वारा आफ्नो शृङ्गार नबिगार , समय
व्यर्थ नगुमाऊ।”
प्रश्न:–
तिमी बच्चाहरू
बाबा भन्दा पनि तीक्ष्ण जादूगर हौ– कसरी?
उत्तर:–
यहाँ बसी बसी
तिमीले यी लक्ष्मी-नारायण जस्तै आफ्नो शृङ्गार गरिरहेका छौ। यहाँ बसेर आफूले आफैलाई
परिवर्तन गरिरहेका छौ, यो पनि जादूगरी हो। केवल बाबालाई याद गरेमा तिम्रो शृङ्गार
हुन्छ। कुनै हात पाउ चलाउने पनि कुरा होइन, केवल विचारको कुरा हो। योगद्वारा तिमी
स्वच्छ र शोभायमान बन्छौ। तिम्रो आत्मा र शरीर दुवै कञ्चन बन्छ, यो पनि कमाल हो नि।
ओम् शान्ति ।
रुहानी जादूगर
बसेर रुहानी बच्चाहरूलाई, जो बाबा भन्दा पनि तीक्ष्ण जादूगर हुन्, उनीहरूलाई
सम्झाउनु हुन्छ– तिमीले यहाँ के गरिरहेका छौ? यहाँ बस्दा कुनै हलचल हुँदैन। बाबा
अथवा प्रियतमले प्रियतमाहरूलाई युक्ति बताइरहनु भएको छ। प्रियतमले भन्नुहुन्छ– तिमी
यहाँ बसेर के गर्छौ? आफूलाई तिमीले यी लक्ष्मी-नारायणले जस्तै शृङ्गार गरिरहेका छौ?
कसैले बुझ्छ र? तिमीहरू यहाँ सबै बसेका छौ फेरि नम्बरवार पुरुषार्थ अनुसार त छौ नै।
बाबा भन्नुहुन्छ– यस्तो शृङ्गारिएको बन्नु छ। तिम्रो लक्ष्य-उद्देश्य नै हो भविष्य
अमरपुरीको लागि। यहाँ बसेर तिमीहरूले के गरिरहेका छौ? स्वर्गको शृङ्गारको लागि
पुरुषार्थ गरिरहेका छौ। यसलाई के भन्ने? यहाँ बसेर आफूलाई परिवर्तन गरिरहेका छौ।
उठ्दा, बस्दा, हिंड्दा बाबाले एक मनमनाभवको चाबी दिनुभएको छ। यो भन्दा अरू कुनै पनि
फाल्तु कुरा सुनेर, सुनाएर समय खेर नफाल। तिमीहरू आफ्नै शृङ्गारमा लागि राख। अर्कोले
गरोस् कि नगरोस् तिम्रो के जान्छ! तिमी आफ्नो पुरुषार्थमा बस। कति बुझ्नुपर्ने कुरा
छन्। कुनै नयाँले सुन्यो भने अवश्य आश्चर्य मान्छ। तिमीहरूमा कसैले त आफ्नो शृङ्गार
गरिरहेका छन्, कसैले त अझै बिगारिरहेका छन्। परचिन्तन आदिमा समय बर्बाद गरिरहन्छन्।
बाबा बच्चाहरूलाई सम्झाउनु हुन्छ केवल आफूलाई हेर– मैले के गरिरहेको छु? धेरै सानो
युक्ति बताइएको छ, केवल एक शब्द छ– मनमनाभव। तिमी यहाँ बसेका छौ तर बुद्धिमा छ– सारा
सृष्टिको चक्र कसरी घुम्छ। अहिले हामीले फेरि विश्वको शृङ्गार गरिरहेका छौ। तिमी कति
पदमापदम भाग्यशाली छौ। यहाँ बसी बसी तिमीहरूले कति कार्य गर्छौ। कुनै हात पाउ त
चलाउने कुरा नै छैन। केवल विचारको कुरा हो। तिमीले भन्छौ– हामी यहाँ बसेर उच्च भन्दा
उच्च विश्वको शृङ्गार गरिरहेका छौं। मनमनाभवको मन्त्र कति श्रेष्ठ छ। यस योगद्वारा
नै तिम्रो पाप भस्म हुँदै जान्छ र तिमी सफा बन्दै बन्दै फेरि कति शोभायामान हुन्छौ।
अहिले आत्मा पतित छ त्यसैले शरीरको पनि हालत हेर के भएको छ। अहिले तिम्रो आत्मा अझै
काया कञ्चन बन्छ। यो कमाल हो नि। त्यसैले आफ्नो शृङ्गार गर्नु छ। दैवी गुण पनि धारण
गर्नु छ। बाबाले सबैलाई एउटै मार्ग बताउनु हुन्छ– अल्फ, बे। केवल अल्फको कुरा हो।
बाबालाई याद गरिरह्यौ भने तिम्रो शृङ्गार सारा परिवर्तन हुने छ।
तिमी बाबा भन्दा पनि
ठुला जादूगर हौ। तिमीलाई युक्ति बताउनु हुन्छ– यसो यसो गर्नाले तिम्रो शृङ्गार
हुन्छ। आफ्नो शृङ्गार नगर्नाले तिमीले व्यर्थैमा आफूलाई नोक्सान पुर्याउँछौ। यति त
सम्झन्छौ, हामीले भक्तिमार्गमा के के गर्थ्यौं। सारा शृङ्गार नै बिगारेर के बनेका
छौ! अब एउटै शब्दद्वारा, बाबाको यादद्वारा तिम्रो शृङ्गार हुन्छ। बच्चाहरूलाई कति
राम्रोसँग सम्झाएर फ्रेस बनाउनु हुन्छ। यहाँ बसेर तिमीहरूले के गर्छौ? यादको
यात्रामा बसेका छौ। यदि कसैको ख्याल अरू अरूतिर जान्छ भने शृङ्गार कहाँ हुन्छ र!
तिमीहरू शृङ्गारिएका छौ, फेरि अरूलाई पनि मार्ग बताउनु छ। बाबा आउनु हुन्छ नै
शृङ्गार गर्न। कमाल शिवबाबा हजुरको, हजुरले हाम्रो कति शृङ्गार गर्नुहुन्छ। उठ्दा,
बस्दा, हिँड्दा हामीले आफ्नो शृङ्गार गर्नु छ। कसैले त आफ्नो शृङ्गार गरेर फेरि
अरूको पनि गर्छन्। कसैले त आफ्नो पनि शृङ्गार गर्दैनन् र अरूको पनि शृङ्गार
बिगारिरहन्छन्। फाल्तु कुरा सुनाएर उनीहरूको अवस्थालाई पनि तल गिराइदिन्छन्। स्वयं
पनि शृङ्गारबाट वञ्चित हुन्छन् भने अरूलाई पनि वञ्चित गराइदिन्छन्। त्यसैले
राम्रोसँग सोचविचार गर– बाबाले कसरी कसरी युक्ति बताउनु हुन्छ। भक्तिमार्गको
शास्त्र पढ्नाले यी युक्तिहरू आउँदैनन्। शास्त्र त हुन् भक्तिमार्गका। तिमीलाई
भन्छन्– तपाईँहरूले किन शास्त्रलाई मान्नुहुन्न? भन, हामीले त सबै मान्छौं। आधाकल्प
भक्ति गरेका हौं। शास्त्र पढ्छौं भने कसले मान्दैन। रात र दिन हुन्छन् भने अवश्य
दुवैलाई मानिन्छ नि। यो हो बेहदको दिन र रात।
बाबा भन्नुहुन्छ–
मीठा-प्यारा बच्चाहरू! तिमीहरूले आफ्नो शृङ्गार गर। समय खेर नफाल। समय धेरै कम छ।
तिम्रो बुद्धि धेरै विशाल चाहिन्छ। आपसमा धेरै प्रेम हुनुपर्छ। समय व्यर्थ गुमाउनु
हुँदैन किनकि तिम्रो समय त धेरै महत्त्वपूर्ण छ। तिमी कौडीबाट हीरा जस्तो बन्छौ। यो
सबै त्यत्तिकै कहाँ सुनिरहेका छौ र! कुनै कथा कहाँ हो र! बाबाले शब्द नै एउटा
सुनाउनु हुन्छ। ठुलाबडा मानिसले धेरै कुरा कहाँ गर्छन् र! बाबाले त सेकेन्डमा
जीवनमुक्तिको मार्ग बताउनु हुन्छ। उनीहरू हुन् नै उच्च शृङ्गारवाला, तब त उनीहरूका
चित्र छन् जसलाई धेरै पुजिरहन्छन्। जति ठुलो मानिस हुन्छ, त्यति ठुलो मन्दिर बनाउने
छ, भव्य शृङ्गार गर्नेछ। पहिला त देवताको चित्रमा हीराको हार लगाइदिन्थे। बाबालाई त
अनुभव छ नि। बाबाले लक्ष्मी-नारायणको लागि स्वयं हीराको हार बनाएका थिए । वास्तवमा
उनले जस्तो सुन्दर त कसैले बनाउन सक्दैन। अहिले तिमी बनाइरहेका छौ नम्बरवार
पुरुषार्थ अनुसार। त्यसैले बाबा सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! न आफ्नो समय
व्यर्थ गुमाऊ, न अरूको गुमाऊ। बाबाले धेरै सहज युक्ति बताउनु हुन्छ। मलाई याद गर्यौ
भने पाप मेटिएर जान्छ। याद विना त्यति शृङ्गार हुन सक्दैन। तिमी यस्तो बन्ने छौ नि।
दैवी स्वभाव धारण गर्नु छ। यसमा बोल्ने पनि आवश्यकता छैन। तर पत्थरबुद्धि हुने
भएकाले सबै सम्झाउनु पर्छ। एक सेकेन्डको कुरा हो। बाबा भन्नुहुन्छ– मीठा-प्यारा
बच्चाहरू! तिमीहरूले आफ्नो बाबालाई भुलेका हुनाले कति शृङ्गार बिगारिदिएका छौ। बाबा
त भन्नुहुन्छ– हिँड्दा डुल्दा शृङ्गार गरिराख। तर माया पनि कम छैन। कसै कसैले
लेख्छन्– बाबा, हजुरको मायाले धेरै हेरान पार्छ। हरे मेरो माया कहाँ हो र, यो त खेल
हो नि! म त तिमीहरूलाई मायाबाट छुटाउन आएको हुँ। मेरो माया फेरि कहाँबाट। अहिले पूरै
यसैको राज्य छ। जसरी यो रात र दिनमा फरक हुन सक्दैन। यो फेरि हो बेहदको रात र दिन।
यसमा एक सेकेन्डको फरक हुन सक्दैन। अहिले तिमी बच्चाहरूले नम्बरवार पुरुषार्थ
अनुसार यस्तो शृङ्गार गरिरहेका छौ। बाबा भन्नुहुन्छ– चक्रवर्ती राजा बन्नको लागि
चक्र फिराइराख। ठीक छ, गृहस्थ व्यवहारमा बस, यसमा सारा बुद्धिले काम लिनु छ। आत्मामा
नै मन-बुद्धि छ। यहाँ तिमीलाई बाहिरको गोरखधन्दा केही पनि छैन। तिमीहरू यहाँ आउँछौ
नै आफूलाई शृङ्गार गर्न, रिफ्रेस हुन। पढाउन त बाबाले सबैलाई एउटै जस्तो पढाउनु
हुन्छ। यहाँ बाबाको पासमा आउँछन् नयाँ नयाँ प्वाइन्टहरू सम्मुखमा सुन्न, फेरि घरमा
गएपछि जे-जति सुनेका छौ त्यो बाहिर निस्कन्छ। यहाँबाट बाहिर निस्कने बित्तिकै झोली
फालिदिन्छन्। जो सुनियो त्यसमा मनन-चिन्तन गर्दैनन्। तिम्रो लागि त यहाँ एकान्तको
ठाउँ धेरै छ। बाहिर त उडुस घुमिरहन्छन्। एक-अर्काको रगत बगाइरहन्छन्, पिइरहन्छन्।
त्यसैले बाबा
बच्चाहरूलाई सम्झाउनु हुन्छ– यो तिम्रो समय धेरै महत्त्वपूर्ण छ, यसलाई तिमीहरू
व्यर्थ नगुमाऊ। आफूलाई शृङ्गार्ने धेरै युक्तिहरू मिलेका छन्। म सबैको उद्धार गर्न
आउँछु। म आएको छु तिमीहरूलाई विश्वको बादसाही दिन। त्यसैले अब मलाई याद गर, समय
बर्बाद नगर। कामकाज गर्दागर्दै पनि बाबालाई याद गरिराख। यति धेरै सबै आत्माहरू
प्रियतमा हुन् एक परमपिता परमात्मा प्रियतमका। ती सबै जिस्मानी कथा आदि त तिमीहरूले
धेरै सुनेका छौ। अब बाबा भन्नुहुन्छ– ती सबैलाई भुल्दै जाऊ। भक्तिमार्गमा तिमीले
मलाई याद गर्यौ र प्रतिज्ञा पनि गरेका छौ, म हजुरको नै बन्छु। धेरै भन्दा धेरै
प्रियतमाहरूका एउटै प्रियतम हुनुहुन्छ। भक्तिमार्गमा भन्छन्– ब्रह्ममा लीन हुन्छु,
यो सबै हो फाल्तु कुरा। कसैले पनि मोक्ष पाउन सक्दैन। यो त अनादि ड्रामा हो, यी सबै
कलाकारहरू हुन्, यसमा अलिकति पनि फरक हुन सक्दैन। बाबा भन्नुहुन्छ– केवल एक अल्फलाई
याद गर्यौ भने तिम्रो यो शृङ्गार हुन्छ। अहिले तिमीहरू यस्तो बनिरहेका छौ। स्मृतिमा
आउँछ– अनेक पटक हामीले यो शृङ्गार गरेका हौं। कल्प कल्प बाबा हजुर आउनु हुन्छ, म
हजुरकै कुरा सुन्छु। कति गहन कुरा छन्। बाबाले युक्ति धेरै राम्रो बताउनु भएको छ।
अर्पण होऊ यस्तो बाबामा। प्रियतमा-प्रियतम पनि सबै एकनास हुँदैनन्। उहाँ त सबै
आत्माहरूको एउटै बाबा प्रियतम हुनुहुन्छ। यो कुनै जिस्मानी कुरा होइन। तर
तिमीहरूलाई सङ्गमयुगमा नै बाबाबाट यस्तो युक्ति मिल्छ। तिमी जहाँ गए पनि खाऊ पिऊ,
घुम फिर, नोकरी गर, आफ्नो शृङ्गार गरिराख। आत्माहरू सबै एक प्रियतमका प्रियतमा हुन्।
उहाँलाई नै याद गरिराख। कुनै कुनै बच्चाहरूले भन्छन्– मैले त २४ घण्टा याद गरिरहन्छु।
तर सदैव त कसैले याद गर्न सक्दैन। धेरैमा धेरै दुई अढाई घण्टासम्म। यदि धेरै लेख्यौ
भने बाबा मान्नुहुन्न। अरूलाई स्मृति दिलाउँदैनौ भने तिमीले याद गर्छौ भनेर कसरी
सम्झिने? के कुनै मुस्किल कुरा छ र? यसमा कुनै खर्च छ? केही पनि छैन। बाबाको याद
गरिरह्यौ भने तिम्रो पाप काटिन्छ। दैवी गुण पनि धारण गर्नु छ। पतित कोही शान्तिधाम
वा सुखधाममा जान सक्दैन। बाबा बच्चाहरूलाई भन्नुहुन्छ– आफूलाई आत्मा भाइ भाइ सम्झ।
८४ जन्मको पार्ट अब पूरा हुन्छ। यो पुरानो चोला छोड्नु छ। ड्रामालाई हेर कस्तो बनेको
छ। तिमीलाई थाहा छ– नम्बरवार पुरुषार्थ अनुसार। दुनियाँमा त कसैले केही पनि
बुझ्दैनन्। हरेकले आफैंसँग सोध्नु छ– म बाबाको मत अनुसार चलेको छु? चल्ने भए त
शृङ्गार पनि राम्रो हुनु पर्ने हो। एक अर्कालाई उल्टा कुरा सुनाएर अथवा सुनेर आफ्नो
शृङ्गार पनि बिगारिदिन्छन् भने अरूको पनि बिगारिदिन्छन्। हामी यस्तो शृङ्गारधारी
कसरी बन्ने– बच्चाहरू त यसै धुनमा लागिरहनु छ। बाँकी जे छ त्यो ठीक छ। केवल पेटको
लागि रोटी आरामसँग मिलोस्। वास्तवमा पेटले धेरै खाँदैन। हुन त तिमी संन्यासी हौ तर
राजयोगी हौ। न धेरै उच्च, न नीच। खान त खाऊ तर धेरै खाने बानी नबसाल। यही एक
अर्कोलाई याद दिलाऊ– शिवबाबाको याद छ? विश्वको बादसाहीको शृङ्गार याद छ? विचार गर–
यहाँ बसी बसी तिम्रो कति कमाइ छ! यस कमाइद्वारा अपार सुख मिल्नु छ, केवल यादको
यात्रा भन्दा अरू कुनै मेहनत छैन। भक्तिमार्गमा मनुष्यले कति धक्का खान्छन्। अहिले
बाबा आउनु भएको छ शृङ्गार गर्न। त्यसैले आफ्नो राम्रो ख्याल गर। नभुल। मायाले
भुलाइदिन्छ फेरि समय धेरै व्यर्थ गुमाउँछौ। यो त तिम्रो धेरै बहुमूल्य समय हो।
पढाइको मेहनतबाट मनुष्य केबाट के बन्छन्। बाबा तिमीहरूलाई अरू कुनै मेहनत
गराउनुहुन्न। केवल भन्नुहुन्छ, मलाई याद गर। कुनै पनि किताब आदि लिने आवश्यकता छैन।
बाबाले कुनै किताब लिनुहुन्छ र? बाबा भन्नुहुन्छ– म आएर यस प्रजापिता ब्रह्माद्वारा
आफ्नो बनाउँछु। प्रजापिता हुन् नि। अब यति धेरै कोख वंशावली प्रजा कसरी हुने?
बच्चाहरू एडाप्ट हुन्छन्। वर्सा बाबाबाट मिल्नु छ। बाबाले ब्रह्माद्वारा गोद
लिनुहुन्छ, त्यसैले उहाँलाई मात-पिता भनिन्छ। यो पनि तिमीलाई थाहा छ। बाबाको आगमन
धेरै एक्युरेट हुन्छ। एक्युरेट समयमा आउनु हुन्छ, एक्युरेट समयमा जानुहुन्छ।
दुनियाँको परिवर्तन त हुनु नै छ। अहिले बाबाले तिमी बच्चाहरूलाई कति समझ दिनुहुन्छ।
बाबाको मत अनुसार चल्नु छ। विद्यार्थीले जे पढ्छन् त्यही बुद्धिमा चल्नुपर्छ। तिमीले
पनि यो संस्कार लिएर जान्छौ। जसरी बाबामा संस्कार छ, त्यसैगरी तिम्रो आत्मामा पनि
यो संस्कार भर्नुहुन्छ। फेरि जब यहाँ आउँछौ, त्यही पार्ट रिपिट हुन्छ। नम्बरवार
पुरुषार्थ अनुसार आउँछौ। आफ्नो दिलसँग सोध– आफूलाई शृङ्गार गर्ने पुरुषार्थ कति
गरेको छु? समय कहीँ खेर त फाल्दिनँ? बाबा सावधान गर्नुहुन्छ– व्यर्थ कुरामा कहीँ पनि
समय नगुमाऊ। बाबाको श्रीमत याद राख। मनुष्य मतमा नचल। तिमीहरूलाई यो कहाँ थाहा थियो
र, हामी पुरानो दुनियाँमा छौं। बाबाले बताउनु भएको छ– तिमी के थियौ। यस पुरानो
दुनियाँमा कति अपार दु:ख छ। यो पनि ड्रामा अनुसार पार्ट मिलेको छ। ड्रामा अनुसार
अनेकानेक विघ्न पनि पर्छन्। बाबा सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! यो ज्ञान र
भक्तिको खेल हो। ड्रामा अद्भुत छ। यति सानो आत्मामा सारा अविनाशी पार्ट भरिएको छ,
जसलाई आत्माले खेलिरहन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) अरू सबै कुरालाई छोडेर यसै धुनमा रहनु छ– हामी लक्ष्मी-नारायण जस्तै शृङ्गारधारी
कसरी बन्ने?
२) आफैसँग सोध– मैले
श्रीमतमा चलेर मनमनाभवको चाबीद्वारा आफ्नो शृङ्गार ठीक गरिरहेको छु? उल्टो सुल्टो
कुरा सुनेर सुनाएर शृङ्गार त बिगार्दिनँ? आपसमा प्रेमसँग रहन्छु? आफ्नो
महत्त्वपूर्ण समय कहीँ व्यर्थ त गुमाउन? दैवी स्वभाव धारण गरेको छु?
वरदान:–
व्यर्थ
सङ्कल्पको कारणलाई जानेर तिनलाई समाप्त गर्ने समाधान स्व रूप भव
व्यर्थ सङ्कल्प
उत्पन्न हुने मुख्य दुई कारण छन्:– १) अभिमान र २) अपमान। मलाई कम किन, मेरो पनि यो
पद हुनु पर्छ, मलाई पनि अघि राख्नु पर्छ.... यसमा कि त आफ्नो अपमान सम्झन्छौ वा फेरि
अभिमानमा आउँछौ– नाममा, मानमा, सानमा, अघि आउनमा, सेवामा....। अभिमान वा अपमान
महसुस गर्नु– यही व्यर्थ सङ्कल्पको कारण हो, यस कारणलाई जानेर निवारण गर्नु नै
समाधान स्वरूप बन्नु हो।
स्लोगन:–
साइलेन्सको
शक्तिद्वारा शान्तिधामको यात्रा गर्न धेरै सहज हुन्छ।