15.05.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– यो
दुनियाँ कब्रिस्तान बन्दै छ त्यसैले यससँग दिल नलगाऊ , परिस्तानलाई याद गर।”
प्रश्न:–
तिमी गरिब
बच्चाहरूजस्तो सौभाग्यशाली दुनियाँमा अरू कोही पनि छैन, किन?
उत्तर:–
किनकि तिमी
गरिब बच्चाहरू नै डाइरेक्ट उहाँ बाबाका बनेका छौ जसबाट सद्गतिको वर्सा मिल्छ। गरिब
बच्चाहरूले नै पढ्छन्। धनवानले थोरै पढे भने पनि उनीहरूलाई मुस्किलले बाबाको याद
हुन्छ। तिमीलाई त अन्त्यमा बाबाबाहेक अरू केही पनि याद आउँदैन त्यसैले तिमी सबैभन्दा
सौभाग्यशाली हौ।
गीत:–
दिल का सहारा
टूट न जाये...
ओम् शान्ति ।
बच्चाहरूप्रति
बाबाले सम्झाइरहनुभएको छ र बच्चाहरूले बुझिरहेका छन्– अवश्य यो दुनियाँ अब
कब्रिस्तान (मसानघाट) बन्दैछ। पहिला यो दुनियाँ परिस्तान (स्वर्ग) थियो, अहिले
पुरानो भएको छ त्यसैले यसलाई कब्रिस्तान भनिन्छ। सबै कब्रमा जानुछ। पुरानो चीज
कब्रमा जान्छ अर्थात् माटोमा मिल्छ। यो पनि केवल तिमी बच्चाहरूलाई मात्रै थाहा छ–
दुनियाँलाई थाहा छैन। केही बेलायतका मानिसहरूलाई थाहा हुन्छ– अब कब्रमा जाने समय
देखिन थालेको छ। तिमी बच्चाहरूलाई पनि थाहा छ– परिस्तान स्थापन गर्ने हाम्रा बाबा
फेरि आउनुभएको छ। बच्चाहरूले यो पनि बुझेका छौ– यस कब्रिस्तानसँग दिल लगायौँ भने
घाटा हुन्छ। अहिले तिमीले बेहदका बाबाबाट बेहद सुखको वर्सा लिइरहेका छौ, त्यो पनि
कल्प पहिला अनुसार। यो कुरा तिमी बच्चाहरूको बुद्धिमा हर कदममा रहनुपर्छ, यही
मनमनाभव हो। बाबाको यादमा रहेमा नै परिस्तानी बन्छौ। भारतवर्ष परिस्तान थियो अरू
कुनै खण्ड परिस्तान बन्दैन। यो हो माया रावणको तडकभडक। यो थोरै समय चल्छ। यो हो झुटो
सो। झुठी माया, झुठी काया हो नि। यो अन्त्यको आडम्बर हो। यसलाई देखेर मानिसले
सम्झन्छन्– स्वर्ग त अहिले छ, पहिला नर्क थियो। ठुला ठुला भवन बनाइरहन्छन्। यो १००
वर्षको सो हो। टेलिफोन, बिजुली, हवाइजहाज आदि यी सबै १०० वर्षभित्र बनेका हुन्। यसको
कति सो छ त्यसैले सम्झन्छन्– स्वर्ग त अहिले यहीँ छ। पुरानो दिल्ली के थियो? अहिले
नयाँ दिल्ली कति राम्रो बनेको छ। नाम नै राखेका छन्– न्यु दिल्ली। गान्धीले चाहन्थे–
नयाँ दुनियाँ रामराज्य होस्, परिस्तान होस्। यो त अस्थायी तडकभडक हो। कति ठुला ठुला
भवन, फोहरा आदि बनाउँछन्, यसलाई अल्पकालको लागि बनावटी स्वर्ग भनिन्छ। तिमीलाई थाहा
छ– यसको नाम कुनै स्वर्ग होइन। यसको नाम नर्क हो। नर्कको पनि एउटा सो छ। यो हो
अल्पकालको सो। यो अब जसरी पनि समाप्त हुन्छ।
अब बाबा बच्चाहरूलाई
भन्नुहुन्छ– एक त शान्तिधामलाई याद गर। सबै मनुष्य मात्रले शान्ति खोजिरहन्छन्,
कहाँबाट शान्ति मिल्छ? अब यो प्रश्न त सारा दुनियाँको हो, दुनियाँमा शान्ति कसरी
हुन्छ? मानिसहरूलाई यो थाहा छैन– वास्तवमा हामी सबै शान्तिधामका निवासी हौँ। हामी
आत्माहरू शान्तिधाममा शान्त रहन्छौँ फेरि यहाँ आउँछौँ पार्ट खेल्न। त्यो पनि तिमी
बच्चाहरूलाई थाहा छ। अहिले तिमीले पुरुषार्थ गरिरहेका छौ शान्तिधाम हुँदै सुखधाम
जान। हरेकको बुद्धिमा छ– हामी आत्माहरू अहिले आफ्नो घर शान्तिधाम जान्छौँ। यहाँ त
शान्तिको कुरा हुन सक्दैन। यो हो नै दुःखधाम। सत्ययुग पावन दुनियाँ हो र कलियुग हो
पतित दुनियाँ। तिमी बच्चाहरूलाई अहिले यी कुराको समझ आएको छ। दुनियाँका मानिसहरूले
त केही पनि जान्दैनन्। तिम्रो बुद्धिमा आएको छ– बेहदका बाबाले हामीलाई सृष्टि चक्रको
आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनुहुन्छ। फेरि कसरी धर्मस्थापक आएर धर्म स्थापन
गर्छन्। अब सृष्टिमा कति अथाह मानिसहरू छन्। भारतवर्षमा पनि धेरै छन्, भारतवर्ष
स्वर्ग हुँदा धेरै धनवान थिए अरू कुनै धर्म थिएन। तिमी बच्चाहरूलाई दिनहुँ रिफ्रेस
गराइन्छ। बाबा र वर्सालाई याद गर। भक्तिमार्गमा पनि यो चल्दै आएको छ। परमात्मालाई
याद गर भनेर सदैव औँलाले देखाउँछन्। परमात्मा अथवा अल्लाह त्यहाँ परमधाममा
हुनुहुन्छ। तर केवल यत्तिकै याद गरेमा कहाँ केही हुन्छ र! उनीहरूलाई यो पनि थाहा
छैन– यादले के फाइदा हुन्छ! उहाँसँग हाम्रो के सम्बन्ध छ? यो कुरा जान्दै जान्दैनन्।
दुःखको समयमा पुकार्छन्– हे राम... यसरी आत्माले याद गर्छ। तर उनीहरूलाई यो थाहा
छैन– सुखशान्ति केलाई भनिन्छ। तिम्रो बुद्धिमा आउँछ– हामी सबै एक बाबाका सन्तान हौँ
भने फेरि दुःख किन हुनुपर्छ? बेहदका बाबाबाट सदा सुखको वर्सा मिल्नुपर्छ। यो पनि
चित्रमा स्पष्ट छ। भगवान् हुनुहुन्छ नै स्वर्गको स्थापना गर्ने, हेभिनली गड फादर।
उहाँ आउनुहुन्छ पनि यहाँ नै। तर यो कसैले बुझ्दैनन्। देवीदेवता धर्मको स्थापना
अवश्य सङ्गममा नै हुन्छ, सत्ययुगमा कसरी हुन्छ! तर यी कुरा अर्को धर्मका मानिसहरूले
जान्दैनन्। यो त बाबा नै नलेजफुल हुनुहुन्छ, बाबाले सम्झाउनुहुन्छ– आदि सनातन
देवीदेवता धर्म कसरी स्थापन भयो। सत्ययुगको अवधि लाखौँ वर्ष भनेर धेरै टाढा
लगिदिन्छन्। तिमी बच्चाहरूले चित्रहरूमा नै सम्झाउनुछ। भारतवर्षमा यी
लक्ष्मीनारायणको राज्य थियो। उनीहरूले कसरी, कहिले यो राज्य पाए, यो कुरा कसैले
जान्दैनन्। केवल भन्छन्– यी सत्ययुगका मालिक थिए। उनीहरूको अगाडि गएर भिख मागे भने
अल्पकालको लागि केही न केही मिल्छ। कसैले दानपुण्य गर्छन्, उनीहरूलाई पनि अल्पकालको
लागि फल मिल्छ। गरिब पञ्चायतको मुखियालाई पनि त्यति नै खुसी हुन्छ, जति धनवान
मुखियालाई हुन्छ। गरिबले पनि आफूलाई सुखी सम्झन्छन्। मुम्बईमा हेर, गरिब मानिसहरू
कस्ता कस्ता स्थानमा बस्छन्। तिमी बच्चाहरूले अहिले बुझेका छौ, हुन त करोडपति छन्
तर कति दुःखी छन्।
अहिले तिमीले भन्छौ–
हामीजस्तो सौभाग्यशाली अरू कोही छैन। हामी डाइरेक्ट उहाँ बाबाका बनेका छौँ, जसबाट
सद्गतिको वर्सा मिल्छ। ठुला ठुला मानिसहरूले कहिल्यै पनि उच्च पद पाउन सक्दैनन्। जो
गरिब छन्, उनीहरू धनवान बन्छन्। पढ्छौ तिमीले, उनीहरू त अनपढ छन्। यदि कम पढे भने
पनि बाबाको यादमा रहन सक्दैनन्। अन्त्यमा तिमीलाई बाबाबाहेक अरू केही पनि याद
आउनुहुँदैन। तिमीलाई थाहा छ– यो सबै कब्रिस्तान हुनुछ। बुद्धिमा हुनुपर्छ–जुन हामीले
कामधन्दा आदि गर्छौं, यो केही समयको लागि हो। धनवान मानिसहरूले धर्मशाला आदि
बनाउँछन्। उनीहरूले कुनै कामधन्दाको लागि बनाउँदैनन्। जहाँ तीर्थ छ त्यहाँ धर्मशाला
भएन भने कहाँ बस्ने, त्यसैले धनवान मानिसहरूले धर्मशाला बनाउँछन्। यस्तो होइन–
व्यापारीहरू आएर व्यापार गर्छन्। धर्मशाला तीर्थ स्थानहरूमा बनाइन्छ। अब तिम्रो
सेवाकेन्द्र ठुलोभन्दा ठुलो तीर्थ हो। जहाँ जहाँ तिम्रा सेवाकेन्द्रहरू छन् ती
ठुलाभन्दा ठुला तीर्थ हुन्, जहाँबाट मानिसलाई सुखशान्ति मिल्छ। तिम्रो यो गीता
पाठशाला ठुलो छ। यो आम्दानीको श्रोत हो, यसबाट तिम्रो धेरै आम्दानी हुन्छ। तिमी
बच्चाहरूको लागि यो पनि धर्मशाला हो। ठुलोभन्दा ठुलो तीर्थ हो। तिमीले बेहदका
बाबाबाट बेहदको वर्सा लिन्छौ। यस्तो ठुलोभन्दा ठुलो तीर्थ कुनै हुँदैन। ती
तीर्थहरूमा जाँदा त तिमीलाई केही पनि मिल्दैन। यो पनि तिमीले बुझेका छौ। भक्तहरूले
धेरै प्रेमले मन्दिर आदिमा चरणामृत पिउँछन्। सम्झन्छन्– त्यसबाट हाम्रो हृदय पवित्र
हुन्छ। तर त्यो त पानी हो। यहाँ त बाबा भन्नुहुन्छ– मलाई याद गरेमा वर्सा मिल्छ।
अहिले बेहदका बाबाबाट तिमीलाई अविनाशी ज्ञान रत्नहरूको खजाना मिल्छ। धेरैजसो
शङ्करसँग जान्छन्, उनीहरूले सम्झन्छन्– अमरनाथले पार्वतीलाई कथा सुनाए, अनि भन्छन्–
भर दे झोली... तिमीले अविनाशी ज्ञान रत्नहरूले झोली भर्छौ। बाँकी अमरनाथ बसेर कुनै
एकलाई कहाँ कथा सुनाउनुहुन्छ र! अवश्य त्यहाँ धेरै नै हुन्छन् होला र उनीहरू पनि
मृत्युलोकमा नै हुन्छन्। सूक्ष्मवतनमा त कथा सुनाउने आवश्यकता नै छैन। अनेक तीर्थ
बनाएका छन्। साधुसन्त, महात्मा आदि धेरै त्यहाँ जान्छन्। अमरनाथमा लाखौँ मानिस
जान्छन्। कुम्भको मेलामा गङ्गास्नान गर्न सबैभन्दा धेरै जान्छन्। सम्झन्छन्–
गङ्गास्नानबाट हामी पावन बन्छौँ। वास्तवमा कुम्भको मेला यो हो। ती मेलाहरू त
जन्मजन्मान्तर गर्दै आए। तर बाबा भन्नुहुन्छ– यसबाट फर्केर आफ्नो घर कोही पनि जान
सक्दैनन् किनकि आत्मा पवित्र बनेपछि मात्र जान सक्छ। तर अपवित्र भएका हुनाले सबैका
पखेटा भाँचिएका छन्। आत्मालाई पखेटा मिलेका छन्, योगमा रहेमा आत्मा सबैभन्दा
तीक्ष्ण उड्छ। कसैको हिसाबकिताब लन्डनमा, अमेरिकामा रहेछ भने तुरून्तै उड्छन्। त्यहाँ
सेकेन्डमा पुग्छन्। तर मुक्तिधाममा त कर्मातीत भएपछि मात्र जान सक्छन्,
त्यतिबेलासम्म यहाँ नै जन्ममरणमा आउँछन्। जसरी ड्रामा टिक टिक हुँदैजान्छ। आत्मा पनि
त्यस्तै हो, टिक भयो यो गयो। यो जस्तो तीक्ष्ण अरू कुनै चीज हुँदैन। धेरैका धेरै सबै
आत्माहरू मूलवतनमा जानेछन्। आत्मालाई कहाँको कहाँ पुग्नमा समय लाग्दैन। मानिसहरूले
यी कुरा बुझ्दैनन्। तिमी बच्चाहरूको बुद्धिमा आउँछ– नयाँ दुनियाँमा अवश्य पनि थोरै
आत्माहरू हुनेछन् र त्यहाँ धेरै सुखी हुनेछन्। ती नै आत्माहरू अब ८४ जन्म भोगेर धेरै
दुःखी भएका छन्। तिमीलाई सारा चक्रको विषयमा थाहा भएको छ। तिम्रो बुद्धि चल्छ अरू
कुनै मनुष्य मात्रको बुद्धि चल्दैन। प्रजापिता ब्रह्माको पनि गायन गरिएको छ। कल्प
पहिला पनि तिमी यस्तै ब्रह्माकुमार-कुमारी बनेका थियौ। तिमीलाई थाहा छ– हामी
प्रजापिता ब्रह्माका बच्चा हौँ। हामीद्वारा बाबाले स्वर्गको स्थापना गराइरहनुभएको
छ। नम्बरवार पुरुषार्थ अनुसार लायक बनेपछि मात्र फेरि पुरानो दुनियाँको विनाश हुन्छ।
त्रिमूर्ति पनि यहाँ नै गायन गरिएको छ। त्रिमूर्तिको चित्र पनि राख्छन्। त्यसमा
शिवलाई देखाउँदैनन्। भनिन्छ पनि– ब्रह्माद्वारा स्थापना, कसले गराउनुहुन्छ?
शिवबाबाले। विष्णुद्वारा पालना हुन्छ।
अहिले तिमी
ब्राह्मणहरू देवता बन्नको लागि लायक बनिरहेका छौ। अहिले तिमीले त्यो पार्ट खेलिरहेका
छौ। कल्पपछि फेरि यही पार्ट खेल्छौ। तिमी पवित्र बन्छौ। तिमीहरूले भन्छौ– बाबाको
आदेश छ– कामरूपी शत्रुलाई जित, म एकलाई याद गर। यो धेरै सहज छ। भक्तिमार्गमा तिमी
बच्चाहरूले धेरै दुःख देखेका छौ। थोरै सुख भएछ भने पनि अल्पकालको लागि। भक्तिमा
साक्षात्कार हुन्छ। त्यो पनि अल्पकालको लागि तिम्रो आश पूरा हुन्छ, यो साक्षात्कार
हुन्छ– त्यो साक्षात्कार पनि मैले गराउँछु। सबै ड्रामामा पहिल्यै निश्चित छ। जे
वितेर गयो सेकेन्ड बाई सेकेन्ड, त्यही ड्रामा सुट गरिएको छ। यस्तो भनिँदैन– अहिले
सुट भएको हो। होइन, यो त अनादि बनिबनाउ ड्रामा हो। जति पनि कलाकारहरू छन्– ती सबैको
पार्ट अविनाशी छ। मोक्ष कसैले पाउँदैनन्। संन्यासीहरूले भन्छन्– हामी लीन हुन्छौँ।
बाबा सम्झाउनुहुन्छ– तिमी अविनाशी आत्माहरू हौ। आत्मा बिन्दी हो, यति सानो बिन्दीमा
८४ जन्मको पार्ट पहिल्यै निश्चित हुन्छ। यो चक्र चल्दै जान्छ। जो पहिला सुरुमा
पार्ट खेल्न आउँछन्, उनीहरूले नै ८४ जन्म लिन्छन्। सबैले त त्यति जन्म लिन सक्दैनन्।
तिमीबाहेक अरू कसैको बुद्धिमा यो ज्ञान हुँदैन। ज्ञानको सागर एक बाबा मात्रै
हुनुहुन्छ। तिमीलाई थाहा छ– हामीले बाबाबाट वर्सा लिइरहेका छौँ। बाबाले हामीलाई
पतितबाट पावन बनाउनुहुन्छ। सुख र शान्तिको वर्सा दिनुहुन्छ। सत्ययुगमा दुःखको
नामनिसान हुँदैन। बाबा भन्नुहुन्छ– आयुष्मान् भव, धनवान् भव... निवृत्तिमार्गकाले
यस्तो आशीर्वाद दिन सक्दैनन्। तिमी बच्चाहरूलाई बाबाबाट वर्सा मिलिरहेको छ। सत्ययुग
त्रेता हो सुखधाम। फेरि दुःख कसरी हुन्छ, यो पनि कसैलाई थाहा छैन। देवताहरू
वाममार्गमा कसरी जान्छन्, ती निसानीहरू हुन्। जगन्नाथ पुरीमा ताज आदि पहिरिएको
देवताहरूका चित्र देखाउँछन् फेरि विकारी चित्र पनि बनाएका छन् त्यसैले ती मूर्ति पनि
काला बनाएका छन्, जसबाट सिद्ध हुन्छ– देवताहरू वाममार्गमा गएपछि अन्त्यमा बिल्कुल
काला बन्न पुग्छन्। अहिले तिमीलाई थाहा छ– भारतवर्ष कति सुन्दर थियो फेरि तमोप्रधान
बन्नु नै छ– ड्रामा प्लान अनुसार। अहिले सङ्गममा तिमीलाई यो ज्ञान छ। बाबा ज्ञानको
सागर हुनुहुन्छ। तिम्रो एउटै बाबा, टिचर, गुरु तीनै हुनुहुन्छ। यो सदैव बुद्धिमा
रहोस्– शिवबाबाले हामीलाई पढाउनुहुन्छ। यो बेहदको पढाइ हो, जसबाट तिमी ज्ञानस्वरूप
बनेका छौ। तिमीले सबै कुरा जान्दछौ। उनीहरूले भन्छन्– भगवान् सर्वव्यापी हुनुहुन्छ,
तिमीले भन्छौ– उहाँ पतित-पावन हुनुहुन्छ। कति रातदिनको फरक छ। अहिले तिमी नम्बरवार
मास्टर ज्ञानको सागर बनेका छौ। जे बाबासँग छ त्यो तिमीलाई सिकाउनुहुन्छ। तिमीले पनि
सबैलाई यो बताउँछौ– बाबालाई याद गरेमा २१ जन्मको लागि वर्सा मिल्नेछ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) स्वयम् रिफ्रेस भएर अरूलाई रिफ्रेस बनाउनको लागि बाबा र वर्साको यादमा रहनुछ र
सबैलाई याद दिलाउनुछ।
२) यस पुरानो
दुनियाँसँग, यस कब्रिस्तानसँग दिल लगाउनुछैन। शान्तिधाम, सुखधामलाई याद गर्नुछ।
स्वयंलाई देवता बन्न लायक बनाउनुछ।
वरदान:–
ईश्वरीय
अथोरिटीद्वारा सङ्कल्प वा बुद्धिलाई अ ड र अनुसार चलाउने मास्टर सर्वशक्ति मा न् भव
जसरी स्थूल
हातखुट्टालाई बिल्कुल सहज रीतिले जहाँ चाहन्छौ त्यहाँ चलाउँछौ वा कर्ममा लगाउँछौ
त्यसरी नै सङ्कल्प वा बुद्धिलाई जहाँ लगाउन चाहन्छौ त्यहाँ लगाउन सकेमा यसलाई नै
भनिन्छ ईश्वरीय अथोरिटी। जसरी वाणीमा आउन सहज छ त्यसरी नै वाणीबाट पर जान पनि त्यति
नै सहज होस्, यही अभ्यासले साक्षात्कारमूर्त बन्नेछौ। त्यसैले अब यस अभ्यासलाई सहज
र निरन्तर बनाऊ अनि भनिन्छ मास्टर सर्वशक्तिमान्।
स्लोगन:–
स्वस्थिति
शक्तिशाली भयो भने परिस्थिति त्यसको अगाडि केही पनि होइन।
अव्यक्त इसारा:– सदा
अचल , अडोल , एकरस स्थितिको अनुभव गर
तिम्रो एकरस अचल
स्थितिको यादगार नै यो अचलघर हो। जसरी बापदादा एकरस रहनुहुन्छ त्यसरी नै तिमी
बच्चाहरू पनि एकरस रहनुछ। एकको नै रसमा रह्यौ भने एकरस अवस्थामा रहन्छौ। किन शब्दको
निसानी प्रश्नवाचक चिन्ह सबैभन्दा टेढो हुन्छ। जब किन, के शब्द निस्कन्छ अनि
ड्रामाको भावीमा एकरस, स्थिर रहन सक्छौ।