16.05.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– सदैव याद राख– धेरै गयो थोरै रह्यो , अब त घर जा नुछ , यस फोहोरी शरीर र दुनियाँलाई भुल्नुछ।”

प्रश्न:–
निरन्तर कुन नसा रह्यो भने स्थिति धेरै फस्टक्लास हुन्छ?

उत्तर:–
निरन्तर नसा रहोस्– मिरूआ मौत मलूका शिकार। हामी मलूक (फरिस्ता) बनेर आफ्नो मासुकको साथ घर जान्छौँ, बाँकी सबै खलास हुनुछ। अब हामीले यो पुरानो छाला (देह) लाई छोडेर नयाँ लिनेछौँ। यो ज्ञान सारा दिन बुद्धिमा फुरिरह्यो भने अपार खुसी हुन्छ। स्थिति फस्टक्लास बन्छ।

गीत:–
यह कौन आज आया...

ओम् शान्ति ।
यो कसले भन्यो? बच्चाहरूले। अतीन्द्रिय सुखमय जीवनमा आएर भन्छन्– बेहदको बाबा आउनुभएको छ। केको लागि आउनुभएको छ? यस पतित दुनियाँलाई परिवर्तन गरेर पावन दुनियाँ बनाउन, पावन दुनियाँ कति ठुलो होला। पतित दुनियाँ कति ठुलो छ, यो तिमी बच्चाहरूको बुद्धिमा आउनुपर्छ। यहाँ कति करोडौँ मानिस छन्। यसलाई पतित भ्रष्टाचारी दुनियाँ भन्छन्। मीठा प्यारा बच्चाहरूको दिलमा आउनुपर्छ– हाम्रो नयाँ दुनियाँ कति सानो हुनेछ। हामीले कसरी राज्य गनेर्छौं। हाम्रो भारतखण्डजस्तो अरू कुनै खण्ड हुन सक्दैन। यो कसैले बुझ्दैनन्– भारतखण्ड स्वर्ग थियो, यो जस्तो कुनै खण्ड हुन सक्दैन। तिमीले यो जान्दछौ– यो भारतखण्ड अब कुनै कामको छैन। यही स्वर्ग थियो, अब छैन। यो कसैलाई याद आउँदैन– हाम्रो भारतवर्ष सबैभन्दा उच्च छ, सबैभन्दा प्राचीन छ। तिमी बच्चाहरूको बुद्धिमा आउँछ, त्यो पनि नम्बरवार पुरुषार्थ अनुसार। यति खुसी, यति आदर हुन्छ? बेहदको बाबा आउनुभएको छ। कल्प कल्प आउनुहुन्छ, माया रावणले जुन हाम्रो राज्य भाग्य खोसेको छ, त्यो हाम्रो राज्य भाग्य बाबा फेरि आएर हामी आत्माहरूलाई दिनुहुन्छ। यस्तो होइन कुनै लडाइँले खोसिएको हो। होइन। रावण राज्यमा हाम्रो मत भ्रष्टाचारी हुन्छ। श्रेष्ठाचारीबाट हामी भ्रष्टाचारी बन्छौँ। हेर, दुनियाँ कति वृद्धि भएको छ, हाम्रो भारतवर्ष कति सानो थियो। स्वर्गमा कति सुखी हुन्छौँ। हिरा जुहारतका महल हुनेछन्। त्यहाँ रावण हुँदैन। तिमी बच्चाहरूको बुद्धिमा खुसी हुनुपर्छ, अतीन्द्रिय सुख हुनुपर्छ।

बाबा भन्नुहुन्छ– देहीअभिमानी बन। देहको भान तोड्नको लागि बाबाले भन्नुभएको थियो– १०८ टाला हालेको कपडा लगाऊ। हुन त ठुला मानिसहरूसँग, जौहरीहरूसँग सम्बन्ध थियो, त्यो नसा कसरी टुट्छ? देहीअभिमानी बन्नुपर्छ। हामी आत्मा हौँ, यो त पुरानो शरीर हो। यसलाई छोडेर नयाँ फस्टक्लास शरीर लिनुछ। सर्पले त एउटा काँचुली छोडेर अर्को लिन्छ। तिमी बच्चाहरूको बुद्धिमा ज्ञान छ– यो पुरानो देह छोडेर, हामीले अर्को नयाँ देह लिन्छौँ फेरि अर्को शरीर मिल्नेछ। यो सारा ज्ञान त बच्चाहरूको बुद्धिमा फुर्नुपर्छ। यो त फोहोरी दुनियाँ हो, यसलाई देख्दादेख्दै पनि बुद्धिबाट भुल्नुपर्छ। हामी यात्रामा गइरहेका छौँ, हाम्रो बुद्धिको योग घरतिर गइरहेको छ। अभ्यास त गर्नुपर्छ नि। यो शरीर पनि पुरानो छ, दुनियाँ पनि पुरानो छ। साक्षात्कार गरेका छौ– अब यो देह र देहका सबै सम्बन्ध छोडेर घर जानुछ। भित्र खुसी हुन्छ– अब हामी फर्केर जानुछ। बुद्धियोग त्यहाँ परमधाममा लगाउनुपर्छ। एकअर्कालाई यही सुनाउनुछ– मनमनाभव। यो धेरै जबरजस्त मन्त्र हो। पढ्न त गीता धेरैले पढ्छन् तर त्यसको अर्थ बुझ्दैनन्। जसरी अरू शास्त्र पढ्छन्, त्यसरी नै पढ्छन्। यो कसैको बुद्धिमा आउँदैन, हामीले भविष्यको लागि राजयोग सिकिरहेका छौँ। धेरै समय गयो, अब थोरै समय मात्रै बाँकी छ। यस्ता यस्ता कुराले आफैलाई बहलाउँदै, खुसी हुनुछ। यो त सबै खलास हुनेछ। मिरूआ मौत मलूका शिकार। हामी मलूक बनेर आफ्नो मासुकको साथमा घर जानेछौँ। यो शिक्षा आत्माहरूको पिता बसेर दिनुहुन्छ। हुनुहुन्छ पनि साधारण तर उच्चभन्दा उच्च हुनुहुन्छ। बाबा आउनुभएको छ– बेहदको वर्सा दिन, कल्प कल्प आउनुहुन्छ। यो त फोहोरी दुनियाँ हो। यस्ता यस्ता कुरा गर्नुपर्छ। यसलाई भनिन्छ विचार सागर मन्थन। यी शास्त्र आदि त जन्मजन्मान्तर पढेका छौँ, हामी बच्चाहरूले जति जपतप आदि गरेका छौँ त्यति अरू कसैले गरेका छैनन्। जो पहिला सुरुमा आएका होलान् उनीहरूले नै भक्ति गरेका छन् र उनीहरू नै ज्ञान योगमा पनि तीक्ष्ण हुन्छन् किनकि उनीहरू नै फेरि पहिलो नम्बरमा आउनुछ। तिमीले देख्छौ– कोही कोहीले त धेरै राम्रो पुरुषार्थ गर्छन्।

तिमी बच्चाहरू जो यस रुहानी सेवामा लागेका छौ, तिमीहरूको लागि त धेरै राम्रो छ। साँच्चिकै भट्ठीमा बसेका छौ। त्यो सम्बन्ध अटुट भएको छ र जसले गृहस्थ व्यवहारमा रहेर यो कुरा सुन्छन् सुनाउँछन् तिनीहरू पुरानाहरूभन्दा पनि तीक्ष्ण रूपमा गइरहेका छन्। देखिन्छ– नयाँ आउनेहरू धेरै तीक्ष्ण रूपमा जान्छन्। तिमीले लिस्ट निकाल्यौ भने थाहा हुन्छ। पहिला सुरुमा तिम्रो माला बनाउँथे फेरि देख्नुभयो– कति राम्रा राम्रा बच्चाहरू ३-४ नम्बरका पनि निस्किए। एकदम गएर प्रजामा पुगे। अब तिम्रो यो विद्यार्थी जीवन हो, गृहस्थ व्यवहारमा रहेर सँगसँगै यो कोर्स पढ्छौ। धेरै बच्चाहरूले डबल कोर्स लिन्छन्, उनीहरूलाई लिफ्ट मिल्छ। तिम्रो कोर्स हो– गृहस्थ व्यवहारमा रहेर यो पढ्नु। यसमा पनि कन्याहरू धेरै तीक्ष्ण हुनुपर्छ। कन्याहरूको कारण कन्हैया वा गोपाल नाम पनि गायन गरिएको हो, हुन त गोप पनि हुन्छन् किनकि प्रवृत्तिमार्ग हो नि। तिमी सत्ययुगमा देवीदेवता धर्मका थियौ। यी लक्ष्मीनारायणले प्रवृत्तिमार्गमा राज्य गर्थे। यो तिम्रो बुद्धिमा फुर्नुपर्छ– हामी के बन्नेछौँ! देवताहरू कति फस्टक्लास छन्! उनीहरूको अगाडि गएर महिमा गाउँछन्– हजुर सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण... हामी पापी, कपटी हौँ। हम निर्गुण हारेमा कोही गुण नाहीं... तर यसमा भगवानले दया वा कृपा गर्नुहुन्न। वास्तवमा दया वा कृपा आफैमाथि गर्नुपर्ने हुन्छ। तिमी नै देवता थियौ, अहिले के बनेका छौ आफैलाई हेर, फेरि पुरुषार्थ गरेर देवता बन। श्यामबाट सुन्दर बन्नको लागि पुरुषार्थ गर्नुपर्छ। यो त भक्तिमार्गमा भन्छन्– मर्ने थिए, फलानोको कृपा भयो र उनको आशीर्वादले बाँचे। महात्मा आदिको हात समातेर भन्छन्– हजुरको आशीर्वाद चाहिन्छ। यहाँ त पढाइ छ। यहाँ कृपा आदिको कुरा छैन। मनमनाभवको अर्थ छ नि। मन्त्र त धेरै दिन्छन्। अनेक प्रकारका हठयोग सिकाउँछन्। हरेकको भिन्नाभिन्नै शिक्षा हुन्छ। हठयोगको नमुना हेर्ने हो भने जयपुरको म्युजियममा गएर हेर। यहाँ त कति आरामले बसेका छौ। बुद्धिमा छ– हामीलाई फेरि बाबाले राज्य भाग्य दिइरहनुभएको छ। त्यहाँ स्वर्गमा मात्रै अद्वैत देवीदेवता धर्म थियो अरू कुनै धर्म थिएन। दुई हातले मात्रै ताली बज्छ। एउटै धर्म भयो भने मारामार हुँदैन। अहिले कलियुग छ। कलियुग पूरा भयो भने भक्ति पनि पूरा हुन्छ। अहिले त मानिसहरूको कति वृद्धि भइरहन्छ। भारतवर्षको धरती बढ्दैन। धरती त त्यही हो। बाँकी मानिस घटीबढी हुन्छन्। त्यहाँ मानिस धेरै कम हुन्छन्, दुनियाँ त यही हुनेछ। दुनियाँ कुनै सानो हुँदैन। त्यसैले तिमी बच्चाहरूलाई धेरै खुसी हुनुपर्छ। हामीले बाबाको श्रीमतमा योगबलद्वारा आफ्नो राज्य स्थापना गरिरहेका छौँ। बाबा भन्नुहुन्छ– म एकलाई याद गरेमा तिम्रा पाप भस्म हुनेछन्। आत्मामा नै खाद परेको छ नि। केवल भन्छन्– सतो, रजो, तमो.... यो देखाउँदैनन्– आत्मामा नै खाद पर्छ। पहिला सत्ययुगी थिए, पवित्र सुन थिए फेरि चाँदी मिसिन्छ, अनि त्यसलाई त्रेतायुग चन्द्रवंशी भनिन्छ। अङ्ग्रेजी शब्द कति राम्रा छन्। गोल्डेन, सिल्भर, कपर फेरि आइरन। बाबा सम्झाउनुहुन्छ– आत्मामा खाद परेको छ, त्यो निस्किन्छ कसरी? सतोबाट तमो बनेको छ फेरि तमोबाट सतो कसरी बन्छ? सम्झन्छन्– गङ्गामा स्नान गरेमा सतोप्रधान बन्छौँ। तर यो त हुन सक्दैन। गङ्गास्नान आदि त दिनहुँ गरिरहन्छन्। कोही त धार्मिक नियम राम्ररी पालना गर्ने नेमी हुन्छन्। नहरमा गएर पनि स्नान गर्छन्। बाबाले तिमीलाई भन्नुहुन्छ–बाबालाई याद गर्ने, यो नियम बनाऊ। यादको स्नान वा यात्रा गर। ज्ञानस्नान पनि गराउनुहुन्छ, योगको यात्रा पनि सिकाउनुहुन्छ। बाबाले ज्ञान दिनुहुन्छ। यसमा योगको ज्ञान पनि छ, सृष्टिचक्रको ज्ञान पनि छ। बाँकी शास्त्रहरूको ज्ञान त धेरै दिन्छन्, योगलाई जान्दै जान्दैनन्। योगलाई हठयोग सम्झेका छन्। योग आश्रम त धेरै छन्। मनमनाभवको मन्त्र दिन्छन् तर बाबाबाहेक अरू कुनै पनि मानिससँग यो ज्ञान छैन। अब ८४ जन्मको चक्र पूरा भएको छ। फेरि दुनियाँ नयाँ हुनेछ।

तिम्रो बुद्धिमा छ– वृक्षको वृद्धि कसरी हुन्छ। यहाँ राज्य भाग्यको स्थापना भइरहेको छ, सबै सँगै कहाँ जान्छन् र? ब्राह्मणहरूको वृक्ष धेरै ठुलो हुन्छ। फेरि अलिअलि गरेर जान्छन्। प्रजा बन्दै जान्छन्। अलिकति मात्रै कसैले सुन्यो भने पनि प्रजामा आउँछन्। सेवाकेन्द्रहरू धेरै बढ्दै जान्छन्। जहाँतहीँ धेरै प्रदर्शनीहरू भइरहन्छन्। जसरी मन्दिर धर्मशाला (टिकाणे) बन्दै जान्छन्, त्यसरी नै तिम्रो प्रदर्शनी पनि गाउँ गाउँमा हुनेछ। घर घरमा प्रदर्शनी गर्नुपर्ने हुन्छ। वृद्धि हुँदै जान्छन् त्यसैले अन्त्यमा यी चित्रहरूको पनि छपाइ गराउनुपर्ने हुन्छ। सबैकहाँ बाबाको सन्देश जानुछ। तिमी बच्चाहरूले धेरै ठुलो सेवा गर्नुछ। अहिले यो प्रोजेक्टर, प्रदर्शनी सामग्रीको फेसन निस्केको छ त्यसैले गाउँ गाउँमा देखाउनुपर्छ। उनीहरूले यो ज्ञान राम्रोसँग लिनेछन्। शिवजयन्तीको गायन गरिन्छ तर उहाँ कसरी आउनुहुन्छ, यो कसैलाई थाहा छैन। शिवपुराण आदिमा यी कुरा छैनन्। यी कुरा तिमीले सुन्छौ। सुनेको बेलामा राम्रो लाग्छ फेरि भुलिहाल्छन्। राम्रोसँग प्वइन्टहरू धारण भयो भने सेवा पनि राम्रोसँग गर्न सक्छौ। तर सबै प्वइन्टहरू कसैलाई धारण हुँदैन। भाषण गरेर आउँछन् फेरि ख्यालमा आउँछ– अझै यो प्वइन्ट पनि सम्झाएको भए राम्रो हुन्थ्यो। जसलाई देह अभिमान हुँदैन उनीहरूले तुरुन्तै बताउँछन्। भाषण गरेर फेरि विचार गर्छन्– हामीले सबै प्वइन्टहरू राम्ररी सम्झायौँ? अझै यो प्वइन्ट भुलेछौँ। प्वइन्टहरू कुनै साथै जाने होइनन्। यो हो केवल अहिलेको लागि। फेरि यो समाप्त हुनेछ। यी आँखाले जुन कुरा अहिले देख्छौ फेरि सत्ययुगमा यो हुँदैन। तिमीलाई ज्ञानको तेस्रो नेत्र अब मिल्छ, अहिले तिमी त्रिनेत्री बन्छौ। बाबा आएर तिमीलाई ज्ञान दिइरहनुभएको छ जुन आत्माले धारण गर्छ। आत्मालाई तेस्रो नेत्र मिलेको छ। म आत्मा हुँ भन्ने ज्ञान कसैसँग छैन। यस शरीरद्वारा यो कर्म गर्छु। बाबाले हामीलाई पढाउनुहुन्छ। यो बुद्धिमा राख्नमा नै मेहनत छ। बच्चाहरूले मेहनत गर्नुपर्छ र खुसी हुनुपर्छ। बस् अब हाम्रो राज्य आइ नै हाल्छ। तिमीलाई थाहा छ– हाम्रो राज्यमा के के हुनेछ। तिमी बच्चाहरूलाई त धेरै खुसी हुनुपर्छ– हामीले यस पढाइबाट राज्य लिनेछौँ। पढ्नेहरूलाई पद याद हुन्छ। हामीले पढ्छौँ भविष्यको लागि। राम्ररी पढ्यौँ भने राजगद्दीमा बस्नेछौँ। उनीहरू त नामी बन्छन्। अहिले लिस्ट निकाल्यौ, माला बनायौ भने सबैले भन्छन्– रिफ्रेस बनाउन फलानी बच्चीलाई हामीकहाँ पठाउनुहोस्। भाषण गर्नेहरूलाई बोलाउँछन्, त्यसैले उनीहरूको आदर पनि गर्नुपर्छ। हामी पनि यिनीजस्तै होसियार बन्नुछ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) अतीन्द्रिय सुखको अनुभव गर्नको लागि देहको भान तोड्ने पुरुषार्थ गर्नुछ। अब फर्केर घर जानुछ त्यसैले बुद्धियोग घरसँग लगाइरहनुछ।

२) गृहस्थ व्यवहारमा रहेर पढाइ पनि पढ्नुछ, डबल कोर्स लिनुछ। ज्ञानको स्नान र यादको यात्रा गर्नु र गराउनुछ।

वरदान:–
कोमलतालाई कमालमा परिवर्तन गरेर मायाजित बन्ने शक्तिस्वरूप भव

शक्तिस्वरूप बन्नको लागि कोमलतालाई कमालमा परिवर्तन गर। केवल स्वयंका संस्कारहरूलाई परिवर्तन गर्नमा कोमल बन, कर्ममा कहिल्यै कोमल नबन्नु, यसमा शक्तिरूप बन्नुछ। जसले शक्तिरूपको कवच धारण गर्छन् उनीहरूलाई मायाको कुनै पनि तीर लाग्न सक्दैन। त्यसैले तिम्रो अनुहार, नयन चैनबाट कोमलताको सट्टा शक्तिरूप देखियोस् अनि मायाजित बनेर सम्मान सहित पास भएको सर्टिफिकेट लिन सक्नेछौ।

स्लोगन:–
त्रिकालदर्शीको सिटमा सेट भएर हरेक कर्म गरेमा माया टाढाबाट नै भाग्नेछ।

अव्यक्त इसारा:– सदा अचल , अडोल , एकरस स्थितिको अनुभव गर

जसरी साकार बाबाले अथक र एकरस स्थितिको उदाहरण बनेर देखाउनुभयो, त्यसरी नै तिमी बच्चाहरूले पनि अरूप्रति उदाहरण बन्नु छ, यही सेवा हो। सेवा केवल वाणीले मात्र हुँदैन, स्थितिबाट पनि सेवा हुन्छ। त्यसैले समय अनुसार अब आफ्नो स्थिति एकरस बनाऊ।