15.07.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– देह अभिमान आसुरी आचरण हो , त्यसलाई परिवर्तन गरेर दैवी आचरण धारण गर्यौ भने रावणको जेलबाट छुट्छौ।”

प्रश्न:–
हरेक आत्माले आफ्ना पापहरूको सजाय कसरी भोग्छ, त्यसबाट बच्ने उपाय के हो?

उत्तर:–
हरेकले आफ्ना पापहरूको सजाय एक त गर्भ जेलमा भोग्छन्। अर्को, रावणको जेलमा अनेक प्रकारका दु:ख भोग्छन्। बाबा आउनु भएको छ– तिमी बच्चाहरूलाई यस जेलबाट छुटाउन। यसबाट बच्नको लागि पवित्र दृष्टि बनाऊ।

ओम् शान्ति ।
ड्रामा योजना अनुसार बाबा बसेर सम्झाउनु हुन्छ। बाबा नै आएर रावणको जेलबाट छुटाउनु हुन्छ किनकि सबै विकारी दृष्टिका पाप आत्माहरू छन्। सारा दुनियाँका मनुष्यहरू विकारी हुनुको कारण रावणको जेलमा छन्। फेरि जब शरीर छोड्छन् तब गर्भ जेलमा जान्छन्। बाबा आएर दुवै जेलबाट छुटाउनु हुन्छ फेरि तिमी आधाकल्प रावणको जेलमा पनि र गर्भ जेलमा पनि जाने छैनौ। तिमीलाई थाहा छ– बाबाले बिस्तारै बिस्तारै पुरुषार्थ अनुसार हामीलाई रावणको जेलबाट र गर्भ जेलबाट छुटाउनु हुन्छ। बाबा बताउनु हुन्छ– तिमीहरू सबै विकारी हुन्छौ रावण राज्यमा। फेरि रामराज्यमा सबै पवित्र दृष्टिका हुन्छौ। कुनै पनि भूतको प्रवेशता हुँदैन। देहको अहङ्कार आउनाले नै फेरि अरू भूतहरू प्रवेश हुन्छ। अब तिमी बच्चाहरू पुरुषार्थ गरेर देहीअभिमानी बन्नु छ। जब यस्ता (लक्ष्मी-नारायण) बन्छौ तब नै देवता कहलाउने छौ। अहिले त तिमी ब्राह्मण कहलाउँछौ। रावणको जेलबाट छुटाउनको लागि बाबा आएर पढाउनु हुन्छ अनि जुन सबैको आचरण बिग्रिएको छ त्यो सुधार्नु पनि हुन्छ। आधाकल्पदेखि आचरण धेरै बिग्रिएको छ। यस समयमा छ तमोप्रधान आचरण। दैवी र आसुरी आचरणमा रातदिनको फरक छ। बाबा सम्झाउनु हुन्छ– अब पुरुषार्थ गरेर आफ्नो दैवी आचरण बनाउनु छ, अनि मात्रै आसुरी आचरण छुट्दै जान्छ। आसुरी आचरणमा देह अभिमान हो नम्बरवन। देही अभिमानीको आचरण कहिल्यै बिग्रिँदैन। सारा कुरा आचरणमा भर पर्छ। देवताहरूको आचरण कसरी बिग्रिँन्छ? जब उनीहरू वाम मार्गमा जान्छन् अर्थात् विकारी बन्छन् तब आचरण बिग्रिँन्छ। जगन्नाथको मन्दिरमा वाम मार्गका यस्ता चित्रहरू देखाइएको छ। यो त वर्षौं पुरानो मन्दिर हो, ड्रेस आदि देवताहरूको नै छ। देखाउँछन्– देवताहरू वाम मार्गमा कसरी जान्छन्। पहिलो मुख्य अपराध नै यो हो। काम चितामा चढ्छन्, फेरि रङ्ग परिवर्तन हुँदा हुँदा एकदमै कालो हुन पुग्छन्। सुरु सुरुमा गोल्डन एजमा हुन्छन् सम्पूर्ण गोरा, फेरि दुई कला कम हुन जान्छ। त्रेतालाई स्वर्ग भनिदैन, त्यो हो अर्ध (सेमी) स्वर्ग। बाबाले सम्झाउनु भएको छ– रावण आएपछि नै तिमीमाथि खिया लाग्न सुरु भएको हो। पूरै विकारी अन्त्यमा बन्छौ। अहिले १०० प्रतिशत विकारी भनिन्छ। १०० प्रतिशत निर्विकारी थियौ फेरि १०० प्रतिशत विकारी बन्यौ। अब बाबा भन्नुहुन्छ– सुध्रिँदै जाऊ, यो रावणको जेल धेरै ठुलो छ। सबैलाई विकारी नै भनिन्छ किनकि रावणको राज्यमा छन् नि। रामराज्य र रावण राज्यको बारेमा त उनीहरूलाई थाहा नै छैन। अहिले तिमीले पुरुषार्थ गरिरहेका छौ रामराज्यमा जान। सम्पूर्ण त कोही बनेको छैन। कोही फस्ट, कोही सेकेण्ड, कोही थर्डमा छन्। अहिले बाबाले पढाउनु हुन्छ, दैवीगुण धारण गराउनु हुन्छ। देह अभिमान त सबैमा छ। जति जति तिमी सेवामा लागिरहन्छौ त्यति देह अभिमान कम हुँदै जान्छ। सेवा गर्नाले नै देह अभिमान कम हुन्छ। देहीअभिमानीले ठुला ठुला सेवा गर्नेछन्। बाबा देहीअभिमानी हुनुहुन्छ, त्यसैले कति राम्रो सेवा गर्नुहुन्छ। सबैलाई विकारबाट, रावणको जेलबाट छुटाएर सद्गति दिनु हुन्छ, त्यहाँ फेरि दुवै जेल हुँदैनन्। यहाँ डबल जेल छ, सत्ययुगमा न अदालत हुन्छ, न पाप आत्माहरू हुन्छन्, नत रावणको जेल नै हुन्छ। रावणको हुन्छ नै बेहदको जेल। सबै ५ विकारहरूको बन्धनमा बाँधिएका छन्। अपरम्पार दु:ख छ। दिनप्रतिदिन दु:ख वृद्धि भइरहन्छ।

सत्ययुगलाई भनिन्छ गोल्डेन एज, त्रेतालाई सिलवर एज। सत्ययुगको जस्तो सुख त्रेतामा हुन सक्दैन किनकि आत्माका दुई कला कम हुन जान्छन्। आत्माको कला कम हुनाले शरीर पनि त्यस्तै हुन्छ, त्यसैले सम्झनुपर्छ– हामी रावणको राज्यमा देह अभिमानी बनेका छौं। अहिले बाबा आउनु भएको छ रावणको जेलबाट छुटाउनको लागि। आधाकल्पको देह अभिमान निस्कन समय त लाग्छ। धेरै मेहनत गर्नुपर्छ। चाँडै नै जसले शरीर छोडेर गए उनीहरू फेरि पनि ठुलो भएपछि आएर केही ज्ञान लिन सक्छन्। जति ढिलो हुँदै जान्छ, त्यति पुरुषार्थ त गर्न सक्दैनन्। कोही अहिले मर्यो भने फेरि आएर पुरुषार्थ गरोस्, त्यो त जब शरीर ठुलो हुन्छ, समझदार हुन्छ तब केही गर्न सक्छ। ढिलो जानेहरूले त केही सिक्न सक्दैनन्। जति सिके सिके, त्यसैले मर्नु भन्दा पहिला पुरुषार्थ गर्नुपर्छ, जति हुन सक्छ यहाँ नै आउने कोसिस अवश्य गर्नेछन्। यस हालतमा धेरै आउने छन्। वृक्षको वृद्धि भइरहन्छ। अर्थ सम्झाउन त धेरै सहज छ। मुम्बईमा बाबाको परिचय दिनको लागि धेरै राम्रो चान्स छ– उहाँ हामी सबैका पिता हुनुहुन्छ, पिताबाट वर्सा त अवश्य स्वर्गको नै हुनुपर्छ। कति सहज छ। मन भित्र गद्गद् हुनुपर्छ, उहाँ हामीलाई पढाउनेवाला हुनुहुन्छ। यो हाम्रो लक्ष्य उद्देश्य हो। हामी पहिला सद्गतिमा थियौं फेरि दुर्गतिमा आयौं, अब फेरि दुर्गतिबाट सद्गतिमा जानु छ। शिवबाबा भन्नुहुन्छ– म एकलाई याद गर्यौ भने तिम्रो जन्मजन्मान्तरका पाप काटिन्छन्। तिमी बच्चाहरूलाई थाहा छ– जब द्वापरमा रावण राज्य हुन्छ अनि ५ विकाररूपी रावण सर्वव्यापी हुन्छ। जहाँ विकार सर्वव्यापी छन् त्यहाँ बाबा सर्वव्यापी कसरी हुन सक्नुहुन्छ? सबै मनुष्यहरू पाप आत्मा छन् नि। बाबा सम्मुख हुनुहुन्छ, त्यसैले त भन्नुहुन्छ– सर्वव्यापी मैले भनेकै छैन, उल्टो बुझेका छन्। उल्टो बुझेर, विकारमा गिर्दा गिर्दा, गाली गर्दा गर्दा संसारको यो हाल भएको छ। क्रिस्चियनहरूले पनि जानेका छन्– ५ हजार वर्ष पहिला भारतवर्ष स्वर्ग थियो, सबै सतोप्रधान थिए। मनुष्यहरूले त लाखौं वर्ष भनिदिन्छन् किनकि तमोप्रधान बुद्धि बनेका छन्। उनीहरू फेरि न त्यति उच्च बने, न त्यति नीच बनेका छन्। उनीहरूले त सम्झन्छन्– वास्तवमा स्वर्ग थियो। बाबा भन्नुहुन्छ– यो ठिकै भन्छन् ५ हजार वर्ष पहिला पनि म तिमी बच्चाहरूलाई रावणको जेलबाट छुटाउन आएको थिएँ, अहिले फेरि छुटाउन आएको छु। आधाकल्प हुन्छ राम राज्य, आधाकल्प हुन्छ रावण राज्य। बच्चाहरूले अवसर मिलेमा सम्झाउनु पर्छ।

बाबाले पनि तिमी बच्चाहरूलाई सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! यसरी यसरी सम्झाऊ। यति घोर दु:ख किन भएको छ? पहिला यी लक्ष्मी-नारायणको राज्य हुँदा अपरम्पार सुख थियो। उनीहरू सर्वगुण सम्पन्न थिए, अहिले यो ज्ञान हो नै नरबाट नारायण बन्ने। पढाइ हो, यसबाट दैवी चरित्र बन्छ। यस समयमा रावणको राज्यमा सबैको चरित्र बिग्रिएको छ। सबैको चरित्र सुधार्नेवाला त केवल एक राम हुनुहुन्छ। यस समयमा कति धर्महरू छन्! मनुष्यको कति वृद्धि भइरहन्छ, यसरी नै वृद्धि भइरह्यो भने फेरि खाना पनि कहाँबाट मिल्छ! सत्ययुगमा त यस्तो कुरा हुँदैन। त्यहाँ दु:खको कुनै कुरा नै हुँदैन। यो कलियुग हो दु:खधाम, सबै विकारी छन्। त्यो हो सुखधाम, सबै सम्पूर्ण निर्विकारी हुन्छन्। घरी घरी उनीहरूलाई यो बताउनु पर्छ जसले गर्दा केही बुझ्न सक्छन्। बाबा भन्नुहुन्छ– म पतित-पावन हुँ, मलाई याद गर्नाले तिम्रो जन्मजन्मान्तरको पाप काटिन्छ। बाबाले यो कसरी भन्नुहुन्छ! अवश्य शरीर धारण गरेर बोल्नुहुन्छ नि। पतित-पावन सर्वका सद्गतिदाता एक बाबा हुनुहुन्छ, अवश्य उहाँ कुनै रथमा आउनु भएको हुनुपर्छ। बाबा भन्नुहुन्छ– म यस रथमा आउँछु, जसले आफ्ना जन्महरूलाई जानेका छैनन्। बाबा सम्झाउनु हुन्छ– यो ८४ जन्मको खेल हो, जो पहिला सुरुमा आएका हुन् उनै आउने छन्, उनीहरूका नै धेरै जन्म हुन्छन् फेरि कम हुँदै जान्छन्। सबै भन्दा पहिला देवताहरू आए। बाबाले बच्चाहरूलाई भाषण गर्न सिकाउनु हुन्छ– यसरी यसरी सम्झाउनु पर्छ। राम्रोसँग यादमा रहन्छौ, देह अभिमान छैन भने भाषण राम्रो गर्छौ। शिवबाबा देहीअभिमानी हुनुहुन्छ नि। भनिरहनु हुन्छ– प्यारा बच्चाहरू! देहीअभिमानी भव। कुनै विकार नहोस्, भित्र कुनै सैतानी (दुष्टता) नहोस्। तिमीले कसैलाई पनि दु:ख दिनु हुँदैन, कसैको निन्दा गर्नु हुँदैन। तिमी बच्चाहरूले कहिल्यै पनि सुनेको सुनाएको कुरामा विश्वास गर्नु हुँदैन। बाबासँग सोध– यिनीहरूले यस्तो भन्छन्, के सत्य हो? बाबाले भनिदिनु हुन्छ। नत्र धेरै छन् जसले झुटो कुरा बनाउन बेर लगाउँदैनन्– फलानोले तिमीलाई यस्तो यस्तो भन्यो, सुनाएर उसलाई नै बर्बाद गरिदिन्छन्। बाबालाई थाहा छ, यस्ता धेरै हुन्छन्। उल्टोसुल्टो कुरा सुनाएर मनै दुखाइदिन्छन्, त्यसैले कहिल्यै पनि झुटो कुरा सुनेर भित्र भित्रै जल्नु हुँदैन। सोध– फलानोले मेरो लागि यस्तो भन्यो? भित्र सफाइ हुनुपर्छ। कति बच्चाहरूले सुनेको कुरालाई लिएर पनि आपसमा दुस्मनी गर्छन्। बाबा मिल्नुभएको छ, त्यसैले बाबासँग सोध्नुपर्छ नि। ब्रह्मा बाबामा पनि धेरैलाई विश्वास हुँदैन। शिवबाबालाई पनि भुल्छन्। बाबा त आउनु भएको छ सबैलाई महान् बनाउन। प्यारले उठाइरहनु हुन्छ। ईश्वरीय मत लिनुपर्छ। निश्चय नै छैन भने सोध्दा पनि सोध्दैनन् त्यसैले जवाफ पनि मिल्दैन। बाबाले जे सम्झाउनु हुन्छ त्यसलाई धारण गर्नुपर्छ।

तिमी बच्चाहरू श्रीमत अनुसार, विश्वमा शान्ति स्थापना गर्नको लागि निमित्त बनेका छौ। एक बाबा सिवाय अरू कसैको मत सर्वश्रेष्ठ हुन सक्दैन। सबै भन्दा श्रेष्ठ मत हो नै भगवानको, जसबाट पद पनि कति उच्च मिल्छ। बाबा भन्नुहुन्छ– आफ्नो कल्याण गरेर उच्च पद पाऊ, महारथी बन। पढ्दै पढेनौ भने के पद पाउने छौ। यो हो कल्प कल्पान्तरको कुरा। सत्ययुगमा दास दासीहरू पनि नम्बरवार हुन्छन्। बाबा त आउनु भएको छ उच्च बनाउन तर पढ्दै पढ्दैनन् भने के पद पाउने छन्। प्रजामा पनि त उच्च नीच पद हुन्छ नि, यो बुद्धिले सम्झनुपर्छ। मनुष्यहरूलाई थाहा हुँदैन– हामी कहाँ जान्छौं। माथि जान्छौं कि तल झर्दै जान्छौं। बाबा आएर तिमी बच्चाहरूलाई सम्झाउनु हुन्छ– कहाँ तिमी सत्य, त्रेता युगमा थियौ, कहाँ आइरन एजमा आएका छौ। यस समयमा त मनुष्यले, मनुष्यलाई खान्छन्। अब यी सबै कुरा जब बुझ्छन् तब भनिन्छ– ज्ञान केलाई भनिन्छ। कति बच्चाहरूले एक कानबाट सुनेर अर्को कानबाट निकालिदिन्छन्। राम्रा राम्रा सेन्टरहरूका राम्रा राम्रा बच्चाहरूको पनि विकारी दृष्टि हुन्छ। फाइदा, नोक्सान, इज्जतको पर्बाह कहाँ राख्छन् र। मूल कुरा हो नै पवित्रताको। यसको कारण नै कति झगडा हुन्छ। बाबा भन्नुहुन्छ– यो काम महाशत्रु हो, यसलाई जित तब नै जगतजित बन्छौ। देवताहरू सम्पूर्ण निर्विकारी हुन्छन् नि। पछि गएर बुझ्ने नै छन्। स्थापना हुनु नै छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) कहिल्यै पनि सुनेको र सुनाइएको कुरामा विश्वास गरेर आफ्नो स्थिति बिगार्नु छैन। भित्र सफाइ हुनुपर्छ। झुटो कुरा सुनेर भित्र भित्रै जल्नु हुँदैन, ईश्वरीय मत लिनु छ।

२) देहीअभिमानी बन्ने पूरा पुरुषार्थ गर्नु छ, कसैको पनि निन्दा गर्नु छैन। फाइदा, नोक्सान र इज्जतलाई ध्यानमा राखेर विकारी दृष्टिलाई खतम गर्नु छ। बाबा जे सुनाउनु हुन्छ, त्यसलाई एक कानले सुनेर अर्कोबाट निकाल्नु छैन।

वरदान:–
त्रिकालदर्शीको आसनमा स्थित भएर हरेक कर्म गर्ने शक्तिशाली आत्मा भव

जुन बच्चाहरू त्रिकालदर्शीको आसनमा स्थित (सीटमा सेट) भएर हरेक समय, हरेक कर्म गर्छन्, उनीहरूले जान्दछन्– कुराहरू त अनेक आउनु छ, हुनु छ, चाहे स्वयंद्वारा, चाहे अरूद्वारा, चाहे माया वा प्रकृतिद्वारा सबै प्रकारले परिस्थितिहरू त आउँछन्, आउनु नै छ तर स्वस्थिति शक्तिशाली छ भने पर-स्थिति त्यसको अगाडि केही पनि होइन। केवल हरेक कर्म गर्नु भन्दा पहिला त्यसको आदि-मध्य-अन्त्य तीनै काल चेक गरेर, बुझेर फेरि जुनसुकै कार्य गरे पनि शक्तिशाली बनेर परिस्थितिहरूलाई पार गर्नेछौ।

स्लोगन:–
सर्व शक्ति र ज्ञान सम्पन्न बन्नु नै सङ्गमयुगको प्रारब्ध हो।