14.09.25 Avyakt Bapdada Nepali Murli 18.01.2007 Om Shanti Madhuban
“ अब स्वयंलाई मुक्त
गर र मास्टर मुक्तिदाता बन ेर सबैलाई मुक्ति दिलाउने निमित्त बन”
आज स्नेहका सागर
बापदादाले चारैतिरका स्नेही बच्चाहरूलाई देखिरहनुभएको छ। दुई प्रकारका बच्चाहरूलाई
देखी देखी हर्षित भइरहनुभएको छ। एक हुन् लवलीन बच्चाहरू र अर्का हुन् लवली बच्चाहरू,
दुवैको स्नेहको लहर बाबाको पासमा अमृतवेला भन्दा पनि पहिलादेखि नै पुगिरहेको छ।
हरेक बच्चाको दिलबाट स्वत: यो गीत बजिरहेको छ– “मेरा बाबा”। बापदादाको दिलबाट पनि
यही गीत बजिरहेको छ– “मेरा बच्चाहरू, प्यारा बच्चाहरू, बापदादाका पनि सिरताज
बच्चाहरू”।
आज स्मृति दिवसको
कारणले सबैको मनमा स्नेहको लहर ज्यादा छ। अनेक बच्चाहरूका स्नेहका मोतीका मालाहरू
बापदादाको गलामा परिरहेका छन्। बाबाले पनि बच्चाहरूलाई आफ्ना स्नेही अँगालोको माला
लगाइरहनुभएको छ। बेहदका बापदादाको बेहदको अँगालोमा समाहित भएका छन्। आज सबै विशेष
स्नेहको विमानमा पुगेका छन् र टाढा-टाढाबाट पनि मनको विमानमा अव्यक्त रूपले,
फरिस्ताको रूपले पुगेका छन्। सबै बच्चाहरूलाई बापदादाले आज स्मृति दिवस सो समर्थ
दिवसको पदमापदम याद दिइरहनुभएको छ। यो दिवसले कति स्मृतिहरू दिलाउँछ र हरेक स्मृतिले
सेकेन्डमा समर्थ बनाइदिन्छ। स्मृतिहरूको लिस्ट सेकेन्डमा स्मृतिमा आउँछ नि। स्मृति
अगाडि आउँदा सामर्थ्यको नशा चढ्छ। सबैभन्दा पहिलो स्मृति याद छ नि! बाबाका बनिसकेपछि
बाबाले के स्मृति दिलाउनुभयो? तिमी कल्प पहिलाका भाग्यवान आत्मा हौ। याद गर, यस
पहिलो स्मृतिबाट के परिवर्तन आयो? आत्म अभिमानी बनेपछि परमात्मा बाबाको स्नेहको नशा
चढ्यो। किन नशा चढ्यो? दिलबाट पहिलो स्नेहको शब्द कुन निस्कियो? “मेरो मीठो बाबा’ र
यो एक गोल्डेन शब्द निस्कनाले के नशा चढ्यो? सारा परमात्म प्राप्तिहरू मेरो बाबा
भन्नाले, जान्नाले, मान्नाले तिम्रो आफ्नो प्राप्ति भयो। अनुभव छ नि! मेरो बाबा
भन्नाले कति प्राप्तिहरू भए तिम्रा! जहाँ प्राप्ति हुन्छ, त्यहाँ याद गर्नुपर्दैन
तर याद स्वतः नै आउँछ, सहजै आउँछ किनकि त्यो खजाना मेरो भयो नि! बाबाको खजाना मेरो
खजाना भयो, त्यसैले मेरोलाई याद गरिँदैन, स्वत: नै याद हुन्छ । मेरो बिर्सन मुस्किल
हुन्छ, याद गर्न मुस्किल हुँदैन। जसरी अनुभव छ– मेरो शरीर, यो बिर्सिन्छ?
बिर्सनुपर्छ, किन? मेरो हो नि! त्यसैले जहाँ मेरोपन आउँछ, त्यहाँ सहजै याद हुन्छ।
त्यसैले स्मृतिले समर्थ आत्मा बनाइदियो– एक शब्द "मेरो बाबा” ले। भाग्यविधाता अखुट
खजानाका दातालाई मेरो बनायौ। यस्तो कमाल गर्ने बच्चा हौ नि! परमात्म पालनाका अधिकारी
बन्यौ, जुन परमात्म पालना सारा कल्पमा एक पटक मिल्छ, आत्माहरू र देव आत्माहरूको
पालना त मिल्छ तर परमात्म पालना केवल यो एक जन्मको लागि मिल्छ।
त्यसैले आजको स्मृति
सो समर्थी दिवसमा परमात्म पालनाको नशा र खुसी सहजै याद रह्यो नि! किनकि आजको
वायुमण्डल सहज यादको थियो। त्यसैले आजको दिन सहजयोगी रह्यौ कि आजको दिन पनि यादको
लागि युद्ध गर्नुपर्यो? किनकि आजको दिनलाई स्नेहको दिन भनिन्छ नि, त्यसैले स्नेहले
मेहनतलाई मेटाइदिन्छ। स्नेहले सबै कुरा सहज बनाइदिन्छ। त्यसैले सबै आजको दिन विशेष
सहजयोगी रह्यौ वा मुस्किल भयो? जसलाई आजको दिन मुस्किल भयो, उनले हात उठाऊ। कसैलाई
पनि मुस्किल भएन? सबै सहजयोगी रह्यौ। अच्छा, जो सहजयोगी रह्यौ, उनले हात उठाऊ। (सबैले
उठाए) अच्छा, सहजयोगी रह्यौ? आज मायालाई छुट्टी दिएका थियौ। आज माया आएन? आज
मायालाई बिदाइ दियौ? अच्छा, आज त बिदाइ दियौ, त्यसको बधाई छ, यदि यसरी नै स्नेहमा
समाहित भइरह्यौ भने मायालाई त सदाको लागि बिदाइ हुन्छ किनकि अहिले ७० वर्ष पूरा
भइरहेको छ, त्यसैले बापदादा यस वर्षलाई विशेष भिन्नै वर्ष, सबैको प्रिय वर्ष,
मेहनतबाट मुक्त वर्ष, समस्याबाट मुक्त वर्ष मनाउन चाहनुहुन्छ। तिमीहरू सबैलाई यो
कुरा राम्रो लाग्यो? राम्रो लाग्यो? मुक्त वर्ष मनाउँछौ? किनकि मुक्तिधाममा जानुछ,
अनेक दु:खी अशान्त आत्माहरूलाई मुक्तिदाता बाबासँग साथी बनेर मुक्ति दिलाउनुछ।
त्यसैले मास्टर मुक्तिदाता जब स्वयं मुक्त बन्छौ, त्यसपछि मात्रै मुक्ति वर्ष
मनाउँछौ! किनकि तिमी ब्राह्मण आत्माहरू स्वयं मुक्त बनेर अनेकौँलाई मुक्ति दिलाउनका
लागि निमित्त हौ। एउटा भाषा, जसले मुक्ति दिलाउनुको सट्टा बन्धनमा बाँध्छ, समस्याको
अधीन बनाउँछ, त्यो हो– यस्तो होइन, त्यस्तो। त्यस्तो होइन, यस्तो। समस्या आयो भने
यही भन्छौ– बाबा यस्तो थिएन, त्यस्तो थियो नि। यस्तो हुँदैन, यस्तो हुन्छ नि। यो हो
बहानाबाजी गर्ने खेल।
बापदादाले सबैको फाइल
हेर्नुभयो, ती फाइलमा के देख्नुभयो? धेरैजसोको फाइल प्रतिज्ञा गर्ने पेपरले भरिएको
छ। प्रतिज्ञा गर्ने समयमा धेरै दिलले गर्छन्, सोच्छन् पनि तर अहिलेसम्म देखियो फाइल
ठुलो हुँदै जान्छ तर फाइनल भएको हुँदैन। दृढ प्रतिज्ञाको लागि भनिएको छ– ज्यान जाओस्
तर प्रतिज्ञा नजाओस्। त्यसैले बापदादाले आज सबैको फाइल हेर्नुभयो। धेरै राम्रा
राम्रा प्रतिज्ञाहरू गरेका छन्। मनले पनि गरेका छन् र लेखेर पनि प्रतिज्ञा गरेका छन्।
त्यसैले यस वर्ष के गर्छौ? फाइललाई बढाउँछौ वा प्रतिज्ञालाई फाइनल गर्छौ? के गर्छौ?
पहिलो लाइनकाले बताऊ, पाण्डवहरूले सुनाऊ, टिचरहरूले सुनाऊ। यस वर्ष बापदादाको पासमा
जुन फाइल ठुलो हुँदै जान्छ, त्यसलाई फाइनल गर्छौ वा यस वर्ष पनि फाइलमा कागज थप्छौ?
के गर्छौ? भन पाण्डवहरू, फाइनल गर्छौ? जसले सम्झन्छन्– झुक्नु परोस्, परिवर्तन हुनु
परोस्, सहन गर्नु पनि परोस्, सुन्नु पनि परोस्, तर परिवर्तन हुनु नै छ, तिमीहरूले
हात उठाऊ। हेर, टिभीमा सबैको फोटो निकाल। सबैको फोटो निकाल्नु, दुई, तीन, चार टिभी
छन्, सबैतिरका फोटो निकाल। यो रिकार्ड राख्नु, बाबालाई यो फोटो निकालेर दिनु। कहाँ
छन् टिभीवाला? बापदादाले पनि फाइलको फाइदा त उठाउनुहुन्छ। बधाई छ, बधाई छ, आफ्नो
लागि नै ताली बजाऊ।
हेर, जसरी एकातर्फ
साइन्स, अर्कातर्फ भ्रष्टाचारी, तेस्रो तर्फ पापाचारी, सबैले आआफ्नो कार्यमा झन्
वृद्धि गर्दै गइरहेका छन्। धेरै नयाँ नयाँ योजना बनाउँदै जान्छन्। तिमी त विश्व
रचयिताका बच्चा हौ, त्यसैले तिमीले यस वर्ष यस्तो नवीनताका साधन अपनाऊ, जसबाट
प्रतिज्ञा दृढ होस् किनकि सबैले प्रत्यक्षता चाहन्छन्। कति खर्च गरिरहेका छन्, ठाउँ
ठाउँमा ठुला ठुला प्रोग्राम गरिरहेका छन्। हरेक वर्गले राम्रो मेहनत गरिरहेका छन्
तर अहिले यस वर्ष यो सेवा थप गर, जुनसुकै पनि सेवा गर्छौ, मानौँ मुखको सेवा गर्छौ,
त्यतिबेला केवल मुखको सेवा होइन, मनसा, वाचा र स्नेह सहयोगरूपी कर्म एकै समयमा तीन
सेवाहरू एकसाथ हुन्। अलग अलग नहुन्। सेवामा देखिन्छ, बापदादाले जुन रिजल्ट हेर्न
चाहनुहुन्छ, त्यो हुँदैन। जुन तिमीले पनि चाहन्छौ, प्रत्यक्षता होस्। अहिलेसम्म
पहिलाकोभन्दा यो रिजल्ट धेरै राम्रो छ– सबैले राम्रो राम्रो, धेरै राम्रो भनेर
जान्छन्। तर राम्रो बन्नु अर्थात् प्रत्यक्षता हुनु। त्यसैले अब यो सेवा थप गर, एकै
समयमा मनसा, वाचा, कर्मणामा स्नेही सहयोगी बन्नु, हरेक साथी चाहे ब्राह्मण साथी हुन्,
चाहे जो बाहिरका मानिसहरू सेवाका निमित्त बन्छन्, ती साथी हुन् तर तिनलाई सहयोग र
स्नेह दिनु– यो हो कर्मणा सेवामा नम्बर लिनु। यो भाषा नबोल्नु, यसले यस्तो गर्यो
नि, त्यसैले त यस्तो गर्नुपर्यो। स्नेहको सट्टा अलिअलि भन्नुपर्यो, त्यसले बाबा
शब्द भन्दैन। यसो गर्नैपर्छ, भन्नैपर्छ, देख्नैपर्छ... यो होइन। यतिका वर्षमा
हेरिहाल्यौ, बापदादाले छुट्टी दिनुभयो। यस्तो होइन, त्यस्तो गरिरह्यौ, तर अब
कहिलेसम्म? बापदादालाई सबै रुहरिहानमा धेरैजसोले भन्छन्– बाबा, आखिर पर्दा कहिले
खोल्नुहुन्छ? कहिलेसम्म चल्छ? त्यसोभए बापदादाले तिमीलाई भन्नुहुन्छ, लापरबाहीको,
तीतोपनको यो पुरानो भाषा, पुरानो चालचलन, कहिलेसम्म? बापदादाको पनि प्रश्न छ–
कहिलेसम्म? तिमीले उत्तर दियौ भने बापदादाले पनि उत्तर दिनुहुन्छ– कहिलेसम्म विनाश
हुन्छ किनकि बापदादाले विनाशको पर्दा त अहिले पनि यही सेकेन्डमा खोल्न सक्नुहुन्छ
तर पहिला राज्य गर्नेहरू त तयार हुन्। त्यसैले अहिलेदेखि नै तयारी गरेमा समाप्ति
समीप ल्याउँनेछौ। कुनै पनि कमजोरीको कुरामा कारण नबताऊ, यो कारण थियो नि, निवारण गर।
बापदादाले सारा दिनमा बच्चाहरूको खेल त हेर्नुहुन्छ नि, बच्चाहरूसँग प्यार छ नि,
त्यसैले बारम्बार खेल हेरिरहनुहुन्छ। बापदादाको टिभी धेरै ठुलो छ। एकै समयमा विश्व
देखिन सक्छ, चारैतिरका बच्चाहरू देखिन सक्छन्। चाहे अमेरिका होस्, चाहे गुडगाउँ होस्,
सबै देखिन्छन्। त्यसैले बापदादाले खेल धेरै हेर्नुहुन्छ। टार्ने भाषा धेरै राम्रो
छ, यो कारण थियो नि, बाबा मेरो गल्ती होइन, यसले यस्तो गर्यो नि। उसले त गर्यो तर
तिमीले समाधान गर्यौ? कारणलाई कारण नै बन्न दियौ वा कारणलाई निवारणमा परिवर्तन गर्यौ?
त्यसैले सबैले सोध्छन् नि बाबा, हजुरको के आशा छ? त्यसैले त बापदादाले आशा
सुनाइरहनुभएको छ। बापदादाको एउटै आशा छ– निवारण देखियोस्, कारण खतम होस्। समस्या
समाप्त होस्, समाधान भइरहोस्। हुन सक्छ? हुन सक्छ? पहिलो लाइन– हुन सक्छ? शिर त
हल्लाऊ। पछाडिवाला– हुन सक्छ? (सबैले हात उठाए) अच्छा। त्यसैले भोलि यदि टिभी खोलियो,
टिभीमा हेरियो भने अवश्य हुनसक्छ नि। त्यसैले भोलि टिभी हेरियो भने चाहे विदेश, चाहे
इन्डिया, चाहे सानो गाउँ, चाहे धेरै ठुलो प्रदेश, कतै पनि कारण देखिँदैन? पक्का?
यसमा हुन्छ भनिरहेका छैनौ? हुन्छ? हात उठाऊ। हात धेरै राम्रो उठाउँछौ, बापदादा खुसी
हुनुहुन्छ। कमाल छ हात उठाएकोमा। खुसी पार्न त आउँछ बच्चाहरूलाई किनकि बापदादाले
हेर्नुहुन्छ– सोच, जो तिमी करोडौँमा कोही, कोहीमा कोही निमित्त बनेका छौ, अहिले तिमी
बच्चाहरू सिवाय अरू कसले गर्छ? तिमीले नै त गर्नुछ नि! त्यसैले बापदादाको तिमी
बच्चाहरूमा विश्वास छ। अरू जति पनि आउँछन् नि, उनीहरू त तिम्रो अवस्था देखेर नै ठीक
हुन्छन्, उनीहरूलाई मेहनत गर्नुपर्दैन। तिमी यही बने पुग्छ, किनकि तिमीहरू सबैले
जन्म लिँदै बाबासँग प्रतिज्ञा गरेका छौ– साथै रहनेछौँ, साथी बन्नेछौँ र साथै जानेछौँ
र ब्रह्माबाबासँगै राज्यमा आउनेछौँ। यो प्रतिज्ञा गरेका छौ नि? साथै रहनेछौ, साथै
जानेछौ भने साथमा सेवाका साथी पनि त हौ नि! त्यसैले अहिले के गर्छौ? हात त धेरै
राम्रो उठायौ, बापदादा खुसी हुनुभयो तर जहिले पनि कुनै कुरा आयो भने नि, त्यतिबेला
यो दिन, यो मिति, यो समय याद गर्नु, त्यतिबेला हामीले के मा हात उठाएका थियौँ।
मद्दत मिलिहाल्छ। तिमीलाई बन्नु त पर्छ। अहिले केवल छिट्टै बनिहाल। तिमीले सोच्छौ
नि, हामी नै कल्प पहिला पनि थियौँ, अहिले पनि छौँ र हरेक कल्प हामीले नै बन्नुछ, यो
त पक्का निश्चय छ नि वा दुई बर्ष बन्छौ, तेस्रो बर्ष चिप्लिहाल्छौ! यस्तो त हुँदैन?
त्यसैले सदा याद राख– हामी नै निमित्त हौँ, हामी नै करोडौँमा कोही, कोहीमा कोही
हौँ। करोडौँमा कोही त आउँछन् तर तिमी कोहीमा पनि कोही हौ।
त्यसैले आज स्नेहको
दिन हो, स्नेहमा जे गर्न पनि मुस्किल हुँदैन, त्यसैले बापदादाले आजै सबैलाई याद
दिलाइरहनुभएको छ। ब्रह्माबाबासँग बच्चाहरूको कति प्यार छ– यो देखेर शिवबाबालाई धेरै
खुसी लाग्छ। चारैतिर हेर्नुभयो– चाहे एक हप्ताको विद्यार्थी होस्, चाहे ७० वर्षको
होस्। ७० वर्ष र ७ दिनको बच्चा पनि आजको दिनमा प्यारमा समाहित छ। त्यसैले शिवबाबा
पनि ब्रह्माबाबासँग बच्चाहरूको प्यार देखेर हर्षित हुनुहुन्छ।
आजको दिनको अरू
समाचार सुनाऊँ। आजको दिन एडभान्स पार्टी पनि बापदादाको पासमा इमर्ज हुन्छ। त्यसैले
एडभान्स पार्टीले पनि तिमीलाई याद गरिरहेको छ, कहिले तिमीहरूले बाबासँग मुक्तिधामको
ढोका खोल्छौ! आज सारा एडभान्स पार्टीले बापदादालाई यही भनिरहेको थियो, हामीलाई मिति
बताउनुहोस्। अनि के जवाफ दिने? बताऊ, के जवाफ दिने? जवाफ दिनमा को होसियार छ?
बापदादाले त यही उत्तर दिनुहुन्छ, छिटोभन्दा छिटो भइ नै हाल्छ। तर यसमा बाबालाई तिमी
बच्चाहरूको सहयोग चाहिन्छ। सबै साथै जान्छौ नि! साथै जाने हौ वा रोकिँदै रोकिँदै
जाने हौ? साथमा जाने हौ नि! साथमा जान मन लाग्छ नि? त्यसोभए समान बन्नुपर्छ। यदि
साथमा जानु छ भने समान त बन्नैपर्छ नि! उखान के छ? हातमा हात होस्, साथमा साथ होस्।
त्यसैले हातमा हात अर्थात समान। त्यसोभए भन, दादीहरूले भन, तयारी हुन्छ? दादीहरूले
भन। दादीहरूले हात उठाऊ। दादाहरूले हात उठाऊ। तिमीहरूलाई भनिन्छ नि– बडे दादा।
त्यसोभए बताऊ दादीहरू, दादाहरू, के कुनै मिति तोक्छौ? (अहिले भएन भने कहिल्यै
हुँदैन) अहिले भएन भने कहिल्यै हुँदैनको अर्थ के भयो? अहिल्यै तयार छौ नि! जवाफ त
राम्रो दियौ। दादीहरू? पूरा हुनु नै छ। हरेक साना-ठुलाले यसमा आफूलाई जिम्मेवार
सम्झ। यसमा सानो हुनुछैन। ७ दिनको बच्चा पनि जिम्मेवार छ किनकि साथै जानुछ नि। बाबा
एक्लै जान चाहनुभयो भने जानुहुन्छ तर बाबा एक्लै जान सक्नुहुन्न। साथै जानुछ।
प्रतिज्ञा छ बाबाको पनि र तिमी बच्चाहरूको पनि। प्रतिज्ञा त निभाउनुछ नि! निभाउनुछ
नि? अच्छा।
चारैतिरका पत्र, याद
पत्र, इमेल, फोन, चारैतिरका धेरै धेरै आएका छन्, यहाँ मधुवनमा पनि आएका छन् भने
वतनमा पनि पुगेका छन्। आजको दिन जुन बाँधेली माताहरू छन्, उनीहरूका पनि धेरै स्नेह
भरिएका मनका यादहरू बापदादाको पासमा पुगेका छन्। बापदादाले यस्ता स्नेही
बच्चाहरूलाई धेरै याद पनि गर्नुहुन्छ र आशीर्वाद पनि दिनुहुन्छ। अच्छा!
चारैतिरका स्नेही
बच्चाहरूलाई, लवली र लवलीन दुवै बच्चाहरूलाई, सदा बाबाको श्रीमत अनुसार हरेक कदममा
पदम जम्मा गर्ने नलेजफुल पावरफुल बच्चाहरूलाई, सदा स्नेही पनि र स्वमानधारी पनि,
सम्मानधारी पनि, यस्ता सदा बाबाको श्रीमतलाई पालन गर्ने विजयी बच्चाहरूलाई, सदा
बाबाको हरेक कदममा कदम उठाउने सहजयोगी बच्चाहरूलाई बापदादाको यादप्यार एवं नमस्ते।
रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
वरदान:–
लाइन क्लियरको
आधारमा नम्बर वनमा पास हुने एभररेडी भव
सदा एभररेडी रहनु– यो
ब्राह्मण जीवनको विशेषता हो। आफ्नो बुद्धिको लाइन यसरी क्लियर होस्, जसले गर्दा
बाबाको कुनै पनि इसारा मिल्यो भने एभररेडी। त्यस समयमा केही पनि सोच्ने जरुरत नहोस्।
अचानक एउटै प्रश्न आउँछ, अर्डर हुन्छ– यहीँ बसिहाल, यहाँ पुगिहाल, त्यसपछि कुनै पनि
कुरा वा सम्बन्ध याद नआओस्, अनि नम्बर वनमा पास हुन सक्छौ। तर यो पेपर सबै अचानकको
हुन्छ, त्यसैले एभररेडी बन।
स्लोगन:–
मनलाई
शक्तिशाली बनाउनको लागि आत्मालाई ईश्वरीय स्मृति र शक्तिको भोजन देऊ।
अव्यक्त इसारा:– अब
लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वाला रूप बनाऊ
कयौँ बच्चाहरूले
भन्छन्, योगमा बस्दा आत्म अभिमानी हुनुको सट्टा सेवा याद आउँछ। तर यस्तो हुनुहुँदैन
किनकि अन्तिम समयमा यदि अशरीरी बन्नुको सट्टा सेवाको सङ्कल्प चल्यो भने पनि
सेकेन्डको पेपरमा फेल हुन्छौ। त्यस समयमा बाबा सिवाय, निराकारी, निर्विकारी,
निरहङ्कारी सिवाय अरू केही याद हुनुहुँदैन। सेवामा फेरि पनि साकारमा आउँछौ, त्यसैले
जुन समयमा जे चाह्यो, त्यो स्थिति होस्, नत्र धोका मिल्छ।