16.02.25 Avyakt Bapdada Nepali Murli 02.02.2004 Om Shanti Madhuban
“पूर्वज र पूज्यको
स्वमानमा रहेर विश्वका हर आत्माको पालना गर , आशीर्वाद देऊ , आशीर्वाद लेऊ”
आज बापदादाले
चारैतिरका सर्व श्रेष्ठ बच्चाहरूलाई देखिरहनुभएको छ। हरेक बच्चा पूर्वज पनि हुन् र
पूज्य पनि हुन्। त्यसैले यस कल्पवृक्षका तिमीहरू सबै जरा हौ, हाँगा पनि हौ। हाँगाको
कनेक्सन सारा वृक्षका हाँगाबिँगा, पातहरूसँग स्वतः नै हुन्छ। त्यसोभए सबैले आफूलाई
यस्तो श्रेष्ठ आत्मा सारा वृक्षका पूर्वज सम्झन्छौ? जस्तै ब्रह्मालाई ग्रेट-ग्रेट
ग्रान्ड फादर भनिन्छ, उहाँका साथी तिमीहरू पनि मास्टर ग्रेट ग्रान्ड फादर हौ।
पूर्वज आत्माहरूको कति ठुलो स्वमान छ! त्यसै नसामा रहन्छौ? सारा विश्वका
आत्माहरूसँग चाहे कुनै पनि धर्मका आत्माहरू हुन् तर सर्व आत्माहरूका तिमीहरू हाँगाको
रूपमा आधारमूर्त पूर्वज हौ। त्यसैले पूर्वज हुनुको कारण पूज्य पनि हौ। पूर्वजद्वारा
स्वतः हर आत्मालाई सकाश नै मिलिरहन्छ। रूखलाई हेर, हाँगाद्वारा, जराद्वारा अन्तिम
पातलाई पनि सकाश मिलिरहन्छ। पूर्वजको कार्य के हुन्छ? पूर्वजहरूको कार्य हो सबैको
पालना गर्नु। लौकिकमा पनि देखेका छौ, पूर्वजद्वारा नै चाहे शारीरिक शक्तिको पालना,
स्थूल भोजनद्वारा वा पढाइद्वारा शक्ति भर्ने पालना हुन्छ। त्यसैगरी तिमी पूर्वज
आत्माहरूले बाबाद्वारा मिलेका शक्तिहरूबाट सर्व आत्माहरूको पालना गर्नु छ।
आजकलको समय अनुसार
सर्व आत्माहरूलाई शक्तिहरूद्वारा पालनाको आवश्यकता छ। जान्दछौ आजकाल आत्माहरूमा
अशान्ति र दुःखको लहर छाएको छ। तिमी पूर्वज र पूज्य आत्माहरूलाई आफ्नो वंशावलीमाथि
दया आउँछ? जस्तै जब कुनै विशेष अशान्तिको वायुमण्डल हुन्छ, त्यतिबेला विशेष रूपले
मिलिट्री वा पुलिस अलर्ट हुन्छन्। त्यस्तै आजकालको वातावरणमा तिमी पूर्वज पनि विशेष
सेवाको निमित्त स्वयंलाई निमित्त सम्झन्छौ! सारा विश्वका आत्माहरूको निमित्त हौ, यो
स्मृति रहन्छ? सारा विश्वका आत्माहरूलाई आज तिम्रो सकाशको आवश्यकता छ। आफूलाई यस्तो
बेहदको विश्वको पूर्वज आत्मा अनुभव गर्छौ? विश्वको सेवा याद आउँछ वा आफ्नो
सेन्टरहरूको सेवा याद आउँछ? आज आत्माहरू तिमी पूर्वज देव आत्माहरूलाई पुकारिरहेका
छन्। हरेकले आआफ्ना भिन्न भिन्न देवीहरू वा देवताहरूलाई पुकारिरहेका छन्– आऊ, क्षमा
गर, कृपा गर। भक्तहरूको आवाज सुनिन्छ? सुनिन्छ कि सुनिँदैन? कुनै पनि धर्मका
आत्माहरू हुन्, जब उनीहरूसँग मिल्छौ, आफूलाई सर्व आत्माहरूको पूर्वज सम्झेर मिल्छौ?
यस्तो अनुभव हुन्छ– यी पनि हामी पूर्वजकै हाँगाबिँगा हुन्! यिनीहरूलाई पनि सकाश दिने
तिमी पूर्वज हौ। आफ्नो कल्पवृक्षको चित्र सामुन्ने ल्याऊ, आफूलाई हेर तिम्रो स्थान
कहाँ छ! जरामा पनि तिमी छौ, हाँगामा पनि तिमी छौ। साथै परमधाममा पनि हेर तिमी
पूर्वज आत्माहरूको स्थान बाबासँग नजिकको छ। जान्दछौ नि! यही नसाबाट कुनै पनि
आत्मासँग मिल्यौ भने हर धर्मका आत्माले तिमीलाई यी हाम्रा हुन्, आफ्ना हुन्, त्यस
दृष्टिले हेर्छन्। यदि त्यस पूर्वजको नसाबाट, स्मृतिबाट, वृत्तिबाट, दृष्टिबाट
मिल्यौ भने उनीहरूलाई पनि आफ्नोपनको आभास हुन्छ किनकि तिमी सबैका पूर्वज हौ, सबैका
हौ। यस्तो स्मृतिबाट सेवा गर्नाले हर आत्माले अनुभव गर्नेछन्– यी हाम्रै पूर्वज वा
इष्ट फेरि हामीलाई भेट्न आए। फेरि पूज्य पनि देखेँ– कति ठुलो पूजा हुन्छ, कुनै पनि
धर्मात्मा, महात्माको यस्तो तिमी देवी-देवताहरू समान विधिपूर्वक पूजा हुँदैन। पूज्य
बन्छन् तर तिमीहरू जस्तो विधिपूर्वक पूजा हुँदैन। गायन पनि हेर कति विधिपूर्वक
कीर्तन गर्छन्, आरती गर्छन्। तिमी नै यस्तो पूज्य पूर्वज बन्छौ। आफूलाई यस्तो
सम्झन्छौ? यस्तो नशा छ? छ नसा? जसले सम्झन्छौ हामी पूर्वज आत्मा हौँ, यो नशा रहन्छ,
यो स्मृति रहन्छ, उनले हात उठाऊ। रहन्छ? अच्छा। रहन्छ त्यसैले त हात उठायौ? धेरै
राम्रो। अब दोस्रो प्रश्न कुन हुन्छ? सदा रहन्छ?
बापदादा सबै
बच्चाहरूलाई हर प्राप्तिमा अविनाशी देख्न चाहनुहुन्छ। कहिलेकाहीँ होइन, किन? जवाफ
धेरै चतुराइले दिन्छौ, के भन्छौ? रहन त रहन्छ ..., राम्रो रहन्छ। फेरि बिस्तारै
भन्छौ, थोरै कहिलेकाहीँ हुन्छ। हेर, बाबा पनि अविनाशी, तिमी आत्माहरू पनि अविनाशी
हौ नि! प्राप्तिहरू पनि अविनाशी, ज्ञान अविनाशीद्वारा अविनाशी ज्ञान हो। त्यसैले
धारणा पनि के हुनुपर्छ? अविनाशी हुनुपर्छ वा कहिलेकाहीँ?
बापदादा अहिले सबै
बच्चाहरूलाई समयको परिस्थिति अनुसार बेहदको सेवामा सदा बिजी देख्न चाहनुहुन्छ किनकि
सेवामा बिजी रहनाले अनेक प्रकारका हलचलबाट बच्छौ। तर जहिले पनि सेवा गर्छौ, प्लान
बनाउँछौ र प्लान अनुसार प्राक्टिकलमा पनि आउँछौ, सफलता पनि प्राप्त गर्छौ। तर
बापदादा चाहनुहुन्छ– एक समयमा तीनवटै सेवा सँगसँगै होस्, केवल वाचा नहोस्, मनशा पनि
होस्, वाचा पनि होस् र कर्मणा अर्थात् सम्बन्ध-सम्पर्कमा आउँदा पनि सेवा होस्।
सेवाको भाव, सेवाको भावना होस्। यस समयमा वाचाको सेवाको पर्सेन्टेज ज्यादा छ, मनशा
छ तर वाचाको पर्सेन्टेज ज्यादा छ। एकै समयमा तीनवटै सेवा सँगसँगै हुनाले सेवामा
सफलता अझ ज्यादा हुनेछ।
बापदादाले समाचार
सुन्नुभएको छ– यस ग्रुपमा पनि भिन्न भिन्न वर्गका आएका छन् र सेवाको प्लान राम्रो
बनाइरहेका छन्। राम्रो गरिरहेका छन्, तर तीनवटै सेवा सँगसँगै हुनाले सेवाको स्पीड
अझ वृद्धि हुनेछ। सबै चारैतिरबाट बच्चाहरू आइपुगेका छन्, यो देखेर बापदादालाई पनि
खुसी लाग्छ। नयाँ -नयाँ बच्चाहरू उमङ्ग-उत्साहले आइपुग्छन्।
अब बापदादा सबै
बच्चाहरूलाई सदा निर्विघ्न स्वरूपमा देख्न चाहनुहुन्छ, किन? जब तिमी निमित्त बनेर
निर्विघ्न स्थितिमा स्थित रहन्छौ तब विश्वका आत्माहरूलाई सर्व समस्याहरूबाट
निर्विघ्न बनाउन सक्छौ। यसको लागि विशेष दुई कुरामा अन्डरलाइन गर। गर्छौ पनि तर अझै
अन्डरलाइन गर। एक त हर एक आत्मालाई आफ्नो आत्मिक दृष्टिले हेर। आत्माको ओरिजिनल
संस्कारको स्वरूपमा हेर। चाहे जस्तो संस्कार भएको आत्मा होस् तर तिम्रो हर आत्मा
प्रति शुभभावना, शुभकामना, परिवर्तनको श्रेष्ठ भावनाले उसको संस्कारलाई थोरै समयको
लागि परिवर्तन गर्नसक्छ। आत्मिक भाव इमर्ज गर। जस्तै सुरु सुरुमा देखेका थियौ,
सङ्गठनमा रहँदा आत्मिक दृष्टि, आत्मिक वृत्ति, आत्मा आत्मासँग मिलिरहेको छ, कुरा
गरिरहेको छ, यस दृष्टिले फाउन्डेसन कति पक्का भयो। अहिले सेवाको विस्तारमा, सेवाको
विस्तारको सम्बन्धमा आत्मिक भावबाट चल्नु, बोल्नु, सम्पर्कमा आउनु मर्ज भएको छ। खतम
भएको छैन तर मर्ज भएको छ। आत्मिक स्वमानले आत्मालाई सहजै सफलता दिलाउँछ किनकि
तिमीहरू सबै को आउनुभयो र एकै ठाउँमा जम्मा भएका छौ? त्यही कल्प पहिलेका देव
आत्माहरू, ब्राह्मण आत्माहरू एकै ठाउँमा जम्मा भएका छौ। ब्राह्मण आत्माको रूपमा पनि
सबै श्रेष्ठ आत्माहरू हौ, देव आत्माहरूको हिसाबले पनि श्रेष्ठ आत्माहरू हौ। त्यसै
स्वरूपबाट सम्बन्ध-सम्पर्कमा आऊ। हर समय चेक गर– म देव आत्मा, ब्राह्मण आत्माको
श्रेष्ठ कर्तव्य, श्रेष्ठ सेवा के हो? “आशीर्वाद दिनु र आशीर्वाद लिनु।” तिम्रो जड
चित्रले के सेवा गर्छ? जस्तोसुकै आत्मा होस् तर आशीर्वाद लिन जान्छन्, आशीर्वाद
लिएर आउँछन्। कसैले पनि यदि पुरुषार्थमा मेहनत सम्झन्छन् भने सबैभन्दा सहज
पुरुषार्थ हो, सारा दिन दृष्टि, वृत्ति, बोली, भावनाबाट सबैलाई आशीर्वाद देऊ,
आशीर्वाद लेऊ। तिम्रो टाइटल छ, वरदान नै छ महादानी, सेवा गर्दा, कार्यमा
सम्बन्ध-सम्पर्कमा आउँदा केवल यही कार्य गर– आशीर्वाद देऊ र आशीर्वाद लेऊ। यो
मुस्किल छ कि सहज छ? जसले सम्झन्छन् सहज छ, उनले हात उठाऊ। कसैले तिम्रो अवरोध गर्यो
भने? तैपनि आशीर्वाद दिन्छौ? दिन्छौ? आशीर्वादको यति स्टक छ तिमीहरूसँग? अवरोध त
हुन्छ किनकि अवरोधले नै पोजिसनसम्म पुर्याउँछ। हेर, सबैभन्दा ज्यादा अपोजिशन (विरोध)
ब्रह्माबाबाको भयो। भयो नि? र पोजिसन कसले नम्बरवन पायो? ब्रह्माले पाउनुभयो नि!
जेसुकै पनि होस् तर मलाई ब्रह्माबाबा समान आशीर्वाद दिनु छ। के ब्रह्माबाबाको अगाडि
व्यर्थ बोल्ने, व्यर्थ गर्नेहरू थिएनन्? तर ब्रह्माबाबाले आशीर्वाद दिनुभयो,
आशीर्वाद लिनुभयो, समाहित गर्ने शक्ति राख्नुभयो। बच्चा हो, परिवर्तन भइहाल्छ। यस्तै
तिमीहरूले पनि यही वृत्ति दृष्टि राख– यी कल्प पहिलेका हाम्रै परिवारका, ब्राह्मण
परिवारका हुन्। मलाई परिवर्तन गरेर यसलाई पनि परिवर्तन गर्नु छ। यो परिवर्तन भयो भने
म परिवर्तन हुन्छु, होइन। म परिवर्तन भएर परिवर्तन गर्नु छ, मेरो जिम्मेवारी हो। तब
आशीर्वाद निस्कन्छ र आशीर्वाद मिल्छ। अहिले समय चाँडै परिवर्तनको दिशामा गइरहेको छ,
अतिमा गइरहेको छ तर समय परिवर्तन हुनुभन्दा पहिले तिमी विश्व परिवर्तक श्रेष्ठ
आत्माहरू स्व परिवर्तनद्वारा सबैको परिवर्तनको आधारमूर्त बन। तिमी पनि विश्वको
आधारमूर्त, उद्धारमूर्त हौ। हर एक आत्माले लक्ष्य राख– मलाई निमित्त बन्नु छ। केवल
तीन कुराको स्वमा सङ्कल्प मात्र पनि नहोस्, यो परिवर्तन गर। पहिलो– परचिन्तन। दोस्रो–
परदर्शन। स्वदर्शनको सट्टा परदर्शन होइन। तेस्रो– परमत वा कुसङ्ग। श्रेष्ठ सङ्ग गर
किनकि सङ्गदोषले धेरै नोक्सान पार्छ। पहिले पनि बापदादाले भन्नुभएको थियो– एक
पर-उपकारी बन र यी तीन पर काटिदेऊ। पर दर्शन, पर चिन्तन, परमत अर्थात् कुसङ्ग, परको
फालतु सङ्ग। पर-उपकारी बन तब मात्र आशीर्वाद मिल्नेछ र आशीर्वाद दिनेछौ। जसले जेसुकै
दिए पनि ले आशीर्वाद देऊ। यति हिम्मत छ? छ हिम्मत? बापदादा चारैतिरका सर्व
सेन्टरहरूका बच्चाहरूलाई भन्नुहुन्छ– यदि तिमीहरू सबै बच्चाहरूले हिम्मत राख्यौ,
कसैले जे देओस् तर मैले आशीर्वाद दिनु छ, उनलाई बापदादाले यस वर्ष एक्स्ट्रा
हिम्मतको, उमङ्गको कारण मद्दत दिनुहुनेछ। एक्स्ट्रा मद्दत दिनुहुनेछ। तर आशीर्वाद
दियौ भने मात्र। मिक्स गर्नु छैन। बापदादाको पासमा त सारा रेकर्ड आउँछ नि! सङ्कल्पमा
पनि आशीर्वादको सट्टा अरू केही नहोस्। हिम्मत छ? छ भने हात उठाऊ। गर्नुपर्नेछ। केवल
हात उठाउने मात्र होइन। गर्नुपर्नेछ। गर्नेछौ? मधुबनकाले, टिचरहरूले गर्नेछौ? अच्छा,
एक्स्ट्रा मार्क्स जम्मा गर्नेछौ? बधाई छ। किन? बापदादाको पासमा एडभान्स पार्टी
बारम्बार आउँछन्। उनीहरूले भन्छन्– हामीलाई त एडभान्स पार्टीको पार्ट दियो, त्यो
खेलिरहेका छौँ तर हाम्रा साथीहरूले एडभान्स स्टेज किन बनाउँदैनन्? अब उत्तर के दिऊँ?
के उत्तर दिऊँ? एडभान्स स्टेज र एडभान्स पार्टीको पार्ट, जब दुवै मिल्छन् तब त
समाप्ति हुन्छ। त्यसोभए उनीहरूले सोध्दा के जवाफ दिने? कति वर्षमा बन्नेछ? सबै
मनाइयो, सिल्भर जुबली, गोल्डन जुबली, डायमण्ड जुबली सबै मनाइयो। अब एडभान्स स्टेज
सेरेमनी मनाऊ। त्यसको डेट फिक्स गर। पाण्डवहरूले बताऊ, डेट हुनेछ त्यसको? पहिलो
लाइनवालाले बोल। डेट फिक्स हुनेछ कि अचानक हुनेछ? के हुनेछ? अचानक हुनेछ कि
भइहाल्नेछ? बोल, केही बोल। सोचिरहेका छौ र? निर्वैरसँग सोधिरहेको छु? सेरेमनी हुनेछ
वा अचानक हुनेछ? तिमीले दादीसँग सोधिरहेका छौ? यिनले दादीलाई हेरिरहेका छन् दादीले
केही बोलुन्। तिमीले बताऊ, रमेशले बताऊ? (आखिर त यो हुनु नै छ) आखिर पनि कहिले? (तिमीले
डेट बताऊ, त्यस डेटसम्ममा गरिहाल्नेछौँ) अच्छा– बापदादाले एक वर्षको एक्स्ट्रा डेट
दिनुभएको छ। हिम्मतद्वारा एक्स्ट्रा मद्दत मिल्नेछ। यो त गर्न सक्छौ नि, यो गरेर
देखाऊ फेरि बाबाले डेट फिक्स गर्नुहुनेछ। (हजुरको डाइरेक्सन भएमा यस २००४ लाई यस्तो
मनाउनेछौँ) मतलब यो हो कि अहिले यति तयारी छैन। त्यसोभए एडभान्स पार्टीलाई अझै एक
वर्ष त रहनुपर्नेछ नि। अहिलेदेखि लक्ष्य राख्नेछौँ– गर्नु नै छ, यसरी धेरैकाल एड
हुनेछ किनकि धेरैकालको पनि हिसाब छ नि! यदि अन्त्यमा गर्यौ भने धेरैकालको हिसाब ठीक
हुनेछैन त्यसैले अहिलेदेखि अटेन्सन प्लिज। अच्छा।
अहिले रूहानी ड्रिल
याद छ? एक सेकेन्डमा आफ्नो पूर्वज स्टेजमा आएर परमधाम निवासी बाबा सँगसँगै लाइट
हाउस बनेर विश्वलाई लाइट दिनसक्छौ? त्यसोभए एक सेकेन्डमा सबै चारैतिर देश विदेशमा
सुन्ने, हेर्नेहरू लाइट हाउस बनेर विश्वको चारैतिर सर्व आत्माहरूलाई लाइट देऊ, सकाश
देऊ, शक्तिहरू देऊ। अच्छा।
चारैतिरका विश्वका
पूर्वज र पूज्य आत्माहरूलाई, सदा दाता बनेर सबैलाई आशीर्वाद दिने महादानी
आत्माहरूलाई, सदा दृढताद्वारा स्व-परिवर्तनबाट सबैको परिवर्तन गर्ने विश्व परिवर्तक
आत्माहरूलाई, सदा लाइट हाउस बनेर सर्व आत्माहरूलाई लाइट दिने समीप आत्माहरूलाई
बापदादाको यादप्यार एवम् दिलको आशीर्वाद सहित नमस्ते। रुहानी बच्चाहरूको रुहानी
बाबालाई गुडमर्निङ्ग, नमस्ते।
दादीजी , दादी
जानकीजीसँग:–
राम्रो छ, दुवै दादीहरूले धेरै राम्रो पालना गरिरहेका छौ। राम्रो पालना भइरहेको छ
नि! धेरै राम्रो। सेवाको निमित्त बनेका छौ नि! तिमीहरू सबैलाई पनि दादीहरूलाई देखेर
खुसी लाग्छ। खुसी लाग्छ नि! जिम्मेवारीको सुख पनि त मिल्छ नि! सबैको आशीर्वाद कति
मिल्छ। सबैलाई खुसी लाग्छ, (दुवै दादीहरूले बाबालाई अङ्कमाल गर्नुहुन्छ) जसरी यो
देखेर खुसी लाग्छ, त्यसैगरी यिनीहरू जस्तो बनेमा कति खुसी लाग्नेछ किनकि बापदादाले
निमित्त बनाउनुभएको छ भने कुनै विशेषता छ तब निमित्त बनाउनुभएको छ। र, तीनै
विशेषताहरू तिमी हरेकमा आइदियो भने के हुनेछ? आफ्नो राज्य आइहाल्छ। जुन बापदादाले
डेट भन्नुहुन्छ नि, त्यो आइहाल्नेछ। अब याद छ नि डेट फिक्स गर्नुपर्नेछ। हर एकले
सम्झनु छ मैले गर्नुपर्नेछ। सबै निमित्त बन्यौ भने विश्वको नवनिर्माण भइहाल्नेछ।
निमित्त भाव, यो गुणहरूको खानी हो। केवल हर पल निमित्त भाव आइदियो भने अरू सबै गुण
सहजै आउन सक्छन् किनकि निमित्त भावमा ‘मै’ पन हुँदैन र ‘मै’ पनले नै हलचलमा ल्याउँछ।
निमित्त बनेपछि मेरोपन पनि खतम, तेरो, तेरो भइहाल्छ। सहजयोगी बनिन्छ। सबैको
दादीहरूसँग स्नेह छ, बापदादासँग स्नेह छ, स्नेहको रिटर्न हो– विशेषताहरूलाई समान
बनाउनु। यस्तो लक्ष्य राख। विशेषताहरूलाई समान बनाउनु छ। कसैमा पनि कुनै विशेषता
देख्यौ भने, ठीकै छ विशेषतालाई फलो गर। आत्मालाई फलो गर्दा दुवै देखिन्छ।
विशेषतालाई हेर र त्यसमा समान बन। अच्छा।
वरदान:–
निश्चयको
अखण्ड रेखाद्वारा नम्बरवन भाग्य बनाउने विजयको तिलकधारी भव
जुन निश्चयबुद्धि
बच्चाहरू छन्, उनीहरू कहिल्यै कसरी वा यस्तो-त्यस्तोको विस्तारमा जाँदैनन्। उनीहरूको
निश्चयको अटुट रेखा अन्य आत्माहरूलाई पनि स्पष्ट देखिन्छ। उनीहरूको निश्चयको रेखाको
लाइन बीच बीचमा खण्डित हुँदैन। यस्तो रेखा भएको व्यक्तिको मस्तिष्कमा अर्थात्
स्मृतिमा सदा विजयको तिलक नजर आउनेछ। उनीहरू जन्मँदै सेवाको जिम्मेवारीको ताजधारी
हुनेछन्। सदा ज्ञान रत्नहरूसँग खेल्नेवाला हुनेछन्। सदा याद र खुसीको झुलामा झुल्दै
जीवन बिताउनेवाला हुन्छन्। यही हो नम्बरवन भाग्यको रेखा।
स्लोगन:–
बुद्धिरूपी
कम्प्युटरमा फुलस्टपको मात्रा आउनु अर्थात् प्रसन्नचित्त रहनु।