14.10.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
बाबालाई याद गर्ने भिन्न भिन्न युक्तिहरू रच , पुरुषार्थ गरेर चार्ट राख , नथाक ,
तुफानहरूमा अडोल रहनुछ।”
प्रश्न:–
तिमी
बच्चाहरूले आफ्नो कुन अनुभव आपसमा एकअर्कालाई सुनाउनुपर्छ?
उत्तर:–
हामीले
बाबालाई कति समय र कसरी याद गर्छौँ! भोजनको समयमा बाबाको याद हुन्छ वा अनेक प्रकारका
विचारहरू आउँछन्! बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! कोसिस गरेर हेर। भोजनमा
बाबाबाहेक अरू केही याद त आउँदैन! फेरि आपसमा एकअर्कालाई अनुभव सुनाऊ। २) कुनै पनि
दर्दनाक दृश्य देख्दा हाम्रो स्थिति कस्तो रह्यो! यसको पनि अनुभव सुनाउनुपर्छ।
गीत:–
लाख जमाने वाले...
ओम् शान्ति ।
मीठा-प्यारा
बच्चाहरूले अब बेहदको बाबालाई कसरी भुल्छौ, जसबाट बेहदको वर्सा मिल्छ, जसलाई
आधाकल्पदेखि याद गर्थ्यौ। यो त सम्झाइएको छ, मानिसलाई कहिल्यै भगवान भनिँदैन। अब
यतिबेला बेहदको बाबा मिल्नुभएको छ भने उहाँको यादबाट नै चमत्कार हुन्छ। जति
पतितपावन बाबालाई याद गर्छौ, त्यति पावन बन्दै जान्छौ। अन्त्य नहुँदासम्म अहिल्यै
तिमीले आफूलाई पावन भन्न सक्दैनौ। सम्पूर्ण पावन बन्नेछौ र यो शरीर छोडेर गएर
सम्पूर्ण पवित्र शरीर लिनेछौ। सत्ययुगमा नयाँ शरीर मिल्छ अनि सम्पूर्ण भनिन्छ। फेरि
रावणको अन्त्य हुन्छ। सत्ययुगमा रावणको पुतला बनाइँदैन। तिमी बच्चाहरू बस्दा,
हिँड्दाडुल्दा बुद्धिमा यो याद रहोस्। अब हामीले ८४ को चक्र पूरा गरेका छौँ, फेरि
नयाँ चक्र सुरु हुन्छ। त्यो नयाँ पवित्र दुनियाँ नै हो, नयाँ भारतवर्ष नयाँ दिल्ली।
तिमी बच्चाहरूलाई थाहा छ, पहिला यमुनाको किनार हुन्छ, जहाँ परिस्तान बन्नु छ। तिमी
बच्चाहरूलाई धेरै राम्रोसँग सम्झाइन्छ, सुरु सुरुमा त बाबालाई याद गर। भगवान बाबाले
पढाउनुहुन्छ। उहाँ बाबा नै शिक्षक, गुरु हुनुहुन्छ, यो राम्रोसँग याद राख। बाबाले
यो पनि सम्झाउनुभएको थियो, तिमीले बाजोली खेल्छौ। वर्णहरूको चित्र पनि धेरै आवश्यक
छ। सबैभन्दा माथि शिवबाबा हुनुहुन्छ, फेरि टुपी ब्राह्मण। यो सम्झाउनको लागि बाबा
भन्नुहुन्छ। अच्छा, यो बुद्धिमा राख– हामीले ८४ जन्मको बाजोली खेल्छौँ। अहिले सङ्गम
हो, बाबा धेरै समय रहनुहुन्न। तैपनि १०० वर्ष त लाग्छ। उथलपुथल पूरा भएपछि फेरि
राज्य सुरु हुन्छ। महाभारत लडाइँ त त्यही हो, जसमा अनेक धर्म विनाश, एक आदि सनातन
देवीदेवता धर्मको स्थापना भइरहेको छ। तिम्रो कलाबाजी (कलाकारिता) त अद्भुत छ।
तिमीलाई थाहा छ, फकिरहरूले कलाबाजी खेल्छन्, तीर्थहरूमा जान्छन्। मानिसहरूको श्रद्धा
त हुन्छ नि! त्यसैले उनीहरूलाई केही न केही दिन्छन्। उनीहरूको पालना भइरहन्छ किनकि
यस्ता मानिसहरूले आफूसँग के लैजान्छन् र! बाबा त यी सबै कुराहरूको अनुभवी छन्।
बाबाले अनुभवी रथ लिनुभएको छ। यिनले गुरु पनि बनाए। धेरै कुरा देखे पनि। तीर्थ पनि
गरेका छन्। अब बाबा भन्नुहुन्छ– बाजोली त याद गर्न सक्छौ। हामी अहिले ब्राह्मण हौँ,
फेरि देवता, क्षत्रिय बन्नेछौँ। यो सबै भारतवर्षको कुरा हो। बाबाले यसरी
सम्झाउनुभएको छ, अरू धर्म त मानौँ उपकथा हुन्। बाबाले तिमीलाई नै तिम्रा ८४ जन्मको
कथा बताउनुभएको छ। जो समझदार छन्, उनीहरूले हिसाबले बुझ्न सक्छन्। इस्लामीहरू आए भने
तिनीहरूले औसत कति जन्म लिन्छन्। सही हिसाबको त आवश्यकता छैन। यी कुराहरूमा त कुनै
फिक्रको कुरा छैन। सबैभन्दा बढी फिक्र यो हुन्छ– हामीले बाबालाई याद गरिराखौँ। बस्
एउटै फिक्र छ, एकलाई याद गर्ने। घरी घरी मायाले अरू फिक्रहरूमा पारिदिन्छ, यसमा
मायाले धेरै फिक्र गराउँछ। बच्चाहरूले याद गर्नैपर्छ। अब हामी घर जानु छ। स्विट होम
कसैलाई याद आउँदैन। पुकार्छन् पनि– शान्तिदाता। भगवानलाई भन्छन्– हामीलाई शान्ति
दिनुहोस्!
अब तिमी बच्चाहरूलाई
यो त थाहा छ, यो पुरानो दुनियाँ समाप्त हुनु छ। यो पनि तिम्रो बुद्धिमा छ, दुनियाँका
मानिसहरू त घोर अन्धकारमा छन्। शान्ति सत्ययुगमा नै हुन्छ। एक धर्म, एक भाषा,
रीतिरिवाज पनि एउटै हुन्छ। त्यहाँ शान्तिको राज्य नै हुन्छ। अद्वैतको कुरा नै
हुँदैन। त्यहाँ त एउटै राजधानी हुन्छ र सबै सतोप्रधान हुन्छन्। रावण राज्य हुँदैन,
जसले गर्दा लडाइँ हुन्छ। त्यसैले तिमी बच्चाहरूलाई खुसीको पारा चढ्नुपर्छ।
शास्त्रहरूमा जुन गायन छ– अतीन्द्रिय सुख गोपगोपीहरूलाई सोध। गोपगोपी त तिमीहरू हौ
नि। तिमी सामुन्ने बसेका छौ। तिमीहरूमा पनि नम्बरवार छौ, जसलाई याद हुन्छ– बाबा
हाम्रो बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ। यो त आश्चर्य
हो नि! जीवनभर साथ दिनुहुन्छ। गोदमा लिनुहुन्छ अनि पढाइ सुरु गरिदिनुहुन्छ। त्यसैले
यो याद रह्यो भने पनि धेरै खुसी हुन्छ। तर मायाले फेरि यो पनि बिर्साइदिन्छ।
मानिसहरूलाई यो पनि सम्झाउनुपर्छ, मानिसहरूले सोध्छन्– बाँकी थोरै समय छ भन्छौ, के
प्रमाण छ? भन– हेर, यसमा लेखिएको छ भगवानुवाच। यज्ञ पनि रचिएको छ। यो ज्ञान यज्ञ
हो। अब श्रीकृष्णले त यज्ञ रच्न सक्दैनन्।
बच्चाहरूको बुद्धिमा
यो पनि हुनुपर्छ– हामी यो बेहद यज्ञका ब्राह्मण हौँ। बाबाले हामीलाई निमित्त
बनाउनुभएको छ। तिमीले राम्रोसँग ज्ञान र योगको धारणा गर्छौ, आत्मा सम्पूर्ण बन्छ अनि
यो दुनियाँलाई आगो लाग्नेछ। मानिसहरूलाई नै थाहा हुन्छ नि, यो बेहदको कर्मक्षेत्र
हो, जहाँ सबैले आएर खेल खेल्छन्। बनिबनाउ बनिरहेको छ... बाबा भन्नुहुन्छ– प्यारा
बच्चाहरू! चिन्ता किन गर्ने, जे हुनुछ त्यही हुनेछ। जे भयो त्यो ड्रामामा थियो, फेरि
त्यसको चिन्तन किन गर्ने। हामीले ड्रामालाई हेर्छौँ। ड्रामामा कुनै यस्तो दर्दनाक
दृश्य रहेछ भने मानिसहरू त्यो दृश्य देखेर रुन्छन्। अब त्यो त झुटो ड्रामा भयो। यो
त सच्चा ड्रामा हो। सत्य सत्य भन्छन्। तर तिमीलाई कुनै दुःखको आँसु आउनुहुँदैन।
तिमीले साक्षी भएर हेर्नु छ। तिमीलाई थाहा छ, यो ड्रामा हो, यसमा रुनुपर्ने के
आवश्यकता छ। जे भयो भयो। त्यसमा कहिल्यै पनि विचार गर्नुहुँदैन। तिमी अगाडि बढ्दै
जाऊ, बाबालाई याद गरिराख र सबैलाई बाटो देखाइराख। बाबाले त राय दिइरहनुहुन्छ।
तिमीसँग धेरै त्रिमूर्तिका चित्रहरू छन्। स्पष्ट लेखिएको छ– उहाँ शिवबाबा, यो वर्सा।
तिमी बच्चाहरूलाई यो चित्र देखेपछि धेरै खुसी हुनुपर्छ। बाबाबाट हामीलाई
विष्णुपुरीको वर्सा मिल्छ। पुरानो दुनियाँ त समाप्त हुनु छ। बस्, यो चित्र सामुन्ने
राखिदेऊ, यसमा त केही पनि खर्च हुँदैन। वृक्ष पनि धेरै राम्रो छ। दिनहुँ बिहान उठेर
विचार सागर मन्थन गर। आफ्नो टिचर आफै बनेर पढ। बुद्धि त सबैसँग छ। चित्र आफ्नो घरमा
राखिदेऊ। हरेक चित्रमा फस्टक्लास ज्ञान छ। भन्छन् विनाश हुनेछ, त्यसैले तिम्रो
बाबासँग प्रीत छ नि! भन्छन् पनि– सद्गुरु मिल्नुभयो दलालको रूपमा... त्यसैले
तिमीलाई बुझ्न-बुझाउनको लागि कति राम्रा राम्रा कुराहरू मिलेका छन्। तैपनि मायाको
धेरै आडम्बर छ। १०० वर्ष पहिला यो बिजुली, ग्यास आदि कहाँ थियो र! पहिला भाइसराय आदि
४ घोडे, ८ घोडे बग्गीमा आउँथे। पहिला धनवान् मानिसहरू गाडीमा चढ्थे। अहिले त विमान
आदि निस्किएका छन्। पहिला यी केही थिएनन्। १०० वर्षभित्र यो के के भएको छ!
मानिसहरूले यही स्वर्ग हो भन्ने सम्झन्छन्। अब तिमी बच्चाहरूलाई थाहा छ, स्वर्ग त
स्वर्ग हो। यी सबै कौडीतुल्य कुराहरू हुन्, यिनलाई कृत्रिम आडम्बर भनिन्छ। अब तिमी
बच्चाहरूलाई यही एउटा चिन्तन हुनुपर्छ– हामीले बाबालाई याद गरौँ, जसमा नै मायाले
विघ्न पार्छ। बाबा आफ्नो उदाहरण पनि बताउनुहुन्छ। भोजन खान्छु, धेरै कोसिस गर्छु–
यादमा रहेर खाऊँ, तैपनि भुल्छु। त्यसैले सम्झन्छु, तिमी बच्चाहरूलाई त धेरै मेहनत
हुँदो हो। अच्छा, प्यारा बच्चाहरू! तिमीहरूले कोसिस गरेर हेर। बाबाको यादमा रहेर
देखाऊ। हेर, सारा समय याद टिक्न सक्छ? अनुभव सुनाउनुपर्छ। बाबा, सारा समय याद टिक्न
सक्दैन। धेरै किसिम किसिमका कुराहरू याद आउँछन्। बाबा स्वयं आफ्नो अनुभव बताउँछन्।
बाबाले जसमा प्रवेश गर्नुभयो, यिनी पनि पुरुषार्थी हुन्, यिनमाथि त ठुला झन्झट छन्।
जति ठुलो मान्छे त्यति धेरै झन्झट। कति समाचार आउँछन्। विकारहरूको कारण कति कुटपिट
गर्छन्। घरबाट निकालिदिन्छन्। बच्चीहरूले भन्छन्– म ईश्वरको शरणमा आएकी छु। कति
विघ्न पर्छन्। शान्ति कसैसँग छैन। तिमी बच्चाहरूलाई निश्चय छ। अहिले पुरुषार्थ गरेर
श्रीमतमा चलेर शान्तिमा रहन्छौ। यी बाबाले यहाँ पनि कैयौँ यस्ता घर देखेका छन्, जहाँ
आपसमा धेरै मेलमिलापमा रहन्छन्। सबै ठुलाबडाको आज्ञामा चल्छन्। भन्छन्– हामीकहाँ त
मानौँ स्वर्ग नै छ।
अहिले बाबाले तिमीलाई
यस्तो स्वर्गमा लैजानुहुन्छ, जहाँ सबै प्रकारका सुख हुन्छन्। देवताहरूले ३६ प्रकारको
भोजन लिन्छन् भनिएको छ। अब तिमीले बाबाबाट स्वर्गको वर्सा लिन्छौ। त्यहाँ त कति
स्वादिष्ट वैभव खाइरहन्छौ र पवित्र हुन्छौ। अब तिमी त्यो दुनियाँको मालिक बन्छौ।
राजारानी, प्रजामा फरक हुन्छ नि! पहिला राजाहरू धेरै ठाँटबाँटमा रहन्थे। यिनीहरू त
पतित र रावणको राज्यका भए, त्यसोभए विचार गर सत्ययुगमा के होला। सामुन्ने
लक्ष्मीनारायणका चित्र राखिएका छन्। श्रीकृष्णको लागि झुटा कुराहरू लेखेर बदनामी
गरिदिएका छन्। झुटो भनेको झुटै हो त्यसमा रत्तीभर सत्य हुँदैन। अब तिमीले बुझेका
छौ, हामी स्वर्गका मालिक थियौँ, फेरि ८४ जन्म लिएर एकदम शूद्र बुद्धि बनेका छौँ।
हाम्रो के हाल भएको छ। अब फेरि पुरुषार्थ गरेर के बन्छौ! बाबाले सोध्नु पनि हुन्छ
नि– तिमी के बन्छौ? अनि सबैले हात उठाउँछौ– सूर्यवंशी बन्नेछौँ। हामीले त
मातापितालाई पूरा अनुसरण गर्छौँ। कहाँ थोरै पुरुषार्थ गर्छौँ र! सम्पूर्ण मेहनत याद
र आफूसमान बनाउनमा छ, त्यसैले बाबा भन्नुहुन्छ– जति सकिन्छ सेवा गर्न सिक। धेरै सहज
छ। उहाँ शिवबाबा, यो विष्णुपुरी, त्यहाँ लक्ष्मीनारायणको राज्य हुनेछ। यिनी त धेरै
अनुभवी छन्। सिँढीमा तिमीले सम्झाउन सक्छौ। तिमी बच्चाहरूलाई यो वृक्ष, चक्र
देख्नेबित्तिकै बुद्धिमा सम्पूर्ण ज्ञान आउनुपर्छ। यी जो लक्ष्मीनारायण छन्,
यिनीहरूको राजधानी कहाँ गयो! कसले लडाइँ गरेको हो! जसले हरायो। अहिले त त्यो राज्य
छैन। उनीहरूले यी ईश्वरीय कुराहरूलाई केही जान्दैनन्। तिमी बच्चाहरूलाई यो पनि
साक्षात्कार भएको छ। कसरी गुफाहरू, खानीहरूमा गएर सुन, हीरा आदि ल्याउँछन्। यो
साइन्स तिम्रो सुखको लागि हुनेछ। यहाँ दुःखको लागि छ, त्यहाँ एरोप्लेन पनि पूर्ण
सुरक्षित हुनेछन्। तिमी बच्चाहरूले सुरुसुरुमा यी सबै कुराको साक्षात्कार गरेका छौ।
अन्त्यमा पनि तिमीले धेरै साक्षात्कार गर्नेछौ। यो पनि तिमीले साक्षात्कार गरेका
छौ। चोरहरू लुट्न आउँछन्, फेरि तिम्रो शक्तिको रूप देखेर भाग्छन्। ती सबै कुराहरू
अन्त्यका हुन्। चोरहरू लुट्न त आउनेछन्, तिमी बाबाको यादमा हुनेछौ अनि उनीहरू एकदम
भाग्नेछन्।
अब बाबा भन्नुहुन्छ–
प्यारा बच्चाहरू! खुब पुरुषार्थ गर। मुख्य कुरा पवित्रताको हो। एक जन्म पवित्र बन्नु
छ। मृत्यु त सामुन्ने छ। धेरै कठीन प्राकृतिक प्रकोपहरू आउनेछन्, जसमा सबै समाप्त
हुन्छन्। शिवबाबाले यिनीद्वारा सम्झाउनुहुन्छ, यिनको आत्माले पनि सुन्छ। यी बाबाले
सबै बताउँछन्। शिवबाबालाई त अनुभव छैन। बच्चाहरूलाई अनुभव हुन्छ। मायाका तुफानहरू
कसरी आउँछन्। पहिलो नम्बरमा यिनी छन्, यिनलाई सबै अनुभव हुन्छ। त्यसैले यसमा
डराउनुहुँदैन, अडोल रहनु छ। बाबाको यादमा रहेमा नै शक्ति मिल्छ। कुनै बच्चाहरूले
चार्ट लेख्छन्, फेरि ज्ञानमा चल्दाचल्दै लेख्न बन्द गरिदिन्छन्। बाबाले थाकेको छ
भन्ने बुझ्नुहुन्छ। पारलौकिक बाबा जसबाट यति ठुलो वर्सा मिल्छ, यस्ता बाबालाई
कहिल्यै पत्र पनि लेख्दैनन्। याद नै गर्दैनन्! यस्ता बाबालाई त कति याद गर्नुपर्छ।
शिवबाबा, हामीले हजुरलाई धेरै याद गर्छौँ। बाबा, हजुरको यादबिना हामी कसरी रहन सक्छौँ
र! जुन बाबाबाट विश्वको बादसाही मिल्छ, यस्ता बाबालाई कसरी भुल्छौँ। एउटा कार्ड
लेख्यो, त्यो पनि त याद गरेको हो नि! लौकिक पिताले पनि बच्चाहरूलाई चिठी लेख्छन्–
नूरे रत्न... पत्नीले पतिलाई कसरी चिठी लेख्छिन्! यहाँ त दुवै सम्बन्ध छन्। यो पनि
याद गर्ने युक्ति हो। बाबा कति मीठा हुनुहुन्छ! हामीसँग के माग्नुहुन्छ? केही पनि
माग्नुहुन्न। उहाँ त दाता हुनुहुन्छ, उहाँले दिनुहुन्छ नि! उहाँले लिनुहुन्न।
भन्नुहुन्छ– प्यारा बच्चाहरू! म आएको छु, भारतवर्षलाई सुगन्धित बगैँचा बनाएर जान्छु।
अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) सूर्यवंशी बन्नको लागि मातापितालाई पूरा पूरा अनुसरण गर्नु छ। यादमा रहने र
आफूसमान बनाउने मेहनत गर्नु छ।
२) पुरुषार्थ गरेर
श्रीमतमा चलेर शान्त रहनु छ। ठुलाबडाको आज्ञा मान्नु छ।
वरदान:–
एक बल एक
भरोसाको आधारमा मञ्जिललाई समीप अनुभव गर्ने हिम्मतवान् भव
उच्च मञ्जिलमा
पुग्नुभन्दा पहिला आँधीतुफान आउँछन् नै, स्टिमरले पार गर्नको लागि बीच भुमरीबाट पार
गर्नैपर्छ, त्यसैले हतारमा नआत्तिनु, नथाक्नु वा नरोकिनु। साथीलाई साथमा राख्यौ भने
हरेक मुस्किल सहज हुनेछ, हिम्मतवान् बनेर बाबाको मद्दतको पात्र बन। एक बल एक भरोसा–
यो पाठलाई सदा पक्का बनाऊ, अनि बीच भुमरीबाट सहजै निस्कनेछौ र मञ्जिल समीप अनुभव
हुनेछ।
स्लोगन:–
विश्व
कल्याणकारी उही हो, जसले प्रकृतिसहित हरेक आत्माप्रति शुभभावना राख्छ।
अव्यक्त इसारा:–
परोपकारको भावनाले सम्पन्न बनेर अपकारीमाथि पनि उपकार गर
हरेक आत्माप्रति रहमको भावना, सदा सहयोगको भावना, हिम्मत बढाउने भावना होस्। हरेक
परिस्थितिमा, हरेक कार्यमा, हरेक सहयोगी सङ्गठनमा निःस्वार्थपन होस्, अनि भनिन्छ
परोपकारको भावना। जसरी ब्रह्माबाबाले आफ्नो लागि केही पनि स्वीकार गर्नुभएन। न महिमा
स्वीकार गर्नुभयो, न वस्तु स्वीकार गर्नुभयो, न बस्ने स्थान स्वीकार गर्नुभयो।
स्थूल र सूक्ष्म सदा “पहिला बच्चाहरू”, यसलाई भनिन्छ परोपकारी, यसमा पिताको अनुसरण
गरेर समान बन।