16.10.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– एकान्तमा बसेर अब यस्तो अभ्यास गर जसमा अनुभव होस् म शरीरबाट भिन्न आत्मा हुँ , यसलाई नै जीवन छँदै मर्नु भनिन्छ।”

प्रश्न:–
एकान्तको अर्थ के हो? एकान्तमा बसेर तिमीले कुन अनुभव गर्नुछ?

उत्तर:–
एकान्तको अर्थ हो– एकको यादमा यस शरीरको अन्त्य होस् अर्थात् एकान्तमा बसेर यस्तो अनुभव गर– म आत्मा यस शरीर (छाला) लाई छोडेर बाबाको पासमा जान्छु। अरू कोही पनि याद नरहोस्। बस्दाबस्दै अशरीरी होऊ। मानौँ हामी यस शरीरबाट मरसक्यौँ। बस् हामी आत्मा हौँ, शिवबाबाका बच्चा हौँ, यस अभ्यासबाट देहभान टुट्दै जान्छ।

ओम् शान्ति ।
बच्चाहरूलाई बाबाले पहिला सुरुमा सम्झाउनुहुन्छ– मीठा-प्यारा बच्चाहरू! यहाँ बस्दा आफूलाई आत्मा सम्झेर बाबालाई याद गरिराख, अरू कतैतिर बुद्धि जानुहुँदैन। यो तिमी बच्चाहरूलाई थाहा छ– हामी आत्मा हौँ। हामी आत्माले पार्ट खेल्छौँ यस शरीरद्वारा। आत्मा अविनाशी, शरीर विनाशी छ। त्यसैले तिमी बच्चाहरू देहीअभिमानी बनेर बाबाको यादमा रहनुछ। हामी आत्मा हौँ, चाहे यी कर्मेन्द्रियहरूबाट काम लिऊँ वा नलिऊँ। आफूलाई शरीरबाट अलग आत्मा सम्झनुपर्छ। बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ। देहलाई भुल्दै जाऊ। हामी आत्मा स्वतन्त्र छौँ। हामीले एक बाबा सिवाय अरू कसैलाई याद गर्नुछैन। जीवनछँदै मृत्युको अवस्थामा रहनुछ। अब हामी आत्माहरूको योग रहनुछ बाबासँग। बाँकी दुनियाँबाट, घरबाट त मरिसक्यौँ। भनिन्छ नि– आफू मरेपछि दुनियाँ मर्यो। अब तिमी जीवन छँदै मर्नुछ। हामी आत्मा शिवबाबाका बच्चा हौँ। शरीरको भान उडाउँदै जानुपर्छ। बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ र मलाई याद गर। शरीरको भान छोड। यो पुरानो शरीर हो नि। पुरानो चीजलाई छोडिन्छ नि। आफूलाई अशरीरी सम्झ। अहिले तिमी बाबालाई याद गर्दागर्दै बाबाको पासमा जानुछ। यसो गर्दागर्दै फेरि तिम्रो बानी पर्छ। अब त तिमी घर जानुछ फेरि यो पुरानो दुनियाँलाई किन याद गर्ने! एकान्तमा बसेर यसरी नै आफूले नै मेहनत गर्नुछ। भक्तिमार्गमा पनि कोठाभित्र बसेर माला जप्छन्, पूजा गर्छन्। तिमीले पनि एकान्तमा बसेर यो कोसिस गर्यौ भने बानी पर्छ। तिमीले मुखबाट केही पनि बोल्नुछैन। यसमा छ बुद्धिको कुरा। शिवबाबाले त सिकाउनुहुन्छ। उहाँले त पुरुषार्थ गर्नुछैन। यी बाबाले पुरुषार्थ गर्छन्, त्यो पुरुषार्थको विषयमा फेरि तिमी बच्चाहरूलाई पनि सम्झाउँछन्। जति हुन सक्छ यसरी बसेर विचार गर। अब हामी आफ्नो घर जानुछ। यो शरीरलाई त यहाँ नै छोड्नुछ। बाबालाई याद गरेमा नै विकर्म विनाश हुन्छन् र आयु पनि बढ्छ। भित्र यो चिन्तन चल्नुपर्छ। बाहिर केही बोल्नुछैन। भक्तिमार्गमा पनि ब्रह्म तत्त्वलाई वा कसैले शिवलाई पनि याद गर्छन्। तर त्यो कुनै यथार्थ याद होइन। बाबाको परिचय नै छैन भने कसरी याद गर्ने। अब तिमीलाई बाबाको परिचय मिलेको छ। बिहान सबेरै उठेर एकान्तमा यसरी आफूसँग कुरा गरिराख। विचार सागर मन्थन गर, बाबालाई याद गर। बाबा म अब हजुरको सच्चा गोदमा आइ नै सकेँ। त्यो हो रुहानी गोद। त्यसैले यस्ता प्रकारले आफैसँग कुरा गर्नुपर्छ। बाबा आउनुभएको छ। बाबा कल्प कल्प आएर हामीलाई राजयोग सिकाउनुहुन्छ। बाबा भन्नुहुन्छ– मलाई याद गर र चक्रलाई याद गर। स्वदर्शन चक्रधारी बन्नुछ। बाबामा नै चक्रको सारा ज्ञान छ नि। त्यो ज्ञान उहाँले फेरि तिमीलाई दिनुहुन्छ। तिमीलाई त्रिकालदर्शी बनाइरहनुभएको छ। तीनै काल अर्थात् आदि-मध्य-अन्त्यलाई तिमीले जान्दछौ। बाबा पनि हुनुहुन्छ परम आत्मा। उहाँको त शरीर छैन। अहिले यस शरीरमा बसेर तिमीलाई सम्झाउनुहुन्छ। यो आश्चर्यजनक कुरा हो। भागीरथमा विराजमान हुनुहुन्छ भने अवश्य अर्को आत्मा पनि छ। यिनको यो धेरै जन्महरूको अन्त्यको जन्म हो। नम्बरवन पावन उनै फेरि नम्बरवन पतित बन्छन्। उनले त आफूलाई भगवान, विष्णु आदि भन्दैनन्। यहाँ एउटै पनि आत्मा पावन छैन, सबै पतित नै छन्। त्यसैले बाबा बच्चाहरूलाई सम्झाउनुहुन्छ, यस प्रकारले विचार सागर मन्थन गरेमा यसबाट तिमीलाई खुसी पनि हुन्छ, यसमा एकान्त पनि अवश्य चाहिन्छ। एकको यादमा शरीरको अन्त्य हुन्छ, त्यसलाई भनिन्छ एकान्त। यो छाला छुट्छ। संन्यासी पनि ब्रह्मको यादमा वा तत्त्वको यादमा रहन्छन्, त्यस यादमा रहँदारहँदै शरीरको भान छुट्छ। बस् हामी ब्रह्ममा लीन हुनुछ। यसरी बस्छन्। तपस्यामा बस्दाबस्दै शरीर छोडिदिन्छन्। भक्तिमा त मानिसहरूले धेरै धक्का खान्छन्, यसमा धक्का खाने कुरा छैन। यादमा नै रहनुछ। अन्त्यमा कोही याद नरहोस्। गृहस्थ व्यवहारमा त रहनु नै छ। बाँकी टाइम निकाल्नुछ। विद्यार्थीलाई पढाइको सोख हुन्छ नि। यो पढाइ हो, आफूलाई आत्मा नसम्झनाले बाबा-टिचर-गुरु सबैलाई भुल्छौ। एकान्तमा बसेर यस्तो विचार गर। गृहस्थी घरमा त भाइब्रेसन ठीक हुँदैन। यदि अलग प्रबन्ध छ भने एउटा कोठामा एकान्तमा बस। माताहरूलाई त दिनमा पनि टाइम मिल्छ। बच्चा आदि स्कुलमा जान्छन्। जति टाइम मिल्छ यही कोसिस गरिराख। तिम्रो त एउटा घर छ, बाबाका त कति धेरै पसल छन्, झन् वृद्धि हुँदै जान्छ। मानिसहरूलाई त कामधन्दा आदिको चिन्ता हुन्छ त्यसैले निद्रा पनि भाग्छ। यो व्यापार पनि हो नि। बाबा कति ठुलो सराफी हुनुहुन्छ। कति ठुलो लेनदेन गर्नुहुन्छ। पुरानो शरीर आदि लिएर नयाँ दिनुहुन्छ, सबैलाई मार्ग बताउनुहुन्छ। यो कामधन्दा पनि उहाँले नै गर्नुछ। यो व्यापार त धेरै ठुलो छ। व्यापारीलाई व्यापारकै ख्याल हुन्छ। बाबाले यस्ता किसिमका प्राक्टिस गर्छन् फेरि बताउँछन्– यसो यसो गर। जति तिमी बाबाको यादमा रहन्छौ त्यति स्वत: नै निद्रा भाग्छ। कमाइमा आत्मालाई धेरै मजा आउँछ। कमाइको लागि मानिसहरू राति पनि जाग्छन्। सिजनमा सारा रात पनि पसल खुला हुन्छ। तिम्रो कमाइ राति र बिहान धेरै राम्रो हुन्छ। स्वदर्शन चक्रधारी बन्छौ, त्रिकालदर्शी बन्छौ। २१ जन्मको लागि धन जम्मा गर्छौ। मानिसहरूले धनवान बन्नको लागि पुरुषार्थ गर्छन्। तिमीले पनि बाबालाई याद गरेमा विकर्म विनाश हुन्छन्, बल मिल्छ। यादको यात्रामा रहेनौ भने धेरै घाटा पर्छ किनकि शिरमा पापहरूको बोझ धेरै छ। अब जम्मा गर्नुछ, एकलाई याद गर्नुछ र त्रिकालदर्शी बन्नुछ। यो अविनाशी धन आधाकल्पको लागि जम्मा गर्नुछ। यो अविनाशी धन त धेरै मूल्यवान छ। विचार सागर मन्थन गरेर रत्न निकाल्नुछ। जसरी बाबा स्वयंले विचार सागर मन्थन गर्छन्, त्यसरी नै बच्चाहरूलाई पनि युक्ति बताउँछन्। बच्चाहरूले भन्छन् बाबा! मायाका तुफान धेरै आउँछन्।

बाबा भन्नुहुन्छ– जति हुन सक्छ आफ्नो कमाइ गर्नुछ, यही काम लाग्छ। एकान्तमा बसेर बाबालाई याद गर्नुछ। फुर्सद छ भने मन्दिर आदिमा धेरै सेवा पनि गर्न सक्छौ। ब्याज अवश्य लगाइराख। सबैले बुझ्छन्– यो रुहानी मिलेट्री हो। तिमीले लेख्छौ पनि– हामीले स्वर्गको स्थापना गरिरहेका छौँ। आदि सनातन देवी-देवता धर्म थियो, अब छैन जुन फेरि स्थापना गर्छौँ। यी लक्ष्मी-नारायण लक्ष्य उद्देश्य हुन् नि। कुनै समयमा ब्याट्रीसहित यो ट्रान्सलाइटको चित्र लिएर परिक्रमा गर्नेछौ र सबैलाई भन्नेछौ, हामीले यो राज्य स्थापना गरिरहेका छौँ। यो चित्र सबैभन्दा फस्टक्लास छ। यो चित्र धेरै नामी हुनेछ। लक्ष्मी-नारायण केवल एकलै त थिएनन्, उनीहरूको राजधानी थियो नि। यो स्वराज्य स्थापना गरिरहेका छौँ। अब बाबा भन्नुहुन्छ– मनमनाभव। बाबालाई याद गरेमा विकर्म विनाश हुन्छन्। भन्छन्– हामीले गीताको सप्ताह मनाउनेछौँ। यी सबै योजना कल्प पहिला अनुसार बनिरहेका छन्। परिक्रमामा यो चित्र लिनुपर्छ। यसलाई देखेर सबै खुसी हुन्छन्। तिमीले भन्छौ– बाबालाई र वर्सालाई याद गर, मनमनाभव। यी गीताका शब्द हुन् नि। भगवान शिवबाबा हुनुहुन्छ, उहाँ भन्नुहुन्छ– मलाई याद गरेमा विकर्म विनाश हुन्छन्। ८४ को चक्रलाई याद गरेमा यस्ता बन्छौ। तिमीले पत्रपत्रिका पनि सौगात दिइराख। शिवबाबाको भण्डारा त सदा भरपुर छ। पछि गएर धेरै सेवा हुनेछ। लक्ष्य उद्देश्य कति क्लियर छ। एक राज्य, एक धर्म थियो, धेरै धनवान थिए। मानिसहरूले चाहन्छन्– एक राज्य, एक धर्म होस्। मानिसहरू जे चाहन्छन् अब त्यसका लक्षण देखिन्छन् फेरि बुझ्छन्– यिनीहरूले त ठीकै भन्छन्। १०० प्रतिशत पवित्रता, सुख, शान्तिको राज्य फेरि स्थापना गरिरहेका छौ फेरि तिमीलाई खुसी पनि हुन्छ। यादमा रहँदा नै तीर लाग्छ। शान्तिमा रहेर थोरै शब्द मात्रै बोल्नुछ। धेरै आवाज निकालेर होइन। गीत, कविता आदि केही पनि बाबाले मन पराउनुहुन्न। बाहिरका मानिसहरूको रिस गर्नुहुँदैन। तिम्रो कुरा नै बेग्लै छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नुछ, बस्। स्लोगन पनि राम्रा हुन् जसलाई पढेर मानिसहरू जागुन्। बच्चाहरू वृद्धि हुँदै जान्छन्। खजाना त भरपुर हुन्छ। बच्चाहरूले दिएको फेरि बच्चाहरूको काममा नै आउँछ। बाबा त पैसा लिएर परमधाममा आउनुहुन्न। तिम्रा चीजहरू तिम्रै काममा आउँछन्। भन्छन् – हामीले धेरै सुधार गरिरहेका छौँ। ५ वर्षभित्र यति अनाज हुन्छ जसबाट अनाजको कहिल्यै अभाव हुँदैन। तर तिमीलाई थाहा छ– यस्तो हालत हुन्छ जहाँ खानको लागि अन्न मिल्दैन। यस्तो होइन– अनाज कुनै सस्तो हुनेछ।

तिमी बच्चाहरूलाई थाहा छ– हामीले २१ जन्मको लागि आफ्नो राज्य-भाग्य पाइरहेका छौँ। यहाँ धेरथोर तकलिफ त सहन गर्नु नै छ। भनिन्छ– खुसी जस्तो खुराक छैन। गोप-गोपिहरूको अतीन्द्रिय सुखको गायन छ। धेरै बच्चाहरू हुनेछन्। जति पनि कलमी लगाइएका छन् तिनीहरू आउँदै जान्छन्। वृक्ष यहाँ नै बढ्नु छ नि। स्थापना भइरहेको छ। अरू धर्महरूमा यस्तो हुँदैन। उनीहरू त माथिबाट आउँछन्। यो त मानौँ वृक्ष स्थापना भइ नैसकेको छ, यसमा फेरि नम्बरवार आउँदै जान्छन्, वृद्धि हुँदै जान्छन्। तकलिफ केही हुँदैन। उनीहरूले त माथिबाट आएर पार्ट खेल्नु नै छ, यसमा महिमाको के कुरा छ। धर्म स्थापकको पछाडि आइरहन्छन्। उनीहरूले सदगतिको कस्तो शिक्षा दिन्छन्? केही पनि दिँदैनन्। यहाँ त बाबाले भविष्य देवी-देवता धर्मको स्थापना गरिरहनुभएको छ। सङ्गमयुगमा नयाँ कलमी लगाउनुहुन्छ नि। पहिला बिरुवालाई गमलामा उमारेर फेरि तल सारिदिन्छन्। बढ्दै जान्छ। तिमीले पनि अहिले बिरुवा लगाइरहेका छौ फेरि सत्ययुगमा वृद्धि भएर राज्य-भाग्य पाउँछौ। तिमीले नयाँ दुनियाँको स्थापना गरिरहेका छौ। मानिसहरूले सम्झन्छन्– अझै कलियुग धेरै वर्ष बाँकी छ किनकि शास्त्रहरूमा लाखौँ वर्ष लेखिदिएका छन्। सम्झन्छन्– कलियुगका अझै ४० हजार वर्ष बाँकी छन्। फेरि बाबा आएर नयाँ दुनियाँ बनाउनुहुन्छ। कयौँले सम्झन्छन्– यो त्यही महाभारत लडाइँ हो। गीताका भगवान पनि अवश्य हुनुहुन्छ। तिमीले बताउँछौ– श्रीकृष्ण त हुनुहुन्नथ्यो। बाबाले सम्झाउनुभएको छ– श्रीकृष्णले त ८४ जन्म लिनुहुन्छ। एउटा स्वरूप अर्कोसँग मिल्दैन। त्यसैले यहाँ फेरि श्रीकृष्ण कसरी आउनुहुन्छ। कसैले पनि यी कुराहरूमा विचार गर्दैनन्। तिमीले बुझेका छौ– श्रीकृष्ण स्वर्गका राजकुमार उहाँ फेरि द्वापरमा कहाँबाट आउनुहुन्छ। यी लक्ष्मी-नारायणका चित्रलाई देख्दा नै बुझिन्छ– शिवबाबाले यो वर्सा दिइरहनुभएको छ। सत्ययुगको स्थापना गर्नुहुने बाबा नै हुनुहुन्छ। यी गोला, वृक्ष आदिका चित्रहरू कम कहाँ छन् र। एक दिन तिमीसँग यी सबै चित्रहरू ट्रान्सलाइटका बन्नेछन्। फेरि सबैले भन्छन्– हामीलाई यस्तै चित्र नै चाहिन्छ। यी चित्रहरूबाट फेरि विहङ्ग मार्गको सेवा हुनेछ। तिम्रो पासमा बच्चाहरू यति आउनेछन् जहाँ फुर्सदै हुँदैन। धेरै आउँछन्। धेरै खुसी हुन्छ। दिनप्रतिदिन तिम्रो फोर्स बढ्दै जान्छ। ड्रामा अनुसार जो फूल बन्नेवाला हुन्छन् उनीहरूलाई टच (प्रेरणा) हुन्छ। तिमी बच्चाहरूले यस्तो भन्नुपर्दैन– बाबा यिनको बुद्धिलाई टच गराइदिनुहोस्। बाबाले कहाँ कुनै प्रेरणा दिनुहुन्छ र। समयमामा आफै टच हुन्छ। बाबाले त मार्ग बताउनुहुन्छ नि। धेरै बच्चीहरूले लेख्छन्– हाम्रो पतिको बुद्धिलाई प्रेरणा दिनुहोस्। यसरी नै सबैको बुद्धिलाई टच गराउनुभयो भने त सबै स्वर्गमा जम्मा हुन्छन्। पढाइमा नै मेहनत छ। तिमी खुदाई खिदमतगार हौ नि। सच्चा सच्चा कुरा बाबाले पहिलादेखि नै बताइदिनुहुन्छ– के के गर्नुछ। यस्ता चित्र लिएर जानुपर्छ। सिँढीको चित्र पनि लिएर जानुपर्छ। ड्रामा अनुसार स्थापना त हुनु नै छ। बाबाले सेवाको लागि जुन निर्देशन दिनुहुन्छ, त्यसमा ध्यान दिनुछ। बाबा भन्नुहुन्छ–किसिम किसिमका लाखौँ ब्याजहरू बनाऊ। ट्रेनको टिकट लिएर १०० माइलसम्म सेवा गरेर आऊ। एउटा डिब्बाबाट अर्कोमा, फेरि तेस्रोमा, धेरै सहज छ। बच्चाहरूलाई सेवाको सोख हुनुपर्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) विचार सागर मन्थन गरेर राम्रा राम्रा रत्न निकाल्नुछ, कमाइ जम्मा गर्नुछ। सच्चा सच्चा खुदाई खिदमतगार बनेर सेवा गर्नुछ।

२) पढाइको धेरै सोख राख्नुछ। जहिले पनि समय मिल्नासाथ एकान्तमा जानुछ। यस्तो अभ्यास गर्नुछ जसबाट जीवनछँदै यस शरीरबाट मरेका छौँ, यस स्टेजको अनुभव गर्दै जानुछ। देहको भान पनि भुल्दै जानुछ।

वरदान:–
आफ्न ा मूल संस्कारहरूको परिवर्तनद्वारा विश्व परिवर्तन गर्ने उदाहरणस्वरूप भव

हरेकमा जुन आफ्नो मूल संस्कार छ, जसलाई नेचर भन्छौ, जसले समय समयमा अगाडि बढ्नमा रोक्ने काम गर्छ, त्यस मूल संस्कारको परिवर्तन गर्ने उदाहरणस्वरूप बन त्यसपछि सम्पूर्ण विश्वको परिवर्तन हुन्छ। अब यस्तो परिवर्तन गर जसबाट कसैले यो वर्णन नगरोस्– यिनको यो संस्कार त सुरुदेखि कै हो। जब पर्सेन्टेजमा, अंश मात्र पनि कुनै पुरानो संस्कार देखिदैन, वर्णन हुँदैन भने भनिन्छ– यी सम्पूर्ण परिवर्तनका उदाहरण स्वरूप हुन्।

स्लोगन:–
अब प्रयत्नको समयमा बित्यो, त्यसैले दिलबाट प्रतिज्ञा गरेर जीवनलाई परिवर्तन गर।

अव्यक्त इसारा:– स्वयं र सर्वप्रति मनसाद्वारा योगका शक्तिहरूको प्रयोग गर

जसरी साइन्स प्रयोगमा आउँछ त्यसैले सम्झन्छन्– साइन्सले राम्रो काम गर्छ, त्यसैगरी साइलेन्सको शक्तिको प्रयोग गर, यसको लागि एकाग्रताको अभ्यास बढाऊ। एकाग्रताको मूल आधार हो– मनको कन्ट्रोलिङ पावर, जसबाट मनोबल बढ्छ, यसको लागि एकान्तवासी बन।