15.04.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिम्रो
स्वधर्म शान्त ि हो , सच ्चा शान्ति शान्तिधाममा मिल्न सक्छ , यो कुरा सबैलाई सुनाउ
नुछ , स्वधर्ममा रह नुछ ।”
प्रश्न:–
कुन ज्ञान एक
बाबासँग छ जुन अहिले तिमीले मात्रै पढ्छौ?
उत्तर:–
पाप र पुण्यको
ज्ञान। मानिसहरूले बाबालाई गाली गर्न थालेपछि पाप आत्मा बन्छन् र बाबालाई र
ड्रामालाई जानेपछि पुण्य आत्मा बन्छन्। यो पढाइ तिमी बच्चाहरूले अहिले मात्रै पढ्छौ।
तिमीलाई थाहा छ सबैलाई सद्गति दिने एउटा बाबा मात्रै हुनुहुन्छ। मानिसले, मानिसलाई
सद्गति अर्थात् मुक्ति-जीवनमुक्ति दिन सक्दैन।
गीत:–
इस पाप की
दुनिया से...
ओम् शान्ति ।
बाबा बसेर
बच्चाहरूलाई सम्झाउनुहुन्छ– यो हो पाप आत्माहरूको दुनियाँ वा भारतवर्षमा नै पुण्य
आत्माहरूको दुनियाँ थियो भनिन्छ, जहाँ देवीदेवताहरूको राज्य थियो। यो भारतवर्ष
सुखधाम थियो र अरू कुनै खण्ड थिएनन्, एउटै भारतवर्ष थियो। चैन अथवा सुख त्यस
सत्ययुगमा थियो जसलाई स्वर्ग भनिन्छ। यो हो नर्क। भारतवर्ष नै स्वर्ग थियो, अहिले
नर्क बनेको छ। नर्कमा चैन अथवा सुखशान्ति कहाँबाट आउँछ! कलियुगलाई नर्क भनिन्छ।
कलियुग अन्त्यलाई अझै रौरव नर्क भनिन्छ। दुःखधाम भनिन्छ। यी लक्ष्मीनारायणको राज्य
हुँदा भारतवर्ष सुखधाम थियो। यहाँका मानिसहरूको गृहस्थधर्म पवित्र थियो। पवित्रता
पनि थियो, सुखशान्ति पनि थियो, सम्पत्ति पनि धेरै थियो। अब त्यही भारतवर्ष पतित
बनेको छ, सबै विकारी बनेका छन्। यो हो दुःखधाम। भारतवर्ष सुखधाम थियो। जहाँ हामी
आत्माहरू निवास गर्छौं– त्यो हो शान्तिधाम। शान्ति त्यहाँ शान्तिधाममा नै मिल्न
सक्छ। आत्मा त्यहाँ मात्रै शान्त हुन सक्छ, जसलाई स्विट होम निराकारी दुनियाँ
भनिन्छ। त्यो हो आत्माहरूको घर। त्यहाँ रहँदा आत्मा शान्तिमा हुन्छ। बाँकी शान्ति
कुनै जङ्गल आदिमा गएर मिल्दैन। शान्तिधाम त त्यही हो। सत्ययुगमा सुख पनि हुन्छ,
शान्ति पनि हुन्छ। यहाँ दुःखधाममा शान्ति हुन सक्दैन। शान्तिधाममा शान्ति मिल्न
सक्छ। सुखधाममा पनि कर्म हुन्छ, शरीरबाट पार्ट खेल्नुपर्ने हुन्छ। यस दुःखधाममा एक
जना मानिस पनि छैन, जसलाई सुखशान्ति छ। यो हो भ्रष्टाचारी पतित दुनियाँ, त्यसैले त
पतितपावनलाई बोलाउँछन्। तर उहाँ बाबालाई कसैले नचिनेका हुनाले अनाथ बनेका छन्। अनाथ
भएकाले आपसमा लडाइँ झगडा गर्छन्। कति दुःख अशान्ति, मारामार छ। यो हो नै रावणराज्य।
त्यसैले रामराज्य माग्छन्। रावण राज्यमा न सुख छ, न शान्ति छ। रामराज्यमा सुखशान्ति
दुवै थियो। आपसमा कहिल्यै लडाइँ झगडा गर्दैनथे, त्यहाँ ५ विकार हुँदैहुँदैनन्। यहाँ
५ विकार छन्। पहिलो मुख्य हो देह अभिमान। फेरि काम, क्रोध। भारतवर्ष स्वर्ग हुँदा
यी विकार थिएनन्। त्यहाँ सबै देहीअभिमानी थिए। अब सबै मानिस देह अभिमानी छन्।
देवताहरू थिए देहीअभिमानी। देह अभिमान भएका मानिसले कहिल्यै कसैलाई सुख दिन सक्दैनन्,
एकअर्कालाई दुःख नै दिन्छन्। यस्तो नसम्झ– कोही लखपति, करोडपति, पदमपति रहेछन् भने
सुखी हुन्छन्। होइन, यो त सबै हो मायाको पम्प। मायाको राज्य हो। अहिले त्यसको
विनाशको लागि यो महाभारत लडाइँ सामुन्ने उभिएको छ। यसपछि फेरि स्वर्गका द्वार
खुल्नेछन्। आधाकल्पपछि फेरि नर्कका द्वार खुल्नेछन्। यी कुराहरू कुनै शास्त्रमा
छैनन्। सबैले भन्छन्– हामीले भक्ति गरेपछि मात्र भगवान मिल्नुहुन्छ। बाबा
भन्नुहुन्छ–भक्ति गर्दागर्दै बिल्कुलै तल आउँछौ, अनि स्वर्गको स्थापना गर्न अर्थात्
विश्वलाई स्वर्ग बनाउन म आउनुपर्छ। विश्व जुन स्वर्ग थियो, त्यो नर्क कसरी बन्यो?
रावणले बनायो। गीताका भगवानबाट तिमीलाई राज्य मिल्यो, २१ जन्म स्वर्गमा राज्य गर्छौ।
फेरि भारतवर्षमा द्वापरबाट कलियुगमा आयो अर्थात् गिर्दोकला भयो त्यसैले सबैले
पुकारिरहन्छन्– हे पतितपावन आउनुहोस्! पतित मानिसलाई पतित दुनियाँमा सुख-शान्ति
मिल्नै सक्दैन। कति दुःख गर्छन्। आजै पैसा चोरी भयो, आजै दिवालिया भयो, आजै रोगी भयो।
दुःखै दुःख छ नि। अहिले तिमीले सुखशान्तिको वर्सा पाउनको लागि पुरुषार्थ गरिरहेका
छौ, बाबाबाट स्वर्गको वर्सा लिनको लागि पुरुषार्थ गरिरहेका छौ। सदा सुखी बनाउने एउटा
बाबा मात्रै हुनुहुन्छ। सदा दुःखी रावणले बनाउँछ। यी कुराहरू कसैले जान्दैनन्।
सत्ययुगमा दुःखका कुरा हुँदैनन्। त्यहाँ कहिल्यै रुनुपर्दैन। सदैव सुखै सुख हुन्छ।
त्यहाँ देह अभिमान अथवा काम, क्रोध आदि हुँदैनन्। ५ विकारहरूको दान नदिँदासम्म
दुःखको ग्रहण छुट्न सक्दैन। भन्छन् नि दे दान तो छूटे ग्रहण। यस समयमा सारा
संसारलाई ५ विकारहरूको ग्रहण लागेको छ। यी ५ विकारको दान नदिएसम्म १६ कला सम्पूर्ण
देवता बन्न सक्दैनौ। बाबा सबैका सद्गतिदाता हुनुहुन्छ। भन्छन् गुरु बिना सद्गति
हुँदैन। तर गतिको अर्थ पनि जान्दैनन्। मनुष्यको गति सद्गति अर्थात् मुक्ति
जीवनमुक्ति। त्यो मुक्ति जीवनमुक्ति त बाबाले मात्रै दिन सक्नुहन्छ। यस समयमा सर्बको
सद्गति हुनुछ।
दिल्लीलाई भन्छन् नयाँ
दिल्ली, पुरानो दिल्ली। तर त्यो त अब नयाँ छैन। नयाँ दुनियाँमा नयाँ दिल्ली हुन्छ।
पुरानो दुनियाँमा पुरानो दिल्ली हुन्छ। अवश्य जमुनाको किनार थियो, दिल्ली परिस्तान
थियो। सत्ययुग थियो नि। देवीदेवताहरूले राज्य गर्थे। अहिले त पुरानो दुनियाँमा
पुरानो दिल्ली छ। नयाँ दुनियाँमा त यी लक्ष्मीनारायणको राज्य थियो। सबैले यो भुलेका
छन्। नयाँ भारत, नयाँ दिल्ली थियो त्यतिबेला उनीहरूकै राज्य थियो र अरू कुनै खण्ड
नै थिएन। यो कसैले पनि जान्दैनन्। सरकारले यो पढाउँदैन। जान्दछन्– यो त अधुरो
इतिहास हो। जहिलेदेखि इस्लामी, बौद्ध आए। लक्ष्मी-नारायणको राज्यको विषयमा कसैलाई
थाहा छैन। सारा सृष्टिको चक्र कसरी घुम्छ, यो कुरा बाबाले नै बसेर सम्झाउनुहुन्छ।
भारतवर्ष स्वर्ग हुँदा सत्ययुग थियो। अब त्यही भारतवर्ष हेर के बनेको छ। फेरि
विश्वलाई हीरासमान कसले बनाउँछ? बाबा भन्नुहुन्छ– तिमी धेरै पाप आत्मा बनेपछि मात्र
म आउँछु पुण्य आत्मा बनाउन। ड्रामा यस्तै बनेको छ, जसलाई कसैले पनि जान्दैनन्। यो
ज्ञान बाबाबाहेक अरू कसैले दिन सक्दैन। ज्ञानको सागर बाबा नै हुनुहुन्छ, उहाँ आएर
पढाउनुहुन्छ। मनुष्यले मनुष्यलाई कहिल्यै सद्गति दिन सक्दैनन्। देवीदेवता हुँदा
सबैले एकअर्कालाई सुख दिन्थे। कोही पनि बिमारी, रोगी हुँदैनथे। यहाँ त सबै रोगी छन्।
अब बाबा आउनुभएको छ फेरि स्वर्ग बनाउन। बाबाले स्वर्ग बनाउनुहुन्छ, रावणले नर्क
बनाउँछ। यो खेल हो जसलाई कसैले पनि जान्दैनन्। शास्त्रहरूको ज्ञान दर्शनशास्त्र हो,
भक्तिमार्ग हो। त्यो कुनै सद्गतिमार्ग होइन। यो कुनै शास्त्रको दर्शनशास्त्र होइन।
बाबाले कुनै शास्त्र सुनाउनुहुन्न। यहाँ आध्यात्मिक ज्ञान छ। बाबालाई आध्यात्मिक
पिता भनिन्छ। उहाँ आत्माहरूका पिता हुनुहुन्छ। बाबा भन्नुहुन्छ– म मनुष्य सृष्टिको
बीजरूप हुँ त्यसैले ज्ञानको सागर हुँ। यस मनुष्य सृष्टिरूपी वृक्षको अवधि कति हो,
कसरी वृद्धि हुन्छ, फेरि कसरी भक्तिमार्ग सुरु हुन्छ, यो कुरा मैले जान्दछु। तिमी
बच्चाहरूलाई यो ज्ञान दिएर स्वर्गको मालिक बनाउँछु, फेरि तिमी मालिक बन्छौ। यो
ज्ञान तिमीलाई एकैपटक मात्र मिल्छ, फेरि हराएर जान्छ, फेरि सत्ययुग-त्रेतामा यस
ज्ञानको आवश्यकता नै हुँदैन। यो ज्ञान केवल तिमी ब्राह्मणहरूमा छ। देवताहरूमा यो
ज्ञान हुँदैन। त्यसैले परम्पराबाट यो ज्ञान आउन सक्दैन। यो केवल तिमी बच्चाहरूलाई
एकैपटक मात्र मिल्छ, जसबाट तिमी जीवनमुक्त बन्छौ। बाबाबाट वर्सा पाउँछौ। तिमीकहाँ
धेरै आउँछन्, भन्छन्– मनको शान्ति कसरी मिल्छ? तर यसरी भन्नु भुल हो। मन-बुद्धि
आत्माका इन्द्रियहरू हुन्, शरीरका इन्द्रियहरूजस्तै हुन्। बाबा नै आएर आत्मालाई
पत्थरबुद्धिबाट पारसबुद्धि बनाउनुहुन्छ– जुन सत्ययुग-त्रेतासम्म चल्छ। फेरि
पत्थरबुद्धि बन्छौ। अहिले फेरि तिमी पत्थरबुद्धिबाट पारसबुद्धि बन्छौ। जुन तिम्रो
पारसबुद्धि थियो त्यसमा खाद मिसिँदै गयो। अब फेरि पारसबुद्धि कसरी हुने? बाबा
भन्नुहुन्छ– हे आत्माहरू हो, मलाई याद गर! यादको यात्राबाट तिमी पवित्र बन्छौ र मकहाँ
आउँछौ। बाँकी जसले भन्छन्– मनको शान्ति कसरी मिल्छ? उनीहरूलाई बताऊ– यहाँ शान्ति
कसरी हुनसक्छ? यो दुःखधाम नै हो किनकि यहाँ विकारहरू प्रवेश भएका छन्। यो वर्सा त
बेहदका बाबाबाट नै मिल्न सक्छ। फेरि रावणको साथ मिल्दा पतित बन्छौ फेरि बाबाद्वारा
पावन बन्न सेकेन्ड लाग्छ। अहिले तिमी आएका छौ बाबाबाट जीवनमुक्तिको वर्सा लिन।
बाबाले जीवनमुक्तिको वर्सा दिनुहुन्छ र रावणले जीवनबन्धको श्राप दिन्छ त्यसैले दुःखै
दुःख छ। ड्रामालाई पनि जान्नुछ। दुःखधाममा कसैलाई सुखशान्ति मिल्न सक्दैन। शान्ति त
हामी आत्माहरूको स्वधर्म हो, शान्तिधाम आत्माको घर हो। आत्माले भन्छ– हाम्रो
स्वधर्म शान्ति हो। यो (शरीर) बाजा बजाउँदिन, बसिदिन्छु। तर कहाँसम्म बसिरहने? कर्म
त गर्नैपर्छ नि। मनुष्यले ड्रामालाई नबुझ्दासम्म दुःखी नै रहन्छन्। बाबा भन्नुहुन्छ–
म नै गरिब निवाज हुँ। यहाँ गरिब नै आउँछन्। धनवानहरूको लागि त यहीँ स्वर्ग छ।
उनीहरूको भाग्यमा स्वर्गको सुख हुँदैन। बाबा भन्नुहुन्छ– म गरिब निवाज हुँ।
धनवानहरूलाई गरिब र गरिबहरूलाई धनवान बनाउँछु। धनवानले त्यति उच्च पद पाउन सक्दैनन्
किनकि यहाँ धनवानहरूलाई नसा छ। हो, प्रजामा आउँछन्। स्वर्गमा त अवश्य आउँछन्। तर
उच्च पद गरिबले पाउँछन्। गरिब धनवान बन्छन्। उनीहरूलाई देह अभिमान छ नि– हामी धनवान
छौँ। तर बाबा भन्नुहुन्छ– यो धनमाल सबै माटोमा मिल्नेछ। विनाश हुनेछ, देहीअभिमानी
बन्नमा धेरै मेहनत छ। यस समयमा सबै देह अभिमानी छन्। अब तिमी देहीअभिमानी बन्नुछ।
आत्माले भन्छ– हामीले ८४ जन्म पूरा गरेका छौँ। नाटक पूरा भयो, अब फर्केर जानुछ।
अहिले कलियुगको अन्त्य, सत्ययुगको आदिको सङ्गम हो। बाबा भन्नुहुन्छ– हर ५ हजार
वर्षपछि म आउँछु, विश्वलाई फेरि हीरासमान बनाउन। यो इतिहास भूगोल बाबाले नै बताउन
सक्नुहुन्छ। अच्छा।
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको यादप्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) बाबाबाट जीवनमुक्तिको वर्सा लिनको लागि पावन अवश्य बन्नुछ। ड्रामाको ज्ञानलाई
बुद्धिमा राखेर दुःखधाममा रहँदा पनि दुःखबाट मुक्त हुनुछ।
२) धनमाल वा धन
सम्पत्तिको नसा छोडेर देहीअभिमानी रहने पुरुषार्थ गर्नुछ।
वरदान:–
विकारहरूको
वंशको अंशलाई पनि समाप्त गर्ने सर्व समर्पण वा ट्रस्टी भव
आवश्यक परेको समय (आइबेल)
को लागि पुराना संस्कारहरूको सम्पत्ति किनारा गरेर राखिदिन्छन्, अनि मायाले कुनै न
कुनै तरिकाले समात्छ। पुरानो रजिस्टरको सानो टुक्राबाट पनि समातिन्छौ, माया धेरै
तीक्ष्ण छ, उसको क्याचिङ पावर कुनै कम छैन त्यसैले विकारहरूको वंशको अंशलाई पनि
समाप्त गर। अलिकति पनि कुनै कुनामा पुरानो खजानाको निसानी नहोस्– यसलाई भनिन्छ सर्व
समर्पण, ट्रस्टी वा यज्ञको स्नेही सहयोगी।
स्लोगन:–
कसैको
विशेषताको कारण उसँग विशेष स्नेह हुनु– यो पनि लगाव हो।
अव्यक्त इसारा:– महान्
बन्नको लागि मधुरता र नम्रताको गुण धारण गर
मधुरता नै महानता हो,
यसबाट मन र मुखको तिक्तता समाप्त हुन्छ। क्रोध अग्नि शीतल हुन्छ। बापदादा आफ्ना
हरेक बच्चालाई शीतल देवता बनाउन चाहनुहुन्छ त्यसैले मधुरताको गुणलाई धारण गर। तिम्रो
मुहार पनि मीठो होस्। मधुरताको गुणले भरपुर बन, जति पनि सम्पर्कमा आउँछन् उनलाई
मधुर बोली वा शक्तिशाली दृष्टिले भरपुर पारिदेऊ।