16.12.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमील े पढाइ पढ्नु र पढाउ नुछ , यसमा आशीर्वादको कुरा छैन , तिमीले सबैलाई यही बताऊ– बाबालाई याद गर ेमा सबै दुःख हट्छ न्।”

प्रश्न:–
अरू मानिसहरूलाई कुन कुन चिन्ता छन्? तिमी बच्चाहरूलाई कुनै पनि चिन्ता छैन– किन?

उत्तर:–
मानिसहरूलाई यस समयमा चिन्तै चिन्ता छ– बच्चा बिरामी भयो भने चिन्ता, बच्चाको मृत्यु भयो भने चिन्ता, कसैलाई बच्चा भएन भने चिन्ता, कसैले अन्न धेरै राख्यो, पुलिस वा आयकरका मानिस आए भने चिन्ता...। यो हो नै दुःख दिने फोहोरी दुनिया। तिमी बच्चाहरूलाई कुनै चिन्ता छैन, किनकि तिमीलाई सदगुरु बाबा मिल्नुभएको छ। भन्छन् पनि– फिक्र से फारिग कींदा स्वामी सदगुरु... (चिन्ताबाट मुक्त गराउने सतगुरु हुनुहुन्छ)। अब तिमी यस्तो दुनियाँमा जान्छौ जहाँ कुनै चिन्ता हुँदैन।

गीत:–
तू प्यार का सागर है...

ओम् शान्ति । मीठा-प्यारा बच्चाहरूले गीत सुन्यौ। अर्थ पनि बुझ्छन्, हामी पनि मास्टर प्यारको सागर बन्नुछ। आत्माहरू सबै भाइ भाइ हुन्। त्यसैले बाबाले तिमी भाइहरूलाई भन्नुहुन्छ, जसरी म प्यारको सागर हुँ, त्यसैगरी तिमीहरू पनि धेरै प्यारले चल्नुछ। देवताहरूमा धेरै प्यार हुन्छ, उनीहरूलाई कति प्यार गर्छन्, भोग लगाउँछन्। अब तिमी पवित्र बन्नुछ, ठुलो कुरा त होइन। यो धेरै नै फोहोरी दुनिया हो। हरेक कुराको चिन्ता हुन्छ। दुःख पछाडि दुःखै हुन्छ। यसलाई भनिन्छ दुःखधाम। पुलिस वा आयकरका मानिसहरू आउँछन्, मानिसहरूलाई कति दुःख हुन्छ, कुरै नगर! कसैले अन्न धेरै राख्यो, पुलिस आयो, पहेँलै हुन्छन्। यो कस्तो फोहोरी दुनिया हो। नर्क हो नि! स्वर्गलाई पनि याद गर्छन्। नर्कपछि स्वर्ग, स्वर्गपछि नर्क– यो चक्र घुमिरहन्छ। बच्चाहरूलाई थाहा छ– अहिले बाबा आउनुभएको छ स्वर्गवासी बनाउन। नर्कवासीबाट स्वर्गवासी बनाउनुहुन्छ। त्यहाँ विकार हुँदैनन् किनकि रावण नै हुँदैन। त्यो हो नै सम्पूर्ण निर्विकारी शिवालय। यो हो वेश्यालय। अब केही समय पर्खेमा सबैलाई थाहा हुनेछ– यो दुनियामा सुख छ वा दुःख छ। सानो भूकम्प आदि भयो भने मानिसहरूको के हालत हुन्छ। सत्ययुगमा चिन्ताको अलिकति पनि कुरा हुँदैन। यहाँ त चिन्ता धेरै छ– बच्चा बिरामी भयो चिन्ता, बच्चाको मृत्यु भयो चिन्ता। चिन्तै चिन्ता छ। फिकर से फारिग कींदा स्वामी... सबैका स्वामी त एउटै हुनुहुन्छ नि! तिमी शिवबाबाको अगाडि बसेका छौ। यी ब्रह्मा कुनै गुरु होइनन्। यिनी त भाग्यशाली रथ हुन्। बाबाले यस भागीरथद्वारा तिमीलाई पढाउनुहुन्छ। उहाँ ज्ञानको सागर हुनुहुन्छ। तिमीलाई पनि सारा ज्ञान मिलेको छ। यस्ता कुनै देवता छैनन् जसलाई तिमीले जान्दैनौ। तिमीलाई सत्य र झुटोको परख छ। दुनियामा कसैले पनि जान्दैनन्। सचखण्ड थियो, अहिले छ झुटखण्ड। यो कसैलाई थाहा छैन– सचखण्ड कहिले र कसले स्थापना गर्नुभयो। यो हो अज्ञानको अन्धकार रात। बाबा आएर उज्यालो बनाइदिनुहुन्छ। गाउँछन् पनि– तुम्हारी गत-मत तुम ही जानो। उच्चभन्दा उच्च उहाँ एउटै हुनुहुन्छ, बाँकी सबै हुन् रचना। उहाँ हुनुहुन्छ रचयिता बेहदका बाबा। ती हुन् हदका पिता जसले २-४ बच्चा रच्छन्। बच्चा भएन भने चिन्ता हुन्छ। त्यहाँ त यस्तो कुरा हुँदैन, आयुष्मान भव, धनवान भव... तिमी त्यस्तै हुन्छौ। तिमीले कुनै आशीर्वाद दिँदैनौ। यो त पढाइ हो नि! तिमी हौ टिचर। तिमीले त केवल भन्छौ– शिवबाबालाई याद गर त्यस यादबाट विकर्म विनाश हुन्छन्। यो पनि पढाइ भयो नि! यसलाई भनिन्छ सहज योग वा याद। आत्मा अविनाशी छ, शरीर विनाशी छ। बाबा भन्नुहुन्छ– म पनि अविनाशी छु। तिमीले मलाई बोलाउँछौ– आएर हामी पतितहरूलाई पावन बनाउनुहोस्। आत्माले नै भन्छ नि! पतित आत्मा, महान् आत्मा भनिन्छ। पवित्रता छ भने सुखशान्ति पनि हुन्छ। यो हो होलिएस्ट अफ होली चर्च अर्थात् सम्पूर्ण पवित्र चर्च। यहाँ विकारीलाई आउने हुकुम छैन। एउटा कथा पनि छ नि– इन्द्रसभामा कुनै परीले कसैलाई लुकाएर लगिन्, त्यो कुरा थाहा भयो त्यसपछि फेरि उनलाई पत्थर बन्ने श्राप मिल्यो। यहाँ श्राप आदिको कुनै कुरा छैन। यहाँ त ज्ञान वर्षा हुन्छ। पतित कोही पनि यो होली प्यालेस (पवित्र दरबार) मा आउन सक्दैन। एक दिन यो पनि हुन्छ, हल पनि धेरै ठुलो बन्छ। यो होलिएस्ट अफ होली (परम पवित्र) प्यालेस हो। तिमी पनि पवित्र बन्छौ। मानिसहरूले सम्झन्छन्– विकारबिना सृष्टि कसरी चल्छ? यो कसरी हुन्छ? उनीहरूको आफ्नै ज्ञान हुन्छ। देवताहरूको अगाडि भन्छन् पनि– हजुर सर्वगुण सम्पन्न हुनुहुन्छ, हामी पापी छौँ। त्यसैले स्वर्ग हो होलिएस्ट अफ होली। उनै फेरि ८४ जन्म लिएपछि होलिएस्ट अफ होली बन्छन्। त्यो हो पावन दुनिया, यो हो पतित दुनिया। बच्चा जन्मियो भने खुसी मनाउँछन्, बिरामी भयो भने मुख पहेँलो हुन्छ, बच्चाको मृत्यु भयो भने एकदमै पागल बन्छन्। यस्ता पनि कोही कोही हुन्छन्। यस्तालाई पनि लिएर आउँछन्, बाबा यिनको बच्चा मरेर दिमाग खराब भएको छ, यो दुःखको दुनिया हो नि! अब बाबाले सुखको दुनियामा लैजानुहुन्छ। त्यसैले श्रीमतमा चल्नुपर्छ। गुण पनि धेरै राम्रा चाहिन्छन्। जसले गर्छ उसले पाउँछ। दैवी आचरण पनि चाहिन्छ। स्कुलमा रजिस्टरमा विद्यार्थीको आचरण पनि लेख्छन्। कसैले त बाहिर ठक्कर खाइरहन्छन्। आमा-बुबालाई धेरै हैरान पारिदिन्छन्। अब बाबाले शान्तिधाम-सुखधाममा लैजानुहुन्छ। यसलाई भनिन्छ टावर अफ साइलेन्स अर्थात् साइलेन्सको उचाइ, जहाँ आत्माहरू निवास गर्छन् त्यो हो टावर अफ साइलेन्स। सूक्ष्मवतन हो मुवी अर्थात् आवाजभन्दा पर, त्यसको केवल तिमीले साक्षात्कार गर्छौ, बाँकी त्यसमा केही पनि छैन। यो पनि बच्चाहरूलाई साक्षात्कार भएको छ। सत्ययुगमा वृद्ध भएपछि खुसीले चोला छोडिदिन्छन्। यो हो ८४ जन्मको पुरानो चोला। बाबा भन्नुहुन्छ– तिमी पावन थियौ, अब पतित बनेका छौ। अब बाबा आउनुभएको छ तिमीलाई पावन बनाउन। तिमीले मलाई बोलाएका हौ नि! जीवात्मा नै पतित बनेको छ फेरि त्यही पावन बन्छ। तिमी यस देवीदेवता घरानाका थियौ नि! अहिले आसुरी घरानाका छौ। आसुरी र ईश्वरीय अथवा दैवी घरानामा कति फरक छ। यो हो तिम्रो ब्राह्मण कुल। घराना डिनायस्टी वा राजवंशलाई भनिन्छ, जहाँ राज्य हुन्छ। यहाँ राज्य छैन। गीतामा पाण्डव र कौरवको राज्य लेखिएको छ तर यस्तो होइन।

तिमी त हौ रुहानी बच्चा। बाबा भन्नुहुन्छ– मीठे बच्चे, धेरै धेरै मीठो बन। प्यारको सागर बन। देह अभिमानको कारणले नै प्यारको सागर बन्दैनौ त्यसैले फेरि धेरै सजाय खानुपर्छ। फेरि सजाय खाएर पद पाउनु। स्वर्गमा त जान्छौ तर सजाय धेरै खान्छौ। सजाय कसरी मिल्छ, त्यो पनि तिमी बच्चाहरूले साक्षात्कार गरेका छौ। बाबाले त सम्झाउनुहुन्छ– धेरै प्यारले चल, नत्र क्रोधको अंश रहन्छ। धन्यवाद देऊ– बाबा मिल्नुभएको छ जसले हामीलाई नर्कबाट निकालेर स्वर्गमा लैजानुहुन्छ। सजाय खानु त धेरै नराम्रो कुरा हो। तिमीलाई थाहा छ– सत्ययुगमा हुन्छ प्यारको राजधानी। प्यार सिवाय अरू केही पनि हुँदैन। यहाँ त सानो कुरामा पनि अनुहार परिवर्तन हुन्छ। बाबा भन्नुहुन्छ– म पतित दुनियामा आएको छु, मलाई निमन्त्रणा नै पतित दुनियामा दिन्छौ। बाबाले फेरि सबैलाई निमन्त्रणा दिनुहुन्छ– अमृत पिऊ। विष र अमृतको एउटा किताब निस्किएको छ। किताब लेख्नेलाई इनाम मिलेको छ, पुस्तक नामीग्रामी छ। हेर्नुपर्छ के लेखेको छ। बाबाले त भन्नुहुन्छ– मैले तिमीलाई ज्ञान अमृत पिलाउँछु, तिमीले फेरि किन विष खान्छौ? रक्षाबन्धन पनि यस समयमाको यादगार हो नि! बाबाले सबैलाई भन्नुहुन्छ– प्रतिज्ञा गर, पवित्र बन्ने, यो अन्तिम जन्म हो। पवित्र बन्यौ, योगमा रह्यौ भने पाप काटिन्छन्। आफ्नो दिललाई सोध्नुछ, म यादमा रहन्छु? बच्चालाई याद गरेर खुसी हुन्छौ नि! स्त्रीले पुरुषलाई याद गरेर खुसी हुन्छिन् नि! उहाँ को हुनुहुन्छ? भगवानुवाच, निराकार। बाबा भन्नुहुन्छ– मैले यिनको (श्रीकृष्णको) ८४औँ जन्मपछि फेरि यिनलाई स्वर्गको मालिक बनाउँछु। अहिले वृक्ष सानो छ। मायाका तुफान धेरै आउँछन्। यी सबै धेरै गुप्त कुरा हुन्। बाबा त भन्नुहुन्छ– प्यारा बच्चाहरू! यादको यात्रामा रहेर पवित्र होऊ। यहीँ नै पूरा राजधानी स्थापना हुनुछ। गीतामा लडाइँ देखाउँछन्। पाण्डव पहाडमा गलेर मरे। तर त्यसको परिणाम केही छैन।

अहिले तिमी बच्चाहरूले सृष्टिको आदि-मध्य-अन्त्यलाई जान्दछौ। बाबा ज्ञानको सागर हुनुहुन्छ नि! उहाँ हुनुहुन्छ सुप्रिम सोल। आत्माको रूप के हो, यो पनि कसैलाई थाहा छैन। तिम्रो बुद्धिमा त्यो बिन्दु छ। तिमीहरूमा पनि यथार्थ रीतिले कसैले बुझ्दैनन्। फेरि भन्छन्– बिन्दुलाई कसरी याद गरौँ। केही पनि बुझ्दैनन्। तैपनि बाबा भन्नुहुन्छ– अलिकति सुने भने पनि ज्ञानको विनाश हुँदैन। ज्ञानमा आएर फेरि जान्छन्, तर थोरै सुने भने पनि स्वर्गमा अवश्य आउँछन्। जसले धेरै सुन्छन्, धारणा गर्छन् उनीहरू राजधानीमा आउँछन्। थोरै सुन्नेहरू प्रजामा आउँछन्। राजधानीमा त राजारानी आदि सबै हुन्छन् नि! त्यहाँ मन्त्री हुँदैनन्, यहाँ विकारी राजाहरूलाई मन्त्री राख्नुपर्छ। बाबाले तिम्रो बुद्धि धेरै विशाल बनाउनुहुन्छ। त्यहाँ मन्त्रीको आवश्यकता नै हुँदैन। बाघ र बाख्राले सँगसँगै पानी पिउँछन्। त्यसैले बाबा सम्झाउनुहुन्छ– तिमी पनि मनमुटावमा (नुनपानी) नआऊ, मिलनसार बन। क्षीर (दूध) र खण्ड (चिनी) दुवै राम्रा चीज हुन् नि! मतभेद आदि केही पनि नराख। यहाँ त मानिसहरूले कति लडाइँझगडा गर्छन्। यो हो नै रौरव नर्क। नर्कमा गोता खाइरहन्छन्। बाबा आएर नर्कबाट निकाल्नुहुन्छ। निस्कँदा निस्कँदै फेरि फस्छन्। कोही त अरूलाई निकाल्न जान्छन् र स्वयं त्यहीँ पनि फस्छन्। सुरुमा धेरैलाई मायारूपी गोहीले समात्यो। एकदमै सबै निलिदियो। अलिकति पनि निसानी छैन। कोही कोहीको निसानी छ जो फेरि फर्केर आउँछन्। कोही एकदम खतम। यहाँ प्राक्टिकलमा सबै कुरा भइरहेको छ। तिमीले इतिहास सुन्यौ भने आश्चर्य मान्छौ। गायन छ– तुम प्यार करो या ठुकराओ। हम आपके दर से बाहर नहीं निकलेंगे। बाबाले त कहिल्यै मुखले पनि यस्तो केही भन्नुहुन्न। कति प्यारले पढाउनुहुन्छ। सामुन्ने लक्ष्य उद्देश्य उपस्थित छ। उच्चभन्दा उच्च बाबाले यिनी (विष्णु) बनाउनुहुन्छ। उनै विष्णु फेरि ब्रह्मा बन्छन्। सेकेन्डमा जीवनमुक्ति मिल्यो फेरि ८४ जन्म लिएर यो बने। तत्त्वम्। तिम्रो पनि फोटो निकाल्थे नि! तिमी ब्रह्माका बच्चा ब्राह्मण हौ। तिमीलाई त अहिले ताज हुँदैन, भविष्यमा मिल्नेछ त्यसैले तिम्रो त्यो फोटो पनि राखिएको छ। बाबा आएर बच्चाहरूलाई डबल सिरताज बनाउनुहुन्छ। तिमीले फिल गर्छौ– अवश्य पहिला हामीमा ५ विकार थिए। (नारदको उदाहरण) पहिला सुरुमा तिमी पनि भक्त बनेका हौ। अब बाबाले कति उच्च बनाउनुहुन्छ। एकदम पतितबाट पावन। बाबाले केही पनि लिनुहुन्न। शिवबाबाले फेरि के लिनुहुन्छ र! तिमीले शिवबाबाको भण्डारीमा राख्छौ। म त ट्रस्टी हुँ। लेनदेनको हिसाब सबै शिवबाबासँग छ। मैले पढ्छु, पढाउँछु। जसले आफ्नो सबै कुरा दियो उसले फेरि के लिन्छ र! कुनै पनि चीजमा ममत्व हुँदैन। गाउँछन् पनि– फलानो स्वर्ग गयो। फेरि उसलाई नर्कको खानपान आदि किन खुवाउँछौ। अज्ञान हो नि! नर्कमा छ भने पुनर्जन्म पनि नर्कमा नै हुन्छ नि! अब तिमी जान्छौ अमरलोकमा। यो बाजोली हो। तिमी ब्राह्मण टुपी हौ फेरि देवता, क्षत्रिय बन्छौ त्यसैले बाबा सम्झाउनुहुन्छ– धेरै मीठो बन। तैपनि सुध्रिएनन् भने भनिन्छ– उनको तकदिर। आफैलाई नोक्सान पार्छन्। सुध्रिँदै सुध्रिएनन् भने ईश्वरको प्रयासले मात्रै पनि के गर्छ।

बाबा भन्नुहुन्छ– मैले आत्माहरूसँग कुरा गरिरहेको छु। अविनाशी आत्माहरूलाई अविनाशी परमात्मा बाबाले ज्ञान दिइरहनुभएको छ। आत्माले कानले सुन्छ। बेहदका बाबाले यो ज्ञान सुनाइरहनुभएको छ। तिमीलाई मानिसबाट देवता बनाउनुहुन्छा। बाटो देखाउने सुप्रिम पण्डा बस्नुभएको छ। श्रीमतले भन्छ– पवित्र बन, मलाई याद गरेमा तिम्रा पाप भस्म हुन्छन्। तिमी नै सतोप्रधान थियौ। ८४ जन्म पनि तिमीले नै लिएका छौ। बाबाले यिनलाई नै सम्झाउनुहुन्छ– तिमी सतोप्रधानबाट तमोप्रधान बनेका छौ, अब फेरि मलाई याद गर। यसलाई योग अग्नि भनिन्छ। यो ज्ञान पनि अहिले तिमीलाई छ। सत्ययुगमा मलाई कसैले याद गर्दैनन्। यस समयमा नै मैले भन्छु– मलाई याद गरेमा तिम्रा पाप काटिन्छन्, अरू कुनै बाटो छैन। यो स्कुल हो नि! यसलाई भनिन्छ विश्व विद्यालय, वर्ल्ड युनिभर्सिटी। रचयिता र रचनाको आदि-मध्य-अन्त्यको ज्ञान अरू कसैले जान्दैनन्। शिवबाबा भन्नुहुन्छ– यी लक्ष्मीनारायणमा पनि यो ज्ञान छैन। यो त प्रारब्ध हो नि! अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) प्यारको राजधानीमा जानुछ, त्यसैले आपसमा क्षीरखण्ड भएर रहनुछ। कहिल्यै पनि मतभेदमा आउनुछैन। आफूलाई आफैले सुधार्नुछ।

२) देह अभिमानलाई छोडेर मास्टर प्यारको सागर बन्नुछ। आफ्नो आचरण दैवी बनाउनुछ। धेरै धेरै मीठो भएर चल्नुछ।

वरदान:–
मनको स्वतन्त्रताद्वारा सर्व आत्माहरूलाई शान्तिको दान दिने मनसा महादानी भव

बाँधेलीहरू तनले परतन्त्र हुन्छन् तर मनले स्वतन्त्र भए भने तिनीहरूले आफ्नो वृत्तिद्वारा, शुद्ध सङ्कल्पद्वारा विश्वको वायुमण्डललाई परिवर्तन गर्ने सेवा गर्न सक्छन्। आजकाल विश्वमा मनको शान्तिको आवश्यकता छ। त्यसैले मनले स्वतन्त्र आत्माले मनसाद्वारा शान्तिको भाइब्रेसन फैलाउन सक्छ। शान्तिका सागर बाबाको यादमा रहँदा स्वत: शान्तिका किरणहरू फैलिन्छन्। यस्तो शान्तिको दान दिनेहरू मनसा महादानी हुन्।

स्लोगन:–
पुरुषार्थ यस्तो गर जसलाई देखेर अन्य आत्माहरूले पनि फलो गरून्।

अव्यक्त इसारा – अब सम्पन्न वा कर्मातीत बन्ने धुन लगाऊ

हरेक ब्राह्मण बाबासमान चैतन्य चित्र बन, लाइट र माइट हाउसको झाँकी बन। सङ्कल्प शक्तिको, साइलेन्सको भाषण तयार गर र कर्मातीत स्टेजमा वरदानीमूर्तको पार्ट खेल त्यसपछि सम्पूर्णता समीप आउनेछ। फेरि सेकेन्डभन्दा पनि छिटो जहाँ कर्तव्य गराउनुछ त्यहाँ वायरलेसद्वारा निर्देशन दिन सकिन्छ। सेकेन्डमा कर्मातीत स्टेजको आधारले सङ्कल्प गर्छौ र जहाँ चाह्यो त्यहाँ त्यो सङ्कल्प पुग्छ।