16.10.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– यो पुरानो दुनियाँबाट बेहदको वैरागी बन किनकि बाबाले तिम्रो लागि नयाँ स्वर्गरूपी घर बनाइरहनुभएको छ।”

प्रश्न:–
यो अविनाशी रुद्र यज्ञमा कुन कुन कुराहरूको कारणले नै विघ्न पर्छन्?

उत्तर:–
यो शिवबाबाले रच्नुभएको अविनाशी रुद्र यज्ञ हो, यसमा तिमी मनुष्यबाट देवता बन्नको लागि पवित्र बन्छौ, भक्ति आदि छोड्छौ, यस कारण विघ्न पर्छन्। मानिसहरूले भन्छन्– शान्ति होस्, विनाश नहोस् र बाबाले यो रुद्र ज्ञान यज्ञ रच्नुभएकै पुरानो दुनियाँको विनाशको लागि हो। यसपछि नै शान्तिको दुनियाँ आउनेछ।

ओम् शान्ति ।
ओम् शान्तिको अर्थ बाबाले बच्चाहरूलाई सम्झाउनुभएको छ। अहम् आत्माको स्वधर्म हो शान्ति। शान्तिधाममा जानको लागि कुनै पुरुषार्थ गर्नुपर्दैन। आत्मा स्वयं शान्तस्वरूप, शान्तिधाम निवासी हो। यहाँ तिमी थोरै समयको लागि शान्त रहन सक्छौ। आत्माले भन्छ– मेरा कर्मेन्द्रियहरूको शरीर (बाजा) थाकेको छ। म आफ्नो स्वधर्ममा टिक्छु, शरीरबाट अलग हुन्छु। तर कर्म त गर्नैपर्छ। शान्तिमा कहाँसम्म बसिरहने। आत्माले भन्छ– म शान्त देशको निवासी हुँ। केवल यहाँ शरीरमा आएपछि म बोल्न थालेको हुँ। म आत्मा मेरो शरीर (अहम् आत्मा मम् शरीर) हो। आत्मा नै पतित र पावन बन्छ। आत्मा पतित बन्यो भने शरीर पनि पतित बन्छ किनकि सत्ययुगमा ५ तत्त्व पनि सतोप्रधान हुन्छन्। यहाँ ५ तत्त्व तमोप्रधान छन्। सुनमा खाद मिसियो भने सुन नक्कली बन्छ। फेरि त्यसलाई सफा गर्नको लागि आगोमा राखेर पगालिन्छ। त्यसलाई योग अग्नि भनिँदैन। योग, अग्नि पनि हो, जसबाट पाप जल्छन्। आत्मालाई पतितबाट पावन बनाउने परमात्मा हुनुहुन्छ। नाम नै एकको छ। बोलाउँछन्– हे पतितपावन आउनुहोस्! ड्रामा योजनाअनुसार सबै पतित तमोप्रधान बन्नु नै छ। यो वृक्ष हो नि! त्यो वृक्षको बीज तल हुन्छ, यस वृक्षको बीज माथि छ। बाबालाई बोलाउँदा बुद्धि माथि जान्छ। जसबाट तिमीले वर्सा लिइरहेका छौ, उहाँ अहिले तल आउनुभएको छ। भन्नुहुन्छ– म आउनैपर्छ। मेरो जुन यो मनुष्य सृष्टिको वृक्ष छ, यो अनेक विविध धर्महरूको वृक्ष हो। अब त्यो तमोप्रधान पतित जीर्ण अवस्थामा पुगेको छ।

बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ– सत्ययुगमा सुरु सुरुमा हुन्छन् देवीदेवताहरू। अहिले कलियुगमा छन् असुर। बाँकी असुर र देवताहरूको लडाइँ भएको होइन। तिमीले यी आसुरी ५ विकारहरूमाथि योगबलले विजय प्राप्त गर्छौ। बाँकी कुनै हिंसक लडाइँको कुरा होइन। तिमीले कुनै पनि प्रकारको हिंसा गर्दैनौ। तिमीले कसैलाई पनि हात लगाउँदैनौ। तिमी डबल अहिंसक हौ। काम कटारी चलाउनु, यो त सबैभन्दा ठुलो पाप हो। बाबा भन्नुहुन्छ– यो काम कटारीले आदि-मध्य-अन्त्य दुःख दिन्छ। विकारमा जानु हुँदैन। देवताहरूको अगाडि महिमा गाउँछन्– हजुर सर्वगुण सम्पन्न, सम्पूर्ण निर्विकारी! आत्माले यी कर्मेन्द्रियहरूद्वारा जान्दछ। भन्छन्– हामी पतित बनेका छौँ भने अवश्य कुनै बेला पावन थिए, अनि पो भन्छन् हामी पतित बनेका छौँ। बोलाउँछन् पनि– हे पतितपावन आउनुहोस्! पावन भएको बेलामा कसैले बोलाउँदै बोलाउँदैनन्। त्यसलाई स्वर्ग भनिन्छ। यहाँ त साधुसन्त आदिले कति धुन लगाउँछन्– पतितपावन सीताराम... जहाँ गए पनि गाइरहन्छन्। बाबा सम्झाउनुहुन्छ– सारा दुनियाँ पतित छ। रावण राज्य हो नि, रावणलाई जलाउँछन्। तर उसको राज्य कहिलेदेखि भयो, यो कुरा कसैलाई थाहा छैन। धेरैभन्दा धेरै भक्तिमार्गका सामग्री छन्। कसैले के गर्छन्, कसैले के गर्छन्। संन्यासीहरूले पनि कति योग सिकाउँछन्। वास्तवमा योग केलाई भनिन्छ– यो कसैलाई थाहा छैन। यो पनि कसैको दोष होइन। यो ड्रामा बनिबनाउ छ। म नआउँदासम्म यिनीहरूले आफ्नो पार्ट खेल्नु छ। ज्ञान र भक्ति, ज्ञान दिन हो सत्ययुग त्रेता, भक्ति रात हो द्वापर कलियुग, फेरि हुन्छ वैराग्य। पुरानो दुनियाँबाट वैराग्य। यो बेहदको वैराग्य हो। उनीहरूको हदको वैराग्य हो। तिमीलाई थाहा छ, यो पुरानो दुनियाँ अब समाप्त हुनेछ। नयाँ घर बनाउँदा पुरानोसँग वैराग्य हुन्छ।

हेर, बेहदको बाबा कस्तो हुनुहुन्छ! तिमीलाई स्वर्गरूपी घर बनाएर दिनुहुन्छ। स्वर्ग नयाँ दुनियाँ हो। नर्क पुरानो दुनियाँ हो। नयाँ अनि पुरानो अनि फेरि नयाँ बन्छ। नयाँ दुनियाँको अवधि कति छ, यो कसैलाई थाहा छैन। अहिले पुरानो दुनियाँमा रहेर हामीले नयाँ बनाउँछौँ। पुरानो चिहानमा हामीले परिस्तान बनाउँछौँ। यही यमुनाको किनार हुनेछ, यसमा महल बन्नेछन्। यही दिल्ली यमुना नदी किनारमा हुनेछ। बाँकी यो जुन देखाउँछन्– पाण्डवहरूका किल्ला थिए। यी सबै ड्रामा योजनाअनुसार अवश्य फेरि पनि बन्नेछन्। जसरी तिमीले यज्ञ, तप, दान आदि गर्थ्यौ होला, यो फेरि पनि गर्नुपर्नेछ। पहिला शिवको भक्ति गर्छौ। फस्टक्लास मन्दिर बनाउँछौ, त्यसलाई अव्यभिचारी भक्ति भनिन्छ। अहिले तिमी ज्ञानमार्गमा छौ। यो अव्यभिचारी ज्ञान हो। एउटै शिवबाबाबाट तिमीले ज्ञान सुन्छौ, जसको पहिला तिमीले भक्ति गरेका हौ, त्यतिबेला अरू कुनै धर्म हुँदैनन्। त्यतिबेला तिमी धेरै सुखी हुन्छौ। देवता धर्मले धेरै सुख दिन्छ। नाम लिएमा मुख मीठो हुन्छ। तिमीले एक बाबाबाट नै ज्ञान सुन्छौ। बाबा भन्नुहुन्छ– अरू कसैबाट तिमीले नसुन। यो तिम्रो अव्यभिचारी ज्ञान हो। तिमी बेहद बाबाका बनेका छौ। बाबाबाट नै वर्सा मिल्नेछ। नम्बरवार पुरुषार्थअनुसार। बाबा थोरै समयको लागि साकारमा आउनुभएको छ। भन्नुहुन्छ– मैले तिमी बच्चाहरूलाई नै ज्ञान दिनु छ। मेरो यो स्थायी शरीर होइन, म यसमा प्रवेश गर्छु। शिवजयन्तीपछि फेरि तुरुन्तै गीता जयन्ती हुन्छ। उहाँबाट ज्ञान सुरु गरिदिन्छन्। यो रुहानी विद्या सुप्रिम रुहले दिइरहनुभएको छ। पानीको कुरा होइन। पानीलाई कहाँ ज्ञान भनिन्छ र! पतितबाट पावन, ज्ञानबाट बन्नेछन्। पानीबाट कहाँ पावन बन्छन् र! नदीहरू त सारा दुनियाँमा छन् नै। यहाँ त ज्ञान सागर बाबा आउनुहुन्छ, यिनमा प्रवेश गरेर ज्ञान सुनाउनुहुन्छ। यहाँ गोमुखमा जान्छन्। वास्तवमा गोमुख तिमी चैतन्यमा हौ। तिम्रो मुखबाट ज्ञान अमृत निस्कन्छ। गाईबाट त दूध मिल्छ। पानीको त कुरा नै छैन, यी सबै कुरा बाबा बसेर सम्झाउनुहुन्छ। जो सबैको सद्गतिदाता हुनुहुन्छ। अब सबै दुर्गतिमा परेका छन्। रावणलाई किन जलाउँछन्, यो कुरा पहिला तिमीलाई थाहा थिएन। अब तिमीलाई थाहा छ, बेहदको विजयादशमी हुनेवाला छ। यो सारा दुनियाँ टापु हो। सारा सृष्टिमा रावणको राज्य छ। जुन शास्त्रहरूमा छ– बाँदर सेना थियो, बाँदरहरूले पुल बनाए... यी सबै दन्त्यकथाहरू हुन्। भक्ति आदि यसरी नै चल्छ, पहिला हुन्छ अव्यभिचारी भक्ति, फेरि व्यभिचारी भक्ति। विजयादशमी, जनैपूर्णिमा सबै अहिलेकै चाडपर्व हुन्। शिवजयन्तीपछि हुन्छ श्रीकृष्ण जयन्ती। अहिले कृष्णपुरी स्थापना भइरहेको छ। आज कंसपुरी छ, भोलि कृष्णपुरी हुनेछ। कंस आसुरी सम्प्रदायलाई भनिन्छ। पाण्डव र कौरवहरूको लडाइँ भएको होइन। श्रीकृष्णको जन्म सत्ययुगमा हुन्छ, उनी प्रथम राजकुमार हुन्। स्कुलमा पढ्न जान्छन्। हुर्किए पछि राजगद्दीमा बस्छन्। महिमा सबै शिवबाबाको हो, जसले पतितहरूलाई पावन बनाउनुहुन्छ। बाँकी यो रासलीला आदि यो त आपसमा खुसी मनाएका हुन्। बाँकी श्रीकृष्णले कसलाई ज्ञान सुनाउने, यो कसरी हुन सक्छ। बाबा भन्नुहुन्छ– भक्ति नगर भनेर कसैलाई मनाही गर्नु छैन। आफै छुट्छ। भक्ति छोड्छन्, विकार छोड्छन्, यसमा नै हङ्गामा हुन्छ। बाबाले भन्नुभएको छ– मैले रुद्र यज्ञ रच्छु, यसमा आसुरी सम्प्रदायका विघ्न पर्छन्। यो शिवबाबाको बेहदको यज्ञ हो, जसबाट मनुष्यबाट देवता बन्छन्। भनिएको छ– ज्ञान यज्ञबाट विनाश ज्वाला प्रकट भयो। पुरानो दुनियाँको विनाश भएपछि तिमीले नयाँ दुनियाँमा राज्य गर्नेछौ। मानिसहरूले भन्छन्– हामीले भन्छौँ शान्ति होस्, यी बीकेहरूले भन्छन् विनाश होस्। ज्ञान नबुझेको कारण यस्तो भन्छन्। बाबा सम्झाउनुहुन्छ– यो सारा पुरानो दुनियाँ यो ज्ञान यज्ञमा स्वाहा हुनेछ। पुरानो दुनियाँलाई आगो लाग्नेछ। प्राकृतिक प्रकोपहरू हुनेछन्, तोरीजस्तै पिसिएर सबै समाप्त हुनेछन्। बाँकी केही आत्माहरू बच्नेछन्। आत्मा त अविनाशी हो। अब बेहदको होलिका हुनु छ, जसमा सबै शरीर समाप्त हुनेछन्। बाँकी आत्मा पवित्र बनेर जानेछ। आगोमा चिज शुद्ध हुन्छ। हवन गर्छन्, शुद्धताको लागि। ती सबै जिस्मानी कुराहरू हुन्। अब सारा दुनियाँ स्वाहा हुनेवाला छ। विनाशभन्दा पहिला अवश्य स्थापना हुनुपर्छ। जसलाई पनि सम्झाऊ– पहिला स्थापना फेरि विनाश। ब्रह्माद्वारा स्थापना। प्रजापिता प्रख्यात छन् आदि देव, आदि देवी... जगदम्बाका लाखौँ मन्दिर छन्। कति मेला लाग्छन्। तिमीहरू जगदम्बाका बच्चाहरू ज्ञानज्ञानेश्वरी हौ, फेरि बन्नेछौ राजराजेश्वरी। तिमी धेरै धनवान् बन्छौ। फेरि भक्तिमार्गमा लक्ष्मीसँग दीपावलीमा विनाशी धन माग्छन्। यहाँ तिमीलाई सबैथोक मिल्छ– आयुष्मान् भव, पुत्रवान् भव। त्यहाँ १५० वर्ष आयु हुन्छ। यहाँ तिमीले जति योग लगाउँछौ, त्यति आयु बढ्दैजान्छ। तिमी ईश्वरसँग योग लगाएर योगेश्वर बन्छौ।

बाबा भन्नुहुन्छ– म धोबी हुँ। सबै विकारी आत्माहरूलाई सफा गर्छु। फेरि शरीर पनि शुद्ध मिल्नेछ। मैले सेकेन्डमा दुनियाँका कपडा सफा गरिदिन्छु। केवल मनमनाभव भएमा आत्मा र शरीर पवित्र बन्छन्। छु मन्तर भयो नि! सेकेन्डमा जीवनमुक्ति, कति सहज उपाय छ। हिँड्दाडुल्दा केवल बाबालाई याद गर, अनि कुनै अलिकति पनि तकलिफ दिन्नँ। अब एक सेकेन्डमा तिम्रो चढ्तीकला हुन्छ। बाबा भन्नुहुन्छ– म तिमी बच्चाहरूको सेवक बनेर आएको छु। तिमीले बोलाएका हौ– हे पतितपावन आएर हामीलाई पावन बनाउनुहोस्! त्यसैले सेवक भएँ नि। तिमी धेरै पतित बनेपछि दु:खी भएर जोडले पुकार्छौ। अब म आएको छु। म कल्प कल्प आएर तिमी बच्चाहरूलाई मन्त्र दिन्छु– मलाई याद गर। मनमनाभवको अर्थ पनि यही हो। फेरि विष्णुपुरीको मालिक बन्नेछौ। तिमी आएका हौ विष्णुपुरीको राज्य लिन, रावणपुरीपछि विष्णुपुरी हुन्छ। कंसपुरीपछि कृष्णपुरी। कति सहजै सम्झाइन्छ। बाबा भन्नुहुन्छ– केवल यो पुरानो दुनियाँबाट ममत्व मेटाइदेऊ। अब हामीले ८४ जन्म पूरा गरेका छौँ। हामी यो पुरानो चोला छोडेर नयाँ दुनियाँमा जान्छौँ। यादबाट नै तिम्रा पाप काटिन्छन्, यति हिम्मत गर्नुपर्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) मुखबाट सदैव ज्ञान अमृत निकाल्नु छ। ज्ञानबाट नै सबैको सद्गति गर्नु छ। एक बाबाबाट नै ज्ञान सुन्नु छ, अरूहरूबाट होइन।

२) चढ्तीकलामा जानको लागि हिँड्दाडुल्दा बाबालाई याद गर्ने अभ्यास गर्नु छ। यो पुरानो दुनियाँ, पुरानो चोलासँग ममत्व मेटाइदिनु छ।

वरदान:–
बुद्धिरूपी पाउद्वारा यी पाँच तत्त्वको आकर्षणबाट पर रहने फरिस्तास्वरूप भव

फरिस्ताहरूका सदा प्रकाशको काया देखाउँछन्। प्रकाशको काया भएकाहरू यो देहको स्मृतिबाट पनि पर रहन्छन्। उनीहरूका बुद्धिरूपी पाउ यी पाँच तत्त्वको आकर्षणबाट माथि अर्थात् पर हुन्छन्। यस्ता फरिस्ताहरूलाई माया वा कुनै पनि मायावीले छुन सक्दैनन्। तर यो अवस्था कहिल्यै कसैको अधीन नभएपछि मात्रै हुन्छ। शरीरको पनि अधिकारी बनेर चल्नुछ, मायाको पनि अधिकारी बन्नुछ, लौकिक वा अलौकिक सम्बन्धको पनि अधीनतामा आउनुछैन।

स्लोगन:–
शरीरलाई देख्ने बानी छ भने लाइटको शरीर देख, लाइटरूपमा स्थित होऊ।

मातेश्वरीजीका अनमोल महावाक्य:–

“ निरन्तर ईश्वरीय यादको बैठक”

अब परमात्माको यादमा बस्छौ भने बस्नुको मतलब के हो? हामी केवल परमात्माको यादमा बस्नु छैन तर आफ्नो ईश्वरीय याद त नित्य हिँड्दाडुल्दा हरेक समय गर्नु छ र याद पनि त्यो वस्तुको हुन्छ जसको परिचय हुन्छ। उहाँको नाम-रूप के हो, हामीले भन्छौँ ईश्वर नाम-रूपबाट न्यारा हुनुहुन्छ भने फेरि कुन रूपलाई याद गर्ने? हामीले ईश्वर सर्वव्यापी हुनुहुन्छ भन्छौँ भने उहाँको व्यापकता त सर्वत्र भयो, अनि याद कसलाई गर्ने, याद शब्द छ भने अवश्य यादको रूप पनि होला। यादको मतलब हो एक याद गर्ने व्यक्ति, अर्को जसलाई याद गर्छौ, त्यसैले अवश्य याद गर्ने व्यक्ति उहाँभन्दा पनि भिन्न हुनुपर्छ, त्यसपछि ईश्वर सर्वव्यापी ठहरिनुभएन। कसैले हामी आत्माहरू परमात्माका अंश हौँ भन्छ भने के परमात्मा पनि टुक्रा टुक्रा हुनुहुन्छ। त्यसो हो भने त परमात्मा विनाशी ठहरिनुभयो! उहाँको याद पनि विनाशी भयो। अब यो कुरा मानिसहरूले जान्दैनन्, परमात्मा पनि अविनाशी हुनुहुन्छ, हामी आत्माहरू पनि उहाँ अविनाशी परमपिता परमात्माका सन्तान अविनाशी हौँ। त्यसैले हामी वंश ठहरियौँ, न कि अंश। अब यो ज्ञान हुनुपर्छ, जुन परमात्मा स्वयं आएर हामी हामी बच्चाहरूलाई दिनुहुन्छ। हामी बच्चाहरूप्रति परमात्माको महावाक्य छ– प्यारा बच्चाहरू! म जो हुँ जस्तो छु, त्यो रूपलाई याद गरेमा तिमीले मलाई अवश्य प्राप्त गर्नछौ। म तिम्रो पिता दुःखसुखबाट न्यारा सर्वव्यापी हुन्थेँ भने फेरि खेलमा सुखदुःख हुँदैनथ्यो। त्यसैले म सर्वव्यापी होइन, म पनि आत्मा सदृश्य आत्मा हुँ तर सर्व आत्माहरूभन्दा मेरा गुण परम छन्, त्यसैले मलाई परम आत्मा अर्थात् परमात्मा भन्छन्। अच्छा, ओम् शान्ति।

अव्यक्त इसारा:– परोपकारको भावनाले सम्पन्न बनेर अपकारीमाथि पनि उपकार गर

मनसा सेवा गर्नको लागि सबैप्रति सदैव नै श्रेष्ठ र निःस्वार्थ सङ्कल्प हुन्, सदा परोपकारको भावना रहोस्। अपकारीमाथि पनि उपकारको श्रेष्ठ शक्ति होस्। सदा दातापनको भावना रहोस्। सदा स्वपरिवर्तन, स्वका श्रेष्ठ कर्मद्वारा अरूलाई श्रेष्ठ कर्मको प्रेरणा दिनेवाला होऊ।