14.11.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
सर्वोच्च पद पाउनुछ भने यादको यात्रामा मस्त ह ोऊ , यही हो रुहानी फाँसी। बुद्धि
आफ्नो घरमा लट्कि रहोस्।”
प्रश्न:–
जसको बुद्धिमा
ज्ञानको धारणा हुँदैन, उनीहरूको निसानी के हुन्छ?
उत्तर:–
उनीहरू ससाना
कुरामा रिसाइरहन्छन् (दुःखी हुन्छन्)। जसको बुद्धिमा जति ज्ञान धारण हुन्छ त्यति
उसलाई खुसी हुन्छ। बुद्धिमा यदि यो ज्ञान रह्यो– अहिले दुनियाँ तल जानु नै छ, यसमा
नोक्सान नै हुनुछ भने कहिल्यै रिसाउँदैनन्। सदा खुसी हुन्छन्।
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूप्रति रुहानी बाबाले बसेर सम्झाउनुहुन्छ। बच्चाहरूले जान्दछन्–
उच्चभन्दा उच्च भगवानलाई भनिन्छ। आत्माको बुद्धियोग घरतिर जानुपर्छ। तर यस्तो एकजना
मनुष्य पनि दुनियाँमा छैन, जसको यो बुद्धिमा आउँछ। संन्यासीहरूले पनि ब्रह्मलाई घर
सम्झँदैनन् उनीहरूले त भन्छन्– हामी ब्रह्ममा लीन हुन्छौँ, त्यसो हो भने त्यो घर कहाँ
भयो र। घरमा त बस्नुपर्छ। तिमी बच्चाहरूको बुद्धि त्यहाँ घर परमधाममा रहनुपर्छ। जसरी
कोही फाँसीमा चढ्छ नि, तिमी अहिले रुहानी फाँसीमा चढेका छौ। मन भित्र छ– हामीलाई
उच्चभन्दा उच्च बाबा आएर उच्चभन्दा उच्च घर लैजानुहुन्छ। अब हामी घर जानुछ।
उच्चभन्दा उच्च बाबाले हामीलाई फेरि उच्चभन्दा उच्च पद प्राप्त गराउनुहुन्छ। रावण
राज्यमा सबै नीच छन्। त्यो उच्च यो नीच। उनीहरूलाई उच्चको विषयमा थाहा नै छैन।
उच्चहरूलाई पनि नीचको बारेमा थाहा हुँदैन। अहिले तिमीले बुझेका छौ– उच्चभन्दा उच्च
एक भगवानलाई नै भनिन्छ। बुद्धि माथि जान्छ। उहाँ हुनुहुन्छ नै परमधाम निवासी। यो
कसैले पनि बुझ्दैनन्, हामी आत्माहरू पनि त्यहाँका निवासी हौँ। यहाँ आउँछौँ केवल
पार्ट खेल्न। यो कसैको ख्यालमा हुँदैन। आफ्नै कामधन्दामा लागिरहेका हुन्छन्। अब बाबा
सम्झाउनुहुन्छ–यादको यात्रामा मस्त रहेपछि मात्र उच्चभन्दा उच्च बन्छौ। यादबाट नै
उच्च पद पाउनुछ। जुन ज्ञान तिमीलाई सिकाइन्छ, त्यो भुल्नुहुँदैन। साना बच्चाहरूले
पनि वर्णन गर्छन्। बाँकी योगको कुरालाई बच्चाहरूले बुझ्दैनन्। धेरै बच्चाहरू छन्
जसले यादको यात्राको विषयमा पूरा रीतिले जान्दैनन्। हामी कति उच्चभन्दा उच्च स्थानमा
जान्छौँ। मूलवतन, सूक्ष्मवतन, स्थूल वतन... ५ तत्त्व यहीँ छन्। सूक्ष्मवतन, मूलवतनमा
यी तत्त्व हुँदैनन्। यो ज्ञान बाबाले नै दिनुहुन्छ त्यसैले उहाँलाई ज्ञानको सागर
भनिन्छ। मानिसहरूले सम्झन्छन्– धेरै शास्त्र आदि पढ्नु नै ज्ञान हो। कति पैसा
कमाउँछन्। शास्त्र पढ्नेहरूलाई कति मान मिल्छ। तर अब तिमीले बुझेका छौ– यसमा त कुनै
उचाइ छैन। उच्चभन्दा उच्च त हुनुहुन्छ नै एक भगवान। उहाँद्वारा हामी उच्चभन्दा उच्च
स्वर्गमा राज्य गर्नेवाला बन्छौँ। स्वर्ग के हो, नर्क के हो? ८४ को चक्र कसरी घुम्छ?
यो तिमीहरू सिवाय यस सृष्टिमा अरू कसैले पनि जान्दैनन्, भनिदिन्छन्– यो सबै कल्पना
हो। यस्ताको लागि सम्झनुछ– यो हाम्रो कुलको होइन। निराश हुनुहुँदैन। बुझिन्छ– यिनको
पार्ट छैन, त्यसैले केही पनि बुझ्न सक्दैनन्। अहिले तिमी बच्चाहरूको शिर धेरै उच्च
छ। तिमी उच्च दुनियाँमा हुँदा नीच दुनियाँलाई जान्दैनौ। नीच दुनियाँवालाहरूले फेरि
उच्च दुनियाँलाई जान्दैनन्। त्यसलाई भनिन्छ नै स्वर्ग। बेलायतका मानिसहरू जान त
स्वर्गमा जाँदैनन् फेरि पनि नाम त लिन्छन्, भन्छन् स्वर्ग प्याराडाइज थियो।
मुसलमानहरूले पनि बहिश्त भन्छन्। तर उनीहरूलाई यो थाहा छैन– त्यहाँ कसरी जानुपर्छ।
अहिले तिमीलाई कति समझ मिलेको छ, उच्चभन्दा उच्च बाबाले कति ज्ञान दिनुहुन्छ। यो
ड्रामा कस्तो आश्चर्यजनक बनेको छ। जसले ड्रामाको रहस्यलाई जान्दैनन् उनीहरूले कल्पना
भनिदिन्छन्।
तिमी बच्चाहरूलाई थाहा
छ– यो त हो नै पतित दुनियाँ, त्यसैले चिच्याउँछन्– हे पतितपावन आएर हामीलाई पावन
बनाउनुहोस्! बाबा भन्नुहुन्छ– हर ५ हजार वर्षपछि इतिहास दोहोरिन्छ। पुरानो दुनियाँ
नै नयाँ बन्छ त्यसैले म आउनुपर्छ। कल्प कल्प आएर तिमी बच्चाहरूलाई उच्चभन्दा उच्च
बनाउँछु। पावनलाई उच्च र पतितलाई नीच भनिन्छ। यही दुनियाँ नयाँ पावन थियो, अहिले त
पतित छ। यी कुरा तिमीहरूमध्ये पनि नम्बरवार छन् जसले बुझ्छन्। जसको बुद्धिमा यी कुरा
हुन्छन् उनीहरू सदा खुसी रहन्छन्। बुद्धिमा छैन भने कसैले केही भन्यो, केही नोक्सान
भयो भने रिसाउँछन्। बाबा भन्नुहुन्छ– अब यस नीच दुनियाँको अन्त्य हुनेछ। यो हो
पुरानो दुनियाँ। मानिसहरू कति नीच बन्छन्। तर यो कसैले कहाँ जान्दछन् र– हामी नीच
छौँ। भक्तहरूले सदैव शिर झुकाउँछन्, नीचको अगाडि शिर कहाँ झुकाइन्छ र। पवित्रको
अगाडि शिर झुकाउनुपर्छ। सत्ययुगमा कहिल्यै यस्तो हुँदैन। भक्तहरूले नै यस्तो गर्छन्।
बाबाले त यस्तो भन्नुहुन्न– शिर झुकाएर हिँड। होइन, यो त पढाइ हो। ईश्वरीय विश्व
विद्यालयमा तिमीले पढिरहेका छौ। त्यसैले कति नसा हुनुपर्छ। यस्तो होइन, केवल विश्व
विद्यालयमा नसा हुन्छ, घरमा उत्रिन्छ। घरमा पनि नसा हुनुपर्छ। यहाँ त तिमी
बच्चाहरूलाई थाहा छ– शिवबाबाले हामीलाई पढाउनुहुन्छ। यिनीले त भन्छन्– म कहाँ ज्ञान
सागर हुँ र! यी बाबा पनि ज्ञानका सागर होइनन्। सागरबाट नदी निस्किन्छ नि। सागर त
एउटै हुन्छ, ब्रह्मपुत्र सबैभन्दा ठुलो नदी हो। त्यहाँ धेरै ठुला पानी जहाज आउँछन्।
नदीहरू त बाहिर पनि धेरै छन्। पतितपावनी गङ्गा यो कुरा केवल यहाँ नै भन्छन्। बाहिर
कुनै पनि नदीलाई यस्तो भन्दैनन्। पतितपावनी नदी हो भने फेरि गुरुको कुनै आवश्यकता
छैन। नदीहरूमा, तलाउमा कति भट्किन्छन्। कहीँ त तलाउ यस्ता गन्दा हुन्छन्, कुरै नगर।
त्यसको माटो उठाएर दल्छन्। अब बुद्धिमा आएको छ– यी सबै तल ओर्लने मार्ग हुन्। ती
मानिसहरू कति प्रेमले त्यहाँ जान्छन्। अहिले तिमीले जानेका छौ– यस ज्ञानबाट हाम्रा
आँखा नै खुले। तिम्रो ज्ञानको तेस्रो आँखा खुलेको छ। आत्मालाई तेस्रो नेत्र मिलेपछि
त्रिकालदर्शी भनिन्छ। तीनै कालको ज्ञान आत्मामा आउँछ। आत्मा त बिन्दु हो, त्यसमा
नेत्र कसरी हुन्छ। यी सबै बुझ्ने कुरा हुन्। ज्ञानको तेस्रो नेत्रबाट तिमी
त्रिकालदर्शी, त्रिलोकीनाथ बन्छौ। नास्तिकबाट आस्तिक बन्छौ। पहिला तिमीले रचयिता र
रचनाको आदि-मध्य-अन्त्यलाई जान्दैनथ्यौ। अहिले बाबाद्वारा रचनाको
आदि-मध्य-अन्त्यलाई जानेका हुनाले तिमीलाई वर्सा मिलिरहेको छ। यो ज्ञान हो नि।
इतिहास-भूगोल पनि हो, हिसाबकिताब पनि हो नि। ठीकै छ, कोही तीक्ष्ण बच्चा छन् भने
हिसाब गरुन्, हामीले कति जन्म लिन्छौँ, यस हिसाबले अरू धर्मवालाहरूका कति जन्म
हुन्छन्। तर बाबा भन्नुहुन्छ– यी सबै कुरामा धेरै मेहनत गर्ने आवश्यकता छैन। समय
व्यर्थमा जान्छ। यहाँ त सबै भुल्नुछ। यो कुरा सुनाउने आवश्यकता छैन। तिमीले त रचयिता
बाबाको पहिचान दिन्छौ, जसलाई कसैले जान्दैनन्। शिवबाबा भारतवर्षमा नै आउनुहुन्छ।
अवश्य केही गरेर जानुहुन्छ त्यसैले त जयन्ती मनाउँछन् नि। गान्धी अथवा कुनै साधु आदि
यहाँ आएर गएका हुन्, उनीहरूको हुलाक टिकट बनाइरहन्छन्। परिवार नियोजनको हुलाक टिकट
बनाउँछन्। अहिले तिमीलाई त नसा छ– हामी त पाण्डव सरकार हौँ। सर्वशक्तिमान् बाबाको
सरकार हो। तिम्रो यो राष्ट्रिय प्रतिक चिह्न हो। अरू कसैले यस राष्ट्रिय प्रतिक
चिह्नलाई चिन्दै चिन्दैनन्। तिमीले बुझेका छौ– विनाश काले प्रीत बुद्धि हाम्रो नै
हुन्छ। बाबालाई हामीले धेरै याद गर्छौं। बाबालाई याद गर्दागर्दै प्रेममा आँसु आउँछन्।
बाबा, हजुरले हामीलाई आधाकल्पको लागि सबै दु:खहरूबाट छुटाइदिनुहुन्छ। अरू कुनै गुरु
वा मित्र-सम्बन्धी आदिलाई कसैलाई पनि याद गर्ने आवश्यकता छैन। एक बाबालाई नै याद गर।
बिहानको टाइम धेरै राम्रो छ। बाबा हजुरको त कमाल छ। हर ५ हजार वर्षपछि हजुरले
हामीलाई जगाउनुहुन्छ। सबै मनुष्य मात्र कुम्भकर्णको आसुरी निद्रामा सुतेका छन्
अर्थात् अज्ञान अन्धकारमा छन्। अहिले तिमीले बुझेका छौ– भारतवर्षको प्राचीन योग त
यो हो, बाँकी जति पनि यति हठयोग आदि सिकाउँछन्, ती सबै हुन्– एक्सरसाइज, शरीरलाई
तन्दुरुस्त राख्नको लागि। अहिले तिम्रो बुद्धिमा सारा ज्ञान छ त्यसैले खुसी हुन्छ।
यहाँ आउँछौ र जान्दछौ– बाबाले रिफ्रेस गराउनुहुन्छ। कोही त यहाँ रिफ्रेस भएर बाहिर
निस्किन्छन्, त्यो नसा समाप्त हुन्छ। नम्बरवार त छन् नि। बाबा सम्झाउनुहुन्छ– यो हो
पतित दुनियाँ। बोलाउँछन् पनि– हे पतित-पावन आउनुहोस्! तर आफूलाई पतित कहाँ सम्झन्छन्
र, त्यसैले पाप धुन जान्छन्। तर शरीरलाई कहाँ पाप लाग्छ र। बाबा त आएर तिमीलाई पावन
बनाउनुहुन्छ र भन्नुहुन्छ– म एकलाई याद गरेमा तिम्रा विकर्म विनाश हुन्छन्। अहिले
तिमीलाई यो ज्ञान मिलेको छ। भारतवर्ष स्वर्ग थियो, अहिले नर्क छ। तिमी बच्चाहरू त
अहिले सङ्गममा छौ। कोही विकारमा गिरे भने फेल हुन्छन्, मानौँ नर्कमा गएर गिर्छन्। ५
तलाबाट गिर्छन्, फेरि १०० गुणा सजाय खानुपर्छ। त्यसैले बाबा सम्झाउनुहुन्छ–
भारतवर्ष कति उच्च थियो, अब कति नीच छ। अब तिमी कति समझदार बन्छौ। मानिसहरू त कति
बेसमझ छन्। बाबाले तिमीलाई यहाँ कति नसा चढाउनुहुन्छ, फेरि बाहिर निस्किए पछि नसा
कम हुन्छ, खुसी उड्छ। विद्यार्थीले कुनै ठुलो परीक्षा पास गरे भने कहिल्यै नसा कम
हुन्छ र? पढेर पास हुन्छन् फेरि के के बन्छन्। अहिले हेर दुनियाँको के हाल छ।
तिमीलाई उच्चभन्दा उच्च बाबा आएर पढाउनुहुन्छ। उहाँ हुनुहुन्छ निराकार। तिमी
आत्माहरू पनि निराकार हौ। यहाँ पार्ट खेल्न आएका छौ। यो ड्रामाको रहस्य बाबाले नै
आएर सम्झाउनुहुन्छ। यस सृष्टिचक्रलाई ड्रामा पनि भनिन्छ। त्यो नाटकमा त कोही बिरामी
भए भने निस्किन्छन्। यो हो बेहदको नाटक। यथार्थ रीतिले तिमी बच्चाहरूको बुद्धिमा छ,
तिमीलाई थाहा छ– हामी यहाँ पार्ट खेल्नको लागि आउँछौँ। हामी बेहदका कलाकारहरू हौँ।
यहाँ शरीर लिएर पार्ट खेल्छौँ, बाबा आउनुभएको छ– यी सबै कुरा बुद्धिमा हुनुपर्छ।
बेहदको ड्रामा त कति बुद्धिमा हुनुपर्छ। बेहद विश्वको बादसाही मिल्छ भने त्यसको लागि
पुरुषार्थ पनि त्यस्तै राम्रो गर्नुपर्छ नि। गृहस्थ व्यवहारमा पनि बस तर पवित्र बन।
बेलायतमा यस्ता धेरै हुन्छन् वृद्ध भएपछि फेरि साथको लागि (कम्पेनियनसिप) विवाह
गर्छन्... सम्हाल्नको लागि फेरि सम्पत्ति वकस दिन्छन्। केही उनीहरूलाई, केही दानमा।
विकारको कुरा हुँदैन। आशिक-माशुक पनि विकारको लागि फिदा हुँदैनन्। केवल देहको प्यार
हुन्छ। तिमी हौ रुहानी आशिक, एक माशुक लाई याद गर्छौ। सबै आशिकहरूको एक माशुक बाबा
हुनुहुन्छ। सबैले एकलाई नै याद गर्छन्। उहाँ कति शोभायमान हुनुहुन्छ। आत्मा गोरो छ
नि। उहाँ हुनुहुन्छ सदा गोरो। तिमीहरू त काला बनेका छौ, तिमीहरूलाई उहाँले कालाबाट
गोरा बनाउनुहुन्छ। यो कुरा तिमीहरूलाई थाहा छ– बाबाले हामीलाई गोरा बनाउनुहुन्छ। यहाँ
धेरै छन् जसलाई थाहा छैन कुन कुन विचारमा बसिरहेका हुन्छन्। स्कुलमा यस्तो हुन्छ–
बस्दाबस्दै कतै बुद्धि सिनेमातिर, साथीहरूतिर जान्छ। सतसङ्गमा पनि यस्तो हुन्छ। यहाँ
पनि यस्तै छ, बुद्धिमा बसेन भने नसा नै चढ्दैन, धारणा नै हुँदैन– जसले गर्दा अरूलाई
धारणा गराउन सक्दैनन्। धेरै बच्चीहरू आउँछन्, जसको मन हुन्छ– सेवामा कतै लागौँ तर
साना साना बच्चाहरू हुन्छन्। बाबा भन्नुहुन्छ– बच्चाहरूलाई सम्हाल्नको लागि कुनै
धाईआमा राखिदेऊ। यिनीहरूले त धेरैको कल्याण गर्छन्। होसियार छन् भने किन रुहानी
सेवामा नलाग्ने। ५-६ बच्चाहरूलाई सम्हाल्नको लागि कुनै धाईआमालाई राखिदेऊ। अब यी
माताहरूको पालो हो नि। धेरै नसा हुनुपर्छ। पछि यस्तो हुनेछ, पुरुषहरूले देख्नेछन्–
हाम्री स्त्रीले त संन्यासीहरूलाई पनि जितिन्। यी माताहरूले लौकिक, पारलौकिकको नाम
प्रसिद्ध गरेर देखाउँछन्। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) तिमीले बुद्धिबाट सबै कुरा भुल्नुछ। जुन कुरामा समय व्यर्थमा जान्छ, त्यो कुरा
सुन्ने, सुनाउने आवश्यकता छैन।
२) पढाइको समयमा
बुद्धियोग एक बाबासँग लागिरहोस्, कतै पनि बुद्धि भट्किनुहुँदैन। निराकार बाबाले
हामीलाई पढाइरहनुभएको छ, यस नसामा रहनुछ।
वरदान:–
आफ्नो महानता
र महिमालाई जान्ने सबै आत्माहरूमा श्रेष्ठ विश्वद्वारा पूजनीय भव
हरेक ब्राह्मण बच्चा
वर्तमान समयमा विश्वका सबै आत्माहरूमा श्रेष्ठ छन् र भविष्यमा विश्वद्वारा पूजनीय
छन्। नम्बरवार हुँदा पनि लास्ट नम्बरको मालाको दाना पनि विश्वको अगाडि महान छ।
आजसम्म भक्त आत्माहरूले लास्ट नम्बरको मालाको दानालाई पनि आँखामा राख्छन् किनकि सबै
बच्चाहरू बापदादाका नयनका तारा हुन्, नूरे रत्न हुन्। जसले एकपटक पनि मनले, सच्चा
दिलले आफूलाई बाबाको बच्चा निश्चय गर्छ, डाइरेक्ट बाबाको बच्चा बन्छ उसलाई महान वा
पूजनीय बन्ने चिट्ठा वा वरदान मिलि नै हाल्छ।
स्लोगन:–
स्थिति सदा
खजानाले सम्पन्न र सन्तुष्ट भएमा परिस्थितिहरू परिवर्तन हुन्छन्।
अव्यक्त इसारा:–
अशरीरी वा विदेही स्थितिको अभ्यास बढाऊ
बापदादाले अचानक
निर्देशन दिनुभयो– यस शरीररूपी घरलाई छोड, देह अभिमानको स्थितिलाई छोडेर देहीअभिमानी
बन, यस दुनियाँबाट पर आफ्नो स्वीट होममा जाऊ भने जान सक्छौ? युद्ध स्थलमा युद्ध
गर्दागर्दै समय त बिताउँदैनौ! अशरीरी बन्ने युद्ध गर्नमा नै समय लाग्यो भने अन्तिम
पेपरमा मार्क्स वा डिभिजन कुनचाहिँ आउँछ!