16.06.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– स दा
खुसीमा रहने गर– हामीलाई कुनै देहधारीले पढाउँदैन , अशरीरी बाबा शरीरमा प्रवेश गरेर
खास गरी हामीलाई पढाउन आउनुभएको छ।”
प्रश्न:–
तिमी
बच्चाहरूलाई ज्ञानको तेस्रो नेत्र किन मिलेको छ?
उत्तर:–
हामीलाई
ज्ञानको तेस्रो नेत्र आफ्नो शान्तिधाम र सुखधामलाई हेर्नको लागि मिलेको छ। यी
आँखाद्वारा जुन पुरानो दुनियाँ, मित्र-सम्बन्धी आदि देखिन्छन्, त्यसबाट बुद्धि
निकालिदिनुछ। बाबा फोहोरबाट निकालेर फूल (देवता) बनाउन आउनुभएको छ, त्यसैले यस्ता
बाबाको फेरि रिगार्ड (आदर) पनि गर्नुछ।
ओम् शान्ति ।
शिव भगवानुवाच,
बच्चाहरूप्रति। शिव भगवानलाई सच्चा बाबा त अवश्य भनिन्छ किनकि रचयिता हुनुहुन्छ नि।
अहिले तिमी बच्चाहरू नै हौ जसलाई भगवानले भगवान् भगवती बनाउनको लागि पढाउनुहुन्छ।
यो त हरेकले राम्ररी जान्दछौ, यस्तो कुनै स्टुडेन्ट (विद्यार्थी) हुँदैन जसले आफ्नो
टिचरलाई, पढाइलाई र त्यसको रिजल्टलाई जान्दैन। जसलाई भगवानले पढाउनुहुन्छ उनीहरूलाई
कति खुसी हुनुपर्छ! यो खुसी स्थायी किन रहँदैन? तिमीलाई थाहा छ– हामीलाई कुनै
देहधारी मनुष्यले पढाउँदैन। अशरीरी बाबा शरीरमा प्रवेश गरेर खासगरी तिमी
बच्चाहरूलाई पढाउन आउनुभएको छ, यो कसैलाई पनि थाहा छैन– भगवान आएर पढाउनुहुन्छ।
तिमीलाई थाहा छ– हामी भगवानका बच्चा हौं, उहाँले हामीलाई पढाउनुहुन्छ, उहाँ नै
ज्ञानको सागर हुनुहुन्छ। तिमी शिवबाबाको सम्मुख बसेका छौ। आत्माहरू र परमात्मा अहिले
नै मिल्छन्, यो नबिर्स। तर माया यस्तो छ जसले बिर्साइदिन्छ। नत्र भगवानले हामीलाई
पढाउनुहुन्छ, त्यो नशा रहनुपर्छ नि! उहाँलाई याद गरिरहनुपर्छ। तर यहाँ त यस्ता यस्ता
छन् जसले बिल्कुलै बिर्सन्छन्। केही पनि जान्दैनन्। भगवान स्वयं भन्नुहुन्छ– धेरै
बच्चाहरूले यो बिर्सन्छन्, नत्र त्यो खुसी रहनुपर्छ नि। हामी भगवानका बच्चा हौं,
उहाँले हामीलाई पढाइरहनुभएको छ। माया यति प्रबल छ जसले बिल्कुलै बिर्साइदिन्छ। यी
आँखाले जुन यो पुरानो दुनियाँ, मित्र-सम्बन्धी आदि देख्छौ, त्यसमा बुद्धि जान्छ।
अहिले तिमी बच्चाहरूलाई बाबाले तेस्रो नेत्र दिनुहुन्छ। तिमीले शान्तिधाम-सुखधामलाई
याद गर। यो हो दुःखधाम, फोहोरी दुनियाँ। तिमीलाई थाहा छ– भारतवर्ष स्वर्ग थियो,
अहिले नर्क छ। बाबा आएर फेरि फूल बनाउनुहुन्छ। त्यहाँ तिमीलाई २१ जन्मको लागि सुख
मिल्छ। यसको लागि नै तिमीले पढिरहेका छौ। तर पूरा नपढ्नाले यहाँको धनदौलत आदिमा नै
बुद्धि अल्झिन्छ। त्यसबाट बुद्धि निस्कँदैन। बाबा भन्नुहुन्छ– शान्तिधाम, सुखधामतिर
बुद्धि लगाऊ। तर बुद्धि गन्दा दुनियाँतिर एकदमै टाँसिए जस्तो छ। निस्कँदै निस्कँदैन।
हुन त यहाँ बसेका छन् तैपनि पुरानो दुनियाँबाट बुद्धि टुट्दैन। अहिले बाबा आउनुभएको
छ– गुलगुल (फूल) जस्तै पवित्र बनाउनको लागि। तिमीले मुख्य पवित्रताको लागि नै भन्छौ–
बाबा हामीलाई पवित्र बनाएर पवित्र दुनियाँमा लानुहुन्छ, त्यसैले यस्ता बाबाको कति
रिगार्ड गर्नुपर्छ! यस्ता बाबामा त कुरबान जाऊँ, जसले परमधामबाट आएर हामी
बच्चाहरूलाई पढाइरहनुभएको छ। बच्चाहरूको लागि कति मेहनत गर्नुहुन्छ! एकदम हिलोबाट
निकाल्नुहुन्छ। अहिले तिमी फूल बनिरहेका छौ। तिमीलाई थाहा छ– कल्प कल्प हामी यस्तै
फूल (देवता) बन्छौं। मनुष्य से देवता किये करत न लागी वार (मनुष्यबाट देवता बनाउन
भगवानलाई धेरै बेर लाग्दैन)। अहिले हामीलाई बाबाले पढाइरहनुभएको छ। हामी यहाँ
मनुष्यबाट देवता बन्न आएका छौँ। यो अहिले तिमीलाई थाहा भएको छ, पहिला यो थाहा थिएन–
हामी स्वर्गवासी थियौँ। अहिले बाबाले बताउनुभएको छ– तिमीले राज्य गर्थ्यौ फेरि
रावणले राज्य लियो। तिमीले नै धेरै सुख देख्यौ फेरि ८४ जन्म लिँदै लिँदै सिँढीबाट
तल झर्छौ। यो त फोहोरी दुनियाँ हो। कति मानिसहरू दुःखी छन्। कति त भोकै मरिरहन्छन्,
केहीमा पनि सुख छैन। हुन त जतिसुकै धनवान भए पनि यो अल्पकालको सुख कागको विष्टासमान
छ। यसलाई विषय वैतरणी नदी भनिन्छ। स्वर्गमा त हामी धेरै सुखी हुनेछौं। अहिले तिमी
कालोबाट गोरो बनिरहेका छौ।
अहिले तिमीले बुझ्छौ– हामी नै देवता थियौं फेरि पुनर्जन्म लिँदै लिँदै वेश्यालयमा
आइपुगेका छौँ। अहिले फेरि बाबाले तिमीलाई शिवालयमा लैजानुहुन्छ। शिवबाबाले स्वर्गको
स्थापना गरिरहनुभएको छ। तिमीलाई पढाइ पढाइरहनुभएको छ त्यसैले राम्ररी पढ्नुपर्छ नि।
पढेर, चक्र बुद्धिमा राखेर दैवीगुण धारण गर्नुपर्छ। तिमी बच्चाहरू हौ रूप-बसन्त,
तिम्रो मुखबाट सदा ज्ञान रत्न नै निस्कियुन्, फोहोरी कुरा होइन। बाबा पनि
भन्नुहुन्छ– म रूप-बसन्त हुँ... म परम आत्मा ज्ञानको सागर हुँ, पढाइ सोर्स अफ इनकम
(आम्दानीको स्रोत) हो। पढेर ब्यारिस्टर, डाक्टर आदि बनेपछि लाखौं कमाउँछन्। एक एक
डाक्टरले महिनामा लाखौँ रुपियाँ कमाउँछन्। खाने पनि फुर्सद हुँदैन। तिमीले पनि अहिले
पढिरहेका छौ। तिमी के बन्छौ? विश्वको मालिक। त्यसैले यो पढाइको नशा हुनुपर्छ नि।
तिमी बच्चाहरूमा कुराकानी गर्ने कति रोयल्टी हुनुपर्छ। तिमी रोयल बन्छौ नि।
राजाहरूको चालचलन हेर कस्तो हुन्छ। बाबा त अनुभवी हुनुहुन्छ नि। राजाहरूलाई नजराना
दिन्छन्, कहिल्यै त्यत्तिकै हातमा लिँदैनन्। यदि लिनुपर्यो भने सेक्रेटरीलाई गएर
देऊ भन्ने इसारा गर्छन्। धेरै रोयल हुन्छन्। बुद्धिमा यो ख्याल हुन्छ, यिनीहरूबाट
लिइयो भने यिनीहरूलाई फिर्ता पनि दिनुपर्छ, नत्र लिँदैनन्। कुनै राजाहरूले प्रजाबाट
बिल्कुलै लिँदैनन्। कसैले त धेरै लुट्छन्। राजाहरूमा पनि फरक हुन्छ। अहिले तिमी
सत्ययुगी डबल सिरताज राजा बन्छौ। डबल ताजको लागि पवित्रता अवश्य चाहिन्छ। यो विकारी
दुनियाँलाई छोड्नुछ। तिमी बच्चाहरूले विकारहरूलाई छोडेका छौ, विकारी कोही आएर यहाँ
बस्न नसकोस्। यदि नभनी आएर बस्छन् भने आफ्नै नोक्सान पार्छन्। कसैले चलाखी गर्छन्,
कसलाई कहाँ थाहा हुन्छ र। बाबाले देखे पनि नदेखे पनि, आफै नै पाप आत्मा बन्छन्। तिमी
पनि पाप आत्मा थियौ। अब पुरुषार्थले पुण्य आत्मा बन्नुछ। तिमी बच्चाहरूलाई कति नलेज
(ज्ञान) मिलेको छ। यो नलेजले तिमी श्रीकृष्णपुरीको मालिक बन्छौ। बाबाले कति
श्रृङ्गार गर्नुहुन्छ! उच्च भन्दा उच्च भगवानले पढाउनुहुन्छ भने कति खुसीले
पढ्नुपर्छ। यस्तो पढाइ त कुनै सौभाग्यशालीले मात्र पढ्छन् र फेरि सर्टिफिकेट (प्रमाणपत्र)
पनि लिनुछ। बाबाले भन्नुहुन्छ– तिमीले पढ्छौ कहाँ? बुद्धि भट्किरह्यो भने के बन्छौ!
लौकिक पिताले पनि भन्छन्– यस हालतमा त तिमी फेल हुन्छौ। कसैले त पढेर लाख कमाउँछन्।
कसैले हेर त धक्का खाइरहन्छन्। तिमीले फलो (अनुसरण) गर्नुछ, मदर फादरलाई। र, जुन
भाइहरू (ब्रदर्स) लाई जसले राम्ररी पढ्छन् पढाउँछन्, यही धन्दा गर्छन्। प्रदर्शनीमा
धेरैलाई पढाउँछन् नि। पछि गएर जति दुःख बढ्दै जान्छ त्यति मानिसहरूलाई वैराग्य आउँछ
फेरि पढ्न थाल्छन्। दुःखमा भगवानलाई धेरै याद गर्छन्। दुःखमा मर्नेबेला भएपछि हे
राम, हाय भगवान् भनिरहन्छन् नि। तिमीले त केही पनि गर्नुछैन। तिमीले त खुसीले तयारी
गर्छौ। कहिले यो पुरानो शरीर छुटोस् र हामी आफ्नो घर जाऔं। फेरि त्यहाँ शरीर पनि
सुन्दर मिल्नेछ। पुरुषार्थ गरेर पढाउनेभन्दा पनि उच्च जानुपर्छ। यस्ता पनि छन्–
पढाउनेभन्दा पढ्नेको अवस्था धेरै राम्रो हुन्छ। बाबाले त हरेकलाई जान्नुहुन्छ नि।
तिमी बच्चाहरूले पनि जान्न सक्छौ, आफूभित्र हेर्नुपर्छ– ममा कुन कमी छ? मायाको
विघ्नबाट पार जानुछ, त्यसमा फस्नुहुँदैन।
जसले भन्छन्– माया त बडो जबर्जस्त छ, हामी कसरी चल्न सक्छौँ, यदि यस्तो सोच्यौ भने
मायाले एकदम काँचै खान्छ। गज को ग्राह ने खाया। यो अहिलेको कुरा हो नि। असल असल
बच्चाहरूलाई पनि मायारुपी ग्राह (गोही) ले एकदम हप गर्छ। आफूलाई छुटाउन सक्दैनन्।
आफले पनि बुझ्छन्– हामी मायाको थप्पडबाट छुट्न चाहन्छौँ। तर मायाले छुट्न दिँदैन।
भन्छन्– बाबा, मायालाई भन्नुहोस्– यस्तरी नपक्रोस्। अरे, यो त युद्धको मैदान हो नि।
मैदानमा यस्तो कहाँ भन्छन्– यिनलाई भन मलाई औँला नउठाओस्। म्याचमा के भन्छन् र–
हामीलाई फुटबल नदेऊ। झट्ट भनिदिन्छन्– युद्धको मैदानमा आएका हौ भने लड, तब मायाले
खुब पछार्छ। तिमीले धेरै उच्च पद पाउन सक्छौ। भगवानले पढाउनुहुन्छ, सानो कुरा हो र!
अहिले तिम्रो चढ्तीकला हुन्छ– नम्बरवार पुरुषार्थ अनुसार। हरेक बच्चाले सोख
राख्नुपर्छ– हामीले भविष्य जीवन हीरा जस्तो बनाऔँ। विघ्नहरूलाई हटाउँदै जानुछ। जसरी
भए पनि बाबाबाट वर्सा अवश्य लिनुछ। नत्र हामी कल्पकल्पान्तर फेल हुन्छौं। सम्झ कोही
धनवानको बच्चा छ, पिताले उसको ज्ञानको पढाइमा बाधा (अवरोध) पार्छन् भने उसले भन्छ–
मलाई यो लाखौंको सम्पत्तिले पनि के गर्छ मलाई त बेहदका बाबाबाट विश्वको बादसाही
लिनुछ। यो लाख-करोड त सबै भष्मिभूत भएर जानेवाला छ। किनकी दबी रहेगी धूल में, किनकी
जलाये आग... सारा सृष्टि रूपी भंभोर (दुनियाँ) लाई आगो लाग्नुछ। यो सारा रावणको
लङ्का हो। तिमी सबै सीताहरू हौ। राम आउनुभएको छ। सारा धरती एक टापु हो, यस समयमा
रावण राज्य मात्रै छ। बाबा आएर रावण राज्यलाई खतम गराएर तिमीलाई रामराज्यको मालिक
बनाउनुहुन्छ। तिमीलाई त भित्र अथाह खुसी हुनुपर्छ– गायन पनि छ नि– अतीन्द्रिय सुख
सोध्नु छ भने बच्चाहरूसँग सोध। तिमीले प्रदर्शनीमा आफ्नो सुख बताउँछौ नि। हामीले
विश्वलाई स्वर्ग बनाइरहेका छौँ। श्रीमतमा विश्वको सेवा गरिरहेका छौँ। जति जति
श्रीमतमा चल्छौ त्यति तिमी श्रेष्ठ बन्छौ। तिमीलाई मत दिने धेरै निस्कन्छन् त्यसैले
त्यो पनि परख गर्नुछ, सम्हाल्नुछ। कहीँ कहीँ माया पनि गुप्त रूपमा प्रवेश गर्छ। तिमी
विश्वको मालिक बन्छौ, मन भित्र धेरै खुसी हुनुपर्छ। तिमीले भन्छौ– बाबा, हामी
हजुरबाट स्वर्गको वर्सा लिन आएका छौँ। सत्यनारायणको कथा सुनेर हामी नरबाट नारायण,
नारीबाट लक्ष्मी बन्छौँ। तिमीहरू सबैले हात उठाउँछौ– बाबा, हामीले हजुरबाट पूरा
वर्सा लिएरै छोड्छौं, नत्र हामीले कल्पकल्प गुमाउनेछौं। कुनै पनि विघ्नलाई हामी
उडाइदिन्छौं, यति बहादुरी चाहिन्छ। तिमीले यति बहादुरी गरेका छौ नि। जसबाट वर्सा
मिल्छ उहाँलाई कहाँ छोड्छौं र। कोही त राम्ररी टिके, कोही फेरि भागे। असल असललाई
मायाले खायो। अजिङ्गरले खाएर सबै हप गर्यो।
अब बाबा भन्नुहुन्छ– हे आत्माहरू! धेरै प्यारले सम्झाउनुहुन्छ। म पतित दुनियाँमा
आएर पावन दुनियाँ बनाउँछु। अहिले पतित दुनियाँको मृत्यु सामुन्ने उभिएको छ। अब मैले
तिमीलाई राजाहरूको राजा बनाउँछु। पतित राजाहरूको पनि राजा। सिङ्गल ताजवाला राजाहरूले
डबल ताजवाला राजाहरूको अगाडि शिर किन झुकाउँछन्, आधाकल्प पछि जब यिनीहरूको त्यो
पवित्रता उड्छ, तब रावण राज्यमा सबै विकारी र पुजारी बन्छन्। त्यसैले अब बाबा
बच्चाहरूलाई सम्झाउनुहुन्छ– कुनै लापरबाही नगर। नबिर्स। राम्ररी पढ। दिनहुँ क्लासमा
उपस्थित हुन सक्दैनौ भने पनि बाबाले सबै प्रबन्ध गरिदिन सक्नुहुन्छ। ७ दिनको कोर्स
लेऊ, जसबाट मुरलीलाई सहजै बुझ्न सक्छौ। जहाँसुकै जाऊ केवल दुई शब्द याद गर। यो हो
महामन्त्र। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। कुनै पनि विकर्म वा पाप कर्म देह
अभिमानमा आउनाले नै हुन्छ। विकर्मबाट बच्नको लागि बुद्धिको प्रीति एक बाबासँग नै
लगाउनुछ। कुनै देहधारीसँग होइन। एकसँग बुद्धिको योग लगाउनुछ। अन्त्यसम्म याद गर्नुछ
त्यसैले फेरि कुनै विकर्म हुँदैन। यो त सडेको देह हो। यसको अभिमान छोडिदेऊ। ड्रामा
पूरा हुन्छ, अहिले हाम्रो ८४ जन्म पूरा भयो। यो पुरानो आत्मा, पुरानो शरीर हो। अब
तमोप्रधानबाट सतोप्रधान बन्नुछ फेरि शरीर पनि सतोप्रधान मिल्नेछ। आत्मालाई
सतोप्रधान बनाउनुछ– यही धुन लागिरहोस्। बाबा केवल भन्नुहुन्छ– मामेकम् याद गर। बस्
यही चिन्ता राख। तिमीले पनि भन्छौ नि– बाबा हामी पास भएर देखाउँछौं। क्लास (कक्षा)
मा सबैलाई त स्कलरसिप (छात्रवृत्ति) मिल्दैन, यो त थाहा छ। तैपनि पुरुषार्थ त धेरैले
गर्छन् नि। तिमीले पनि बुझेका छौ– हामीले नरबाट नारायण बन्ने पूरा पुरुषार्थ गर्नुछ।
कम किन गर्ने। कुनै पनि कुराको परवाह छैन। योद्धाहरूले कहिल्यै परवाह गर्दैनन्।
कसैले भन्छन्– बाबा, धेरै तुफान, सपना आदि आउँछन्। यो त सबै हुन्छ। तिमीले एक
बाबालाई याद गरिराख। यी दुस्मनमाथि विजय पाउनुछ। कुनै समयमा यस्ता यस्ता सपना आउँछन्
न मन, न चित्त, यस्तायस्ता झट्का आउँछन्। यो सबै माया हो। हामीले मायालाई जित्छौं।
आधाकल्पको लागि दुस्मनबाट राज्य लिन्छौं, हामीलाई कुनै परवाह छैन। बहादुरले कहिल्यै
आनाकानी गर्दैनन्। लडाइँमा खुसीले जान्छन्। तिमीले त यहाँ बडो आरामले बाबाबाट वर्सा
लिन्छौ। यो फोहोरी शरीर छोड्नुछ। अब जान्छौँ स्वीट साइलेन्स होम (प्यारो शान्तिधाम)।
बाबा भन्नुहुन्छ– म आएको छु, तिमीलाई लैजान। मलाई याद गर्यौ भने पावन बन्छौ।
इम्प्योर (अपवित्र) आत्मा जान सक्दैन। यी हुन् नयाँ कुरा। अच्छा!
मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) विकर्मबाट बच्नको लागि बुद्धिको प्रीति एक बाबासँग लगाउनुछ, यो सडेको देहको
अभिमान छोडिदिनुछ।
२) हामी योद्धा हौं,
यो स्मृतिले मायारुपी दुस्मनमाथि विजय प्राप्त गर्नुछ, त्यसको परवाह गर्नुछैन। माया
गुप्त रूपमा धेरै प्रवेश गर्छ त्यसैले त्यसलाई पहिचान गर्नु र सम्हालिनुछ।
वरदान:–
म नसा -वाचा र
कर्मणाको पवित्रतामा सम्पूर्ण अङ्क लिने नम्बर वन आज्ञाकारी भव
मनसा पवित्रता अर्थात्
सङ्कल्पमा पनि अपवित्रताको संस्कार इमर्ज (उत्पन्न) नहोस्। सदैव आत्मिक स्वरूप
अर्थात् भाइ भाइको श्रेष्ठ स्मृति रहोस्। वाचामा सदैव सत्यता र मधुरता होस्,
कर्मणामा सदैव नम्रता, सन्तुष्टता र हर्षितमुखता होस्। यसै आधारमा नम्बर मिल्छ र
यस्ता सम्पूर्ण पवित्र आज्ञाकारी बच्चाहरूको बाबाले पनि गुणगान गर्नुहुन्छ। उनीहरू
नै आफ्नो हरेक कर्मद्वारा बाबाको कर्तव्यलाई सिद्ध गर्ने समीप रत्न हुन्।
स्लोगन:–
सम्बन्ध-सम्पर्क र स्थितिमा लाइट (हल्का) बन, दिनचर्यामा होइन।