16.03.25    Avyakt Bapdada     Nepali Murli    05.03.2004     Om Shanti     Madhuban


“ कमजोर संस्कारहरूलाई संस्कार गरेर सच्चा होली मनाऊ अनि संसार परिवर्तन हुनेछ”


आज बापदादाले आफ्ना चारैतिरका राजदुलारे बच्चाहरूलाई देखिरहनुभएको छ। यो परमात्म दुलार तिमीहरूमध्ये कोही श्रेष्ठ आत्माहरूलाई मात्र प्राप्त छ। बाबाले हरेक बच्चाका तीन राज तख्त देखिरहनुभएको छ। यी तीन तख्त पूरै कल्पमा यस सङ्गममा मात्र तिमी बच्चाहरूलाई प्राप्त हुन्छन्। देखिन्छन् तीन तख्त? एउटा त यो भृकुटी रूपी तख्त, जसमा आत्मा चम्किरहेको छ। दोस्रो तख्त हो– परमात्म दिल तख्त। दिलतख्तनसिन छौ नि! अनि तेस्रो हो– भविष्य विश्व तख्त। सबैभन्दा भाग्यवान बनेका छौ दिलतख्तनसिन बनेर। यो परमात्म दिल तख्त तिमी भाग्यमानी बच्चाहरूलाई मात्र प्राप्त हुन्छ। भविष्य विश्वको राज्य तख्त त प्राप्त हुनै छ। तर अधिकारी को बन्छ? जो यस समयमा स्वराज्य अधिकारी बन्छ। स्वराज्य भएन भने विश्वको राज्य पनि प्राप्त हुँदैन किनकि यस समयको स्वराज्य अधिकारद्वारा नै विश्व राज्य प्राप्त हुन्छ। विश्वको राज्यका सबै संस्कार यस समयमा बन्छन्। हरेकले आफूलाई सदा स्वराज्य अधिकारी अनुभव गर्छौ? जुन भविष्य राज्यको गायन छ– थाहा छ नि! एक धर्म, एक राज्य, ल एन्ड अर्डर (कानुन र व्यवस्था), सुख-शान्ति, सम्पत्तिले भरपुर राज्य याद आउँछ– कति पटक यो स्वराज्य अनि विश्व राज्य गरेका छौ? याद छ कति पटक गरेका छौ? राम्ररी याद आउँछ? कि याद गरेपछि याद आउँछ? हिजो राज्य गरेका थियौँ फेरि भोलि राज्य गर्नु छ– यस्तो स्पष्ट स्मृति छ? यो स्पष्ट स्मृति त्यस आत्मालाई हुनेछ जो अहिले सदा स्वराज्य अधिकारी हुन्छ। त्यसैले स्वराज्य अधिकारी छौ? सदा छौ वा कहिलेकाहीँ? के भन्छौ? सदा स्वराज्य अधिकारी छौ? डबल फरेनरहरूको पालो हो नि। त्यसैले स्वराज्य अधिकारी सदा छौ? पाण्डवहरू सदा छौ? सदा शब्द सोधिरहनुभएको छ। किन? जब यस एक जन्ममा, यो जन्म छोटो त छ, त्यसैले यस छोटो जन्ममा यदि सदा स्वराज्य अधिकारी छैनौ भने २१ जन्मको सदा स्वराज्य कसरी प्राप्त हुनेछ! २१ जन्मको राज्य अधिकारी बन्ने कि कहिलेकाहीँ बन्ने हो? के मञ्जुर छ? सदा बन्ने हो? सदा? शिर त हल्लाऊ। अच्छा, २१ जन्म नै राज्य अधिकारी बन्ने? राज्य अधिकारी अर्थात् रोयल फ्यामिलीमा पनि राज्य अधिकारी। तख्तमा त थोरै बस्छन् नि, तर त्यहाँ जति तख्त अधिकारीलाई स्वमान मिल्छ, त्यति नै रोयल फ्यामिलीलाई पनि मिल्छ। उनीहरूलाई पनि राज्य अधिकारी भन्ने गरिन्छ। तर हिसाब अहिलेको कनेक्सनसँग छ। अहिले कहिलेकाहीँ त त्यहाँ पनि कहिलेकाहीँ। अहिले सदा त त्यहाँ पनि सदा। त्यसैले बापदादाबाट सम्पूर्ण अधिकार लिनु अर्थात् वर्तमान अनि भविष्यको पूरा पूरा २१ जन्म राज्य अधिकारी बन्नु। डबल फरेनरहरू पूरा अधिकार लिनेहरू हौ वा आधा अथवा थोरै? के हौ? पूरा अधिकार लिनु छ? पूरा। एक जन्म पनि कम हुनुहुँदैन। त्यसोभए के गर्नुपर्छ?

बापदादाले त हरेक बच्चालाई सम्पूर्ण अधिकारी बनाउनुहुन्छ। बनेका छौ नि? पक्का हो? कि बनिने हो वा होइन भन्ने प्रश्न छ? कहिलेकाहीँ प्रश्न उठ्छ– थाहा छैन बनिने हो कि होइन? बन्नु नै छ। पक्का? जसलाई बन्नु नै छ, उनले हात उठाऊ। बन्नु नै छ? अच्छा, यी सब कुन मालाका दाना बन्नेछन्? १०८ का? यहाँ त कति आएका छन्? सबै १०८ मा आउने हौ? त्यसोभए यी त १८०० छन्। त्यसैले १०८ को मालालाई बढाउने हो? अच्छा। १६ हजार त राम्रो लाग्दैन। १६ हजारमा जाने हो कि? जाने होइन नि! यो निश्चय र निश्चित छ, यस्तो अनुभव गर। हामी बनेनौँ भने को बन्ने छ। छ यस्तो नसा? तिमी बनेनौ भने अरू कोही बन्नेछैन नि। तिमी नै बन्ने हो नि! भन, तिमी नै हौ नि! पाण्डवहरू तिमी नै बन्ने हौ? अच्छा। दर्पणमा आफ्नो साक्षात्कार गरेका छौ? हरेक बच्चाको निश्चय देखेर बापदादा त बलिहार जानुहुन्छ। वाह! वाह! हरेक बच्चा वाह! वाह वाहवाला हौ नि! वाह! वाह! कि हाइ? हाइ त होइन नि? कि कहिलेकाहीँ हाइ हुन्छ? कि त छ हाइ अनि अर्को हाय अनि तेस्रो क्राइ। तिमी त वाह! वाह! वाला हौ नि!

बापदादालाई डबल फरेनरहरूमाथि विशेष गौरव छ। किन? भारतवासीहरूले त बाबालाई भारतमा बोलाए। तर डबल फरेनरहरूमाथि गौरव यसकारण छ कि डबल फरेनरहरूले बापदादालाई आफ्नो सच्चा प्रेमको बन्धनमा बाँधेका छौ। धेरैजसो सच्चा छौ। कोही कोहीले लुकाउँछन् पनि तर धेरैजसोले आफ्नो कमजोरी सच्चाइले बाबाको अगाडि राख्छन्। बाबालाई सबैभन्दा राम्रो चिज लाग्छ– सच्चाइ त्यसैले भक्तिमा पनि भन्छन् गड इज ट्रुथ। सबैभन्दा प्यारो चिज सच्चाइ हो किनकि जसमा सच्चाइ हुन्छ उसमा सफाइ हुन्छ। क्लिन र क्लियर रहन्छ त्यसैले बापदादालाई डबल फरेनरहरूको सच्चाइको प्रेमको डोरीले तान्छ। धेरथोरै मिक्स त हुन्छ, कोहीकोहीमा। तर डबल फरेनरहरूले आफ्नो यो सच्चाइको विशेषता कहिल्यै नछोड्नु। सत्यताको शक्तिले एक लिफ्टको काम गर्छ। सबैलाई सच्चाइ राम्रो लाग्छ नि! पाण्डवहरूलाई राम्रो लाग्छ? त्यसो त मधुबन निवासीहरूलाई पनि राम्रो लाग्छ। सबै चारैतिरका मधुबन निवासीहरूले हात उठाऊ। दादी भन्नुहुन्छ नि भुजाहरू हुन्। त्यसैले मधुबन, शान्तिवन निवासी सबैले हात उठाऊ। पूरा हात उठाऊ। मधुबन निवासीहरूलाई सच्चाइ राम्रो लाग्छ? जसमा सच्चाइ हुन्छ नि, उसलाई बाबालाई याद गर्न धेरै सहज हुनेछ। किन? बाबा पनि सत्य हुनुहुन्छ नि! त्यसैले सत्य बाबाको याद जुन सत्य छ उसलाई चाँडै आउँछ। मेहनत गर्नुपर्दैन। यदि अहिले पनि यादमा मेहनत लाग्छ भने सम्झ कुनै न कुनै सूक्ष्म सङ्कल्प मात्र, स्वप्न मात्र कुनै सच्चाइ कम छ। जहाँ सच्चाइ छ त्यहाँ सङ्कल्प गर्यौ बाबा, हजुर हाजिर हुनुहुन्छ त्यसैले बापदादालाई सच्चाइ धेरै प्रिय छ।

त्यसैले बापदादा सबै बच्चाहरूलाई यही इसारा दिनुहुन्छ–२१ जन्मको लागि नै पूरा वर्सा लिनुछ भने अहिले स्वराज्यलाई चेक गर। अबको स्वराज्य अधिकारी बन्नु, जति जस्तो बन्नेछौ त्यति नै अधिकार प्राप्त हुनेछ। त्यसैले चेक गर– जस्तै गायन छ एक राज्य..., एउटै राज्य हुनेछ, दुई होइन। त्यसोभए वर्तमान स्वराज्यको स्थितिमा सदा एक राज्य छ? स्वराज्य छ वा कहिलेकाहीँ पर-राज्य पनि हुन्छ? कहिलेकाहीँ मायाको राज्य छ भने पर-राज्य भन्ने कि स्वराज्य भन्ने? सदा एक राज्य छ, पर-अधीन त हुँदैनौ? कहिले मायाको, कहिले स्व को? यसबाट सम्झ– सम्पूर्ण वर्सा अहिले प्राप्त भइरहेको छ, भएको छैन, भइरहेको छ। चेक गर– सदा एक राज्य छ? एक धर्म– धर्म अर्थात् धारणा। त्यसोभए विशेष धारणा कुन हो? पवित्रताको। एक धर्म छ अर्थात् सङ्कल्प, स्वप्नमा पनि पवित्रता छ? सङ्कल्पमा पनि, स्वप्नमा पनि यदि अपवित्रताको छाया छ भने के भन्ने? एक धर्म छ? पवित्रता सम्पूर्ण छ? त्यसैले चेक गर, किन? समय फास्ट गइरहेको छ। समय फास्ट गइरहेको छ अनि स्वयं यदि स्लो छौ भने समयमा गन्तव्यमा त पुग्नसक्दैनौ नि! त्यसैले बारम्बार चेक गर। एक राज्य छ? एक धर्म छ? ल र अर्डर छ? कि मायाले आफ्नो अर्डर चलाउँछ? परमात्मका बच्चाहरू श्रीमतको ल र अर्डरमा चल्नेहरू हौ। मायाको ल एन्ड अर्डरमा होइन। त्यसैले चेक गर– सबै भविष्यका संस्कार अहिले देखिउन् किनकि संस्कार अहिले भर्नुछ। त्यहाँ भर्नुछैन, यहाँ नै भर्नुछ। सुख छ? शान्ति छ? सम्पत्तिवान छौ? अहिले सुख साधनहरूको आधारमा त छैन? अतीन्द्रिय सुख छ? साधन, इन्द्रियहरूको आधार हो। अतीन्द्रिय सुख साधनहरूको आधारमा हुँदैन। अखण्ड शान्ति छ? खण्डित त हुँदैन? किनकि सतयुगको राज्यको महिमा के हो? अखण्ड शान्ति, अटल शान्ति। सम्पन्नता छ? सम्पत्तिले के हुन्छ? सम्पन्नता हुन्छ। सबै सम्पत्ति छन्? गुण, शक्तिहरू, ज्ञान– यी सम्पत्ति हुन्। त्यसको निसानी के हुन्छ? यदि म सम्पत्तिमा सम्पन्न छु भने त्यसको निसानी के हुन्छ? सन्तुष्टता। सबै प्राप्तिको आधार हो सन्तुष्टता, असन्तुष्टता अप्राप्तिको साधन हो। त्यसैले चेक गर– एउटा पनि विशेषताको कमी हुनुहुँदैन। यति चेक गर्छौ? सारा संसार तिमीहरूले अहिलेको संस्कारद्वारा बनाउनेछौ। अहिलेको संस्कार अनुसार भविष्यको संसार बन्नेछ। तिमीहरू सबैले के भन्छौ? को हौ तिमी? विश्व परिवर्तक हौ नि! विश्व परिवर्तक हौ? विश्व परिवर्तकभन्दा पहिले स्व-परिवर्तक। त्यसैले यी सब संस्कार आफूमा चेक गर। यसबाट सम्झ– म १०८ को मालामा छु वा अगाडि पछाडि छु? यो चेकिङ एउटा दर्पण हो, यस दर्पणमा आफ्नो वर्तमान अनि भविष्यलाई हेर। हेर्न सक्छौ?

अहिले त होली मनाउन आएका छौ नि! होली मनाउन आएका छौ, अच्छा। होलीको अर्थ वर्णन गरिएको छ नि! बापदादा आज विशेष डबल फरेनरहरूलाई भन्नुहुन्छ– मधुबन निवासीहरू साथमा छौ, यो धेरै राम्रो छ। साथसाथै मधुबन निवासीहरूलाई पनि भनिरहनुभएको छ। जो पनि आएका छौ, चाहे मुम्बईबाट आएका हौ वा दिल्लीबाट आएका हौ, तर यस समयमा त मधुबन निवासी हौ। डबल फरेनरहरू पनि यस समयमा कहाँका हौ? मधुबन निवासी हौ नि! मधुबन निवासी बन्नु राम्रो हो नि! सबै बच्चाहरूलाई चाहे यहाँ सामुन्ने बसेका छौ वा चाहे आ-आफ्ना चारैतिरका स्थानहरूमा बसेका छौ, बापदादा एउटा परिवर्तन चाहनुहुन्छ। यदि हिम्मत छ भने बापदादाले बताउनुहुन्छ। हिम्मत छ? हिम्मत छ? हिम्मत छ? हिम्मत गर्नुपर्छ। यसरी हात उठायो भने भयो, यस्तो होइन। हात उठाउनु त धेरै राम्रो हो तर मनको हात उठाउनु। आज केवल यो हात उठाउनुछैन, मनको हात उठाउनु।

डबल फरेनरहरू नजिक बसेका छौ नि, नजिक हुनेहरूलाई दिलका कुरा सुनाइन्छ। धेरैजसो देखिन्छ– सबैको बापदादासित, सेवासित धेरै राम्रो प्रेम छ। बाबाको प्रेमबिना पनि रहन सक्दैनौ अनि सेवाबिना पनि रहन सक्दैनौ। यो धेरैजसोको सर्टिफिकेट ठीक छ। बापदादाले चारैतिर हेर्नुहुन्छ तर..., तर आयो। धेरैजसोको यही आवाज आउँछ– कुनै न कुनै यस्तो संस्कार, पुरानो जुन चाहँदैनौ तर त्यो पुरानो संस्कारले अहिलेसम्म पनि आकर्षित गर्छ। होली मनाउन आएका छौ भने होलीको अर्थ हो– जे बित्यो त्यो बित्यो। होली, भयो। त्यसैले कुनै पनि अलिकति पनि कुनै संस्कार ५ पर्सेन्ट पनि होस्, १० पर्सेन्ट होस्, ५० पर्सेन्ट पनि होस्, केही पनि होस्। कम्तीमा ५ पर्सेन्ट छ भने पनि आज संस्कारको होली जलाऊ। जो संस्कार सम्झन्छौ सबैले– थोरै यो संस्कारले मलाई बेला बेलामा डिस्टर्ब गर्छ। हरेकले सम्झन्छन्। सम्झन्छौ नि? होली एउटा जलाइन्छ, अर्को रङ लगाइन्छ। दुई प्रकारको होली हुन्छ अनि होलीको अर्थ पनि हो, जे बित्यो त्यो बित्यो। त्यसैले बापदादा चाहनुहुन्छ– जुनसुकै पनि कुनै यस्तो संस्कार रहेको छ, जसको कारण संसार परिवर्तन भइरहेको छैन, भने आज त्यस कमजोर संस्कारलाई जलाउनु अर्थात् संस्कार गरिदिनु। जलाउनुलाई पनि संस्कार भनिन्छ नि। मानिस मर्यो भने भन्छन् संस्कार गर्नु छ अर्थात् सदाको लागि समाप्त गर्नु छ। त्यसैले के आज संस्कारको पनि संस्कार गर्नसक्छौ? तिमीहरूले भन्छौ– हामीले त चाहँदैनौँ संस्कार आओस्, तर आइहाल्छ, के गर्ने? यस्तो सोच्छौ? अच्छा। आइहाल्छ, गल्तीले। यदि कसैले दिएको चिज, गल्तीले तिमीहरूसँग आयो भने के गर्छौ? सम्हालेर दराजमा राखिदिन्छौ? राख्नेछौ? यदि आइहाल्यो भने पनि दिलमा नराख्नु किनकि दिलमा बाबा बस्नुभएको छ नि! बाबासँग त्यो संस्कार पनि राखियो भने, राम्रो लाग्छ? लाग्दैन नि! यदि गल्तीले आइ हाल्यो भने पनि दिलबाट भन्नु बाबा! बाबा! बाबा! बस्। समाप्त। बिन्दी लाग्नेछ। बाबा के हुनुहुन्छ? बिन्दी। त्यसैले बिन्दी लाग्नेछ। दिलबाट भन्यौ भने मात्र। तर मतलबले याद गर्यौ– बाबा लिनुहोस् न, लिनुहोस् न, राख्छन् आफूसँग अनि भन्छन् लिनुहोस् न, लिनुहोस् न। यसप्रकार कसरी लिनुहुन्छ? तिमीहरूको चिज कसरी लिनुहुन्छ? पहिला तिमीहरूले आफ्नो चिज नसम्झ अनि लिनुहुन्छ। यत्तिकै अलिकति अरूको चिज लिनुहुन्छ र! त्यसोभए के गर्नेछौ? होली मनाउने? होली, होली। अच्छा, जसले सम्झ्नछौ– दृढ सङ्कल्प गरिरहेका छौँ, उनीहरूले हात उठाऊ। तिमीले घरी घरी निकालिदियौ भने निस्किहाल्छ। भित्र नराख, के गर्ने, कसरी गर्ने, निस्कँदैन। यो होइन, निकाल्नु नै छ। त्यसोभए दृढ सङ्कल्प गर्नेछौ? जसले गर्छौ, उनले मनबाट हात उठाउनु, बाहिरबाट उठाउनु छैन। मनबाट। (कोही कोहीले उठाइरहेका छैनन्) यिनीहरूले उठाइरहेका छैनन्। (सबैले उठाए) धेरै राम्रो, बधाई छ, बधाई छ। के छ भने एकातर्फ एड्भान्स पार्टीलाई बापदादा बारम्बार भन्नुहुन्छ– कहिलेसम्म, कहिलेसम्म, कहिलेसम्म? अर्कोतर्फ– प्रकृतिले पनि बाबालाई अर्जी गर्छ, अब परिवर्तन गर्नुहोस्। ब्रह्माबाबा पनि भन्नुहुन्छ– अब कहिले परमधामको ढोका खोल्छौ? साथैमा जानु छ नि, यहीँ रहनु त छैन नि! साथमा जाने नि! साथै गेट खोल्ने! चाहे चाबी ब्रह्माबाबाले लगाउनुहुन्छ, तर साथमा त हुनेछौ नि! त्यसैले अब यो परिवर्तन गर। बस्, ल्याउनु नै छैन। मेरो चिज नै होइन, अर्काको, रावणको चिज किन राखेका छौ! अर्काको चिज राखिन्छ र? त्यसैले यो कसको हो? रावणको हो नि! उसको चिज तिमीहरूले किन राखेका छौ? राख्नुछ? राख्नुछैन नि, पक्का? अच्छा। बरु रङको होली मनाउनु तर पहिला यो होली मनाऊ। तिमीहरूले देखेका छौ तिमीहरूको गायन छ– मर्सिफुल। तिमीहरू मर्सिफुल देवीहरू र देवताहरू हौ नि! दया लाग्दैन? आफ्ना भाइ-बहिनीहरू यति दुःखी छन्, उनीहरूको दुःख देखेर दया लाग्दैन? आउँछ दया? त्यसोभए संस्कार परिवर्तन गर अनि संसार परिवर्तन हुनेछ। जबसम्म संस्कार परिवर्तन हुँदैनन्, तबसम्म संसार परिवर्तन हुन सक्दैन। अब के गर्नेछौ?

आज खुसखबरी सुनेको थिएँ सबैले दृष्टि लिनु छ। राम्रो कुरा हो। बापदादा त बच्चाहरूको आज्ञाकारी हुनुहुन्छ तर... तर सुनेर हाँस्छन्। ठीकै छ हाँस। दृष्टिको लागि भनिन्छ– दृष्टिद्वारा सृष्टि परिवर्तन हुन्छ। त्यसैले आजको दृष्टिबाट सृष्टि परिवर्तन गर्नु नै छ, किनकि सम्पन्नता वा जति पनि प्राप्तिहरू भएका छन्, त्यसको धेरै समयदेखि अभ्यास चाहिन्छ। यस्तो होइन समयमा भइहाल्नेछ, होइन। धेरै समयको राज्य भाग्य लिनु छ भने सम्पन्नता पनि धेरै समयदेखि चाहिन्छ। त्यसैले ठीक छ? डबल फरेनरहरू खुसी छौ? अच्छा।

चारैतिरका सबै तीन तख्तनसिन विशेष आत्माहरूलाई, सदा स्वराज्य अधिकारी विशेष आत्माहरूलाई, सदा रहमदिल बनेर आत्माहरूलाई सुख-शान्तिको अञ्जली दिने महादानी आत्माहरूलाई, सदा दृढता र सफलताको अनुभव गर्ने बाबासमान आत्माहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

वरदान:–
सङ्कल्प र बोलीको विस्तारलाई सारमा ल्याउने अन्तर्मुखी भव

व्यर्थ सङ्कल्पहरूको विस्तारलाई समेटेर सार रूपमा स्थित हुनु तथा मुखको आवाजको व्यर्थलाई समेटेर समर्थ अर्थात् सार रूपमा ल्याउनु– यही हो अन्तर्मुखता। यस्ता अन्तर्मुखी बच्चाहरूले नै साइलेन्सको शक्तिद्वारा भौँतारिरहेका आत्माहरूलाई सही ठेगाना देखाउन सक्छन्। यो साइलेन्सको शक्तिले अनेक रूहानी रङ्गत (दृश्य) देखाउँछ। साइलेन्सको शक्तिले हरेक आत्माको मनको आवाज यति नजिक सुनिन्छ जस्तो कि कोही सामुन्ने बोलिरहेको छ।

स्लोगन:–
स्वभाव, संस्कार, सम्बन्ध, सम्पर्कमा लाइट रहनु अर्थात् फरिस्ता बन्नु।

सूचना :– आज अन्तर्राष्ट्रिय योग दिवस हो। साँझ ६:३० देखि ७:३० बजेसम्म सबै भाइ-बहिनीहरूले सङ्गठित रूपमा योग अभ्यास गर्नु हुनेछ।