16.02.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
प्राणेश्वर बाबा आउनुभएको छ तिमी बच्चाहरूलाई प्राणदान दिन , प्राणदान मिल्नु
अर्थात् तमोप्रधानबाट सतोप्रधान बन्नु।”
प्रश्न:–
ड्रामाको हरेक
रहस्यलाई जानेको हुनाले कुनचाहिँ दृश्य तिम्रो लागि नयाँ छैन?
उत्तर:–
यस समयमा सारा
दुनियाँमा जुन हङ्गामाहरू छन्, विनाशको समयमा विपरीत बुद्धि बनेर आफ्नै कुलको नाश
गर्नको लागि अनेक साधन बनाउँदै जान्छन्। यो कुनै नयाँ कुरा होइन किनकि तिमीलाई थाहा
छ– यो दुनियाँ त परिवर्तन हुनु नै छ। महाभारत लडाइँपछि नै हाम्रो नयाँ दुनियाँ
आउनेछ।
गीत:–
यह कौन आज आया...
ओम् शान्ति ।
सवेरै सवेरै
यहाँ को आएर मुरली बजाउनुहुन्छ? दुनियाँ त बिल्कुलै घोर अन्धकारमा छ। तिमीले अहिले
मुरली सुनिरहेका छौ– ज्ञान सागर, पतितपावन प्राणेश्वर बाबाबाट। उहाँ हुनुहुन्छ
प्राण बचाउने ईश्वर। भन्छन् नि– हे ईश्वर, यो दुःखबाट बचाउनुहोस्! उनीहरूले हदको
मद्दत माग्छन्। अहिले तिमी बच्चाहरूलाई बेहदको मद्दत मिल्छ किनकि बाबा बेहदका
हुनुहुन्छ नि। तिमीलाई थाहा छ– आत्मा पनि गुप्त छ। बच्चाहरूको शरीर प्रत्यक्ष छ।
त्यसैले बाबाको श्रीमत छ बच्चाहरूका लागि। सर्व शास्त्रमयी शिरोमणि गीता प्रसिद्ध
छ। केवल त्यसमा श्रीकृष्णको नाम राखिदिएका छन्। अहिले तिमीलाई थाहा भएको छ– श्रीमत
भगवानुवाच हो। यो पनि बुझिसकेका छौ भ्रष्टाचारीलाई श्रेष्ठाचारी बनाउने एक बाबा
मात्रै हुनुहुन्छ। उहाँले नै नरबाट नारायण बनाउनुहुन्छ। सत्यनारायणको कथा पनि छ।
अमरकथाको गायन गरिन्छ। अमरपुरीको मालिक बनाउने अथवा नरबाट नारायण बनाउने कुरा एउटै
हो। यो हो मृत्युलोक। यो भारतवर्ष नै अमरपुरी थियो। यो कसैलाई पनि थाहा छैन। यहाँ
नै अमर बाबाले पार्वतीहरूलाई अमरकथा सुनाउनुभएको हो। एक पार्वती वा एक द्रौपदी
थिइनन्। यहाँ त धेरै बच्चाहरूले सुनिरहेका छौ। शिवबाबाले ब्रह्माद्वारा
सुनाउनुहुन्छ। बाबा भन्नुहुन्छ– मैले ब्रह्माद्वारा मीठा-प्यारा बच्चाहरूलाई
सम्झाउँछु।
बाबाले सम्झाउनुभएको
छ– तिमी बच्चाहरू आत्म अभिमानी अवश्य बन्नुछ। बाबाले नै आत्म अभिमानी बनाउन
सक्नुहुन्छ। दुनियाँमा एकजना मनुष्य मात्र पनि छैन जसलाई आत्माको ज्ञान छ। आत्माकै
ज्ञान छैन भने परमात्माको ज्ञान कसरी हुन सक्छ। भनिदिन्छन्– हामी आत्मा सो परमात्मा।
सारा दुनियाँ कति ठुलो भुलमा फसेको छ। मानिसहरू बिल्कुलै पत्थरबुद्धि छन्। बेलायतका
मानिसहरू पनि कम पत्थरबुद्धि छैनन्, उनीहरूको बुद्धिमा यो कुरा आउँदैन– हामीले जुन
बम आदि बनाइरहेका छौँ, यी बम त आफ्नो पनि हत्या र सारा दुनियाँको पनि हत्या गर्नको
लागि बनाइरहेका छौँ। यस समयमा बुद्धि कुनै कामको रहेको छैन। आफ्नै विनाशको लागि सारा
तयारी गरिरहेका छन्। तिमी बच्चाहरूको लागि यो कुनै नयाँ कुरा होइन। तिमीलाई थाहा छ–
ड्रामा अनुसार उनीहरूको पनि पार्ट छ। ड्रामाको बन्धनमा बाँधिएका छन्। पत्थरबुद्धि
नभए यस्तो काम गर्न सक्छन् र? सारा कुलको विनाश गरिरहेका छन्। आश्चर्य छ नि– के
गरिरहेका छन्! आज ठिक चलिरहेको छ, बस्दा बस्दै भोलि सेना रिसायो भने राष्ट्रपतिलाई
पनि मारिदिन्छन्। यस्ता यस्ता घटना भइरहन्छन्। कसैलाई पनि सहन गर्दैनन्। पावरफुल छन्
नि। आजकालको दुनियाँमा धेरै हङ्गामा छ, पत्थरबुद्धि पनि अथाह छन्। अहिले तिमी
बच्चाहरूलाई थाहा छ– विनाशको समयमा जो बाबाबाट विपरीत बुद्धि छन्, उनीहरूको लागि
विनश्यन्ति गायन गरिएको छ। अहिले यो दुनियाँ परिवर्तन हुनुछ। यो पनि तिमीलाई थाहा
छ– अवश्य महाभारत लडाइँ भएको थियो। बाबाले राजयोग सिकाउनुभएको थियो। शास्त्रहरूमा त
सम्पूर्ण विनाश देखाइदिएका छन्। तर सम्पूर्ण विनाश त हुँदैन, त्यसोभए त प्रलय हुन्छ।
कुनै पनि मनुष्य रहँदैनन्, केवल ५ तत्व रहन्छन्। यस्तो त हुन सक्दैन। प्रलय भयो भने
फेरि मनुष्य कहाँबाट आउँछन्! देखाउँछन्– श्रीकृष्ण औँला चुस्दै सागरमा पिपलको पातमा
बसेर आए। बालक त्यसरी कसरी आउन सक्छन्? शास्त्रहरूमा यस्ता यस्ता कुरा लेखिदिएका छन्
जुन कुरै नसोध। अहिले तिमी कुमारीहरूबाट यी विद्वान्, भीष्म पितामह आदिलाई पनि
ज्ञान बाण लाग्छ। उनीहरू पनि पछि गएर आउनेछन्। जति जति तिमीले सेवामा जोड दिन्छौ,
बाबाको परिचय सबैलाई दिँदै जान्छौ त्यति तिम्रो प्रभाव बढ्नेछ। हो, विघ्न पनि
पर्नेछन्। यो पनि गायन गरिएको छ– आसुरी सम्प्रदायबाट यो ज्ञान यज्ञमा धेरै विघ्न
पर्छन्। बिचरा पत्थरबुद्धि मनुष्यले केही जान्दैनन्– यो के हो? भन्छन्– यिनीहरूको त
ज्ञान नै अनौठो छ। यो पनि तिमीले बुझेका छौ– नयाँ दुनियाँको लागि यो नयाँ कुरा हो।
बाबा भन्नुहुन्छ–
तिमीलाई यो राजयोग अरू कसैले सिकाउन सक्दैनन्। ज्ञान र योग बाबाले नै सिकाइरहनुभएको
छ। सदगतिदाता एक बाबा मात्रै हुनुहुन्छ, उहाँ नै पतितपावन हुनुहुन्छ भने अवश्य
पतितहरूलाई नै ज्ञान दिनुहुन्छ नि। तिमी बच्चाहरूले बुझेका छौ– हामी पारसबुद्धि
बनेर पारसनाथ बन्छौँ। मनुष्यहरूले कति धेरै मन्दिर बनाएका छन्। तर तिनीहरू को हुन्,
के गरेर गए, अर्थ केही पनि बुझ्दैनन्। पारसनाथको पनि मन्दिर छ, तर कसैलाई पनि थाहा
छैन। यो भारतवर्ष पारसपुरी थियो, सुन हिराजुहारतका महल थिए। हिजोको कुरा हो।
उनीहरूले त केवल एक सत्ययुगलाई नै लाखौँ वर्ष भनिदिन्छन्। बाबा भन्नुहुन्छ– सारा
ड्रामा नै ५ हजार वर्षको हो, त्यसैले भनिन्छ– आज यो भारवर्ष के भएको छ! हिजो यो के
थियो! लाखौँ वर्षको त कसैलाई स्मृति रहन सक्दैन। तिमी बच्चाहरूलाई अब स्मृति भएको
छ। तिमीलाई थाहा छ– बाबा हर ५ हजार वर्षपछि आएर हामीलाई स्मृति दिलाउनुहुन्छ। तिमी
बच्चाहरू स्वर्गका मालिक थियौ। ५ हजार वर्षको कुरा हो। कसैलाई पनि यी
लक्ष्मीनारायणको राज्य कहिले थियो? कति वर्ष भयो? भनेर सोधियो भने लाखौँ वर्ष
भनिदिन्छन्। तिमीले सम्झाउन सक्छौ– यो त ५ हजार वर्षको कुरा हो। भन्छन् पनि–
क्राइस्टभन्दा यति समय पहिला प्याराडाइज, स्वर्ग थियो। बाबा आउनुहुन्छ नै यहीँ। यो
पनि बच्चाहरूलाई सम्झाउनुभएको छ– बाबाको जयन्ती मनाउँछन् भने अवश्य केही गर्न
आउनुभएको होला। पतितपावन हुनुहुन्छ भने अवश्य आएर पावन बनाउनुहुन्छ होला। ज्ञान
सागर हुनुहुन्छ भने अवश्य ज्ञान दिनुहुन्छ नि। योगमा बस, आफूलाई आत्मा सम्झेर
बाबालाई याद गर, यो ज्ञान भयो नि। उनीहरू त हुन् हठयोगी। खुट्टामाथि खुट्टा चढाएर
बस्छन्। के के गर्छन्। तिमी माताहरूले त त्यसरी गर्न सक्दैनौ। बस्न पनि सक्दैनौ।
बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीलाई यो केही गर्न आवश्यक छैन। स्कुलमा
विद्यार्थी नियम अनुसार त बस्छन् नि। बाबाले त त्यो पनि भन्नुहुन्न। जसरी चाहन्छौ
त्यसरी बस। बसेर थाक्यौ भने ठिकै छ, सुत। बाबाले कुनै कुरामा मनाही गर्नुहुन्न। यो
त बिल्कुल सहजै बुझ्ने कुरा हो, यसमा कुनै कष्टको कुरा छैन। चाहे जतिसुकै बिरामी
होस्। थाहा छैन सुन्दासुन्दै शिवबाबाको यादमा रहँदारहँदै प्राण तनबाट निस्किएर जाओस्।
गायन गरिन्छ नि– गङ्गाको तट होस्, गङ्गाजल मुखमा होस् त्यतिबेला प्राण तनबाट
निस्कियोस्। ती त सबै हुन् भक्तिमार्गका कुरा। वास्तवमा यो हो ज्ञान अमृतको कुरा।
तिमीलाई थाहा छ– साँच्चै यसरी नै प्राण निस्कनुछ।
तिमी बच्चाहरू आउँछौ
परमधामबाट। मलाई छोडेर जान्छौ। बाबा भन्नुहुन्छ– मैले त तिमी बच्चाहरूलाई साथै
लैजान्छु। म आएको हुँ तिमी बच्चाहरूलाई घर लैजानको लागि। तिमीलाई न आफ्नो घरको
विषयमा थाहा छ, न आत्माको विषयमा थाहा छ। मायाले बिल्कुलै पखेटा काटिदिएको छ,
त्यसैले आत्मा उड्न सक्दैन किनकि आत्मा तमोप्रधान छ। सतोप्रधान नबनेसम्म शान्तिधाममा
कसरी जान सक्छ। यो पनि थाहा छ– ड्रामा प्लान अनुसार सबैलाई तमोप्रधान बन्नु नै छ।
यस समयमा सारा वृक्ष बिल्कुलै तमोप्रधान जर्जर भएको छ। बच्चाहरूलाई थाहा छ– सबै
आत्माहरू तमोप्रधान छन्। नयाँ दुनियाँमा हुन्छन् सतोप्रधान। यहाँ कसैको सतोप्रधान
अवस्था हुन सक्दैन। यहाँ आत्मा पवित्र बन्यो भने फेरि यहाँ बस्दैन, एकदम दौडेर
गइहाल्छ। सबैले भक्ति गर्छन् नै मुक्तिको लागि अथवा शान्तिधाममा जानको लागि। तर कोही
पनि फर्केर जान सक्दैनन्। नियमले भन्दैन। बाबा बसेर यी सबै रहस्य सम्झाउनुहुन्छ
धारण गर्नको लागि, फेरि पनि मुख्य कुरा हो– बाबालाई याद गर्नु, स्वदर्शन चक्रधारी
बन्नु। बीजलाई याद गरेमा सारा वृक्ष बुद्धिमा आउँछ। वृक्ष पहिला सानो हुन्छ फेरि
ठुलो हुँदैजान्छ। अनेक धर्म छन् नि। तिमीले एक सेकेन्डमा जान्दछौ। दुनियाँमा कसैलाई
पनि थाहा छैन। मनुष्य सृष्टिको बीजरूप सबैका एक बाबा हुनुहुन्छ। बाबा कहिल्यै
सर्वव्यापी कहाँ हुन सक्नुहुन्छ र! ठुलोभन्दा ठुलो भुल हो यो। तिमीले सम्झाउँछौ पनि–
मनुष्यलाई कहिल्यै भगवान् भनिँदैन। बाबाले बच्चाहरूलाई सबै कुरा सहज बनाएर
सम्झाउनुहुन्छ, फेरि जसको तकदिरमा छ, निश्चय छ भने उनीहरूले अवश्य बाबाबाट वर्सा
लिन्छन्। निश्चय छैन भने कहिल्यै पनि बुझ्दैनन्। तकदिर नै छैन भने फेरि तदबिर (पुरुषार्थ)
पनि कसरी गर्छन्! तकदिरमा छैन भने उनीहरू बस्छन् नै यसरी जसरी केही पनि बुझ्दैनन्।
यति पनि निश्चय छैन– बाबा आउनुभएको छ बेहदको वर्सा दिन। जस्तै कुनै नयाँ मानिस
मेडिकल कलेजमा गएर बस्यो भने के बुझ्छ? केही पनि बुझ्दैन। यहाँ पनि यसरी पनि आएर
बस्छन्। यो अविनाशी ज्ञानको विनाश हुँदैन।
यो पनि बाबाले
सम्झाउनुभएको छ– राजधानी स्थापना हुन्छ नि। त्यसपछि नोकरचाकर, प्रजा, प्रजाका पनि
नोकरचाकर सबै चाहिन्छ नि। त्यसैले यस्ता पनि आउँछन्। कसैलाई त धेरै राम्रोसँग समझमा
आउँछ। राय पनि लेख्छन् नि। पछि गएर केही चढ्ने कोसिस गर्छन्। तर त्यस समयमा मुस्किल
हुन्छ किनकि त्यस समयमा त धेरै हङ्गामा हुन्छ। दिनप्रतिदिन तुफान बढ्दै जान्छन्। यति
धेरै सेन्टरहरू छन्। राम्रोसँग बुझ्छन् पनि। यो पनि लेखिएको छ– ब्रह्माद्वारा
स्थापना। विनाश पनि सामुन्ने देख्छन्। विनाश त हुनु नै छ। सरकारले भन्छ– जन्म कम
होस्, तर यसमा गर्न नै के सकिन्छ र? वृक्षको वृद्धि त हुनुछ। जबसम्म बाबा हुनुहुन्छ
तबसम्म सबै धर्मका आत्माहरूलाई यहाँ रहनु नै छ। जाने समय भएपछि आत्माहरू आउन बन्द
हुन्छ। अहिले त सबैलाई आउनु नै छ। तर यी कुराहरू कसैले बुझ्दैनन्। महात्मा गान्धीजी
पनि भन्नुहुन्थ्यो– यो रावण राज्य हो, हामीलाई रामराज्य चाहिन्छ। फलाना स्वर्गवासी
भयो भन्छन् भने यसको मतलब यो नर्क हो नि। मनुष्यले यति पनि बुझ्दैनन्। स्वर्गवासी
भयो भने राम्रो हो नि। अवश्य नर्कवासी थियो। बाबा सम्झाउनुहुन्छ– मनुष्यहरूको
अनुहार मनुष्यको, स्वभाव बाँदरको छ। सबैले गायन गरिरहन्छन्– पतितपावन सीताराम! हामी
पतित छौँ, पावन बनाउने बाबा हुनुहुन्छ। ती सबै हुन् भक्तिमार्गका सीताहरू, बाबा
हुनुहुन्छ राम। कसैलाई सिधा भन्यौ भने मान्दैनन्। रामलाई बोलाउँछन्। अहिले तिमी
बच्चाहरूलाई बाबाले तेस्रो नेत्र दिनुभएको छ। तिमीहरू मानौँ अलग्गै दुनियाँका भएका
छौ। पुरानो दुनियाँमा के के गरिरहन्छन्! अहिले तिमीले बुझेका छौ। तिमी बच्चाहरू
बेसमझबाट समझदार बनेका छौ। रावणले तिमीलाई कति बेसमझ बनाइदिएको छ। बाबा
सम्झाउनुहुन्छ– यस समयमा सबै मनुष्य तमोप्रधान बनेका छन्, त्यसैले त बाबा आएर
सतोप्रधान बनाउनुहुन्छ।
बाबा भन्नुहुन्छ– तिमी
बच्चाहरूले आफ्नो सेवा पनि गरिराख, केवल एक कुरा याद राख– बाबालाई भने याद गर।
तमोप्रधानबाट सतोप्रधान बन्ने बाटो अरू कसैले बताउन सक्दैन। सबैका रुहानी सर्जन एउटै
हुनुहुन्छ। उहाँले नै आएर आत्माहरूलाई इन्जेक्सन लगाउनुहुन्छ किनकि आत्मा नै
तमोप्रधान बनेको छ। बाबालाई अविनाशी सर्जन भनिन्छ। अहिले आत्मा सतोप्रधानबाट
तमोप्रधान बनेको छ, यसलाई इन्जेक्सन चाहिन्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू!
आफूलाई आत्मा निश्चय गर र आफ्नो बाबालाई याद गर। बुद्धियोग माथि स्वीट होममा लगाऊ।
हामी स्वीट साइलेन्स होममा जानुछ। निर्वाणधामलाई स्वीट होम भनिन्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) यो पुरानो दुनियाँ विनाश भइ नै सकेको छ त्यसैले यसबाट आफूलाई अलग्गै सम्झनुछ।
वृक्षको वृद्धि सँगसँगै जुन विघ्नरूपी तुफान आउँछ, त्यसबाट डराउनुछैन, पार हुनुछ।
२) आत्मालाई
सतोप्रधान बनाउनको लागि आफूलाई ज्ञान-योगको इन्जेक्सन दिनुछ। आफ्नो बुद्धियोग स्वीट
होममा लगाउनुछ।
वरदान:–
“पहि ला तपाईं”
को पाठद्वारा ताजधारी बन्ने चतुरसुजान भव
जसरी बापदादाले
आफूलाई आज्ञाकारी सेवक भन्नुहुन्छ, सेवक मानेमा ताजधारी स्वतः बन्छौ, त्यसैगरी तिमी
बच्चाहरू पनि स्वयं नम्रचित्त बनेर अरूलाई श्रेष्ठ सिट देऊ, अरूलाई सिटमा बसायौ भने
तिनीहरू उठेर स्वतः नै तिमीलाई बसाल्छन्। यदि तिमी बस्ने कोसिस गरेमा उनले बस्न
दिँदैनन् त्यसैले बसाल्नु नै बस्नु हो। त्यसैले ‘पहिला तपाईं’ को पाठ पक्का गर अनि
संस्कार पनि सहजै मिल्नेछ, ताजधारी पनि बन्नेछौ, यही चतुरसुजान (बुद्धिमान) बन्ने
तरिका हो, यसमा मेहनत पनि छैन प्राप्ति पनि धेरै छ।
स्लोगन:–
अव्यक्त
स्थितिको अनुभव गर्नको लागि अन्तर्मुखी, एकान्तवासी बन।
अव्यक्त इसारा:– एकता
र विश्वासको विशेषताद्वारा सफलतासम्पन्न बन
अहिलेसम्म
भिन्नाभिन्नै फूलले आआफ्नो स्थिति देखाइरहेका छन् तर जुनबेला फूलको गुच्छाको रूपले
आफ्नो सुगन्ध फैलाउँछन्, शक्ति दल प्रत्यक्ष हुन्छ त्यसपछि यो सङ्गठनको शक्ति
परमात्म प्रत्यक्षताको निमित्त बन्नेछ। अहिले एक एक अलग अलग भएका हुनाले मेहनत धेरै
गर्नुपर्छ तर सङ्गठन एकमत भएपछि मेहनत कम सफलता धेरै हुनेछ।