16.11.25    Avyakt Bapdada     Nepali Murli    15.12.2007     Om Shanti     Madhuban


समयको महत्त्वलाई बुझेर कर्मको गुह्य गतिको अटेन्सन राख र नष्टोमोहा , एभररेडि बन


आज सर्व खजानाका दाता, ज्ञानको खजाना, शक्तिहरूको खजाना, सर्व गुणहरूको खजाना, श्रेष्ठ सङ्कल्पहरूको खजाना दिने बापदादाले आफ्नो चारैतिरका खजानाका बालक सो मालिक अधिकारी बच्चाहरूलाई देखिरहनुभएको छ। अखण्ड खजानाका मालिक बाबाले सबै बच्चाहरूलाई सर्व खजानाले सम्पन्न बनाइरहनुभएको छ। हरेकलाई सर्व खजाना दिनुहुन्छ, कसैलाई थोरै, कसैलाई धेरै दिनुहुन्न किनकि खजाना अखण्ड छ। चारैतिरका बच्चाहरू बापदादाको नयनमा समाहित भएका छन्। सबै खजानाले भरपुर हर्षित भइरहेका छन्।

आजकालको समय अनुसार सबैभन्दा अमूल्य श्रेष्ठ खजाना हो– पुरुषोत्तम सङ्गमको समय किनकि यस सङ्गममा नै सारा कल्पको प्रारब्ध बनाउन सक्छौ। यो छोटो युगको प्राप्ति र प्रारब्धको आधारमा एक सेकेन्डको मूल्य एक वर्षसमान छ। यो समय यति अमूल्य छ। यो समयको लागि नै गायन छ– “अहिले नभए कहिल्यै हुँदैन” किनकि यही समयमा परमात्म पार्ट पहिल्यै निश्चित छ, त्यसैले यो समयलाई हीरातुल्य भनिन्छ। सत्ययुगलाई गोल्डेन एज भनिन्छ। तर यो समयमा, समय पनि हीरातुल्य छ र तिमी सबै बच्चाहरू पनि हीरातुल्य जीवनका अनुभवी आत्मा हुन्छौ। यही समयमा धेरै समयदेखि बिछोडिएका आत्माहरू परमात्म मिलन, परमात्म प्यार, परमात्म नलेज, परमात्म खजानाको प्राप्तिका अधिकारी बन्छन्। सारा कल्पमा देव आत्माहरू, महान् आत्माहरू हुन्छन् तर यो समयमा परमात्म ईश्वरीय परिवार छ, त्यसैले जति यो वर्तमान समयको महत्त्व छ, यो महत्त्वलाई जानेर जति आफूलाई श्रेष्ठ बनाउन चाहन्छौ, त्यति बनाउन सक्छौ। तिमीहरू सबै पनि यस महान् युगको परमात्म भाग्यलाई प्राप्त गर्ने पदमापदम भाग्यशाली हौ नि! आफ्नो श्रेष्ठ भाग्यको रुहानी नसा र भाग्यलाई जानेर यस्तो अनुभव गरिरहेका छौ नि! खुसी हुन्छ नि! हृदयमा कुन गीत गाउँछौ? वाह मेरो भाग्य वाह! किनकि यो समयको श्रेष्ठ भाग्यको अगाडि अरू कुनै पनि युगमा यस्तो श्रेष्ठ भाग्य प्राप्त हुन सक्दैन।

त्यसैले भन, सदा आफ्नो भाग्यलाई स्मृतिमा राखेर हर्षित हुन्छौ नि! हुन्छौ? जसले सम्झन्छौ– म सदा हर्षित रहन्छु, कहिलेकाहीँ होइन, जो सदा हर्षित रहन्छौ, तिमीहरूले हात उठाऊ। सदा, सदा...। सदालाई अन्डरलाइन गर। अहिले टिभीमा तिम्रो फोटो आइरहेको छ। “सदा” भन्नेहरूको फोटो आइरहेको छ। बधाई छ। माताहरूले हात उठाऊ, शक्तिहरूले उठाऊ, डबल विदेशीहरूले...। कुन शब्द याद राख्छौ? सदा। कहिलेकाहीँ भन्ने त पछि आउनेहरू हुन्।

बापदादाले पहिला पनि सुनाउनुभएको छ– समयको रफ्तार धेरै तीव्र गतिले अगाडि बढिरहेको छ। समयको गतिलाई जान्नेहरूले आफूलाई चेक गर– हामी मास्टर सर्वशक्तिमान् हौँ, हाम्रो गति तीव्र छ? पुरुषार्थ त सबैले गरिरहेका छन् तर बापदादा के हेर्न चाहनुहुन्छ? हरेक बच्चा तीव्र पुरुषार्थी, हरेक सब्जेक्टमा पास विद अनर छौ वा केवल पास छौ? तीव्र पुरुषार्थीका विशेष दुई लक्षण छन्, एक– नष्टोमोहा, अर्को– एभररेडि। सबैभन्दा पहिला यो देहभान, देह अभिमानबाट नष्टोमोहा भएको छ भने अरू कुरामा नष्टोमोहा हुन कुनै मुस्किल छैन। देह भानको निसानी हो व्यर्थ सङ्कल्प, व्यर्थ समय, यो चेकिङ स्वयंले नै राम्रोसँग गर्न सक्छौ। साधारण समयले पनि नष्टोमोहा हुन दिँदैन। त्यसैले चेक गर हर सेकेन्ड, हर सङ्कल्प, हर कर्म सफल भयो? किनकि सङ्गमयुगमा बाबाको विशेष वरदान छ, सफलता तिम्रो जन्मसिद्ध अधिकार हो। त्यसैले अधिकारले सहजै अनुभूति गराउँछ। त्यस्तै एभररेडि, एभररेडिको अर्थ हो– मन-वचन-कर्म, सम्बन्ध-सम्पर्कमा अचानक समयको अडर भयो भने पनि एभररेडि रहनु, अचानक नै हुनुछ। जसरी दादीलाई देख्यौ, अचानक एभररेडि। हर स्वभावमा, हर कार्यमा सहज रहनुभयो, सम्पर्कमा सहज, स्वभावमा सहज, सेवामा सहज, सन्तुष्ट गराउनमा सहज, सन्तुष्ट रहनमा सहज, त्यसैले बापदादाले बारम्बार समयको समीपताको इसारा दिइरहनुभएको छ। स्व-पुरुषार्थको समय धेरै कम छ, त्यसैले आफ्नो जम्माको खातालाई चेक गर। खजाना जम्मा गर्ने तीन विधि पहिला पनि बताइएको छ, फेरि सुनाउँदैछु। ती तीन विधिलाई स्वयं चेक गर। एक हो– स्वयंको पुरुषार्थले प्रारब्धको खजाना जम्मा गर्नु। प्राप्तिहरूको खजाना जम्मा गर्नु। दोस्रो हो– सन्तुष्ट रहनु, यसमा पनि सदा शब्द थप गर र सबैलाई सन्तुष्ट पार, यसबाट पुण्यको खाता जम्मा हुन्छ। र, यो पुण्यको खाता अनेक जन्मको प्रारब्धको आधार हुन्छ। तेस्रो हो– सदा सेवामा अथक, नि:स्वार्थ र विशाल हृदयले सेवा गर्नु, यसबाट जसको सेवा गर्छौ, उसबाट स्वत: नै आशीर्वाद मिल्छ। यी तीन विधि छन्, स्वयंको पुरुषार्थ, पुण्य र आशीर्वाद। यी तीनवटै खाता जम्मा छन्? त्यसैले चेक गर– यदि अचानक कुनै पनि पेपर आयो भने पास विद अनर हुन सक्छौ? किनकि आजकालको समय अनुसार प्रकृतिको हलचलका ससाना कुरा जहिले पनि आउन सक्छन्, त्यसैले कर्मको गतिको नलेज विशेष अटेन्सनमा रहोस्। कर्मको गति बडो गुह्य छ। जसरी ड्रामाको अटेन्सन हुन्छ, आत्मिक स्वरूपको अटेन्सन हुन्छ, धारणाहरूको अटेन्सन हुन्छ, त्यसैगरी कर्मको गुह्य गतिको अटेन्सन पनि आवश्यक छ। साधारण कर्म, साधारण समय, साधारण सङ्कल्पले प्रारब्धमा फरक पर्छ। यस समयमा तिमीहरू सबै जो पुरुषार्थी छौ, श्रेष्ठ विशेष आत्मा हौ, साधारण आत्मा होइनौ। विश्व कल्याणको निमित्त, विश्व परिवर्तनको निमित्त बनेका आत्मा हौ। केवल आफूलाई परिवर्तन गर्ने होइनौ, विश्वको परिवर्तनको लागि जिम्मेवार हौ, त्यसैले आफ्नो श्रेष्ठ स्वमानको स्मृतिस्वरूप बन्नु नै छ।

बापदादाले देख्नुभयो, सबैको बापदादा र सेवासँग राम्रो प्यार छ। कुनै न कुनै योजना अनुसार चारैतिर सेवाको वातावरण चलिरहेको छ। साथसाथै अहिले समय अनुसार विश्वका आत्माहरू जो दु:खी, अशान्त भइरहेका छन्, ती आत्माहरूलाई दु:ख अशान्तिबाट छुटाउनको लागि आफ्ना शक्तिहरूद्वारा सकाश देऊ। जसरी प्रकृतिको सूर्यले सकाशद्वारा अन्धकारलाई हटाएर उज्यालोमा ल्याउँछ। आफ्ना किरणहरूको बलले कैयौँ चीजहरूलाई परिवर्तन गर्छ। त्यसैगरी तिमी मास्टर ज्ञान सूर्यले आफुलाई प्राप्त भएका सुख शान्तिका किरणहरूद्वारा, सकाशद्वारा दु:ख अशान्तिबाट मुक्त गर। मनसा सेवाद्वारा, शक्तिशाली वृत्तिद्वारा वायुमण्डललाई परिवर्तन गर। त्यसैले अब मनसा सेवा गर। जसरी वाचा सेवाको विस्तार गरेका छौ, त्यसैगरी मनसा सकाशद्वारा आत्माहरूमा ह्याप्पी (खुसी) र होप (आशा) को लहर फैलाऊ। यो वर्ष जुन ह्याप्पी र होपको टपिक राखेका छौ, त्यसै अनुसार हिम्मत दिलाऊ, उमङ्ग-उत्साह दिलाऊ, बाबाको वर्साद्वारा दु:ख अशान्तिबाट मुक्ति दिलाऊ। अहिले सकाश दिने आवश्यकता ज्यादा छ। यो सेवामा मनलाई बिजी राख, त्यसपछि मायाजित विजयी आत्मा स्वत: नै बन्छौ। बाँकी ससाना कुरा त साइडसिन हुन्, साइडसिनमा केही राम्रो पनि आउँछ, केही नराम्रो चीज पनि आउँछ। त्यसैले साइडसिनलाई पार गरेर लक्ष्यमा पुग्नुपर्छ। साइडसिन हेर्नको लागि साक्षीद्रष्टाको सिटमा सेट होऊ, बस्। तब साइडसिन मनोरञ्जन बन्नेछ। त्यसैले एभररेडि छौ नि? भोलि नै केही भइहाल्यो भने पनि एभररेडि छौ? पहिलो लाइन एभररेडि छ? भोलि नै भयो भने पनि? टिचरहरू तयार छौ भने राम्रो। यी वर्गवालाहरू तयार छन्। जति पनि वर्ग आएका छौ, एभररेडि। सोच। दादीहरूले हेर त, देखिरहेका छौ, सबैले हात हल्लाइरहेका छन्। राम्रो छ, बधाई छ। यदि छैनौ भने पनि आज रातिसम्म एभररेडि भइहाल किनकि समयले तिम्रो प्रतीक्षा गरिरहेको छ। बापदादाले मुक्तिको गेट खोल्न प्रतीक्षा गरिरहनुभएको छ। एडभान्स पार्टीले तिम्रो आह्वान गरिरहेको छ। के गर्न सक्दैनौ र... मास्टर सर्वशक्तिमान् त हौ नै। दृढ सङ्कल्प गर– यो गर्नुछ, यो गर्नुछैन, बस्। गर्नुछैन भने दृढ सङ्कल्पले ‘हुँदैन’ लाई ‘हुँदैन’ भनेर देखाऊ। तिमीहरू त मास्टर नै हौ नि! अच्छा।

अहिले पहिलो पटक को को आएका छौ? जो पहिलो पटक आएका छौ, तिमीहरूले हात उठाऊ। लामो हात उठाऊ, हल्लाऊ। यति धेरै आएका छौ। राम्रो छ। जति पनि पहिलो पटक आएका छौ, तिमीहरूलाई पदमगुणा बधाई छ, बधाई छ। बापदादा खुसी हुनुहुन्छ, कल्प पहिलाका बच्चाहरू फेरि आफ्नो परिवारमा आइपुगेका छौ, त्यसैले अब पछि आउनेहरूले कमाल गरेर देखाऊ। पछाडि रहनुछैन, पछि आएका छौ तर पछाडि रहनुछैन। अगाडिभन्दा अगाडि जानुछ। यसको लागि तीव्र पुरुषार्थ गर्नुपर्छ। हिम्मत छ नि! हिम्मत छ? राम्रो छ। हिम्मते बच्चे मददे बापदादा र परिवार। राम्रो छ किनकि बच्चाहरू घरका श्रृङ्गार हौ। त्यसैले जति पनि आएका छौ, मधुबनका श्रृङ्गार हौ। अच्छा।

सेवाको पालो भोपाल जोनको हो:– अच्छा, धेरै आएका छौ। (झन्डा हल्लाइरहेका छन्) राम्रो छ, गोल्डेन चान्स त मिल्यो नि। अच्छा, जति पनि सेवाका निमित्त आएका छौ, तिमीहरूमध्ये सबैले सेवाको जुन बल छ, फल छ– अतीन्द्रिय सुखको अनुभूतिको, त्यो अनुभव गरेका छौ? गरेका छौ? अहिले हुन्छ भन्नेले झन्डा हल्लाऊ, जसले त्यो अतीन्द्रिय सुखको अनुभव गरेका छौ। ठिकै छ, अहिले त अतीन्द्रिय सुखको अनुभव गरेका छौ, यो सदा रहनेछ? वा केही समय रहनेछ? जसले हृदयदेखि प्रतिज्ञा गर्छौ, देखासिकीमा हात नउठाऊ, जसले हृदयदेखि सम्झन्छौ– मैले यो प्राप्तिलाई सदा कायम राखेको छु, विघ्नविनाशक बनेको छु, तिमीहरूले झन्डा हल्लाऊ। अच्छा। हेर, तिमी टिभीमा आइरहेका छौ, फेरि यो टिभीको फोटो पठाउनेछौँ। अच्छा। जुन यो चान्स लिएका छौ, त्यो धेरै राम्रो छ। चान्स लिन्छौ पनि खुसीले र पालैपालो सबैलाई खुला हृदयले आउने छुट पनि मिल्छ। अच्छा, अब कमाल के गर्छौ? (२००८ मा हजुरलाई प्रत्यक्ष गरेर देखाउनेछौँ) राम्रो छ, एकअर्कालाई सहयोग दिएर यो प्रतिज्ञा पूरा गर। अवश्य गर्नेछौ। मास्टर सर्वशक्तिमानको लागि कुनै पनि प्रतिज्ञा निभाउनु कुनै ठुलो कुरा होइन। केवल दृढतालाई साथी बनाएर राख। दृढतालाई नछोड किनकि दृढता सफलताको चाबी हो। त्यसैले जहाँ दृढता हुन्छ, त्यहाँ सफलता भइ नै हाल्छ। यस्तै हो नि! गरेरै देखाउनेछौ। बापदादालाई पनि खुसी छ, राम्रो छ। हेर, कतिलाई चान्स मिलेको छ। आधा क्लास त सेवाधारीहरूको नै हुन्छ। राम्रो छ। हेर, साकार बाबा हुँदा धेरै राम्रो पार्ट खेल्यौ, सबैभन्दा पहिलो सङ्ग्रहालय यिनले (महेन्द्र भाइले) तयार गरेका थिए। त्यसैले हेर, सारा जोनलाई साकार बाबाको आशीर्वाद छ। अब कुनै नवीनता गरेर देखाउनेछौ। अहिले धेरै समय भयो, कुनै नयाँ आविष्कार गरेका छैनौ। वर्गीकरण पनि अब पुरानो भइसक्यो। प्रदर्शनी, मेला, सम्मेलन, स्नेह मिलन यी सबै भइसके। अब कुनै नयाँ कुरा निकाल। सर्ट एन्ड स्विट (छोटो र मीठो), खर्च कम र सेवा ज्यादा। रायबहादुर हौ नि! त्यसैले रायबहादुरले नयाँ राय निकाल। जसरी प्रदर्शनी निस्कियो, फेरि मेला निस्कियो, फेरि वर्गीकरण निस्कियो, त्यसैगरी कुनै नयाँ आविष्कार निकाल। हेर्नेछु, को निमित्त बन्छ। राम्रो छ, हिम्मतवाला छौ, त्यसैले बापदादाले हिम्मत राख्नेहरूलाई सदा मदतको लागि अग्रिम बधाई दिइरहनुभएको छ। अच्छा।

अब एक सेकेन्डमा सबैजना धेरै मीठो स्वीट साइलेन्सको स्टेजको अनुभवमा डुब। (बापदादाले ड्रिल गराउनुभयो) अच्छा!

चारैतिरका सर्व तीव्र पुरुषार्थी, सदा दृढ सङ्कल्पद्वारा सफलतालाई प्राप्त गर्ने, सदा विजयको तिलकधारी, बापदादाको दिलतख्तधारी, डबल ताजधारी, विश्व कल्याणकारी, सदा लक्ष्य र लक्षणलाई समान बनाउने, परमात्म प्यारमा पालिने यस्ता सर्व श्रेष्ठ बच्चाहरूलाई बापदादाको यादप्यार, हृदयको आशीर्वाद एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

दादीहरूसँग:– बच्चाहरू हाजिर छन् भने बाबा त हाजिर हुनुहुन्छ नै। न बाबा बच्चाहरूबाट टाढा हुन सक्नुहुन्छ, न बच्चाहरू बाबाबाट टाढा हुन सक्छन्। प्रतिज्ञा छ– साथै छौँ, साथै जानेछौँ, आधाकल्प ब्रह्माबाबाको साथमै रहनेछौँ। (दादी जानकीजीले भन्नुभयो, उहाँ (शिवबाबा) पनि त साथमा समाहित हुनुभएको छ) तिम्रो यो अनुभूति ठीक हो। अहिले त ग्यारेन्टी छ तर राज्य गर्ने बेलामा आउनुहुन्न। कोही हेर्नेवाला पनि चाहियो नि। (माथि मन कसरी लाग्ला?) ड्रामामा पार्ट छ। ब्रह्माबाबा त साथमा हुनुहुन्छ नि। हेर, ड्रामाले के गर्छ?

वरदान:–
रीयल्टीद्वारा हरेक कर्म वा बोलीमा रोयल्टी देखाउने फस्ट डिभिजनका अधिकारी भव

रीयल्टी अर्थात् आफ्नो असली स्वरूपको सदा स्मृति, जसबाट स्थूल अनुहारमा पनि रोयल्टी नजर आउनेछ। रीयल्टी अर्थात् एक बाबा दोस्रो न कोही। यो स्मृतिले हर कर्म वा बोलीमा रोयल्टी देखिन्छ। जोसुकै पनि सम्पर्कमा आउनेछ, उसलाई हरेक कर्ममा बाबासमान चरित्र अनुभव हुनेछ, हरेक बोलीमा बाबासमान अथोरिटी र प्राप्तिको अनुभूति हुनेछ। उसको सङ्ग रियल भएकाले पारसको काम गर्नेछ। यस्ता रीयल्टीवाला रोयल आत्माहरू नै फस्ट डिभिजनका अधिकारी बन्छन्।

स्लोगन:–
श्रेष्ठ कर्मको खाता बढायौ भने विकर्महरूको खाता समाप्त हुनेछ।

अव्यक्त इसारा:– अशरीरी वा विदेही स्थितिको अभ्यास बढाऊ

चारैतिर हलचल छ, व्यक्तिहरूको, प्रकृतिको हलचल बढ्नु नै छ, यस्तो समयमा सेफ्टीको साधन हो सेकेन्डमा आफूलाई विदेही, अशरीरी वा आत्म अभिमानी बनाउनु। त्यसैले बीच बीचमा ट्रायल गर– एक सेकेन्डमा मन-बुद्धिलाई जहाँ चाह्यो त्यहाँ स्थित गर्न सकिन्छ! यसलाई नै साधना भनिन्छ।

सूचना:– आज अन्तर्राष्ट्रिय योग दिवस हो, सबै राजयोगी तपस्वी भाइ-बहिनीहरूले साँझ ६:३० देखि ७:३० बजेसम्म, विशेष योग अभ्यासको समयमा आफ्नो शुभभावनाको श्रेष्ठ वृत्तिद्वारा मनसा महादानी बनेर सबैलाई निर्भयताको वरदान दिने सेवा गर्नुहुनेछ।