16.12.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे – यो पावन बन्ने पढाइ सबै पढाइभन्दा सहज छ । यसलाई बाल , युवा , वृद्ध सबैले पढ्न सक्छन् । केवल ८४ जन्मलाई जान्नु छ।”

प्रश्न:–
सानो वा ठुलो हरेकले कुनचाहिँ अभ्यास अवश्य गर्नुपर्छ?

उत्तर:–
हरेकले मुरली सुनाउने अभ्यास अवश्य गर्नुपर्छ किनकि तिमी मुरलीधरका सन्तान हौ। यदि मुरली सुनाउँदैनौ भने उच्च पद पाउन सक्दैनौ। कसैलाई सुनाइरह्यौ भने मुख खुल्दै जान्छ। तिमीहरू हरेक बाबा समान टिचर अवश्य बन्नु छ। जे पढ्छौ त्यो पढाउनु छ। साना बच्चाहरूलाई पनि यो पढाइ पढ्ने हक छ। उनीहरू पनि बेहदको बाबाको वर्सा लिने अधिकारी हुन्।

ओम् शान्ति ।
अब आउँदैछ शिवबाबाको जयन्ती। त्यसमा कसरी सम्झाउनु पर्छ? बाबाले तिमीलाई सम्झाउनु भएको छ, त्यसैगरी तिमीले फेरि अरूलाई सम्झाउनु पर्छ। यस्तो त होइन, बाबाले जसरी तिमीलाई पढाउनु हुन्छ त्यसैगरी बाबाले नै सबैलाई पढाउनु छ। शिवबाबाले तिमीलाई पढाउनु भएको छ, जानेका छौ– यस शरीरद्वारा पढाउनु भएको छ। अवश्य हामी शिवबाबाको जयन्ती मनाउँछौं। हामीले नाम पनि शिवको लिन्छौं। उहाँ त हुनुहुन्छ नै निराकार, उहाँलाई शिव भनिन्छ। उनीहरूले भन्छन्– शिव त जन्ममरणरहित हुनुहुन्छ। उहाँको जयन्ती कसरी हुन्छ? यो त तिमीलाई थाहा छ– कसरी नम्बरवार मनाउँदै आउँछन्। मनाउँदै जान्छन्। त्यसैले उनीहरूलाई सम्झाउनु पर्छ। बाबा आएर यस तनको आधार लिनुहुन्छ। मुख त अवश्य चाहिन्छ, त्यसैले गोमुखको नै महिमा छ। यो रहस्य थोरै पेचिलो छ। शिवबाबाको कर्तव्य बारे सम्झाउनु छ। हाम्रो बेहदको बाबा आउनु भएको छ, उहाँद्वारा नै हामीलाई बेहदको वर्सा मिल्छ। अवश्य विश्वलाई बेहदको वर्सा दिनुभएको थियो, यो कसैलाई थाहा छैन। भारतवर्षलाई नै सचखण्ड भनिन्छ र बाबालाई पनि सत्य भनिन्छ। यो कुरा सम्झाउनु पर्छ, फेरि कसैको समझमा छिटै आउँदैन। कसैले छिटै बुझ्छन्। यी योग र पढाइ दुवै भुल्ने चीज हुन्। त्यसमा पनि योग त धेरै भुल्न सकिन्छ। ज्ञान त बुद्धिमा रहन्छ नै बाँकी याद गर्न नै घरी घरी भुल्छन्। ज्ञान त तिम्रो बुद्धिमा छँदैछ हामीले कसरी ८४ जन्म लिन्छौं, जसलाई यो ज्ञान छ, तिनैले बुद्धिद्वारा बुझ्न सक्छन् जो पहिलो नम्बरमा आउँछन् तिनैले ८४ जन्म लिन्छन्। पहिला उच्च लक्ष्मी-नारायणलाई भनिन्छ। नरबाट नरायण बन्ने कथा पनि प्रसिद्ध छ। पूर्णिमामा धेरै ठाउँमा सत्यनारायणको कथा लगाउँछन्। अहिले तिमीलाई थाहा छ– हामीले वास्तवमा बाबाद्वारा नरबाट नारायण बन्ने पढाइ पढ्छौं। यो हो पावन बन्ने पढाइ त्यो पनि अरू सबै पढाइभन्दा बिलकुलै सहज छ। ८४ जन्मको चक्रलाई जान्नु छ। यो पढाइ सबैको लागि एउटै छ। वृद्ध, बच्चा, जवान जति पनि छन् पढाइ सबैको लागि एउटै हो। साना बच्चाहरूलाई पनि हक छ। यदि माता-पिताले यिनीहरूलाई अलिअलि सिकाउँदै गए भने समय त धेरै छ नि। बच्चाहरूलाई पनि यो सिकाइन्छ– शिवबाबालाई याद गर। आत्मा र शरीर दुवैका पिता बेग्लाबेग्लै छन्। आत्मा बच्चा पनि निराकार छ भने बाबा पनि निराकारी हुनुहन्छ। उहाँ निराकार शिवबाबा हाम्रा बाबा हुनुहुन्छ, कति सानो हुनुहुन्छ। यो पनि तिमी बच्चाहरूको बुद्धिमा छ। यो राम्रोसँग याद राख्नु छ। भुल्नु हुँदैन। हामी आत्मा पनि बिन्दु समान साना छौं। यस्तो होइन, माथि गयौं भने ठुलो देखिन्छ, तल सानो हुन्छ। होइन, त्यो त हो बिन्दु। माथि गयौ भने तिमीले देख्दा पनि देख्दैनौ। बिन्दु हो नि। बिन्दु के देखिन्छ र। यी कुरामा बच्चाहरूले राम्ररी विचार गर्नुपर्छ। हामी आत्मा माथिबाट आएका हौं, शरीरद्वारा पार्ट खेल्न। आत्मा घटबढ हुँदैन। अङ्गहरू पहिला साना, पछि ठुला हुन्छन्।

अहिले जसरी तिमीले बुझेका छौ, त्यसैगरी अरूलाई पनि सम्झाउनु छ। अवश्य नम्बरवार जसले जति पढेको छ त्यति नै पढाउँछ। सिकाउनको लागि सबै टिचर पनि अवश्य बन्नु छ । बाबामा त ज्ञान छ, उहाँ यति सूक्ष्म, परम आत्मा हुनुहुन्छ, सदा परमधाममा रहनुहुन्छ। यहाँ एकैपटक सङ्गममा आउनु हुन्छ। धेरै दु:खी भएपछि मात्र बाबालाई पुकार्छन्। भन्छन्– आएर हामीलाई सुखी बनाउनुहोस्। बच्चाहरूले अहिले जानेका छौ, हामीले पुकारिराख्यौं– बाबा! आएर हामीलाई पतित दुनियाँबाट नयाँ सत्ययुगी सुखी पावन दुनियाँमा लिएर जानुहोस् अथवा त्यहाँ जाने मार्ग बताउनुहोस्। त्यो पनि जब उहाँ स्वयं आउनु हुन्छ तब मार्ग बताउनु हुन्छ। उहाँ तब आउनु हुन्छ जब दुनियाँलाई परिवर्तन गर्नुपर्छ। यो धेरै सरल कुरा हो, नोट गर्नु छ। बाबाले आज यो सम्झाउनु भएको छ, हामीले पनि त्यसैगरी सम्झाउँदै जाऔं। यस्तो अभ्यास गर्दा गर्दा मुख खुल्छ। तिमी मुरलीधरका बच्चा हौ, तिमी पनि मुरलीधर अवश्य बन्नु छ। अरूको कल्याण गरेपछि मात्र त नयाँ दुनियाँमा उच्च पद पाउने छौ। त्यो पढाइ त यहाँको लागि हो। यो हो भविष्य नयाँ दुनियाँको लागि। त्यहाँ त सदा सुखैसुख हुन्छ। त्यहाँ ५ विकारले हैरान पार्दैन। यहाँ हामी रावण राज्य अर्थात् पराइ राज्यमा छौं। तिमी नै पहिला आफ्नो राज्यमा थियौ। तिमीले भन्छौ– नयाँ दुनियाँ, फेरि त्यसैलाई पुरानो दुनियाँ भनिन्छ। गायन पनि छ– नयाँ दुनियाँमा भारतवर्ष.... यस्तो भनिदैन– नयाँ दुनियाँमा इस्लामी, बौद्धी। होइन। अहिले तिम्रो बुद्धिमा छ बाबा आएर हामी बच्चाहरूलाई जगाउनु हुन्छ। ड्रामामा उहाँको पार्ट नै यस्तो छ। उहाँले आएर विश्वलाई स्वर्ग बनाउनु हुन्छ। भारतवर्ष नै पहिलो स्थान हो। यो पहिलो स्थानलाई नै स्वर्ग भनिन्छ। भारतवर्षको अवधि पनि सीमित छ। लाखौं वर्ष भन्नु यो त असीमित हुन्छ। लाखौं वर्षको कुनै कुरा स्मृतिमा आउनै सक्दैन। भारतखण्ड नयाँ थियो, अहिले पुरानो भारतखण्ड भनिन्छ। यही दुनियाँ नै नयाँ हुन्छ। तिमीलाई थाहा छ– हामी अहिले नयाँ दुनियाँको मालिक बनिरहेका छौं। बाबाले राय दिनुभएको छ– मलाई याद गर्यौ भने तिम्रो आत्मा पवित्र बन्छ र शरीर पनि नयाँ मिल्छ। आत्मा र शरीर दुवै सतोप्रधान बन्छन्। तिमीलाई राज्य मिल्छ नै सुखको लागि। यो ड्रामा पनि अनादि बनेको छ। नयाँ दुनियाँमा सुख र शान्ति हुन्छ। त्यहाँ कुनै तुफान आदि हुँदैन। बेहदको शान्तिमा सबै शान्त हुन्छन्। यहाँ छ अशान्ति त्यसैले सबै अशान्त छन्। सत्ययुगमा सबै शान्त हुन्छन्। आश्चर्यजनक कुरा छ नि। यो अनादि बनीबनाउ खेल हो। यी हुन् बेहदका कुरा। त्यो हदको बेरिस्टरी, इन्जिनियरिङ्ग आदि पढ्छन्। अहिले तिम्रो बुद्धिमा बेहदको ज्ञान छ। एकैपटक बाबा आएर बेहद ड्रामाको रहस्य सम्झाउनु हुन्छ। पहिला त बेहदको ड्रामा कसरी चल्छ, यो नाम पनि सुनेका थिएनौं। अहिले जान्दछौं– सत्ययुग-त्रेता बितिसक्यो, त्यसमा यिनीहरूको राज्य थियो। त्रेतामा रामराज्य थियो, पछि फेरि अरू अरू धर्म आएका हुन्। इस्लामी, बौद्धी, क्रिस्चियन....। सबै धर्मका विषयमा पूरै थाहा छ। यी सबै २५०० वर्ष भित्रै आएका हुन्। त्यसमा १२५० वर्ष कलियुग हुन्छ। सबै हिसाब छ नि। यस्तो त होइन, सृष्टिको अवधि नै २५०० वर्ष हो। होइन। ठीक छ, फेरि अरू को थिए, विचार गरिन्छ। यिनीहरूभन्दा पहिला अवश्य देवी-देवता हुनुपर्छ। ती पनि थिए त मनुष्य नै। तर दैवी गुणवाला थिए। सूर्यवंशी-चन्द्रवंशी २५०० वर्षमा। बाँकी आधामा उनीहरू सबै थिए। योभन्दा धेरै हिसाबकिताब त निस्किन सक्दैन। फुल, पौने, आधा, चौथाइ। चार भाग हुन्छ। क्रमश: टुक्रा टुक्रा गरिन्छ नि। आधामा त यो छ। भन्ने पनि गर्छन्– सत्ययुगमा सूर्यवंशी राज्य, त्रेतामा चन्द्रवंशी रामराज्य। यो तिमीले सिद्ध गरेर बताउँछौ। सबैभन्दा धेरै आयु उनको हुन्छ, जो सबैभन्दा पहिला सत्ययुगमा आउँछन्। कल्प नै ५ हजार वर्षको छ। मानिसहरूले ८४ लाख योनि भन्छन्, त्यसैले कल्पको अवधि पनि लाखौं वर्ष भन्छन्। कसैले मान्दैनन् पनि। यति ठुलो दुनियाँ हुन पनि सक्दैन। त्यसैले बाबा बसेर सम्झाउनु हुन्छ। त्यो सबै हो अज्ञान र यो हो ज्ञान। ज्ञान कहाँबाट आयो, यो पनि कसैलाई थाहा छैन। ज्ञानका सागर त एउटै बाबा हुनुहुन्छ, उहाँले नै मुखद्वारा ज्ञान दिनुहुन्छ। गोमुख भन्छन्। यिनै गौ माताबाट तिमीहरू सबैलाई एडप्ट गर्नुहुन्छ। यति थोरै कुरा सम्झाउन त धेरै सरल छ। एक दिन सम्झाएर छोड्यौ भने बुद्धि फेरि अरू अरू कुरामा लाग्छ। स्कुलमा एक दिन पढिन्छ कि नियमित पढिन्छ! ज्ञान एकै दिनमा बुझ्न सकिँदैन। बेहदका बाबाले हामीलाई पढाउनु हुन्छ, त्यसैले अवश्य बेहदको पढाइ हुनुपर्छ। बेहदको राज्य दिनुहुन्छ। यहाँ बेहदको राज्य थियो नि। यी लक्ष्मी-नारायणले बेहदको राज्य गर्थे। यिनले राज्य कसरी लिए? यो कुरा कसैको सपनामा पनि छैन, जुन कुरा सोधुन्। उनीहरूमा पवित्रता धेरै थियो। योगी पनि हुन् नि त्यसैले आयु पनि धेरै हुन्छ। हामी नै योगी थियौं। फेरि ८४ जन्म लिएर भोगी पनि अवश्य बन्नु छ। यी पनि अवश्य पुनर्जन्ममा आएका होलान्, मानिसहरूले यो जानेका छैनन्। यिनलाई भगवान भगवती भनिदैन। यिनीहरू भन्दा पहिला त कोही पनि थिएनन् जसले ८४ जन्म लिएको हुन्छ। सबैभन्दा पहिला जसले सत्ययुगमा राज्य गर्छन् उनले नै ८४ जन्म लिन्छन्। फेरि नम्बरबार तल आउँछन्। हामी आत्मा नै देवता बन्छौं फेरि हामी नै देवता, हामी नै क्षत्रिय... डिग्री कम हुँदै जान्छ। गायन पनि छ– पूज्य सो पुजारी, सतोप्रधानबाट फेरि तमोप्रधान बन्छन्। यसरी पुनर्जन्म लिँदै-लिँदै तल झर्छन्। यो कति सहज छ। तर माया यस्तो छ, जसले सबै कुरा भुलाइदिन्छ। यी सबै प्वाइन्टहरू एकत्रित गरेर किताब आदि बनाए पनि त्यो त केही पनि रहँदैन। यो अस्थायी हो। बाबाले कुनै गीता सुनाउनु भएको थिएन। बाबाले त जसरी अहिले सम्झाइरहनु भएको छ त्यसैगरी सम्झाउनु भएको थियो। यी वेद-शास्त्र आदि सबै पछि बन्छन्। जुन यी सबै सामग्रीहरू छन् विनाश भयो भने ती सबै जलेर जान्छन्। सत्ययुग-त्रेतामा कुनै पुस्तक हुँदैन फेरि भक्तिमार्गमा बन्छन्। कति चीजहरू बन्छन्। रावणलाई पनि बनाउँछन् तर बेसमझदारीसँग। केही पनि भन्न सक्दैनन्। बाबा सम्झाउनु हुन्छ। यो रावणलाई प्रत्येक वर्ष बनाउँछन् र जलाउँछन्। अवश्य यो ठुलो दुस्मन हो। तर दुस्मन कसरी हो, यो कसैले पनि जानेका छैनन्। उनीहरूले सम्झन्छन्– सीता चोरेर लिएर गयो, त्यसैले सायद दुस्मन हो। रामकी सीता चोरेर लिएर गयो, त्यसैले ठुलो डाँका भयो नि... कहिले चोरी गर्यो? त्रेतामा भनौं वा त्रेताको अन्त्यमा? यी कुरामा पनि विचार गर्नुपर्छ। कहिले चोरी हुनुपर्छ! कुनचाहिँ रामकी सीता चोरी भयो? के राम-सीताको पनि राजधानी थियो र? एउटै राम-सीता चल्दै आएका हुन् र? यो त शास्त्रमा मानौं एक कहानी लेखिएको छ। विचार गरिन्छ, कुनचाहिँ सीता? १२ नम्बर हुन्छन् नि राम-सीता। त्यसैले कुनचाहिँ सीतालाई चोरियो? अवश्य पछाडिकी होलिन्। जुन यो भन्छन् रामकी सीतालाई चोरियो। रामको राज्यमा सारा समय एकको नै राज्य त हुँदैन। अवश्य डिनायस्टी हुनुपर्छ। त्यसैले कुनचाहिँ नम्बरकी सीता चोरियो? यी सबै धेरै बुझ्नुपर्ने कुरा हुन्। तिमी बच्चाहरूले धेरै शीतलतासँग कसैलाई पनि यो सबै रहस्य सम्झाउन सक्छौ।

बाबा सम्झाउनु हुन्छ– भक्तिमार्गमा मनुष्य धक्का खाँदा खाँदा कति दु:खी भएका छन्। जब अति दु:खी हुन्छन् तब पुकार्छन्– बाबा यस दु:खबाट छुटाउनुहोस्। रावण त कुनै चीज होइन। यदि हो भने आफ्नो राजालाई हरेक वर्ष किन मार्छन्! रावणकी पत्नी पनि अवश्य होलिन्। मन्दोदरीलाई देखाउँछन्। मन्दोदरीको पुतला बनाएर जलाएको कहिल्यै देखिँदैन। बाबा बसेर सम्झाउनु हुन्छ– यो हो नै झुटो माया, झुटो काया....। अहिले तिमी झुटो मनुष्यबाट सच्चा देवता बन्नको लागि बसेका हौ। फरक त भयो नि। त्यहाँ त सदा सत्य बोल्छन्। त्यो हो सत्यखण्ड। यो हो झुटोखण्ड। त्यसैले झुटै बोलिरहन्छन्। अच्छा।

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) ज्ञानसागर बाबा, जसले सदा बेहदको पढाइ पढाउनु हुन्छ, त्यसमा विचार सागर मन्थन गर्नु छ। जे पढेका छौ, त्यो अरूलाई पनि अवश्य पढाउनु छ।

२) यो बेहदको ड्रामा कसरी चलिरहेको छ, यो अनादि बनिबनाउ अद्भुत ड्रामा हो। यस रहस्यलाई राम्ररी बुझेर फेरि बुझाउनु छ।

वरदान:–
पवित्रताको श्रेष्ठ धारणाद्वारा एक धर्मक ो संस्कार भ एका समर्थ सम्राट भव

तिमीहरूको स्वराज्यको धर्म अर्थात् धारणा हो “पवित्रता”। एक धर्म अर्थात् एक धारणा। स्वप्न वा सङ्कल्प मात्रमा पनि अपवित्रता अर्थात् अर्को धर्म नहोस् किनकि जहाँ पवित्रता छ, त्यहाँ अपवित्रता अर्थात् व्यर्थ वा विकल्पको नामनिसान हुँदैन। यस्तो सम्पूर्ण पवित्रताको संस्कार भरिएका नै समर्थ सम्राट हुन्। अहिलेका श्रेष्ठ संस्कारहरूको आधारले भविष्य संसार बन्छ। अहिलेको संस्कार भविष्य संसारको फाउन्डेसन हो।

स्लोगन:–
विजयी रत्न उही बन्छ, जसको सच्चा प्रीत एक परमात्मासँग छ।