15.06.25    Avyakt Bapdada     Nepali Murli    30.06.2005     Om Shanti     Madhuban


समयको समीपता अनुसार स्वयंलाई हदको बन्धनबाट मुक्त गरेर सम्पन्न र समान बन


आज (बापदादाले) चारैतिरका सम्पूर्ण समान बच्चाहरूलाई देखिरहनुभएको छ। समान बच्चाहरू नै बाबाको दिलमा समाहित भएका छन्। समान बच्चाहरूको विशेषता हो– उनीहरू सदैव निर्विघ्न, निर्विकल्प, निर्मान र निर्मल हुन्छन्। यस्ता आत्माहरू सदैव स्वतन्त्र हुन्छन्, कुनै पनि प्रकारको हदको बन्धनमा बाँधिदैनन्। त्यसैले आफूले आफैलाई सोध– यस्तो बेहदको स्वतन्त्र आत्मा बनेको छु! सबैभन्दा पहिलो स्वतन्त्रता हो देहभानबाट स्वतन्त्र। जब चाह्यो तब देहको आधार लिने, जब चाह्यो देहबाट न्यारा हुने। देहको आकर्षणमा नआउने। अर्को कुरा– स्वतन्त्र आत्मा कुनै पनि पुरानो स्वभाव र संस्कारको बन्धनमा हुँदैन। पुरानो स्वभाव र संस्कारबाट मुक्त हुन्छ। साथसाथै कुनै पनि देहधारी आत्माको सम्बन्ध-सम्पर्कमा आकर्षित हुँदैन। सम्बन्ध-सम्पर्कमा आउँदा न्यारा र प्यारा हुन्छ। त्यसैले आफूलाई चेक गर– कुनै पनि सूक्ष्म कर्मेन्द्रियले बन्धनमा त बाँध्दैन? आफ्नो स्वमान याद गर– मास्टर सर्वशक्तिमान, त्रिकालदर्शी, त्रिनेत्री, स्वदर्शन चक्रधारी, त्यही स्वमानको आधारमा के सर्वशक्तिमानको बच्चालाई कुनै कर्मेन्द्रियले आकर्षित गर्न सक्छ? किनकि समयको समीपतालाई हेरेर आफूलाई हेर– सेकेन्डमा सर्व बन्धनबाट मुक्त हुन सक्छौ? कुनै पनि यस्तो बन्धन रहेको त छैन? किनकि लास्ट पेपरमा नम्बरवन हुने प्रत्यक्ष प्रमाण हो, सेकेन्डमा जहाँ, जसरी मन-बुद्धिलाई लगाउन चाह्यो त्यहाँ सेकेन्डमा लगाउन सकियोस्। हलचलमा नआओस्। जसरी स्थूल शरीरद्वारा जहाँ जान चाहन्छौ, त्यहाँ जान सक्छौ नि! त्यसरी नै बुद्धिद्वारा जुन स्थितिमा स्थित हुन चाहन्छौ, त्यसमा स्थित हुन सक्छौ? जसरी साइन्सले लाइट हाउस, माइट हाउस बनाएको छ, सेकेन्डमा स्विच अन गरेपछि लाइट हाउसले चारैतिर लाइट दिन थाल्छ, माइट दिन थाल्छ। त्यसरी नै तिमीले स्मृति र सङ्कल्पको स्विच अन गरेर लाइट हाउस, माइट हाउस भएर आत्माहरूलाई लाइट, माइट दिन सक्छौ? एक सेकेन्डको अर्डर भयो अशरीरी बन्यो, बन्छौ नि! कि युद्ध गर्नुपर्छ? यो अभ्यास धेरै समयको अन्त्यमा नै मदतगार बन्छ। यदि धेरै समयको अभ्यास हुँदैन भने त्यस समयमा अशरीरी बन्न मेहनत गर्नुपर्नेछ। त्यसैले बापदादा यही इसारा दिनुहुन्छ– सारा दिन कर्म गर्दा पनि बारम्बार यो अभ्यास गरिराख। यसको लागि मनको कन्ट्रोलिङ पावरको (नियन्त्रण शक्तिको) आवश्यकता छ। यदि मन कन्ट्रोलमा (नियन्त्रणमा) आयो भने कुनै पनि कर्मेन्द्रियले वशीभूत पार्न सक्दैन।

अहिले सर्व आत्माहरूलाई तिमीद्वारा शक्तिको वरदान चाहिएको छ। आत्माहरूको तिमी मास्टर सर्वशक्तिमान आत्माहरूप्रति यही शुभ इच्छा छ– बिना मेहनत वरदानद्वारा, दृष्टिद्वारा, भाइब्रेसनद्वारा हामीलाई मुक्त गरिदेऊ। अहिले मेहनत गरेर सबै थाकिसकेका छन्। तिमीहरू सबै त मेहनतबाट मुक्त भएका छौ नि! कि अहिले पनि मेहनत गर्नुपर्छ? सुनाउनुभएको थियो, मेहनतबाट मुक्त हुने सहज साधन हो– दिलबाट बाबाको अति स्नेही बन्नु। तिमी ब्राह्मण आत्माहरूको जन्मैदेखिको प्रतिज्ञा छ, याद छ प्रतिज्ञा? जब बाबाले आफ्नो बनाउनुभयो, ब्राह्मण जीवन दिनुभयो तब ब्राह्मण जीवन देखिको तिमीहरू सबैको प्रतिज्ञा के छ? एक बाबा दोस्रो न कोही। याद छ प्रतिज्ञा? याद छ भने शिर हल्लाऊ। अच्छा! हात हल्लाइरहेका छन्। पक्का याद छ कि कहिलेकाहीँ बिर्सिन्छौ? हेर ६३ जन्म त बिर्सिने बन्यौ, अब यो एक जन्म स्मृति स्वरूप बनेका छौ। त्यसैले बाबाले बच्चाहरूसँग सोधिरहनुभएको छ– बाल्यकालको प्रतिज्ञा याद छ? कति सहज बनाइदिनुभएको छ– एक बाबामा संसार छ। एक बाबासँग सर्व सम्बन्ध छन्। एक बाबाबाट सर्व प्राप्तिहरू छन्। एउटै पढाउनेवाला पनि हुनुहुन्छ र पालना गर्नेवाला पनि हुनुहुन्छ। सबैमा एक हुनुहुन्छ। चाहे परिवार पनि छ, त्यो ईश्वरीय परिवार हो तर परिवार पनि एक बाबाको हो। अलग अलग बाबाको परिवार होइन। एउटै परिवार हो। परिवारमा पनि एकअर्कामा आत्मिक स्नेह छ, स्नेह होइन आत्मिक स्नेह। बापदादाले जन्मैदेखिका प्रतिज्ञाहरू याद दिलाइरहनुभएको छ, अरू के प्रतिज्ञा गर्यौ? सबैले ठुलो उमङ्ग-उत्साहले बाबाको अगाडि दिलबाट भन्यौ– सबथोक हजुरको हो। तन-मन-धन सबै हजुरको हो। त्यसैले दिएको चिज बाबाको अमानतको रूपमा बाबाले कार्यमा लगाउनको लागि दिनुभएको हो, तिमीले बाबालाई दियौ, दियौ नि? कि फेरि अलिअलि फिर्ता लिन्छौ? फिर्ता लियौ भने अमानतमा खयानत हुन्छ। कुनै कुनै बच्चाहरूले भन्छन्, रुहरिहान गर्छन् नि, तब भन्छन् मेरो मन हैरान हुन्छ, मेरो मन कहाँबाट आयो? मेरो सबै हजुर (प्रभु बाबा) लाई अर्पण गरेका छौ भने मेरो मन कहाँबाट आयो? तिमीहरू सबै त कौडीबिनाका बादसाह भयौ, अहिले तिम्रो केही रहेन, कौडीबिनाका भयौ तर बादसाह भयौ। किन? बाबाको खजाना त्यो तिम्रो खजाना भयो, त्यसैले बादसाह भयौ नि! परमात्म खजाना सो बच्चाहरूको खजाना। त्यसैले बापदादाले प्रतिज्ञाहरू याद दिलाइरहनुभएको छ। हजुरको चीजलाई मेरो नभन। बाबा भन्नुहुन्छ– जब बाबाले तिमीहरू सबैलाई परमात्म खजानाले मालामाल बनाइदिनुभयो, जिम्मेवारी बाबाले लिनुभयो, कुन शब्दमा? तिमीले मलाई याद गर्यौ भने सर्व प्राप्तिको अधिकारी अवश्य हुन्छौ। केवल याद गर। अनि तिमीले भन्यौ– म हजुरको, हजुर मेरो। यो प्रतिज्ञा हो नि! त्यसैले बाबा भन्नुहुन्छ– खजानालाई सदैव स्वप्रति र सर्व आत्माहरूप्रति कार्यमा लगाऊ। जति कार्यमा लगाउँछौ त्यति नै खजाना बढ्दै जान्छ। सर्वशक्तिहरूको खजाना, सर्व शक्तिहरू कार्यमा लगाऊ। केवल बुद्धिमा नलेज नराख– म सर्वशक्तिमान हुँ, तर सर्व शक्तिहरूलाई समय अनुसार कार्यमा लगाऊ र सेवामा लगाऊ।

बापदादाले मेजोरिटी (बहुसङ्ख्यक) बच्चाहरूको पोतामेल हेर्नुभएको छ– दुई शक्ति यदि सदैव याद रहे र समयमा कार्यमा लगायौ भने सदैव नै निर्विघ्न रहनेछौ। विघ्नको तागत छैन तिम्रो अगाडि आउने, यो बाबाको ग्यारेन्टी हो। हुन त सर्व शक्तिहरू चाहिन्छ तर मेजोरिटीमा देखियो कि सहनशक्ति र रियलाइजेसनको (अनुभूतिको) शक्ति, रियलाइज गर्छौ पनि तर त्यसलाई यथार्थमा स्वरूपमा ल्याउनमा अटेन्सन कम छ त्यसैले जुन समयमा रियलाइज गर्छौ त्यस समयमा चालचलन र चेहरा परिवर्तन हुन्छ। धेरै राम्रो उमङ्ग-उत्साहमा आउँछौ, हो रियलाइज गरें तर फेरि के हुन्छ? अनुभवी त सबै छौ नि! फेरि के हुन्छ? त्यसलाई हर समय स्वरूपमा ल्याउनु, त्यसको कमी हुन्छ किनकि यहाँ स्वरूप बन्नुछ। केवल बुद्धिले जान्नु अलग कुरा हो, तर त्यसलाई स्वरूपमा ल्याउनु, यसको आवश्यकता छ। कहिलेकाहीँ बापदादालाई कुनै कुनै बच्चाहरूमाथि दया पनि आउँछ, बाबाले बुझ्नुहुन्छ बच्चाबाट मेहनत हुँदैन भने बच्चाको सट्टा बाबाले नै गरिदिऊँ। तर ड्रामाको रहस्य छ “जसले गर्छ उसले पाउँछ” त्यसैले बापदादाले सहयोग अवश्य दिनुहुन्छ तर गर्न फेरि पनि बच्चालाई नै पर्छ।

बापदादाले देख्नुभएको छ– बच्चाहरूले सङ्कल्प धेरै राम्रा राम्रा गर्छन्। अमृतबेला बापदादाको पासमा राम्रा राम्रा सङ्कल्पहरूका लामा लामा मालाहरू आउँछन्। यो गर्छु, यो गर्छु, यो गर्छु..., बापदादा पनि खुसी हुनुहुन्छ, वाह! प्यारा बच्चाहरू वाह! फेरि गर्नमा कमजोर किन बन्छौ? यसको कारण देखियो– ब्राह्मण परिवारमा सङ्गठनको वायुमण्डल। कहीँकहीँ वायुमण्डल पनि कमजोर हुन्छ, त्यसको असर छिट्टै पर्छ। फेरि उनीहरूको भाषा बताऊँ के हुन्छ? भाषा बडो मीठो हुन्छ, भाषा हुन्छ– यो त चल्छ, यो त हुन्छ... यस्तो समयमा के सङ्कल्प गर्ने! यो हुन्छ, यो चल्छ... यसले अलबेलापन ल्याउँछ तर त्यस समयमा यो भाषालाई परिवर्तन गर, सोच– बाबाको आदेश के छ? बाबाको रोजाइ के छ? बाबाले कुन कुरा मन पराउनुहुन्छ? बाबाले यो भन्नुभएको छ? बाबाले यो गर्नुभएको छ? यदि बाबाको याद आयो भने अलबेलापन समाप्त हुन्छ, उमङ्ग-उत्साह आउँछ। अलबेलापन पनि कैयौं प्रकारको आउँछ। तिमीहरूले आपसमा क्लास गर, लिस्ट निकाल, एउटा हुन्छ साधारण अलबेलापन, अर्को हुन्छ रोयल अलबेलापन। अलबेलापनले सङ्कल्पमा दृढता ल्याउन दिँदैन। दृढता सफलताको साधन हो, त्यसैले सङ्कल्पसम्म रहन्छ तर स्वरूपमा आउँदैन।

त्यसोभए आज के सुन्यौ? प्रतिज्ञाहरू याद गराउनुभयो नि! प्रतिज्ञाहरू यति राम्रा राम्रा गर्छौ, बापदादा प्रतिज्ञाहरू सुनेर खुसी हुनुहुन्छ। तर जति प्रतिज्ञा गर्छौ नि त्यति फाइदा उठाउँदैनौ। त्यसैले बापदादा यही चाहनुहुन्छ, सोध्छौ नि बाबा हामीसँग के चाहनुहुन्छ? बापदादा यही चाहनुहुन्छ– समयभन्दा पहिला सबै एभररेडी बन। समय तिम्रो मास्टर नबनोस्। समयको मास्टर तिमी हौ, त्यसैले यही बापदादा चाहनुहुन्छ– समयभन्दा पहिला सम्पन्न बनेर विश्वको स्टेजमा बाबाको साथसाथै तिमी बच्चाहरू पनि प्रत्यक्ष होऊ। अच्छा!

जो नयाँ नयाँ बच्चाहरू आएका छन् मिल्नको लागि, उनीहरूले हात उठाऊ। पुरा हात उठाऊ। बापदादा नयाँ नयाँ बच्चाहरूलाई देखेर खुसी हुनुहुन्छ– भाग्यवान बच्चाहरू आफ्नो भाग्य लिनको लागि आइपुगेका छन् त्यसैले बधाई छ, बधाई छ। अहिले जति पनि नयाँ बच्चाहरू आएका छन् उनीहरूमध्ये हेर्नुहुनेछ कसले कमाल गरेर देखाउँछ? हुन त पछि आएका छौ तर अगाडि गएर देखाऊ। बापदादाको पासमा त सबै रिजल्ट पुग्छ।

डबल विदेशी:– ठीक छ, डबल विदेशीले स्वमा र सेवामा राम्रो अटेन्सन दिइरहेका छन्। तर केवल यसमा एउटा मात्रा लगाउनुछ। अन्डरलाइन गर्नुछ, जुन परिवर्तनको सङ्कल्प लिन्छौ र राम्रो उमङ्ग-उत्साह, हिम्मतले लिन्छौ, केवल यसलाई अन्डरलाइन गर्दै जाऊ, गर्नु नै छ। परिवर्तन हुनु नै छ। परिवर्तन भएर विश्वलाई परिवर्तन गर्नुछ। यो दृढताको अन्डरलाइन बारम्बार गर्दै जाऊ। बाँकी बापदादा खुसी हुनुहुन्छ, वृद्धि पनि गरिरहेका छन् र सेवा अनि स्वमाथि अटेन्सन पनि छ। तर पुरै टेन्सन (तनाव) गएको छैन, अटेन्सन छ थोरै बीच बीचमा टेन्सन पनि छ, त्यो समाप्त गर्नु नै छ। बाँकी हिम्मत राम्रो छ। हिम्मतको लागि बधाई छ, सबै जति पनि बसेका छौ बाबा सहित तिमीलाई हिम्मतको बधाई दिइरहनुभएको छ। ताली बजाऊ। अच्छा।

तिमीहरू त यहाँ बसेका छौ तर बापदादालाई टाढा बसेका धेरै बच्चाहरूको यादप्यार मिलेको छ र बापदादाले एक एक बच्चालाई नयनमा समाहित गर्दै धेरै धेरै दिलको आशीर्वाद दिइरहनुभएको छ। चाहे भारतबाट, चाहे विदेशबाट, धेरै बच्चाहरूको याद आइरहेको छ, पत्र आउँछन्, इमेल आउँछन्, सबै बाबाको पासमा पुगिसकेका छन्। अच्छा। बापदादा एक सेकेन्डमा अशरीरी भवको ड्रिल (अभ्यास) देख्न चाहनुहुन्छ, यदि अन्त्यमा पास हुनुछ भने यो ड्रिल धेरै आवश्यक छ, त्यसैले अहिले यति ठुलो सङ्गठनमा बसेर एक सेकेन्डमा देहभानबाट परको स्थितिमा स्थित होऊ। कुनै आकर्षणले आकर्षित नगरोस्। (ड्रिल) अच्छा!

चारैतिरका तीव्र पुरुषार्थी बच्चाहरूलाई, सदैव स्व-परिवर्तन र विश्व परिवर्तनको सेवामा तत्पर रहने विशेष आत्माहरूलाई, सदैव ब्रह्माबाबा समान कर्मयोगी, कर्मको, कर्मेन्द्रियहरूको आकर्षणबाट मुक्त आत्माहरूलाई, सदैव दृढतालाई हर सङ्कल्प, हर बोली, हर कर्ममा स्वरूपमा ल्याउने बाबाका समीप र समान बच्चाहरूलाई बापदादाको दिलैदेखिको आशीर्वाद र दिलको यादप्यार स्वीकार होस् एवं नमस्ते।

दादीजीसँग:– तन्दुरुस्त भयौ। अब बिमारी गयो। बिमारीहरू महारथीहरूबाट बिदा लिनको लागि आउँछन्। भित्रभित्रै कर्मातीत बन्ने रिहर्सल गरिरहेकी छौ। (दादी जानकीले भन्दै हुनुहुन्छ– दादी बेफिक्र बादसाह हुनुहुन्छ)।

तिमी फिक्र गर्नेवाला हौ र? तिमी पनि बेफिक्र। दुवैले राम्रो पार्ट निभाइरहेका छौ। हेर, सबैभन्दा ठुलोभन्दा ठुलो जिम्मेवारीको ताज लगाउने निमित्त त बन्यौ नि। यी सबै साथी हुन्। तिमीहरूलाई देखेर उमङ्ग-उत्साह आउँछ नि। (अब के नयाँ गर्नुछ? बाबाले नै केही प्रेरणा दिनुहोस्) बापदादाले सुनाउनुभयो– हर वर्गको गुलदस्ता जो माइक पनि होस् र माइट (शक्तिशाली) पनि होस्। केवल माइक र सम्पर्कवाला होइन, सम्बन्धमा पनि नजिक होस्, यस्तो गुलदस्ता निकाल। फेरि त्यो ग्रुप निमित्त बन्नेछ सेवा गर्ने। त्यो माइक बन्छ र तिमी माइट बन्छौ। उनीहरूको दिलैदेखि प्यारले निस्कियोस् बाबा, तब मात्र प्रभाव पर्छ। उनीहरूलाई सम्बन्धमा नजिक ल्याऊ। कहिलेकाहीँ हुन्छ नि, तब नशा थोरै कम हुन्छ। सम्बन्ध-सम्पर्कमा जहाँसुकै आए पनि त्यहाँ सम्बन्ध र सम्पर्क रह्यो भने ठीक हुन्छन्। अच्छा!

वरदान:–
सदैव श्रेष्ठ र नयाँ प्रकारको सेवाद्वारा वृद्धि गर्ने सहज सेवाधारी भव

सङ्कल्पद्वारा ईश्वरीय सेवा गर्नु यो पनि सेवाको श्रेष्ठ र नयाँ तरिका हो, जसरी जौहरीले दिनहुँ बिहान आफ्ना प्रत्येक रत्नलाई चेक गर्छ– सफा छन्, चमक ठीक छ, ठीक ठाउँमा राखिएको छ... त्यसरी नै दिनहुँ अमृतबेला आफ्नो सम्पर्कमा आउने आत्माहरूमाथि सङ्कल्पद्वारा नजर डुलाऊ, जति तिमीले उनीहरूलाई सङ्कल्पले याद गर्छौ त्यति नै त्यो सङ्कल्प उनीहरूसम्म पुग्छ... यस प्रकार सेवाको नयाँ तरिका अपनाउँदै वृद्धि गर्दै जाऊ। तिम्रो सहजयोगको सूक्ष्म शक्तिले आत्माहरूलाई तिम्रोतिर स्वतः आकर्षित गर्छ।

स्लोगन:–
बहानाबाजीलाई मर्ज (विलय) गर र बेहदको वैराग्यवृत्तिलाई इमर्ज (प्रकट) गर।

सूचनाः– आज अन्तर्राष्ट्रिय योग दिवस हो।