16.09.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे – यो अद्भुत सत्सङ्ग हो जहाँ तिमीलाई जीवन छँदै मर्न सिकाइन्छ , जीवन छँदै मर्नेहरू नै हंस बन्छन्।”

प्रश्न:–
तिमी बच्चाहरूलाई अहिले कुनचाहिँ एउटा चिन्ता छ?

उत्तर:–
मलाई विनाश भन्दा पहिला सम्पन्न बन्नु छ। जुन बच्चाहरू ज्ञान र योगमा मजबुत हुँदै जान्छन्, उनीहरूमा मनुष्यलाई देवता बनाउने सोख हुँदै जान्छ। उनीहरू सेवा विना रहन सक्दैनन्। जिन्न (भूत) जस्तै दौडिरहन्छन्। सेवाको साथसाथै स्वयंलाई पनि सम्पन्न बनाउने चिन्ता हुन्छ।

ओम् शान्ति ।
रुहानी बाबा बसेर रुहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ– आत्मा अहिले साकारमा छन् र प्रजापिता ब्रह्माका सन्तान हुन् किनकि गोद लिइएका हुन्। तिमीहरूलाई सबैले भन्छन्– यिनीहरूले भाइ-बहिनी बनाउँछन्। प्यारा बच्चाहरूलाई बाबाले सम्झाउनु भएको छ– वास्तवमा तिमी आत्माहरू भाइ भाइ हौ। अब नयाँ सृष्टि हुँदैछ त्यसैले पहिला सुरुमा ब्राह्मण चोटी हुनुपर्छ। तिमी शूद्र थियौ, अहिले परिवर्तन (ट्रान्सफर) भएका छौ। ब्राह्मण पनि अवश्य चाहिन्छ। प्रजापिता ब्रह्माको नाम त प्रसिद्ध छ। यस हिसाबले तिमीले बुझ्छौ– हामी सबै बच्चाहरू भाइ-बहिनी ठहरियौं। जति पनि आफूलाई ब्रह्माकुमार-कुमारी कहलाउँछन्, ती अवश्य भाइ-बहिनी ठहरिए। सबै प्रजापिता ब्रह्माका सन्तान हुन् त्यसैले अवश्य भाइ-बहिनी हुनुपर्छ। यो सम्झाउनु छ बेसमझलाई। बेसमझ पनि छन् र फेरि अन्धविश्वास पनि छ। जसको पूजा गर्छन्, विश्वास राख्छन् यो फलानो हो, तर उसको बारेमा केही पनि जानेका छैनन्। लक्ष्मी-नारायणको पूजा गर्छन् तर ती कहिले आए, कसरी बने, फेरि कहाँ गए? कसैले पनि जानेका छैनन्। हरेक मनुष्यले नेहरू आदिलाई जानेका छन्, उनीहरूको इतिहास-भूगोलको बारेमा पनि सबै थाहा छ। यदि जीवनीलाई जान्दैन भने त्यो के कामको। पूजा गर्छन्, तर उनको जीवन कहानीलाई जानेका छैनन्। मनुष्यको जीवन कहानीलाई त जानेका छन् तर जो ठुलाबडा आएर गए, उनीहरू कसैको पनि जीवनी जानेका छैनन्। शिवका कति धेरै पुजारी छन्। पूजा गर्छन्, फेरि पनि मुखबाट भन्छन् उहाँ त पत्थरमा हुनुहुन्छ, कण कणमा हुनुहुन्छ। के यो जीवन कहानी ठहरियो त? यो त अक्कलको कुरा नै भएन। आफूलाई पनि पतित भन्छन्। पतित शब्द कति मिल्छ। पतित अर्थात् विकारी। तिमीले सम्झाउन सक्छौ हामी ब्रह्माकुमार-कुमारी किन कहलाउँछौं? किनकि ब्रह्माका सन्तान हौं र गोदमा लिइएका हौं। हामी कोख वंशावली होइनौं मुख वंशावली हौं। ब्राह्मण-ब्राह्मणीहरू त आपसमा भाइ-बहिनी ठहरिए नि। त्यसैले उनीहरूको आपसमा अपवित्र दृष्टि हुन सक्दैन। नराम्रो ख्याल मुख्य हुन्छ नै काम को। तिमीले भन्छौ– हामी प्रजापिता ब्रह्माका सन्तान भाइ-बहिनी बन्छौं। तिमीले जान्दछौ– हामी सबै हौं शिवबाबाका सन्तान, भाइ भाइ। यो पनि पक्का छ। दुनियाँलाई केही पनि थाहा छैन। केवल यत्तिकै भनिदिन्छन्। तिमीले सम्झाउन सक्छौ– सबै आत्माहरूका बाबा उहाँ एक हुनुहुन्छ। उहाँलाई सबैले पुकार्छन्। तिमीले चित्र पनि देखाएका छौ। ठुला ठुला धर्मकाले पनि उहाँ निराकार बाबालाई मान्छन्। उहाँ हुनुहुन्छ निराकार आत्माहरूका पिता फेरि साकारमा सबैका पिता प्रजापिता ब्रह्मा हुनुहुन्छ जसबाट फेरि वृद्धि भइरहन्छ, वृक्ष बढ्दै जान्छ। भिन्न भिन्न धर्ममा आउँदै जान्छन्। आत्मा त यो शरीर भन्दा बेग्लै छ। शरीरलाई हेरेर भन्छन्– यो अमेरिकन हो, यो फलानो हो। आत्मालाई त भन्दैनन्। आत्माहरू सबै शान्तिधाममा रहन्छन्। त्यहाँबाट आउँछन् पार्ट खेल्न। तिमीले कुनै पनि धर्मकालाई सुनाऊ, पुनर्जन्म त सबैले लिन्छन् र माथिबाट पनि नयाँ आत्माहरू आइरहन्छन्। त्यसैले बाबा सम्झाउनु हुन्छ– तिमी पनि मनुष्य हौ, मनुष्यलाई नै त सृष्टिको आदि-मध्य-अन्त्यको जानकारी हुनुपर्छ– यो सृष्टि चक्र कसरी घुम्छ, यसको रचयिता को हुनुहुन्छ, यसलाई घुम्नमा कति समय लाग्छ? यो तिमीले नै जानेका छौ, देवताहरूले त जानेका छैनन्। मनुष्यले नै जानेर फेरि देवता बन्छन्। मनुष्यलाई देवता बनाउनेवाला हुनुहुन्छ बाबा। बाबाले आफ्नो र रचनाको पनि परिचय दिनुहुन्छ। तिमीलाई थाहा छ– हामी बीजरूप बाबाका बीजरूप बच्चाहरू हौं। जसरी बाबाले यस उल्टो वृक्षलाई जान्नुहुन्छ, त्यसैगरी हामीले पनि जान्यौं। मनुष्यले मनुष्यलाई कहिल्यै पनि सम्झाउन सक्दैनन्। तर तिमीलाई बाबाले सम्झाउनु भएको छ।

जबसम्म तिमी ब्रह्माका बच्चा बन्दैनौ तबसम्म यहाँ आउन सक्दैनौ। जबसम्म पूरा कोर्स लिएर बुझ्दैनन् तबसम्म तिमीले ब्राह्मणहरूको सभामा कसरी बसाउन सक्छौ। यसलाई इन्द्रसभा पनि भनिन्छ। इन्द्रले कुनै त्यो पानीको बर्सात बर्साउदैनन्। ‘इन्द्रसभा’ भनिन्छ। परी पनि तिमीहरू बन्नु छ। अनेक प्रकारका परीहरूको गायन छ। कुनै बच्चाहरू राम्रा शोभायमान रहेछ भने भनिन्छ यो त परी जस्तै छ। पाउडर आदि लगाएर सुन्दर बन्छन्। सत्ययुगमा तिमी बन्छौ परीहरू, परीजादा। अहिले तिमी ज्ञान सागरमा ज्ञान स्नान गरेर परी (देवीदेवता) बन्छौ। तिमीलाई थाहा छ– हामी के बाट के बनिरहेका छौं। जो सदा पवित्र बाबा हुनुहुन्छ, सदा सुन्दर हुनुहुन्छ, उहाँ यात्रीले तिमीलाई यस्तै बनाउनको लागि कालो तनमा प्रवेश गर्नुहुन्छ। अब गोरो कसले बनाउनु हुन्छ? बाबाले नै बनाउनु पर्छ नि। सृष्टिको चक्र त घुम्नु नै छ। अब तिमी गोरो बन्नु छ। पढाउनेवाला ज्ञान सागर एउटै बाबा हुनुहुन्छ। बाबा ज्ञानका सागर, प्रेमका सागर हुनुहुन्छ। उहाँ बाबाको जुन महिमाको गायन छ, त्यो महिमा लौकिक पिताको कहाँ हुन सक्छ र! बेहदका बाबाको नै महिमा हो। उनलाई नै सबैले पुकार्छन्– आएर हामीलाई यस्ता महिमायोग्य बनाउनुहोस्। अहिले तिमी बनिरहेका छौ नि, नम्बरवार पुरुषार्थ अनुसार। पढाइमा सबै एकरस हुँदैनन्। रातदिनको फरक हुन्छ हैन नि? तिम्रोमीसँग पनि धेरै आउने छन्। ब्राह्मण अवश्य बन्नु छ। फेरि कसैले राम्ररी पढ्छन्, कसैले कम। जो पढाइमा सबैभन्दा राम्रो हुन्छ उसले अरूलाई पनि पढाउन सक्छ। तिमीले बुझ्न सक्छौ, यति धेरै कलेज खुल्दै जान्छन्। बाबा पनि भन्नुहुन्छ– कलेज यस्तो बनाऊ जहाँ कसैले पनि बुझ्न सकून– यस कलेजमा रचयिता र रचनाको आदि-मध्य-अन्त्यको ज्ञान मिल्छ। बाबा भारतखण्डमा नै आउनु हुन्छ, यहीँ कलेज खुलिरहन्छन्। पछि गएर विदेशमा पनि खुल्दै जान्छन्। धेरै कलेज, युनिभर्सिटीहरू चाहिन्छन् नि। जहाँ धेरैले आएर पढ्छन् फेरि जब पढाइ पूरा हुन्छ तब सबै देवी-देवता धर्ममा परिवर्तन हुन्छन् अर्थात् मनुष्यबाट देवता बन्छन्। तिमी मनुष्यबाट देवता बन्छौ नि। गायन पनि छ– मनुष्य से देवता किये...। यहाँ यो हो मनुष्यहरूको दुनियाँ, त्यो हो देवताहरूको दुनियाँ। देवता र मनुष्यमा रात-दिनको फरक छ! दिनमा हुन्छन् देवताहरू, रातमा हुन्छन् मनुष्य। सबै भक्त नै भक्त छन्, पुजारी छन्। अहिले तिमी पुजारीबाट पूज्य बन्छौ। सत्ययुगमा शास्त्र, भक्ति आदिको नाम हुँदैन। त्यहाँ हुन्छन् सबै देवता। मनुष्यहरू हुन्छन् भक्त। मनुष्य नै फेरि देवता बन्छन्। त्यो हो दैवी दुनियाँ। यसलाई भनिन्छ आसुरी दुनियाँ। रामराज्य र रावण राज्य। पहिला तिम्रो बुद्धिमा यो कहाँ थियो र– रावण राज्य कसलाई भनिन्छ? रावण कहिले आयो? केही पनि थाहा थिएन। भन्छन् लङ्का समुद्रमा डुव्यो। त्यस्तै फेरि द्वारिकाको लागि पनि भन्छन्। अहिले तिमीलाई थाहा छ यो सारा लङ्का डुब्दैछ, सारा दुनियाँ पनि बेहदको लङ्का हो। यो सबै डुब्छ, पानी आउने छ। तर स्वर्ग कहाँ डुब्छ र! कति धेरै धन थियो। बाबाले सम्झाउनु भएको छ– एउटै सोमनाथको मन्दिरलाई मुसलमानहरूले कति पटक लुटे। अहिले हेर केही रहेको छैन। भारतवर्षमा कति अथाह धन थियो। भारतवर्षलाई नै स्वर्ग भनिन्छ। अहिले कहाँ स्वर्ग भनिन्छ र। अहिले त नर्क हो, फेरि स्वर्ग बन्छ। स्वर्ग कसले, नर्क कसले बनाउँछ? यो अहिले तिमीले जानिसकेका छौ। रावण राज्य कति समय चल्छ, त्यो पनि बताइएको छ। रावण राज्यमा कति धेरै धर्म हुन जान्छन्। रामराज्यमा त केवल सूर्यवंशी-चन्द्रवंशी रहन्छन्। अहिले तिमीले पढिरहेका छौ। यो पढाइ अरू कसैको बुद्धिमा छैन। ती त छन् नै रावण राज्यमा। रामराज्य हुन्छ सत्ययुगमा। बाबा भन्नुहुन्छ– मैले तिमीलाई लायक बनाउँछु। फेरि तिमी नालायक बन्छौ। नालायक, किन भनिन्छ? किनकि पतित बन्छौ। देवताहरूको लायकपनको महिमा र आफ्नो नालायकपनको महिमा गरिन्छ।

बाबा सम्झाउनु हुन्छ– तिमी जब पूज्य थियौ तब नयाँ दुनियाँ थियो। धेरै कम मनुष्य थिए। तिमी नै सारा विश्वका मालिक थियौ। अहिले तिमीलाई धेरै खुसी हुनुपर्छ। भाइ-बहिनी त बन्छौ नि। उनीहरू भन्छन् यिनीहरूले घर फुटाउँछन्। तिनैले फेरि आएर शिक्षा लिन्छन्। यहाँ आएर बुझ्छन्– ज्ञान त धेरै राम्रो छ। अर्थ बुझ्छन् नि। बिना पवित्रता भाइ-बहिनी कहाँबाट आउँछ। सारा आधार पवित्रतामा नै छ। बाबा आउनु हुन्छ नै मगध देशमा, जो कि धेरै गिरेको देश हो, धेरै पतित छ, खानपिन पनि अशुद्ध छ। बाबा भन्नुहुन्छ– म धेरै जन्मको अन्त्यको शरीरमा नै प्रवेश गर्छु। यिनैले ८४ जन्म लिन्छन्। लास्ट सो फस्ट, फस्ट सो लास्ट। उदाहरण त एउटाको बताउनु हुन्छ नि। तिम्रो डिनायस्टी बन्दैछ। जति राम्रोसँग बुझ्दै जान्छन्, फेरि त तिम्रो पासमा धेरै आउने छन्। अहिले यो वृक्ष धेरै सानो छ। तुफान पनि धेरै आउँछ। सत्ययुगमा तुफानको कुरा नै हुँदैन। माथिबाट नयाँ-नयाँ आत्माहरू आइरहन्छन्। यहाँ तुफान लाग्ने बित्तिकै गिर्छन्। त्यहाँ त मायाको तुफान हुँदैन। यहाँ त बस्दाबस्दै मर्छन्। तिम्रो मायासँग युद्ध हुन्छ, त्यसैले त्यसले पनि हैरान पार्छ। सत्ययुगमा यो हुँदैन। अरू कुनै पनि धर्ममा यस्तो कुरा हुँदैन। रावण राज्य र रामराज्यलाई अरू कसैले जानेका छैनन्। जान त सतसङ्गमा जान्छन्, त्यहाँ मर्ने-बाँच्ने कुरा हुँदैन। यहाँ त बच्चाहरूलाई गोद लिइन्छ। भन्छन्– हामी शिवबाबाका बच्चा हौं, उहाँबाट वर्सा लिन्छौं। वर्सा लिँदालिँदै फेरि गिर्छन् तब वर्सा पनि समाप्त। हंसको सट्टा बकुल्ला बन्छन्। फेरि पनि बाबा दयावान हुनुहुन्छ त्यसैले सम्झाइरहनु हुन्छ। कोहीले फेरि उन्नति गर्छन्। जो अचल रहन्छन्, उनलाई भनिन्छ महावीर, हनुमान। तिमी हौ महावीर महावीरनी। नम्बरवार त छन् नै। सबैभन्दा पहलवानलाई महावीर भनिन्छ। आदिदेवलाई पनि महावीर भनिन्छ, जसबाट नै यी महावीर पैदा हुन्छन् जसले विश्वमा राज्य गर्छन्। नम्बरवार पुरुषार्थ अनुसार रावणमाथि विजय प्राप्त गर्नको लागि पुरुषार्थ गरिरहन्छन्। रावण हो ५ विकार। यो त समझको कुरा हो। अहिले तिम्रो बुद्धिको ताला बाबाले खोल्नुहुन्छ। फेरि ताला एकदम बन्द हुन जान्छ। यहाँ पनि यस्तै छ जसको ताला खुल्छ त्यसले गएर सेवा गर्छ। बाबा भन्नुहुन्छ– गएर सेवा गर, जो नालीमा परेका छन् तिनलाई निकाल। यस्तो होइन, तिमी पनि नालीमा गिर। तिमी बाहिर निस्केर अरूलाई पनि निकाल। विषय वैतरणी नदीमा घोर दु:ख छ। अब अपरम्पार सुखमा जानु छ। जसले अपरम्पार सुख दिन्छन्, उनको महिमाको गायन गरिन्छ। रावण जसले दु:ख दिन्छ, उसको के महिमा हुन्छ? रावणलाई भनिन्छ असुर। बाबा भन्नुहुन्छ– तिमी रावण राज्यमा थियौ, अहिले अपार सुख पाउनको लागि तिमी यहाँ आएका हौ। तिमीलाई कति अपार सुख मिल्छ। कति खुसी रहनु पर्छ र सावधान पनि रहनु पर्छ। पोजिसन त नम्बरवार हुन्छ। हरेक कलाकारको पोजिसन अलग हुन्छ। सबैमा त ईश्वर हुन सक्नुहुन्न। बाबाले हरेक कुरा बसेर सम्झाउनु हुन्छ। तिमीले बाबालाई र रचनाको आदि-मध्य-अन्त्यलाई जानेका छौ, नम्बरवार पुरुषार्थ अनुसार। नम्बरवार पढाइमा नै अङ्क हुन्छ। यो हो बेहदको पढाइ, यसमा बच्चाहरूको धेरै ध्यान जानु पर्छ। पढाइ एक दिन पनि नछुटोस्। हामी हौं विद्यार्थी, परमपिता परमात्माले पढाउनु हुन्छ– यो नसा बच्चाहरूमा चढिरहनु पर्छ। भगवानुवाच, केवल उहाँको नाम परिवर्तन गरेर श्रीकृष्णको नाम राखिदिएका छन्। गल्तीले श्रीकृष्ण भगवानुवाच सम्झे किनकि श्रीकृष्ण भए ईश्वर पछिका दोस्रो। स्वर्ग जुन बाबाले स्थापना गर्नुहुन्छ त्यसमा पहिलो यी नम्बरका हुन् नि। यो ज्ञान अहिले तिमीलाई मिलेको छ। नम्बरवार पुरुषार्थ अनुसार आफ्नो पनि कल्याण गर्नु हुन्छ र अरूको पनि कल्याण गरिरहनु छ, उनलाई सेवा विना कहिल्यै सुख आउदैन।

तिमी बच्चाहरू योग र ज्ञानमा मजबुत भयौ भने काम यस्तो गर्छौ मानौं जिन्न (भूत)। मनुष्यबाट देवता बनाउने सोख हुन्छ। मृत्यु भन्दा पहिला नै पास हुनु छ। सेवा धेरै गर्नु छ। पछि त लडाइँ हुन्छ। प्राकृतिक प्रकोप (नेचुरल क्यालेमेटिज) पनि आउने छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) लास्ट सो फस्ट हुनको लागि महावीर बनेर पुरुषार्थ गर्नु छ। मायाको तुफानमा विचलित हुनु छैन। बाबा समान दयावान बनेर मनुष्यको बुद्धिको ताला खोल्ने सेवा गर्नुछ।

२) ज्ञान सागरमा सदैव ज्ञान स्नान गरेर फरिश्ता बन्नु छ। एक दिन पनि पढाइ छुटाउनु हुँदैन। हामी भगवानका विद्यार्थी हौं– यस नसामा रहनु छ।

वरदान:–
गम्भीरताको गुणद्वारा पूर्णाङ्क प्राप्त गर्ने गम्भीरताको देवी वा देवता भव

वर्तमान समयमा गम्भीरताको गुणको अत्यन्तै आवश्यकता छ किनकि बोल्ने बानी धेरै भएको छ, जे आउँछ त्यही भनिदिन्छौ। कसैले कुनै राम्रो काम गर्यो अनि भन्यो भने आधा समाप्त हुन्छ। आधा मात्रै जम्मा हुन्छ अनि जो गम्भीर हुन्छन् उनीहरूको पूरा जम्मा हुन्छ। त्यसैले गम्भीरताका देवी-देवता बन र आफ्नो पूर्णाङ्क जम्मा गर। वर्णन गरेमा अङ्क घट्छ।

स्लोगन:–
बिन्दुरूपमा स्थित रह्यौ भने समस्याहरूलाई सेकेन्डमा बिन्दु लगाउन सक्नेछौ।