16.06.24 Avyakt Bapdada Nepali Murli 03.03.20 Om Shanti Madhuban
“ शुभभाव र
प्रेमभावलाई इमर्ज गरेर क्रोध महाशत्रुमाथि विजयी बन”
आज बापदादा आफ्नो
जन्मका साथीहरूलाई, साथसाथै सेवाका साथीहरूलाई देखेर हर्षित भइरहनु भएको छ। आज
तिमीहरू सबैलाई पनि बापदादाको अलौकिक जन्मको साथमा जन्म साथीहरूलाई जन्म दिवसको खुशी
छ, किन? यस्तो न्यारा र अति प्यारा अलौकिक जन्म अरू कसैको पनि हुन सक्दैन। यस्तो
कहिल्यै पनि सुनेनौ होला– पिताको जन्मदिन पनि उही र बच्चाहरूको जन्मदिन पनि उही। यो
न्यारा र प्यारा अलौकिक हीरातुल्य जन्म आज तिमीहरूले मनाइरहेका छौ। साथसाथै सबैलाई
यो न्यारा र प्यारापन पनि स्मृतिमा छ– यो अलौकिक जन्म यस्तो विचित्र छ, जुन स्वयं
भगवान्बाबाले बच्चाहरूको मनाइरहनु भएको छ। परम आत्माले बच्चाहरूको, श्रेष्ठ
आत्माहरूको जन्मदिवस मनाइरहनु भएको छ। दुनियाँमा कतिले भन्छन् मात्र हामीलाई पैदा
गर्ने भगवान्हुनुहुन्छ, परम आत्मा हुनुहुन्छ। तर न जान्दछन्, न त्यस स्मृतिमा चल्छन्।
तिमीहरू सबैले अनुभवबाट भन्छौ– हामी परमात्म वंशी हौँ, ब्रह्मा वंशी हौँ। परम
आत्माले हाम्रो जन्मदिवस मनाउनुहुन्छ। हामीले परमात्माको जन्म-दिवस मनाउँछौँ।
आज सबैतिरबाट यहाँ
पुगेका छौ केको लागि? बधाई दिन र बधाई लिनको लागि। त्यसैले बापदादा विशेष आफ्ना
जन्मदिनका साथीहरूलाई बधाई दिइरहनु भएको छ। सेवाका साथीहरूलाई पनि बधाई दिइरहनु भएको
छ। बधाईको साथसाथै परम प्रेमका मोती, हीरा, जुहारतद्वारा वर्षा गरिरहनु भएको छ।
प्रेमका मोती देखेका छौ नि। प्रेमका मोतीहरूलाई जान्दछौ हैन? फूलहरूको वर्षा, सुनको
वर्षा त सबैले गर्छन्, तर बापदादाले तिमीहरू सबैमाथि परम प्रेम, अलौकिक स्नेहका
मोतीहरूको वर्षा गरिरहनु भएको छ। एक गुणा होइन, पदम-पदम-पदम गुणा दिलैदेखि बधाई
दिइरहनु भएको छ। तिमीहरू सबैले पनि दिलैदेखि बधाई दिइरहेका छौ, त्यो पनि बापदादाको
पासमा पुगिरहेको छ। आज मनाउने र बधाई दिने दिन हो। मनाउने समयमा के गर्छौ? ब्याण्ड
बजाउँछौ। त्यस्तै बापदादाले सबै बच्चाहरूको मनको खुशीको ब्याण्ड भन, बाजागाजा
सुनिरहनु भएको छ। भक्तहरूले पुकारिरहन्छन् र तिमी बच्चाहरू बाबाको प्यारमा समाहित
हुन्छौ। समाहित हुन आउँछ हैन? यो समाहित हुनुले नै समान बनाउँछ।
बापदादाले
बच्चाहरूलाई आफूदेखि छुट्याउन सक्नुहुन्न। बच्चाहरू पनि छुट्टिन चाहँदैनन् तर
कहिलेकाहीँ मायाको खेलखेलमा अलिकति किनारा गर्न पुग्छन्। बापदादाले भन्नुहुन्छ– म
तिमी बच्चाहरूको सहारा हुँ, तर बच्चाहरू नटखट हुन्छन् नि। मायाले नटखट बनाइदिन्छ,
त्यस्ता छैनौ तर मायाले बनाइदिन्छ। त्यसपछि सहाराबाट किनारा गराउँछ। फेरि पनि
बापदादा सहारा बनेर समीप लिएर आउनुहुन्छ। बापदादा सबै बच्चाहरूसँग सोध्नुहुन्छ–
हरेक बच्चाले जीवनमा के चाहन्छ? विदेशीहरूले दुई कुरालाई धेरै मन पराउँछन्। डबल
विदेशीका प्रिय दुई शब्द कुनचाहिँ हुन्? (कम्प्यानियन र कम्पनी) यी दुवै शब्द
मनपर्छन्। यदि मन पर्छ भने एक हात उठाऊ। भारतवासीहरूलाई मन पर्छ? कम्प्यानियन (साथी)
पनि आवश्यक छ र कम्पनी(साथ) पनि आवश्यक छ। कम्पनी बिना पनि रहन सक्दैनौ र
कम्प्यानियन बिना पनि रहन सक्दैनौ। त्यसैले तिमीहरू सबैलाई के मिलेको छ?
कम्प्यानियन मिलेको छ? भन हो कि होइन? (मिलेको छ) कम्पनी मिलेको छ? (मिलेको छ) यस्तो
कम्पनी र यस्तो कम्प्यानियन सारा कल्पमा मिलेको थियो? कल्प पहिला मिलेको थियो ?
यस्तो कम्प्यानियन जसले कहिल्यै पनि किनारा गर्नुहुन्न, जति नै नटखट भए पनि उहाँ
फेरि पनि सहारा नै बन्नुहुन्छ। र, जुन तिम्रो दिलका प्राप्तिहरू छन्, ती सर्व
प्राप्तिहरूले पूर्ण गराइदिनुहुन्छ। कुनै अप्राप्ति छ? सबैको दिलले भन्छ कि
मर्यादापूर्वक हो, भन्छौ? गाउन त गाउँछौ, जे पाउनु थियो त्यो पाइसकेँ, कि पाउनु छ?
पाइसक्यौ? अब पाउन केही छैन कि अलिअलि आशा बाँकी रहेका छन्? सबै आशा पूरा भए कि
बाँकी रहेका छन्? बापदादाले भन्नुहुन्छ बाँकी रहेका छन्। (बाबालाई प्रत्यक्ष गर्ने
आशा रहेको छ) यो त बाबाको आशा हो– सबै बच्चाहरूलाई थाहा होस्। बाबा आउने अनि कुनै
बाँकी रहने!... त्यसैले यो बापदादाको विशेष आशा छ– सबैलाई कम से कम यो थाहा त होस्–
हाम्रो सदाको बाबा आउनु भएको छ। तर बच्चाहरूको हदको अरू आशा पूरा भएका छन्, प्रेमको
आशा छ। हरेकले चाहन्छ स्टेजमा आउने, यो आशा छ? (अब त बाबा स्वयं सबैको पासमा
आउनुहुन्छ) यो आशा पनि पूरा भयो? सन्तुष्ट आत्मा हौ, बधाई छ किनकि सबै बच्चाहरू
समझदार छौ। सम्झन्छौ– जस्तो समय त्यस्तै स्वरूप बनाउनु नै छ। त्यसैले बापदादा पनि
ड्रामाको बन्धनमा त हुनुहुन्छ नि! सबै बच्चाहरू हर समय अनुसार सन्तुष्ट छन् र सदा
सन्तुष्टमणि बनेर चम्किरहन्छन्। किन? तिमी स्वयंले नै भन्छौ– जे पाउनु थियो, त्यो
पाएँ। यो ब्रह्माबाबाको आदि अनुभवको बोली हो, जुन ब्रह्माबाबाको बोली त्यही सर्व
ब्राह्मणहरूको बोली। बापदादाले सबै बच्चाहरूलाई यही रिभाइज गराइरहनु भएको छ– सदा
बाबाको कम्पनीमा बस। बाबाले सर्व सम्बन्धहरूको अनुभव गराउनु भएको छ। भन्छौ पनि– बाबा
नै सर्व सम्बन्धी हुनुहुन्छ। सर्व सम्बन्धी हुनुहुन्छ भने जस्तो समय त्यसै
सम्बन्धलाई कार्यमा किन लगाउँदैनौ! यही सर्व सम्बन्धको समय प्रति समय अनुभव
गरिराख्यौ भने कम्प्यानियन पनि हुन्छ, कम्पनी पनि हुन्छ। अरू कुनै साथीहरूतिर मन र
बुद्धि जान सक्दैन। बापदादाले अफर गरिरहनु भएको छ– जब सर्व सम्बन्ध अफर गरिरहेको छु
भने सर्व सम्बन्धहरूको सुख लेऊ। सम्बन्धहरूलाई कार्यमा लगाऊ।
बापदादाले जब
देख्नुहुन्छ– कुनै-कुनै बच्चाहरू कहिलेकाहीँ आफूलाई एक्लो वा अलिकति नीरस अनुभव
गर्छन्, तब बापदादालाई रहम आउँछ– यस्तो श्रेष्ठ कम्पनी हुँदाहुँदै, कम्पनीलाई
कार्यमा किन लगाउँदैनन्? फेरि के भन्छौ? व्हाई-व्हाई (किन, किन) बापदादाले भन्नुभयो
व्हाई नभन, जब यो शब्द आउँछ, व्हाई निगेटिभ हो र पोजिटिभ हो फ्लाई (उड्नु), त्यसैले
व्हाई-व्हाई कहिल्यै नभन्नु, फ्लाई याद राख। बाबालाई साथी बनाए फ्लाई गर्यौ भने बडो
मजा आउनेछ। त्यो कम्पनी र कम्प्यानियन दुवै रूपले सारा दिन कार्यमा ल्याऊ। यस्तो
कम्प्यानियन फेरि मिल्ला? बापदादाले यतिसम्म भन्नुहुन्छ– यदि तिमीले दिमागबाट वा
शरीरबाट, दुवै प्रकारले थाक्यौ भने पनि कम्प्यानियन फेरि तिम्रो दुवै प्रकारले
मालिस गर्नको लागि पनि तयार हुनुहुन्छ। मनोरञ्जन गराउनको लागि पनि एवररेडी
हुनुहुन्छ। फेरि हदको मनोरञ्जनको आवश्यकता नै पर्दैन। यसरी प्रयोग गर्न आउँछ वा
सम्झन्छौ यति महान बाबा हुनुहुन्छ, टिचर हुनुहुन्छ, सतगुरु हुनुहुन्छ...? तर सर्व
सम्बन्ध हुनुहुन्छ। बुझ्यौ! डबल विदेशीहरूले?
अच्छा– सबै बर्थ डे
मनाउन आएका हौ नि! मनाउने हो नि! राम्रो, बर्थ डे मनाउँछौ भने जसको बर्थ डे मनाउँछौ,
उसलाई गिफ्ट दिन्छौ कि दिँदैनौ? (दिन्छौँ) त्यसोभए आज तिमीहरू सबै बाबाको बर्थ डे
मनाउन आएका छौ। नाम त शिवरात्रि छ, त्यसैले खास गरी बाबाको बर्थ डे मनाउन आएका छौ।
मनाउन आएका हौ हैन? त्यसोभए बर्थ डेमा आजको गिफ्ट के दियौ? कि केवल मैनबत्ती
बाल्नेछौ, केक काट्नेछौ... यसरी मनाउनेछौ? आज के गिफ्ट दियौ? कि भोलि दिनेछौ? चाहे
सानो देऊ, चाहे ठुलो देऊ, तर गिफ्ट त दिन्छौ नि! त्यसोभए के दियौ? सोचिरहेका छौ।
अच्छा, दिनु छ? दिनको लागि तयार छौ? जे बापदादाले भन्नु हुनेछ त्यो दिन्छौ कि तिम्रो
आफ्नो इच्छाले दिन्छौ? के गर्नेछौ? जे बापदादाले भन्नु हुनेछ त्यो दिन्छौ कि आफ्नो
इच्छाले दिन्छौ? (जे बापदादाले भन्नु हुनेछ, त्यो दिनेछौँ) हेर, अलिकति हिम्मत
राख्नु पर्ने हुन्छ। हिम्मत छ? मधुबन निवासीहरूमा हिम्मत छ? डबल विदेशीहरूमा हिम्मत
छ? हात त धेरै राम्रो उठाइरहेका छौ। अच्छा, शक्तिहरूमा, पाण्डवहरूमा हिम्मत छ?
भारतवासीहरूमा हिम्मत छ? धेरै राम्रो! बाबालाई यही बधाई मिल्यो। अच्छा, सुनाउँ? यो
त भन्दैनौ– यो त सोच्नु पर्ला? ला-ला नभन्नु। एउटा कुरा बापदादाले धेरैजसोमा देख्नु
भएको छ। थोरैमा होइन, धेरैजसोमा। के देख्नुभयो? कुनै परिस्थिति सामुन्ने आयो भने
धेरैजसोमा एक, दुई, तीन नम्बरमा क्रोधको अंश नचाहेर पनि इमर्ज हुन्छ। कसैमा महान्
क्रोधको रूपमा हुन्छ, कसैमा जोशको रूपमा हुन्छ, कसैमा तेस्रो नम्बर चिडचिडापनको
रूपमा हुन्छ। चिडचिडापनलाई जानेका छौ? त्यो पनि हो क्रोधको नै हल्का अंश हो। तेस्रो
नम्बर हो नि, त्यसैले त्यो हल्का हुन्छ। पहिलो जोडले हुन्छ, दोस्रो त्यो भन्दा कम।
फेरि भाषा त आजकाल सबैको रोयल भएको छ। रोयल रूपमा के भन्छौ? कुरा नै यस्तो छ नि,
जोस त आउँछ नै। त्यसोभए आज बापदादा सबैसँग यो गिफ्ट लिन चाहनुहुन्छ– क्रोध त छोड तर
क्रोधको अंश मात्र पनि नरहोस्। किन? क्रोधमा आएर डिससर्भिस गर्छौ किनकि क्रोध हुन्छ
दुई जनाको बीचमा। एक्लै हुँदैन, दुईको बीचमा हुन्छ त्यसैले देखिन्छ। चाहे मनसामा पनि
कसैप्रति घृणा भावको अंश हुन्छ, तब मनमा त्यस आत्मा प्रति जोस अवश्य आउँछ।
बापदादालाई यो डिससर्भिसको कारण राम्रो लाग्दैन। त्यसैले क्रोधको भाव अंश मात्र पनि
उत्पन्न नहोस्। जसरी ब्रह्मचर्यमाथि अटेन्सन दिन्छौ, त्यसैगरी काम महाशत्रु, क्रोध
महाशत्रु गायन गरिएको छ। शुभभाव, प्रेमभाव त्यो इमर्ज हुँदैन। फेरि मूड अफ गरिदिन्छौ।
त्यस आत्मादेखि किनारा गरिदिन्छौ। सामुन्ने आउँदैनौ, कुरा गर्दैनौ। त्यसको कुरालाई
बेवास्ता गर्छौ। अगाडि बढ्न दिँदैनौ। यो सबै बाहिरकालाई पनि थाहा हुन्छ फेरि
भनिदिन्छौ, आज यसको स्वास्थ्य ठीक छैन, बाँकी केही हुँदैन। त्यसोभए के जन्मदिवसको
यो गिफ्ट दिन सक्छौ? जसले सम्झन्छौ कोसिस गर्नेछु, तिनीहरूले हात उठाऊ। सौगात दिनको
लागि सोच्नेछु, कोसिस गर्नेछु, तिनीहरूले हात उठाऊ। सच्चा दिलमा साहेब राजी
हुनुहुन्छ। (कैयौँ भाइ-बहिनीहरू उभिए) बिस्तारै बिस्तारै उठिरहेका छन्। सत्य
बोलेकोमा बधाई छ। राम्रो, जसले भन्यौ कोसिस गर्नेछु, ठीक छ कोसिस गर, तर कोसिसको
लागि कति समय चाहिन्छ? एक महिना चाहियो, ६ महिना चाहियो, कति चाहियो? छोड्नेछौ कि
छोड्ने लक्ष्य नै छैन? जसले भन्यौ कोसिस गर्छु, तिमीहरू फेरि उठ। जसले सम्झन्छौ–
मैले दुई तीन महिनामा कोसिस गरेर छोड्नेछु। तिमीहरू बस। र, जसले सम्झन्छौ ६ महिना
चाहिन्छ, यदि ६ महिना पूरै लागे पनि क्रोधलाई घटाउनु, यस कुरालाई नछोड्नु किनकि यो
धेरै आवश्यक छ। यसबाट डिससर्भिस देखिन्छ। मुखबाट नबोल, अनुहारले बोल्छ त्यसैले जसले
हिम्मत राखेका छौ, तिमीहरू सबैमा बापदादाले ज्ञान, प्रेम, सुख, शान्तिका मोतीहरूको
वर्षा गरिरहनु भएको छ। अच्छा!
बापदादाले रिटर्न
सौगातमा यो विशेष सबैलाई वरदान दिइरहनु भएको छ– जब जब गल्तीले पनि, नचाहेर पनि
कहिलेकाहीँ क्रोध आयो भने पनि केवल दिलैदेखि “मीठा बाबा” शब्द भन्नु, अनि हिम्मत
राख्नेलाई बाबाको एक्स्ट्रा मदत अवश्य मिलिरहने छ। मीठा बाबा भन्नु, केवल बाबा
मात्र नभन्नु, “मीठा बाबा” भन्यौ भने मदत मिल्छ, अवश्य मिल्छ किनकि लक्ष्य राखेका
छौ नि। लक्ष्यबाट लक्षण आउनु नै छ। मधुबन निवासीहरूले हात उठाऊ। अच्छा, गर्नु नै छ
नि! (हो बाबा) बधाई छ। धेरै राम्रो! आज खास गरी मधुबन निवासीलाई टोली दिनेछु। मेहनत
धेरै गर्छौ। क्रोधको लागि दिने छैन, मेहनतको लागि दिन्छु। सबैले सम्झन्छौ हात उठायौँ,
त्यसैले टोली दिनुभयो। मेहनत धेरै राम्रो गर्छन्। सबैलाई सेवाद्वारा सन्तुष्ट पार्नु,
यो त मधुबनको उदाहरण हो त्यसैले आज मुख मीठो गराउने छु। तिमीहरू सबैले यिनीहरूको
मुख मीठो देखेर, मीठो मुख पार्नु, खुशी हुन्छ नि। यो पनि ब्राह्मण परिवारको एक
कल्चर हो। आजकाल तिमीहरूले कल्चर अफ पीसको प्रोग्राम बनाइरहेका छौ नि। त्यस्तै यो
पनि फस्ट नम्बरको कल्चर हो– “ब्राह्मण कुलको सभ्यता”। यी दादीले जब सौगात दिन्छन्
नि, बापदादाले देख्नु भएको छ। त्यसमा एउटा बोराको थैली हुन्छ। त्यसमा लेखिएको हुन्छ–“कम
बोल, बिस्तारै बोल, मीठो बोल”। आज बापदादाले यो सौगात दिइरहनु भएको छ, बोराको त्यो
थैली दिनुहुन्न, वरदानमा यो शब्द दिनुहुन्छ। हरेक ब्राह्मणको चेहरा र चालचलनमा
ब्राह्मण कल्चर प्रत्यक्ष होस्। प्रोग्राम त बनाउँछौ, भाषण पनि गर्छौ तर पहिला आफैमा
यो सभ्यता आवश्यक छ। हरेक ब्राह्मण मुस्कुराउँदै हरेकको सम्पर्कमा आउनु। कसैसँग
कस्तो, कसैसँग कस्तो होइन। कसैलाई देखेर आफ्नो कल्चर नछोड। बितेका कुरा बिर्स। नयाँ
संस्कार सभ्यतालाई जीवनमा देखाऊ। अहिले देखाउनु छ, ठीक छ है न! (सबैले भने हुन्छ
बाबा)
यो धेरै राम्रो हो,
डबल विदेशी धेरैजसो हुन्छ बाबा भन्नमा धेरै राम्रा छन् । राम्रो छ– भारतवासीहरूको त
एउटा मर्यादा नै छ– “हुन्छ, हुन्छ हजुर भन्नु।” केवल मायालाई हुँदैन भन, बस् अरू
आत्माहरूलाई हुन्छ, हुन्छ हजुर, हस् भन। मायालाई हुँदैन, पर्दैन भन। अच्छा! सबैले
जन्मदिवस मनायौ? मनायौ, गिफ्ट दियौ, गिफ्ट लियौ।
राम्रो, तिमीहरूको
साथसाथै अरू पनि ठाउँ ठाउँमा सभा बसेका छन्। कहीँ साना सभाहरू छन्, कहीँ ठुला सभाहरू
छन्, सबैले सुनिरहेका छन्, देखिरहेका छन्। उनीहरूलाई पनि बापदादाले यही भन्नुहुन्छ–
आजको दिनको तिमीहरू सबैले पनि सौगात दियौ कि दिएनौ? सबैले भनिरहेका छन्, हुन्छ, हस्
बाबा। ठीक छ, टाढा बसेर पनि मानौँ सामुन्ने नै सुनिरहेका छौ किनकि वैज्ञानिकहरूले
जुन यति मेहनत गर्छन्, मेहनत त धेरै गर्छन् नि। त्यसैले सबैभन्दा धेरै फाइदा
ब्राह्मणलाई हुनुपर्छ नि! त्यसैले जहिलेदेखि सङ्गमयुग आरम्भ भएको छ, त्यसपछि यी
साइन्सका साधनहरू पनि बढ्दै गइरहेका छन्। सत्ययुगमा त तिम्रा देवता रूपमा यो
विज्ञानले सेवा गर्नेछ तर सङ्गमयुगमा पनि विज्ञानका साधन तिमी ब्राह्मणलाई मिलिरहेको
छ र सेवामा पनि, प्रत्यक्षता गर्न पनि यी साइन्सका साधन धेरै विशाल रूपले सहयोगी
बन्नेछन्। त्यसैले साइन्सको काममा निमित्त बन्ने बच्चाहरूलाई पनि बापदादा मेहनतको
बधाई दिनुहुन्छ।
बाँकी बापदादाले
देख्नुभयो– मधुबनमा पनि देश विदेशदेखि धेरै सुन्दर सुन्दर कार्ड, पत्र र कसैसँग याद
प्यारका सन्देश पठाएका छन्। बापदादाले उनीहरूलाई पनि विशेष याद प्यार र जन्म दिवसको
पदम-पदम-पदम-पदम-पदम गुणा बधाई दिइरहनु भएको छ। सबै बच्चाहरू बापदादाको नयनका
सामुन्ने आइरहेका छन्। तिमीहरूले त केवल कार्ड देख्यौ, तर बापदादाले बच्चाहरूलाई पनि
नयनले देखिरहनु भएको छ। धेरै स्नेहले पठाउँछन् र त्यसै स्नेहले बापदादाले स्वीकार
गर्नुभएको छ। कतिले आफ्नो अवस्था पनि लेखेर पठाएका छन्। बापदादा भन्नुहुन्छ– उड र
उडाऊ। उड्नाले सबै कुरा तल रहन जान्छन् र तिमी सदा उच्च भन्दा उच्च बाबासँग माथि नै
रहनेछौ। सेकेन्डमा स्टप भन र स्टक शक्तिहरूको, गुणहरूलाई इमर्ज गर। अच्छा!
चारैतिरका सर्व
श्रेष्ठ ब्राह्मण आत्माहरू, सदा बाबाको कम्पनीमा रहने, बाबालाई कम्प्यानियन बनाउने
स्नेही आत्माहरू, सदा बाबाको गुणहरूको सागरमा समाहित हुने समान तथा बापदादाका
श्रेष्ठ आत्माहरू, सदा सेकेन्डमा बिन्दु लगाउने मास्टर सिन्धु स्वरूप आत्माहरूलाई
बापदादाको याद-प्यार एवं धेरै धेरै बधाई छ, बधाई छ, बधाई छ। नमस्ते त बापदादाले
हरपल, हर बच्चालाई गर्नुहुन्छ, आज पनि नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
वरदान:–
पवित्रताको
शक्तिशाली दृष्टि वृत्तिद्वारा सर्व प्राप्ति गराउने दु:खहर्ता सुखकर्ता भव
साइन्सको औषधीमा
अल्पकालको शक्ति हुन्छ, जसले दुःख दर्दलाई समाप्त गरिदिन्छ तर पवित्रताको शक्ति
अर्थात् शान्तिको शक्तिमा आशीर्वादको शक्ति हुन्छ। यो पवित्रताको शक्तिशाली दृष्टि
वा वृत्तिले सदाकाल प्राप्ति गराउँछ, त्यसैले तिम्रा जड चित्रहरूको सामुन्ने हे
दयासागर! दया गर्नुहोस् भनेर दया वा आशीर्वाद माग्छन्। चैतन्यमा यस्ता मास्टर
दुःखहर्ता सुखकर्ता बनेर दया गरेका हुनाले नै त भक्तिमा पुजिन्छौ।
स्लोगन:–
समयको समीपता
अनुसार सच्चा तपस्या वा साधना हो नै बेहदको वैराग्य।
सूचना:– आज
अन्तर्राष्ट्रिय योग दिवस हो, सबै ब्रह्मावत्स सङ्गठित रूपमा साँझ ६.३० देखि ७.३०
बजेसम्म आफ्नो विशेष मास्टर दाता स्वरूपमा स्थित भएर, सर्व आत्माहरूलाई मनसाद्वारा
सर्व शक्तिको दान दिनुहुनेछ, वरदान दिनुहुनेछ, भरपुरताको अनुभव गराउनु हुनेछ।