15.12.24 Avyakt Bapdada Nepali Murli 28.02.2003 Om Shanti Madhuban
अब सेवा को साथसा थै
सम्पन्न बन्ने प्लान बनाऊ , कर्मातीत बन्ने धुन लगाऊ
आज शिवबाबा आफ्ना
शालिग्राम बच्चाहरूसँग आफ्नो र बच्चाहरूको अवतरणको जयन्ती मनाउन आउनुभएको छ। यो
अवतरणको जयन्ती कति वन्डरफुल छ, जसमा बाबाले बच्चाहरूलाई र बच्चाहरूले बाबालाई
पदमापदम पटक बधाई दिइरहेका छन्। चारैतिर बच्चाहरू खुसीमा झुमिरहेका छन्– वाह बाबा!
वाह हामी शालिग्राम आत्माहरू! वाह! वाह! का गीत गाइरहेका छन्। तिम्रो जन्मदिवसको यही
यादगार भक्तहरूले द्वापरदेखि अहिलेसम्म पनि मनाइरहन्छन्। भक्तहरू पनि भावनामा कम
छैनन्। तर भक्त हुन्, बच्चा होइनन्। उनीहरूले हरेक वर्ष मनाउँछन् र तिमीहरूले सारा
कल्पमा एकपटक अवतरणको महत्त्वको दिवस मनाउँछौ। उनीहरूले हरेक वर्ष व्रत राख्छन्,
व्रत राख्छन् पनि र व्रत लिन्छन् पनि। तिमीहरूले एकैपटक व्रत लिन्छौ, कपी तिम्रै
गरेका हुन् तर तिमीले दिने महत्त्व र उनीहरूको यादगारको महत्त्वमा अन्तर छ। उनीहरूले
पनि पवित्रताको व्रत लिन्छन् तर हरेक वर्ष एक दिनको लागि व्रत लिन्छन्। तिमीहरू
सबैले पनि जन्म लिँदा नै एकपटक पवित्रताको व्रत लिएका छौ नि! लिएका छौ कि लिनु छ?
लिइसकेका छौ। एकपटक लिएका छौ, उनीहरूले वर्ष वर्ष लिन्छन्। सबैले लिएका छौ? केवल
ब्रह्मचर्य होइन, सम्पूर्ण पवित्रताको व्रत लिएका छौ। पाण्डवहरूले सम्पूर्ण
पवित्रताको व्रत लिएका छौ? कि केवल ब्रह्मचर्य मात्रमा ठीक छौ! ब्रह्मचर्य त
फाउन्डेसन हो तर केवल ब्रह्मचर्य होइन साथमा अरू चार वटा पनि छन्। चार वटाको पनि
व्रत लिएका छौ कि केवल एकको लिएका छौ? चेक गर। क्रोध गर्ने त छुट छ नि? छैन छुट?
अलिअलि क्रोध त गर्नुपर्छ नि? गर्नुपर्दैन? भन पाण्डवहरू, क्रोध गर्नुपर्दैन? गर्न
त पर्छ! ठीक छ, बापदादाले देख्नुभयो– क्रोध र जति पनि सबै क्रोधका साथीहरू छन्, ती
महाभूतको त त्याग गरेका छौ तर जस्तै माताहरूलाई, प्रवृत्ति भएकालाई ठुला
बच्चाहरूसँग त्यति धेरै प्रेम हुँदैन, मोह हुँदैन तर नातिनातिनासँग धेरै मोह हुन्छ।
सानासाना बच्चाहरू धेरै प्यारा लाग्छन्। बापदादाले देख्नुभयो– बच्चाहरूलाई पनि यी ५
विकार, ती जुन महाभूत जछन्, ती महारूप तिनीहरूसँग त प्रेम कम भयो तर यी विकारका जति
बालबच्चा छन् नि, सानासाना अंशमात्र, वंशमात्र, तिनीसँग अझै पनि अलिअलि प्रेम बाँकी
छ। छ प्रेम! कहिलेकाहीँ त प्रेम भइहाल्छ। भइहाल्छ? माताहरू? डबल फरेनरहरू, क्रोध
आउँदैन? कति बच्चाहरूले धेरै चतुराईका कुरा गर्छन्, सुनाऊँ के भन्छन्? सुनाऊँ? यदि
सुनाएँ भने आजै छोड्नुपर्छ। तयार छौ? तयार छौ छोड्न? कि केवल फाइलमा कागज जम्मा
गर्छौ? जस्तै हरेक वर्ष गर्छौ नि, बाबासँग धेरै ठुला प्रतिज्ञाका फाइलहरू भइसकेका
छन्, अहिले पनि त्यस्तै त होइन? एक प्रतिज्ञाको कागज फाइलमा थप गरिदिने, यस्तै त
होइन! फाइनल गर्ने कि फाइलमा हाल्ने? के गर्ने? भन, टिचरहरूले के गर्ने? फाइनल? हात
उठाऊ। त्यसैगरी वाचा गर्नु छैन। बापदादाले फेरि थोरै आफ्नो रूप धारण गर्नुहुनेछ।
ठीक छ। डबल फरेनरहरू– गर्ने फाइनल? जसले फाइनल गर्ने हो, उनीहरूले हात उठाऊ।
टि.भी.मा निकाल। अलिकति त्रेतायुगी हात होइन, पूरा हात उठाऊ। अच्छा, ठीक छ।
सुन, बाबा र
बच्चाहरूका कुरा के हुन्छन्? बापदादा मुस्कुराइरहनुहुन्छ। बाबा भन्नुहुन्छ क्रोध
किन गर्यौ? भन्छन् मैले गरिनँ, तर क्रोध गराइयो। गरिनँ, मलाई गराइयो। अब बाबाले के
भन्नु? फेरि के भन्छन्, यदि हजुर हुनुहुन्थ्यो भने हजुरलाई पनि क्रोध आउँथ्यो। मीठा
कुरा गर्छन् नि! फेरि भन्छन् निराकारबाट साकार तन लिएर हेर्नुहोस्। अब बताऊ यस्ता
मीठा बच्चाहरूलाई बाबाले के भन्नु! बाबालाई फेरि पनि रहमदिल बन्नैपर्छ। भन्नुहुन्छ–
ठीक छ, अहिले माफ गरिरहेको छु तर अब गर्दिन। तर जवाफ धेरै राम्राराम्रा दिन्छन्।
पवित्रता तिमी
ब्राह्मणहरूको सबैभन्दा ठुलो श्रृङ्गार हो, त्यसैले तिम्रा चित्रहरूको कति
श्रृङ्गार गर्छन्। यो श्रृङ्गार पवित्रताको यादगार हो। पवित्रता, सम्पूर्ण पवित्रता,
कामचलाउ पवित्रता होइन। सम्पूर्ण पवित्रता तिमी ब्राह्मण जीवनको सबैभन्दा ठुलो
प्रोपर्टी हो, रोयल्टी हो, पर्सनालिटी हो। त्यसैले भक्तहरूले पनि एक दिन पवित्रताको
व्रत गर्छन्। यो तिम्रो कपी गरेका हुन्। अर्को व्रत लिन्छन्– खानपिनको। खानपिनको
व्रत पनि आवश्यक हुन्छ। किन? तिमी ब्राह्मणहरूले पनि खानपिनको पक्का व्रत लिएका छौ
नि! जब मधुबन आउने फाराम सबैसँग भराउँछौ, त्यतिबेला यो फाराममा पनि भराउँछौ नि–
खानपिन शुद्ध छ? भराउँछौ नि! त्यसोभए खानपिनको व्रत पक्का छ? पक्का छ कि कहिलेकाहीँ
कच्चा भइहाल्छ? डबल विदेशीहरूको त डबल पक्का होला नि! डबल विदेशीहरूको डबल पक्का छ
कि कहिले थाक्छौ अनि भन्छौ अच्छा आज अलिकति खाइहालौँ। थोरै लुज भइदिन्छौ, होइन।
खानपिनको व्रत पक्का छ, त्यसैले भक्तहरूले पनि खानपिनको व्रत लिन्छन्। तेस्रो व्रत
लिन्छन् जागरणको, राती जाग्छन् नि! तिमी ब्राह्मणहरूले पनि अज्ञान निद्राबाट जागै
बस्ने व्रत लिन्छौ। बीचबीचमा अज्ञानको निद्रा त आउँदैन नि! भक्तहरूले तिमीहरूको कपी
गरिरहेका छन्, तिमीहरू पक्का छौ त्यसैले त कपी गर्छन्। कहिल्यै पनि अज्ञान अर्थात्
कमजोरीको, अलबेलापनको, आलस्यको निद्रा नआओस्। कि अलिअलि उङ् आए पनि हर्जा छैन? उङ्छौ?
यसरी अमृतबेला पनि कति उङ्छन्। तर यो सोच- हाम्रो यादगारमा भक्तहरूले के के कपी
गरिरहेका छन्! उनीहरू यति पक्का हुन्छन्, जेसुकै होस्, तर व्रत तोड्दैनन्। आजको
दिनमा भक्तहरूले खानपिनको पनि व्रत गर्नेछन् र तिमीहरूले आज के गर्छौ? पिकनिक गर्छौ
? उनीहरूले व्रत गर्छन् तिमीहरूले पिकनिक गर्छौ, केक काट्छौ नि! पिकनिक गर्छौ किनकि
तिमीहरूले जन्मबाटै व्रत लिएका छौ त्यसैले आजको दिन पिकनिक गर्छौ।
बापदादा अहिले
बच्चाहरूबाट के चाहनुहुन्छ? यो कुरा जानेका त छौ। सङ्कल्प धेरै राम्रा गर्छौ, यति
राम्रा सङ्कल्प गर्छौ सुनेर खुसी हुन्छु। सङ्कल्प गर्छौ तर पछि के हुन्छ? किन
सङ्कल्प कमजोरहुन्छन्? जबकि चाहन्छौ पनि किनकि बाबासँग प्रेम धेरै छ, बाबाले पनि
जान्नुहुन्छ– बापदादासँग सबै बच्चाहरूको दिलैदेखि प्रेम छ र प्रेममा सबैले हात
उठाउँछन्, १०० प्रतिशत त के १०० प्रतिशतभन्दा पनि धेरै प्रेम छ र बाबाले पनि
मान्नुहुन्छ प्रेममा सब पास छन्। तर के हो? तर छ कि छैन? तर आउँछ कि आउँदैन? पाण्डव,
बीचबीचमा तर आइहाल्छ? हुन्न भन्दैनौ, त्यसोभए हुन्छ भन। बापदादाले धेरैजसो
बच्चाहरूको एउटा कुरा नोट गर्नुभएको छ, प्रतिज्ञा कमजोर हुनुको एउटै कारण छ, एउटै
शब्द छ। सोच, त्यो एउटा शब्द के हो? टिचरहरूले भन– एउटा शब्द के हो? पाण्डवहरू, भन
एउटा शब्द के हो? याद त आयो नि! एउटा शब्द हो– ‘म’। अभिमानको रूपमा पनि ‘म’ आउँछ र
कमजोर पार्न पनि ‘म’ आउँछ। मैले जे भनेँ, मैले जे गरेँ, मैले जे बुझेँ, त्यही राइट
हो। त्यही हुनुपर्छ। यो अभिमानको ‘म’। मेरो पन जब पूरा हुँदैनफेरि दिलशिकस्त पनि
बनाउँछ र भन्छन् मैले गर्न सक्दिनँ, हिँड्न सक्दिनँ, धेरै मुस्किल छ। एउटा बडी
कन्सियसनेसको ‘म’ परिवर्तन भयो भने ‘म’ ले स्वमान पनि याद दिलाउँछ र ‘म’ले देह
अभिमानमा पनि ल्याउँछ। ‘म’ले निराश पनि बनाउँछ र ‘म’ ले खुसी पनि पार्छ र अभिमानको
निसानी जानेका छौ के हुन्छ? कहिल्यै पनि कसैमा पनि यदि अंशमात्र पनि बडी
कन्सियसनेसको अभिमान छ भने, त्यसको निसानी के हुन्छहोला? उसले आफ्नो अपमान सहन
सक्दैन। अभिमानले अपमान सहन गराउँदैन। अलिकति पनि कसैले भन्नेछ नि– यो ठीक होइन,
अलिकति निर्मान बन भनेमा अपमान मान्नेछ, यो अभिमानको निसानी हो।
बापदादा वतनमा
मुस्कुराइरहनुभएको थियो– यी बच्चाहरूले शिवरात्रिमा कहीँ कहीँ गएर भाषण गर्छन् नि,
अहिले धेरै भाषण गरिरहेका छन् नि। त्यसमा भन्छन्, बापदादालाई बच्चाहरूको प्वाइन्ट
याद आयो। त्यसमा भन्छन्– शिवरात्रिमा बोकाको बलि चढाउँछन्– त्यो बोकाले धेरै म्या
म्या गर्छ नि, शिवरात्रिमा यो “म” “म” को बलि चढाऊ। त्यतिबेला बाबाले सुनेर
मुस्कुराइरहनुभएको थियो। यस “म” को तिमीहरूले पनि बलि चढाऊ। सरेन्डर गर्न सक्छौ?
गर्न सक्छौ? पाण्डवहरूले गर्न सक्छौ? डबल फरेनरहरूले गर्न सक्छौ? फुल सरेन्डर कि
सरेन्डर मात्र? फुल सरेन्डर। आज बापदादाले यत्तिकै झण्डामा प्रतिज्ञा गराउनुहुने
छैन। आज प्रतिज्ञा गर र फाइलमा कागज जम्मा गर्नुपरोस्, यस्तो प्रतिज्ञा गराउनुहुने
छैन। के सोच्छौ, दादीहरू आज पनि यस्तो प्रतिज्ञा गराऊँ? फाइनल गर्ने कि फाइलमा जम्मा
गर्ने? भन, (फाइनल गराउनुहोस्) हिम्मत छ? हिम्मत छ? सुन्नमा मग्न भएका छन्, हात
उठाइरहेका छैनन्। भोलि त केही नहोस्! होइन नि! भोलि माया चक्कर लगाउन आउनेछ। मायाको
पनि तिमीहरूसँग प्रेम छ नि किनकि आजकाल त सबैले धुमधामले सेवाको प्लान बनाइरहेका छन्
नि। सेवा जोडतोडले गरिरहेका छौ, सेवा जोडतोडले गर्नु अर्थात् सम्पूर्ण समाप्तिको
समयलाई नजिक ल्याउनु हो। यस्तो नसोच– भाषण गरेर आएँ तर समयलाई नजिक ल्याइरहेका छौ।
सेवा राम्रो गरिरहेका छौ। बापदादा खुसी हुनुहुन्छ। तर बापदादाले देख्नुहुन्छ– समय
नजिक आइरहेको छ, ल्याइरहेका छौ तिमीहरूले, यतिकै लाख डेढ लाख जम्मा गरिएको होइन, यो
समयलाई नजिक ल्याइएको हो। अहिले गुजरातले गर्यो, मुम्बईले गर्नेछ, अरूले पनि
गरिरहेका छन्। ठीक छ, लाख होइन ५० हजार नै सही तर सन्देश दिइरहेका छौ भने सन्देशका
साथसाथै सम्पन्नताको पनि तयारी छ? तयारी छ? विनाशलाई बोलाइरहेका छौ भने तयारी छ?
दादीले प्रश्न गर्नुभएको थियो– अहिले के यस्तो प्लान बनाऊँ जसबाट चाँडैचाँडै
प्रत्यक्षता होस्? बापदादा भन्नुहुन्छ– प्रत्यक्षता त सेकेन्डको कुरा हो तर
प्रत्यक्षताभन्दा पहिले बापदादा सोध्नुहुन्छ स्थापनावालाहरू एभररेडी छन्? पर्दा खोलौं?
कि कसैले कानको श्रृङ्गार गरिरहेको होला, कसैले निधारको? तयार छौ? भइहाल्ने छौँ,
कहिले? डेट बताऊ। जस्तै अहिले डेट फिक्स गरिएको छ नि! यस महिनाभित्र सन्देश दिनु छ,
यस्तै सबै एभररेडी, कमसेकम १६ हजार त एभररेडी होऊन्, ९ लाख छोड, त्यसलाई पनि
छोडिदेऊ। १६ हजार त तयार होऊन्? छौ तयार? बजाऊँ ताली? यतिकै हुन्छ नभन्नु। एभररेडी
भयौ भने बापदादाले टचिङ् गर्नुहुनेछ, ताली बजाउनुहुनेछ, प्रकृतिले आफ्नो काम सुरु
गर्नेछ। साइन्सवालाले आफ्नो काम सुरु गरिदिनेछन्। के कुरामा ढिलाइ छ, सब रेडी छन्।
१६ हजार तयार छन्? छन् तयार? हुनेछन्। (हजुरलाई धेरै थाहा छ) यो जवाफ त छुट्कारा
पाउने उपाय हो। १६ हजारको रिपोर्ट आउनुपर्छ एभररेडी, सम्पूर्ण पवित्रताबाट सम्पन्न
भए। बापदादालाई ताली बजाउनमा कुनै समय लाग्दैन। डेट बताऊ। (हजुरले डेट दिनुहोस्)
सबैलाई सोध। हेर हुनु त छँदैछ तर जे सुनाइयो एउटा “म” शब्दको सम्पूर्ण परिवर्तन, तब
बाबासँगै जानेछौ। होइन भने पछिपछि जानु पर्नेछ। बापदादाले त्यसैले अहिले गेट
खोल्नुहुन्न किनकि सँगै जानु छ।
ब्रह्माबाबा सबै
बच्चाहरूलाई सोध्नुहुन्छ– गेट खोल्ने डेट बताऊ। गेट खोल्नु छ नि! जानु छ नि! आज
मनाउनु अर्थात् बन्नु। केवल केक काट्ने छैनौ तर “म” लाई समाप्त गर्नेछौ। सोचिरहेका
छौ कि सोचिसकेका छौ? किनकि बापदादासँग अमृतबेला सबैका धेरै भेराइटी सङ्कल्प पुग्छन्।
अब आपसमा राय गर्नु र बाबालाई डेट बताउनु। जबसम्म डेट फिक्स गरिएको हुँदैन नि,
तबसम्म कुनै कार्य हुँदैन। पहिले आपसमा महारथीहरूले डेट फिक्स गर फेरि सबले फलो
गर्नेछन्। फलो गर्ने तयार छन् र तिम्रो हिम्मतबाट अरू बल मिल्नेछ। जस्तै हेर अहिले
उमङ्ग उल्लास दिलाइयो त्यसैले तयार भयौ नि! यस्तै सम्पन्न बन्ने प्लान बनाऊ। धुन
लगाऊ, कर्मातीत बन्नु नै छ। जेसुकै होस् बन्नु नै छ, गर्नु नै छ, हुनु नै छ।
साइन्सवालाहरूको पनि आवाज, विनाश गर्नेहरूको पनि आवाज बाबाको कानमा आउँछन्, उनीहरूले
पनि भन्छन् किन रोक्नुहुन्छ, किन रोक्नुहुन्छ...। एडभान्स पार्टीले पनि भन्छन् डेट
फिक्स गर्नुहोस्, डेट फिक्स गर्नुहोस्। ब्रह्माबाबाले पनि भन्नुहुन्छ डेट फिक्स
गर्नुहोस्। त्यसैले यो मिटिङ गर। बापदादाले अब यति दुःख देख्न सक्नुहुन्न। पहिले त
तिमी शक्तिहरूलाई, देवता रूप पाण्डवहरूलाई रहम आउनुपर्छ। कति पुकारिरहेका छन्। अहिले
पुकारको आवाज तिम्रो कानमा गुञ्जिनुपर्छ। समयको पुकारको प्रोग्राम गर्छौ नि! अहिले
भक्तहरूको पुकार पनि सुन, दुःखीहरूको पुकार पनि सुन। सेवामा नम्बर राम्रो छ, यसमा त
बापदादाले पनि सर्टिफिकेट दिनुहुन्छ, उमङ्ग-उत्साह राम्रो छ, नम्बरवन गुजरातले लियो,
त्यसैले नम्बर वनको बधाई छ। अब अलिअलि पुकार सुन त सही, बिचराहरूले धेरै पुकारिरहेका
छन्, दिलैदेखि पुकारिरहेका छन्, तड्पिरहेका छन्। साइन्सवाला पनि धेरै चिच्याइरहेका
छन्, कहिले गरौं, कहिले गरौं, कहिले गरौं, पुकारिरहेका छन्। आज ठीकै छ केक काट, तर
भोलिबाट पुकार सुन्नु। मनाउनु त सङ्गमयुगका रीति हो। एकातिर मनाउनु अर्कोतिर
आत्माहरूलाई बनाउनु। अच्छा। त्यसोभए के सुन्यौ?
तिम्रो गीत छ–
दुःखीहरूमाथि केही रहम गर्नुहोस्। तिमीहरू बाहेक अरू कसैले रहम गर्न सक्दैन त्यसैले
अब समय प्रमाण रहमको मास्टर सागर बन। स्वयंमाथि पनि रहम, अन्य आत्माहरूप्रति पनि
रहम। अब आफ्नो यही लाइटहाउस स्वरूप बनेर भिन्नभिन्न लाइटका किरण देऊ। सारा विश्वका
अप्राप्त आत्माहरूलाई प्राप्तिको अँजुलीका किरणहरू देऊ। अच्छा!
सर्व साक्षात् बाबा
समान मूर्त श्रेष्ठ आत्माहरूलाई, सदा उमङ्ग-उत्साहमा रहने बाबाका समीप आत्माहरूलाई,
सदा बाबा समान सर्व कदम चाल्ने बच्चाहरूलाई, चारैतिरका ब्राह्मण जन्मका बधाई पात्र
बच्चाहरूलाई, सदा एकाग्रताको शक्ति सम्पन्न आत्माहरूलाई बापदादाको यादप्यार एवं
पदमपदमगुणा जन्मको बधाई छ, बधाई छ, बधाई छ! एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी
बाबालाई गुडमर्निङ्ग, नमस्ते।
प्यारा अव्यक्त
बापदादाले आफ्नो हातले शिवध्वज फहराउनुभयो र सबैलाई बधाई दिनुभयो:–
आजको दिन सबैले आफ्नो
जन्मदिनको बधाई दियौ र लियौ अनि झण्डा पनि फहरायौ। तर अब त्यो दिन चाँडै ल्याउनु छ,
जसमा विश्वको ग्लोबमाथि सर्व आत्माहरू उभिएर तिमीहरू सबैको अनुहारमा बाबाको झण्डा
देखुन्। कपडाको झण्डा त निमित्तमात्र हो तर एकएक बच्चाको अनुहारले बाबाको चित्र
देखाउनुपर्छ। यस्तो झण्डा फहराउनु छ। त्यो दिन पनि धेरै-धेरै-धेरै चाँडै ल्याउनु छ,
आउनु छ, आउनु छ। ओम् शान्ति।
वरदान:–
हदका रोयल
इच्छाहरूबाट मुक्त रह ेर सेवा गर्ने नि ः स्वार्थ सेवाधारी भव
जसरी ब्रह्माबाबाले
कर्मको बन्धनबाट मुक्त, न्यारा बन्ने सबुत दिनुभयो। सेवाको स्नेहबाहेक अरू कुनै
बन्धन छैन। सेवामा जो हदका रोयल इच्छाहरू हुन्छन्, तिनले पनि हिसाबकिताबको बन्धनमा
बाँध्छन्, सच्चा सेवाधारी यस हिसाबकिताबबाट पनि मुक्त रहन्छन्। जसरी देहको बन्धन,
देहको सम्बन्धको बन्धन छ, त्यसैगरी सेवामा स्वार्थ– यो पनि बन्धन हो। यस बन्धनबाट
वा रोयल हिसाबकिताबबाट पनि मुक्त निःस्वार्थ सेवाधारी बन।
स्लोगन:–
वाचाहरूलाई
फाइलमा नराख, फाइनल बनेर देखाऊ।
सूचना:– आज मधुवनमा
अव्यक्त बापदादासँग मिलनको शुभ दिवस हो। साथै अन्तर्राष्ट्रिय योग दिवस हो।