16.01.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– यादको
चार्ट राख , जति जति यादमा रहने बानी पर्दै जान्छ त्यति पाप काटिँदै जान्छ ,
कर्मातीत अवस्था समीप आउँदै जान्छ”
प्रश्न:–
चार्ट ठीक छ
वा छैन, यसको कुन ४ कुराद्वारा परख गर्न सकिन्छ?
उत्तर:–
(१)
व्यक्तित्व (२) चालचलन (३) सेवा र (४) खुसी। बापदादाले यी चार कुरालाई हेरेर बताउनु
हुन्छ– कसैको चार्ट ठीक छ वा छैन? जुन बच्चा म्युजियम वा प्रदर्शनीको सेवामा रहन्छन्,
जसको चालचलन श्रेष्ठ छ, अपार खुसीमा रहन्छन्, उनीहरूको चार्ट अवश्य ठीक हुन्छ।
गीत:–
मुखडा देख ले
प्राणी.....।
ओम् शान्ति ।
बच्चाहरूले
गीत सुन्यौ , यसको अर्थ पनि जान्नुपर्छ– कति पाप बचेका छन्, कति पुण्य जम्मा भएको छ
अर्थात् आत्मालाई सतोप्रधान बन्न कति समय लाग्छ? अहिले कतिसम्म पावन बनेको छु, यो
बुझ्न त सकिन्छ नि? चार्टमा कसैले लेख्छन्– म दुई-तीन घण्टा यादमा रहन्छु, कसैले
लेख्छन्– एक घण्टा। यो त धेरै कम भयो। थोरै याद गरियो भने पाप अलिकति मात्रै
काटिन्छ। अहिले त पाप धेरै छ नि, जुन काटिएको छैन। आत्मालाई नै प्राणी भनिन्छ।
त्यसैले अब बाबा भन्नुहुन्छ– हे आत्माहरू! आफैसँग सोध, यस हिसाबले कति पाप काटिएको
होला? चार्टबाट थाहा हुन्छ– म कति पुण्य आत्मा बनेको छु? यो त बाबाले सम्झाउनु भएको
छ, कर्मातीत अवस्था अन्त्यमा हुन्छ। याद गर्दा गर्दा बानी पर्नेछ अनि धेरै पाप
काटिन थाल्छ। आफ्नो जाँच गर्नु छ– म कति बाबाको यादमा रहन्छु? यसमा गफ लगाउने कुरा
छैन। यसमा त आफ्नो जाँच गर्नुपर्छ। बाबालाई आफ्नो चार्ट लेखेर दियौ भने बाबाले
तुरुन्तै बताउनु हुन्छ– यो चार्ट ठीक छ वा छैन? व्यक्तित्व, चालचलन, सेवा र खुसीलाई
देखेर बाबाले तुरुन्तै बुझ्नुहुन्छ– यसको चार्ट कस्तो छ! घरी घरी याद कसले गर्न
सक्छ होला? जो म्युजियम वा प्रदर्शनीको सेवामा रहन्छन्। म्युजियममा त सारा दिन
आउनेजाने भइरहन्छ। दिल्लीमा त धेरै आइरहन्छन्। घरी घरी बाबाको परिचय दिनुपर्छ। सम्झ,
कसैलाई तिमीले भन्यौ विनाश हुन थोरै वर्ष बाँकी छ। भन्छन्– यो कसरी हुन सक्छ?
तुरुन्तै भन्नुपर्छ– यो कहाँ मैले बताएको हुँ र! भगवानुवाच हो नि। भगवानुवाच त
अवश्य सत्य नै हुन्छ नि। त्यसैले बाबा सम्झाउनु हुन्छ– घरी घरी भन, यो शिवबाबाको
श्रीमत हो। मैले भनेको होइन, श्रीमत उहाँ बाबाको हो। उहाँ हुनुहुन्छ नै सत्य।
सबैभन्दा पहिला त बाबाको परिचय अवश्य दिनुपर्छ। त्यसैले बाबाले भन्नुभएको छ – हरेक
चित्रमा लेखिदेऊ– शिव भगवानुवाच। उहाँले त सही नै बताउनु हुन्छ, हामीले कहाँ
जान्दथ्यौं र। बाबाले बताउनु भएको छ त्यसैले हामीले भन्छौं। कहिलेकाहीँ अखबारमा पनि
लेख्छन्– फलानोले भविष्य वाणी गरेको छ– विनाश छिटै हुन्छ।
अब तिमीहरू त हौ बेहदका बाबाका बच्चाहरू। प्रजापिता ब्रह्माकुमार-कुमारीहरू त बेहदका
हुन् नि। तिमीले बताउँछौ– हामी बेहदका बाबाका सन्तान हौं। उहाँ नै पतित-पावन ज्ञानका
सागर हुनुहुन्छ। पहिला यो कुरा बुझाएर, पक्का गरेर फेरि अघि बढ्नुपर्छ। शिवबाबाले
यो भन्नुभएको छ– यादव, कौरव आदि विनाश काले विपरीत बुद्धि। शिवबाबाको नाम लिइरह्यौ
भने यसमा बच्चाहरूको पनि कल्याण छ, शिवबाबालाई नै याद गरिरहन्छौ। बाबाले तिमीलाई जे
सम्झाउनु भएको छ, त्यो फेरि तिमीले अरूलाई सुनाइराख। सेवा गर्नेको चार्ट राम्रो
हुनुपर्छ। सारा दिनमा ८ घण्टा सेवामा बिजी रहन्छन्। बढीमा एक घण्टा रेस्ट लिन्छन्
होला। तैपनि ७ घण्टा त सेवामा रहन्छन् नि। त्यसैले बुझ्नुपर्छ– उनीहरूको विकर्म धेरै
विनाश भइरहन्छ। धेरैलाई घरी घरी बाबाको परिचय दिए भने अवश्य यस्ता सेवाधारी बच्चाहरू
बाबालाई पनि प्रिय हुन्छन् । बाबाले हेर्नुहुन्छ– यसले त धेरैको कल्याण गर्छ,
रात-दिन यसलाई यही चिन्तन छ– मैले धेरैको कल्याण गर्नु छ। धेरैको कल्याण गर्नु मतलब
आफ्नो कल्याण गर्नु, छात्रवृत्ति पनि उनीहरूलाई मिल्छ जसले धेरैको कल्याण गर्छन्।
बच्चाहरूको त यही धन्दा हो। टिचर बनेर धेरैलाई मार्ग बताउनु छ। पहिला त यो ज्ञान
पूरा धारणा गर्नुपर्यो। कसैको कल्याण गर्दैनन् भने बुझिन्छ– यिनीहरूको तकदिरमा छैन।
बच्चाहरूले भन्छन्– बाबा, मलाई नोकरीबाट छुटाउनुहोस्, म यस सेवामा लाग्छु। बाबाले
पनि हेर्नुहुन्छ– वास्तवमा यो सेवाको लायक छ? बन्धनमुक्त पनि छ? तब भन्नुहुन्छ–
बन्धनमुक्त छौ भने ५००-१००० कमाउनु भन्दा त यस सेवामा लागेर धेरैको कल्याण गर । त्यो
पनि बाबाले सेवाधारी देख्नुभयो भने मात्र राय दिनुहुन्छ। सेवाधारी बच्चाहरूलाई त
जहाँतहिँ बोलाइरहन्छन्। स्कुलमा विद्यार्थीले पढ्छन् नि, यो पनि पढाइ हो। यो कुनै
सामान्य मत होइन। सत्य मतलब सत्य बोल्ने। हामीले श्रीमत अनुसार तपाईलाई यो सम्झाउँछौं।
ईश्वरको मत अहिले मात्रै तपाईहरूलाई मिल्छ।
बाबा भन्नुहुन्छ– तिमी फर्केर जानु छ। अब बेहद सुखको वर्सा लेऊ। कल्प कल्प तिमीलाई
वर्सा मिल्दै आएको छ किनकि स्वर्गको स्थापना त कल्प कल्प हुन्छ नि। यो कसैलाई थाहा
छैन– यो सृष्टि चक्र ५ हजार वर्षको हो। मनुष्य त बिलकुलै घोर अन्धकारमा छन्। तिमी
अहिले सम्पूर्ण उज्यालोमा छौ। स्वर्गको स्थापना त बाबाले नै गर्नुहुन्छ। यो त गायन
छ– दुनियाँमा आगो लाग्यो तैपनि अज्ञान निद्रामा सुतिरहे। तिमी बच्चाहरूलाई थाहा छ–
बेहदका बाबा ज्ञानका सागर हुनुहुन्छ। उच्च भन्दा उच्च बाबाको कर्तव्य पनि उच्च छ।
यस्तो होइन, ईश्वर त समर्थ हुनुहुन्छ, जे चाह्यो त्यही गर्नुहुन्छ। होइन, यो ड्रामा
पनि अनादि बनेको छ। सबै कुरा ड्रामा अनुसार नै चल्छ। लडाइँ आदिमा कति मर्छन्। यो पनि
ड्रामामा निश्चित छ। यसमा भगवानले के गर्न सक्नुहुन्छ र! भूकम्प आदि जाँदा हे भगवान!
भन्दै कति चिच्याउँछन् तर भगवानले के गर्न सक्नुहुन्छ र! भगवानलाई त तिमीले बोलाएका
हौ– आएर विनाश गर्नुहोस् भनेर। पतित दुनियाँमा बोलाएका छौ। स्थापना गरेर सबैको
विनाश गर्नुहोस्। मैले गर्दिनँ, यो त ड्रामामा निश्चित छ। अनाहकमा खुन बगाउने खेल
हुन्छ। यसमा बचाउने आदिको त कुरै छैन। तिमीले भनेका छौ– पावन दुनियाँ बनाउनुहोस्।
अवश्य पतित आत्माहरू जान्छन् नि। कसैले त बिलकुल बुझ्दैनन्। श्रीमतको अर्थ पनि
बुझ्दैनन्, भगवान को हुनुहुन्छ? केही पनि बुझ्दैनन्। कुनै बच्चाले ठीक पढेन भने
आमा-बुबाले भन्छन्– तिमी त पत्थरबुद्धि छौ। सत्ययुगमा त यसो भन्दैनन्। कलियुगमा छन्
नै पत्थरबुद्धि। पारसबुद्धि यहाँ कोही हुन सक्दैन। आजकाल त हेर मनुष्यले के के
गरिरहन्छन्, एउटा मुटु निकालेर अर्को राखिदिन्छन्। ठीक छ, यति मेहनतले यस्तो गर्छन्,
तर यसबाट फाइदा के? बढीमा अरू केही दिन जीवित रहन्छन्। धेरै ऋद्धि सिद्धि सिकेर
आउँछन्, फाइदा त केही पनि हुँदैन। भगवानलाई याद नै त्यसैले गर्छन्– आएर हामीलाई
पावन दुनियाँको मालिक बनाउनुहोस्। हामी पतित दुनियाँमा बस्दा धेरै दु:खी भएका छौं।
सत्ययुगमा त कुनै बिमारी आदि दु:खको कुरा हुँदैन। अहिले बाबाद्वारा तिमीले कति उच्च
पद पाउँछौ। यहाँ पनि मनुष्यले पढाइद्वारा नै उच्च डिग्री पाउँछन्। धेरै खुसी हुन्छन्।
तिमी बच्चाहरूले जान्दछौ– यहाँ त बाँकी थोरै दिन बाँच्छौं। शिरमा त धेरै पापको बोझ
छ। धेरै सजाय खान्छन्। आफूलाई पतित त भन्छन् नि। विकारमा जानु पाप सम्झँदैनन्। पाप
आत्मा त बन्छन् नि। भन्छन्– गृहस्थ आश्रम त अनादि चल्दै आउँछ। सम्झाइन्छ–
सत्ययुग-त्रेतामा पवित्र गृहस्थ आश्रम थियो। पाप आत्माहरू थिएनन्। यहाँ पाप आत्माहरू
छन् त्यसैले दु:खी छन्। यहाँ त अल्पकालको सुख छ, बिरामी भयो, मर्यो। मृत्यु त मुख
खोलेर उभिएको छ। अचानक हर्टफेल भएर जान्छन्। यहाँ छ नै काग विष्टा समान सुख। त्यहाँ
त तिमीलाई अथाह सुख हुन्छ। तिमी सारा विश्वको मालिक बन्छौ। कुनै पनि प्रकारको दु:ख
हुँदैन। न गर्मी, न जाडो हुन्छ, सदैव बसन्त मौसम हुन्छ। तत्त्व पनि नियममा रहन्छन्।
स्वर्ग त स्वर्ग नै हो, रात-दिनको फरक छ। तिमीले स्वर्गको स्थापना गर्नको लागि नै
बाबालाई बोलाउँछौ, आएर पावन दुनियाँ स्थापना गर्नुहोस्। हामीलाई पावन बनाउनुहोस्।
हरेक चित्रमा शिव भगवानुवाच लेखिएको होस्। यसद्वारा घरी घरी शिवबाबाको याद आउने छ।
ज्ञान पनि दिइरहन्छौ। म्युजियम अथवा प्रदर्शनीको सेवामा ज्ञान र योग दुवै सँगसँगै
चल्छ। यादमा रहनाले नसा चढ्छ। तिमी पावन बनेर सारा विश्वलाई पावन बनाउँछौ। जब तिमी
पावन बन्छौ, अवश्य सृष्टि पनि पावन चाहिन्छ। अन्त्यमा विनाशको समय हुने भएकाले सबैको
हिसाबकिताब चुक्ता हुन्छ। तिम्रो लागि मैले नयाँ सृष्टिको उद्घाटन गर्नुपर्छ। फेरि
शाखाहरू खुल्दै जान्छन्। पवित्र बनाउनको लागि नयाँ दुनियाँ सत्ययुगको जग त बाबा
बाहेक अरू कसैले राख्न सक्दैन। त्यसैले यस्ता बाबालाई याद पनि गर्नुपर्छ। तिमीले
म्युजियम आदिको उद्घाटन ठुला मानिसहरूद्वारा गराउँछौ जसले गर्दा प्रख्यात हुन सकोस्।
मनुष्यले सम्झन्छन् यो पनि यहाँ आउँछ। कसैले भन्छन्– हामीलाई लेखेर दिनुहोस् म
बोल्छु। त्यो पनि गलत हो। राम्रोसँग बुझेर नहेरी बोल्यो भने धेरै राम्रो हुन्छ।
कसैले त लिखित पढेर सुनाउँछन् ताकि एक्युरेट होस्। तिमी बच्चाहरूले त नहेरीकनै
सम्झाउनु छ। तिम्रो आत्मामा सारा ज्ञान छ नि। फेरि तिमीले अरूलाई दिन्छौ। प्रजाको
वृद्धि भइरहन्छ। जनसङ्ख्या पनि बढ्दै जान्छ नि। सबै चीज बढिरहन्छन्। वृक्ष सारा
जडसमान भएको छ। जो आफ्नो धर्मका हुन्छन् उनीहरू निस्किएर आउने छन्। नम्बरवार त छन्
नि। सबैले एकरस पढ्न सक्दैनन्। कोही १०० मा एक नम्बर ल्याउनेहरू पनि छन्, अलिकति
मात्रै सुने र एक नम्बर मिल्यो भने पनि स्वर्गमा आउने छन्। यो हो बेहदको पढाइ, जुन
बेहदको बाबाले नै पढाउनु हुन्छ। जो यस धर्मका हुन्छन् उनीहरू निस्किएर आउने छन्।
पहिला त सबैलाई मुक्तिधाम आफ्नो घर जानु छ फेरि नम्बरवार आइरहन्छन्। कोही त त्रेताको
अन्त्यसम्म पनि आउने छन्। बन्न त ब्राह्मण बन्छन् तर सबै ब्राह्मण सत्ययुगमा
आउँदैनन्, त्रेताको अन्त्यसम्म आउने छन्। यी बुझ्नुपर्ने कुरा हुन्। बाबालाई थाहा
छ– राजधानी स्थापना भइरहेको छ, सबै एकरस हुन सक्दैनन्। राज्यमा त सबै थरीका
चाहिन्छन्। प्रजालाई बाहिरीया भनिन्छ। बाबाले सम्झाउनु भएको थियो त्यहाँ मन्त्री
आदिको आवश्यकता हुँदैन। उनीहरूलाई श्रीमत मिल्यो, जसबाट यस्ता बने। फेरि यिनले कहाँ
कोहीबाट राय लिन्छन् र। मन्त्री आदि कोही हुँदैनन्। फेरि जब पतित बन्छन् तब एक
मन्त्री, एक राजा-रानी हुन्छन्। अहिले त कति मन्त्रीहरू छन्। यहाँ त पञ्चायती राज्य
छ नि। एउटाको मत अर्कोसँग मिल्दैन। एकसँग दोस्ती राख्यो, सम्झायो भने काम गरिदिन्छन्।
फेरि अर्को आउँछ, उसको बुझाइमा आएन भने उल्टै काम बिगारिदिन्छ। एउटाको बुद्धि
अर्कोसँग मिल्दैन। त्यहाँ त तिमीहरूका सबै कामनाहरू पूरा हुन्छन्। तिमीले कति दु:ख
पाएका छौ, यसको नाम हो नै दु:खधाम। भक्तिमार्गमा कति धक्का खाएका छौ। यो पनि ड्रामा।
जब दु:खी हुन्छौ तब बाबा आएर सुखको वर्सा दिनुहुन्छ। बाबाले तिम्रो बुद्धि कति
खोलिदिनुभएको छ। मनुष्यले त भनिदिन्छन् धनवानको लागि स्वर्ग छ, गरिब नर्कमा छन्।
तिमीले यथार्थसँग जानेका छौ– स्वर्ग केलाई भनिन्छ। सत्ययुगमा कहाँ कसैले दयावान
भनेर बोलाउँछन् र। यहाँ बोलाउँछन्– दया गर्नुहोस्, मुक्त गर्नुहोस्। बाबाले नै
सबैलाई शान्तिधाम, सुखधाम लिएर जानुहुन्छ। अज्ञान कालमा तिमीले पनि केही जान्दैनथ्यौ।
जो नम्बरवन तमोप्रधान, ऊ नै फेरि नम्बरवन सतोप्रधान बन्छन्। यिनले आफ्नो बढाइँ
गर्दैनन्। बढाइँ त एकको नै हुन्छ। लक्ष्मी-नारायणलाई पनि यस्तो बनाउने त उहाँ
हुनुहुन्छ नि। उच्च भन्दा उच्च भगवान। उहाँले बनाउन पनि उच्च बनाउनु हुन्छ। बाबालाई
थाहा छ, सबै त उच्च बन्दैनन्। तैपनि पुरुषार्थ गर्नुपर्छ। यहाँ तिमी आउँछौ नै नरबाट
नारायण बन्न। भन्छौ– बाबा, मैले त स्वर्गको बादसाही लिन्छु। हामी सत्य-नारायणको
सच्चा कथा सुन्न आएका हौं। बाबा भन्नुहुन्छ– अच्छा, तिम्रो मुखमा गुलाबजामुन, मेहनत
गर। सबै त लक्ष्मी-नारायण बन्दैनन्। यहाँ राजधानी स्थापना भइरहेको छ। राजघरानामा,
प्रजाघरानामा धेरै चाहिन्छ नि। आश्चर्यवत्, सुनन्ती, कथन्ती, फारकती देवन्ती....
फेरि फर्केर पनि आउँछन्। जुन बच्चाले आफ्नो केही न केही उन्नति गर्छन् उनीहरू चढ्छन्।
समर्पण हुन्छन् नै गरिब। देहसहित अरू केही पनि याद नरहोस्, लक्ष्य ठुलो छ। यदि
सम्बन्ध जुटेको छ भने उहाँको याद अवश्य आउँछ। बाबालाई के याद हुन्छ? सारा दिन बेहदमा
नै बुद्धि रहन्छ। कति मेहनत गर्नुपर्छ। बाबा भन्नुहुन्छ– मेरा बच्चाहरूमध्ये पनि
उत्तम, मध्यम, कनिष्ठ छन्। अरू कोही आए भने पनि सम्झन्छन् यी पतित दुनियाँका हुन्,
तैपनि यज्ञको सेवा गर्छन् भने सम्मान दिनुपर्छ। बाबा त होसियार हुनुहुन्छ नि। उहाँ
टावर अफ साइलेन्स, होलिएस्ट अफ होली (परमपावन) टावर हुनुहुन्छ, जहाँ होलिएस्ट अफ
होली बाबाले सारा विश्वलाई बसेर होली बनाउनु हुन्छ। यहाँ कोही पतित आउन सक्दैन। तर
बाबा भन्नुहुन्छ– म आएको छु नै सबै पतितलाई पावन बनाउन, यस खेलमा मेरो पनि पार्ट छ।
अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) आफ्नो चार्टलाई हेरेर कति पुण्य जम्मा भएको छ जाँच गर्नु छ? आत्मा कति सतोप्रधान
बनेको छ? यादमा रहेर सबै हिसाबकिताब चुक्ता गर्नु छ।
२) छात्रवृत्ति लिनको
लागि सेवाधारी बनेर धेरैको कल्याण गर्नु छ। बाबाको प्रिय बन्नु छ। टिचर बनेर
धेरैलाई मार्ग बताउनु छ।
वरदान:–
आफ्नो फरिस्ता
स्वरूपद्वारा सर्वलाई वर्साको अधिकार दिलाउने आकर्षणमूर्त भव
फरिस्ता स्वरूपको
यस्तो चम्किलो ड्रेस धारण गर्नु छ जसले टाढा टाढासम्म आत्माहरूलाई आफूतिर आकर्षित
गर्छ र सर्वलाई भिखारीपनबाट छुटाएर वर्साको अधिकारी बनाउँछ। यसको निम्ति ज्ञानमूर्त,
यादमूर्त र सर्व दिव्य गुणमूर्त बनेर उड्ने कलामा स्थित रहने अभ्यास बढाउँदै जाऊ।
तिमीहरूको उड्ने कलाले नै सर्वलाई हिँड्दा-डुल्दा फरिस्ता सो देवता स्वरूपको
साक्षात्कार गराउनेछ। यही विधाता, वरदातापनको स्टेज हो।
स्लोगन:–
अरूका मनका
भावहरू जान्नको निम्ति सदा “मनमनाभव” को स्थितिमा स्थित होऊ।