16.06.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमी
अहिले सच्चा सच्चा राजयोगी हौ , तिमीलाई राजऋषि पनि भनिन्छ , राजऋषि भनेकै पवित्र।”
प्रश्न:–
तिमी
बच्चाहरूले, मानिसहरूलाई मायारूपी रावणको दलदलबाट कहिले निकाल्न सक्छौ?
उत्तर:–
जब तिमी स्वयं
त्यस दलदलबाट निस्किएका हुन्छौ। दलदलबाट निस्कनेहरूको निसानी हो– इच्छा मात्रम्
अविद्या। एक बाबा बाहेक अरू केही पनि याद नआओस्। राम्रो लुगा लगाऊँ, राम्रो चीज खाऊँ...
यो लालच नहोस्, तिमी पूर्ण रूपमा वनवासमा छौ। यस शरीरलाई पनि बिर्सेर, मेरो केही पनि
छैन, म आत्मा हुँ– यस्ता आत्म अभिमानी बच्चाहरूले नै रावणको दलदलबाट मानिसहरूलाई
निकाल्न सक्छन्।
गीत:–
तू प्यार का
सागर है...
ओम् शान्ति ।
कुनै समयमा
गीत जब बजाइन्थ्यो अनि बाबाले बच्चाहरूसँग गीतको अर्थ पनि सोध्नुहुन्थ्यो। अब भन
तिमीले कहिलेदेखि बाटो भुलेका हौ? (कसैले भने द्वापरदेखि, कसैले भने सत्ययुगदेखि)
जसले भन्छन् द्वापरदेखि भुलेका छौँ, उनीहरू गलत हुन्। सत्ययुगदेखि बाटो भुलेका छौ।
बाटो बताउने त अहिले तिमीलाई मिल्नुभएको छ। सत्ययुगमा बाटो बताउनेलाई चिन्दैनौ।
त्यहाँ कसैले बाबालाई चिन्दैचिन्दैनन्। अर्थात् भुलेका हुन्छन्। भुल्नु पनि ड्रामामा
पहिल्यै निश्चित छ। फेरि अहिले बाबा तिमीलाई बाटो बताउन आउनुभएको छ। भन्छन् नि प्रभु
बाटो बताउनुहोस्! हामीले सत्ययुगदेखि बाबालाई भुलेका छौँ। बाबा प्रश्न सोध्नुहुन्छ–
बुद्धि चलाउनको लागि। यो ज्ञान नै निराला छ नि, ज्ञानको सागर बाबा नै हुनुहुन्छ।
बाबा सम्मुख सम्झाउनुहुन्छ। ज्ञानको सागर, सुखको सागर म नै हुँ। तिमीलाई पनि थाहा
छ– अवश्य पतितपावन पनि एउटै बाबा हुनुहुन्छ। यो त भक्तिमार्गका मानिसहरूले पनि
मान्छन्। पावन दुनियाँ शान्तिधाम र सुखधाम मात्रै हो। तर सुखधाम र दुःखधाम आधा आधा
हुन्छ। यो त बच्चाहरूले राम्रोसँग जानेका छौ। बाबा प्यारको सागर हुनुहुन्छ, त्यसैले
त सबैले उहाँलाई बाबा भनेर पुकार्छन् तर उहाँ को हुनुहुन्छ, कसरी आउनुहुन्छ, यो
बिर्सिन्छन्। ५ हजार वर्ष पहिलाको कुरा हो, त्यतिबेला अवश्य यी देवीदेवताहरूको
राज्य थियो। सत्ययुगमा सद्गति हुन्छ फेरि दुर्गति कसरी हुन्छ, कसले बताउनुहुन्छ?
बाबाले नै आएर सम्झाउनुहुन्छ, द्वापरदेखि तिम्रो दुर्गति भएको छ त्यसैले त बोलाउँछौ।
तिमीले बुझेका छौ यो कुनै नयाँ कुरा होइन। बाबा कल्प कल्प आउनुहुन्छ। अहिले निराकार
बाबाले आत्माहरूलाई सम्झाउनुहुन्छ। कसैले पनि आफ्नो आत्मालाई चिन्दैनन्। यसरी
कहिल्यै कसैले बताउँदैनन्– हाम्रो आत्मामा सारा पार्ट भरिएको छ। कहिल्यै भन्दैनन्–
म अनेकपटक यो बनेको छु, पार्ट खेलेको छु। ड्रामालाई उनीहरूले जान्दैजान्दैनन्। चाहे
लाखौँ हजार वर्ष भन्छन् तैपनि ड्रामा त हो नि। ड्रामा दोहोरिन्छ। यो त भन्छन् नि!
यो ज्ञान बाबाले नै बच्चाहरूको सम्मुख दिनुहुन्छ। बाबाले मुखबाट कुरा गरिरहनुभएको
छ। तिमीलाई थाहा छ हामीलाई शिवबाबाले ब्रह्माद्वारा आफ्नो बनाएर ब्राह्मण बनाउनुभएको
छ। यी ब्रह्मा शिवबाबाका बच्चा पनि हुन्। वन्नी (पत्नी) पनि हुन्। हेर, यहाँ कति
बच्चाहरूको सम्हाल गरिन्छ। ब्रह्माबाबा एक्लो पुरुष भएका हुनाले बच्चाहरूको सम्हाल
गर्न सरस्वतीलाई मदतगार बनाउनुभएको छ। यी कुराहरू शास्त्रमा छैनन्। यो व्यावहारिक
कुरा हो। बाबाले नै राजयोग सिकाउनुहुन्छ, जसलाई राजयोग सिकाउनुभयो, उनीहरू राजा
बन्छन्। तिनीहरू ८४ जन्ममा आउँछन्। बाइबल, कुरान, वेद, शास्त्र आदि पढ्न त धेरैले
पढ्छन् तर केही पनि बुझ्दैनन्। अहिले तिमी कुनै तत्त्वयोगी होइनौ। तिम्रो त बाबासँग
योग छ अर्थात् तिमीलाई बाबाको याद छ। तिमी अहिले राजयोगी, राजऋषि हौ अर्थात्
योगीराज हौ। योगी पवित्रलाई भनिन्छ। स्वर्गको राज्य भाग्य लिनको लागि तिमी योगी
बनेका छौ। बाबाले पहिला सुरुमा भन्नुहुन्छ पवित्र बन। योगी नाम तिमीहरूको नै हो।
तिमी सबै राजयोगी हौ। यो तिमी ब्रह्मा मुखवंशावली ब्राह्मणहरूको कुरा हो। बाबाले
तिमीलाई राजयोग सिकाइरहनुभएको छ, तिमी स्टुडेन्ट भयौ नि। स्टुडेन्टलाई कहिल्यै
टिचरले भुल्छन् र? तिमीलाई थाहा छ शिवबाबाले हामीलाई पढाइरहनुभएको छ। तर मायाले फेरि
पनि बिर्साइदिन्छ। तिमीले आफैलाई पढाउने टिचरलाई बिर्सिन्छौ। भगवानले पढाउनुहुन्छ–
यो बुझ्यौ भने पो नसा चढ्छ। स्कुलमा लोक सेवाको तयारी गर्न पढे भने कति नसा हुन्छ।
तिमी बच्चाहरूले त २१ जन्मको लागि यो राजयोगको पढाइ पढ्छौ। पढ्न त फेरि पनि पर्छ।
राजविद्या पनि पढ्नुपर्छ, भाषा आदि सिक्नुपर्छ।
तिमी बच्चाहरूले
बुझेका छौ सत्ययुगदेखि हामीले यो मार्ग बिर्सिन सुरु गर्छौं। फेरि, एक एक जन्ममा एक
एक खुड्किलो तल झर्छौं। अहिले तिमीलाई सारा कुरा याद छ। कसरी हामी चढ्छौँ, कसरी हामी
झर्छौं। यो सिँढी राम्रोसँग याद गर। ८४ जन्म पूरा भए, अब हामी जानुछ। त्यसैले खुसी
हुन्छ, यो बेहदको नाटक हो। आत्मा कति सानो छ। पार्ट खेल्दाखेल्दै आत्मा थाक्छ
त्यसैले सबै आत्माहरूले भन्छन् बाबा बाटो बताउनुहोस् जसले गर्दा हामीले विश्राम
पाउँछौँ, सुखशान्ति पाउँछौँ। तिमी सुखधाममा हुँदा तिम्रो लागि त्यहाँ सुखशान्ति पनि
हुन्छ। त्यहाँ कुनै हङ्गामा हुँदैन। आत्मालाई शान्ति हुन्छ। शान्तिका दुई स्थान छन्–
शान्तिधाम र सुखधाम। दुःखधाममा अशान्ति छ। यो पढाइ हो, तिमीलाई थाहा छ हामीलाई
बाबाले शान्तिधाम हुँदै सुखधाम लैजाँदै हुनुहुन्छ। तिमीलाई भन्नुपर्ने आवश्यकता छैन।
तिमीलाई थाहा छ हामी यहाँ पार्ट खेल्न आएका छौँ, फेरि जानुछ। तिमीलाई यसैमा खुसी छ।
शान्तिको खुसी होइन। पार्ट खेल्नमा हामीलाई मजा आउँछ, खुसी हुन्छ। जान्दछौ छ
बाबालाई याद गरेमा विकर्म विनाश हुन्छ। कसैले भन्छन् हामीलाई मनको शान्ति मिलोस्।
यो शब्द (भनाइ) पनि गलत हो। होइन, हामीले त बाबालाई याद गर्छौं जसले गर्दा विकर्म
विनाश हुन्छ। मन त शान्त रहन सक्दैन। कर्म बिना रहन सक्दैनौँ। बाँकी महसुस हुन्छ,
हामीले बाबासँग पवित्रता, सुखशान्तिको वर्सा लिइरहेका छौँ, त्यसैले खुसी हुनुपर्छ।
यो त हो नै दुःखधाम । यसमा सुख हुन सक्दैन। मानिसहरूले शान्तिधाम सुखधामलाई बिर्सेका
छन्। त्यसैले जोसँग धेरै पैसा छ, उनीहरूले सम्झन्छन् हामी सुखमा छौँ। संन्यासी
घरबार छोडेर जङ्गलमा जान्छन्। त्यहाँ त कुनै हङ्गामा छैन। त्यसैले त शान्त हुन्छन्
तर त्यो भयो अल्पकालको लागि। शान्ति जुन आत्माको स्वधर्म हो, त्यसमा तिमी शान्तिमा
रहन्छौ। यहाँ प्रवृत्तिमा त आउनु नै छ। पार्ट खेल्नु नै छ। यहाँ आउँछन् नै कर्म
गर्न। कर्ममा त आत्मा अवश्य आउनु नै छ। तिमी बच्चाहरूले बुझेका छौ– यो ज्ञान बेहदको
बाबाले दिइरहनुभएको छ। निराकार भगवानुवाच– अब तिमीलाई थाहा छ हामी आत्मा हौँ, हाम्रो
पिता परम आत्मा हुनुहुन्छ। परम आत्मा अर्थात् परमात्मा। उहाँलाई यो आत्माले बोलाउँछ।
उहाँ बाबा नै सबैका सद्गतिदाता हुनुहुन्छ। अब बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू!
देह अभिमानी बन। यसैमा मेहनत छ। आधाकल्पदेखि जुन खाद मिसिएको छ, त्यो यस यादबाट नै
निस्कन्छ। तिमी सच्चा सुन बन्नुछ। जसरी सच्चा सुनमा मिसावट गरेर फेरि गहना बनाउँछन्।
तिमी वास्तवमा सच्चा सुन थियौ फेरि तिमीमा खाद मिसिन्छ। अहिले तिम्रो बुद्धिमा छ,
हामीले पार्ट खेलेका छौँ। अब हामी जान्छौँ माइती घर। जसरी बेलायतबाट माइती घर
फर्कँदा खुसी हुन्छन्, तिमीलाई पनि खुसी छ, तिमीलाई थाहा छ बाबाले हाम्रो लागि
स्वर्ग ल्याउनुभएको छ। बेहदको बाबाको सौगात हो– बेहदको बादसाही अर्थात् सद्गति।
संन्यासीहरूले मुक्तिको सौगात मन पराउँछन्। कोही मरेछ भने पनि भन्छन् स्वर्गवासी भयो।
संन्यासीले भन्छन् ज्योति ज्योतिमा समाहित भयो, जसमा सबै मिल्छन्। त्यो त निवास
स्थान हो, जहाँ हामी आत्माहरू रहन्छौँ। बाँकी कुनै ज्योति वा अग्नि कहाँ हो र, जसमा
सबै मिल्छन्। ब्रह्म महतत्त्व हो, जसमा आत्माहरू रहन्छन्। बाबा पनि त्यहाँ
रहनुहुन्छ। उहाँ पनि हुनुहुन्छ बिन्दु। कसैलाई बिन्दुको साक्षात्कार भयो भने केही
बुझ्न सक्दैनन्। धेरै बच्चाहरूले भन्छन्– बाबा याद गर्नमा मुस्किल हुन्छ।
बिन्दुरूपलाई कसरी याद गरौँ। आधाकल्प त ठुलो लिङ्ग रूपलाई याद गरियो। त्यो पनि
बाबाले सम्झाउनुहुन्छ। बिन्दुको त पूजा हुन सक्दैन। यसको मन्दिर कसरी बनाउने? बिन्दु
त देखिँदैन, त्यसैले ठुलो शिवलिङ्ग बनाउँछन्। बाँकी आत्माहरूका सालिग्राम त धेरै
साना साना बनाउँछन्। अण्डाजस्तै बनाउँछन्। भन्छन् पहिला यो किन बताउनुभएन– परमात्मा
बिन्दुजस्तै हुनुहुन्छ। बाबा भन्नुहुन्छ– त्यस समयमा यो बताउने पार्ट नै थिएन। अरे
तिमीले लोकसेवा (आई.सी.एस.) को तयारीको लागि सुरुदेखि किन पढ्दैनौ? पढाइको पनि काइदा
हुन्छ नि। कसैले यस्तो कुरा सोध्यो भने तिमीले भन्न सक्छौ– अच्छा बाबालाई सोध्छौँ
वा हामीभन्दा ठुलो टिचर हुनुहुन्छ उहाँलाई लेखेर सोध्छौँ। बाबाले बताउनुपर्नेछ भने
बताउनुहुन्छ कि त भन्नुहुन्छ पछि गएर बुझ्नेछौ। एउटै समयमा त सुनाउनुहुन्न। यी सबै
हुन् नयाँ कुराहरू। तिम्रा वेद, शास्त्रहरूमा जे छ– बाबा बसेर त्यसको सार
बताउनुहुन्छ। यो पनि भक्तिमार्ग पनि पहिल्यै निश्चित भएको कुरा हो, तैपनि तिमीले
पढ्नु नै पर्छ। यो भक्तिको पार्ट खेल्नु नै पर्छ। पतित बन्ने पनि पार्ट खेल्नुछ।
भन्छन् भक्तिको दलदलमा फसेका छौँ। बाहिरबाट त धेरै सुन्दरता देखिन्छ। जसरी
मृगतृष्णाको पानीको उदाहरण दिन्छन्। भक्ति पनि धेरै आकर्षक छ। बाबा भन्नुहुन्छ यो
मृगतृष्णाको पानी हो। (मृगतृष्णा समान) यस दलदलमा फस्छन्। फेरि निस्कन नै मुस्किल
हुन्छ, एकदम फस्छन्। जान्छन् अरूलाई निकाल्न फेरि आफै फस्छन्। यसरी धेरै फसे।
आश्चर्यवत् सुन्दै, हिँड्दाहिँड्दै फेरि आफै फस्छन्। कति राम्रा राम्रा उत्तम
आत्माहरू थिए। फेरि उनीहरूलाई निस्कन बडो मुस्किल हुन्छ। बाबालाई भुल्छन्, त्यसैले
दलदलबाट निकाल्नमा कति मेहनत लाग्छ। जतिसुकै सम्झाए पनि बुद्धिमा बस्दैन। अब तिमीले
बुझ्न सक्छौ, हामी मायारूपी रावणको दलदलबाट कति निस्किएका छौँ। जति जति निस्कँदै
जान्छौँ, त्यति त्यति खुसी हुन्छ। जो आफै निस्किएका हुन्छन् उनीहरूसँग अरूलाई
निकाल्ने शक्ति हुन्छ। बाण चलाउन कोही तीक्ष्ण हुन्छन्, कोही कमजोर हुन्छन्। भिल र
अर्जुनको पनि उदाहरण छ नि। अर्जुन साथमा रहने व्यक्ति थिए, अर्जुन एकलाई होइन, जो
बाबाको बनेर बाबाको साथमा रहन्छन्, उनीहरूलाई भनिन्छ अर्जुन। साथमा रहने र बाहिर
रहनेको रेस गराइन्छ। भील्ल अर्थात् बाहिर रहने व्यक्ति तीक्ष्ण भएर गयो। दृष्टान्त
एकको दिइन्छ। कुरा त धेरैको हो। तीर पनि यो ज्ञानको हो। हरेकले आफूलाई बुझ्न सक्छन्,
हामीले बाबालाई कति याद गर्छौं, अरू कसैको याद त आउँदैन! राम्रो चीज लगाउने वा खाने
लालच त रहँदैन! यहाँ राम्रो लगायौ भने त्यहाँ थोरै मिल्छ। हामी त यहाँ वनवासमा
रहनुछ। बाबा भन्नुहुन्छ तिमीले आफ्नो यस शरीरलाई पनि भुल। यो त पुरानो तमोप्रधान
शरीर हो। तिमीहरू स्वर्गका मालिक बन्छौ। इच्छा मात्रम् अविद्या।
बाबा भन्नुहुन्छ–
तिमीले यहाँ गहना आदि पनि नलगाऊ, यस्तो किन भन्नुहुन्छ? यसका पनि अनेक कारण छन्।
कसैको गहना हरायो भने भन्छन् त्यहाँ बी.के. लाई दिएर आएको हुनुपर्छ अनि फेरि चोर,
डाँकाले पनि बाटो हिँड्दाहिँड्दै खोस्छन्। आजकाल लुटेरा माताहरू पनि धेरै निस्किएका
छन्। महिलाले पनि डाँका मार्छन्। हेर दुनियाँको हाल के भएको छ? तिमीले बुझेका छौ,
यो दुनियाँ बिल्कुल वेश्यालय हो। हामी यहाँ शिवालयमा बसेका छौँ– शिवबाबाको साथमा।
उहाँ सत् हुनुहुन्छ, चैतन्य हुनुहुन्छ, आनन्दस्वरूप हुनुहुन्छ। आत्माको नै महिमा छ।
आत्माले नै भन्छ म राष्ट्रपति बनेको छु, म फलानो हुँ। अनि तिम्रो आत्माले भन्छ हामी
ब्राह्मण हौँ। बाबासँग वर्सा लिइरहेका छौँ। आत्म अभिमानमा रहनुछ, यसमा नै मेहनत छ।
यो मेरो फलानो हो, यो मेरो हो... यो याद रहन्छ, हामी आत्मा भाइ भाइ हौँ, यो भुल्छन्।
यहाँ मेरो मेरो भन्न छोड्नुपर्छ। म आत्मा हुँ, यिनको आत्माले पनि जान्दछ। बाबाले
सम्झाइरहनुभएको छ, मैले पनि सुनिरहेको छु। पहिला मैले सुन्छु, सुनाउन त मैले पनि
सुनाउन सक्छु तर बच्चाहरूको कल्याण अर्थ भन्छु– तिमीले सदा सम्झ शिवबाबाले
सम्झाउनुहुन्छ। विचार सागर मन्थन गर्नु बच्चाहरूको काम हो। जसरी तिमीले विचार सागर
मन्थन गर्छौ, त्यसरी नै मैले पनि गर्छु। नत्र पहिलो नम्बरमा कसरी जान्छु तर आफूलाई
गुप्त राख्छु। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) सबै मेरो मेरो भन्न छोडेर आफूलाई आत्मा सम्झनुछ। आत्म अभिमानी रहने मेहनत गर्नुछ।
यहाँ बिल्कुल वनवासमा रहनुछ। कुनै पनि लाउने, खाने इच्छाबाट इच्छा मात्रम् अविद्या
बन्नुछ।
२) पार्ट खेल्दा र
कर्म गर्दा आफ्नो शान्ति स्वधर्ममा स्थित रहनुछ। शान्तिधाम र सुखधामलाई याद गर्नुछ।
यस दुःखधामलाई भुल्नुछ।
वरदान:–
रुहाब र रहमको
गुणद्वारा विश्व नव निर्माण गर्ने विश्वकल्याणकारी भव
विश्व कल्याणकारी
बन्नको लागि मुख्य दुई धारणाहरू आवश्यक छन् एक ईश्वरीय रुहाब र अर्को– रहम। यदि
रुहाब र रहम दुवै सँगसँगै र समान छन् भने रुहानियतको स्थिति हुन्छ। त्यसैले जहिले
पनि कुनै कर्तव्य गर्छौ वा मुखबाट शब्दमा वर्णन गर्दा त्यतिबेला चेक गर– के रहम र
रुहाब दुवै समानरूपमा छन्? शक्तिहरूका चित्रहरूमा यी दुवै गुणहरूको समानता देखाउँछन्,
यसैको आधारमा विश्व नव निर्माणको निमित्त बन्न सक्छौ।
स्लोगन:–
बाबाको प्यारमा
व्यर्थ सङ्कल्पहरू न्यौछावर गरिदेऊ– यही सच्चा कुर्वानी हो।
अव्यक्त इसारा:– सदा
हर्षित रहनको लागि आफ्नो स्वभावलाई सरल बनाऊ , सहनशील बन।
जति जो स्वयं सरल
हुन्छन् त्यति याद पनि सरल हुन्छ। जति जो हरेक कुरामा स्पष्ट अर्थात् सफा हुन्छन्
त्यति सरल हुन्छन्। जो जस्तो स्वयं हुन्छन् त्यस्तै उनीहरूको रचनामा पनि त्यही
संस्कार हुन्छ। त्यसैले हरेक गुणको व्यावहारिक उदाहरण स्वरूप बन।