15.10.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
आत्मारूपी ब्याट्री ८४ मोटरहरूमा जाँदाजाँदै कमजोर भएको छ , अब त्यसलाई यादको
यात्राबाट भरपुर बनाऊ ।”
प्रश्न:–
बाबा कुन
बच्चाहरूलाई धेरै धेरै भाग्यशाली सम्झनुहुन्छ?
उत्तर:–
जसलाई कुनै
झन्झट छैन, जो निर्बन्धन छन्, यस्ता बच्चाहरूलाई बाबा भन्नुहुन्छ– तिमी धेरै धेरै
भाग्यशाली छौ, तिमीले यादमा रहेर आफ्नो ब्याट्री फुल चार्ज गर्न सक्छौ। यदि योग छैन
केवल ज्ञान सुनाउँछौ भने तीर लाग्न सक्दैन। कसैले जतिसुकै रवाफसँग आफ्नो अनुभव
सुनाए पनि स्वयंमा धारणा छैन भने दिल खाइरहन्छ।
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूप्रति रुहानी बाबा सम्झाउनुहुन्छ। रुहानी बाबाको नाम के हो? शिवबाबा।
उहाँ हुनुहुन्छ नै भगवान, बेहदका बाबा। मानिसलाई कहिल्यै बेहदका बाबा अथवा ईश्वर वा
भगवान भन्न सकिँदैन। हुन त नाम धेरैको शिव छ तर ती सबै देहधारी हुन् त्यसैले
उनीहरूलाई भगवान भन्न सकिँदैन। यहाँ बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ। मैले जसमा
प्रवेश गरेको छु, उनको यो धेरै जन्महरूको अन्त्यको जन्म हो। तिमी बच्चाहरूलाई कयौँले
सोध्छन्– तिमीले यिनलाई भगवान किन भन्छौ? बाबाले पहिलादेखि नै सम्झाउनुहुन्छ– कुनै
पनि स्थूल वा सूक्ष्म देहधारीलाई भगवान भन्न सकिँदैन। सूक्ष्म देहधारी
सूक्ष्मवतनवासी नै ठहरिए। उनीहरूलाई देवता भनिन्छ। उच्चभन्दा उच्च हुनुहुन्छ नै
भगवान, परमपिता। उच्चभन्दा उच्च उहाँको नाम हो। उहाँको निवासस्थान पनि उच्चभन्दा
उच्च परमधाम हो, बाबा सबै आत्माहरूसहित त्यहाँ निवास गर्नुहुन्छ। बैठक पनि उच्च छ।
वास्तवमा कुनै बस्ने ठाउँ होइन। जस्तै सिताराहरू कतै बसेका हुन्छन् र? हलचल नगरी
अडिएका हुन्छन् नि। तिमी आत्माहरू पनि आफ्नो तागतले त्यहाँ हलचल नगरी अडिएका हुन्छौ।
तागत यस्तो मिल्छ जसबाट त्यहाँ गएर अडिएका हुन्छौ। बाबाको नाम नै हो सर्वशक्तिमान्,
उहाँबाट शक्ति मिल्छ। आत्माले उहाँलाई याद गर्छ, जसबाट ब्याट्री चार्ज हुन्छ। जसरी
मोटरमा ब्याट्री हुन्छ, त्यसको शक्तिले नै मोटर चल्छ। ब्याट्रीमा करेन्ट भरिएको
हुन्छ फेरि चल्दाचल्दै त्यो सकिन्छ फेरि मेन पावरबाट ब्याट्री चार्ज गरेर मोटरमा
राख्छन्। ती हुन् हदका कुरा। यो हो बेहदको कुरा। तिम्रो ब्याट्री त ५ हजार वर्ष
चल्छ। चल्दाचल्दै फेरि कमजोर हुन्छ। थाहा हुन्छ– एकदमै खतम हुँदैन, केही न केही
रहन्छ। जसरी टर्च मधुरो हुन्छ नि। आत्मा त हो नै यस शरीरको ब्याट्री। यो पनि कमजोर
हुन्छ। यस शरीरबाट ब्याट्री निस्कएपछि पनि फेरि दोस्रो, तेस्रो मोटरमा राखिन्छ। ८४
मोटरहरूमा त्यसलाई राखिन्छ त्यसैले अब बाबा भन्नुहुन्छ– तिमी कति मन्दबुद्धि
पत्थरबुद्धि बनेका छौ। अब फेरि आफ्नो ब्याट्रीलाई भर। बाबाको याद सिवाय अरू उपायबाट
आत्मा कहिल्यै पवित्र हुन सक्दैन। एउटै सर्वशक्तिमान् बाबा हुनुहुन्छ, जोसँग योग
लगाउनुछ। बाबा स्वयं आफ्नो परिचय दिनुहुन्छ– म के हुँ, कस्तो छु। कसरी तिम्रो
आत्माको ब्याट्री कमजोर हुन्छ। अब तिमीलाई राय दिन्छु– मलाई याद गर त्यसबाट ब्याट्री
सतोप्रधान फस्टक्लास हुन्छ। पवित्र बनेमा आत्मा २४ क्यारेट बन्छ। अहिले तिमी मुलम्मा
बनेका छौ। तागत बिल्कुल खतम भएको छ। त्यो शोभा रहेको छैन। अब बाबा तिमी बच्चाहरूलाई
सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! मुख्य कुरा हो योगमा रहनु, पवित्र बन्नु। नत्र
ब्याट्री भरिँदैन। योग लाग्दैन। अरूलाई जगाएर आफू स्वयम् सुत्ने कुक्कड ज्ञानी त
धेरै छन्। ज्ञान दिन त दिन्छन् तर आफ्नो त्यो अवस्था हुँदैन। यहाँ बडो रवाफले अनुभव
सुनाउँछन्। भित्र खाइरहन्छ। मैले जुन वर्णन गर्छु मेरो अवस्था त त्यस्तो छैन। कयौँ
फेरि ज्ञानी आत्मा बच्चाहरू पनि छन्। बाबाले त बच्चाहरूको धेरै महिमा गर्नुहुन्छ।
बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमी धेरै धेरै भाग्यशाली छौ। तिमीलाई त त्यति
झन्झट छैन। जसका बच्चा धेरै हुन्छन् उनीहरूलाई बन्धन पनि हुन्छ। बाबाका कति धेरै
बच्चाहरू छन्। सबैको सम्हाल रेखदेख गर्नुपर्छ। बाबालाई पनि याद गर्नुछ। माशुकको याद
त बिल्कुल पक्का हुनुपर्छ। भक्तिमार्गमा त तिमीले बाबालाई – हे भगवान! भन्दै कति
याद गर्दै आयौ। पूजा पनि सबैभन्दा पहिला उहाँकै गर्छौ। पहिला निराकार भगवानकै पुजा
गर्छन्। यस्तो होइन– त्यस समयमा तिमी आत्म अभिमानी बन्छौ। आत्म अभिमानीले फेरि कहाँ
पूजा गर्छन् र!
बाबा सम्झाउनुहुन्छ–
सबैभन्दा पहिला भक्ति सुरु हुन्छ त्यसपछि पहिला एक बाबाको पूजा गर्छन्। एक शिवको
मात्रै पूजा गर्छन्। यथा राजा-रानी तथा प्रजा। उच्चभन्दा उच्च हुनुहुन्छ नै भगवान,
उहाँलाई नै याद गर्नुछ। अरू जति पनि सबै तल छन्– ब्रह्मा-विष्णु-शङ्करलाई पनि याद
गर्ने आवश्यकता छैन। उच्चभन्दा उच्च बाबालाई नै याद गर्नुछ। तर ड्रामाको पार्ट यस्तो
छ जसमा तिमी तल गिर्नको लागि बाँधिएका छौ। बाबा सम्झाउनुहुन्छ– तिमी कसरी तल गिर्छौ।
हरेक कुरा आदिदेखि अन्त्यसम्म माथिदेखि तलसम्म बाबा सम्झाउनुहुन्छ। भक्ति पनि पहिला
सतोप्रधान फेरि सतो-रजो-तमो हुन्छ। अहिले तिमी फेरि सतोप्रधान बनिरहेका छौ, यसमा नै
मेहनत छ। पवित्र बन्नुछ। आफूलाई हेर्नुछ, मायाले कतै धोका त दिँदैन? मेरो आँखा
विकारी त बन्दैन? कुनै पापको ख्याल त आउँदैन? गायन छ– प्रजापिता ब्रह्मा, त्यसैले
उनका सन्तान ब्राह्मण-ब्राह्मणीहरू दिदी-भाइ ठहरिए नि। यहाँका ब्राह्मण मानिसहरूले
पनि आफूलाई ब्रह्माको सन्तान कहलाउँछन्। तिमी ब्राह्मणहरू पनि भाइ-बहिनी भयौ नि।
फेरि विकारी दृष्टि किन राख्छौ। ब्राह्मणहरूलाई तिमीले राम्रोसँग दृष्टि दिन सक्छौ।
अहिले तिमी बच्चाहरूलाई नै थाहा छ– ब्रह्माका सन्तान ब्राह्मण-ब्राह्मणी बनेर फेरि
देवता बन्छन्। भनिन्छ पनि– बाबा आएर ब्राह्मण देवी-देवता धर्मको स्थापना गर्नुहुन्छ।
यो समझको कुरा हो नि। हामी ब्रह्माका सन्तान दाज्यू-बहिनी भयौँ त्यसैले कहिल्यै
कुदृष्टि जानुहुँदैन। त्यसलाई रोक्नुछ। यी पनि हाम्री मीठी बहिनी हुन्। त्यो स्नेह
हुनुपर्छ। जसरी रगतको सम्बन्धमा स्नेह हुन्छ, त्यो परिवर्तन भएर रुहानी स्नेह बनोस्।
यसमा धेरै धेरै मेहनत छ। याद छ पनि सहज। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नुछ।
विकारको दृष्टि राख्न सक्दैनौ। बाबाले सम्झाउनुभएको छ– यी आँखाहरूले धेरै धोका
दिन्छन्, तिनलाई परिवर्तन गर्नुछ। हामी आत्मा हौँ। अहिले त हामी शिवबाबाका बच्चा
हौँ। एडप्ट गरिएका दाज्यू-बहिनी हौँ। हामीले आफूलाई बी.के. कहलाउँछौँ। चालचलनमा फरक
त हुन्छ नि। टिचरहरूको काम हो क्लासमा सबैसँग सोध्नु– तिमीले बुझेका छौ हाम्रो
दाज्यू-बहिनीको दृष्टि रहन्छ वा केही चञ्चलता हुन्छ? सत्य बाबाको अगाडि सत्य बताएनौ,
झुटो बोल्यौ भने धेरै दण्ड हुन्छ। अदालतमा शपथ खान्छन् नि। सत्य ईश्वर बाबाको अगाडि
सत्य भन्छु। सत्य बाबाको बच्चा पनि सत्य हुन्छ। बाबा सत्य हुनुहुन्छ नि। उहाँले
सत्य मात्रै बताउनुहुन्छ। बाँकी सबै गफ हुन्। आफूलाई श्री श्री १०८ कहलाउँछन्,
वास्तवमा यो त माला हो नि, जसको जप गर्छन्। यो पनि जान्दैनन्– हामीले किन जप गर्छौँ।
बौद्धहरूको पनि माला, क्रिस्चियनको पनि माला हुन्छ। हरेकले आफ्नो ढङ्गले माला जप्छन्।
तिमी बच्चाहरूलाई अहिले ज्ञान मिलेको छ। भन, जुन १०८ को माला छ त्यसमा माथिको फूल त
हो निराकार। उहाँलाई नै सबैले याद गर्छन्। उहाँको यादबाट नै हामी स्वर्गका पटरानी
अर्थात् महारानी बन्छौँ। नरबाट नारायण, नारीबाट लक्ष्मी बन्नु– यो हो सूर्यवंशी
मखमलको पटरानी बन्नु त्यसपछि खादीको हुन्छ। यस्ता यस्ता प्वइन्टहरू बुद्धिमा राखेर
फेरि सम्झाउनुपर्छ। फेरि तिम्रो नाम धेरै प्रसिद्ध हुनेछ। कुरा गर्नमा शेरनी बन।
तिमी शिवशक्ति सेना हौ नि। अनेक प्रकारका सेनाहरू छन् नि। त्यहाँ पनि तिमी गएर हेर
के सिकाउँछन्। लाखौँ मानिसहरू जान्छन्। बाबाले सम्झाउनुभएको छ– विकारी आँखाले धेरै
धोका दिनेछन्। आफ्नो अवस्थाको वर्णन गर्नुपर्छ। अनुभव सुनाउनुपर्छ– हामी घरमा कसरी
रहन्छौँ? हाम्रो अवस्थामा के कस्तो असर पर्छ? डायरी राख– कति समय यस अवस्थामा रहन्छु?
बाबा सम्झाउनुहुन्छ– बलवानसँग माया पनि बलवानै भएर लड्छ। युद्धको मैदान हो नि। माया
धेरै बलवान छ। माया अर्थात् ५ विकार। धनलाई सम्पत्ति भनिन्छ, जोसँग धेरै सम्पत्ति
हुन्छ, अजामिल पनि धेरै उनै बन्छन्।
बाबा भन्नुहुन्छ–
सबैभन्दा पहिला तिमीले वेश्याहरूलाई त बचाऊ। त्यसपछि उनीहरूले आफ्नो सङ्गठन बनाउँछन्।
हामीलाई त बाबाबाट वर्सा लिनुछ। बाबा भन्नुहुन्छ– म तिमीलाई शिवालयको मालिक बनाउन
आएको छु। यो अन्तिम जन्म हो। वेश्याहरूलाई सम्झाउनुपर्छ– तिम्रो नामको कारण
भारतवर्षको यति इज्जत गएको छ। अब बाबा आउनुभएको छ शिवालयमा लैजान। हामी श्रीमतमा
आएका छौँ तिम्रो पासमा। अब तिमी विश्वको मालिक बन। हामीले जस्तै भारतवर्षको नाम
प्रसिद्ध गर। हामी पनि बाबालाई याद गर्नाले पवित्र बनिरहेका छौँ। तिमीले पनि यो एक
जन्म फोहोरी काम छोडिदेऊ। दया त गर्नुछ नि। फेरि तिम्रो नाम धेरै प्रसिद्ध हुन्छ।
भन्छन्– यिनीहरूमा त यस्तो तागत छ जसले यस्तो फोहोरी काम यिनीहरूबाट छुटाए। सबैको
सङ्गठन हुन्छ। तिमीले आफ्नो सङ्गठन बनाएर सरकारबाट जे मद्दत चाहन्छौ त्यो लिन सक्छौ।
त्यसैले अब यस्ता फोहोरी मानिसहरू जसले भारतवर्षको नाम बदनाम गरेका छन्, उनीहरूको
सेवा गर। तिम्रो युनियन पनि धेरै पक्का हुनुपर्छ। जसमा १०-१२ जना आपसमा मिलेर गएर
सम्झाऊन्। माताहरू पनि राम्रा हुन्। कुनै नयाँ युगल रहेछ भने भन्नुछ– हामी पवित्र
रहन्छौँ। पवित्र रहेर नै विश्वको मालिक बन्छौँ। त्यसोभए किन पवित्र नबन्ने! सारा
झुन्डका झुन्ड जाऊ। गएर धेरै नम्रतासँग भन्नुछ, हामी तपाई लाई परमपिता परमात्माको
सन्देश दिन आएका छौँ। अब विनाश सामुन्ने खडा छ। बाबा भन्नुहुन्छ– म सबैको उद्धार
गर्न आएको छु। तपाई पनि यो एक जन्म विकारमा नजानुहोस्। तिमीले सम्झाउन सक्छौ– हामी
ब्रह्माकुमार-कुमारीहरूले आफ्नै तन-मन-धनले सेवा गर्छौँ। हामीले भीख त माग्दैनौँ।
ईश्वरका बच्चा हौँ। यस्ता यस्ता योजना बनाऊ। यस्तो होइन– तिमीले मद्दत गर्न सक्दैनौ।
यस्तो काम गर जसमा वाह वाह होस्। हजारौँ मद्दत दिनेहरू निस्कनेछन्। यसको लागि आफ्नो
सङ्गठन बनाऊ। मुख्य मुख्यलाई छान, गोष्ठी आदि गर। बच्चाहरूलाई सम्हाल्ने त धेरै
निस्कन सक्छन्। तिमी ईश्वरीय सेवामा लाग। यस्तो विशाल दिल हुनुपर्छ जसबाट तुरुन्तै
सेवामा निस्किन सकियोस्। एकातिर यो सेवा र अर्कातिर कुरा गीताको विषय, यी दुवै
कुराहरूलाई मिलेर उठाऊ। तिमीले पढ्छौ नै यी लक्ष्मी-नारायण बन्नको लागि। त्यसैले यहाँ
तिमी बच्चाहरूको आपसमा मतभेद हुनुहुँदैन। कुनै कुरा बाबासँग लुकायौ, साँचो बताएनौ
भने पनि आफ्नै नोक्सान पार्छौ र झन् सय गुणा पाप चढ्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) हामी मीठा बाबाका बच्चा हौँ, आपसमा मीठा भाइ-बहिनी भएर रहनुछ। कहिल्यै पनि विकारी
दृष्टि राख्नुछैन। दृष्टिमा कुनै पनि चञ्चलता छ भने रुहानी सर्जनलाई साँचो बताउनुछ।
२) कहिल्यै पनि आपसमा
मतभेदमा आउनुछैन। विशाल दिल बनेर सेवा गर्नुछ। आफ्नो तन-मन धनले, धेरै धेरै नम्रताले
सेवा गरेर सबैलाई बाबाको परिचय (सन्देश) दिनुछ।
वरदान:–
हरेक कर्म
चरित्रको रूपमा गायनयोग्य बनाउने महान् आत्मा भव
महान् आत्मा त्यो हो
जसको हरेक सङ्कल्प, हरेक कर्म महान् हुन्छ। एउटै सङ्कल्प पनि साधारण वा व्यर्थ
हुँदैन। कुनै पनि कर्म साधारण वा बिना अर्थ हुँदैन। कर्मेन्द्रियहरूद्वारा जति पनि
कर्म हुन्छ त्यो अर्थसहित होस्, समय पनि महान् कार्यमा सफल भइरहोस्, त्यसपछि हरेक
चरित्र गायन योग्य हुन्छ। महान् आत्माहरूको यादगार नै हर्षितमूर्त, आकर्षणमूर्त र
अव्यक्तमूर्तको रूपमा हुन्छ।
स्लोगन:–
मानको इच्छा
छोडेर स्वमानमा टिक्यौ भने मान छायासमान पछि पछि आउँछ।
अव्यक्त इसारा:– स्वयं
र सर्वप्रति मनसाद्वारा योगक ा शक्तिहरूको प्रयोग गर
कुनै पनि स्थूल कार्य
गर्दागर्दै मनसाद्वारा भाइब्रेसन फैलाउने सेवा गर। जसरी कोही व्यवसायी रहेछ भने उसले
सपनामा पनि आफ्नो बिजनेस नै देख्छ, त्यसैगरी तिम्रो पनि काम हो– विश्वकल्याण गर्नु।
यही तिम्रो कर्तव्य हो, यस कर्तव्यलाई स्मृतिमा राखेर सदा सेवामा व्यस्त होऊ। सेवाको
फल मिल्यो भने मायाजित सहजै बन्छौ त्यसैले बुद्धिलाई फुर्सद मिल्नासाथ जहिले पनि
सेवामा जुटिहाल।