16.04.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– योगद्वारा नै आत्माको ख ाद निस्क ने छ , बाबाबाट पूरा वर्सा मिल् नेछ , त्यसैले जति हुनसक्छ योगबल बढाऊ।”

प्रश्न:–
देवी-देवताहरूको कर्म श्रेष्ठ थियो, अहिले सबैको कर्मभ्रष्ट किन बनेको छ?

उत्तर:–
किनकि आफ्नो असली धर्मलाई बिर्सेका छन्। धर्म बिर्सेका कारणले नै जे कर्म गर्छन् त्यो भ्रष्ट हुन्छ। बाबाले तिमीलाई आफ्नो सत्य धर्मको पहिचान दिनुहुन्छ, साथसाथै सारा विश्वको इतिहास भूगोल पनि सुनाउनुहुन्छ, जुन सबैलाई सुनाउनुछ, बाबाको सत्य परिचय दिनुछ।

गीत:–
मुखड़ा देख ले प्राणी...

ओम् शान्ति ।
यो कसले भन्नुभयो र कसलाई भन्नुभयो? बाबाले बच्चाहरूलाई भन्नुहुन्छ। जुन बच्चाहरूलाई पतितबाट पावन बनाइरहनुभएको छ। बच्चाहरूले जानेका छौ– हामी आत्माहरू जो देवीदेवता थियौँ, हामीहरू नै अब ८४ जन्मको चक्कर लगाएर सतोप्रधान पास गरेर सतो, रजो, तमो र अब तमोप्रधान बनेका छौँ। अब फेरि पतितहरूलाई पावन बनाउने बाबा भन्नुहुन्छ– आफ्नो दिलसँग सोध, कहाँसम्म हामी पुण्य आत्मा बनेका छौँ? तिमी सतोप्रधान पवित्र आत्मा थियौ, त्यतिबेला यहाँ पहिला सुरुमा तिमी देवीदेवता भनिन्थ्यौ, जसलाई आदि सनातन देवीदेवता धर्म भनिन्थ्यो। अहिले कुनै मानिसले आफूलाई देवीदेवता धर्मको भन्दैनन्। हिन्दु त कुनै धर्म होइन। तर पतित भएका कारणले आफूलाई देवता भन्न सक्दैनन्। सत्ययुगमा देवताहरू पवित्र थिए। पवित्र प्रवृत्तिमार्ग थियो, यथा राजारानी तथा प्रजा पवित्र थिए। बच्चाहरूलाई बाबाले याद दिलाउनुहुन्छ– तिमी पवित्र प्रवृत्तिमार्गका आदि सनातन देवीदेवता धर्मका थियौ, त्यसलाई स्वर्ग भनिन्थ्यो। त्यहाँ एउटै धर्म थियो। पहिलो नम्बर महाराजा-महारानी, लक्ष्मीनारायण थिए। उनीहरूको पनि राजवंश थियो र भारतवर्ष धेरै धनवान् थियो, त्यो सत्ययुग थियो। फेरि आयौ त्रेतामा त्यतिबेला पनि पूज्य देवीदेवता वा क्षत्रिय भनिन्थ्यौ। त्यहाँ लक्ष्मीनारायणको राज्य, त्यो सीतारामको राज्य, त्यसको पनि वंशावली चल्यो। जस्तै क्रिस्चियनमा एडवर्ड द फस्ट, सेकेन्ड... यस्तै चल्छ। त्यस्तै भारतवर्षमा पनि यस्तै थियो। ५ हजार वर्षको कुरा हो अर्थात् ५ हजार वर्ष पहिला भारतवर्षमा यी लक्ष्मीनारायणको राज्य थियो। तर उनीहरूले यो राज्य कहिले र कसरी पाए– यो कसैले जान्दैनन्। त्यही सूर्यवंशी राज्य फेरि चन्द्रवंशीमा आयो किनकि पुनर्जन्म लिँदालिँदा सिँढी ओर्लनुछ। यो सृष्टिको इतिहास भूगोल कसैले जान्दैनन्। रचयिता बाबा हुनुहुन्छ भने अवश्य सत्ययुग नयाँ दुनियाँको रचयिता ठहरिनुभयो। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमी आजभन्दा ५ हजार वर्ष पहिला स्वर्गमा थियौ। यो भारतवर्ष स्वर्ग थियो फेरि नर्कमा आएका छौ। दुनियाँले त यो विश्वको इतिहास भूगोललाई जान्दैन। उनीहरूले त केवल पछाडिको अधुरो हिस्ट्री जान्दछन्। सत्ययुग त्रेताको इतिहास भूगोल कसैले जान्दैनन्। ऋषिमुनिले पनि भन्दै गए– हामीले रचयिता र रचनाको आदि-मध्य-अन्त्यलाई जान्दैनौँ। जानुन् पनि कसरी, बाबाले नै तिमीलाई बसेर सम्झाउनुहुन्छ। शिवबाबाले यहाँ नै दिव्य जन्म लिनुहुन्छ, जसको शिवजयन्ती पनि हुन्छ। शिवजयन्तीपछि फेरि हुनुपर्छ गीता जयन्ती। फेरि साथसाथै हुनुपर्छ श्रीकृष्ण जयन्ती। तर शिवजयन्ती कहिले भयो भन्ने यो जयन्तीको राज कसैले जान्दैनन्! अरू धर्मका मानिसहरूले त तुरुन्तै बताउँछन्– बुद्ध जयन्ती, क्राइस्ट जयन्ती कहिले भयो। यहाँका मानिसहरूलाई सोध– शिवजयन्ती कहिले भयो? कसैले बताउँदैनन्। शिव यहाँ आउनुभएको थियो, आएर के गर्नुभयो? कसैले जान्दैनन्। शिव हुनुभयो सबै आत्माहरूका पिता। आत्मा हुन्छ अविनाशी। आत्माले एउटा शरीर छोडेर अर्को लिन्छ। यो ८४ को चक्र हो। शास्त्रहरूमा त ८४ लाख जन्मको गफ लगाइदिएका छन्। बाबा आएर सत्य कुरा बताउनुहुन्छ। बाबाबाहेक बाँकी सबैले रचयिता र रचनाको लागि झुटो नै बोल्छन् किनकि यो हो नै मायाको राज्य। पहिला तिमी पारसबुद्धि थियौ, भारतवर्ष पारसपुरी थियो। सुन, हीरा, जुहारतका महल थिए। बाबा बसेर रचयिता र रचनाको आदि-मध्य-अन्त्यको राज अर्थात् दुनियाँको इतिहास भूगोल बताउनुहुन्छ। हामी नै पहिला सुरुमा देवीदेवता थियौँ, अहिले पतित, कङ्गाल, धर्मभ्रष्ट (इरिलिजस) बनेका छौँ, आफ्नो धर्मलाई बिर्सेका छौँ भन्ने कुरा कसैले जान्दैनन्। यो पनि ड्रामा अनुसार हुनु नै छ। त्यसैले यो विश्वको इतिहास भूगोल बुद्धिमा आउनुपर्छ नि। उच्चभन्दा उच्च सर्व आत्माहरूका पिता मूलवतनमा रहनुहुन्छ, फेरि हुन्छ सूक्ष्मवतन। यो हो स्थूलवतन। सूक्ष्मवतनमा केवल ब्रह्मा-विष्णु-शङ्कर हुन्छन्। उनीहरूको अर्को कुनै इतिहास भूगोल छैन। यी तीन तला छन्। गड इज वन (परमात्मा एक हुनुहुन्छ)। उहाँको रचना पनि एउटै छ, जुन चक्र घुमिरहन्छ। सत्ययुगबाट त्रेता फेरि द्वापर, कलियुगमा आउनुपर्छ। ८४ जन्मको हिसाब चाहिन्छ नि, जुन कसैले पनि जान्दैनन्। न कुनै शास्त्रमा छ। ८४ जन्मको पार्ट तिमी बच्चाहरूले नै खेल्छौ। बाबा त यो चक्रमा आउनुहुन्न। बच्चाहरू नै पावनबाट पतित बन्छन् त्यसैले चिच्याउँछन्– बाबा आएर हामीलाई फेरि पावन बनाउनुहोस्! एक बाबालाई नै सबैले पुकार्छन्। रावण राज्यमा जो सबै दुःखी भएका छन्, उनीहरूलाई आएर मुक्त गरेर फेरि रामराज्यमा लैजाउनुहोस्। आधाकल्प हुन्छ रामराज्य। आधाकल्प हुन्छ रावण राज्य। यहाँका मानिसहरू जो पवित्र थिए उनीहरू नै पतित बन्छन्। वाममार्गमा गएपछि पतित हुन सुरुगर्छन्। भक्तिमार्ग सुरु हुन्छ। अहिले तिमी बच्चाहरूलाई ज्ञान सुनाइन्छ, जसबाट आधाकल्प, २१ जन्मको लागि तिमीले सुखको वर्सा पाउँछौ। आधाकल्प ज्ञानको प्रारब्ध चल्छ, फेरि रावण राज्य हुन्छ। त्यसपछि गिर्न थाल्छौ। तिमी दैवी राज्यमा थियौ फेरि आसुरी राज्यमा आएका छौ, यसलाई हेल नर्क पनि भनिन्छ। तिमी हेभेन स्वर्गमा थियौ फेरि ८४ जन्म पास गरेर हेलमा आइपुगेका छौ। त्यो थियो सुखधाम। यो हो दुःखधाम, १०० पर्सेन्ट विपन्न। ८४ जन्मको चक्कर लगाउँदा, तिनै यहाँका मानिसहरू पूज्यबाट पुजारी बनेका छन्। यसलाई नै विश्वको इतिहास भूगोल भनिन्छ। यो हो तिमी बच्चाहरूको सारा चक्र, अरू धर्मका मानिसहरूले त ८४ जन्म लिँदैनन्। उनीहरू सत्ययुगमा हुँदैहुँदैनन्। सत्ययुग त्रेतामा केवल भारतवर्ष नै थियो। सूर्यवंशी, चन्द्रवंशी फेरि वैश्यवंशी, शूद्रवंशी... अहिले फेरि तिमी आएर ब्राह्मणवंशी बनेका छौ, देवतावंशी बन्नको लागि। यो हो भारतवर्षको वर्ण। अहिले तिमी ब्राह्मण बनकाले शिवबाबाबाट वर्सा लिइरहेका छौ। बाबाले तिमीलाई पढाइरहनुभएको छ, ५ हजार वर्ष पहिलाजस्तै। कल्प कल्प तिमी पावन बनेर फेरि पतित बन्छौ। सुखधाममा गएर फेरि दुःखधाममा आउँछौ। फेरि शान्तिधाममा जानुछ, जसलाई निराकारी दुनियाँ भनिन्छ। आत्मा के हो, परमात्मा के हुनुहुन्छ, यो कुनै पनि मानिसले जान्दैनन्। आत्मा पनि एउटा स्टार बिन्दु हो। भन्छन्– भृकुटीको बीचमा सितारा चम्किन्छ, त्यो सानो बिन्दु छ, जसलाई दिव्य दृष्टिद्वारा देख्न सकिन्छ। वास्तवमा स्टार पनि भनिँदैन। स्टार त धेरै ठुलो हुन्छ– केवल टाढा हुने भएकाले सानो देखिन्छ। यो केवल एउटा उदाहरण दिइन्छ। आत्मा यति सानो छ जस्तो माथि स्टार सानो देखिन्छ। बाबाको आत्मा पनि एउटा बिन्दुजस्तै छ। उहाँलाई परम आत्मा भनिन्छ। उहाँको महिमा भिन्नै छ। मनुष्य सृष्टिको चैतन्य बीजरूप भएका हुनाले उहाँमा सारा ज्ञान छ। तिम्रो आत्मालाई पनि अहिले ज्ञान मिलिरहेको छ। आत्माले नै ज्ञान ग्रहण गरिरहेको छ, यति सानो बिन्दुमा ८४ जन्मको पार्ट पहिल्यै निश्चित गरिएको छ। त्यसमा पनि अविनाशी, ८४ जन्मको चक्कर लगाउँदै आएका छौ। यसको अन्त्य हुन सक्दैन। देवता थियौ, दैत्य बन्यौ फेरि देवता बन्नुछ। यो चक्र चल्दै आएको छ। बाँकी त सबै हुन् बाइप्लट (उपकथा)। इस्लामी, बौद्ध आदिले सबैले ८४ जन्म लिँदैनन्। यही सत्ययुग भारतवर्षमा १०० प्रतिशत सम्पन्न थियो फेरि ८४ जन्म लिएर विकारी बनेका छन्। यो विकारी दुनियाँ हो। ५ हजार वर्ष पहिला पवित्रता थियो,शान्ति पनि थियो, सम्पन्नता पनि थियो। बाबा बच्चाहरूलाई याद दिलाउनुहुन्छ। मुख्य हो– पवित्रता त्यसैले भन्छन्– विकारीलाई निर्विकारी बनाउने बाबा आउनुहोस्! उहाँ नै सद्गतिदाता हुनुहुन्छ, त्यसैले उहाँ नै सदगुरु हुनुहुन्छ। अहिले तिमी बाबाद्वारा भिखारीबाट राजकुमार बनिरहेका छौ अथवा नरबाट नारायण, नारीबाट लक्ष्मी बन्छौ। यो तिम्रो राजयोग हो। तिमीहरूलाई नै अब बाबाद्वारा राज्य भाग्य मिल्छ। आत्माले नै ८४ जन्म लिन्छ। आत्माले नै पढ्छ, शरीरद्वारा। शरीरले पढ्दैन। आत्माले संस्कार लैजान्छ। म आत्माले यस शरीरद्वारा पढ्छु– यसलाई देहीअभिमानी भनिन्छ। आत्मा भिन्नै हुन्छ भने शरीर कुनै कामको हुँदैन। आत्माले भन्छ, अब म पुण्य आत्मा बनिरहेको छु। मानिसले देह अभिमानमा आएर भनिदिन्छन्– यो गर्छु... तिमीले अहिले सम्झन्छौ– हामी आत्मा हौँ, यो हाम्रो शरीर ठुलो छ। परमात्मा बाबाद्वारा म आत्माले पढिरहेको छु। बाबा भन्नुहुन्छ– म एकलाई याद गर। तिमी सत्ययुगमा सतोप्रधान थियौ फेरि तिमीमा खाद मिसिएको छ। खाद पर्दापर्दै तिमी पावनबाट पतित बनेका छौ। अब फेरि पावन बन्नुछ, त्यसैले भन्छन्– हे पतितपावन आउनुहोस्, आएर हामीलाई पावन बनाउनुहोस्! बाबा राय दिनुहुन्छ– हे पतित आत्मा म बाबालाई याद गर अनि तिमीबाट खाद निस्किन्छ र तिमी पावन बेन्नेछौ। त्यसलाई प्राचीन योग भनिन्छ। यो याद अर्थात् योग अग्निद्वारा खाद भस्म हुन्छ। मूल कुरा हो– पतितबाट पावन बन्नु। साधुसन्त आदि सबै पतित छन्। पावन बन्ने उपाय बाबाले मात्रै बताउनुहुन्छ– म एकलाई याद गर। यो अन्तिम जन्म पवित्र बन। खाँदापिउँदा, हिँड्दाडुल्दा म एकलाई याद गर किनकि तिमी सबै आत्माहरू (आसिकहरू) को मासुक, म हुँ। तिमीलाई मैले पावन बनाएका थिएँ फेरि पतित बनेका छौ। सबै भक्तिनीहरू आसिक हुन्। मासुक भन्नुहुन्छ– गर्न त कर्म पनि गर। बुद्धिद्वारा मलाई याद गरिरह्यौ भने विकर्म विनाश हुनेछन्। यो मेहनत हो। त्यसैले बाबालाई याद गर्नुपर्छ नि, वर्सा पाउनको लागि। जसले धेरै याद गर्छन् उनीहरूलाई वर्सा पनि धेरै मिल्छ। यो हो यादको यात्रा। जसले धेरै याद गर्नेछन् उनीहरू नै पावन बनेर आएर मेरो गलाको हार बन्नेछन्। सबै आत्माहरूको निराकारी दुनियाँमा एउटा वंशावली बनेको छ। त्यसलाई निराकारी वृक्ष भनिन्छ। यो हो साकारी वृक्ष, निराकारी दुनियाँबाट सबै नम्बरवार आउनेछन्, आइरहनेछन्। वृक्ष कति ठुलो छ। आत्मा यहाँ आउँछ पार्ट खेल्न। जति पनि सबै आत्माहरू छन्, सबै यस ड्रामाका कलाकारहरू हुन्। आत्मा अविनाशी छ, त्यसमा पार्ट पनि अविनाशी छ। ड्रामा कहिले बन्यो, यो भन्न सकिँदैन। यो चल्दै जान्छ। यहाँका मानिसहरू पहिला सुरुमा सुखमा थिए फेरि दुःखमा आए, फेरि शान्तिधाममा जानुछ। फेरि बाबाले सुखधाममा पठाइदिनुहुन्छ। त्यसमा जसले जति पुरुषार्थ गरेर उच्च पद पाउँछन्, बाबाले राजधानी स्थापना गर्नुहुन्छ। त्यसमा पुरुषार्थ अनुसार राजधानीमा पद पाउँछन्। सत्ययुगमा त अवश्य थोरै मानिस हुन्छन्। आदि सनातन देवीदेवता धर्मको वृक्ष सानो छ, बाँकी सबै विनाश हुनेछन्। यो आदि सनातन देवीदेवता धर्म स्थापना भइरहेको छ अर्थात् स्वर्गका गेट खुलिरहेका छन्। ५ हजार वर्ष पहिला पनि यो लडाइँपछि स्वर्गको स्थापना भएको थियो। अनेक धर्म विनाश भएका थिए। यो लडाइँलाई भनिन्छ, कल्याणकारी लडाइँ। अब नर्कका गेट खुलेका छन्, फेरि स्वर्गका गेट खुल्नेछन्। स्वर्गका द्वार बाबाले खोल्नुहुन्छ, नर्कका द्वार रावणले खोल्छ। बाबाले वर्सा दिनुहुन्छ, रावणले श्राप दिन्छ। यी कुराहरू दुनियाँले जान्दैन, तिमी बच्चाहरूलाई सम्झाउँछु। शिक्षा मन्त्रीले पनि बेहदको ज्ञान दिन चाहन्छन्। त्यो ज्ञान त तिमीले नै दिन सक्छौ। तर तिमी गुप्त छौ। तिमीलाई चिन्दैचिन्दैनन् नै। तिमीले योगबलद्वारा आफ्नो राज्य भाग्य लिइरहेका छौ। लक्ष्मीनारायणले यो राज्य कसरी पाए त्यो कुरा तिमीले जान्दछौ। यसलाई भनिन्छ पुरुषोत्तम कल्याणकारी युग। जुनबेला कि बाबा आएर पावन बनाउनुहुन्छ। श्रीकृष्णलाई त सबैले बाबा भन्दैनन्। बाबा निराकारलाई भनिन्छ, उहाँ बाबालाई याद गर्नुछ, पावन पनि बन्नुछ। विकारहरूलाई अवश्य छोड्नुपर्छ। भारतवर्ष निर्विकारी सुखधाम थियो अब विकारी, दुःखधाम छ। कौडी बराबर पनि (वर्थ नट अ पेनी) छैन। यो ड्रामाको खेल हो, जसलाई बुद्धिमा धारण गरेर अरूलाई पनि गराउनुछ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको यादप्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) यादद्वारा पावन बनेर बाबाको गलाको हार बन्नुछ। कर्म गर्दा पनि बाबाको यादमा रहेर विकर्माजित बन्नुछ।

२) पुण्य आत्मा बन्ने पूरा पूरा पुरुषार्थ गर्नुछ। देह अभिमान छोडेर देहीअभिमानी बन्नुछ।

वरदान:–
आफ्नो बुद्धिरूपी नेत्रलाई क्लियर र केयरफुल राख्ने मास्टर न लेज फुल , पावरफुल भव

जसरी ज्योतिषीले आफ्नो ज्योतिषको ज्ञानद्वारा, ग्रहहरूको ज्ञानद्वारा आउने आपदहरूलाई जान्दछन्, त्यसैगरी तिमी बच्चाहरूले पहिल्यै (इनएडभान्स) मायाद्वारा आउने पेपरहरूलाई परख गरेर पास विद अनर बन्नको लागि आफ्नो बुद्धिरूपी नेत्रलाई क्लियर बनाऊ र केयरफुल होऊ। दिन प्रतिदिन यादको वा साइलेन्सको शक्तिलाई बढायौ भने आज केही हुनेवाला छ भनेर पहिला नै थाहा हुनेछ। मास्टर नलेजफुल, पावरफुल बन्यौ भने कहिल्यै हार हुन सक्दैन।

स्लोगन:–
पवित्रता नै नवीनता हो र यही ज्ञानको फाउन्डेसन हो।

अव्यक्त इसारा:– महान् बन्नको लागि मधुरता र नम्रताको गुण धारण गर

तिमी बच्चाहरूको चालचलनमा मधुरता र मनसामा बेहदको वैराग्य वृत्ति होस्। दुवै स्मृति रह्यो भने पास विद अनर बन्नेछ। मधुरता र नम्रता यी विशेष दुई धारणाहरूद्वारा सदा विश्वकल्याणकारी, महादानी, वरदानी बन्नेछौ र सहजै स्नेहको सबुत दिन सक्नेछौ।